त्यसपछि उनी कहिले फर्किनन् !

शान्ति पनेरु

मौसम धमिलो । चारैतिर सन्नाटा थियो । शिशिर ऋतुको आगमन मनमा बेचैन तर जीवन प्रतिको उज्जल सपनाको अदृष्य आकृति एक साथ मस्तिष्कमा कैद थियो । हाम्रो यात्रा अटुट माया दृढ बिश्वास अनि दृढ सङकल्प यात्रा अबिचलित थियो ।

अचम्म छ, नियम भनौ या कर्तव्यनिष्ट जिम्मेवारी बोध हाम्रो दैनिकी जस्तै भयो । कतै उद्देश्य नभेटिएर अलमलिएको यात्री जस्तै थियौं हामी । भुगोलको अनज्ञिता, विकेन्द्रित कार्ययोजना हाम्रा लागि फलामकै चिउरा सरह थियो । तर मित्रतामा आत्मियभाव हामीमा अझै प्रगाढ थियो । हामीलाई दिएको जिम्मेवारी जति सुकै चुनौती मोलेर भए पनि पुरा गर्नुपर्छ भन्ने कुरामा अडिग थियौं हामी । नेतृत्वले गर्ने बिश्वासलाई कहिल्यै पनि कमि हुन दिएनौं । समयले पनि कहिलेकाँही जिन्दगीकै ठूलो परीक्षामा अनायसै सामेल गराईदिन्छ । तेस्तै थियो र भयो हामीमा पनि । एक अथक यात्री, कलिलो मस्तिष्क, कडा जिन्दगीका अग्नि परिक्षाहरु । सायद, पास भईन्छ या फेल । जीवनका भोगाईले बारबार परीक्षा दिईरह्यो । उ बारबार भन्थी, ‘हामी महासमरका यात्री हौं । बीचमा को कहाँ छुटिन्छौं, कसैलाई पत्तो छैन ।’ लाग्थ्यो, जीवनका हाम्रा सपना, साझा जिम्मेवारी फरक उद्देश्य अबिचलित तर यात्रा सँगै, पार्टीकै योजनामा थियौं । मिठा अनुभुतिका स्मृति, शुभचिन्तकहरुको जो देशको मायामा आफ्ना हरेक ब्यक्तिगत ईच्छालाई तिलान्जली दिएका हुन्छन् । उनिहरुका अनुभव, अतीत र वर्तमान हाम्रा लागि एक पाठशाला जस्तै थिए ।

हामी सुनिरह्यौं । उनिहरुका भोगाई । म बिचैमा जिज्ञासु बन्दै बोल्न पुगें । ‘सजिना, हाम्रा गन्तव्य सोझ्याउनु पर्ने होईन र ? मेरा अनुत्तरित प्रश्न निर्भिकताका साथ प्रस्तुति हुने उसको स्वभाव प्रति म सधैं नतमस्तक थिएँ ।

समय आफ्नै रफ्तारमा दौडदै थियो । हामी कसैको पर्खाईमा बेलुकीको मिरमिर साँझ हाम्रा धैर्यतालाई छिचोल्दै थियौं । त्यही बखत् कोही परिचित आवाज ठोकिदै आउछ र सम्मानमा बदलिदै जान्छ । ‘साथीहरु हामी एउटा महत्वपुर्ण मिसनमा सहभागी बन्दै छौं ।’ सेन्सिटिभ ईलाका हाम्रो लागि कम चुनौतिपूर्ण थिएन । सामान्य छलफल पछि हामी अर्को पोईन्ट जानु थियो । हाम्रो अन्तिम बिन्दु त्यही ठाउँ भेट्ने गरि छुटियौं । काम र कर्तव्य प्रतिको उत्सुकतामा रमाउदै हामी त्यतै हानियौं । बाटामा अनगिन्ति तिता मिठा कुरा गर्दागर्दै उसका भावना पोखिएको पत्तै पाईन उसले । जिन्दगीले परीक्षा पनि कस्तो कस्तो लिन्छ । अनायसै मेरो मन चिप्लियो । भन्न म ताकेता गर्दै थिए । हामी वर्गीय लडाईमा छौं । उ भन्दै गई ‘मृत्युलाई पचाउदै महासागरमा हेलिएका छौं । जीवन कहाँ कति खेर के हुन्छ, कसलाई के थाहा ?’ अनकन्टार जङ्गलको बाटो छिचोल्दै गन्तव्य छोट्याउँदै थियौं । फेरि उ बोली ‘मैले उसको जिम्मेवारी पनि पुरा गर्नु छ अनु ।’ म जिज्ञासु भावमा सोधें । उ लजिलो भाबमा बोली ‘सेबक, म उसलाई धेरै माया गर्थे र उ पनि मलाई । तर अचम्मको उसको प्रम स्नेह कसरी सम्झनु जस्को जीवित वा मृत कुन अबस्थामा छ सुईको सम्म छैन, तर उसकै लागि हर रात दिन स्मृतिमा जीवित राख्नु, यो कस्तो प्रेमभाव ।’ मनमा कतिपय उसका प्रेमिल शब्दहरुका प्रस्न मेरा मन भित्रै कैद भए ।

आज सम्म पनि उत्तर छैन र थिएन । कैयौं, भावना जीवित हुँदाहुदै गन्तव्य आईपुग्यो । हामी पुग्दा सबै जम्मा भईसक्नु भएको रहेछ । पोखरा उसका लागि अनुकुल हाम्रा लागि प्रतिकुल । प्रतिकुलतालाई छिचोल्दै हामी योजना कार्यान्वयनको पक्षमा दृढताका साथ सहभागी भयौं । कार्य बिभाजन पछिका कार्यन्वयन पनि उतिकै जटिल थियो हाम्रा लागि । कहिलेको मिलन कहिलेको बिछोड जीवन रफ्तारमा नै थियो । ‘राम्रो सँग होसियारी अपनाउनु’ मैले बोलें । उ भाबुक अनि आत्मा बिश्वासका साथ बोली –‘म कहिँ ढलें भने मेरो शन्देश पु¥याईदिनु र भन्नू, क्रान्तिमा अबिचलित लागि रहनु ।’

हामी फेरि भेट्ने मीठो आशामा छुटियौं । युद्धको नियम तेस्तै नै छ । भावना भन्दा निर्ममता प्यार जस्तो । बेलाबेलामा झस्काई दिने मृत्यु पनि कति मीठो ,आन्नदको । अफसोच, उसका अबोध भावना कसैको पर्खाईमा तड्पिएकी पूरा हुन नपाईनै अधुरै रहने त्रासले हरपल सताईरह्यो । उज्यालोलाई पाखा लगाउँदै रातहरुको सन्देश पाएको आभास भयो । मनमा त्रास सँगै फुल जस्तै मुस्कुराएको आस, मिसन जसरी नि पुरा गर्नु पर्ने चुनौती थियो हाम्रा लागि । दिन रात जस्तै थियो तर रात हाम्रा दिनमा परिणत हुन्थ्यो । हामी नजिकै सेल्टरमा थियौं । हाम्रा गतिबिधिले उनिहरुका उपस्थिति सिबिलमा परिचालन गरेछ । हाम्रा गतिबिधिलाई उ सम्म पु¥याउने । हाम्रो आन्दोलन प्रतिको तिक्तता जो सँग थियो उसले पु¥यायो । रातीको समय अँधेरी रातलाई चिर्दै मिरमिर उज्यालोको सङ्केत दिदै गर्दा कसैका राक्षसी बुट बज्रियो । घरै छेउमा आवाज आयो ‘ठोक ’ । थोरै पनि दया नभएका राक्षसी हात उसका कोमल शरिरमा बज्रिन पुग्छ । भाग्दै गरेको योद्धा पटक पटक लडेर पनि खुनी पञ्जा बाट उम्किन सफल रह्यो । शिव र आकास छिनभरमै बर्साएको गोलीले गिज्याउदै पछ्याउँथ्यो । तर एक निरीह महिला जो हजारौ बुट उसका शरिरमा बज्रिदा पनि आफुलाई मृत्युसँग हस्ताक्षर गरिनन् । क्रान्तिको बाधक बन्दै बनिनन् ।

हामी नजिकै बाट उसका गतिबिधि नियाल्दै थियौं । सयौं बर्दिधारीहरुका बिचमा एक निरीह नारीलाई हातमा फलामे जँजिरले बाधेर पनि आफ्नो कायरतामा बहादुर ठान्दै थियो उ । हामी नजिकै एक अबोध अन्जान जस्तै थियौं । पर्ख र हेर हाम्रा लागि यहि अन्तिम उपाय । एकछिनमा अर्काे दानब भाब झल्काउँदै आयो र भन्यो ‘यसले हामीले भनेको मानिन, यसलाई जङ्गलमा लगेर तड्पाई तड्पाई मार्नुपर्छ ।’ कति क्रुर छ ।

निरङ्कुशता भित्र रहेका दानवहरुलाई हामी केही पर जङ्गलबाट नियालिरह्यौं । उसका निरीह अनुहार । तर उसमा कुनै निरिहता थिएन । थियो त बदलाभाव । भन्दै थिई ‘तँ एक मार्दैमा उ हजार जन्मिदैछ, क्रान्तिको यात्रा हो रोकिन्छ र कहाँ ?’ कतै उ मृत्युलाई सहज ठान्दै थिई ।

लाग्थ्यो उनि हरेक क्रान्तिका अधुरा सपना पुरा गर्न हामीलाई निर्देश गर्दै थिई । समय हाम्रा लागि अनुकुल पटक्कै थिएन । एउटा सहयोद्धा छिनभरमै खुनी पिपासुको पन्जामा परेको क्षण । मनमा बेचैन छाउँदै आयो । आशा म¥यो । उ बिना हजारौ सहयात्रीहरुको भिडमा एक्लो महसुस गरायो । धेरै रातहरु निदाउन सकिन । कयौं दिनहरु रातजस्तै भए मेरा लागि । आफुलाई सम्हाल्दै फेरि एक पटक उठ्ने कोशिस गरेँ र दुश्मनलाई भनें ‘तिम्रो बदला पनि त लिनुछ !’उनलाई सम्झिएर प्रण गरें ‘तिम्रो सपना पुरा गरेरै छाड्नेछु ।’

मंगलबार तपाईंका लागि कति शुभ ? राशिफलमा के छ ?

आज १८ चैत्र २०७६ मंगलवार । यस्तो छ राशिफलः मेष: ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ कामको योजना बन्न सक्छ । वृष: ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । तर वैदेशिक क्षेत्र कमजोर रहनेछ । मिथुन: ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) सन्तानपक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । कार्यमा अवरोध आउला । कर्कट: ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख मिल्नेछ । सिंह: ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । कन्या: ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ नै रहला । तुला: ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) गरेका काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा भय उत्पन्न हुनेछ । वृश्चिक: ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धनु: ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सामाजिक काम अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्तसंग भेटघाट होला । मकर: ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । कुम्भ: ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भयछ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ । मीन: ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । परिवारसंग समय बित्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

दोस्रो खेलमा अष्ट्रेलियाको फराकिलो हार, दक्षिण अफ्रिकाले जित्यो वानडे सिरिज

काठमाडौंः अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट सिरिज दक्षिण अफ्रिकाले एक खेल अगावै जितको छ । दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै घरेलु टोली दक्षिण अफ्रिकाले एक म्याच अगावै १–० ले सिरिज जितेको हो । बुधबार राति भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय ७२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर जन्नेमान मलानले शतकीय पारी खेले । उनले १३९ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै अविजित १२९ रनको योगदान दिए । एकदिवसीय क्रिकेटमा उनको यो पहिलो शतक हो । यस्तै हेनरिक क्लासेनले ५१, जोन–जोन स्मुट्सले ४१ र डेविड मिलरले अविजित ३७ रन बनाए । बलिङमा अष्ट्रेलिया टीमका एडम जम्पाले २, मिचेल स्टार्क र प्याट कमिन्सले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७१ रन बनायो । उसका लागि कप्तान आरोन फिन्च, डार्सी सर्टले ६९–६९, मिचेल मार्शले ३६, डेविड वार्नरले ३५, एलेक्स क्यारीले २१ र स्टिभ स्मिथले १३ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा दक्षिण अफ्रिका टीमका लुंगि एन्गिडीले १० ओभरमा ५८ रन दिएर सर्बाधिक ६ विकेट लिए । अष्ट्रेलिया–दक्षिण अफ्रिकाबीचको अन्तिम वानडे म्याच शनिबार हुनेछ ।

किन हरेक महिलामा फरक यौन चाहना हुन्छ ? कसरी सन्तुष्ट पार्न सकिन्छ ?

काठमाडौंः महिलाहरु के चाहन्छन् ? सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् । यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने मानिस मात्र होइन, महिलाहरु समेत अक्सर यो विषयमा चर्चा गरिरहन्छन् । तथापि यसमा लामोचौडा चर्चा, हजारौँ किताब, वर्षौँको अनुसन्धानका बाबजुत पनि महिलाहरुको इच्छाको कुनै एक परिभाषा तथा कुनै दायरा तय हुन सकेको छैन । महिलाहरुको मनभित्र कस्तो इच्छा जाग्दछ भन्ने कुरा पत्ता लाग्न पनि सकेको छैन । साथै महिलाहरुलाई कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने पनि थाहा पाउन सकिएको छैन । के त्यसो भए वर्षौँसम्म यस विषयमा भएका अध्ययनहरु बेकम्मा भएका हुन् त ? होइन । अहिले यिनै अध्ययनहरुका कारण हामीले महिलाहरुको सेक्स सम्बन्धी चाहनाको बारेमा धेरै हदसम्म बुझ्नसक्ने भएका छौँ । महिलाहरुको कामेच्छाको चर्चा यसअघिको संकुचित विचारको दायरा भन्दा बाहिर आएको छ । पहिले भनिन्थ्यो की महिलाहरुको चाहना कहिल्यैपनि पूरा गर्न सकिँदैन । उनीहरु सेक्सका भोका हुन्छन् र उनीहरुमा जबरजस्त कामवासना हुन्छ । तर अहिले वैज्ञानिकहरुले यो मान्न थालेका छन् की महिलाहरुको यौन चाहनालाई कुनै एक परिभाषाको दायरामा समेट्न सकिँदैन । यो विभिन्न महिलामा फरक फरक हुन्छ । र कहिलेकाहीँ त एउटै महिलामा पनि यौन चाहना फरक फरक पाइन्छ । अमेरिकाको रटगर्स विश्वविद्यालयका प्राध्यापक बेवर्ली व्हिपल भन्छन्ः हरेक महिलाहरु केही फरक चाहन्छन् । तमाम नयाँ अनुसन्धानबाट यो प्रष्ट भएको छ की सेक्सको मामिलामा महिला र पुरुषहरुको चाहना तथा आवश्यकतामा खासै फरक हुँदैन । जबकी पहिले पुरुषमा महिलामा भन्दा बढि यौन इच्छा हुन्छ भन्ने धारणा थियो । क्भहपहिले जब कसैलाई महिनामा तपाइँलाई कति पटक यौन सम्पर्कको आवश्यकता महसुस भयो ? भनेर सोधियो तब त्यसबाट प्राप्त हुने जवाफबाट निकालिने निष्कर्षले पुरुषहरुलाई यौन सम्पर्कको बढि आवश्यकता महसुस हुने देखायो । तर जब यो प्रश्नलाई घुमाएर सोधियो र खास बेलामौकामा, साथीसँग नजिक भएको बेलामा, कुराकानीका बेलामा तपाइँलाई सेक्सको चाहना कत्तिको हुन्छ ? भन्ने प्रश्न गरियो तब त्यसबाट आउने उत्तरले महिला र पुरुषमा लगभग उस्तै खाले यौन चाहना रहने गरेको देखायो । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक लोरी ब्राटोका अनुसार यसबाट महिलालाई सेक्समा कम रुची हुन्छ भन्ने धारणा गलत सावित भएको छ । हो, महिलाहरुको यौन चाहना फरक प्रकारको हुन्छ । त्यस्तै महिलाहरुमा पलाउने यौन चाहना उनीहरुको रजश्वला चक्रसँग पनि सम्बन्धित हुन्छ । रजश्वला सुरु हुनुभन्दा केही दिन पहिले उनीहरुको यौन चाहना बढ्दछ । अमेरिकाको भर्जि्निया विश्वविद्यालयका मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्ः सेक्स हाम्रो आधारभुत जिम्मेवारी अर्थात् बच्चा पैदा गर्ने कुरासँग सम्बन्धित छ । त्यसैले जब महिलाहरुको सरीरभित्र डिम्ब परिपक्व बन्न सुरु गर्छ उनीहरुमा यौन चाहना बढ्दछ । आजकल सेक्स तथा बच्चा जन्माउने कार्यलाई फरक फरक ढंगले विश्लेषण गर्ने गरिएको भएपनि प्राकृतिक रुपमा यी दुई एउटै कार्यको रुपमा रहेको उनी बताउँछिन् । कतिपय महिलाहरुमा यौनइच्छा नै उत्पन्न नहुने समस्या पनि हुन्छ । विज्ञहरुका अनुसार महिलाहरुमा भित्रैदेखि कामेच्छा पैदा गराउनका लागि मनोवैज्ञानिक रुपमा पहल गर्नु आवश्यक हुन्छ । उनको आसपासको माहौललाई राम्रो बनाउनु पर्छ र तनावको कारक तत्वलाई हटाउनु पर्दछ । जसका कारण उनले राम्रो महसुस गर्दछन् र भित्रैबाट यौनइच्छा जाग्दछ । कभह षिभयद्यपि महिलाहरु आफुमा यौनइच्छा कम भएको कुराबाट तबसम्म दुखित हुँदैनन् जबसम्म उनीहरु कोही पुरुषसँग सम्बन्धमा गाँसिन्छन् । यौन पार्टनरको सेक्सको मागको दबाबका कारण उनीहरुमा आफ्ना न्यून कामेच्छाको पीडाको अनुभुति हुन थाल्दछ । जरुरी छैन की पार्टनरको इच्छा बराबर नै महिलामा पनि उत्तिकै यौन इच्छा हुनुपर्छ भन्ने । राम्रो त यो हुन्छ की दुबैजना पार्टनर सँगै बसेर यो विषयमा कुराकानी गर्ने र एक अर्काको आवश्यकता तथा इच्छालाई बुझ्ने । जहाँसम्म यौन इच्छाको कुरा छ यसको कुनै सिमाना नै हुँदैन । फरक फरक मानिसमा मात्र होइन कहिलेकाहीँ त एउटै मानिसमा पनि परिस्थिति अनुसार यौन इच्छामा फरकपना आउँदछ । कसैमा कम हुन्छ र कसैमा बढि हुन्छ भन्नु पनि गलत हुन्छ । किनकी कतिलाई कम भन्ने र कतिलाई बढि भन्ने भन्ने कुरा नाप्ने कुनै स्केल हुँदैन । बीबीसीको सहयोगमा

५० हजार वर्षअघि आदिमानवबीच भएको सेक्स प्रमाण भेटियो

एजेन्सीः रुसको एउटा गुफामा धेरै वर्षअघिका मानिसका दुई अलग–अलग प्रजाति फेला परेको छ । करिब ५० हजार वर्षपछि वैज्ञानिकहरुको एउटा समूहले पत्ता लगाएको छ कि ती दुई नश्लबाट एक छोरीको जन्म भएको थियो । गुफामा फेला परेको हड्डीका टुक्राको डीएनएबाट ती दुई अलग–अलग प्रजातिका सन्तान रहेको खुल्न आएको हो । आमाचाहिँ निएन्डरथल प्रजातिकी थिइन् भने बुवा डेनिसोवन प्रजातिका थिए । उनीहरु समयसँगै लोप भए । छोरी ती दुई प्रजातिकी मिश्रण थिइन् । हराइसकेको निएन्डरथल प्रजाति आधुनिक मानवसँग सबैभन्दा नजिकको प्रजाति मानिन्छ । जब प्ररम्भिक चरणमा आधुनिक मनुष्य अफ्रीकाबाट युरोप पुग्यो, सोही समयदेखि आस–पास यो लोप भएको थियो । निएन्डरथल करिब ५० हजार वर्षअघि करिब पूरै यूरोप र एसियामा फैलिएका थिए । ‘नेचर’मा प्रकाशित यस खोजबाट आदि मानवको जिन्दगी कस्तो हुन्थ्यो भन्ने कुराको केही अनुमान लगाउन सकिने विज्ञहरु बताउँछन् । निएन्डरथल र डेनिसोवन अहिलेका मानिसजस्तै थिए । तर, फरक प्रजातिसँग सम्बन्ध राख्ने गर्थे । जर्मनीका म्याक्स प्ल्याङक इन्स्टीच्यूट फर इभोल्यूशनरी एन्थ्रोपोलोजीका शोधकर्ता डा. भिभिएन स्लोनले भने, ‘पहिलाको अध्ययनबाट हामीले यो जान्यौँ कि निएन्डरथल र डेनिसोवन कुनै बेला भेट भएका थिए र दुबैले बच्चा पनि पैदा गरे । तर, मैले कहिले सोचेको थिइन हामी यति भाग्यशाली हुन्छौँ कि यसको प्रमाण हामिलाई मिल्नेछ ।’ अहिले गैर–अफ्रीकी मानिसको डीएनएको केही हिस्सा निएन्डरथल प्रजातिसँग मेल खान्छ । त्यसो त, गैर–अफ्रीकी मानिसको डीएनए केही हदसम्म एसियाली मानिसको डेनिसोवन प्रजातिसँग पनि मिल्छ । कैयौँ पिढीँसम्म चलेको आपसी सम्बन्ध र डीएनएमा भएको परिवर्तनले यो कुरा स्पष्ट भएको छ कि विभिन्न नश्लले मिलेर बच्चा पैदा गरेका थिए । यद्यपि, यस तथ्यको सबूत मात्र साइबेरियाको अलताई पहाडबाट मिलेको छ । २० भन्दा कम भनिएको पुरातन मुनष्यहरुमा यसको प्रमाण मिलेको छ कि उनीहरु अलग–अलग नश्लका मिश्रण थिए । डा. स्लोनले भने, ‘यी प्रमाणहरुमध्ये निकै कममा दुई प्रजातिको हिस्सा बराबर पाइएको छ ।’ अन्य कतिपय अध्ययनले पनि मानव विकासको इतिहास मिश्रित नश्लबाट भएको देखाएका छन् । यी दुई प्रजाति ४० हजार वर्ष पहिलेसम्म आफ्नो अस्तित्वमा थिए । निएन्डरथल पश्चिममा रहन्थे भने डेनिसवोन पूर्वमा बस्थे । ‘निएन्डरथल जब पूर्व्तिर बढ्न थाले, डेनिसोवन र आजका शुरुवाती मान्छेसँग सम्पर्कमा आएका हुन सक्छन्,’संस्थानका निर्देशक स्वान्टे पाबो भन्छन्, ‘निएन्डरथल र डेनिसोवनलाई मिलनको धेरै मौका नमिलेको हुन सक्छ, तर मिलेपछि उनीहरुबीच कैयौँपटक सम्पर्क भएको हुनुपर्छ, हामी पहिले जति सोच्थ्यौँ, त्योभन्दा निकै बढी ।’ रुसका पुरातत्वविदहरुले कैयौँ वर्ष पहिले एक हड्डीको टुक्रा डेनिसोवाको पहाडमा पाएका थिए । ती टुक्राबाट नै दुई नश्लको सन्तान हुने कुरा पत्ता लागेको थियो ।

‘सामान्य ज्ञानको अध्ययनले करोडपति बनायो’

काठमाडौं, जेठ १ । विराटनगरका राजीव जैन स्कुल पढ्दादेखि नै हाजिरीजबाफमा भाग लिइरहन्थे । त्यहीँबाट सामान्य ज्ञान अध्ययनको जग बसालेका उनले ‘को बन्छ करोडपति?’ मा एक करोड रुपैयाँ जितेका छन्। उनले भने, ‘स्कुल पढ्दा हाजिरीजबाफ, वादविवाद, अतिरिक्त क्रियाकलापमा भाग लिन्थेँ। त्यही बानीले सामान्य ज्ञान अध्ययनमा आकर्षित भएँ। अहिले करोड रुपैयाँ जित्न सफल भएँ।’ एपीवान टेलिभिजनले ‘को बन्छ करोडपति?’ सुरु गरेपछि उनलाई करोडपति बन्न सक्छु भन्ने आँट पलायो । अन्तिम प्रश्नको उत्तर मिलेपछि आफू ‘शब्दविहीन’ भएको उनले बताए । उनले भने, ‘अगाडि महानायक राजेश हमाल हुनुहुन्थ्यो तर मैले केही देखिनँ।’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

आज ८ जिल्लाको प्रावि नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ४ । शिक्षक सेवा आयोगले सोमबार कार्यरत अस्थायी शिक्षकको ८ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै कपिलबस्तु, गुल्मी, अर्घाखाँची, रुपन्देही, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा– कपिलबस्तुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गुल्मीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुपन्देहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुस्ताङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्वतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् म्याग्दीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बागलुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

रत्नराज्यलक्ष्मी क्याम्पसमा कर्मचारी माग्यो (विज्ञापनसहित)

काठमाडौं पुस १९ । रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राविधिक सहायक (कम्प्युटर प्रयोगशाला) को लागि करार सेवामा खुला प्रतिस्पर्धाद्वारा नियुक्त गरिने जानकारी आजको गोरखापत्रमा प्रकाशित गरेको छ। विज्ञापन-      

पर्वत समाज कतारको समिक्षा बैठक सम्पन्न

सन्तोष क्षत्री ।दोहा, पुष ७।पर्वत समाज कतारको चौथो अधिवेशनको समिक्षा तथा पदभार हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सन् २००३ मा स्थापना भइ विभिन्न सामाजिक कार्यमा सक्रिय संस्थाको २०१९-२०२१ का लागि गत डिसेम्बर ७ तारिखमा चौथो अधिवेशन बाट नव निर्वाचित कार्यसमिती लाई पदभार हस्तान्तरण गरेको छ । कार्यक्रममा निवर्तमान कार्यसमितीका अध्यक्ष चिन्तामणी पौडेल, सचीव याम क्षत्री(अनिल), रघुनाथ शर्मा र आर्थिक संयोजक लेखनाथ रिमालले नवनिर्वाचित कार्यसमितीका क्रमश अध्यक्ष सबिन्द्र श्रेष्ठ, सचिव शेषराज तिमिल्सिना र कोशाध्यक्ष सन्जय तिवारीलाई आआफ्नो पदभार हस्तान्तरण गरे । पदभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष चिन्तामणी पौडेलले सन् २०१७-२०१९ को कार्यकाल सफल पार्न सहयोग गर्नुहुने ब्यक्तीत्वलाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितीलाई सबै सङ्ग सहकार्य गर्दै पर्वत समाजको गरिमालाई उच्च राख्न अनुरोध गरे । शुक्रबार सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले मोदिबेनी बृद्दाआश्रममा रहनु भएका वृद्ध हरुलाइ भोजन तथा सम्मान साथै सेतिबेनी संरक्षण मुल समितिलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यस्तै बैठकले संस्थाको सह-सचिवमा मिलन पौडेल र सह-कोसाध्यक्षमा सोम केसी तथा प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष चिन्तामणी पौडेल, सल्लाहकारमा आनान्द सुवेदी, याम क्षत्री(अनिल) र याम केसिलाई चयन गरेको छ ।

रवि ओड नेपाल आइडलको ‘टप ८’ मा पुग्न सफल

काठमाडौं, कार्तिक १६ । एपी वान एचडीबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन-२’ मा सुदूरपश्चिमबाट सहभागी भएका रवि ओड ‘टप ८’ मा पुग्न सफल भएका छन् । दर्शकको भोटका आधारमा उनी  ‘टप ८’ मा पुग्न सफल भएका हुन् । आज आउट भएकी छन् ।   नेपाल आइडलमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेका रवि वडलाई कसरी गर्ने भोट ? यो प्रश्नको जवाफबारे धेरैलाई थाह नहोला । त्यसकारण हामी जानकारी गराउँदै छौं । रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।   भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

कविता : कमरेडसँग कमरेड !

हत्तेरिका कमरेड ! अप्ठेरो नमान्नू न अलिअलि कस्तो कस्तो लागिहाल्छ नि नयाँ नयाँमा यस्तै हो कमरेड हल्का अन इजी हुन्छ हुन्छ ! अलिअलि अप्ठेरो त तपाईलाई पहिलो पटक बन्दूक बोक्दा भयो होला त्योभन्दा बढी भयो होला बन्दूक बुझाएको बेला तपाईले खुरुखुरु बुझाएकै त हो कमरेड अलिअलि लाज लाजजस्तो भैहाल्छ नि त्यसरी रातो पिरो नहुनू न कमरेड एकतामा अप्ठेरो पर्छ क्या कमरेड ! एता हेर्नुस त कमरेड ! जस्तै नि कमरेड ! पहिलो पटक घुष खाँदा पहिलो पटक कमिशन बुझ्दा पहिलो पटक घडेरी जोड्दा या पहिलो पटक शेयर हाल्दा मनमा चिसो त पस्यो होला नि कमरेड ? पहिलो पटक ठमेल छिर्दा पनि मुख हेर्न लाज भयो होला नि कमरेड हाम्लाई पनि चिसो पस्या थ्यो उहिलै अलिअलि त पसिहाल्छ नि त्यस्तो त भैहाल्छ नि कमरेड ! पहिलो पटक प्रचण्ड पथ छोड्दा हल्का सिरिङ्ग भयो होला नि कमरेड ? यो पटक पनि माओवाद त छुटिसक्यो यो पटक पनि भयो होला त्यस्तो ? अलिअलि हुन दिनु पर्छ क्या कमरेड मन त हो भैहाल्छ नि हल्का त मेरो कुरा बुझ्नु भयो नि कमरेड ? अव सिध्दान्तले भात पाक्दैन कमरेड न आदेशले भात पाक्छ हिजोजस्तो घर परिवार छन इस्टमित्र छन हल्का जोडजाम गर्नु परो नि कमरेड अनि त्यो जोडजाम गर्न सिध्दान्त पक्रेर कहाँ होला र कमरेड ! यी हामीलाई हेर्नुस न कम्निष्ट पनि भएकै छौं जनताले पत्याएकै छन् नपत्याए तपाई र मेरो आकार हेर्नुस विदेशीले पनि पत्याएकै छन् राष्ट्रवादी पनि एक लम्वरको भैया छ यो पनि सवैले पत्याएकै छन् स्कूल अस्पताल सव चलाएकै छौं आइएनजिओमा रजगज गरेकै छौं सम्पत्ति पनि जोडेका छौं राजनीति पनि गरेका छौं गर्ने त यस्तो हो नि कमरेड १ अव हामीसँगै हिड्ने भएपछि हामीजस्तै हुनु परो नि कमरेड खान सिक्नु परो लाउन सिक्नु परो लुकाउँन फकाउँन सवै सिक्नु परो ह्वास्ल्याङ्गे तरिकाले कहाँ हुन्छ कमरेड हिजोको तुजुक झिकेर कहाँ हुन्छ ? अव त मौकामा ज्ञानी बन्ने हस भन्नेर हजुर भन्ने कम्निस्टमा पनि हुन्छ नि मानमनितो त्यो जम्मै सिक्नु परो नि कमरेड ह्या कमरेड पनि ! कताको लेनिन खै भनिराख्या भन्या लेनिन त मरिसके नि मरेको मान्छे फेरि आउँछ त ? तपाई भौतिकवादी हैन कमरेड ? अव त हामी नै आफै मार्क्स आफै लेनिन आफै माओ क्या कमरेड ! मेरो कुरा ध्यान पुर्वक सुनेर मुन्टो हल्लाएर मुसुक्क हाँसेकोमा धन्यवाद छ कमरेड ! बलराम तिमिल्सना ‘विप्लव’

माओवादी प्रदेश इञ्चार्जको जिम्मेवारी हेरफेर, क-कसले पाए जिम्मेवारी ?

काठमाडाैं । माओवादी केन्द्रको शनिबार बसेको पुर्व हेडक्वार्टर बैठकले प्रदेश ईच्जार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि इन्जार्च रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको हो । प्रदेश ३ का ईन्चार्ज हितमान शाक्य र ७ का इच्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत राखिएको छ । प्रदेश २ का इन्चार्ज मातृका यादव, ५ का बर्षमान पुन र ६ का शक्ति बस्नेत मन्त्ती बनेका छन् भने ४ का देव गुरुङ प्रमुख सचेतक बनेका छन् । प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई कारवाही गरिएपछि पद रिक्त थियो । क-कसले पाए इन्चार्जको जिम्मेवारी ?  बैठकले प्रदेश १ मा इन्चार्जको जिम्मेवारी सुरेन्द्रबहादुर कार्की राम कार्कीलाई दिएको छ । २ मा विश्वनाथ साह, ४ मा हितारजा पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई ईन्चार्जको जिम्मेवारी दिईएको छ । प्रदेशश ३ शाक्य र प्रदेश ७ मा लेखराज भट्टलाई नै निरन्तरता दिईएको छ ।,आजको नयाँ पत्रिकामा यो खबर छ ।

इङ्गलिस प्रिमियर लिगमा आज सात खेल: कुन खेल कति बजे ?

काठमाडौं, फागुन १९ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत २९ औं चरणका खेल आज सुरु हुँदै छन् । २९ औं चरणको पहिलो दिन आज सात वटा खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ सवा ६ बजे हुने खेलमा बर्नले र एभर्टन भिड्दै छन् । त्यसैगरी आजै राति पौने ९ बजे ५ खेल हुँदै छन् । लेस्टर सिटी र वर्नमाउथ, साउथ ह्याम्पटन र स्टोक सिटी, स्वान्सी र वेस्ट ह्याम युनाइटेड, टोटन ह्याम र हडल्र्सफिन्ड टाउन तथा वार्टफोर्ड र वेस्ट ब्रोमबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी आजै राति सवा ११ बजे लिभरपुल र न्यूक्यासल युनाइटेड भिड्दै छन् । २८ औं चरणसम्म ७५ अंकसहित म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा छ ।

यी हुन् केपी शर्मा ओलीका अबका चुनौती

काठमाडौं, फागुन ४ । एमाले अध्यक्ष केपी शर्मा ओली एक बर्ष ६ निपछि फेरि सत्तामा पुगेका छन् । अघिल्लोपटक भन्दा यसपटक उनी शक्तिशाली छन् । प्रधानमन्त्री ओलीका सामु चुनौती पनि प्रशस्तै छन् । ओली अघिल्लोपटक माओवादी केन्द्रसहित अन्य साना दलको समर्थनमा सामान्य बहुमत बनाएर सत्तामा पुगेका थिए । यसपटक भने ओलीले वाम गठबन्धन उमाले र माओवादी केन्द्र को करिव दुईतिहाई बहुमतका साथ सत्ताको नेतृत्व गरेका छन् । ओलीका लागि माओवादीसँगको सहकार्य ठुलो शक्ति र कमजोरी दुवै रहनेछ ।, नागरिकमा यो खबर छ ।

८१ वर्षे हवाइ सुन्दरी : जो ६० वर्षदेखि सेवामा कार्यरत छिन्

मंसिर १६ । उनले हवाइ परिचारिकाको काम राष्ट्रपति ड्वाइट आइजनहावर हुँदा सुरु गरेकी थिइन् । अहिले यो पेसा अपनाएको ६० वर्ष पूरा भएको छ र उनी ८१ वर्ष पुगेकी छन् । अझै सेवा निवृत्त हुने उनको कुनै योजना छैन । उनी हुन् अमेरिकन एयरलाइन्सकी विमान परिचारिका बेट्टी नास । सन् १९५७ मा यो पेसामा प्रवेश गरेकी उनी अझै पनि ३० हजार फिटमाथि आफ्नो खतरनाक मुस्कान छरिरहेकी छन्। तीन दिदीबहिनीमध्ये सबैभन्दा जेठी नास न्यु जर्सीको एटलान्टिक सिटीमा हुर्केकी थिइन् । यसबीचमा उनले इस्टर्न एयरलाइन्स, युएस एयरवेज र ट्रम्प सटलमा पनि काम गरिन् । १० वर्षअघि उनको सेवाले ५० वर्ष पूरा गरेको अवसरमा जल सलामी दिइएको थियो। त्यसबेला अर्को १० वर्ष सेवामा रहन्छुहोला भन्ने उनलाई लागेको थिएन। पाइलटका लागि अनिवार्य अवकाशको समय ६५ तोकिएको छ। तर विमान परिचारिकाहरुका लागि त्यस्तो कुनै नियम छैन । त्यसैले नास अझै उडिरहेकी छन् । उनले विभिन्न रुटमा काम गरिन्, तर डिसीबाट बोस्टनसम्मको यात्रा उनलाई सबैभन्दा मनपर्ने रुट हो। सन् १९५७ मा बेट्टी नास ‘ग्राहक सेवा भनेको उनीहरुलाई सहज महसुस गराउनु हो,’ उनी भन्छिन्, ‘सबैजना अलिकति माया र अलिकति ख्याल चाहन्छन् ।’ उनी आफ्ना सहकर्मी र यात्रुहरुका कारण अझै पनि सक्रिय रहन सफल भएको बताउँछिन् । आफूले सेवा सुरु गर्दा र अहिलेको उडानमा आकाशपातालको फरक रहेको उनी सम्झिन्छिन्। ‘त्यसबेला प्लेन चढ्नु आफैँमा विलाशिता थियो, र खटाइ पनि चर्को थियो। विमानमा म एक्लै हुन्थेँ र सबैको ख्याल राख्नुपथ्र्यो,’ उनी भन्छिन्। त्यसबेला विमान परिचारिकाका लागि निश्चित उचाइ र तौल आवश्यक पथ्र्यो, अहिले त्यो छैन। तर पहिरन चाहिँ एयरलाइन्सकै निर्देशनमा लगाउनुपर्छ।’ उनका एक छोरासँग बस्छिन्, जसलाई डाउन सिन्ड्रोम भएको छ। यो उद्योगमा उनी ‘सेलिब्रेटी’ हुन् । उडान सेवामा रहेकाले मात्र होइन, अनगिन्ती यात्रुले पनि उनलाई चिनेका छन् । आफ्नो शरीर र स्वास्थ्यले साथ दिए उनी अझै लामो समय सेवामा रहने बताउँछिन् । एजेन्सी

घरमा कोही दम रोगी त हुनुहुन्न ? यी हुन थाहा पाउनै पर्ने कुराहरु

परिचय श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित यस रोगमा मुख्य श्वास नली र फोक्सोभित्रका ठूलासाना उपश्वासनलीहरूकोम्युक्स मेम्बर्नस सुनिने, श्वास नलीभित्रका मांसपेसी खुम्चिने आदि विभिन्न कारणले साँघुरेर र अवरोध भईमानिसलाई श्वास फेर्न अप्ठेरो वा गाह्रो भएको अवस्थालाई दम (Bronchial Asthma, ब्रोन्कियल आज्मा)
 भनिन्छ ।जतिखेर एलर्जन्स (एलर्जी उत्पन्न गर्ने कारक तत्त्व) र इरिटेटस (अप्ठयारो उत्पन्न गर्ने तत्त्व) सास नलीकोसम्पर्कमा आउँछन्, यस अवस्थामा फोक्सोको हावा भित्र-बाहिर गर्ने नलीलाई प्रभावित गर्छ। जसले हावाको नलीकोचारैतिर भएको मांसपेशी संकुचित हुन्छ र खुम्चिन्छ।  यसले गर्दा नली साँघुरो र कडा हुन्छ । कहिलेकाहीँ टाँसिनेपदार्थ कफ बन्छ जसले हावाको नलीमा जम्मा भएर फोक्सोमा हावा आउने बाटोमा अवरुद्ध हुन्छ र बिरामीलाई श्वासफेर्न असजिलो हुने, खोकी लाग्ने र खोग्दा छातिबाट प्रायः घ्यारघ्यार  आवाज आउने हुन्छ ।  त्यसैकारणले गर्दामानिसमा श्वास फेर्न पटक-पटक गाह्रो हुने गर्दछ। दममा फोक्सोमा भएको हावाको नली धेरै सम्वेदनशील हुन्छ र त्यसले चुरोटको धुवाँ, चिसो, परागकणजस्ता थुप्रैइरिटेन्ट प्रति प्रतिक्रिया गर्छ। यसलाई चिकित्सकीय भाषामा टृगर भनिन्छ। जसले दमको स्तिथि पैदा गर्छ| अमेरिकन डिपार्टमेन्ट अफ हेल्थ एन्ड हयुमन सर्भिस, नेसनल हार्ट, लङ एन्ड ब्लड ईन्स्टिच्युटको तथ्यपत्र अनुसारमधुमेह र उच्च रक्तचापजस्तै दम पनि दीर्घरोग हो । एकपटक दम विकसित भएपछि जीवनभरि रहिरहन्छ । निकोहुँदैन । कुनै लक्षण नदेखाए पनि, तपाईं सन्चै अनुभव गर्दै रहे पनि वा दुःख नदिए पनि अस्थमा रहेकै हुन्छ र कुनैपनि समय हुन सक्छ । विशेषज्ञले विभिन्न औषधि उपचारको माध्यमले अस्थमालाई राम्ररी व्यवस्थापन गरेरतपाईंको दैनिक जीवनलाई सामान्य बनाउँछन् । खोकी र दम फरक-फरक स्थिति हुन्। खोकी फोक्सोबाट हानिकारक तत्त्व निकाल्न सहयोग गर्ने, शरीरको सामान्य क्रिया हो भने दम जसले फोक्सोको हावा भित्र-बाहिर निस्कने नलीलाई प्रभावित गर्दछ । दममा हावाको नलीको मांसपेशी खुम्चिन्छ, जसले गर्दा व्यक्तिलाई सास फेर्न गाह्रो हुन्छ । र, उनीहरू प्रायः धेरै खोकिरहन्छन्। स्थायीखोकी दमको एउटा लक्षण हुन सक्छ। खोकी फोक्सोबाट हानिकारक कण निकाल्न सहयोग गर्ने शरीरको सामान्यक्रिया हो। यो कण सामान्य रूपमा धुलो, ब्याक्टेरिया, भाइरस हुन्छ। यदि निरन्तर बढी नै खोकी लागिरहने गरेको छभनेचाहिँ यो फोक्सोमा समस्याको संकेत हो। हरेक वर्ष मे 1 तारिकलाई विश्व दमदिवसको रुपमा, विभिन्न कार्यक्रम गरी मनाईन्छ। प्रभावित वर्ग दमको रोगसँग उमेरको कुनै सम्बन्ध छैन । यो रोग के महिला, के पुरुष, के युवा, के बालबालिका, के बूढापाका सबैलाई लाग्न सक्छ । विश्व स्वास्थ्य संगठनअनुसार विश्वमा करिब २३ करोड ५० लाख व्यक्ति दमको समस्याले पीडित छन्, ७० लाख बालबच्चा छन । हरेक वर्ष करिब दुइ लाख ५० हजार व्यक्तिको यसै रोग बाट मृतु हुनेगर्छ । यो रोग कुनै पनि उमेरमा हुन सक्छ । चिसो याम सुरू हुनासाथ दमले बढी सताउनेहरूको संख्या कम छैन ।बालबालिकामा हुने सामान्य दीर्घरोग समेत हो यो। वैज्ञानिकहरूले एउटा अध्ययनमा पाए अनुसार घरपालुवा कुकुरको छालामा पाइने धुलोमा बाल्यकालमा हुने दमको रोगकोजीवाणुसँग लड्ने क्षमता हुन्छ । उक्त धुलोमा श्वाससम्बन्धी संक्रमणको बाहक जीवाणु (रेस्पिरेटरी सिक्टियल वाइरस) सँगलड्ने क्षमता थियो ।उनीहरूको अनुसार यो खोजले अगामी दिनहरूमा बच्चामा दमको चिकित्सा विधिमा परिवर्तन ल्याउँछ ।उक्त जानकारी सनफान्सिस्कोमा अमेरिकन सोसाइटी अफ माइक्रोबायलोजीको एउटा बैठकमा दिइएको हो । कारण दम धेरै कारणले हुन्छ, जस्तो कि मौसमको स्थिति, कुनै खाद्य पदार्थ, दबाई, गन्ध वा अन्य कारक तत्वहरु। कुनैपनि उमेरमा हुन सक्छ। ३० वर्षभन्दा मुनिकालाई दम हुनुमा एलर्जी जिम्मेवार हुन सक्छ। ३० वर्षभन्दा माथिकालाईवातावरणमा झुन्डि रहने हावाका कणले गर्दा पनि दम हुन सक्छ। बुढापाकालाई भने चुरोट, बिडी, हुक्का वा भान्साको धुवाँ, चिसो हावा र भावनात्मक तनावले दम हुन सक्छ। बंशाणुगत कारण पनि एक मानिएको छ। विंशाणुगन अर्थात् तपाईको परिवारमा कसैलाई दमको रोग छ भने त्यस परिवारका अन्य सदस्यलाई पनि हुने सम्भावना बढी हुन्छ । वातावरणका एलर्जन्स वा इरिटेटसप्रति बढी सम्वेदनशील व्यक्तिलाई पनि दम हुन सक्छ। धुम्रपान, वायु प्रदूषण, भान्साको धूवाँ आदिले पनि दम हुन सक्छ । धुम्रपान छोडेपछि मात्रै यो समस्यामाक्रमशः कमी आउँछ । तपाईलाई पहिलेदेखि नै दम छ भने यस यसको तव्रि वृद्धिमा कमी आउँछ ।
प्रदूषितवातावरणमा काम गर्नाले पनि दमको समस्या हुन सक्दछ । घरभित्र र बाहिरको वायु प्रदूषणले पनि यो रोग हुनसक्दछ । कोइला, धूलोमा काम गर्नुपर्ने बाध्यतासमेत यो रोगको कारण हुन सक्छ । अझ गाउँघरमा गुइठा वादाउरामा खाना पकाउनु, भान्साकोठामा धुवाँको उचित निकास नहुनुले समेत दम देखिन सक्छ । रुघाखोकीमा लापरबाही, चिसो र कफ बढाउने खालका खानाहरूको बढी प्रयोग, कुनै खाद्य वस्तुको एलर्जीले पनि दम हुन्छ । बाल्यावस्थामा छातीको संक्रमण, न्युमोनिया, ब्रोंकाइटिस भएका व्यक्तिहरूलाई सामान्य रुघाखोकी लाग्ना साथ दम बढ्ने खोकी लाग्ने हुन सक्छ । केही मानिसहरूमा मनोवैज्ञानिक समस्याहरूले गर्दा भावनात्मक तनावले पनि दम हुन सक्छ । एक अध्ययनले के देखाएको छ भने २५ प्रतिशत युवा दम रोगीहरुमा गहिरो भावनात्मक असुरक्षा र आमाबुबाको मायाको अभावका कारण पनि यो रोग लागेको छ । . रोगको लक्षण रोग भएमा देखिने प्रमुख लक्षणहरु
- श्वास प्रश्वासमा गाह्रो भएको जस्तो वा अप्ठेरो हुन्छ । दमका रोगीहरु छिटछिटोसास फेर्ने वा स्वा“..स्वा“ गरिरहन्छन् । त्यसमा पनि अझ श्वास लिँदाखेरी भन्दा पनि श्वास बाहिर फ्याँक्दा दुवैअवस्थामा घ्यार घ्यार आवाज सुनिन्छ ।
सास फेर्दा सिटी बजेजस्तो हुन सक्छ । फोक्सोसम्म हावा लैजाने नली खुम्चिनाले गर्दा यस्तो भएको हो । यसै खुम्च्याइले गर्दा पछिल्लो सास फोक्सोबाट निक्लिन नपाइ पुनः सास लिन पुग्छ । यसो हु“दा फोक्सो फुल्लिन्छ । दमका रोगीलाई सबैभन्दा साह्रो राति सुत्ने बेलामा पर्छ, खोकी प्रायः राति लाग्नु तथा खोकीले गर्दा निद्रामा अवरोध हुने रसुत्न अप्ठेरो भएर बसिराख्नु पर्छ। सुख्खा प्रकारको खोकी लाग्छ, बारम्बार खोकीको अनुभव हुन सक्छ र खोकेपछिच्याप-च्याप लाग्ने किसिमको खकार आउने गर्दछ। छातीमा दुख्छ। 
निधारमा पसिना आउछ।
 झरी परेको बेलामा, हिउदमा, पूर्वको हावा आउदा र चिल्लो, गुलियो खाएको बेला रोग ले बढी चाप्छ। शरीरमा अक्सिजनको मात्रामा कमी भई ओठ, औंला, अनुहार हर्दा नीलो रङ्ग देखिन्छ। दमको सुरुवात अचानक र क्रमशः दुवै तरिकाले हुन्छ । अचानक दम सुरु हुँदा रोगीलाई खोकी लाग्छ । जब दम विस्तारै सुरु हुन्छ, त्यसबेला दमको असर सामान्यतः साससम्बन्धी संक्रमणबाट हुन्छ । दमको गम्भीर असर पर्दा रोगीको हृदयको धड्कन एवम् सासको गति बढ्छ र रोगीलाई बेचैनी र थकान महसुस गर्दछ । त्यस्तो बेला रोगीलाई खोकी आउने, छातीमा केही अड्केजस्तो हुने, खुब पसिना आउने र उल्टीसमेत हुने गर्दछ । दमको गम्भिरताको प्रकार रोग लागेको समयावधि रोगको लक्षण तथा दमको अवस्थाअनुसार यसलाई तीन भागमा बाँड्न सकिन्छ । क) सामान्य अवस्था: दमबाट प्रभावित व्यक्ति बोल्दाखेरी पूरै वाक्य अर्थात् आफ्नो कुरा बोल्न सक्छ भने यो हल्काखालको सामान्य अवस्था हो । ख) यसै प्रकार बोल्न असजिलो हुन्छ । बोली अड्किन्छ भने यो मध्यमखालको अवस्था हो । ग) यसैगरी दमबाट प्रभावित व्यक्ति च्यापेको बेला एक शब्द पनि बोल्न गाह्रो हुन्छ भने यो गम्भीर अवस्था हो ।   नियन्त्रणका उपायहरु: दमको उचित नियन्त्रणका लागि यस सम्बन्धी जनचेतना पहिलो अपरिहार्य उपाय हो । जनचेतनाले आफ्नासमस्याहरुलाई नियन्त्रणमा राख्न र आफ्नो परिवारलाई दमबाट बचाउन प्रोत्साहित गर्छ । र्सवप्रथम त जुन कुराकोएलर्जी हुन्छ त्यसबाट टाढा रहने जस्तो कि उदाहरणको रुपमा यदि तपाईमध्ये कोही कसैलाई धुलो, धुवाँको एलर्जीलेगर्दा दम बढ्ने गर्दछ भने उक्त धुलो र धुवाँबाट सकेसम्म टाढा रहनु पर्दछ । यसो गरेमा सजिलैसंग दम बढ्नेसमस्याबाट बच्न सक्छौ । प्रायः त धेरैजसोलाई जाडो वा चिसो मौसममा चल्ने चिसो हावाले गर्दा दम एकदमै बढ्ने र श्वासप्रश्वासमा बाधापुर्‍याउने गर्दछ । त्यसैले चिसो हावामा बाहिर नहिँड्ने, नबस्ने चिसो खानेकुराको सेवन नगर्ने गरेमा सजिलै दम बढ्नेसमस्याबाट बच्न सक्छौ । जाडो याममा बिहानबेलुका चिसोमा निस्किनु हुन्न । दम पीडितले उपयुक्त व्यायाम गर्नछुटाउनु हुन्न, बिहान होइन दिउँसो हिँड्नुपर्छ । दम भएकाहरूले चिकित्सकको सल्लाहअनुसार न्यूनतम ३० मिनेट ठीकैखालको शारीरिक गतिविधि गर्नुपर्छ । दम नियन्त्रण छ भने व्यायामले समस्या गर्दैन । तातो पानीको बाफ लिने बानीबसाल्नु पर्दछ। त्यसैगरी श्वास फेर्न धेरै नै गाह्रो भएको बेलामा भने विरामीलाई अग्लो शिरानी दिएर अर्ध सुताइ अवस्थामा बसाल्नुपर्दछ । जसले गर्दा श्वास फेर्न अझ सजिलो हुन्छ । । त्यसको साथसाथै दमसंगै देखापर्ने विभिन्न श्वासप्रश्वासकारोगहरुको समयमै उपचार गर्नुपर्दछ । यसो गरेमा पनि दम समेत निको हुने वा थोरै भए पनि कम भएर जान्छ कुहिरो र हुस्सु लागेका चिसो याम सुरु हुनासाथ कतिपय व्यक्तिलाई छातीमा भारीपना महसुस हुन थाल्छ, सास फेर्नमाकठिनाइ सुरु हुन्छ । यो समस्या अन्य मौसममा नदेखिने भने होइन । चिसो याममा रोगीलाई दमले अटयाक गर्ने खतराबढ्छ, यसो हुनुको कारण ती-ती व्यक्तिमा श्वासनलीको दीर्घरोग दम अर्थात् अस्थमा बल्झिनु हो । चिसो याममासाससम्बन्धी संक्रमण टन्सिलाइटिस, फेरेन्जाइटिस, ब्रोङ्काइटिसको खतरा समेत बढ्ने गर्छ । यस्तो समयमा सास र दमकारोगीले विशेष सावधानी अपनाउनु आवश्यक छ । कहिलेकाहीँ स्थिति कतिसम्म बिगृन्छ भने श्वासनली खुम्चिएको कारणरोगीले पर्याप्त अक्सिजन पाउन सकिरहेका हुँदैनन्, यस अवस्थामा रोगीलाई भेन्टिलेटरसम्म नपुर्‍याउँदा ज्यानको खतरा हुन सक्छ । दम पुरानो भएकाले यसमा बिरामीले स्वयं पनि विभिन्न कुरामा ध्यान दिनुपर्छ । स्वास्थ्यकर खानपानको बानी, आफूले गर्ने कामको प्रकृति, काम गर्ने ठाउँ, बस्ने सुत्ने ठाउँको उचित व्यवस्था, नियमित र व्यवस्थित दिनचर्या, मौसम र शरीरअनुकूलको पोषाक, चिन्ता, तनाव, मुक्त, दैनिकीजस्ता कुराहरूमा राम्ररी ध्यान दिनुपर्छ ।सामान्य अवस्थामा दाल, भात, रोटी, हरियो तरकारी, गेडागुडीको झोल, जाउलो सन्तुलित एवं पोषिलो आहार लिनुपर्छ । औषधि उपचारको माध्यमले यस रोगका विशेषज्ञहरूले दमलाई व्यवस्थापन गरेर तपाईंको दैनिक जीवनलाई सामान्य बनाउँछन् । जसले गर्दा तपाइको दिनचर्या सहज हुन जान्छ । जटिलताहरू दम भएका बिरामीले विचार गर्नुपर्ने कुराहरू: दममा लापरबाही गरेमा समस्या बढेर मुटु आदिमा जटिलताहरू उत्पन्न हुन्छ। जस्तै मुटु सुनिने, न्युमोनाइटिस, सीओपीडी अर्थात् क्रोनिक आवस्ट्रेक्टिभ पल्मोनरी डिजिज आदि हुन सक्छ। दमले सिकिस्त भएको अवस्थामा सही उपचार नभएमा रोगीको ज्यान जाने सम्भावना हुन्छ। सावधानी चिसोबाट आफूलाई बचाउने, जाडोमा हरेक समय न्यानो लुगा लगाउने, चिसो पेयपदार्थ, आइस्त्रिम नखाने, बिहान-बेलुकी घरबाहिर ननिस्कने, बालबालिकालाई सिरक ओढाएर सुताउने। दमको आक्रमण प्रायः राति नै हुने भएकाले राति करिब सात बजेतिर हल्का खाना खाने, भीडभाड भएको ठाउँमा नजाने। कुहिरो र हुस्सो लागेको बेला नहिँड्ने। धूलो, धूवाँबाट बच्ने। धूमपान नगर्ने, सुत्ने कोठामा हिटरको प्रयोग नगर्ने। घरपालुवा जनावरबाट टाढा रहने, घरपालुवा जनावरलाई सातैपिच्छे नुहाइदिने, एयरटाइट गद्दा र शिरानी उपयोग नगर्ने, करेसाबारी वा पातको थुप्रोमा काम नगर्ने, नखेल्ने। उपचरको लागि सबै भन्दा पहिले कुन कुराले गर्दा एलर्जि भएको हो त्यो थाहा पाए रोग सधैको लागि निर्मुल पार्न सकिन्छ एलर्जीको परीक्षण गराउनु पर्छ। नत्र साल्बुटामओल् जस्ता औषधी सधै खानु पर्ने हुन्छ। डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ। दमका रोगीले चिसो, चिल्लो, भैंसीको बाक्लो दुध, दही, केरा, दूधबाट बनेको परिकार, मिठाई, अण्डा, पनिर, च्याउ, फर्सी, पिँडालु र चिल्लोमा तारेको आदि खानेकुराबाट परहेज गर्नुपर्छ । यस्तै चुरोट, बिँडी, खैनी, गाँजा तथा मद्यपानको प्रयोग गर्नु हुँदैन । दमका रोगीले घर होस् भनेर भेन्टिलेसनको व्यवस्था गर्नुपर्छ । निस्कर्ष भनिन्छ, आँटिलो काम गर्न दम चाहिन्छ। मुटु दह्रो हुनेहरूले अर्थात् मुटुमा दम हुनेहरूले हिम्मतिलो काम गर्छन्। सबैलाई थाहा छ, दम भयो भने काम गर्न गाह्रो हुन्छ। तर जमैकाका स्टेभ मुलिङले यो कुरा गलत प्रमाणित गरेका छन्। मुटुमा दम भयो भने काम फत्ते गर्न फोक्सोको दमले रोक्दैन भन्ने कुरा मुलिङले हालै अमेरिकामा सम्पन्न १ सय मिटर दौडको उपाधि जितेर पुष्टि गरेका हुन्। अघिल्लो वर्ष कीर्तिमानी धावक उसैन बोल्टलाई हराएर सनसनी मच्चाएका अमेरिकी धावक टाइसन गेलाई पराजित गर्न मुलिङका लागि दम रोग बाधक बनेन। दमका रोगी मुलिङले सास रोकेर दौडिँदा उनको फोक्सोको चाप निकै कम भैसकेको थियो। त्यसैले दौड पूरा गरिसकेपछि केही बेर उनलाई अक्सिजन दिनुपरेको थियो। यसअघि ९ दशमलव ८ सेकेन्डमा १ सय मिटर दौड पूरा गरेर आफ्नो कीर्तिमान बनाएका मुलिङले यसपटक उही दूरी पार गर्न १० दशमलव २६ सेकेन्ड लगाए अर्थात् कमजोर दौडेर पनि जिते, तर उनले प्रमाणित गरे कि मुटुमा दम भए छातीको दमले रोक्दैन। डा. बद्री पौडेलको वेभसाइटबाट साभार