मृगौला तथा मुटु पिडित सरोकार समाज लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा के सी निर्वाचित

चुरामणी बन्जाडे ,                                          बुटवल। मृगौला तथा मुटु पिडित सरोकार समाज लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

शनिबार बुटवल स्थित बिश्व हिन्दु महासंघको सभा हलमा प्रथम साधारण सभा तथा अधिवेशन रमेश केसी को नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेब क्षत्री घिमिरेले समाजको कार्य प्रगतिमा प्रशंसा गर्दै अगामी बजेटमा प्रत्येक पीडितलाई दुई लाख रुपैया सहयोग उपलब्ध गराउने बताए ।

कार्यक्रममा बिशेष अतिथि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम वरिष्ठ मुटु रोग विशेषज्ञ डा. समीर गौतम अतिथिहरु महिला जेसिसका अध्यक्ष अनुपमा श्रेष्ठ तिलोत्तमा नेवा मौजुका अध्यक्ष मिलन श्रेष्ठ लगायतले अधिबेशन सफलताको शुभकामना मन्तब्य राखेका थिए ।

मृगौला तथा मुटु पिडित सरोकार समाज लुम्बिनी प्रदेशको प्रथम नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण मल्ल सचीवमा नारायण बहादुर क्षत्री र कोषध्याक्षमा चुरामणी बन्जाडे रहेका छन। यस्तै कार्यसमिति सदस्यहरुमा रेखा श्रेष्ठ ,शारदा थापा , शिव राज पौडेल, तमिदा शर्मा ,रेख बहादुर गुरुङ ,गोपाल बहादुर सार्की , जिया रेग्मी न्यौपाने रहेका छन ।

मृगौला तथा मुटु पिडित सरोकार समाज लुम्बिनी प्रदेशको संयोजक रमेश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन चुरामणी बन्जाडेले गरेका थिए ।

धेरै नेपाली माझ्न जान्दैनन् दाँत, कसरी गर्ने ब्रस? जान्नुहोस्

काठमाडौं, चैत १७ । प्रत्येक सय नेपालीमा ९६ जनाले सही तरिकाले दाँत माझ्न जान्दैनन्। यो तीतो सत्यले देशका नागरिकको ‘मुख–स्वास्थ्य’ को वास्तविक तथा विकराल अवस्था प्रस्ट्याउँछ। एक अनुसन्धानका अनुसार मुख स्वास्थ्यमा हुने समस्याले मुटु, फोक्सो तथा पेटसम्बन्धी रोग, डिमेन्सिया, स्ट्रोक, गर्भावस्था सम्बन्धी जटिलता, बाँझोपना, इरेक्टाइल डिस्फग्सन, क्यान्सर, मृगौला रोग, अर्थराइटिस, प्रोस्टेट लगायतका ४० भन्दा बढी रोग लाग्ने सम्भावना हुन्छ।हाम्रो मुखमा ६ सयभन्दा बढी प्रकारका ब्याक्टेरिया हुन्छन् । मुख अस्वस्थ हुँदा रगतलगायतका माध्यमबाट ती ब्याक्टेरिया विभिन्न अंगमा पुग्छन् । ‘अनुपयुक्त मुख स्वास्थ्यले अन्य रोगको जोखिमसमेत बढिरहेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा। प्रकाश बुढाथोकी भन्छन्, ‘सही तरिकाले कसरी दाँत माझ्ने, जिब्रो सफा गर्ने तथा मुखको ख्याल गर्नेमा अधिकांशमा निकै चेतना कम छ।’‘दाँतका ५ भाग भए पनि सबैजसो नेपालीले तीन भाग मात्र सफा गर्छन्,’ ओरल मैक्सिलोफेसियल सर्जन डा। सुवास घिमिरेले भने। उनका अनुसार मुख स्वास्थ्यमा पर्याप्त ध्यान नदिँदा नेपालीको मुख लगायत मुटु, पेट, फोक्सो, अर्थराइटिस लगायतका रोगमा वृद्धि भएको छ। दाँतका पाँचै भागलाई उपयुक्त ढंगले सफा गर्दा दाँत तथा गिजासम्बन्धी ९५ प्रतिशतभन्दा बढी रोग नलाग्ने उनको भनाइ छ। दाँत कीराले खाने अधिकांश नेपालीको साझा समस्या हो। ग्रामीण भेगका ५० देखि ५५ प्रतिशत तथा सहरी क्षेत्रका करिब ९० प्रतिशत बालबालिकाका दाँत कीराले खाने देखिएको छ। विसं २०६१ को सर्वेक्षण अनुसार ७५ प्रतिशत वयस्कमा दाँतकीराले खाने समस्या छ। डेढ दशक अघिको सर्वेक्षणलाई आधार मान्दा उक्त प्रतिशत अझै बढी रहेको विशेषज्ञहरूको भनाइ छ। ‘द ग्लोबल वर्डेन अफ डिजिज स्टडी-२०१६’ का अनुसार विश्वव्यापी रूपमा आधा जनसंख्या दाँत कीराले खाने समस्याले पीडित छन्। जिब्रो सफा गर्देनन् नेपाली जिब्रोमा विभिन्न जीवाणुको संक्रमण रोक्न नियमित सफा गर्नु आवश्यक छ । मुख स्वास्थ्यअन्तर्गत महत्त्वपूर्ण मानिने जिब्रोलाई सही तरिकाले सफा नगर्ने नेपालीको संख्या प्रशस्त रहेको डा। बुढाथोकी र घिमिरेको भनाइ छ । जिब्रोमा जम्ने सेतो फोहर दिनहुँ सफा गर्नुपर्छ । चिकित्सकद्वयका अनुसार जिब्रो उपयुक्त ढंगले सफा नगर्दा खानको स्वाद लिनमा समेत समस्या हुन्छ। जिब्रो दाँत माझ्ने ब्रसको ब्रिस्टनले सफा गर्नुपर्छ। डा। बुढाथोकी भन्छन्, यसले जिब्रोमा घाउ खटिरा आउँदैन, स्वाद पहिचान गर्ने बडसमेत लामो समयसम्म स्वस्थ रहन्छ ।’ उनका अनुसार जिब्रो सफा गर्न घातु वा प्लास्टिकको जिब्री प्रयोग गर्नुहुँदैन। कसरी ब्रस गर्ने? ब्रसमा पेस्ट लगाएर दाँत, गिजा एवं दाँतको मिलन स्थल इनामेलमा राखेर ब्रसलाई तीन–तीन दाँतमा विस्तारै तल–माथि हरेक दाँतमा अगाडि–पछाडि, दायाँ–बायाँ ४५ डिग्रीको कोणमा घुमाउनुपर्छ। दाँत सफा गर्दा ब्रसलाई तलबाट माथि, तल्लो बंगारामा र माथिबाट तल माथिल्लो बंगारामा चलाउनुपर्छ । यस्तै प्रक्रिया भित्री दाँतमा समेत गर्नुपर्छ। एउटा दाँतमा तलमाथि गरेर घोट्ने जस्तो गरी ब्रस गर्नु हुँदैन । यही प्रक्रिया सबै दाँतको लागि अपनाउनुस् । यस्तै हरेक दाँतको भित्र सतहलाई समेत विस्तारै विस्तारै सफा गर्नुस्। दाँतको चपाउने सतहमा ब्रसलाई राखेर अगाडि पछाडि चलाउनुस् । तर अझै तपाईं दाँतको ५ भागमध्ये ३ भागलाई मात्र सफा गर्नुभयो । बाँकी दुई भाग अर्थात् दुई दाँत बीचको भागलाई सफा गर्न डेन्टल फल्सलगायतका प्रक्रिया अपनाउनुस्। दाँतको तालुतिरको र जिब्रोतिरको खण्डलाई सफा गर्नलाई ब्रसको अगाडिको खण्ड उपयोग गर्नुपर्छ । ब्रस गरेपछि राम्ररी कुल्ला गर्नुपर्छ र गिजालाई हलुको मालिस गरेर पुनः राम्ररी कुल्ला गर्नुपर्छ। ब्रस र पेस्ट कस्तो प्रयोग गर्ने सामान्यतः हामी टुथ ब्रसबारे खासै जानकारी राख्दैनौं । पसलेले दिने ब्रसको गुणस्तर नसोधी त्यसैले दाँत माझ्छौं । बजारमा कडा, मध्यम कडा, नरम, धेरै नरम लगायतका ब्रस पाइए पनि नरम टुथब्रस प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । ‘मध्यम, कडा आदि टुथब्रस उपयोग गर्नु हुँदैन,’ डा। बुढाथोकी भन्छन्, ‘भाँडा सफा गर्न कडा ब्रस चाहिएला, दाँतका लागि होइन ।’ अमेरिकन डेन्टल एसोसिएसनका अनुसार ब्रसको ब्रिसेल नाइलनको हुनुको साथै ‘राउन्ड इन्डेड’ हुनुपर्छ । टुथब्रस मुखको हरेक कुनामा घुमाएर दाँत सफा गर्न सकिने पनि हुनुपर्छ । त्यसका लागि ब्रसको टाउकोसानो हुनुपर्छ। ब्रसको स्याहार कसरी? मुखमा कैयौं किटाणु हुन्छन् । दाँतबाट प्लेक र अन्य नरम कणहरू निकाल्दा टुथब्रस ब्याक्टेरिया, रगत, र्‍याल आदिबाट दूषित हुन्छ । यसरी दूषित हुने ब्रसबाट दाँत सफा गरेपछि राम्ररी सफा गर्नुपर्छ। अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका अनुसार आँखाले हेर्दा सफा देखिए पनि ब्रसमा रोग उत्पन्न गर्न सक्ने जीवाणु, रहन्छन् । यसैले दाँत सफा गरेपछि टुथब्रसलाई राम्ररी सफा, संक्रमणमुत्त, वा स्टरलाइजेसन आदि गर्न सकिन्छ । दाँत सफा गरेपछि टुथ ब्रसलाई कडा घाममा सुकाउनुसमेत स्वच्छताको दृष्टिले उपयोगी मानिने गरिएको छ । टुथब्रसलाई सकेसम्म बाथरुमरटोइलेटमा राख्नु हुँदैन । प्लस गर्दा निस्किने पानीको ससाना कण र दिसाको टुक्रा ब्रससम्म पुग्न सक्ने भएकोले टोइलेटमा ब्रस राख्नु स्वास्थ्यको दृष्टिले सुरक्षित उपयुक्त नहुने डा।बुढाथोकी बताउँछन् । राम्ररी सफा गरे पनि कीटाणु सार्न सक्ने भएकोले टुथ ब्रस साझा गर्नु हुँदैन । ब्रस गरेपछि हावामा सुक्न दिनुपर्छ । एकभन्दा बढी ब्रस एकै स्थानमा राखिए एकले अर्कोलाई छुन दिनु हुँदैन । ब्रस हरेक ३ देखि ४ महिनामा फेर्नुपर्छ । दाँतबीचको भाग सफा गर्नुस् दाँतको सफाइसँगै जिब्रोको समेत सफाइ नियमित रूपले गर्नुपर्छ । दिनहुँ मात्र दाँतको सफाइ गर्नु मुख स्वास्थ्यका लागि अधुरो मानिन्छ । दाँत सफा गर्दा, पेस्ट वा मन्जन उपयोग गर्नुहुन्छ भने यसको गुणस्तर सुनिश्चित गर्न आवश्यक छ । दैनिक बिहान र राती सुत्ने बेलाफ्लोराइडयुक्त पेस्टले दाँत सफा गर्नुपर्छ । त्यसैगरी, दाँतको बीचमा हुने प्लक हटाउन नियमित रूपले डेन्टल फ्लस प्रयोग गर्नुपर्छ । ब्रस आदि गर्दा दाँतबीचको भाग सफा नहुने भएकाले डेन्टल फलस ९बेक्स मिसिएको धागो० प्रयोग गर्नुपर्छ । फ्लस गर्दा गिजा र हाड नछुने गरी दाँतको सतहबाट गर्नुपर्ने डा।बुढाथोकी सुझाव छ । त्यसैगरी, खाना खाएपछि राम्ररी मुख कुल्ला गर्नुपर्छ । हाम्रो मुखमा हुने ब्याक्टेरिया म्युकस र अन्य तत्त्वसँग मिलेर प्लाक नामक रंगहीन पदार्थ बन्छ । नियमित रूपमा सही तरिकाले दाँत सफा नगर्दा प्लाक जम्मा भई टार्टर बन्छ । सामान्य ब्रसले सफा नहुने टार्टरलाई दन्तरोग विशेषज्ञको सहयोगले हटाउन सकिन्छ । लामो समय सम्म टार्टर जम्मा भएको खण्डमा गिजाको समस्या देखिन्छ । औंलाले सफा नगर्नुस् कतिपय मानिसले तत्काल ब्रस नभएको खण्डमा औंलामा पेस्ट राखेर दाँत सफा गर्छन् । डा। घिमिरे भन्छन्, ‘औंलाले दाँत सफा गर्नु हुँदैन ।’ कत्तिलेगिजाबाट रगत आउँदा वा दुख्दा औंलाले ब्रस गर्ने गरेको जनाउँदै त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिनुपर्ने घिमिरेको भनाइ छ । याे सामग्री आजको कान्तिपुर दैनिकमा छािपएकाे छ ।

हिलोसहितको वर्षा भएकै हो त काठमाडौंमा ?

काठमाडौं । मौसमबिद्हरुको अनुमानभन्दा केही पछि भएपनि मनसुन त सक्रिय भएको छ । तर, मनसुनपछि हिलोको बर्षा भईरहेको काठमाडौवासीले प्रत्यक्ष देखिरहेका छन् । काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा शुक्रबार राति पानी पर्यो । त्यो वर्षा हिलोसहितको वर्षा थियो । हिलोसहितको वर्षाबारे मौसमविद सुभास रिमालले भने, ‘भारतको राजस्थानमा अाएकाे धुलोसहितको हुरीको कारण नेपालको वर्षामा यस्तो प्रभाव परेको हो । यसबारे हामी अझै अनुसन्धान गर्दैछाैं। सम्भवत यो नेपालको पहिलो घटना हुनसक्छ । मेरो कार्यकालमा चाँहि यस्तो वर्षा भएको पहिलो पटक हो ।’ यो कहिलेसम्म हून्छ भन्ने प्रश्नमा रिमालले भने, ‘यसबारे हामीलाई पनि नयाँ घटना भएकोले यतिसम्म नै भन्न हामी सक्दैनौं, हामी यसबारे अनुसन्धान गरिरहेका छौं ।’ भारतका विभिन्न भागमा केही दिनयता ठूलो हावाहुरी आएको कारण सो हावाहुरीले राजस्थानको मरुभूमीको बालुवा उडाएर नेपालमा हिलोसहितको वर्षा भएको हुनसक्ने रिमालको भनाइ छ ।

मुक्तकः आलोच नै आलोचना गर्नेलाई के भन्ने खै !

आलोच नै आलोचना गर्नेलाई के भन्ने खै । खुट्टामात्रै तान्न लागी पर्नेलाई के भन्ने खै ।। अस्वस्थ त्यो फोहोरको डङ्गुर भित्र बसेरनी । असल पनि खराव भनी मर्नेलाई के भन्ने खै ।। बेकामे त्यो बाठो भन्दा काम गर्ने लाटो बन । हिरा भन्दा बहुमुल्य शिरमा लाउने माटो बन ।। भुत भविष्य नियालेर बर्तमानमा असल बन्दै । सन्ततिले पढ्ने राम्रो ईतिहासको पाटो बन ।। शान्ति अधिकारी बाङ्गाटिङ्गा भाग्य रेखा सिधा पार्न सकिएन । झटारोले आकाशको फल झार्न सकिएन । हाँसो खुशी सु ख भन्ने धनीलाई मात्र रै छ । भन्ने ठानी गरिबको आत्मा मार्न सकिएन ।। खतरा भो भन्दै जेल सार्ने होलान् पक्कै । ठुला बडा पर्ने डरले मार्ने होलान् पक्कै ।। न्यायको के आसा गर्ने सबै बिक्रीमा छन् । सत्यतथ्य लुकाई कुरा टार्ने होलान् पक्कै ।। तिम्ले एक पाईला सारे मैले दुई पाईला सार्छु । बिश्वासले हात समाउ निर्धक्क भै सागर तार्छु ।। दुनियाँको कुरै छाडौँ कस्ले कस्लाई के गर्छ र । यिनै पाखुरीको भरले झुपडी नि स्वर्ग पार्छु ।। छ मुहार उज्यालो मन तिम्रो कालो । हुन खोज्छौअघि मिची सबको पालो ।। घमण्डको ज्वाला भित्र हुर्क्यो छुद्र बानी । कति ढाक्छौ ईज्जत लगाई सानो टालो ।। मर्न बरु सजिलो छ बाँच्न धेरै गाह्रो । मनमा पीडा लुकाएर हाँस्न धेरै गाह्रो ।। सिन्को सम्म नभाच्नेले तारा झार्छु भन्दा। अनुमानमै जिन्दगी यो दाँज्न धेरै गाह्रो ।। बिरोधकै लागी बिरोध गर्ने बानी त्यागौ। शब्द सापट मागी बिरोध गर्ने बानी त्यागौ।। काम गर्नेलाई हजार बाधा कामै नगर्नेले । निन्द्रा बाट जागी बिरोध गर्ने बानी त्यागौ ।। शान्ति अधिकारी एजेन्सीको सहयोगबाट

दाङमा गहुँ उत्पादन वृद्धि

दाङ । दाङमा यसवर्ष गहुँ उत्पादन वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष जिल्लामा तीस हजार ५०० मेट्रिक टन गहुँ उत्पादन भएको हो । गतवर्षको तुलनामा यसवर्ष एक हजार ४०५ मेट्रिकटन गहुँ उत्पादन भएको कृषिप्रसार अधिकृत भरतमणि पोख्रेलले जानकारी दिनुभयो । जिल्लामा गत वर्ष २९ हजार ९५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । गहुँ उत्पादनका लागि दाङ जिल्ला उपयुक्त रहेको र जिल्लामा १२ हजार ६०० हेक्टर जमिनमा गहुँखेती हुँदैआएको कार्यालयले जनाएको छ । जिल्लाको सबै क्षेत्रमा सिँचाइको सुविधा नहँुदा गहुँखेती थोरै जग्गामा मात्र हुनेगरेको छ । सिँचाइ सुविधा बढाउन सकेमा यहाँ गहँु उत्पादन उल्लेख वृद्धि हुने कषि विज्ञ बताउँछन् । जिल्लामा ६५ हजार ५८० हेक्टर जमिन भए पनि १२ हजार ६०० हेक्टर जग्गामा मात्र गहुँखेती हुँदैआएको छ । रासस

 चुटकिला : मुटुको राजिनामा

एउटा नेता बिरामी भएछ । डाक्टरले उसको परिक्ष्यण गरेछ र नेताले रिपोर्ट माग्न जादा डाक्टरलाई भनेछ : डाक्टर साहब मलाई मैले बुझ्ने भाषामा भन्नुस् कि मलाई के भएको हो ?? यो सुनेर डाक्टरले भनेछ : चामलको कुटनीतिको कारण मल पेटमा नै जम्मा भयो , जसले धेरै समस्याको चेतावनी दिईरहेको छ , फोक्सोले झुठो आश्वासन दिईरहेको छ र मुटुले चाडैनै रानीनामा दिनु आटेको छ ।

यस्तो छ सभामुखदेखि राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको कार्यतालिका

काठमाडौं, फागुन २१ । प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनको कार्यतालिका सर्वदलीय बैठकले स्वीकृत गरेको छ । संघीय संसद् सचिवालयले सो कार्यतालिका बनाएको हो । कार्यतालिकाअनुसार २६ फागुनमा सभामुखको निर्वाचन हुनेछ भने ३० फागुनमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गरिनेछ । त्यस्तै, प्रधानमन्त्री केपी ओलीले २७ फागुनमा प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनेछन् । त्यस्तै २ फागुनमा उपसभामुख र ४ फागुनमा राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन मिति तोकिएको छ । संघीय संसद् र प्रदेश सभा गठन भएको एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रपतिको निर्वाचनको मिति निर्वाचन आयोगले तोकेर सरकारलाई जानकारी गराउनुपर्छ । सोहीबमोजिम आयोगले २९ फागुनका लागि राष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ । २९ फागुनमा राष्ट्रपतिको निर्वाचन हुने भएकाले संघीय संसद्को दुवै सदनमा कुनै पनि कार्यक्रम नराखिएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद्का सांसद र प्रदेश सभाका सांसद राष्ट्रपतिको निर्वाचनका मतदाता हुन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ऐनअनुसार संघीय संसद्का एक सदस्यको मतभार ७९ तोकिएको छ भने प्रदेश सभाका एक सदस्यबराबरको मतभार ४८ तोकिएको छ । ७ वटै प्रदेश सभाका ५५० र संघीय संसद्का ३३४ गरी ८८४ सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता हुन् ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

भिक्षु पक्राउ गर्न थाइल्यान्डको प्रहरी गुम्बामा

बैंकक ,फागुन ६ । थाइल्यान्डको प्रहरी रकम हिनामिनामा संलग्न एक भिक्षु पक्राउ गर्न राजधानी बैंककको बाहिरी क्षेत्रस्थित धम्मकाया गुम्बामा छापा मारेको छ । यसअघि चार करोड अमेरिकी डलर हिनामिनाको आरोप लागेका भिक्षु फ्रा धम्मजायो पक्राउ गर्न लामो समयदेखि निकैपल्ट प्रयास गर्दा पनि प्रहरीलाई उनका अनुयनयी हजारौं भिक्षुले अवरोध गरेका थिए । यसपछि प्रहरीले गुम्बामा छापा मारेको हो । धम्मकाया गुम्बा यसपूर्व सैन्य नियन्त्रणमा लिइएको थियो । प्रहरीले आरोपित भिक्षु बिशाल गुम्बामा लुकेको आशंका गरेको छ । उनीमाथि गुम्बाको कोष हिनामिना गरेको आरोप लागेको छ । ७२ बर्षीय धम्मजायो सिस्ति भएकाले छानबिनमा प्रहरीसामु उपसीथत हुन नसक्ने भन्दै महिनौंदेखि गुम्बाबाट निस्केका छैनन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

मुस्ताङमा लेक लागेर तीन जनाको मृत्यु

मुस्ताङ । मुस्ताङमा लेक लागेर तीन दिनको बीचमा दुई विदेशी नागरिकसहित तीन जना पर्यटकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शन गर्न आएका  एक जना अमेरिकन, एक भारतीय र एक जना नेपाली पर्यटक गरी तीन जनाको लेक लागेर मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले मुक्तिनाथ दर्शन गर्न आएका दुई विदेशी  र एक नेपालीको लेक लागेर मृत्यु भएको जानकारी दिए। गोरखा नगरपालिका—६ स्थायी वतन भई काठमाडौं नागार्जुन नगरपालिका—१ बस्ने ७० वर्षीय कुलनारायण जोशीको लेक लागेर मृत्यु भएको हो।  मुस्ताङ भ्रमणका लागि साथीहरूसँगै आएका जोशी घरपझोङ—४ जोमसोमस्थित होटल मेसोकोन्दोमा बास बसेका थिए। राति टाउको दुखेपछि जोशी होटलको डाइनिङ हलमा ढलेका थिए। त्यसपछि उनलाई होटलका स्टाफ र प्रहरीको सहयोगमा मुस्ताङ अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। बिहीबार मुक्तिनाथ दर्शन गरी फर्किएका २२ जनाको समूह थासाङ गाउँपालिका—२ होलिडे क्याम्पमा बास बसेको थियो। जसमध्ये अमेरिकन नागरिक ६३ वर्षीय मिलो गोल्डसेजर (पासपोर्ट नं. ए ४७०६४९५९ नाम गरेका पर्यटकको लेक लागेर मुस्ताङ अस्पताल पुर्‍याउँदा मृत्यु भएको डीएसपी बोगटीले जानकारी दिए। 

शिक्षकको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

कञ्चनपुर । बेलौरी नगरपालिका–६, विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय महेश भण्डारी रहेका छन् । भण्डारीलाई सोही नगरपालिका–६, दुम्लीमा ट्याक्टरको ट्रलीको भुसाभित्र सुतेको अवस्थामा आज बिहान ४ बजे पक्राउ गरिएको हो । बुधबार साँझ ८ बजे घरतर्फ जाँदै गरेका बेला चन्दलाई ढुंगा प्रहार गरी भण्डारीले गम्भीर घाइते बनाएका थिए । घाइते भएका चन्दलाई तत्कालै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ भर्ना गरिए पनि अवस्था गम्भीर हुँदा थप उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा लगिएको थियो । उपचारका क्रममै चन्दको निधन भएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न भण्डारी बैतडीको दोगडा केदार गाउँपालिका–४ का स्थानीय बासिन्दा रहेको बताइएको छ । उनी केही दिनदेखि बेलौरीमा बस्दै आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धानको कार्य गरिरहेको छ । रासस

सभामुखद्धारा कानुन मन्त्रीसहित प्रमुख दलहरूको बैठक आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलसहितको बैठक आह्वान गरेका छन्। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आइतबार दिउँसो २ बजे बस्नेगरी उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलको बैठक बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।  उनका अनुसार सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख दलका प्रमुख सचेतक, सचेतकसहितको बैठक बोलाएका हुन्।  सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ।   

यसरी पुनर्स्थापित भयो इन्टरनेट सेवा

काठमाडौं । बिहीबार अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालनमा आएको छ । वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका सेवा प्रदायकहरुले इन्टरनेट सेवा पुनर्स्थापित भएको जनाएका छन् ।  उनीहरुले जारी गरेको सूचनामा यो स्थायी हो वा अस्थायी समाधान हो भन्ने खुलाइएको छैन । विहीबार दिउँसोदेखि अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले इन्टरनेट सेवा बन्द गरेका थिए । त्यसबाट नेपालका सेवाग्राहीहरु मर्कामा परेका थिए । वर्ल्ड लिंक नेपालका सीईओ केशव नेपालका अनुसार इन्टरनेट सेवा अवरुद्ध नगर्न आग्रह गर्दै पत्र पठाएपछि सेवा पुनर्स्थापित भएको हो । उनका अनुसार ‘तिमीहरुले यसरी इन्टरनेट बन्द गर्न पाउँदैनौं’ भन्ने चेतावनीयुक्त पत्र पठाएपछि सेवा सञ्चालन भएको हो । भायानेटका अर्का एक प्रतिनिधिले पनि एयरटेललाई संयुक्त रुपमा आग्रह गरेपछि नेट चल्न थालेको बताए । उनका अनुसार सबै आईएसपी प्रभावितहरुले हामी छिट्टै समस्याको समाधान गर्न प्रतिबद्ध छौं तर नेपाली सेवाग्राहीलाई अप्ठेरोमा नपरुन् भनेर संयुक्त रुपमा आग्रह गरे पछि सेवा पुनर्स्थापित भएको हो ।  विहीबार बेलुका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी नियमानुसार शुल्क तथा रोयल्टी बुझाउन र इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई अनुरोध पनि गरेको थियो । मन्त्रालयले कानुनी व्यवस्था सम्झाउँदै यस्तो अनुरोध गरेको केही घण्टापछि नै इन्टरनेट चल्न थालेको थियो । नेपालमा प्रमुख ब्याण्डविथ प्रदायकले एयरटेल, टाटा, रिलायन्स लगायत कम्पनीबाट ब्याण्डविथ आयात गर्ने गरेका छन् । त्यसमार्फत उनीहरुले नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउँछन् । नेपालमा इन्टरनेट सेवा प्रदायक कतिपय कम्पनीहरुले सरकारलाई सेवा शुल्क र रोयल्टी वापतको रकम नबुझाएको अवस्था छ ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ थिम्पु प्रस्थान

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ भुटानको थिम्पु प्रस्थान गरेका छन्।अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को ५५औं बोर्ड अफ गभर्नर बैठकमा सहभागी हुन नेपालका तर्फबाट उपाध्यक्ष डा. श्रेष्ठ थिम्पु प्रस्थान गरेका हुन्। इसिमोडको बोर्ड सदस्यमा नेपालसहित चीन, अफगानिस्तान, बंगलादेश, भुटान, भारत, म्यानमार र पाकिस्तान छन् । बोर्ड अफ गभर्नर बैठकले २०२३ को वार्षिक प्रगति समीक्षा र २०२५/२६ को बजेट तथा कार्यक्रमलाई अन्तिम रुप दिनेछ । बोर्ड बैठक पश्चात् पर्यावरणीय संरक्षणसँग सम्बन्धित विभिन्न आयोजना अवलोकन गर्ने कार्यक्रम समेत छ। ८ वटा देश सदस्य भएको इसिमोडको प्रधान कार्यालय काठमाडौंमा छ। बोर्ड बैठकमा सहभागी भएर उपाध्यक्ष श्रेष्ठ मे ५ मा स्वदेश फर्कने कार्यक्रम छ।

आज ६ संसदीय समितिको बैठक बस्दै, मन्त्रीहरूसँग छलफल हुने

काठमाडौँ । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्रीसँग छलफल हुनेछ।  त्यस्तै साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उदयपुर र हेटौँडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदन माथि छलफल हुनेछ।  बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवं थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण सम्बन्धमा, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ।  त्यस्तै, साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पास हुनेछ। बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको समितिको कार्यक्षेत्र र कार्य योजनाको बारेमा छलफल हुनेछ। बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एवं अनुदानमा आधारित कृषि तथा पशुपालन व्यवसाय सम्बन्धी विषयमा रहेका कार्यक्रमहरुको सम्बन्धमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री/सचिव एवं परियोजना प्रमुखसँग छलफल गर्ने र योजनाको बारेमा छलफल हुनेछ।

नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानले घरेलु टिम नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनायो ।

चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन आईएमएफको भारतलाई आग्रह

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ । आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो । भारत सरकारले गत जुलाई २० मा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले मङ्गलबार ‘वल्र्ड इकोनोमिक आउटलुक’ सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा भने, “यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहन्छ, जुन विश्वव्यापी रूपमा हानिकारक हुन सक्छ । आईएमएफले यस वर्ष भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जुन क्षेत्रीय औसत ५.३ प्रतिशतभन्दा निकै बढी हो ।