सत्ता समीकरण परिवर्तन हुँदैनः झलनाथ खनाल

मोरङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पारे । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै भएको छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताए ।

उनले भने, “वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिस्टबिच एकता जरुरी छ । यो आजको आवश्यकता पनि हो । यसमा कुनै दुईमत छैन ।” उनले कोशी प्रदेशलगायत अन्य प्रदेशमा नयाँ सरकार निर्माण सुरु भइसकेको समेत बताए । 

नेता खनालले पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्री पदको माग नगरेको उल्लेख गरे ।  

कोशी प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिनु केही राजनीतिक र संवैधानिक समस्या भएको उनले बताए । उनले यो सङ्क्रमणको समय भएकाले छिट्टै समाधान हुनेमा विश्वास व्यक्त गरे । उनले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्ने धारणा समेत राखे । 

मापदण्डविपरित संचालित खानेपानी उद्योगमा सिल

काठमाडौं । सरकारले काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसमेतको टोलीले हिजो नाम ठेगाना नखुलेको एक उद्योगको स्थलगत निरीक्षण तथा अनुगमन गरी सिल गरेको हो ।

सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका प्रहरी नायब उपरीक्षक केसी बर्खास्त

काठमाडौं । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका डीएसपी केसीलाई बर्खास्त गरिएको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले सोमबार बर्खास्त गरेको हो । डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले बताए । बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो । केसीमाथि अनुसन्धान गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले आज नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले एक दिन अगाडि प्रदर्शन हुने विषयमा चलचित्र भवनले प्रचार गरिसकेको जानकारी दिए । उनले भने, ‘विदेशी चलचित्रसमेत आज नै आउँदैछ । त्यसैले हामीले पनि यही समय रोजेका हौँ ।’ चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् । शर्मिला पाण्डेको निर्माण, निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उत्तल चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन् ।

दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिन मेयर रेनुले

चितवन । भरतपुर महानगरमा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो । २ बर्ष अघिदेखि सुरु गरेको कार्यक्रम अन्र्तगत यो पटक भरतपुर वडा नम्बर १८, १९ र २० का ८ वटा विद्यालयका गरी ६० जना छात्रालाई आज साईकल वितरण गरिएको भरतपुर महानगर सामाजिक महाशाखले जनाएको छ ।  महानगरले हालसम्म ५ सय २४ जना छात्रालाई साईकल प्रदान गरिसकेको छ । विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको मेयर रेनु दाहालले जानकारी दिईन् । महानगरले यो बर्ष १० वटा वडाका २ सय जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन्।एक समारोहका विच भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाहसहितको टिमले संयुक्त रुपमा छात्राहरु पश्चिम चितवनको भीमनगर माविबाट साईकल वितरण गरेका थिए । सो अवसर बोल्दै मेयर रेनु दाहालले विकासको गतिले अगाडी बढेको भरतपुरमा शैक्षिक सुधारका लागि स्थानिय सरकारले गर्नुपर्ने शैक्षिक सुधारकै कारण ५ हजार भन्दा बढी विद्याथीृहरु सामुदायिक विद्यालयमा बढेको जानकारी दिईन् ।उनले  महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन्।  उनका अनुसार महानगरभित्रका सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको छ । यस्तै उपमेयर पार्वती शाहले  विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरुलाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताइन्। उनले महानगरले छात्राहरुलाई नै लक्षित गरि निशुल्क रुपमा सेनेटरी प्याड वितरणदेखि स्कुल बस प्रदानसहितका शैक्षिक सुधारका आधा दर्जन बढी कामहरु गरेको बताईन् । साइकल पाएपछि छात्राहरु खुसी भएका छन् । साइकलका कारण विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईलाई निरन्तरता दिन सहज हुने छात्राहरुले बताए। कार्यक्रममा बोल्दै छात्रा भरतपुर २० भीमचन्द्र आधारभुत विद्यालय कक्षा दुईमा अध्यनरत मन्जु परियारले साधन नहुँदा विद्यालय पुग्न ढिला हुने र कक्षा छुट्ने समस्याको अन्त्य भएको बताए ।यस्तै भरतपुर १८ भुवनवस्ती स्थित आधारभुत माध्यामिक विद्यालय कक्षा ७ मा अध्ययनरत सविना नेपालीले पनि आफुलाई मात्र होइन साइकल नभएका साथीहरुलाई पनि सहयोग गर्न पाउने अवसर प्राप्त भएको बताईन् । उनी मात्रै होईन् भरतपुर १८ गुञ्जनगर मावि कक्षा ११ मा अध्ययनरत सम्झना दुलालेको पनि खुसी उस्तै थियो । उनले साईकल प्रदान गरेकोमा मेयर रेनु दाहाल र  उपमेयर पार्वती शाहलाई धन्यवाद दिदै यस्तै दिनदुखीका लागि विभिन्न काम गर्न सुझाव दिईन् । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरको शैक्षिक सुधार नीतिले यहाँ शैक्षिक आर्कषण बढेको बताए । उनलका अनुसार महानगरले हालसम्म शैक्षिक सुधारका लागि ८० लाख बजेट छुटाउदै सुरु भएको सुधार कार्यक्रममा यो बर्ष मात्रै १७ करोड रुपैया छुटाई काम भएको बताए ।

काेराेना उपचारमा सहयाेग गर्न माओवादीले बनायाे स्वास्थ आपतकालिन टीम, काे काे छन् त टीममा, कसरी सम्पर्क गर्ने ?

काठमाडौ । नेकपा माओवादी केन्द्रले काेराेना महामारीले प्रभावित बनेकालाई आवश्यक सहयाेग गर्न आपतकालीन टिम गठन गरेकाे छ । काेराेनाकाे तेश्राे लहर आक्रामक बनेकाे बेला उपचार तथा राेकथाममा सहजिकरण गर्न पारेटीले ६३ सदस्यीय आपतकालीन टाेली निर्माण गरेकाे हाे । टाेलीलाई भीमा गौतमले संयाेजन गर्नेछन् भने टिमले काठमाडौं उपत्यका र देशै भरिबाट उपचारका लागि आएका र आउँदै गरेकालाई जतिसक्दो छिटो अस्पताल पुर्‍याइ उपचार गर्ने व्यवस्था मिलाउन आवश्यक समन्वय गर्ने छ । स्वास्थ्य सम्बन्धी कुनै समस्या आएमा टिमका सदस्यलाई सम्पर्क गर्न नवगठित टिमले आग्रह गरेकाे छ । टिमका काठमाडौ उपत्यकामा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलाई समेटिएको छ। काे काे छन् त टीममा?

राप्तीमा एक जनाको हत्या, छिमेकी पक्राउ

काठमाडौं । पूर्वी चितवनको राप्तीमा एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । कान्छाको हत्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको प्रहरीको भनाइ छ । घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडपसमेत भएको थियो । स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो ।

मनकारी मीनाः आफूले एक छाक खाइन तर भोको राखिनन् दर्जनबढी कुकुरलाई

काठमाडौं । लकडाउनको सास्ती नभोग्ने को होला ? आम मानिसलाई यसको सबैभन्दा बढी असर परेको छ । खासगरी मजदूरी गर्नेहरु त बिचल्लीमा परेका छन् । तर यसको असर जनावरलाई पनि उत्तिकै परेको छ । मान्छेले त मागेर पनि खान सक्छन् तर जनावर नि रु यही सोचिन मनकारी मीनाले । आफूले भरपेट खाँदा वरिपरि घुम्ने कुकुरहरुको अवस्थाले उनको मन दुख्यो । अनि उनले एउटा ठूलो फैसला गरिन । उनले आफूले एक छाक खाएर ती सबै कुकुरलाई खाना खुवाइन । नवभारत टाइम्सका अनुसार, अर्काको घरमा खाना बनाएर गुजारा गर्दै आएकी मीनाले आफू भोको रहेपनि कुकुरहरुलाई भोको नराख्ने प्रण गरिन । चेन्नइकी मीनाका अनुसार, उनका केही मालिकहरुले एडभान्समा पैसा दिए । मालिकहरुलाई आफ्नो घरमा १३ कुकुर बस्ने थाहा थियो । अनि मीनाले गल्लीका कुकुरलाई खाना खुवाउँदै आएको पनि उनीहरुले थाहा पाएपछि केही सहयोग गरेको मीनाले बताइन ।  

मिठाईमा झिंगा र साङ्ला भेटिएपछि गौशालाका २ मिठाई पसलमा शिलबन्दी !

काठमाडौं, असोज १८ । सरकारले आज पनि बजार अनुगमनलाई तिव्र पारेको छ । अनुगमनकै क्रममा काठमाडौंको गौशालामा रहेका दुई वटा मिठाई पसलमा शिलबन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले बिहीबार मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका बस्तु मिसावट भएको पाइएपछि गौशालामा रहेको व्यञ्जन मिठाई पसल र अन्नपूर्ण मिठाई पसलमा शिलबन्दी गरेको हो । झिंगा, साङलाजस्ता मानव स्वास्थ्यमा गम्भीर नोक्सान पुर्‍याउने खालका बस्तुहरु मिसावट भएको पाइएपछि दुवै मिठाई पसल शिलबन्दी गर्नु परेको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिनुभयो । विभागले यसअघि नयाँबानेश्वरस्थित संगम मिठाई पसलमा पनि अखाद्य बस्तु मिसावट भएको पाएपछि शिलबन्दी गरेको थियो । खाद्य अनुसन्धान अधिकृत सुवेदीले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका मिसावट गर्ने उत्पादन, बिक्री वितरण केन्द्रमा शिलबन्दी गरी कडा कारबाही गर्ने चेतावनी दिए । विभागले अनुगमनको क्रममा दुवै मिठाई पसलबाट साङला, झिंगा लगायतका बस्तु मिसिएको झण्डै १ सय २० केजी मिठाईलगायतका बस्तुहरु नष्ट पनि गरेको छ । दुवै पसललाई खाद्य ऐन अन्तरगत कार्वाही हुने पनि विभागले स्पष्ट पारेको छ । खाद्य ऐन अनुसार गुणस्तरहीन खाद्य बस्तु उत्पादन, विक्री वितरण गर्नेमाथि कम्तीमा ५० हजार जरिवाना र ५ वर्ष कैद सजाय दिने व्यवस्था गरिएको छ । सरकारले दसैँ, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौंलगायत देशभरका मुख्यमुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।

मानिस निरोगी हुनका लागि यस्तो आहार सेवन गर्नु लाभदायक

अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं । कामको व्यस्तताले कतिपयले सुत्न समेत नपाएको गुनासो गर्ने गर्छन् । फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा कहिले आउला भनेर औंला भाँच्ने जमात पनि उल्लेखनीय छ । व्यस्तताका कारण धेरैले स्वास्थमा ठूलो मुल्य चुकाएका छन् । खानपिन र आहारमा राम्रो बिचार र्पुयाएमा मानिस पूर्ण रुपमा स्वस्थ बन्न सक्ने विज्ञहरु बताउछन् । नियमित रुपमा यी खानेकुरा खाँदा मानिसको समग्र स्वास्थ्यमा सुधार आउने विज्ञहरुको भनाई छ । तल उल्लेखित खानाले उमेर नपुग्दै बुढ्यौली हुने समस्याबाट बच्ने, कोलस्ट्रोल र रक्तचापको नियन्त्रण हुने तथा शरीरलाई डायबिटिजबाट मुक्त गर्न सकिने उनीहरुको जोड छ । स्याउ दिनहुँ एउटा स्याउ खाँदा रोग भाग्छ भन्ने अंग्रेजी उखान अहिले व्यवहारिक रुपमा नै सत्य सावित हुँदैछ । स्याउमा शरीरलाई आवश्यक पर्ने फाइबर हुन्छ, जसले शरीरको पाचन प्रणालीलाई सहयोग गर्छ । स्याउमा भिटामिन ए, सी, इ, फस्फोरस, म्याग्नेसियम,पोटासियम लगायत शरीरलाई आवश्यक पर्ने तत्व हुन्छ, जसले शरीरलाई स्वस्थ बनाउछ । स्याउमा हुने एन्टिअक्सिडेन्टले त सम्भावित क्यान्सरबाट बचाउँछ । देशी बदाम र ओखर नियमित आल्मोन्डको सेबनले स्मरण क्षमता बृद्धि गर्छ । सबैभन्दा महत्वपूर्ण त यसले आँखाको दृष्टिमा सुधार ल्याउछ भनेर विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् । गर्भवती महिलाले बदाम खाँदा बच्चाको दृष्टि बलियो हुने विज्ञहरुको भनाई छ । शरीरको खराब कोलेस्ट्रोल घटाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ बदाम र ओखर । आल्मोन्डले छालामा चमक ल्याउछ । अंगुर तौल घटाउन चाहनेका लागि अंगुर अचुक उपाय हुन सक्छ । नियमित अंगुरको सेबनले ब्लड सुगरको तह पनि घटाइदिन्छ । अंगुरमा हुने पेक्टिन नामक तत्वले रक्त प्रबाहमा हुने कार्बोहाईड्रेटको तह घटाइदिन्छ र शरीरलाई मोटो हुनबाट बचाउछ । गेडागुडी प्राय सबै मौसमी गेडागुडीले हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन प्रोटिन लगायतका खानेकुरा प्रदान गर्छन् । गेडागुडीमा पर्याप्त मात्रामा फाइबर, म्याग्नेसियम, आइरन, जींक र भिटामिन बी हुन्छ, जसले रक्तचाप घटाउने र डायबिटिज नियन्त्रण गर्छ । केरा पोटास र आइरनको मुख्य स्रोत केराले हेमोग्लोबिनको तहलाई नियन्त्रण गर्छ । केरा पाचन प्रणालीमा पनि उत्तिकै प्रभावकारी भएकोले नियमित दुईओटा केरा खाँदा कब्जियतको समस्या हुँदैन । ग्रीन टि तौल घटाउन ग्रीन टि निकै प्रभावकारी मानिन्छ । यसले शरीरको मेटाबोलिजमलाई बृद्धि गर्छ । यो एन्टिअक्सिडेन्टको महत्वपूर्ण स्रोत समेत हो । यसमा मानिसलाई बृद्ध हुनबाट बच्ने गुण समेत हुन्छ । यसले कोलेस्ट्रोलको तहलाई पनि सुधार गर्छ । दही दही क्याल्सियमको महत्वपूर्ण स्रोत हो । दहीले हड्डी बलियो बनाउन पनि उत्तिकै सहयोग पु¥याउछ । माछा, मासु र अन्डा नखाने मानिसले दहीबाट प्रोटिन लिन सक्छ । यसले पाचन प्रक्रियालाई सशक्त बनाउछ । दहीमा हुने यही गुणका कारण खाना खाईसकेपछि डेर्जटको रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।

‘पतंजली सुरशाला’ आइडल जुनियरको बिजेता आयुष केसी

काठमाडौं, चैत ५ । सुरशाला फ़ाउण्डेशन र म्युजिक एकेडेमीको आयोजनामा नेपालको पहिलो बाल गायन रियालिटी शो पतंजली सुरशाला आइडल जुनियरको ग्रान्ड फिनाले सम्पन्न भएकोछ  । मोडर्न स्कुल भक्तपुरमा अध्यनरत सिन्धुपाल्चोकका आयुस के सी पतंजली सुरशाला आइडल जुनियरको बिजेता बनेका छन ।  उनले पतंजलिको तर्फबाट रु ५१, ००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ५०,०००  गरि जम्मा नगद रु १ लाख १ हजार नगद प्रुस्कार का सहित ३, लाख ५० हजार रुपैया बराबर गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृतिको पुरुस्कार जितेका छन् । सी‍.टि.भी मोबाइल को तर्फबाट मोबाइल गिफ्ट हयाम्पर जितेका छन्  । यसै गरि ज्ञान निकेतन मा अध्यनरत काठमान्डौका स्रजल महर्जन यु ट्युब मा सबै भन्दा बढी दर्शक भोट पाएर पब्लिक चोइस अवार्डू को बिजेता र टप ५ मा तेस्रो स्थान हाँसिल गरी पतंजलिको तर्फबाट रु ३१००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु २०, ०००र १५, ००० गरि जम्मा नगद रु ६६,००० र नगद प्रुस्कार का सहित १, लाख ५० हजार रुपैया बराबर गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति को पुरुस्कार जितेका छन्  । त्यसै गरि सुनसरीका प्रितम आचार्य दोस्रो स्थान हँसिल गरी पतंजलिको तर्फबाट रु ४१,००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ३०, ००० गरि जम्मा नगद रु ७१,०००र नगद पुरस्कार का सहित २, लाख ५० हजार रुपैया बराबर गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृतिको पुरुस्कार जितेका छन्  । क्रमश चितवनका अद्दित्य राज ढकाल चौथो र पोखराकी ममता गुरुङ पाँचौं स्थान मा परि सुरशालाको तर्फबाट नगद रु १० र १० हजार, गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति प्राप्त गरेका छन्  ।  साथमा रेबेल क्रियशनको तर्फबाट पतंजली सुरशाला आइडल जुनियर टप १० लाइ नै गीति अल्बम र टप ५ लाइ म्युजिक भिडियो को अवसर , लोकप्रिय संगीतकार आलोक श्री का तर्फबाट टप ७ लाइ गीति अल्बम को अवसर पाउनेछन   । देशका विभिन्न स्थानहरुबाट ७ बर्ष देखि १६ वर्ष भित्रका १५ सयभंन्दा बढी प्रतिभाशाली बाल सहभागीहरुले अडिशन दिएका थिए र उनीहरु मध्यबाट टप १० हुँदै उत्कृष्ठ ५ को छनोट भएको थियो  । रसियन कल्चर सेन्टरमा बरिष्ठ गायक प्रेम ध्वजको प्रधान ज्युको प्रमुख आतिथ्यमा टप ५ पतंजली सुरशाला आइडल जुनियरले जोडदार प्रस्तुति दिएका थिए।  कार्यक्रममा संगीत साहित्य र कला क्षेत्रका बिशिष्ठ अतिथिज्युहरु उपस्थिति थियो बरिष्ठ गीतकार रत्न शमशेर थापा, गीतकार फिल्म निर्माता यादव खरेल, गीतकार राजेन्द्र थापा, बरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, महेश खड्का, गायक रामकृष्ण ढकाल ,प्रमोद खरेल, नरहरि प्रेमी लगायत, विभिन्न क्षेत्रका बिशिष्ठ व्यक्तित्व, अविभावक हरुको उपस्थित थियो  । यस कार्यक्रमका मुख्य निर्णायक गायक हेमत शर्मा, राज सिग्देल र जुना प्रसाईं थिए भने अमन प्रधान सुप्रिया मास्के का साथमा नरेश भट्टराई ले कायक्रम संचालन गरेका थिए ।   कार्यक्रमका निर्देशक गायक अमृत छेत्रीले सुरशाला आइडल जुनियर सम्पूर्ण टीमलाई धन्यबाद दिदै सुरशाला फ़ाउण्डेशन निरन्तर बालबालिकाहरुको प्रतिभाको खोजि गर्ने र उनीहरुलाई संगीतको ब्यबहारिक शिक्षा र अवसर प्रदान गर्ने बताए ।  साथमा यस पहिलो कार्यक्रमको अपार सफलता पछि सुरशाला आइडल जुनियर दोस्रो छिटै शुरु हुनेघोषणा समेत गरेका छन् ।

सरकारले १०० दिनसम्म सत्ताको दुरूपयोग मात्रै गर्‍यो : प्रभु साह

काठमाडौँ ।  आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिन सत्ताको दुरुपयोग मात्रै गरेको टिप्पणी  गर्नुभएको छ।  ओली सरकार विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममा मात्रै सीमित रहेको उहाँले बताउनुभयो ।  बुधबार काठमाडौंमा आज आयोजित एक कार्यक्रममा साहले ओली नेतृत्वको सरकार जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको दाबी उहाँले बताउनुभयो ।  वर्तमान सरकार विपक्षी दलहरूलाई तर्साउने र फुटाउने खेलमा लागेको पनि उहाँले आरोप लगाउनुभयो । ‘यो सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होइन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो । जनतालाई उत्साहभन्दापनि निराशा बनाउने काम गर्‍यो । देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो । सरकारको एक सय दिनमा प्लस खासै छैन, माइनस बढी छ । नकारात्मक बढी छ’ साहले भन्नुभयो । वर्तमान सरकारको काम विपक्षीहरूलाई तर्साउन र झुटा मुद्दा लगाउनेमा केन्द्रित भएको उल्लेख गर्दै उहाँले गौर हत्याकाण्डका दोषीहरू खुलेआम घुम्दा सरकारले उनीहरूलाई संरक्षण दिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कार्यालय मदननगरमा नबनाउनुको भनेको मदन भण्डारीको अपमान गर्ने काम भएको समेत उहाँको टिप्पणी छ । एमालेको हाल मदननगरमा भएको जग्गा पनि अहिले कीर्तिपुरमा मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गाभन्दा कम नभएको साहले बताउनुभयो ।

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरे भिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।   हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरे भिर हो ।  पहिरो नियन्त्रणका निम्ति संघीय सरकारले १६ करोड ४८ लाख लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।

प्रतिनिधि सभा बैठक : नीति तथा कार्यक्रम पारित गर्ने तयारी

काठमाडौं । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।  बैठक आज बिहान ११ बजे बस्ने बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन सकेको छैन। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ। सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन्। त्यसपछि पारित गर्ने सभामुखको तयारी छ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयमा छलफल गर्न सोमबार बिहान १० बजे संसद् भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।  प्रधानमन्त्री पुष्पकमल प्रचण्डले प्रतिनिधि सभाबाट आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । उक्त विश्वासको मतसम्बन्धी पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेस गर्ने  सङ्घीय संसद्को आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ  । सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ । सङ्घीय संसद्को चौथो अर्थात् बर्खे अधिवेशन गत वैशाख २८ बाट सुरु भएको हो । संसद्को संयुक्त बैठकमा यही जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

नेपाल र चीनबीचको टिपताला नाकामा नेपालतर्फबाट गाडी पुग्यो

काठमाडौं । नेपाल र चीनबीचको टिपताला नाकासम्म नेपालतर्फबाट पनि गाडी पुगेका छन्। टिपताला नाका पाँच हजार एक सय मिटरको उचाइमा रहेको ताप्लेजुङस्थित नेपाल र चीनको सीमाक्षेत्र हो। फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा रहेको टिपताला नाकासम्मको सडक चौडा गरिएपछि शुक्रबार एक्स्काभेटर र ट्रयाक्टरनाकासम्म पुर्‍याइएको छ। चीनतर्फबाट भने पाँच वर्षअघि नै टिपताला नाकासम्म गाडी आउने गरेका थिए। फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले भने पहिले नाकाबाट बोकेर सामान ल्याइन्थ्यो । यहाँको सामान पनि बोकेर पठाउनुपर्दथ्यो । अब त गाडीमा ल्याउन पाइने भयो । त्यसका लागि सरकारले नाका खोल्न पहल गरोस् । गत चैतमा सदरमुकाम फुङलिङबाट ओलाङचुङगोलासम्म गाडी पुगेपछि तमोर करिडोर आयोजनाले टिपताला नाकासम्मको २४ किलोमिटर सडक स्तरोन्नति (पहिरो हटाउने, सडक चौडा गर्ने) काम गरेको हो। सडक स्तरोन्नति गरिरहेको एलाइट जेभी कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेका अनुसार तमोरको किनार भएर टिपताला गाडी पुगेका हुन्। ओलाङचुङगोलादेखि टिपताला नाकासम्मको २४ किलोमिटर सडक तीन करोड खर्चेर चार वर्ष घि नै ट्र्याक खुलेको थियो। नाका बन्द हुनु (कोभिड)अघि तिब्बतको रिगुबाट गाडीमा ल्याएको खाद्यान्नलगायतका सामग्री टिपताला नाका झारिन्थ्यो। त्यसपछि भने चौँरी र भरियामार्फत बोकेर ओलाङचुङगोलासम्म ल्याएर स्थानीयले उपभोग गर्दथे। तर, अहिले गाडी टिपताला नाकासम्मै पुगे पनि नाका भने खुलेको छैन।  अब चीनसँगको नाका खुलेपछि स्थानीयलाई सहज हुने फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले बताए। ‘पहिलो नाकाबाट बोकेर सामान ल्याइन्थ्यो। यहाँको सामान पनि बोकेर पठाउनुपर्दथ्यो,’ उनले भने, ‘अब त गाडीमा ल्याउन पाइने भयो। त्यसका लागि सरकारले नाका खोल्न पहल गरोस्।’ चीन र भारतसँग जोड्ने तमोर करिडोरअन्तर्गतको टिपताला नाका रणनीतिक महत्वको नाका हो। टिपतालाबाट विराटनगरस्थित रानी भन्सारको दूरी करिब दुई सय ९२ किलोमिटर छ।