आजबाट निर्वाचन आचारसंहिता लागू, कसले के गर्न पाईंदैन त ?

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आजदेखि आचारसंहिता लागु गरेको छ ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता जारी गरिएको हो ।

आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा दलसँग आबद्ध भातृ संगठनमा लागु हुने आयोगले जनाएको छ ।

यसैबिच निर्वाचन आयोगले हिजो उम्मेद्वारको अन्तिम नामवली प्रकाशन गर्दै उम्मेद्वारलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ । दलहरुले चाहने अनुसारकै चुनाव चिन्ह पाएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि ९ दलबाट ४३ उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दलले सिट भागबन्डा गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ ।

कामदारको न्युनतम तलब तोक्न कतार तयार

कतार, कात्तिक १० । नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारले आप्रवासी कामदारको न्युनतम तलब तोक्न तयार भएको छ । कतारमा ४ लाख नेपाली कार्यरत छन् । कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलब तोक्ने निर्णय गरेको हो । ‘न्युनतम तलब तोक्ने निर्णय नेपालीको लागि निकै महत्वपूर्ण छ । यो निर्णयलाई यथासक्य छिटो कार्यान्वयन गर्ने हामीलाई जानकारी दिइएको छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘यो निर्णय कार्यान्वयनमा आउन साथ नेपाली कामदारले प्रमुख रुपमा भोग्दै आएको दोहोरा करारपत्र बोकाउने समस्या हट्नेछ ।’ कतारले रोजगारदाता र कामदारबीच सहमति भएको तलबलाई मात्रै कार्यान्वयन गर्दा नेपालले निर्धारण गरेको न्युनतम तलब लागु भएको छैन ।   पछिल्लो पटक नेपालले ६ वर्ष अघि सामान्य कामदारको न्युनतम तलब खानासहित १२ सय रियाल (झन्डै ३६ हजार रुपैयाँ) निर्धारण गरेको थियो ।   तर वैदेशिक रोजगार व्यवसायीसँगको मिलोमतोमा कतारका कम्पनीहरुले १२ सय रियाल दिने सर्तमा श्रम स्वीकृति गराउने र कतारमा पुगेपछि ७ सय वा ८ सय रियाल दिने गरेका छन । नेपालले तोकेको न्युनतम लागु नभएपछि सरकारले बजारभाउ उच्च हुँदा पनि नयाँ तलब तोकेको थिएन । राजदूत कोइरालाका अनुसार कामदारले तलब पाउने अवस्था सुनिश्चित गर्न कतारले ‘कामदारलाई सहयोग र बिमा कोष’ स्थापना गर्ने घोषणा गरेको छ । रोजगारदाताबाट तलब नपाएमा त्यस कोषबाट कामदारलाई तलब उपलब्ध गराउने श्रम मन्त्रालयले जनाएको छ । ‘तलब नपाउने कामदारहरु त्यतिकै स्वदेश फर्किनुपर्ने अवस्था छ । यो कोषबाट पीडितलाई तलब दिने अवस्था आए कामदारलाई ठुलो राहत हुनेछ,’ उनले भने । कतारी श्रम मन्त्री इशा अलनुएमीका अनुसार कोषबाट बाँकी बक्यौता तलब भुक्तानी हुनेछ ।   कामदारको हितको पक्षमा कतारलाई निरन्तर दबाब दिंदै आएको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटियुसी)ले कतारको यो घोषणा एउटा क्रमभंगता भएको टिप्पणी गरेको छ । ‘कतारी सरकारको पछिल्लो छलफल र प्रतिबद्धताहरुले औद्योगिक वातावरणलाई सामान्य बनाउन र कामदारको अधिकार प्रत्याभुति गर्न सहयोग गर्छ,’ आईटियुसीका महासचिव शरन बुरोले भनिन् । आइटियुसीले कतारले यसलाई जतिसक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

नारी दिवसले छोएन महिलालाई

राेल्पा । आज १०७ औ अन्तर्राष्ट्रिय नारी दिवस, देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मार्च ८ लाई विश्वभरका महिलाले ‘अन्तर्राट्रिय महिला दिवस’ का रूपमा मनाउने गरिरहेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षयता यस दिवसलाई भव्य रूपमा मनाउने प्रचलन बढेरहेको छ । तर ग्रामिण क्षेत्रका महिलाले भने यस बारे अझै थाहा नभएको बताउँछन् । उनीहरुका लागि नारी दिवस “कागलाई बेल पाक्यो हर्ष नबिस्मात” भने जस्तै भएको छ । रोल्पाको ग्रामिण भेगका महिलाहरु पनि महिला दिवस बारे थाहै छैन । सदरमुकाममै पनि उता टुडिखेलमा भब्य कार्यक्रम भइरहेको छ तर त्यसकै नजिक महिलाहरु असिन पसिन भई मजदुरी गरीरहेका देखिन्छन् । उनीहरुलाई महिला दिवस भन्नेबारे थाहै छैन । उनिहरुलाई साँझ बिहानको छाक टार्न मै हतारो छ । उत्तरी रोल्पाको मिरुल निवासी जुनकुमारी बुढा केही बर्षदेखि सदरमुकाम लिबाङ बजारमा ध्यारी मजदुरी गर्दै आइराख्नु भएको छ । दैनिक जसो बिहानदेखि साझसम्म मजदुरी गर्न मै तल्लीन जुनकुमारी महिला दिवसबारे थाहा नभएको बताउनु हुन्छ । यस बारेमा अरुले कुरा गरेको सुनेपनि आफैभने अहिलेसम्म सहभागी नभएको बताउनु हुन्छ । महिला दिवसमा सहभागी हुँदा आफ्नो रोजिरोटी रोकिने भएकोले पनि सहभागि हुन नसकेको स्थानीय महिलाले तितो यथार्थ सुनाउनुभयो । महिला सम्बन्धी थुप्रै कार्यक्रम भएपनि त्यो कार्यक्रमले उनीहरुलाई अझै छुन सकेको छैन । महिला अधिकारको बारेमा कुरा भएपनि आफुहरुलाई त्यसबारे केहि पनि जानकारी नभएको जुनकुमारी बुढा बताउनु हुन्छ । महिला दिवसमा सहभागी हुँदा आफ्नो रोजिरोटी रोकिने भएकोले पनि सहभागि हुन नसकेको बुढाले तितो यथार्थ सुनाउनुभयो । महिलाकै शीर्षकमा दर्जनौं संघ संस्था छन, ती संस्थाले नारी दिवसकै अवसरमा अझ भव्य कार्यक्रम गर्ने गर्दछन् । तर, कार्यक्रम भव्य गर्दैमा समग्र नारीको उत्थान सम्भव हुन्न भन्नेमा सरोकारवाला निकायले बताउदै आएका छन् । ‘नारी दिवस’ शीर्षकमा सभ्य, भव्य र रचनात्मक कार्यक्रम गर्नेहरूले ठाउँअनुसार नारीहरूको क्षमता वृद्धिका समेत कार्यक्रम गर्ने हो भने नारी दिवसको सार्थकता झल्किने बताउ छिन् । जुनकुमारी जस्तै धबाङ गाबिस निवासी चगी वलीलाई पनि नारी दिवसबारे त्यति थाहा छैन । आज नारी दिवस होरे भन्ने कसैले भनेको सुने पनि यसबारे त्यति राम्रोसँग थाहा नभएको वली बताउनु हुन्छ । वर्षे पिच्छे महिला दिवसको कार्यक्रम हुने गरेको र एकपटक पनि आफू सहभागी नभएको उहाँको अनुभव छ । महिला दिवस भएपनि मजदुरी गर्ने मान्छेलाई नछुने वलीले बताउनु भयो । महिलालाई लिङ्गको आधारमा कार्य विभाजन गरिदिने समाज महिलाको कामप्रति लज्जित हुँदै महिलाको सम्मान गर्न बाध्य पनि बनायो । तर जुनखालको जागरुकता ल्याएको थियो त्यसले स्थायित्व पाउन नसक्दा ग्रामिण क्षेत्रका महिलाहरुको जीवन स्तर बदलिन सकेको छैन । वि.स. २०५२ सालको १० वर्षे जनयुद्धले महिला जागरुकताको पाटोलाई केही माथि उठाइदियो । महिलालाई लिङ्गको आधारमा कार्य विभाजन गरिदिने समाज महिलाको कामप्रति लज्जित हुँदै महिलाको सम्मान गर्न बाध्य पनि बनायो । तर जुनखालको जागरुकता ल्याएको थियो त्यसले स्थायित्व पाउन नसक्दा ग्रामिण क्षेत्रका महिलाहरुको जीवन स्तर बदलिन सकेको छैन । हाम्रो समाजमा शारीरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा, आर्थिक हिंसा, समाजिक हिंसा, परम्परागत साँस्कृतिक हिंसा, राज्यद्वारा गरिने हिंसा जस्ता हिंसाहरु विद्यमान छन । अन्तराष्टिय रुपमा शुरुवात भएको यो दिवस नेपालमा पनि मनाइरहंदा अवस्था हिजोको भन्दा अझ जटिल बन्दै गएको हो कि भन्ने कुरापनि उठिरहेको छ । महिला दिवस मनाईरहदा ग्रामिण क्षेत्रका महिलालाई पनि सचेतिकरणका कार्यक्रमले छुन सक्नु पर्छ अनि मात्र महिला दिवसको अर्थ सार्थकतामा बदलिन सक्छ ।

बुधबार राती ३९ एसएसपीको सरुवा

काठमाडौं, माघ १३ । लामो समयदेखि रोकिएका एसएसपीहरुलाई रातारात सरुवा गरिएको छ । वुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो । सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाण्डौ प्रहरी प्रमुख भएका छन् । अपराध महाशाखामा भने दिनेश अमात्य आएका छन् । त्यसैगरी एसएसपी महेन्द्र पोखरेलको सिन्धुली तालिम केन्द्रमा, दिपक थापाको लुम्विनी प्रहरी प्रमुखमा, ठुले राईको ललितपुर प्रहरी प्रमुखमा र उत्तम कार्कीको कोशी प्रहरी प्रमुखमा सरुवा भएको छ । लागू औषाध नियन्त्रण ब्युरो काठमाडौंमा धिरु बस्न्त्यात आएका छन् पिताम्वर अधिकारीको मेची प्रहरी प्रमुखमा सरुवा भएको छ । त्यसैगरी एसएसपी सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालय, शेरबहादुर वस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, मोहन जोशी सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल, वलराम शर्मा सगरमाथा प्रहरी प्रमुख र उत्तम कार्की कोशी अंचल प्रहरी प्रमुखमा सरुवा भएका छन् । एसएसपी विष्णुहरी गौतम गण्डकी अंचल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वागमतीमा पुष्प रन्जितको सरुवा भएको छ ।

अखिल क्रान्तिकारी सल्यानको अध्यक्षमा ओली

सल्यान । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी सल्यान जिल्लाको १९ औं जिल्ला सम्मेलनबाट गणेश ओलीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । जसको उपाध्यक्षमा यशोदा आचार्य, रञ्जित भडेल, राजेन्द्र परियार र खुमा पुन, सचिव ललित केसी, सहसचिवमा कविता बिक, लोकराज सुनार, नवराज केसी, प्रवीण घर्ती तथा कोषाध्यक्ष निशान रोकाय रहनुभएको छ । 

तीन करोड भन्दा कमका योजनाहरुमा थप बजेट विनियोजन गर्न माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले ३ करोड रुपैयाँभन्दा कम विनियोजन भएका योजनाहरुमा थप रकम विनियोजन गर्न माग गरेका छन् ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले तीन करोड मुनिका योजनाहरु प्रदेश सरकार र स्थानीय सरकारलाई कार्यान्वयन गर्न दिँदा संघ सरकारसँग योजना नै नरहने बताए। उनले मन्त्रालयगत बजेट हेर्दा ९० प्रतिशतभन्दा बढी योजनाहरु ३ करोड रुपैयाँभन्दा मुनिका रहेका बताए। उनले १६५ वटै निर्वाचन क्षेत्रमा बहुवर्षिय ठेक्का स्वीकृत हुनेगरी बजेट थप गर्नुपर्ने बताए।  ‘मेरो आग्रह के छ भने ३ करोडभन्दा मुनिका आयोजनाहरु तल पठाउने होइन । ३ करोडभन्दा मुनिका आयोजनामा जो बजेट विनियोजन गरिएको छ, १ अर्ब बजेट लाग्ने ठाउँमा १ करोड विनियोजन गरिएको छ। नेपाल सरकारको तर्फबाट अर्थ विविध अन्तर्गत रहेको शीर्षकबाट १६५ वटै निर्वाचन क्षेत्रमा ३ करोडभन्दा बढी विनियोजन गरिदिनुप¥यो। थपिदिनु प¥यो। मन्त्रीपरिषद्ले निर्णय गरेर हुन्छ अथवा के गरेर हुन्छ। बहुवर्षिय ठेक्का स्वीकृत हुनेगरी १६५ क्षेत्रमै संघीय सरकारमार्फत बजेट विनियोजन हुने र कार्यान्वयन हुने सुनिश्चितताका लागि सभामुखको निर्देशनको अपेक्षा गर्दछु,’ उनले भने । साथै, सांसद दाहालले एसईई परिक्षामा ५२ प्रतिशत भन्दा बढी विद्यार्थीहरु अनुत्तिर्ण भएका भन्दै यसको सम्बन्धमा गम्भीर अध्ययन आवश्यक रहेको समेत बताए ।

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोसी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागमा  आंशिक बदली रही देशको बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम, गण्डकी र कोसी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ।  विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।  लुम्बिनी, मधेस र कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने बताएका छन् । गोरखा भूकम्पको नवौँ स्मृति दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताएका हुन् । भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ’, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार रहेको उल्लेख गरेका छन् । नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु उत्तिकै जरूरी रहेको बताएका छन् । उनले भूकम्पीय जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिई पूर्वतयारी तथा जोखिमको चुस्त व्यवस्थापन भएमात्र भूकम्पको सामना गर्न सकिने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ । गोरखाको बारपाक केन्द्रविन्दु भई २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएकाहरू प्रति राष्ट्रपति पौडेलले श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यस्तै, उनले भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना पनि गरेका छन् ।

प्रतिनिधि सभाको बैठक जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौं । प्रतिनिधिसभा बैठकमा केही ढिलो गरी सुरु भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक १२ः३० बजेसम्म पनि सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम राखिएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरूको प्रश्नोत्तर अगाडि प्रधानमन्त्रीले गृहमन्त्री रवि लामिछानेबारे पनि जवाफ दिने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेको भन्दै पदमा बस्न उचित नहुने तर्क गर्दै आएको छ।  प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन सम्बन्धी व्यवस्था छ। सोही नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ। त्यस्तै, आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रि–बजेट छलफल जारी रहने कार्यसूची पनि छ।

सुप्रिम सहकारी ठगी छानविन गर्न दिपेश पुनलाई लगियो भैरहवा

काठमाडौं ।सुन तस्करी प्रकरणमा जोडिएका भपक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई भैरहवा लगिएको छ। शुक्रबार काठमाडौंस्थित टोखाबाट पक्राउ परेका दिपेशलाई शुक्रबार नै विमानमार्फत भैरहवा लगिएको प्रहरीले जनाएको छ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिपेशमाथि छानबिन गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको थियो। तर, उनीविरुद्ध भैरहवा सहकारी ठगीविरुद्ध उजुरी परेका उलनाई भैरहवा पठाइएको हो। उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको थियो । जीबी राईले सञ्चालन गरेको रूपन्देहीको सुप्रिम सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएका थिए। सहकारीका पूर्वकोषाध्यक्ष रहेका दिपेशविरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो। यता, साठी किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका दावा छिरिङसँग उनको सम्बन्ध रहेको पाइएको छ।

यस्तो रहनेछ आज देशको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव रहेको जनाएको छ । अलिहे देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफ रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर १२ मिनेट तथा सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ ।

मन्त्रालय पुगेर परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय राजदूतले दिए बधाई

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। सो अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको प्रवक्ता राईले बताए। भेटमा राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए। 

उपप्रधानमन्त्री श्रेष्ठ र लेबनानका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि लेबनानका राजदुत भेरोनिक लोरेन्जोबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ।  भारत र नेपाल समेतका लागि लेबनानका राजदूत लोरेन्जोले यो आफ्नो कार्यकालको चौथो नेपाल भ्रमण रहेको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित भएको बताएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।   गृहमन्त्रीको सचिवालका अनुसार नेपाल र लेबनानबीच सन् १९६३ मा दौत्य सम्बन्ध कायम रहेको र हालसम्म यो सुमधुर रहेकोमा उनले खुशी व्यक्त गरे। विभिन्‍न अन्तराष्ट्रिय मामिलामा नेपाल र लेबनान एकै स्थानमा उभिएको दृष्तान्त समेत उनले दिए।   नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पुर्‍याएको योगदानप्रति उनले आभार व्यक्त गरे। उनले नेपालीले लेबनानमा लगानी गर्नसक्ने सुविधा रहेको समेत जानकारी गराए। नेपालको सुरक्षा संयन्त्र अब्बल रहेको र नेपालीको प्रवृत्ति शान्त रहेकोमा उनले प्रशंसा गरे। भेटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले लेबनानले आवश्यक ठाने थप शान्ति सेनाको प्रबन्ध गर्न सकिने जानकारी दिए। लेबनानको जस्तै नेपालको उद्देश्य पनि आर्थिक र समन्यायिक सामाजिक रुपान्तरण रहेको र त्यसका लागि लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने जानकारी उनले गराए।  उपप्रधानमन्त्री श्रेष्ठले ६० वर्षभन्दा लामो आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताउँदै लेबनान र लेबनानी जनताको शान्ति तथा समृद्धिको लागि विशेष शुभकामना दिए।

नामिबियाविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल आज नामिबियाविरुद्ध पहिले फिल्डिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाका कप्तान जेजे स्मिथले ब्याटिङको निर्णय गरे । नेपाललाई फिल्डिङको निम्तो दिए । जारी खेलको पहिलो ओभर सकिँदा नामिबियाले विकेट नगुमाई नौ रन बनाएको छ । त्रिदेशीय शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स सहभागी छन् ।

उपकुलपतिका लागि सिफारिस समितिले ‘मेरिटोक्रेसी’ को मापदण्ड पालना गरे/नगरेको अध्ययन गर्दै प्रधानमन्त्री

काठमाडौं।  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरिरहेका छन्।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको मेरिटोक्रेसीका विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गरिरहेका हुन् । सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डसमक्ष चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।  दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणमा दिइएको अङ्कका विषयमा प्रधानमन्त्रीले अध्ययन गरेर मात्रै नियुक्ति दिने मनसायमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  रासस

लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन

झापा । अर्थमन्त्री डा.प्रकाशशरण महतले काँकरभिट्टा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएका छन् । दमक उद्योग वाणिज्य सङ्घले आजदेखि सुरु गरेको १५ दिने पाचौँ दमक महोत्सवको उद्घाटन गर्न झापा पुगेका अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरुसँग भेटघाट गरेका हुन् । निरीक्षणपछि मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले दुवै भन्सार कार्यालयलाई मासिक रुपमा कार्यालयले लिएको लक्ष्यअनुरुपको राजस्व सङ्कलन गर्न निर्देशन दिए । उनले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई एकताबद्ध भएर कडाइका साथ लाग्न आग्रह गरे । “राजस्व घटेमा देशको आम्दानीको स्रोत घट्छ”, अर्थमन्त्री महतले भने, “राजस्व घटेमा शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन । राजस्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ ।” उनले मेची भन्सार मुलुककै महत्वपूर्ण भन्सारमध्ये एक रहेको बताए । उनले एशियन राजमार्गको विस्तारसँगै यसको महत्व झन् बढ्ने बताउँदै व्यवसायीलाई समेत निराश नहुन आग्रह गरे । सो अवसरमा मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले विगतको तुलनामा राजस्व सङ्कलन कम हुँदै गएको, मुख्य नाका भए पनि काँकरभिट्टा मन्त्रालयबाट छाँयामा परेको बारेमा अर्थमन्त्री डा महतको ध्यानाकर्षण गराएका थिए । निरीक्षणका क्रममा भद्रपुर भन्सार कार्यालयको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको बाँकी रहेको मुआब्जा रकम तत्काल उपलब्ध गराइदिने भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, उद्योगी तथा व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका थिए ।