सुनको मूल्य बढ्यो, हेर्नुस कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार सुनको मूल्य आज दुई सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

सोमवार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

५ जीसहित आईफोन १२ सिरिजका ४ मोडल बजारमा, फ्ल्यासबिना राती फोटो लिन सकिने (फिचरसहित)

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको घोषणा कम्पनीले गरेको छ । यी सबै सेटहरु ५ जी मा आधारित हुनेछन् । आइफोनले यसलाई नयाँ युगको शुरुआत भनेको छ । के के लन्च भए त? आईफ़ोन12 (64, 128, 256 जीबी स्टोरेज), आईफ़ोन12 Mini (64, 128 और 256 जीबी स्टोरेज) आईफ़ोन12 Pro (128, 256 और 512 जीबी स्टोरेज), आईफ़ोन12 Pro Max (128, 256 और 512 जीबी स्टोरेज) के होला मूल्य आइफोनका यी मोडेलहरुको मूल्य १ लाख १० हजारदेखि २ लाख २० हजारसम्म रहेको छ । आइफोन १२ मिनिको मूल्य १ लाख १० हजार, आइफोन १२ को मूल्य १ लाख २० हजार, १२ प्रोको मूल्य १ लाख ९० हजार र १२ प्रो म्याक्सको मूल्य २ लाखको हाराहारिमा रहेको छ । बजारमा भने आगामी ६ नोभेम्बरकाट प्रि अर्डर सुरु हुने छ । यसमा १२ प्रो म्याक्सको प्री अर्डर भने १३ नोभेम्बरबाट शुरु हुने र २० नोभेम्बरदेखि बिक्री शुरु बताइएको छ । यो सिरिजको फोनहरु आकारमा यसअघिको आइफोन भन्दा ठूलो रहेका छन् । तर पहिलोपटक आइफोनमा हेडफोन या चार्जर हुनेछैन । एप्पले वातावरणमा यसको प्रभाव क मगर्न यस्तो गरेको बताएको छ । आइफोनको स्क्रिन ६.१ इन्च हुने भएपनि पहिलाको तुलनामा नयाँ आइफोन ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुने छ । नयाँ फोनको रेजुलेसन बढी छ । यसमा सिरमिक शिल्डको प्रयोग गरिएको छ । यी नयाँ फोनमा फ्लायसको प्रयोग नगरी नाइटमोडमा सेल्फी लिन सकिने छ । यसका साथै कलर कन्ट्रास्ट र आवाजमा पनि यी अघिल्ला सेट भन्दा उत्कृष्ट छन् । नयाँ सिरिजनमा १२ मेगापिक्सलका दुई वाइड एंगल क्यामरा रहेका छन् । यसबाट कम उज्यालोमा पनि निकै राम्रो तस्वीर लिन सकिने आइफोनको दावी छ । यही कुरा भिडियो रेकर्डमा पनि लागु हुने छ । यो फोनलाई ५ जी र ४ जीका बीचमा रुचि अनुसार परिवर्तन गर्न सकिने छ ।

सभासद भण्डारीको कार्यशैली पृथक छः अमेरिकी राजनीतिज्ञ

डिसी । अमेरिकाको मूलधारको राजनीतिमा समाहित भएर हाउस अफ डेलिगेट (विधानसभा सदस्य)को रुपमा पहिलो संसदीय सत्र सम्पन्न गरेका सभाषद ह्यारी भण्डारीको लगन, कडा परिश्रम र काम गर्नसक्ने ईच्छाशक्ति मजबुत भएको टिप्पणी अमेरिकी राजनीतिज्ञहरुले व्यक्त गरेका छन् । गत बिहीबार मेरिल्याण्डमा आयोजित हयारी भण्डारीको रात्रिभोज स्वागत समारोह (रिसेप्सन डिनर)को अवसरमा सहभागी मेरिल्याण्ड विधानसभाका सभामुख, सिनटेर तथा डेलिगेट तथा महान्यायाधिवक्ता (एटर्नी जनरल)हरुले भण्डारीको पहिलो सेसनको समिक्षा गर्दै कार्यशैलीको प्रशंसा गरेका हुन् । मेरिल्याण्ड बिधान सभाका सभामुख एन्ड्रिएन जोन्सले सभासद भण्डारी एउटा नविन जन प्रतिनिधिको रुपमा बिधान सभामा जुन भूमिका खेलेर आफै मुख्य प्रस्तावक (लिड स्पोन्सर)मा विधेयक पारित गर्न सफल हुनु भयो त्यो महत्वपूर्ण उपलब्धि हो भने । साथै जोन्सले सभासद भण्डारीको काम गर्ने ईच्छाशक्ति, जिज्ञासुता, प्रतिबद्धताका साथै नीति ज्ञानले गर्दा डेमोक्रेट्स र रिपब्लिकन बिधायक सदस्यहरुमा लोकप्रिय रहेको बताए । उनले अगाडि थपे, सभासद भण्डारीको अर्को सफलता भनेको संसदीय अनुबन्धन पहल (लेजिसलेटिभ बंड इनिसिएटिव) व्यवस्थापिका विधेयक मार्फत संसदबाट अनुमोदन र कोष विनियोजन गरी पेस गरेका सबै ३ प्रस्ताव स्वीकृत भई परियोजना आफ्नो जिल्लामा ल्याउन सक्नुले पनि उनको काम गर्ने शैली पृथक छ भन्ने पुष्टि गरेको छ । कर्विन शिक्षा बिधेयकको सहायक प्रस्तावकको रूपमा सभासद भण्डारीले के–१२ शिक्षा लागि थप ७ सय मिलियन डलर सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । साथै, मेरील्याण्ड विधानसभामा २१ वर्ष मुनिका युवा वयस्कहरूलाई सुर्तिजन्य, निकोटीन उत्पादनहरू खरीद गर्न प्रतिबन्ध लगायतका विधेयक लगाएत स्वास्थ्य सम्बन्धि विधेयक पारित गर्न सभाषद भण्डारीको उलेखनीय भूमिका रहेको थियो। संसदमा शक्तिशाली स्वास्थ्य र सरकार संचालन समितिमा रहेका भण्डारीका ५९ सहायक प्रस्ताव रहेका बिधेयेक मध्ये ३३ बिधेयेक दुवै सदनबाट पारित भएर गभर्नरले स्वीकृत गरे संगै राज्य कानून बन्दैछन् । कार्यक्रममा मेरिल्याण्डका एटोर्नी जनरल ब्रेन फ्रोसले सभासद भण्डारी अमेरिकी सपनाको उदाहरण बताउंदै नेपाल देखि मेरिल्याण्डको हाउस अफ डेलिगेटस सम्मको यात्राले अमेरिकाको आप्रवासन सम्वन्धि व्यवस्थाले कसरी अनेकतामा एकता र त्यस भित्र विविधतालाई अंगिकार गरेको छ भन्ने पुष्टि गरेको बताए । महान्यायाधिवक्ता फ्रोसले अगाडि थपे, यो अवसरको भूमिमा सभासद भण्डारीको कठोर परिश्रमले अमेरिकामा नेपाली मूलको पहिलो विधायकको रुपमा उनलाई ईतिहास कोर्ने अवसर प्रदान गरेको छ । मेरिल्याण्ड सिनेटको दोश्रो वरियता क्रममा रहेकी सिनेटर तथा प्रेसिडेन्ट प्रो टेम्पोर क्याथी क्लासमारले कार्यक्रम सञ्चालन गर्दे भण्डारीको निवासको राजनैतिक रात्रिभोजको बैठकदेखि डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्य र बिधायकको रुपमा बिजयी प्राप्त गर्दा सम्मको आफ्नो सभाषद भण्डारी संगको राजनीतिक सहकार्यको भावुक हुँदै स्मरण गराए । सभाषद भण्डारीको डेमोक्रयाट दल ९पार्टी०को केन्दीय सदस्य र हाउस अफ डेलिगेटको रुपमा बिजय प्राप्त गर्दा सम्मको आफ्नो सहकार्यको अनुभव सुनाएका थिए । यसैगरी, अर्का पुराना हाउस सभाषद एरिकले सभासद भण्डारी र उनलाई सहयोग गर्ने सबै समुदायलाई प्रति हार्दिक धन्यवाद ज्ञापन गरे । कार्यक्रमलाई सम्बोधन गर्दे हाउस अफ डेलिगेट (विधान सभा सदस्य) भण्डारीले मलाई अमेरिकाले महत्वपूर्ण अवसर प्रदान गरेको भन्नु हुँदै आगामी दिनमा अझै प्रतिवद्धताका साथ नागरिक प्रति सेवा भावले समर्पित हुने आफनो ईच्छा रहेको बताए । १२ वर्षपछि रिपब्लिकन दलका पूर्वराज्य निर्देशक र अमेरिकाको सबैभन्दा लोकप्रिय गभर्नर लारी होगनका बहालवाला विश्वासपात्र सभाषद सदस्यलाई गत नोभेम्बरको संसदीय चुनावमा पराजित गरि रिपब्लिकन पार्टीलाई स्तब्ध पार्दै भण्डारीले संसदीय चुनाब जितेका हुन् । भण्डारीको निर्वाचन जिल्ला राज्यको सबैभन्दा प्रतिस्पर्धी चुनावी जिल्ला हो । भण्डारी एएपिआई समन्वय ककस सभापति र सिनेट र बिधान सभाका लागि एएपिआई ककसका सचिव छन् । उक्त ककसका एकजना सदस्य अमेरिकामा भारतीय मूलको पहिलो विधायक ९० का दशक देखि कुमार बार्वे पनि छन् । कार्यक्रममा शिक्षक संघकि अध्यक्ष सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरु, स्थानीय अस्पताल, विश्वविद्यालयका प्रतिनिधिहरु लगायत नेपाली समुदायका सदस्यहरुको समेत सहभागी रहेको थियो। ८० प्रतिसत स्वेत मतदाताहरु रहेको चुनावी संसदीय जिल्लामा कुनै पनि चनाव जित्ने भण्डारी पहिलो अल्पसंख्यक बिधायक हुन् । अहिले सम्म उक्त चुनावी क्षेत्रमा अफ्रिकन अमेरिकन लगायत कुनै पनि अल्प संख्यकले प्राथमिक तथा आम निर्वाचन जितेका थिएनन । अहिलेसम्मको जिल्लाको संसदीय चुनावी ईतिहासमा तेश्रो धेरै लोकप्रिय मत ल्याएर बिजयी हुने भाग्यमानी सभासद भण्डारी हुन् । उक्त क्षेत्रमा जन संख्या १ लाख ५० हजार हाराहारीमा रहेको छ ।

नेपाल आइडल रवि ओडलाई ठूलो शोक, करेन्ट लागेर आमाको मृत्यु

कैलाली, पुष ११ । दोस्रो नेपाल आइडलका विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल धनगढी पुर्‍याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यवस्तताका कारण घर गएका थिएनन् । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ । आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए । रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको हो। रविका तीन भाइ र दुई बहिनी छन्। जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई विष्नाले नै हुर्काएकी थिइन्। नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आएको छ। नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए। २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्। उमाको निधनपछि रविसहित सबै भाइबहिनीलाई विष्नाले नै हुर्काइन्। रविका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्छन्, परिवार पाल्नका लागि । रविका हजुरबुवा पहाडी जिल्ला छामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए। रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिका (साविक बुढाकोट गाविस) बाट कञ्चनपुर झरेका थिए। गरिबीकै कारण उनका बुवा र हजुरबुवाले भारतमै ‘पाले’को काम गरेर दुई चार पैसा कमाउँदैछन्। रवि २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए।

नयाँ। शक्ति छोड़ेका ६६ केन्द्रीय नेताले भने- बैध्य-बाबुराम-बिप्लवजी, फर्किंनुस एकताको विकल्प छैन

काठमाँडौ, मेयरका उम्मेदवारलगायत नयाँ शक्ति परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेका ६६ जना केन्द्रीय नेताहरूले माओवादी एकताको अपील गरेका छन । पढ़नुस प्रेस विज्ञप्ति आदरणीय पत्रकार मित्रहरु, अरस्तुले भनेका थिए–‘शान्तिका लागि नै युद्ध गरिन्छ ।’ त्यसैले निरंकुश राजतन्त्रको थिचोमिचो विरुद्ध मौनता भंग गर्दै नेपालमा जनताले संगठित रुपमा जनयुद्ध शुरु गरेको र त्यसैको बलमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीसहितको नयाँ राज्यव्यवस्था स्थापना भएको सर्वविदितै छ । संविधान कार्यान्वयन मार्फत अहिले सिंहदरबारको पर्खालभित्र कैद जनताका अधिकार देशैभरका गाउँ–गाउँ र शहरबस्तीमा समेत पुगेका छन् । संविधान कार्यान्वयनसँगै मुलुक अब आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्दैछ । यद्यपी, कुशल नेतृत्व, स्पष्ट दृष्टिकोण र कुशल कार्यान्वयनकर्ताको सामुहिक पहलकदमीबिना समृद्धिको सपना पुरा हुँदैन । तर, बिडम्बना ! सबै एक बन्नुपर्ने बेला माओवादीका नेताहरु नै विभिन्न नाममा विभाजित बने । विभिन्न नामका पार्टी खोले । नेताहरुकै गुट संघर्षका कारण हामीजस्ता लाखौँ कार्यकर्ता पनि विभिन्न खेमामा विभाजित बन्न पुग्यौँ । जसको कारण रक्तमुछेल गर्विलो इतिहास नै ओझेलमा पर्दै गयो । पार्टी कमजोर हुँदा माओवादीले लगाएको बाली भित्र्याउन पुरानै यथास्थितीवादी पार्टीहरु आईपुगे । माओवादी पार्टीको विभाजनले सबै प्रगतिशिल शक्तिलाई नराम्ररी चिमोटिरहेको छ । यसले जनयुद्धको गर्विलो इतिहासप्रति मजाक मात्रै गरेको छैन, शहिद–बेपत्ता र घाईतेको सपनामाथि कुठाराघात पनि गरेको छ । आदर्श मानिएका नेताहरुले सहयोद्धालाई नै मुख्य र सहायक दुश्मन तोक्नेसम्मको गलत चिन्तनले उपलव्धि धरापमा पर्ने र भविष्य नै अन्धकार बन्ने डरलाग्दो तस्विर माओवादी आन्दोलनमा देखिन थालेको छ । चाहे क्रान्तिकारी माओवादी, चाहे नयाँ शक्ति र नेपाल कम्युनिष्ट पार्टीका नाममा छिरलिएको माओवादी आन्दोलन एकतावद्ध नगर्ने हो भने हामीलाई इतिहासले सराप्ने, बर्तमानले घोच्ने र भविष्यले धिक्कार्ने निश्चित छ । प्रचण्ड, वैद्य, बाबुराम र विप्लव समूह किन विभाजित भयो र एकतावद्ध हुन केले छेकेको छ ? बुझिसक्नु छैन । नेताहरुको गुट संघर्षको उर्लँदो भेलमा परेर लाखौँ कार्यकर्ता ‘ओल्लो तिर न पल्लो किनार’ भएका छन् । पार्टी विभाजन दुर्भाग्य थियो भने पक्षधरता नेता÷कार्यकर्ताको वाध्यता हो । सारमा हेर्ने हो भने वैचारिक रुपमा समेत यिनमा खासै भिन्नता देखिँदैन । फुटेर होइन, जुटेर मात्रै लक्ष्य चुम्न सकिन्छ भन्ने वोध गर्दै सबै एकै ठाउँमा रहेर नीतिबारे बहस गरेर सहमतिमा पुग्ने हो भने इतिहासको सम्मान र मुलुकको समृद्धि पनि छिट्टै सम्भव हुने देखिन्छ । तर, नेतामा यस्तोखाले तत्परता देखिँदैन । मुलुकको समृद्धिका लागि हामीजस्ता हजारौँ नेता÷कार्यकर्ता बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा आवद्ध भयौँ । बैकल्पिक राजनैतिक शक्ति निर्माणमा अहोरात्र खटियौँ । यद्यपी, यो पार्टीमा पनि सोच, शैली र संगठनमा कुनै नयाँपन देखिएन । सबै दृष्टिले अहिलेका पार्टीमध्ये सबैभन्दा प्रगतिशिल र मुलुकको भलो चाहने पार्टी नेकपा (माओवादी केन्द्र) नै देखियो । संविधान निर्माण, कार्यान्वयन र सरकार सञ्चालनमा अध्यक्ष प्रचण्डको भूमिकाले माओवादी नै मुलुकको सबैभन्दा सहि पार्टी ठहरियो । तसर्थ, नाम मात्रैको नयाँ शक्ति परित्याग गरि हामी निम्न सार्थीहरु नेकपा (माओवादी केन्द्र) मा समाहित हुने निर्णयमा पुगेका छौँ । यसै विज्ञप्ति मार्फत नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सम्पूर्ण नेता÷कार्यकर्तालाई पनि माओवादी केन्द्रमै समाहित हुन आह्वान गर्दछौँ । साथै, प्रगतिशिल शक्ति विकेन्द्रित भई ‘बीरबलको खिचडी’ पकाउन खोज्दा यथास्थितीवादी र प्रतिगामी शक्ति नै हावी हुँदै गएकोले पृष्ठभूमि, दृष्टिकोण र विचार मिल्ने सबै नेता÷कार्यकर्ता यही पार्टीमा आवद्ध हुन पनि विशेष अपिल गर्दछौँ । धन्यवाद ! नामथर हस्ताक्षर १) ओमकुमारी पौडेल (तनहुँ)–संस्थापक संयोजक नयाँ शक्ति विद्यार्थी युनियन २) नबराज बराल (कास्की)–केन्द्रीय सदस्य, प्रेस सोसाईटी नेपाल ३) युवराज दाहाल (झापा)–प्रमुख, स्ववियु विभाग (नयाँ शक्ति विद्यार्थी युनियन) ४) सुमन आचार्य (खोप्लाङ, गोरखा)–संयोजक, प्रदेश नं ४ (नयाँ शक्ति विद्यार्थी युनियन) ५) मुकुन्द कार्की (ओखलढुङ्गा)–केन्द्रीय परिषद सदस्य ६) कृष्ण भट्टराई (भक्तपुर)–प्रमुख अतिरिक्त खेलकुद विभाग (विद्यार्थी) ७) शिव न्यौपाने (रुपन्देही)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) ८) फणिन्द्र फुयाँल (सिन्धुली)–संयोजक, प्रदेश नं ३ (प्रेस सोसाईटी नेपाल) ९) ओमप्रकाश महतो (सिराह)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १०) सञ्जिव रेग्मी (धादिङ)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) ११) देवराज गुरुङ्ग (गोरखा)–केन्द्रीय सदस्य, प्रेस सोसाईटी नेपाल १२) धिरज खनाल (गोरखा)– केन्द्रीय कार्यालय सदस्य, युवा शक्ति निर्माण अभियान १३) ममताकुमारी शर्मा (धनुषा)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १४) अरबिन्द शाह (सिराह)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १५) दिलीप तामाङ (रसुवा)– केन्द्रीय कार्यालय सदस्य, युवा शक्ति निर्माण अभियान १६) राधेश्याम शाह (महोत्तरी)–संस्थापक संयोजक, प्रदेश नं २ (विद्यार्थी) १७) दिनार श्रेष्ठ (चितवन)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १८) दिनेश तामाङ (संखुवासभा)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) १९) शेखर मण्डल (बारा)–केन्द्रीय सदस्य (विद्यार्थी) २०) सुनिल पोखरेल (गोरखा)– केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) २१) निरज बम (कैलाली)–केन्द्रीय सदस्य (विद्यार्थी) २२) अर्जुन यादव (सर्लाही)–केन्द्रीय सदस्य (विद्यार्थी) २३) भरत साफी(धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी) २४) सुरेन्द्र शाह (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी) २५) हिमान्सु शाह (सिराह)–केन्द्रीय सदस्य (विद्यार्थी) २६) रञ्जन कुमार शाह (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी) २७) उचित दास (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) २८) रञ्जित खड्की (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी) २९) रामसुधन फुयाल (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी) ३०) रमेश भण्डारी (सुर्खेत)–केन्द्रीय सदस्य (विद्यार्थी) ३१) राजेन्द्र बलामी (नुवाकोट)–केन्द्रीय सदस्य (विद्यार्थी) ३२) सञ्जिव सुवेदी (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी) ३३) सुजन केसी–केन्द्रीय सदस्य (विद्यार्थी) ३४) नितेश श्रेष्ठ (मकवानपुर)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी) ३५) राकेश कुमार शाह (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ३६) जितेन्द्र कुमार दास (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ३७) घनश्याम शाह (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ३८) प्रणशु केशव झा (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी) ३९) अनिता बास्कोटी (नवलपरासी)–केन्द्रीय सदस्य (विद्यार्थी) ४०) मनिस शर्मा (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ४१) अविनिश शर्मा (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी) ४२) सञ्जिव सुवेदी (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी) ४३) सुजन केसी–केन्द्रीय सदस्य (विद्यार्थी) ४४) गणेश श्रेष्ठ (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी) ४५) झलक छाडुली (मकवानपुर)–केन्द्रीय सदस्य (विद्यार्थी) ४६) संग्राम वल लामा–केन्द्रीय सदस्य (विद्यार्थी) ४७) विशाल रसायली–केन्द्रीय सदस्य (विद्यार्थी) ४८) आषिस दाहाल (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी) ४९) योगराज खड्का (बाजुरा)–केन्द्रीय सदस्य (विद्यार्थी) ५०) राजेन्द्र बलामी (नुवाकोट)–केन्द्रीय सदस्य (विद्यार्थी) ५१) सन्तोष नेपाली–केन्द्रीय सदस्य (विद्यार्थी) ५२) रञ्जित खड्की (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी) ५३) अनिस पन्त–केन्द्रीय सदस्य (विद्यार्थी) ५४) विवेक कुमार यादव–केन्द्रीय सदस्य (विद्यार्थी) ५५) प्रान्सु झा–केन्द्रीय सदस्य (विद्यार्थी) ५६) प्रमोद यादव–संयोजक, जेईसी (विद्यार्थी) ५७) मुकेश मिश्र–संयोजक, एनसीई (विद्यार्थी) ५८) रुपेश यादव–केन्द्रीय सदस्य (विद्यार्थी) ५९) योगेश दास–संयोजक, किस्ट (विद्यार्थी) ६०) पंकज दास–संयोजक, सगरमाथा (विद्यार्थी) ६१) प्रमोद यादव–संयोजक, जेक (विद्यार्थी) ६२) सुवास श्रेष्ठ, धादिङ (केन्द्रीय सदस्य विद्यार्थी) ६३) गणेश आचार्य, कास्की (केन्द्रीय सदस्य विद्यार्थी) ६४) शौरभ खत्री, मोरङ (केन्द्रीय सदस्य विद्यार्थी) ६५) कमल खड्का, संयोजक नेपालगञ्ज उपमहानगरपालिका तथा केन्द्रीय परिषद सदस्य, नयाँ शक्ति नेपाल ६६) जयाकुमारी खड्का, मेयरका उम्मेदवार (नेपालगञ्ज महानगरपालिका) तथा केन्द्रीय परिषद सदस्य नयाँ शक्ति नेपाल

लन्डनको एसएसई एरिनामा नेपाली कन्सर्ट हुँदै

काठमाडौं, जेठ २१ । कन्सर्टका लागि लन्डन वेम्लीस्थित एसएसई एरिना विश्वप्रसिद्ध थलो मानिन्छ । महँगो त आफ्नो ठाउँमा छ तर यो हलमा कार्यक्रम गर्न कम्पनीको प्रोफाइल हेरेर मात्र गर्न पाइन्छ । यो हलमा फेरी बी फेस्ट र पर्चा प्रोडक्सनले आगामी १७ जुनमा ‘जुन फेस्टिभल’ नाम दिएर कन्सर्ट गर्ने भएको छ । सन् २०१३ मा पर्चा प्रोडक्सनले नै वेम्ली एरिनामा पहिलोपटक नेपथ्य ब्यान्ड लगेर कन्सर्ट गरेको थियो । १७ जुनमा हुने ‘जुन फेस्टिभल’ मा गायक विपुल क्षेत्रीसहित अल्बाट्रोस, कुटुम्ब एवं एज ब्यान्डले एकैपटक गीतसंगीत प्रस्तुत गर्ने आयोजक पर्चा प्रोडक्सनका सीईओ समीर गुरुङले जानकारी दिए । कन्सर्टका लागि २५ सदस्यीय टोली आगामी १४ जुनमा लन्डन पुग्नेछ । साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्युमा कम्तीमा १० हजार दर्शक उतार्ने अठोट आयोजकको छ । ३५ देखि ११ पाउन्डसम्म प्रवेश शुल्क तोकिएको उक्त कन्सर्ट करिब चार घण्टा चल्नेछ । कलाकारलाई अवसर र नेपाली गीतसंगीतको अन्तर्रा्ष्ट्रिय प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।

देउवा ज्यू ! ११ महिना भयो, अझै केन्द्रीय समितिले पूर्णता पाएन नी ?

नेपाली काँग्रेसको १३ औँ महाधिवेशन सकिएको ११ महिना सकिँदापनि केन्द्रीय समितिले पूर्णता पाएको छैन । पार्टी विद्यान अनुसार महाधिवेशन सम्पन्न भएको दुइमहिनाभित्रै सम्पूर्ण पदाधिकारी नियुक्त गरिसक्नुपर्ने व्यवस्था भएपनि कांग्रेसमा त्यस्तो देखिएन् । आफ्नै पार्टीको विधानको कार्यान्वयन भएन । विद्यान अुनसार ८५ केन्द्रीय समितिमा ६४ प्रत्यक्ष निर्वाचित र अन्य २१ जनालाई सभापतिले मनोनयन गर्ने व्यवस्था छ । महाधिवेशन सम्पन्न लगत्तै नयाँ कार्यसमितिको बैठकले ७ सदस्यलाई मनोनयन गरेको थियो जसमा सभापतिका प्रयासि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित प्रत्यासी अर्जुननरसिंह केसी र गगन थापा अनि कोषाध्यक्षका पराजित चित्रलेखा यादव र उमाकान्त चौधरी रहेका थिए भने नरहरी आचार्यलाई पनि मनोनयन गरेर ७१ जना पु¥याइएको थियो । विभिन्न किचलोका कारण सन्तुलन मिलाउन नसक्दा मनोनयन गर्नुपर्ने उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यसहित १४ जना पदाधिकारी मनोनयनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । मनोनयन गर्न बाँकी भएका पदाधिकारी केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यबाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको कारण समितिले पूर्णता पाउन सकेको छैन । उपसभापतिमा पार्टीभित्र छुट्टै समूहको नेतृत्व गरिरहेका नेता खुमबहादुर खड्का र विमलेन्द्र निधिको दाबीले गर्दापनि सन्तुलनमा कठिनाइ भएको नेताहरू बताउँछन् । सभापतिले प्रस्ताव गर्ने पदाधिकारीलाई निर्वाचित केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था छ । खुमबहादुर खड्कासँग ५, रामचन्द्र पौडेलसँग २८ र सभापति देउवासँग ३१ निर्वाचित केन्द्रीय सदस्यहरू रहेका छन् । यसकारण गणितिय हिसावमा तलमाथि पर्ने सम्भावनाका कारण समितिलाई पूर्णता दिने प्रस्ताव अघि नबढेको देखिन्छ । यहि विवाद लम्बिँदै जाँदा पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ भने पछिल्ला गतिविधिमा समेत असर पर्दै गएको कार्यकर्ताको गुनासो छ । एकातिर तीन तहका निर्वाचनको तयारी र अर्कोतिर पार्टीको आन्तरिक बेमेलताले चुनावको मितिमा समेत असर परेको जानकारहरूले बताइरहेको बेला काँग्रेसभित्र सर्बप्रथम केन्द्रीय समितिको पूर्णतालाई जोड दिइरहेको बुझिन्छ । अधिकाँश नेताहरू स्थानीय निर्वाचन अघि नै यो समस्या समाधान गर्नुपर्नेमा अडिग् देखिएका छन् । उसैपनि अनेक लफडाबाजीले प्रहार गरिरहेको बेला सभापति शेरबहादुर देउवापनि केहिदिनभित्रै यो पूर्णता दिनेमा आक्रमक बनेको पार्टी स्रोतले बताएको छ । स्थानीय निर्वाचनलाई केन्द्रित गरेर काँग्रेसले ७५ वटै जिल्लामा गाउँ जागरण अभियान सञ्चालन गरेपनि चुस्त दुरुस्त बनाउन सकेको छैन । देशका सबै जिल्ला, निर्वाचन क्षेत्र, नगर र गाउँमा पार्टीको संगठनलाई जुन गतिमा दुरुस्त बनाउन मंसीरमै ७५ केन्द्रीय सदस्यलाई ७५ जिल्लामा खटाएपनि चुस्तता नआएको हो । पार्टीको निर्देशन अनुसार केन्द्रीय नेताहरू तोकिएको जिल्लामा गएर पार्टीको अवस्था, समन्वय, चुनावी रणनीति लगायतका विषयमा अन्यौलता देखिएको छ । तरपनि केन्द्रीय प्रतिनिधिहरूले जिल्ला, क्षेत्र, नगर र गाउँ, भातृ संगठनलाई चलायमान बनाउन भने छुट्टै रणनीति लिएको देखिन्छ । तराईको समस्या समाधान भएको छैन, संविधान संशोधनले पूर्णता पाएको छैन अर्कोतिर सरकार निर्वाचनको तयारीमा जुटिसकेको छ । फेरी विद्यार्थीहरूको कुम्भ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिभूवन विश्वविद्यालय जुटेको छ । एमाले लगायत अन्य दलहरूको असन्तुष्टि कायमै छ । यी चार कारण पछिल्लो समयको समकालीन मुद्धा बनिरहँदा काँग्रेसको आन्तरिक पदाधिकारी चयन अझै लम्बिन सक्ने सहजै अनुमान गर्न सकिन्छ । फेरी विद्यार्थीमा लगाइएको राजनीतिक उमेरको शिकारमा काँग्रेस नपर्ला भन्न सक्ने अवस्थापनि आँकलनभन्दा बाहिर छैन । समस्याको चाङ बोकेको समयमा आफ्नै केन्द्रीय समितिले पूर्णता नपाउनु विडम्बना सावित भएको छ अहिले देउवालाई । प्रणालीगत् सुधारमा देउवासँग थोरै आशा गरिएपनि घरघरको गुट्गत् व्यवहारमा कमी आउन सकेको छैन । फलत देउवाको कार्यशैलीबाट आम कार्यकर्ताहरू निराश हुनु स्वभाविक देखिएको छ । दलहरूलाई चिढ्याउने भन्दापनि समिपमा लिँदै अगाडि बढ्नसकेमात्र समस्या नजिक हुने देखिन्छ । फेरी जतापनि भ्वाङपरेको पार्टीको सँरचनामा सुधार ल्याउनमा देउवामाथिको अपेक्षालाई उनले नै टेक्दै हिँडेका छन् । वुढानिलकण्ठ रंगीन बनाएका छन् तर संगठनमा विकृतिको पनि उत्तिकै बिजारोपण गरिदिएको भातृसंगठनको महाधिवेशनले पुष्टि गरिदिएको छ । काँग्रेसले दुरगामी निर्णयहरू नगरी झिनामसिना आन्तरिक किचलोमा समय बिताउनाले नेपालको सँविधान २०७२ जारीभएपनि कार्यान्वयनमा गतिलिन सकेको स्वीकार्नै पर्छ । स्वतन्त्रताको नाममा अनुशासनमा चुकेको छ । मूलुकको पुरानो पार्टी समय अनुसार हिँड्न खोजेपनि पुरानो ढंगमा अहिलेको नेतृत्वलेपनि सुधार्न सकेको छैन । फलतः आज देशमा स्थिर सरकार र स्वदेशी सफल योजनाहरू सफल बन्न सकेनन् । एकताका काँग्रेस भन्ने बित्तिकै तन्, मन र धनले स्वागतमा कमी नहुने हातहरू पछिल्लो अवस्थामा उचित व्यवस्थापनको अभावमा काँग्रेसीजनबाटै नेतृत्वको ठाडो बिरोधको शिकार हुँदै आएको छ । जसको समाधान यो नेतृत्वले थोरबहुत् कम गर्छ भन्ने सोचेका थिए आम कार्यकर्ताहरूले जुन महशुष हुन सकेको देखिँदैन । कम्तीमा अघिल्ला आफ्ना बाणीहरूलाई देउवा कार्यकालमा पुरा गराउन जुन क्षमता राख्न सक्नुपथ्र्यो त्यो देउवामा पनि देखिएन । अहिले नेता तथा कार्यकर्ताहरूनै भन्न थालेका छन् — देउवाजी यो एकवर्षसम्म सुत्या त छैनन् भनेर । अतः केन्द्रीय समितिलाई पूर्णता दिँदै संविधान कार्यान्वयनमा असन्तुष्टिलाई अन्त्य गरी निर्वाचनमा जानुपर्नेमा देउवाले ढिला गर्नु हुँदैन । एकजनाको लिँडे ढिप्पीमा सम्पूर्ण संगठनलाई अग्रगामी कामहरू गर्नबाट वञ्चित गर्नुहुँदैन भन्नेमा देउवाले एकइन्च ढिला गर्नुहुँदैन ।

सुनको भाउ तोलामै १ लाख ६७ हजार ४ सय रुपैयाँ

काठमाडौं । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ १ हजार सय रुपैयाँले बढेको हो । यसअघि सुनको भाउले गत बुधबार रेकर्ड कायम राखेको थियो । त्यसदिन सुनको भाउ तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको थियो। बिहीबार र शुक्रबार भने सुनको भाउ १ लाख ६६ हजार रहेको थियो । त्यस्तै आइतबार चाँदीको मूल्य १ हजार ७ सय ८७ रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १२ रुपैयाँले बढेको हो ।

सिस्नेरीमा निधन भएका बाल फुटबल खेलाडीका पीडित परिवारबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाढी, पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । अखिले नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालित सो विद्यालयको होस्टेलमा रहेका छ जना बालबालिकाको बाढीबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते बिहान दुःखद् निधन भएको थियो । नेकपा ९एमाले० का प्रमुख सचेतक महेश बर्र्तौलाको सहजीकरणमा प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा बच्चाहरुलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापर्वाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । पीडित परिवारले मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि आग्रह गरेका छन् । पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँ र ललितबहादुर घलानले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले घटना अत्यन्त दुःखद् भएको बताउँदै के कसरी यस्तो हुन पुग्यो भन्नेबारेमा यथार्थ जानकारी लिने विश्वास दिलाउनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले पीडितका पक्षमा सरकार रहने स्पष्ट गर्नुभयो ।  भेटका अवसरमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेसका मकवानपुर जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी हुनुहुन्थ्यो ।

बालिका बलात्कार अभियोगमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ

दाङ । भालुवाङमा दुई बालिका बलात्कार गरेको आरोपमा २९ न. ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् । सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको खुलेपछि दुईजना पक्राउ परेको बताइएको छ । गत असोज २४ गते पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगरले बलात्कार गरेको अनुसन्धानबाट खुलेको बताइएको छ । दसैँको सम्मुखमा पिङ खेल्न आएका ती दुई बालिकालाई उनीहरुले बलात्कार गरेको भन्दै स्थानीयले अरोप लगाएका थिए ।

बेपत्ता छानविन र सत्य निरुपण आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि नयाँ सिफारिस समिति गठन गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २०८० चैत्र ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको हो। गत विहीवार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले सिफारिस समितिलाई पूर्णता दिने निर्णय गरेको थियो । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सिफारिस समितिको सदस्यहरुमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा अर्जुनकुमार कार्की (संखुवासभा) र स्टेला तामाङ  (गोरखा) रहेका छन्। यसैगरी,  राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य पनि सिफारिस समितिको सदस्य रहने छन्।

क्रियाशील महिला पत्रकारको अध्यक्षमा खड्का

काठमडौं । क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) को अध्यक्षमा रामकला खड्का चयन हुनुभएको छ । १२औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट सर्वसम्मतिमा उहाँ अध्यक्ष चयन हुनुभएको हो। अधिवेशनले उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सचिव रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दीपा आलेलाई चयन गरेको छ । त्यसैगरी विशेष सदस्यमा सङ्गीता लामा, सदस्यहरूमा अम्बिका राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्का र लक्ष्मी बस्नेत चयन हुनुभएको छ ।  सन् २००६ मा स्थापना भएको डब्लूडब्लूजेले स्वतन्त्र र जिम्मेवार प्रेसको वकालत गर्दै पत्रकार महिलाको हकहित तथा दक्षता अभिवृद्धिका लागि काम गर्दै आएको छ । संस्थाले महिला र सञ्चार क्षेत्रका नीति र कानुनलाई नजिकबाट अध्ययन एवं विश्लेषण गर्दै सम्बन्धित निकायलाई निरन्तर सुझाव दिँदै आएको छ । 

करिब दुई लाख व्यक्तिगतलाई न्यूनतम १०० दिनको रोजगारी दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तिमा दुई लाख व्यक्तिलाई १०० दिनको रोजगारी दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराएर करिब दुई लाख व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ । यस कार्यक्रमका लागि ६ अर्ब बजेट बिनियोजन गरिएको छ ।’

गृहमन्त्रीको सम्बोधन र संसदबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक अहिले बिहान ९ बजे बस्दैछ । सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले अब संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो ।  बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा छलफल गर्ने बताइएको छ । काँग्रेसले करिब एक महिनादेखि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएकोमा आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरेका थिए ।  कांग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधन, अब सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नेछ। गृहमन्त्रीको सम्बोधन लगत्तै आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताइसकेका छन् ।  संसदीय छानबिन समिति बनाउन विषयमा सत्तापक्ष र प्रतिपक्षबीच शनिवारै सैद्धान्तिक सहमति भइसकेको छ । तर आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन । काँग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकीकन मुद्दा केन्द्रीति भएर सहकारीको छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ ।

दिउँसो ४ बजेका लागि सारियो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो ४ बजेका लागि सारिएको छ ।  सत्तारूढ दलको बैठकसहित तयारी आवश्यक हुने भन्दै प्रधानमन्त्रीले बैठक सार्ने निर्णय गरेपछि सभामुखले दिउँसो ४ बजेसम्म बैठक स्थगितको सूचना निकाल्न सचिवालयलाई निर्देशन दिएका थिए । सचिवालयले सूचना जारी गर्दै बैठक सारेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरेलाई फोन गरी बैठक पछि सार्न आग्रह गरेका थिए ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको संलग्नासहित सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति माग गर्दै आएको छ। अघिल्लो अधिवशेनबाटै कांग्रेसले संसदीय समिति माग गरेकोमा सत्तापक्षले टार्दै आएको छ। 

‘निःशुल्क सिपमूलक तालिम’ लिन ६८ हजार ८६६ जनाले दिए आवेदन

काठमाडौं । निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौं महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन दिएका छन्।  ​यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएको काठमाडौं महानगरले जनाएको छ।  २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सिप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो । तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर चलिरहेका छन्। ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक बर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य महानगरले लिएको छ ।  ‘आवेदकले अनलाइनबाट र कागजमा फाराम भरेर आवेदन दिनुभएको छ।’ सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने,  ‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ। यसमा १० क्षेत्रका ३५ भन्दा धेरै पेशासँग सम्बन्धित तालिम छन्।’ यस्तै ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन्। यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए। जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए।  सिप मेलाको अन्तिम २ दिन रोजगार मेला हुनेछ। यस दिन रोजगारदाताहरू स्टलमा आउने काठमाडौं महानगरले जनाएको छ।