नेदरल्यान्ड्स र नेपालबीचको विश्वकप लिग–२ जारी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी छ । जारी खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले कप्तान रोहितकुमार पौडेललाई २४.३ ओभरमा गुमाएको हो । रोहितले नेपाली टिमको स्कोरबोर्डमा १७ रन थपे । 

जारी खेलको २५ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ८७ रन बनाएको छ ।

नयाँ एडभेन्चर शो ल्याउदै अनुप र सौगात

काठमाडौँ । पछिल्लो समय नेपालमा थुप्रै रियालटी शोहरु निर्माण भएका छन् । यस्ता शोका संचालनमा बिभिन्न कलाकर्मी समेत देखिएका छन् । यस्तैमा अभिनेता अनुप बिक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने भएका छन् । उनले होस्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहेका छन् । बिभिन्न पर्यटन सम्बन्धि यात्रा गराउने उदेश्य रहेको शो देश तथा विदेशमा समेत प्रस्तुत गर्ने उदेश्यले अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुनेछ । शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का बिषय समेटिने शोका निर्देशक सौगातमान सिंह बस्नेतले बताए । स्टुडियो कृयो र ब्रान्डल्याण्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहेको शोको नाम छिट्टै एक औपचारीक कार्यक्रम मार्फत गर्ने बताइएको छ । करिब तीन दशकदेखि ट्रेकिङ र प्रर्यटन क्षेत्रमा काम गर्दै आएको टे«ेकिङ टिम कम्पनीले नेपाल, तिब्बत र भुटानमा ट्रेकिङ, माउन्टेन क्लाम्विङ, मोटरबाइकिङ, माउन्टेन बाइकिङका साथै थ्रुप्रै एडभेन्चर स्पोट्सहरु खेलाउदै आएको ट्रेकिङ टिमका सिइयो प्रवेश देवकोटाले बताए । शोका लागि टेलिभिजन समेत फिक्स गर्ने तरखरमा आफु रहेको निर्देशक सौगातले बताए । ‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उदेश्य हाम्रो रहेको छ’ सौगातले थपे ‘इन्टरनेशनल टुरको कल्चर शोको समेत प्लानिङ भइरहेको छ ।’

उपत्यकामा स्मार्ट लकडाउन, प्रशासनद्वारा १८ वटा आदेश जारी

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले गए रातिदेखि स्मार्ट लकडाउन लागू गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले रातीदेखि नै ‘स्मार्ट लकडाउन’ लागू गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्मार्ट लकडाउनका लागि १८ वटा आदेश जारी गरेको छ । त्यस्तै, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि फरक फरक विज्ञप्ति निकाली आदेश जारी गरेका छन् । स्थानीय प्रशासनहरुले सर्वसाधारणलाई अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र सार्वजनिक स्थानमा जाँदा अनिवार्य मास्क लगाउन भनेका छन् । कोभिड महामारी सम्बन्धि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, भौतिक दुरी कायम राख्न र साबुन पानीले बेलाबेलामा हात धुन पनि प्रशासनले आग्रह गरेको छ । यसैगरी, माघ ७ गतेदेखि सिनेमाघर र पार्टी प्यालेसलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य खोप कार्ड देखाउन पनि आग्रह गरिएको छ । खोप कार्डको फोटो खिचेर मोबाइलमा राखे पनि हुने ब्यवस्था गरिएको छ । यस्तै, २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरिएको छ । औषधि लगायत अत्यावश्यक बस्तु तथा सेवा आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने गरेमा कानुन बमोजिम कारबाही गर्ने पनि आदेशमा उल्लेख छ । सरकारले यस अघि नै माघ १५ सम्मका लागि विद्यालय बन्द गरिसकेको छ ।

खराब प्रदर्शनः २ ओभर बाँकी छँदै १७८ रनमैं समेटियो नेपाल

काठमाडौ । क्रिकेट वर्ल्डकप लिग अन्तर्गत आज भएको खेलमा नेपालको खराब प्रदर्शन रहेको छ । टस हारेर ब्याटिंग गरेको नेपालका मध्यमक्रमका खेलाडी नचल्दा अमेरिकाले नेपाललाई सस्तैमा रोक्न सफल भएको हो । नेपालले ४८ ओभरको खेलमा १७४ रन मात्र बनाएको छ । आजको खेलमा कप्तान ज्ञानेन्द्र मल्लले भने कीर्तिमान कायम गरेका छन् । राष्ट्रिय टोलीमा डेब्यूट्यान्ट गुल्शन झासँग ५१ रनको साझृदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्त्वपूर्ण ५० रन पूरा गरे । ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाविरुद्ध डेब्यू गरेका युवा क्रिकेटर गुल्सन झाले भने २८ रन बनाएका छन्। छैटौं नम्बरमा मैदानमा प्रवेश गरेका उनले ५२ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २८ रन बनाएका हुन्। ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए । त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्यूट्यान्ट गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे । अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिए ।

पोर्चुगलमा १ नेपालीको मृत्यु

पोर्चुगलः पोर्चुगलको फारोमा १ नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ ५ वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए । उनी पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए । लडेर आगोमा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पुर्‍याइएको थियो । उनको मष्तिस्कमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ । घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुगेका थिए । मृतककी एक छोरी पोर्तुगलमा रहेकी छन् ।

नेकपाभित्रको बहसः के चाहन्छन् अध्यक्ष प्रचण्ड ?

सभामुख चयनका लागि नेकपाभित्र चलिरहेको संघर्ष कुनै व्यक्ति विशेष भन्दा पनि प्रवृत्तिको रहेको छ । बाहिर हेर्दा अमूक व्यक्तिका लागि भन्ने देखिएपनि यसको अन्तर्यमा भने अग्रगामी या यथास्थिति पक्षधरको संघर्ष नै मुख्य हो । यति मात्रै नभएर यो संघर्षले दुई फरक वैचारिक धारको समेत प्रतिनिधित्व गर्दछ । एउटा धारले सारमा बिसर्जनवादको पक्ष लिन्छ । यथास्थितिमा नै रुमल्लिने अवसरवादको पक्ष लिन्छ । संसदवादलाई प्रधानता ठान्ने र वर्ग संघर्षको ठाउँमा वर्ग समन्वय, राष्टियताको स्थानमा समर्पणवादको वकालत गर्दछ । अर्को पक्षले नेपाली समाजलाई फेरी एउटा धक्का दिन चाहन्छ । संसदवाद भन्दा माथि, नेपाली राजनीतिक क्रान्तिका पुरा हुन नसकेका कार्यभार पुरा गर्दै अझ उन्नत राजनीतिक प्रणाली स्थापनाको पक्षधरता लिन्छ । र, स्पष्ट नै छ, यो दोश्रो धारको प्रतिनिधित्व पूर्व माओवादी वैचारिक धारले गर्दछ । पूर्व एमाले समूहले धक्का या अग्रगामी परिवर्तनलाई त्यति पचाउँदैन । उसका लागि सुधारवाद नै माक्र्सवाद हो । उसको समाजवाद बढीमा यूरोपियन मोडेलको लोक कल्याणकारी मान्यतामा आधारित राज्यव्यवस्था हो । ढुलमुले संशोधनवाद उसको वैचारिक पक्ष हो । र, यसकै वरिपरि सभामुखको रस्साकस्सी चलिरहेको छ । सभामुखको बहसमा यो वा त्यो समूहको बहस सतहमा देखिएको मात्रै हो । मुख्य कुरा दुई फरक वैचारिक धारबीच एक अर्कालाई समन्याय गर्ने कि नगर्ने भन्ने विषय हो । व्यक्ति या गुट भन्दा पार्टी र पार्टीको भविष्य प्रधान हुन्छ कि हुन्न भन्ने हो । सहमति पालना गर्ने राजनीतिक इमान्दारिता या गतिरोध उत्पन्न गर्दै शक्तिको जुँगे लडाई बढाउने भन्ने हो । पूर्व एमाले वैचारिक धारका लागि यो प्रवृत्ति नयाँ भने होइन । पार्टी एकतापछिका उसका अडानहरु हेर्दा समेत कतिपय विषयमा उसले अनावश्यक अडान राखेर पार्टीलाई गतिशीलताबाट पर राखेका कैयन् घटनाहरु छन् । अप्ठ्यारोमा पर्दा सहमति गर्ने तर सहजतामा त्यसमा इमान्दार नरहने प्रत्यक्ष उदाहरण दुई अध्यक्षबीचको कार्यविभाजनको थियो । पार्टी एकताका क्रममा जे जसरी एकता भएपनि व्यवहारमा एकल अध्यक्षको अभ्यास भएपछि यसले लामो समय पार्टीका काम कारवाही अघि बढन सकेनन् । न त पार्टी एकताले नै पूर्णता पाउन सक्यो । अहिले सभामुखमा करिब करिब त्यही अवस्था सिर्जना हुन खोजेको छ । वैचारिक धारको नेतृत्वकर्ताका हिसाबले प्रचण्डले लिने अडानहरु उनको व्यक्तिगत नाफा हानीभन्दा पनि समग्र संगठन र आन्दोलनसँग जोडिदै आएको उनका बिरोधीहरु पनि स्वीकार गर्न सक्छन् । स्वयम् प्रचण्डकै शब्दमा पनि उनलाई यथास्थितिमा कुँजिएर बस्न मन पर्दैन । उनी गतिवान हुन चाहन्छन् । र यो गति व्यक्तिगत गति नभएर पार्टी र संगठन, आन्दोलन र जनतालाई एक कदम अगाडि लैजाने गति हुन्छ । नेकपा एमालेसँग पार्टी एकतादेखि आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमतिलाई समेत प्रचण्डले यही गतिशीलतामा लिएको देखिन्छ । यदि उनले पनि पूर्व एमाले वैचारिक समूहको प्रवृत्तिजस्तै व्यवहार देखाएको भए यसले न पार्टी एकता हुन्थ्यो, न नेपालमा वामपन्थीहरुको स्थिर सरकार बन्थ्यो न त अहिलेको परिस्थिति सिर्जना हुन्थ्यो । पार्टी एकतापछि समेत आलोपालो सहमतिको सहमतिमा नै उनले अडान लिइ नै राखेको भए यसले सरकारको नेतृत्व र पार्टीभित्र गतिशील परिस्थिति सिर्जना हुनसक्थ्यो । तर उनले जडतामा देशलाई बन्धक बनाइराख्नु भन्दा आलो पालोको सहमतिको साटो आफूले पार्टी र संगठनमा ध्यान दिने निर्णय गरे । किनभने यसो नगर्नुको अर्थ संगठन छिन्नभिन्न हुनु हुन्थ्यो । यसको अर्थ सरकार वामपन्थीको भएपनि जनतासँग पार्टी नजोडिंदा त्यसको अन्ततः असर सरकारकै प्रभावकारितामा पथ्र्यो । यो विषयलाई खाली पदसँग जोडेर हेर्नेहरुले कति बुझ्लान, तर उक्त निर्णय ठूलो वैचारिक र सैद्धान्तिक अर्थको रहेको छ । अहिले सभामुख चयनमा समेत त्यही प्रकृतिको प्रवृत्ति देखाएको छ । सदनलाई बन्धक राखेर, जनतासँग जोडिने थलोलाई प्रभावहीन पारेर उनीहरुले व्यक्तिलाई अघि सार्दै अनावश्यक बखेडा झिकेका छन् । पार्टी एकताका क्रममा भएको राजनीतिक सहमतिलाई यो वा त्यो रुपमा बाधित गर्न खोजेका छन् । प्रचण्डका अगाडि सिँगो पार्टी र आन्दोलनले उब्जाएका यक्ष प्रश्न हल गर्ने चुनौती बाँकी छ । अहिले पनि सपना देखेका हजारौं जनताले आफ्ना सपनाको मूल्य खोजिरहेका छन् । यी सपनाको मूल्य स्थिर र जनपक्षीय सरकार, प्रभावकारी सदन र बलियो जनसंगठनबाट मात्रै पुरा हुन सक्छन् । यो पक्षलाई ध्यानमा नदिएर प्राविधिक झिना मसिना कुरामा अल्झिने र अन्ततः सारसंग्रहवादमा फसेर संसदवादलाई नै निरन्तरता दिने काम भइरहेको छ । यसतर्फ गम्भीर ध्यान दिनु जरुरी छ । अग्रगमन र पश्चमगमन, यथास्थिति र प्रगतिशीलता, संसदवाद र जनपक्षधरता, वर्ग संघर्ष र वर्ग समन्वयको यो लडाईमा प्रचण्ड अघि बढेका छन् । सभामुखलाई व्यक्तिका अर्थमा हेरिएपनि या अन्ततः यो एउटा वैचारिक विषय बन्न पुगेको छ । पार्टीका निर्णय, निर्णयहरुको पालना, सहमति र इमान्दारिताको अन्र्तसम्बन्ध जस्ता विषयहरुमा कस्तो प्रवृत्तिको विकास गर्ने भन्ने विषय सोझो रुपमा आन्दोलनको रुप र भविष्यसँग जोडिएको हुन्छ । यसलाई बुझ्न हल गर्न यसको यही अन्तर्य बुझ्नु जरुरी छ ।

एक विद्यालयले कर्मचारीका लागि आवेदन खुलायो

एसओएस चिल्ड्रेसस् भिलेज नेपाल नामक एक कम्पनीमा कर्मचारी मागेको छ । इच्छुक निम्न योग्यताअनुसार राेजगारदाताहरुले आफूले चाहेको पदमा काम गर्न चाहनुहुन्छ भने समयमै आफ्नो आवश्यक कागजात पेश गर्न सकिने छ । कुन पदमा कति ? Position: Sponsorship Assistant: SOS Children’s Villages Nepal, Natinol Office Number of Vacancies: 4 Position: Sponsorship Assistant: SOS Children’s Village Kavre Number of Vacancies: 4 योग्यता तथा अनुभव : Qualification and Skills: Bachelor’s Degree in any discipline, preferably in English or Mass Communication. S/he should have good language command in both English and Nepali ( both writing and speaking). Proficiency in use of Microsoft Office Package, email and internet is must. Candidates are expected to have excellent interpersonal skills with positive attitude. Basic idea on digital content production will be an added advantage. Salary and other benefits: As per the rules of the organization. Age: not exceeding 35 years Last date to apply: 17th January सम्पर्कका लागि : The HR & DD Director, SOS children’s Villages Nepal, National Office, Madhyapur Thimi Municipality 2, Sanothimi, Bhaktapur, Post Box 757, Kathmandu,Nepal, Or, E-mail: [email protected] । फोन नं ०१-६६३०३९१ मा प्राप्त गर्न सकिने छ ।

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु, आज काे-काे भिड्दै ?

काठमाडौं, साउन २६ । नौ महिनासम्म चल्ने इंग्ल्याण्डको शीर्ष डिभिजनको फुटबल इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सन् २०१८-१९ आजदेखि सुरु भएको छ । म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीको खेलसँगै प्रिमियर लिगको सिजन सुरु भएको हो । घरेलु मैदान ओर्ल्ड ट्राफोटमा विश्व विजेता फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाको प्रदर्शनका कारण युनाइटेडले लेस्टरलाई २-१ गोलले हराउँदै लिगमा सुखद सुरुवात गरेको छ । खेल सुरु भएको तेस्रो मिनेटमा नै पाउल पोग्बाले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लेस्टरका ड्यानियल अमाटीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी अवसरलाई पोग्वाले सदुपयोग गरेका थिए । लिगमा आज ६ खेलहरु हुनेछन् । साँझ सवा पाँच बजे न्युकासल र टोटनह्याम भिड्नेछन् । त्यस्तै पौने ८ बजे ४ खेलहरु हुनेछन् । बर्नमाउथ र कार्डिफ सिटी, यसै सिजन बढुवा भएको फुलह्याम र क्रिष्टल प्यालेस, हडर्सफिल्ड टाउन र चेल्सी तथा वाटफोर्ड र ब्राइटन भिड्नेछन् । त्यस्तै राति सवा १० बजे ओल्भरह्याम्टन र एभर्टनबीच प्रतिस्पर्धा हुनेछ ।

तुलसी घर्ती र बिक्रम आचार्यको सिंहदरबार, भिडियोसहित

काठमाडौं । अम्खोरामा पानी लोकदोहोरी गीत ‍बाट आफ्नो सांगीतिक यात्रा शुरुवात गरेका बिक्रम आचार्यले अहिले आएर आफू अन्यौल रहेको कुरा बाहिर ल्याएका छन् । विक्रमको पछिल्लो पटक बजारमा आएको गीत ‘सिंह दरबार’ हो । यस गीतमा तुलसी घर्ति मगर र बिक्रम आचार्यको आवाज रहेको छ । शर्मिला पुरी र महेश नेपालको शब्द सृजना रहेको गीतको म्युजिक भिडियोमा सिदार्थ घिमिरे र रिना थापा मगरको अभिनय रहेको छ । भिडियोलाई निर्देशन भागिरथ गाहा मगर, छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

राजनेताका लागि औपचारिक शिक्षा अपरिहार्य छ ?

मनोज भट्ट/ वाम गठबन्धनबीच प्रदेश नंम्बर ६ र ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति भएको छ । प्रदेश नंम्बर ७ मा माओवादी केन्द्रले मुख्यमन्त्रीको उम्मेदवारका रूपमा डोटी जिल्लाको प्रदेश ‘ख’ बाट विजयी त्रिलोचन भट्टको नाम केन्द्रमा सिफारिस गरेको कुरा सार्वजनिक भएको छ । तर यो लेख तयार पार्दासम्म त्रिलोचन भट्टलाई मुख्यमन्त्रीको रूपमा केन्द्रीय कार्यालयले अनुमोदन गरेको समाचार सार्वजनिक भएको छैन । माओवादी केन्द्रको केन्द्रीय निकायले कसलाई मुख्यमन्त्री बनाउने हो ? त्यो अहिले नै भन्न गाह्राे पर्दछ । कसलाई बनाउने वा नबनाउने ? त्यो माओवादीको क्षेत्राधिकारभित्रको प्रश्न हो । त्यसबारे टिका–टिप्पणी गर्नु मेरो वा म सम्बद्ध दलको अधिकार क्षेत्रभित्र पर्दैन र यो लेखको उद्देश्य पनि त्यो होइन । कुनै व्यक्तिलाई जाति, भूगोल, रङ वा कम औपचारिक शिक्षा प्राप्त गरेका कारण खिसीट्युरी गर्नु वा जनताको प्रतिनिधित्व गर्न वा सरकार सञ्चालन गर्न सक्दैन भनेर उपेक्षा वा अवमूल्यन गर्ने सोचाइ लोकतन्त्र विरोधी र हेपाहा प्रवृति बाहेक अरू केही होइन । त्रिलोचनलाई मुख्यमन्त्रीको उम्मेदवारको रूपमा प्रादेशिक पार्टीले सिफारिस गरी सकेपछि त्यसबारे राजनीतिक तथा सामाजिक तहमा उहाँको शैक्षिक योग्यता, विगतको पेशा र आर्थिक अवस्थाका बारेमा विभिन्न टिका–टिप्पणीहरु भई रहेका छन् । विभिन्न कोणवाट उठी रहेका टिका–टिप्पणीमध्ये उहाँको शैक्षिक योग्यताको प्रश्न जोडदार ढङ्गबाट उठी रहेको छ । गलत रूपमा त्यसबारे देखा परेका जुन सोचाइ र विचारहरु छन्, ती कति ठिक र बेठिक छन् ? त्यसबारे हामीले चर्चा र छलफल गर्ने छौँ । मनोज भट्ट प्रादेशिक निर्वाचनको सन्र्दभमा पनि त्रिलोचन भट्टको सम्बन्धमा त्यस प्रकारको नकारात्मक सोचाइहरु विपक्षी वा निकटतम प्रतिद्वन्द्वीबाट आउने गरेका थिए । एउटा चौकिदार सांसद भएर जनताको प्रतिनिधित्व गर्न सक्दैन, औपचारिक शिक्षा प्राप्त नगरेको व्यक्तिले वा कम शिक्षा पढेको व्यक्तिले मुख्यमन्त्री जस्तो पद सम्हाल्न वा त्यसलाई सक्षमतापूर्वक सञ्चालन गर्न सक्दैन, माओवादीले पढेलेखेका विद्धान वा योग्यता भएका व्यक्तिलाई मुख्यमन्त्रीको रूपमा सिफारिस गर्नु पर्दथ्यो, यो सिफारिसलाई ठिक मान्न सकिन्न—यस कोणवाट अनौपचारिक छलफल, कुराकानी र टिका–टिप्पणीहरु चली रहेका छन् । त्यस प्रकारको सोचाइलाई सही मान्न सकिन्न । महान् साहित्यकार म्याक्सिम गोर्किले कहिल्यै पनि विद्यालय जान पाएनन् । उनले वाल्यावस्थादेखि नै मजदुरी गर्नु परेको थियो । अर्काका जुठा भाँडा माझ्नु परेको थियो । तर निरन्तरको साधनाले उनलाई संसारकै प्रगतिवादी फाँटका महान् साहित्यकार बनायो । त्यो अत्यन्त पिछडिएको र सामन्ती सोचाइ हो । त्यो सत्ता सञ्चालन र जनताको प्रतिनिधित्व गरिब, मजदुर, कम पढेलेखेका वा औपचारिक शिक्षा प्राप्त नगरेका व्यक्तिहरुले होइन, हुनेखाने ठुलाठालु जमिन्दार वर्गले मात्र गर्नु पर्दछ भन्ने सामन्ती सोचाइको परिचायक हो । अहिले वुर्जुवा प्रजातन्त्र जुन रूपमा देखा परेको छ, यो अवस्थासम्म आई पुग्न सयकडौँ वर्ष लागेको छ । प्रजातन्त्रका प्रारम्भिक दिनहरुमा निश्चित भू स्वामित्व र सम्पत्ति भएका व्यक्तिहरुले मात्र मत दिन पाउने, जनताको नामबाट प्रतिनिधि हुन पाउने, राज्य सञ्चालनमा सहभागी हुन पाउने व्यवस्था रहेको हामी पाउँछौँ अर्थात् धन–सम्पत्तिका मालिक, जग्गाजमिनका मालिक र जमिन्दारहरुलाई मात्र त्यो अधिकार थियो, सर्वसाधारणलाई थिएन । त्यसका विरुद्धको सङ्घर्षले यो परिणाम दियो कि महिला बाहेक सबैलाई त्यो अधिकार प्राप्त भयो । महिलालाई मताधिकारवाट वञ्चित गरी दोस्रो दर्जाको नागरिक बनाउने राज्यको नीतिका विरुद्ध पनि सङ्घर्ष चल्यो । अन्ततः महिला र पुरुष दुई वटैलाई केही मुलुक बाहेक सबै ठाउँमा मताधिकार प्राप्त भएको छ । आजभन्दा झण्डै ३०÷३५ वर्ष अगाडिसम्म अफ्रिकाका कतिपय मुलुकहरुमा काला जातिलाई प्रजातान्त्रिक हक–अधिकारबाट वञ्चित गरिएको थियो । रङ्गभेद विरोधी आन्दोलनले काला जातिको प्रजातान्त्रिक हक–अधिकारलाई सुनिश्चित ग¥यो । काला भएकै कारणले गर्दा प्रजातान्त्रिक हक–अधिकारबाट वञ्चित हुनु पर्ने स्थितिको अन्त्य भयो । नेपालको सन्दर्भमा बहुलवादी विचारमाथि प्रजातन्त्रलाई खडा गरिएको छ । बहुलवादको अर्थ हुन्छ– सबैलाई समावेश गरेर शासन सञ्चालन गर्नु । उनको विचारमा राष्ट्रिपतिको उम्मेदवार हुनका लागि पिएचडी गरेको हुनु पर्ने, प्रधानमन्त्री हुन चाहने व्यक्तिले डबल डिग्री गरेको हुनु पर्ने, मन्त्री हुन डिग्री हुनु पर्ने र सांसदको उम्मेदवार हुन स्नातक हुनु पर्ने मापदण्ड बनाएका थिए । यस प्रकारको गुणतन्त्रले वास्तवमा जनताको जनमतको प्रतिनिधित्व गर्न सक्दैन । त्यसैले गर्दा नेपालको संविधानले प्रजातन्त्रलाई समावेशी बनाउने संवैधानिक व्यवस्थाहरु कायम गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश तथा केन्द्रीय संसदमा महिला, मदेशी, दलित, अपाङ्गता भएका व्यक्ति र अल्पसङ्ख्यक समुदाय तथा राष्ट्रिय सभातर्फ अनिवार्य रूपमा निश्चित प्रतिशत महिला र अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार बनाउनु पर्ने प्रावधान छ । त्यस अनुसार उनीहरुको प्रतिनिधित्व सुनिश्चित गरिएको छ अर्थात् नेपालमा महिला, जनजाति बाहेक पनि अपाङ्गता भएका र सीमान्तकृत समुदायलाई समेत चुन्न र चुनिन पाउने अधिकारको संवैधानिक ग्यारेन्टी छ । वुर्जुवा प्रजातन्त्रलाई यस रूपमा आई पुग्न लामो सङ्घर्षबाट गुज्रिनु परेको छ, तैपनि वुर्जुवा प्रजातन्त्रको जनविरोधी चरित्रमा कुनै अन्तर आएको छैन् । तसर्थ यो एउटा प्रतिक्रियावादी राजनीतिक व्यवस्था भए पनि कानुनी रूपमा चुन्न र चुनिन पाउने, जनताको मतबाट राज्य सञ्चालन गर्न पाउने सबै पक्षलाई त्यो अधिकार छ । यो स्थितिमा कोही व्यक्तिले औपचारिक शिक्षा प्राप्त नगरेका कारण वा मजदुर, गरिब भएका कारण ऊ अयोग्य हुन्छ भन्न सोचाइले यसै वुर्जुवा राजनीतिक व्यवस्थाको पनि मूल्य–मान्यता नबुझेको ठहरिन्छ । पढेलेखेको वा औपचारिक डिग्री प्राप्त व्यक्तिले मात्र चुनावमा उठ्न पाउने र सरकार सञ्चालनमा सहभागी हुन पाउने, अरूले नपाउने व्यवस्था संसारको कुनै पनि मुलुकमा छैन । त्यस प्रकारको व्यवस्थालाई लोकतन्त्र होइन, गुणतन्त्र भनिन्छ । ओशो रजनिश राजनीतिप्रति अत्यन्तै घृणा भाव राख्ने दार्शनिकमध्येका एक हुन् । उनले गुणतन्त्रमाथि जोड दिएको पाइन्छ । उनको विचारमा राष्ट्रिपतिको उम्मेदवार हुनका लागि पिएचडी गरेको हुनु पर्ने, प्रधानमन्त्री हुन चाहने व्यक्तिले डबल डिग्री गरेको हुनु पर्ने, मन्त्री हुन डिग्री हुनु पर्ने र सांसदको उम्मेदवार हुन स्नातक हुनु पर्ने मापदण्ड बनाएका थिए । यस प्रकारको गुणतन्त्रले वास्तवमा जनताको जनमतको प्रतिनिधित्व गर्न सक्दैन । सर्वहारा मजदुर, किसान र गरिबहरुको वास्तविक लोकतन्त्र कम्युनिस्ट शासनभित्र मात्र हुन्छ । लेनिन नेतृत्वको रुसी कम्युनिस्ट पार्टीको इतिहास हेर्ने हो भने त्यसका कुल सदस्यहरुको ९७ प्रतिशत सदस्यहरु मजदुर वर्गबाट भर्ना भएको देखिन्छ । ती मजदुर वर्गबाट आएका कम्युनिस्ट पार्टीका सदस्यहरुले स्वअध्यनबाट गहिरो बौद्विकता आर्जन गरेका थिए । त्यही पार्टीले विश्व साम्राज्यवादबाट आक्रमणको केन्द्र बनाइएको समाजवादी व्यवस्थालाई अत्यन्त व्यवस्थित ढङ्गबाट सञ्चालन ग¥यो । रुसमा विकास र समृद्धिको नयाँ इतिहास कायम ग¥यो । माओले सर्वहारा सांस्कृतिक क्रान्तिको अवधिमा पढेलेखेका, डिग्री प्राप्त व्यक्तिहरुलाई किसानको खेत र मजदुरको कारखानामा श्रम गर्न पठाए भने मजदुरहरुलाई बौद्धिक कार्य र सत्ता सञ्चालनमा सहभागी गराए । उनले श्रम तथा बौद्धिकताबीचको अन्तरविरोधलाई क्रमिक रूपले घटाउँदै लगेर उन्मूलन गर्ने लक्ष्य राखेका थिए । आज हामीले देख्छौँ, संसारका कैयौँ लब्ध–प्रतिष्ठित व्यक्तिहरु साहित्यकार, राजनेता, वैज्ञानिक, दार्शनिक, कलाकार लगायतले विद्यालयको औपचारिक शिक्षा प्राप्त गर्न नसके पनि महान् साहित्यकार, वैज्ञानिक, दार्शनिक र राजनेताको रूपमा स्थापित भएका कैयौँ उदाहरणहरु छन् । महान् साहित्यकार म्याक्सिम गोर्किले कहिल्यै पनि विद्यालय जान पाएनन् । उनले वाल्यावस्थादेखि नै मजदुरी गर्नु परेको थियो । अर्काका जुठा भाँडा माझ्नु परेको थियो । तर निरन्तरको साधनाले उनलाई संसारकै प्रगतिवादी फाँटका महान् साहित्यकार बनायो । उनी रुसी समाजवादी राज्यको महत्वपूर्ण पदमा बसेर कुशलतापूर्वक जिम्मेवारी बहन गरे । भियतनामका महान् क्रान्ति नायक र क्रान्ति पश्चात्् भियतनामका राष्ट्रपति होचि मिन्ह मजदुर फाँटबाट आएका र औपचारिक शिक्षा प्राप्त नगरेका व्यक्तिभित्र पर्दछन् । उनले कुशलतापूर्वक भियतनामी जनताको क्रान्तिका साथै क्रान्ति पश्चात् स्थापना भएको समाजवादी व्यवस्थाको समेत नेतृत्व गरे । औपचारिक शिक्षा प्राप्त नगरेकै कारण उनको योग्यतामा कुनै कमी वा अभाव देखिएन । नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीका संस्थापक तथा नेता पुष्पलाल पनि कम औपचारिक शिक्षा प्राप्त गर्ने नेता हुन् । गणेश मान सिंहकै कुरा गर्ने हो भने उनले जम्मा म्याट्रिक मात्र उत्तिर्ण गरेका थिए । त्यस बेला म्याट्रिक चार कक्षा उत्तिर्णलाई मानिन्थ्यो । गिरिजा प्रसाद कोइराला कम लेखेपढेकै कारण स्वयं काङ्ग्रेसी वृत्तमा पनि उनलाई हवलदार भनेर खिसीट्युरी गरिन्थ्यो । आखिर उनले कैयौँ पटक सरकार र पार्टीको नेतृत्व सम्हाले । कैयौँ कमी–कमजोरीका बाबजुद पनि देशको प्रजातान्त्रिक आन्दोलन र गणतन्त्रको स्थापनामा उनले महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेका थिए । नेपालको भावी प्रधानमन्त्रीको लाइनमा रहेका केपी शर्मा ओलीको पनि औपचारिक शिक्षा सामान्य प्रकारको नै हो । तर उहाँले विगत लामो समयदेखि पार्टीको नेतृत्व गर्दै आएका छन् भने नौ महिना सरकारको नेतृत्व समेत कुशलतापूर्वक सञ्चालन गरेका थिए । भारत संसारकै धेरै जनसङ्ख्या भएको र ठुलो भुगोल भएको मुलुकहरुमध्ये एउटा हो । त्यहाँको प्रधानमन्त्री मोदीले गुजरात विश्व विद्यालयबाट डिग्रीको मानपदवी प्राप्त गरेका छन् । यस प्रकारको मानपदवी जोसुकै राजनीतिक व्यक्तिलाई दिने संसारभरि प्रचलन पाइन्छ । नेपालको सन्दर्भमा कृष्ण प्रसाद भट्टराईलाई बनारस हिन्दू विश्व विद्यालयबाट डाक्टरको मानपदवी प्राप्त भए जस्तै हो । त्यति विशाल मुलुक भारतको प्रधानमन्त्रीले स्नातक तह तेस्रो श्रेणीमा उत्तिर्ण गरेका छन् । त्यस कारण कुनै व्यक्तिलाई जाति, भूगोल, रङ वा कम औपचारिक शिक्षा प्राप्त गरेका कारण खिसीट्युरी गर्नु वा जनताको प्रतिनिधित्व गर्न वा सरकार सञ्चालन गर्न सक्दैन भनेर उपेक्षा वा अवमूल्यन गर्ने सोचाइ लोकतन्त्र विरोधी र हेपाहा प्रवृति बाहेक अरू केही होइन ।

Video: उपचारका लागि पैसा जुटाउन आफ्नै दुध बेच्दै यी आमा

  छोरीको उपचारका लागि रकम जुटाउन एकजना आमाले सडकमा आफ्नै दूध बेचेको समाचार अहिले भाइरल बनेको छ । घटना चीनको हो। डेलि मेलमा प्रकाशित समाचार अनुसार आइसीयुमा भर्ना भएकी आफ्नी छोरीको उपचारका लागि उनीहरूलाई कम्तिमा एक लाख युआन (करिब १६ लाख रुपैयाँ) आवश्यक भएकोले दुध बेच्न खोजिएको उनीहरुले बताएका छन्। चीनको सोसल मिडिया वीबोमा यो भिडियो सेयर भएपछि २४ लाख भन्दा बढी पटक हेरिएको छ। त्यसमा ५०० भन्दा बढी कमेन्ट आएका छन्।   गुवाङ्डुङ प्रान्तको ठूलो सरह शेन्जनस्थित एक बच्चाको पार्कमा खिचिएको भिडियोमा आमा भन्छिन्, .‘जतिसक्दो चाँडो पैसा जम्मा गर्न मेरो दूध बेचिरहेकी छु।’ बुबा भन्छन्, ‘अस्पतालमा एक लाख युआन तिर्नुछ। डाक्टरले तत्काल रकम जम्मा गर्न भनेका छन् ।’ पछिल्ला वर्षहरूमा चीनमा स्वास्थ्य सेवा पाउन निकै गारो परेको छ । कतिपय अवस्थामा त पालो पाउन समेत घुस तिर्नुपर्ने अवस्था छ । धेरैले ती आमाबाबुका पक्षमा सहानुपाति दर्शाउँदै सहयोगका लागि अपील गरेका छन् ।

आज बालश्रम विरुद्धको विश्व दिवस

काठमाडौ, जेठ २९ – बाल श्रम विरुद्धको विश्व दिवस घरेलु बालश्रम अन्त्य गरौं नाराका साथ बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । राष्ट्रिय श्रमशक्ति सर्वेक्षण प्रतिवेदन २००८ अनुसार १६ लाख बालबालिका श्रमिकका रुपमा कार्यरत छन् । ति मध्ये ६ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न छन् । जोखिमपूर्ण श्रममा रहेका बालबालिकामा पनि झण्डै ६० प्रतिशत बालिका तथा ४० प्रतिशत संख्या बालकको रहेको छ । डेढ लाख भन्दा बढी बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् । नेपाल सरकारले बालश्रम रोक्न तथा समग्र बालअधिकारको संरक्षण तथा संवर्द्धनका लागि बालअधिकार सम्वन्धि महासन्धि १९८९, श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्वन्धि आइएलओ महासन्धी १३८ र निकृष्ट प्रकारको बालश्रम उन्मुलन सम्वन्धि महासन्धि १८२ लाई अनुमोदन समेत गरेको छ ।  

पेट्रोल पम्पमा भीषण आगलागी, वाणिज्य बैङकको कार्यालय पनि जल्यो

डोटी, चैत २० । सदरमुकाम दिपायलमा रहेको जेबी आयल स्टोरमा आगलागी भएको छ । व्यस्त बजारमा रहेको पम्पमा आगो लागेको आगलागीका कारण त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् । आइतबार दिउँसो लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीबाट पम्प नजिकै रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय जलेको छ । पम्पमा आगो लाग्न सुरु भए लगत्तै बैंकका कर्मचारी तथा सेवाग्राही बाहिर निस्किएका कारण मानवीय क्षती हुन पाएन । तर बैंकमा रहेको नगद तथा अरु जिन्सी सामान जलेर नष्ट भएको छ । बैंक परिसरमा रहेका गाडी पनि जलेका छन् । तर कति रकम जल्यो भन्ने बारेमा केही बताइएको छैन । व्यस्त बजारमा लागेको आगो दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरे पनि अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । पम्पबाट सुरु भएको आगो नजिकैका घरमा समेत सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् । आागलागिको कारण कारण खुलेको छैन ।

‘म स्वकीय सचिव रहरले नभएर पार्टीकै निर्णयमा भएको हुँ’

पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा पिए बन्ने मान्छे नपाएर हो वा के कारणले हो बुबा प्रधानमन्त्री, छोरो स्वकीय सचिव हुने अवस्था भएको ? यो त गीरिजाले चलाएको नातावाद भन्दा पनि बढ्ता भएन र ? रुपमा हेर्दा कतिपयलाई त्यस्तो लाग्न सक्छ । तर, वास्तविकता त्यस्तो होइन । म पनि २०५४ सालदेखि निरन्तर माओवादी आन्दोलनमा छु । बाल्यकालदेखि सबै लगानी यही पार्टी र आन्दोलनमा छ । व्यक्तिगत करिअरका लागि कुरा सोचिएन, देश र जनताको सेवा गर्ने र क्रान्तिमै जीवन देख्ने अभियानमा लामवद्ध भएँ । यसरी हेर्दा मेरो व्यक्तिगत भूमिकालाई बुवाको सम्बन्धसँग जोडेर हेर्नु हुँदैन भन्ने मलाई लाग्छ । माओवादी पार्टी र आन्दोलनमा मेरो जत्तिकै भूमिका निर्वाह गरेका साथीहरु मभन्दा महत्वपूर्ण भूमिकामा हुनुहुन्छ भन्ने यथार्थ पनि बिर्सन मिल्दैन । हिजो सम्पूर्ण कुरा छोडेर भूमिगत हुँदा योग्यता र सम्बन्धमा प्रश्न नउठ्ने, अहिले खुला राजनीतिमा आएपछि पारिवारिक सम्बन्धसँग जोड्ने कुरा सच्चा नियतको तर्क हो जस्तो लाग्दैन । दोस्रो कुरा म विगत १७ वर्षदेखि पार्टी अध्यक्षको सचिवालयमा छु । म जतिबेला बालुवाटारमा स्वकीय सचिवको रुपमा आएँ, त्यसभन्दा पहिला पार्टी अध्यक्षको सचिवालयमै बसेर काम गरेको थिएँ । बुवा प्रधानमन्त्री भएपछि पार्टी अध्यक्षको सचिवालयमा काम गरिरहेका साथीहरु प्रधानमन्त्रीको सचिवालयमा आउनु भयो, यसै सन्दर्भमा म पनि आएँ । अर्को कुरा पार्टी अध्यक्षको सचिवालयमा रहँदा म जुन भूमिकामा थिएँ, त्यो प्रधानमन्त्रीको सचिवालयमा रहँदा पनि उपयोगी ठानेर नै पार्टी निर्णयबमोजिम नै स्वकीय सचिवमा आएको हुँ । यसलाई बावु छोराको पारिवारिक सम्बन्धका आधारमा मात्रै हेर्नु न्यायोचित हुँदैन । व्यक्तिगत सन्दर्भहरु निकालेर तपाईंको आलोचना गर्नेहरु पार्टीभित्रै र बाहिर पनि धेरै छन् । यो कुरा बुवाको व्यक्तित्व र नेतृत्वसँग पनि जोडिने गर्छ । तपाईंकै कारण बुबा पनि आलोचित हुने स्थितिमा पिए बस्नेजस्तो कुराबाट पन्छिन मन लाग्दैन ? व्यक्तिगत रुपमा गरिने टिका टिप्पणीतिर म जान चाहन्नँ । त्यसमाथि बहस गरिरहनु तुक पनि देख्दिनँ । सबै व्यक्तिमा गुण र दोष अवश्य नै हुन्छन्, त्यसबाट म पनि बिमूख छैन । तर, व्यक्तिको व्यक्तिगत जीवन र घटनाक्रमलाई सधैं सुनियोजित सोंचका साथ हेरिनु हुँदैन । जसरी माओवादी आन्दोलन, पार्टी र नेतृत्वलाई हेर्ने सन्दर्भमा नेपाली समाजमा दुई फरक दृष्टिकोण र धारणा छन्, त्यसको प्रभाव ममाथिको टिप्पणीमा पनि पर्ने गरेको छ । म स्वकीय सचिवालयमा रहरले आएको होइन । बुवा प्रधानमन्त्री भएपछि यसपटक उहाँको कार्यकाल सफल र नमूनायोग्य बनाउनुपर्छ भन्ने सोंचसहित आएको हुँ । म मेरो सोंचमा दृढ छु, व्यक्तिगत रुपमा गरिने टिप्पणीको पछि लागेर राष्ट्र र जनताको जिम्मेवारी भूल्दिनँ र भूल्नु पनि हुँदैन । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेका अरु व्यक्तिहरु भूमिकाहीन भए, सबै काममा तपाईंको चासो र हस्तक्षेप बढी भयो भन्ने कुरा जिम्मेवार व्यक्तिबाटै हुने गरेको छ नि ? मलाई त्यस्तो लाग्दैन । प्रधानमन्त्रीको सचिवालयमा सबैको स्पष्ट कार्यविभाजन छ । सबै साथीहरुले आफ्नो जिम्मेवारीको काम गरी रहनुभएको छ । व्यक्तिगत दक्षता र सीमा पनि होलान्, अनि कतिपय सन्दर्भमा जनताबाट आउने अपेक्षाको उपेक्षा गर्न पनि मिल्दैन । कहिलेकाहीँ जनताका समस्या तुरुन्तै समाधान गर्ने पहल लिँदा सबै कुरा नापतौल पनि नहोला । तर, हाम्रो सचिवालयमा कसैको अवमूल्यन, कसैको भूमिकामाथि हस्तक्षेप वा कोही भूमिकाहीन बन्नुपर्ने परिस्थिति छैन । संविधान संशोधन विधेयक अगाडि नबढाई स्थानीय निकायको निर्वाचन नगर्ने प्रधानमन्त्रीको अडान छ । तर, प्रतिपक्षी दलहरु संशोधन विधेयक फिर्ता वा थाँती नराखेसम्म सदन चल्न नदिनेमै छन् । प्रधानमन्त्रीचाहिँ संशोधन विधेयक असफल नै भए पनि टेबुल गर्नसम्म पाउनुपर्ने अडानमा हुनुहुन्छ । यस्तो अप्ठेरो अडान लिन प्रधानमन्त्रीलाई कहाँबाट दवाव वा कसको प्रभाव छ ? पक्कै पनि राजनीतिक परिस्थिति अहिले पनि चुनौतिपूर्ण छ । प्रधानमन्त्रीको निरन्तर प्रयत्न संविधानको स्वीकार्यता बढाएर निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन गर्नेमै छ । मधेशी मोर्चा र प्रतिपक्षी दलका परस्परविरोधी अडानका बीचबाट समाधान खोज्ने कुरा चुनौतिपूर्ण र कलात्मक दुवै छ । प्रधानमन्त्री साझा सहमतिको बिन्दुका आधारमा संविधान कार्यान्वयनमा प्रयत्नशील हुनुहुन्छ । उहाँ कसैको दवाव वा प्रभावमा हुनुहुन्नँ । तर, राष्ट्रिय सहमति र एकताका लागि सबैको भावनाको सम्बोधन गर्दै अघि बढ्न उहाँ लचक हुनुहुन्छ । यो नै अहिलेको सन्दर्भमा राष्ट्रप्रतिको सही कदम पनि हो । हालै सार्वजनिक भएको प्रधानमन्त्रीको सम्पत्ति विवरण अपत्यारिलो भयो भनिँदैछ । किन त्यस्तो विवरण पेश भएको होला ? तपाईंकै नाममा पनि पोखरामा प्रकाश टावर, हजुरबुवाका नाममा नयाँ बानेश्वरको मुक्ति टावर बनेको चर्चा गरिन्छ । वास्तविकता के हो ? यथार्थ त्यही हो । पत्याउने वा नपत्याउने व्यक्तिगत अधिकारको कुरा हो, यसमाथि कुनै टिप्पणी गर्नु छैन । तर, चिन्ताका साथ प्रधानमन्त्रीको सम्पत्ति बिवरणमाथि आशंका गर्नेहरुले प्रचण्डको समग्र जीवन, त्याग बलिदानीको इतिहास र इतिहासका कालखण्डमा उहाँले गरेका निर्णय पढ्ने र विश्लेषण गर्ने हिम्मत गर्नैपर्छ । बुवा माओवादी पार्टीको महामन्त्री र जनयुद्धको कमाण्डर हुनुहुन्थ्यो, पार्टीले नेताहरुको सम्पत्ति पार्टीकरण गर्ने सोंच पहिल्यैदेखि राखेको थियो । २०३५ सालसम्म हाम्रो ३ बिघा जमिन थियो । तर, युद्धको आर्थिक समस्या समाधान गर्न र सम्पत्ति पार्टीकरण गर्ने निर्णय कार्यान्वयन गर्न बुवाले सम्पत्ति बेचेर पार्टीमा खर्च गर्नुभएको थियो । बुवाले पेश गरेको १ कठ्ठाको सम्पत्ति बिवरण आमाको नाममा रहेको जमिन हो । यसबाहेक गरिएका तर्क, आशंका र प्रचारहरु माओवादी पार्टी, बुवा र हाम्रो परिवारको चरित्र हत्या गर्न र ‘पोलिटिकल ब्ल्याकमेलिङ’ गर्न अघि सारिएका नियोजित प्रचार हुन् । २०५४ सालसम्म पुग्दा हाम्रो सम्पत्ति शिवनगरमा ६ कठ्ठा र भरतपुरमा १ कठ्ठा जमिन थियो । बुवाले २०५४ सालमै शिवनगरको ६ कठ्ठा जमिन छोराछोरीको नाममा र भरतपुरमा रहेको १ कठ्ठा जमिन आमाको नाममा अंशबण्डा गर्दिनुभएको थियो । अहिले बुवाले पेश गरेको १ कठ्ठाको सम्पत्ति बिवरण आमाको नाममा रहेको जमिन हो । यसबाहेक गरिएका तर्क, आशंका र प्रचारहरु माओवादी पार्टी, बुवा र हाम्रो परिवारको चरित्र हत्या गर्न र ‘पोलिटिकल ब्ल्याकमेलिङ’ गर्न अघि सारिएका नियोजित प्रचार हुन् । सार्वजनिक गरिए बाहेकको कुनै सम्पत्ति भएको कसैले प्रमाणित गर्न अनुरोध गर्छु । आजकल दुई–चार पेग पिउने क्रम बन्द छ कि जारी छ ? नियमित पिउने बानी मेरो कहिल्यै पनि थिएन । एकपटक निदाएको बेलाको फोटो सार्वजनिक गरेर त्यसबाट मेरो चरित्रहत्या गर्ने कोशिस गरियो । म रक्सी पिउँदिन, त्यसबाट बिल्कूल अलग छु, शंकाले लंका जलाउनेहरुका लागि त के जवाफ हुन सक्ला र ? सिर्जना त्रिपाठीसँग विवाह गरेर, छोरा जन्मिएपछि बीना मगरसँग सम्बन्ध राख्नुभयो, त्यो पनि लुकीछिपी । अहिले पत्नीकै रुपमा भित्राउनुभएको छ । यस्तो किन भयो ? सिर्जनालाई कानुनी रुपमा पत्नी स्वीकार्न र छोराको जन्मदर्ता गराइदिन कहाँ समस्या आयो ? विगतमा मेरो तर्फबाट प्राविधिक कमजोरी भएको हो, जुन कुरा मैले सार्वजनिक रुपमै स्वीकार गरिसकेको छु । मेरो प्रष्ट मत छ, ‘कोही पनि अन्यायमा पर्नु हुँदैन । पारिवारिक मामिलामा जे गरेर दुवै पक्षलाई सहज र न्याय हुन्छ, त्यसका लागि म सधैं तयार छु ।’ समस्या आइसकेपछि त्यसको दीर्घकालीन समाधान खोजेर अघि बढ्नु नै उत्तम हुन्छ, यसलाई दाउपेच वा राजनीतिक लाभहानीको विषय नबनाएर उपर्युक्त निकासमा पुग्नुपर्छ भन्ने लाग्छ । रेखा थापालाई तपाईंले ह्यारेस गरेर पार्टी छोड्ने स्थितिमा पुर्याएको चर्चा भयो । वास्तविकता के हो ? जनयुद्धको राप र तापले रेखा थापाजस्ता लाखौं नेपालीहरु माओवादी आन्दोलनमा आउनुभयो । राजनीतिमा उतारचढाव आयो, उहाँहरुले सोचेजस्तो सबै कुरा सम्भव पनि भएन होला । राजनीति बक्र रेखामै अघि बढ्छ । जहाँसम्म रेखा थापाको बहिर्गमनसँग मलाई जोडेर प्रचार गरिएको छ, यो बिल्कूलै भ्रामक र कपोलकल्पित छ । रेखा थापालाई म बैनीको रुपमा माया र सम्मान गर्छु । उहाँले पनि यस विषयमा आफ्नो कुरा भनी सक्नुभएको छ । जसरी केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा ममाथि आरोपित गरियो, यो पत्रकारिता नभएर पत्रकारिताका नाममा गरिएको जघन्य अपराध हो । सत्य, तथ्य र प्रमाणबिना मान्छेको चरित्र हत्या गर्नेहरु कानूनको दायरामा आउनुपर्छ र आउँछन् । प्रचण्ड रहँदासम्म पार्टीमा रहनुहोला, त्यसपछि तपाईंका विरोधीले बसिखान दिँदैन भन्छन्, तपाईंका आलोचकहरु । के लाग्छ ? प्रचण्ड भएका कारणले मात्र म यो पार्टीमा छैन, मेरो आफ्नै रगत, पसिना र संघर्षका बलमा म माओवादी पार्टीमा छु, जसरी प्रचण्डसँग व्यक्तिगत नाता वा सम्बन्ध नभएका हजारौं योद्धाहरु छन् । जहाँसम्म मेरो भविष्यको कुरा छ, म मेरो संघर्ष र लक्ष्यमा बाँच्छु । माओवादी पार्टीमा दर्जनौं नेताहरु हुनुहुन्छ, लाखौं कार्यकर्ता र शुभचिन्तकहरु हुनुहुन्छ । उहाँहरुसँगको सहकार्यकै आधारमा मेरो राजनीतिक जीवन अघि बढ्छ । मेरो कसैसँग नराम्रो सम्बन्ध हुनुपर्ने र हुने कुनै कारण छैन । म माओवादी आन्दोलन र परिवर्तनको अभियानमा निरन्तर लाग्छु, यसमा मलाई सबैको सहयोग र सद्भाव प्राप्त हुन्छ । प्रकाशले भित्रभित्रै सम्पत्ति थुपारेको छ भन्छन् । खासमा कति पैसा कमाउनु भएको छ ? भित्रभित्रै सम्पत्ति थुपारेको थाहा पाउने साथीहरुले कहाँ, कति सम्पत्ति छ, प्रमाणसहित सार्वजनिक गरी दिनुभए आभारी हुन्छु । कसैमाथि अभियोग लगाएर भ्रमको खेती गर्नेहरुको कुनै औषधि हुँदैन । तर, आफ्नो भ्रमको धन्दा कति टिक्ला भन्ने चिन्ता गर्दा उहाँहरुकै हित होला कि ? माओवादीहरु राजनीतिभन्दा बढी कमाउने, आफू बन्ने कुरामा केन्द्रित भएर बिग्रिए भन्ने टिप्पणीबारे के भन्नुहुन्छ ? माओवादी आन्दोलनमा आंशिक रुपमा समस्या छँदैछैन म भन्दिनँ । तर, माओवादी नेताहरुले समाजवाद र साम्यवादको आदर्श भुले, सबै कमाउ धन्दामै छन् भन्ने प्रचार सत्य होइन । जनता, वर्ग र लक्ष्यप्रति निष्ठा जीवित नभएको भए चौतर्फी हमला हुँदा पनि माओवादी आन्दोलन यो रुपमा रहन सम्भव थिएन । रुखको एउटा हाँगो सुक्दैमा सिङ्गो रुख नै सुक्यो भनेर अर्थ लगाउनु न्यायोचित हुँदैन । ‘तिललाई पहाड र पहाडलाई तिल’ बनाएर गरिएको प्रचार धेरै टिक्छ जस्तो लाग्दैन । माओवादी पार्टी र नेताहरु आफ्नो आदर्श र गन्तव्यप्रति अहिले पनि प्रतिवद्ध हुनुहुन्छ । जनआस्था साप्ताहिकबाट साभार गरिएको 

संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिइन्न  : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए । “यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।”

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं ।प्रतिनिधिसभा बैठक जारी छ ।आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी छ।