उत्तेजक अभिव्यक्ति नदिन महानगरप्रमुख शाहलाई सुझाव

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौँ महानगरप्रमुख शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाए। “हामी काठमाडौँ महानगरपालिकाका प्रमुखलाई सहयोग गर्न तयार छौं । एमालेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौँको फोहोर व्यवस्थापनका लागि सहयोग गरेको हो,” सांसद भट्टराईले प्रमुख शाहप्रति लक्ष्य गर्दै भने, “काठमाडौँलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ ? आउनुहोस् हामीसँगै काम गरौँ । उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु ।”

सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा  स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गर्नुभयो । उनले सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको बताए। 

“गिरिबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको छ”, सांसद भट्टराईले भन्नुभयो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण जनताका धेरै विषय सदनमा उठाउन नसकिएको बताए।  

यस्तो रहनेछ आजको मौसम

काठमाडौ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हावाहुरी र मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम सफा रहने छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर ५४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ ।

यस्तो छ उम्मेदवार बनेपछि सुहाङ नेम्वाङको बकपत्र

काठमाडौँ । नेकपा एमालेको तर्फबाट इलाम-२ का उम्मेदवारी पाएका सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ पार्टीले टिकट दिएपछि खुशी र उत्साही भएको बताएका छन्।आइतबार बसेको एमालेको सचिवालयको बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि बुबा सुवास नेम्वाङको सपना पूरा गर्ने बताएका छन्। उनले भनेका छन्, ‘बुवाले देख्नुभएको सपना र गर्नुभएको सङ्कल्प पुरा गर्न अधिकतम योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरूले र कलिला नानीहरूले देखेका सपनाहरू पूरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ हार्दिक आभार तथा धन्यवाद  आगमी १५ वैशाख २०८१ मा इलाम क्षेत्र नं.२ को उप–निर्वाचनको लागि गौरवमय इतिहास बोकेको नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले)ले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । म खुशी र उत्साही छु । यो महत्वपूर्ण अवसरको निम्ती हाम्रो पार्टी नेकपा (एमाले) र श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु । उम्मेदवारको लागि सिफारिस गर्ने नेकपा ९एमाले० इलाम जिल्ला कमिटी, उम्मेदवार सिफारिस कार्यदल, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु । मलाई उम्मेदवार बन्नका लागि प्रेरित गर्नुहुने इलामका सबै आदरणीय अभिभावक, प्रियजन र नौजवान साथीहरुप्रति कृतज्ञ छु । तपाईहरुको माया, साथ र शुभेच्छा मेरा लागि अजस्र शक्तिको स्रोत र अमुल्य सम्पति हो । अप्ठ्यारो परिस्थीतिमा मलाई हौसला, उर्जा र साहस प्रदान गर्दै अघि बढ्नका लागि प्रेरित गर्नुहुने सबै आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद भन्छु । आभार । पार्टीले मलाई उम्मेदवार बनाउने निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना दिनु हुने यहाँहरु सबैप्रति म असाध्यै आभारी छु । एक मुष्ठ धन्यवाद भन्न चहान्छु । यहाँहरुलाई थाहा छ, इलाममा विशेष अवस्थामा उपनिर्वाचन हुदैछ । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा इलामेली आदरणीय जनताहरुले मेरो बुवा उहाँहरुको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनु भएको थियो । तर, हामीलाई अकल्पनीय ब्रजपात आइलाग्यो । भौतिक रुपमा हामीलाई छोडेर जानुभयो । उहाँको सिद्धान्त, विचार, सपना र संकल्पहरु हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्यो । उपनिर्वाचनको परिस्थीति आइलाग्यो । गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ । यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवाआमाहरूको भावना नजिकबाट सुनेको थिएँ । उहाँहरुको सुखदुःख थाहा पाएको थिएँ । भबिष्यप्रतिको उज्यालो आशा सहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरुको अपेक्षा र चाहना बुझेको थिएँ । बुवाप्रतिको उचो विश्वास र भरोषा सहित उहाँले भबिष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ । बुवाको काखमा आएर लुटपुटिदै ‘अल द बेस्ट’ भन्ने कलिला नानीहरुका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ । गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनु भएको त्यो आशा, अपेक्षा, भरोषा र विश्वास मेरो लागि कति भव्य थियो रु त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन । मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु । सिक्नेछु । बुझ्नेछु । जान्नेछु । ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ म उहाँको लागि दरिलो सहयोगी बन्नेछु । तर बिडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो । अकल्पनीय ब्रजपात आइलाग्यो । बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरु पुरा गर्न तयार हुनुपर्ने अवस्था आयो । हो, बुवालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ । यसो भनौ, ‘आफ्नो बाटो आफै खन्दै थिएँ ।’ मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरु स्वागतको लागि तयार थिए । तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरुको आशा, भरोषा र विश्वासले मलाई पक्रिरह्यो । बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो । आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन । र भनीह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है ।’ त्यसैले म उम्मेदवारको लागि तयार भएँ । म उम्मेदवार बन्दै गर्दा आफ्नो जीन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनु भएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु । उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधरण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु । रहनेछु । हो १ म असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएँ । यहाँनिर फेरि स्पष्ट गर्न चहान्छु, केवल परिस्थीतिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन । मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको छु । त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु । इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ । तपाईहको माया, साथ र सहयोग अझै धेरै चाहिएको छ । फेरि पनि सबैप्रति आभार र धन्यवाद । धन्यवाद । नमस्कार ! सुहाङ नेम्वाङ नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार इलाम क्षेत्र नं.२

उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेट गरेका छन् । बिहीबार दिउँसो मन्त्रालयमा पुगेर राजदूत छन्ले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिए । यसअघि बिहीबार बिहानै भारतका राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेका थिए । 

आजको मौसम : आंशिक बदली हुने, मुख्यतया सफा रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।  छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पाँचबुँदे प्रतिबद्धतासहित सरकारलाई टिकटकको पत्र : फुकुवाका लागि आग्रह

काठमाडौं । टिकटकले प्रतिबन्ध फुकुवाका लागि पाँचबुँदे प्रतिबद्धतासहित नेपाल सरकारलाई पत्राचार गरेको छ । टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध हेर्ने प्रमुखले प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई लेखेको पत्र आइतबार दर्ता भएको छ । पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखिएको छ । नेपालीले टिकटकलाई देशभित्र र बाहिर अत्यधिक रुचाएको पनि उल्लेख गर्दै टिकटकले प्रतिबन्ध फुकुवाको आग्रह गरेको हो । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यस्ता छन् टिकटकका प्रतिबद्धता नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्धता जनाउँछौँ सामग्रीको विषयमा व्यक्त चिन्ताहरूलाई सम्बोधन गर्न डेडिकेटेड फोकलप्वाइट प्रदान गर्ने, जसमा ती सामग्रीका बारेमा सीधै रिपोर्ट गर्न सकिनेछ सामग्रीको ‘फिल्टरिङ’ र ‘मोडरेसन’अभिवृद्धिका लागि थप नेपालीभाषी स्रोत उपयोग गर्ने देशव्यापी रूपमा इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउनेछौँ हाई स्कुल र कलेज विद्यार्थीको प्राज्ञिक अवस्था सुधारका लागि शैक्षिक सामग्रीको डिजिटाइजेसनलाई जोड दिनेछौँ

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

गगन र विश्वप्रकासकाे संयुक्त विज्ञप्ति: लिपुलेक हाम्राे हाे, सडक निर्माणकाे विषय आपत्तिजनक

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले लिपुलेक–लिम्पियाधुराबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति आपत्ति प्रकट गरेको छ । कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले शुक्रबार संयुक्त हस्ताक्षरमा विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीको भनाइमा आपत्ति जनाएका हुन् । उनीहरूले भारतीय प्रधानमन्त्री मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर दुई साताअघि एक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोध गर्दै संस्थागत र्रूपमा कांग्रेसको धारणा सार्वजनिक गरेका हुन् । ‘लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपाली भूमि हो,’ महामन्त्रीद्वय शर्मा र थापाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यसबारेमा कांग्रेसले विगतदेखि नै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट गर्दै आएको छ ।’ कांग्रेस पहिलेदेखि नै भारतद्वारा अतिक्रमित भूमिबारे प्रष्ट रहेको विज्ञप्तिमा उल्लेख छ । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो। नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।’ अघिल्लो वर्ष पारित नक्साकै आधारमा नेपालको भूमि कायम हुनुपर्ने पनि उनीहरुले बताएका छन् । ‘नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधनमार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने बिषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुई राष्ट्रबीचको सीमासम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं ।’ कांग्रेसले नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर र आपत्तिजनक रहेको बताएको छ । विज्ञप्तिमा लिपुलेकमा बनिरहेको सडक अविलम्ब यो रोकिनुपर्ने माग पनि गरिएको छ । लिपुलेकमा सडक निर्माणलाई लिएर यसअघि नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले पनि विज्ञप्ति निकालेर आपत्ति जनाइसकेका छन् । तर, सत्तारुढ गठबन्धनको माओवादी केन्द्र अहिलेसम्म मौन छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि यसबारेमा कुनै ठोस धारणा सार्वजनिक गरिसकेको छैन।

अमेरिकासँग नेपाल हार्नुका मुख्य चार कारण

१. खराब सुरुवात र अन्त्य नेपाल हार्नुको मुख्य कारण पर्याप्त रन बनाउन नसक्नु नै हो । आज पनि नेपालको ब्याटिङ कमजोर रह्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतक पूरा गर्न सकेनन् । विनोद भण्डारी (११), आसिफ शेख (३), रोहित पौडेल (२), कुशल मल्ल (०), सोमपाल कामी (२), करण केसी (१२) सस्तैमा आउट भए । नेपालको न सुरुवात राम्रो भयो नत अन्त्य नै । नेपालले पहिलो विकेटका रूपमा आसिफलाई ३ रनमा गुमाएको थियो । उनी आउट भएपछि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लबीच साझेदारीले आकार लिँदै थियो । तर, कुशल आउट भएपछि नेपालको विकेट पतन रोकिएन । विनोद, कुशल, करण छक्का हान्ने धुनमा आउट भए । मध्यक्रमका ब्याट्सम्यानको खराब प्रदर्शनले पनि नेपाल पराजित हुन पुग्यो । २. खराब फिल्डिङ नेपाल हार्नुका अर्को कारण खराब फिल्डिङ पनि हो । अमेरिकन ब्याट्सम्यानले बेलाबेला विकेट लिने अवसर दिए । तर, खराब फिल्डिङका कारण नेपालले विकेट लिन सकेन । ७.२ ओभरमा स्टिभन टेलर व्यक्तिगत ४२ रन बनाइरहेको अवस्थामा क्याच आउट हुने थिए । तर, कुशल भुर्तेलले क्याच छुटाउन पुगे । ३. टस हार्नु ओमानको यो पीचमा पहिला बलिङ गरेका टिमले बढी म्याच जितेका छन् । अमेरिकाविरुद्ध पनि त्यस्तै भयो । टस हारेर ब्याटिङ गरेको नेपालले १७४ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको अमेरिकाले २९.३ ओभरमा लक्ष्य भेट्टायो । अमेरिकासँगको पहिलो खेलमा नेपाल विजयी भएको थियो । सो खेलमा नेपाल लक्ष्य पछ्याउँदा विजयी भएको थियो । ४. टेलरको उत्कृष्ट ब्याटिङ नेपाल हारको कारण टेलरको उत्कृष्ट ब्याटिङ पनि हो । उनलाई रोक्न नसक्दा नेपाल पराजित हुन पुग्यो । टेलरले ९२ रनको पारी खेले एकदिवसीय क्रिकेटमा उनको यो हालसम्मकै उत्कृष्ट पारी हो । करण केसीलाई बलिङमा ढिला ल्याउनु पनि हारको कारण हो । उनको स्थानमा कुशल भुर्तेल, कुशल मल्ल, गुल्शन झालाई बलिङमा मौका दिइएको थियो । करणले ढिला मौका पाए । उनले ढिला मौका पाउँदा पनि लगातार दुई विकेट लिएका लिए ।

भरतपुर महानगरद्वारा भरतपुर अस्पताललाई ५० लाख बराबरको सामग्री प्रदान

भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई झन्डै ५० लाख बराबरको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, मेसु डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले कोभिड १९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाबारे चर्चा गरिन् । कार्यक्रममा प्रमुख दाहालले काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामीलाई भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको र उपचारमा धेरै बिरामीहरु ठीक भएको बताइन् । कार्यक्रममा उनले भनिन्, ‘त्यो गरिमालाई भरतपुर अस्पतालले जोगाइराख्नुपर्छ ।’ कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरले दिएको स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्दै सेवालाई सेवालाई अझ बढी प्रभावकारी बनाउन अस्पताल टिमलाई निर्देशन दिएकी थिइन् । मित्रराष्ट्र चीनको सिगात्से सिटी र बेइजिङ एग्रो बायोटिकले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा सांसद गीता वाग्लेले भरतपुर अस्पतालको सेवा प्रभावकारी भइरहेको र अझ यसलाई झन् प्रभावकारी बनाउनुपर्ने बताइन् । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भरतपुर महानगरबाट अस्पतालको विकास निरन्तर सहयोग भइरहेको बताए । कार्यक्रममा मेसु डा कृष्णप्रसाद पौडेलले सबैको सल्लाह र सुझावअनुसार नै अस्पताललाई अगाडि बढाउने बताए । अस्पताल विकास समितिका सदस्य मुकुन्द दाहालले अस्पतालको विकासमा भरतपुर महानगरपालिकाको सहयोगले नै अस्पताल यहाँसम्म आइपुगेको बताए । कार्यक्रममा २०७८ सालको भरतपुर अस्पतालको पहिलो अंक बुलेटिनको विमोचनसमेत गरिएको थियो ।

एमसीसी विकास हैन, विनाश बोकेर आउँदैछः विप्लव

नेक्रविक्रम चन्द (विप्लव) महासचिव नेकपा नेपाली राजनीतिमा अमेरिकी योजना एमसीसीबारे तातो बहस छ । सिङ्गै देश एमसीसीको पक्ष र विपक्षमा बाँडिएको छ । सारा स्वाभिमानी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी, बुद्धिजीवी, कम्युनिष्टहरू एमसीसीका विरुद्ध उभिएका छन् भने नेपाली कांग्रेस, केपी वली समूह, कमल थापालगायत केही दलाल, कमिसनखोरहरू एमसीसीका पक्षमा देखिएका छन् । एमसीसी के हो, यसको उद्देश्य के हो ? र यसलाई संसदबाट पास गरे के गर्न सकिन्छ ? भन्नेबारेमा छोटो चर्चा गरौँ । १) एमसीसी भनेको के हो ? एमसीसीको नेपाली अर्थ सहस्राब्दी चुनौती निगम हुन्छ । यो संस्थाको नामबाट नै स्पष्ट हुन्छ– अमेरिकाले यो सहस्राब्दीमा विश्व व्यवस्थाबारे सैन्य–राजनीतिक दृष्टिले जसरी सोचिरहेको छ त्यसलाई दक्षिण एसियामा कार्यान्वयन गर्ने नै यस संस्थाको ध्येय हो । ‘एमसीसी भनेको यही आईपीएसको सैन्य राजनीतिक रणनीतिलाई अर्थराजनीतिक मोर्चाबाट लागु गर्ने एकाइ हो । यसले पैसाको पोको बोकेर सेनाको प्रवेश वा हस्तक्षेपलाई ढोका खोलिदिन्छ ।’  सबैलाई थाहा छ अमेरिकाले दोस्रो विश्वयुद्ध पछि एसियामा कम्युनिष्ट प्रभाव अर्थात् वैज्ञानिक समाजवादी क्रान्ति रोक्नका लागि प्रशान्त क्षेत्रीय रणनीति सिक्टु बनाएर काम गर्दै आएको थियो । सिक्टुमा जापान, फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड, अस्ट्रेलियालगायत देशहरूलाई समाहित गरेको थियो । यसले प्रशान्त क्षेत्रमा अमेरिकी हैकम र अतिक्रमणलाई कायम गरायो । तर अमेरिकाको सोचाइअनुसार दक्षिणएसिया समेटिसकेको थिएन । मुख्यतः अन्तर्रा्ष्ट्रिय गठबन्धनमा भारत सोभियत सङ्घतिर ढल्किनुले अमेरिकालाई कठिनाइ भएको थियो । सोभियत सङ्घको विघटनपछि भारतलाई च्याप्न केही सहज भएको वा भारतसमेत अमेरिकी प्रभावमा ढल्किन थालेपछि अमेरिकाले दक्षिण एसियालाई नै केन्द्रितगरेर ट्रम्प प्रशासनले हालै हिन्द–प्रशान्त रणनीति (आईपीएस) बनाएको छ । यो भनेको दक्षिण एसियामा सैन्य दृष्टिले अरू केन्द्रित भएर काम गर्ने रणनीति हो । एमसीसी भनेको यही आईपीएसको सैन्य राजनीतिक रणनीतिलाई अर्थराजनीतिक मोर्चाबाट लागु गर्ने एकाइ हो । यसले पैसाको पोको बोकेर सेनाको प्रवेश वा हस्तक्षेपलाई ढोका खोलिदिन्छ । २) एमसीसीको उद्देश्य मिलिनियम च्यालेन्ज कर्पोरेसनको मुख्य उद्देश्य दक्षिण एसियामा अमेरिकाले खडा गरेको हिन्द–प्रशान्त रणनीतिलाई अर्थ राजनीतिक मोर्चाबाट कार्यान्वयन गर्ने हो । दक्षिण एसिया स्तरबाट यहाँका देशहरूलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी बनाउने र नेपालका सन्दर्भमा नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा हुल्ने उद्देश्य हो । नेताहरू दलालकै रूपमा भासिए भने स्वाधीनताको रक्षाका लागि जनताका बीचबाट देशभक्तिको सङ्घर्ष अगाडि बढाउनुपर्छ । देशको रक्षा गर्नु हरेक नागरिकको अधिकार र जिम्मेवारी हो । अमेरिकाले हिन्द–प्रशान्त रणनीतिको मुख्य उद्देश्य चीनको प्रभाव र विस्तारलाई दक्षिण एसियामा रोक्ने हो भनेकै छ तर हामीले नेपाल केन्द्रित अमेरिकी चासोलाई हेर्दा चारवटा भित्री योजना देख्न सकिन्छ । पहिलो, चीनको प्रभावलाई रोक्ने, दोस्रो दक्षिण एसियामा देखिएको कम्युनिष्ट क्रान्तिको सम्भावनालाई रोक्ने, तेस्रो नेपालको कम्युनिष्ट क्रान्तिलाई रोक्ने र चौथो नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने । ३) यसको राष्ट्रघाती चरित्र एमसीसी लिएर अमेरिका आउनुको उद्देश्य हेर्दा प्रस्ट हुन्छ– यो परियोजना नेपालका लागि राष्ट्रघाती छ । यसको राष्ट्रघाती अनुहार अझ छर्लङ्ग एमसीसी सम्झौतापत्रमा देखिन्छ । जब यो सम्झौता संसद्ले पास गर्नेछ त्यसपछि नेपालमा सम्झौतामा उल्लेख भएका हदसम्म नेपाली कानुनको सट्टा अमेरिकी कानुन (सम्झौता अमेरिकी कानुन नै हो लागु हुनेछ । नेपालका तत्तत् क्षेत्र अमेरिकी कानुनद्वारा निर्दे्शित र परिचालित हुनेछन् । नेपालका नागरिक नेपालको कानुनबाट होइन, अमेरिकी कानुनबाट शासित हुनेछन् । एमसीसीले विकास हैन, नेपालमा विनाश बोकेर आउँदैछ । भारतमा ब्रिटिसहरू पहिले घुमन्ते बनेर त्यसपछि व्यापारी बनेर त्यसपछि बन्दुक बोकेर त्यसपछि सत्ता खोस्दै आएको जस्तो एमसीसीको पैसा पछि अमेरिका त्यसरी नै आउने प्रस्ट छ । एमसीसी विरुद्ध ठूलो जनमत देखिएपछि केपी सरकारले के गर्ला ? भन्ने प्रश्न उठेको छ । तर केपी संसदबाट राष्ट्रघात हुने सम्भावना प्रबल बनेको छ । के यो तथ्य स्पष्ट छैन र ! विषय यति गम्भीर हुँदाहुँदै पनि काङ्ग्रेस, केपी वली समूह, कमल थापा र केही कूटनीतिज्ञ भन्नेहरूले एमसीसीलाई आर्थिक सहयोग र विकाससँग जोडेर यत्रो पैसा खेर जान दिनु नहुने, अमेरिकाको विकास होस् भन्ने चाहनालाई हस्तक्षेपमा बुझ्न नहुने, अमेरिकालाई जिस्क्याउन नहुने, शक्तिराष्ट्रसँग खेल्न नहुनेजस्ता अत्यन्त राष्ट्रिय आत्मसमर्पणवादी तर्क गरिरहेका छन् । हामीले बुझ्नुपर्छ एमसीसीको विषय धेरै पैसा र कम पैसा, विकास र अविकास, शक्तिराष्ट्र र कमजोर राष्ट्रसँग जोडिएको वा जोड्नुपर्ने विषय होइन । यस्तो तर्क गर्नु भनेको पद र पैसा पाएपछि देश बेचे पनि हुन्छ भन्ने लेन्डुपे तर्क हुन्छ । एउटा रमाइलो के भयो भने एमसीसीलाई आईपीएससँग सम्बन्धित छैन भनेर काङ्ग्रेस, केपी वलीका मान्छेहरू चिच्याइरहेकै बेला अमेरिकी राजदूतावासबाट आईपीएसकै अङ्ग हो भनेर वक्तव्य आयो । एमसीसीलाई आईपीएससँग सम्बन्धित छैन भनेर अमेरिकी सेवा गर्न चाहने दलालहरूलाई मालिकले यसरी उदाङ्गो बनाइदियो, दलालीको पनि आँट चाहिन्छ, पैसा चाहिएको हो भने खुला अमेरिकाका पक्षमा उभिएर बोल, हैन भने पाउँदैनौ भनिदियो । अब के गर्ने, मुख्यतः केपी गुटलाई चुनौती थपिएको छ । ४) राष्ट्रघातको सम्भावना एमसीसी विरुद्ध ठूलो जनमत देखिएपछि केपी सरकारले के गर्ला ? भन्ने प्रश्न उठेको छ । तर केपी वली, नेपाली काङ्ग्रेस र कमल थापाहरूले एमसीसी जसरी पनि पास गर्नुपर्छ भन्दै गर्दा संसदबाट राष्ट्रघात हुने सम्भावना प्रबल बनेको छ । यसलाई प्रचण्डको केही बुँदा सच्याएर पास गर्नुपर्छ भन्ने चरम अवसरवादी, उपयोगितावादी चरित्रले मलजल गर्ने देखिन्छ । हामीलाई एमाले पार्टी फुटाएर पनि केपी गुटले महाकाली सम्झौतालाई संसदबाटै पास गरेर अकल्पनीय क्षति पुर्‍याएको घटना ताजै छ । त्यसबेला पनि केपी गुट, काङ्ग्रेस र राप्रपाहरूकै गठजोड थियो । आज एक्काईस वर्षपछि केपी गुटले पुनः त्यही कलङ्कित अपराध दोहोर्‍याउने सम्भावना छ । सार्वभौमिक भनिएको संसदबाट राष्ट्रघातमा सहीछाप लगाइने सम्भावना बढेको छ । यसको छनक केपी वलीले पूर्वसभामुख कृष्ण महराले गर्दा संसदमा पेस हुन र पास हुन सकेन भनेर दिइसकेका छन् । एक प्रकारले भन्दा समस्या एमसीसीको भन्दा केपी प्रवृत्तिको बढी देखिन्छ । रूपमा शान्ति, विकास, राष्ट्र बोके जस्तो तर सारमा पद र कुर्सीका लागि देशलाई नै घात गर्ने प्रवृत्ति जुन प्रवृत्ति काङ्ग्रेस, प्रचण्डहरू भित्र पनि प्रसस्त देखिन्छ । यही प्रवृत्तिका कारण देशले ठूलो मूल्य चुकाउनुपर्ने समस्या आउन सक्छ । ५) यसको प्रतिरोध साम्राज्यवादी अतिक्रमण हुँदै गर्दा देशको स्वाधीनता र सार्वभौमिकता कुनै पनि पार्टी, नेता, संसद्, सरकारभन्दा माथि हुन्छ । कुनै नेता, पार्टी, संसद् र सरकारले देश र जनताको प्रतिनिधित्व एवम् नेतृत्व गर्न सक्दैनन् भने तिनको निर्णय, आदेश र नेतृत्व मान्ने हुँदैन । देशको स्वाधीनता र सार्वभौमिकताका लागि वास्तविक देशभक्त एवम् क्रान्तिकारी शक्तिले जनताको बीचबाट नेतृत्व गर्नुपर्ने हुन्छ । जसरी रुसमा संसद्को सट्टा सोभियतले र चीनमा च्याङकाई सेकको सट्टा जनवादी सरकारले देशको स्वाधीनताको नेतृत्व गर्नु परेको थियो । आज नेपालमा त्यस्तै परिस्थिति र जिम्मेवारी आएको छ । केपी सरकारले संसदबाट एमसीसी पास गर्ने अवस्था आयो, संसद्ले स्वाधीनताको रक्षा गर्न सकेन, देशभक्त नेपालीको प्रतिनिधित्व गर्न सकेन, नेताहरू दलालकै रूपमा भासिए भने स्वाधीनताको रक्षाका लागि जनताका बीचबाट देशभक्तिको सङ्घर्ष अगाडि बढाउनुपर्छ । देशको रक्षा गर्नु हरेक नागरिकको अधिकार र जिम्मेवारी हो । जनता एक भएर उठे कसैले हराउन नसक्ने तागत पैदा हुन्छ । देशको स्वाधीनताको रक्षा पनि अन्ततः जनताकै तागतले पूरा गर्छ । ज्वाला खबरबाट

अस्तित्व संकटमा ऐतिहासिक पाल्पा, यस्तो हुँदैछ अहिले

–श्रीराम स्वरुप प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाल्पा जिल्लामा १० वटा स्थानीय निकाय रहेका छन। जसमा ८ वटा गाउँपालिका पर्छन भने बाँकी दुईमा रामपुर नगरपालिका र तानसेन नगरपालिका हुन्। पाल्पामा रामपुर नगरपालिका पछि थपिन आएको हो भने सदरमुकाम तानसेन नगरपालिकाको रुपमा जनसंख्या, भुगोल एवं आर्थिक अवस्थाको आधारमा पहिलेदेखि नै कायम रहेको थियो। यस जिल्लाको सदरमुकाम बुटवल देखि उत्तर दिशातर्फ करिब ४२ किलोमिटर दुरीमा रहेको छ भने समुद्री सतहबाट १३५० मिटर उचाइमा रहेको छ। तानसेन नगरपालिका भित्रमा प्रति वर्ग किलोमिटर ४५९.१ जना मानिस बसोबास गर्ने गरेको तथा यसको कुल क्षेत्रफल १०९.८ किलोमिटर रहेको र जनसंख्या ५०,४०५ जना रहेको वि.सं. २०६८ को जनगणना अनुसार उल्लेख छ। समग्रतामा नगरपालिका वरिपरि हरेक कुराले सुविधा सम्पन्न मान्ने प्रवित्ति रहेतापनि नगरपालिका भित्रकै कतिपय क्षेत्रहरु अझै पनि विकासका दृष्टिले निकै विमुख भएको पाउँछौँ। स्थानीय चुनावको सन्दर्भलाई जोड दिएर गराईएको स्थानिय सिमाङ्कन कत्तिको वैज्ञानिक एवं जनपक्षीय थियो त्यो अर्को विषय वस्तु बन्न सक्ला तर सिमाङ्कन भित्रका हाम्रा भुगोल एवं सामाजिक रहनसहन हामीले नगरपालिकाको रुपमा गर्व गर्न सक्ने अवस्थामा छन कि छैनन, सोच्नुपर्ने बेला आएको छ। पाल्पा भनेर समग्र जिल्लालाई बुझिने गरिए तापनि बाहिरी जिल्ला हुनेहरुले भने सदरमुकाम क्षेत्रलाई मात्र पाल्पा भनेर बुझ्ने गरेको पाइन्छ। तानसेन बजारलाई मोटामोटी रुपमा सिमांकन गरेर हेर्ने हो भने बसपार्क भाग, बतासे भाग सरकारी अस्पताल र मिसन अस्पताल भाग बिचको भूभाग लाई लिन सक्छौं। यहि भूभाग भित्र करिब द्दण् वटाको हाराहारीमा शैक्षिक संस्था तथा चारवटा उच्चशिक्षाका विद्यालय छन्। त्यसबाहेक झण्डै दर्जनको हाराहारीमा विभिन्न कोचिङ सेन्टरहरु सन्चालनमा छन भने केही उच्च सुविधा युक्तका होटल, लज हरु समेत सन्चालन नभएका होइनन् । यस्तै किराना पसल, कपडा पसल, हार्डवेयर सामाग्री, स्टेसनरी पसल, जुत्ता पसल, मदिरा पसल इलेक्ट्रोनिक तथा साइवर क्षेत्रका पसलहरु, मेडिकलहरु छरिएर सन्चालित छन। सहारा कला केन्द्र, छमछम कला केन्द्र, सारेगम कला केन्द्र लगायतका केही साँस्कृतिक संघ संस्थाहरु सन्चालित छन भने साहित्य क्षेत्रमा पाल्पा साहित्य समाजको उपस्थिती छ। सिनेमाको रुपमा एकमात्र चलचित्र हल भनेको सन्तोष चलचित्र मन्दिर विशाल बजारमा सन्चालित रहिआएको छ। स्वास्थ क्षेत्रमा जिल्लामा खास गरेर युनाइटेड मिसन अस्पताल र सरकारी अस्पताल हुन त्यसबाहेकको हेर्ने हो भने प्रभासमा रहेको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल हो यी बाहेक आफ्नो तरिकाले नियम कानुनको परिधिभित्र रहेर सन्चालनमा रहेका मेडिकल कलेजहरु त हुने भई नै हाले। त्यस्तै मिडिया क्षेत्रमा श्रीनगर टेलिभिजन, सुर्योदय टेलिभिजन, झण्डै आधा दर्जन एफ एम स्टेसन र आधा दर्जनकै सेरोफेरोमा पत्रपत्रिका सन्चालित छन्। यसरी पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारलाई हेर्ने हो भने आज भन्दा बर्षौँ अघि र अहिलेमा हामीले खासै फरक भेट्न सक्दैनौं । केही गल्ली भित्रका मोटरबाटो पिच भए होलान, केही घरहरु निर्माण भए होलान, घरको भित्ताका रङहरु बदलिए होलान तर पछिल्लो समय तानसेन बजारभित्र निर्माण भएको गर्व गर्न सक्ने कुनै चिज छ ? श्रीनगरमा भ्यु टावरको निर्माण, टुँडिखेलमा होटेल ताजको स्थापना, नगरपालिकाले तोकेको पार्किङ शुल्क, केही महँगीएको कोठाभाडा यो बाहेक नि ? एक घण्टा पैदल लगाएर पुर्वको धर्मशाला बाट मिसन अस्पताल हुँदै गैरागाउँ, नारायण स्थान, लहरे पिपल हुँदै पेट्रोल पम्पबाट तेस्रो सडक, ठाडो गल्ली, शितलपाटिबाट भगवती टोल, बिशाल बजार हुँदै कैलाश नगर तथा यता सितलपार्टी बाट होटेल अन्नपूर्ण गार्डेन आइपुग्दा लगभग तानसेन बजार सकिन्छ। तानसेन बजार यति सानो एवं फुर्सदिलो छ कि मानौँ एउटा सानो घटना भयो,घट्यो भनेपनि पूरा टोल,बजार भरि फैलिन्छ। हरेक गल्लीमा, हरेक टोलमा जतिसुकै बेला पनि आफुले नचिनेको मान्छे हुँदैन यसले पनि तानसेन बजारको आकारलाई सजिलै प्रमाणित गर्छ। तानसेनमा मात्र नभई पाल्पामै त्यस्तो धेरै क्रियासिल संघ संगठनहरु छैनन। पाल्पामा सबैभन्दा क्रियासिल संगठन भनेको ‘एन बि आर’ जसमा युवा पुरुष वर्गको उपस्थित रहने हिसाबले कार्यक्रम हुँदै आएका छ भने कतिपय सन्दर्भमा डब्लू आर आर संग संयुक्त प्रयासमा समेत सामाजिक कार्यक्रम गर्दै आएको छ। एन बि आरले सामाजिक संस्था फेसबुक मार्फत आफ्नो सन्जाल बिस्तार गरेर विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ। उक्त संगठन देशभित्र मात्र नभएर बिदेशमा समेत नेपाली युवाहरु उत्तिकै क्रियासिल रहि आएका छन्। यस बाहेक श्रीनगर लायन्स क्लबले पनि विभिन्न सन्दर्भमा विभिन्न कार्य गर्दै आएको छ। यी बाहेक आम जनमानसमा प्रभाव पार्न सक्ने गरि अन्य संघ संगठनले कार्य गरेको पाइँदैन। राजनीतिक सन्दर्भमा हुने एउटा पाटो भयो नत्रभने पाल्पामा आन्दोलनको मोर्चा उठाउने गरि कुनै किसिमको जुलुस, सभा सम्मेलन भएको कमै देख्न पाइन्छ। पहिले पहिले तानसेनमा स्थायित्व तरिकाले डेरामा बसेर पढ्ने विद्यार्थीहरु प्रशस्त मात्रामा देखिए तापनि अहिले भने त्यसमा समेत कमि देखिन्छ। कतिपय ग्रामीण क्षेत्रबाटै आउने जाने गर्छन भने कतिपय रोजगार र विभिन्न अवसर समेत पाइने भन्दै तानसेन भन्दा बुटवल आसपासका क्षेत्रतिरै झर्नेको सङ्ख्या बढि देखिन्छ। त्रिभुवन बहुमुखी क्याम्पसमा पुग्ने हो भने दुई तिहाइ छात्रा देख्दा एक तिहाइ छात्र पनि मुस्किलले देख्न सकिन्छ। केही व्यापार व्यवसाय गर्ने र जागिरे बाहेक अरुमा चलायमान शैली भएको सहजै अनुमान लगाउन सकिन्छ। एक त भौगोलिक हिसाबले पनि यहाँ यो भन्दा बढी निर्माण संरचना निर्माण गर्न कठिन छ। यो भन्दा बजार बिस्तार हुने अवस्था पनि कम देखिन्छ भने स्थानीय निकायहरुको उपस्थित, गाउँ गाउँमा सहजै मोटरको पहुँचले पनि तानसेन बजारको क्षेत्र साँघुरिएको हुन सक्छ। तानसेन बजारको रौनकतामा कमि आउनुका केही कारणहरु निम्न हुन सक्छन। १. तानसेनमा रोजगारीको अभाव, २. अवसरहरुको कमि, ३. भौगोलिक जटिलता, ४. स्थानीय निकायको अधिकार सम्पन्नता, ५. गाउँगाउँमा मोटरको पहुँच, ६. बुटवल आसपास क्षेत्रमा बढ्दो आकर्षण, ७. सिमित ब्यक्तिहरुको प्रभाव एंव उपस्थिति, ८. पानीको अभाव, ९. सिमित बिकल्पहरु, १०. गाउँ घरमा समेत सुचना प्रविधिको बिकास एवं प्रचारप्रसार, ११. बजार विस्तारिकरण हुन नसक्नु, १२. प्रतिस्पर्धात्मक क्रियाकलापहरुको कमि, १३. प्रशस्त उद्योग कलकारखाना सन्चालनमा आउन नसक्नु, यिनै विविध कारणहरुले तानसेन बजार साँघुरिदै गएको अनुमान लगाउन सकिन्छ। पछिल्लो सन्दर्भमा बजार आसपास भित्रै समेत घरघडेरी बिक्रीबितरण कारोबार ठप्प भएको छ। आज भन्दा पाँच–दश बर्ष अघि किनेको घडेरी अहिले उत्तिकै भाउमा बेच्न खोज्दा समेत बिक्री हुन नसकेको गुनासो सुनिनुले भविष्यमा तानसेन बजारको भविष्य कता जाला ? अनि सदरमुकाम बजार भित्रै विकास विस्तारको यो हैसियतले नगरपालिकाका कुना काप्चामा बिकासको आसा के ? गाउँपालिकाका क्षेत्रहरु नगरपालिकाको रुपमा घोषित हुन सक्ने बनाउन सरकारी स्तरबाटै पहल हुन्छ या त गाउँ अझै मधेसतिरै ओरालो लाग्छ भविष्यले बताउला अनि यहाँको नेतृत्वले कत्तिको काँध थाप्न सक्ला ? या त गाउँमा राजनीति सहरतिर दरबार ठड्याउन तल्लीन रहला, खबरदारी जरुरत भइसकेको छ ।

वानडे क्रिकेटमा ऋषभ पन्तको पहिलो अर्धशतक

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतीय टिमका विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले शानदार अर्धशतक बनाएका छन् । उनले ४९ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन् । वान डे अन्तर्राष्ट्रिय क्रिकेटमा पन्तको यो पहिलो अर्धशतक हो । यसअघि वानडेमा उनको उच्च स्कोर ४८ रन थियो । टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म ३५ ओभरमा ३ विकेट गुमाएर १ सय ८५ रन बनाएको छ ।  

कुनै–कुनै महिला यौनसम्पर्कपछि किन रुन्छन्?

जीवनलाई सबैतिरबाट सफल र सुन्दर बनाउन चाहनुहुन्छ भने तपाईको यौन जीवन पनि सफल हुनैपर्छ । यौन जीवन ठिक नभए विविध किसिमका तनावबाट गुज्रिनुपर्ने हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’ । यौन सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ । यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । तर तपाईलाई थाहा छ, यौन सम्पर्क पछि महिलाहरु किन निराश हुन्छन् ? हालैमात्र एउटा अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ । क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ । २ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ । –एजेन्सीको सहयोगमा

इन्काउण्टर हुनसक्छ : एसपी तामाङ

नेपालगंज, वैसाख २३ । बाँकेका प्रहरी प्रमुख (एसपी) टेकबहादुर तामाङले कानुन कार्यान्वयनको दौरानमा कसैले हातहतियार सहित बाधा पुर्याए इन्काउन्टर हुने बताउनुभएको छ । आफ्नै कार्यकक्षमा पत्रकारहरुसंग कुराकानि गर्दे तामाङ्गले यस्तो बताउनुभएको हो । बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संबेदनसील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्नेकार्य जिल्ला प्रहरीकार्यालय बाँकेको प्राथमिताको प्रथम सुचिमा रहेको बताउनुभयो । छिमेकी देश भारत संग जोडिएको नाकाक्षेत्र समेत भएकाले नाकासंग सम्बन्धित अन्तरदेशिय अपराधका नियन्त्रण, लागू औषध ओसार पसार , चन्दा तथा फिरौति, गुण्डा गर्दी एवं संगठित अपराधक निर्मुल गर्नका लागि प्रहरी सकृय रहेको बताउनु भयो । एक अर्को प्रसंगमा तामाङ्गले नेपाल सरकारको २० बर्षे सवारी साधनहरु बिस्थापन गर्ने नितिअनुरप हाल सम्म ३ वटा सवारी साधनहरुलाई यातायात व्यवस्था कार्यालयमा पठाईएको बताउनुभयो । नेपाल सरकारको सिण्डिकेट बिरुद्धको नीतिलाई कार्यान्वयन गर्ने सवालमा शनिबारसम्म ४ जना यातायात व्यवसायीहरु सहित ३ जनाकर्मचारी गरी जम्मा ७ जनालाई अत्यावस्यक सेवा संचालन ऐन २०१४ बमोजिम कार्वाहिका लागि प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । प्रकृतिगत हिसाबमा जिल्ला प्रहरी बाँकेमा फाइलहुने केसहरु मध्ये करीब १ तिहाई केसहरु लागूऔषध संग सम्बन्धित हुने तामाङ्गले बताउनुभयो । नेपालगंजमा वेस्यावृत्ति समेत मौलाएको भन्दै तामाङले वेस्यावृत्तिमा संलग्नहरुको पुनःस्थापनाकालागि सिपमूलक तालिमहरु संचालन गरी उनीहरुको सम्मानीत जिवनयापनका लागि सम्बन्धित सरोकारवालाहरुले समन्वय गर्नुपर्नेकुरामा जोड दिंदै औद्योगिक सुरक्षामा समेत प्रहरी सकृय रहेको बताउनुभयो । जनमैत्री प्रहरीको बिकास र आम जनताका समस्याहरु सहज र सरलरुपमा प्रहरीले सुन्ने भन्दै मुस्कान सहितको प्रहरी सेवा दिन दिन रात बाँके प्रहरी सकृयरहेको बताउनुभयो । “संगठित अपराधमा प्रहरीको सुन्य सहनसील निती रहेको छ” तामाङ्ले भन्नु भयो । जनतार प्रहरीको सम्बन्ध बिस्तार गर्न र ढुक्क संग जनताले आफ्ना समस्याहरु प्रहरी संग राख्े बाताबरण मिलाईएको दावी गर्दे कुनैपनि आम सर्वसाधारणले एसपि लाई भेट्न पाउने बताउनुभयो । नेपालगंज नाका स्थल मार्ग समेत प्रयोगगरी चेलीबेटि बेच बिखन गर्ने क्षेत्र भएको तर्फ संकेत गर्दे तामाङ्गले प्रहरी आफै र विभिन्न संघसंस्थाहरुको सहयोगमा चेलीबेटी बेचबिखन बिरुद्ध अपरेसनहरु संचालनगरीरहेको जानकारी दिनुभयो । हाल ८ जना संगठित अपराधमा संलगनहरुलाई प्रहरस्ी कस्टडिमा लिएर अनुसन्धा गरीरहेको जानकारी दिंदै कानुनसम्मत काम गर्दा कसैको चाकडि गर्नु नपर्ने तर कानुन बिपरित कार्यगर्ने कसैलाई पनि प्रहरीले नछोड्ने चेतावनी समेत दिनुभयो । जिल्ला प्रहरी कार्यालयमा महिला तथा बालबालिकाहरुको बेसहरु पनि बेसी आउने भन्दै तामाङ्गले महिला सेल मार्फत समस्या समाधान गरीरहेको जानकारी दिनुभयो । नेपाल प्रहरस्को “सिधा कारबाही” आरएससिसि लाई समेत एकिकृतरुपमा आगूगरीरहेको प्रहरीले ध्वनि प्रदुषण लाई नियन्त्रण गर्न रात्रिकालिन समय ११ बजेसमम मात्र कुनैपनि सुभ तथा धार्मीक कार्यमा साउण्ड सिस्टम बजाउन पाउने आचारसंहिता बनाई लगूगरेको तामाङ्गले बताउनुभयो ।

यौनकर्मीहरुले लामो समयसम्म कसरी सेक्स गर्न सकिन्छ त ? के छ यसको उपाय ?

किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भएपनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गएपनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् । यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एकआपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानी–नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य(मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं । यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्‍याउनुभएकै होला । के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला रु मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन (जुन आफैंमा पाक्क्रीडा हो० मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ । के यो शीघ्रपतन हो रु कसरी समय बढाउने रु यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ । आक्कल(झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने(सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ । यौनसम्पर्कको समय कति हुनुपर्छ रु यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ । एजेन्सीको सहयोगबाट