प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्न लागिएको हो।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा छ ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिबाट गत जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले उक्त छलफलको त्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपछि सभामुखले प्राप्त संशोधन र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तो छ सम्भावित कार्यसूची

null

अवैध लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं । बर्दियाको गुलरीया नगरपालिका ११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ करिब ३ ग्राम ३ सय  मिलिग्रामसहित मधुबन नगरपालिका ९ गाँउ नम्बर १२ बस्ने २१ वर्षीय अर्जुन बिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस्तै, पर्साको वीरगंज महानगरपालिका १६  शंकरअचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय २० मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका १० बस्ने २७ वर्षीय सुजन गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी ईनरूवाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।   

रास्वपाले बोलायो दलको बैठक

काठमाडौं । रास्वपा संसदीय दलको बैठक बोलाइएको छ । आज बेलुका ५ बजे बोलाइएको बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारिता, विधेयकमा साझा धारणा र सरकारमा सहभागी मन्त्रीहरुले गरेका कामको सम्बन्धमा समीक्षा रास्वपाले जनाएको छ ।

काठमाडौंमा बिहानै वर्षा, यस्तो रहनेछ देशको दिनभरको मौसम

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा हुनेछ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा नेपालमा केही दिनदेखि वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहाज देशभर आंशिकदेखि साधारणतया बदली छ । वाग्मती र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भएको छ ।  विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।  कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौंमा आज दिनभर बदली हुनेछ । घाम र बादल लाग्नेक्रम दिनभर हुने । काठमाडौंमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार राति कोसी, वाग्मती, मधेस र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  कोसी र मधेस प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  

पोखराबाट काठमाडौं आउँदै गरेको बस तनहुँमा दुर्घटना

काठमाडौं । तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका ६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणका अनुसार घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन्। जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उनीहरूको उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए । बसमा २६ यात्रु सवार थिए। बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालय अगाडि नेविसंघ नेताको आत्मदाह प्रयास !

काठमाडौं । आफूहरुसँग भएको सहमति कार्यन्वयन गर्न पार्टी नेतृत्वलाई दबाब दिनका लागि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका एक कार्यकर्ताले केन्द्रीय कार्यालय अगाडि आत्मदाह प्रयास गरेका छन् ।  नेविसंघको सन्तुष्टपक्षका नेता रामजी बस्नेतले केन्द्रीय कार्यालय अगाडि खुट्टामा आगो लगाउने प्रयास गरेका हुन् । विहीवार भएको सो घटनालाई असन्तुष्ट पक्षका नेताहरुले आत्मदाहको प्रयास भनेका छन् । आन्दोलनका क्रममा करिब १५ जनाको समूह सहभागी भएकामा बस्नेतल आत्मदाहको प्रयास गरेको दावी उनीहरुको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पा, नेपाली कांग्रेस केन्द्रीय सदस्य राजिव ढुङ्गाना र नेपाली कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले असन्तुष्ट पक्षसँग गत भदौ ३ गते गरेको सहमति कार्यन्वयन नभएको भन्दै बस्नेतले यस्तो हर्कत गरेका हुन् । उनले पार्टीका मुख्य सचिवलाई समेत जानकारी गराउँदै बाहिर आएर आगो लगाउन खोजेका थिए । भदौ ३ मा उल्लेख भएको सहमति अनुसार ७ दिन भित्र छुटेका साथीहरुलाई समेटेर मात्र गतिविधि सञ्चालन गर्ने भनिए पनि सो विपरित केन्द्रीय समितिको बैठक बोलाइएको थियो । नेविसंघका नेता योगेन्द्र रावलले सहमति कार्यन्वयनका लागि विद्यार्थी नेताले आफ्नो ज्यान दिनुपर्ने अवस्था सिर्जना भएको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरे । यस्तो आन्दोलन निरन्तर रुपमा अगाडी बढाइने नेविसंघ नेता प्रवेश ढुङ्गानाले बताए । बस्नेत बयोधा अस्पतालमा उपचारपछि फर्किएका छन् । 

नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव, मौसम मुख्यत सफा रहने

काठमाडौं । नेपालको मौसमा हाल  पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  

आफ्नो राजनीतिक अभिभावक नभुल्न आदिवासी जनजातिलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति समुदायले आफ्नो वास्तविक राजनीतिक अभिभावक को हो भन्ने विषय भुल्न नहुने बताएका छन् । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आदिवासी जनजातिलाई आफ्नो नेतृत्वबारे अन्यौल नहुन सुझाव दिए। आफ्नो राजनीतिक नेतृत्व चिन्न नसके प्राप्त अधिकार रक्षा गर्न कठिनाई हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “जुन राजनीतिक शक्ति र नेतृत्वले पहिचान र अधिकारको मुद्दा उठायो, त्यसका पक्षमा दृढथतापूर्वक सङ्घर्ष गर्‍यो, निकै ठूलो वैचारिक बहस र कानुनी लडाइँमा विजय हासिल गरेर ती अधिकारहरू संविधानमा लिपिवद्ध गर्‍यो, त्यो शक्ति र नेतृत्वलाई चिन्न सकिएन भने प्राप्त अधिकार रक्षामा प्रश्न खडा हुन्छ ।” इतिहासका अनुभवले क्रान्ति र परिवर्तनको नेतृत्व गर्ने शक्ति र नेतृत्वको रक्षा गर्न सकिएन र विचार, राजनीति र सङ्गठनमा उसको वरिपरि गोलबन्द सकिएन भने प्रतिक्रान्तिकारी शक्तिले टाउको उठाउने भएकाले त्यसतर्फ ध्यान दिन प्रधानमन्त्रीले आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले राजनीतिक रूपमा पहिचान र अधिकार नरूचाउने शक्तिहरूमा आवद्ध हुने तर अधिकारको माग परिवर्तनकारी शक्तिसँग गर्ने विरोधाभाषबाट माथि उठ्न सल्लाह दिए। समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरेको वर्तमान संविधान कसरी रक्षा गर्न सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “संविधानलाई थप सुदृढ गर्न सकिन्छ, यसको प्रगतिशील कार्यान्वयन गर्न सकिन्छ र थप अधिकारका निम्ति वैधानिक मोर्चाबाट पहल लिनुपर्छ ।” स–साना स्वार्थहरू त्यागेर बृहत्तर हितका पक्षमा संगठित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आदिवासी जनजातिहरूको बृहत एकता र सही नीति, विचार र नेतृत्व छनोट गर्नपछ भन्नुभयो । संसद् र नीति निर्माणको तहमा परिवर्तनकारी शक्ति कमजोर हुँदा परिवर्तनका मुद्दामाथि प्रतिगामी शक्तिहरूबाट बारम्बार हमला हुने भएकाले त्यसतर्फ सचेत रहन प्रधानमन्त्रीले आग्रह गरे।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कोसी सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेसी तोकिएको छ । सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो । सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

डरलाग्दाे बन्याे काेराेना, एकैदिन थपिए ५ हजार ८७ संक्रमित

काठमाडौं । नेपालमा काेराेना संक्रमणले डरलाग्दो रुप लिएकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै ५ हजार ८७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४७४ जनाको पीसीआर र ७ हजार ८६ जनाको एन्टीजेन परिक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ३०६ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १३ पुगेको छ । देशभर १८ हजार २३५ जना कोरोनाका सक्रिय संक्रमित छन् । गत २४ घण्टामा काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९१३, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ संक्रमित थपिएका छन्।

बिहिबार बढ्यो सुनको मूल्य

पाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बर्दियामा विद्युतीय धरापमा परेर एकै परिवारका तीन जनाको मृत्यु

बर्दिया — बर्दियामा वन्यजन्तुबाट खेतबाली जोगाउन थापिएको विद्युतीय धरापमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका—३ गोदानास्थित राजबहादुर शाहीको खेतमा राखिएको विद्युतीय धरापमा परी सोही ठाउँका बालकृष्ण थारु, श्रीमती सुनिता र बालकृष्णकी भाउजू बेलमतियाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जनाए । शुक्रबार राति करिब ११ बजे माछा मार्न गएका तीनजना घर फर्कने क्रममा श्रीमती धरापमा परेकी थिइन् । अँध्यारोमा श्रीमती सुनिताको खोजी गर्दा श्रीमान् बालकृष्ण पनि धरापमा परेका थिए । त्यसलगत्तै भाउजू वेलमतियाको पनि धरापमा परी मृत्यु भएको सहायक संरक्षण अधिकृत थापाले बताए । घटनालगत्तै निकुञ्ज सुरक्षाका लागि खटिएका टोली घटनास्थल पुगेका थिए । उनीहरु तीनै जनाको विद्युतीय धरापमा परी मृत्यु भएको पुष्टि प्रहरी उपरीक्षक ईश्वर कार्कीले गरेका छन् । अनुसन्धानका लागि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक कार्कीले बताए । घटनास्थल मध्यवर्ती क्षेत्रबाहिर रहेको निकुञ्जले जनाएको छ ।

अन्निटा डिमेट्रिओ साइप्रसकाे पहिलो महिला सभामुखमा चयन

काठमाडौं : साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयन हुनु भएको छ। साइप्रसको कुल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गर्नु भएको थियो । सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुसी लागेको बताउनुभयो । उनले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताउनुभयो । डिमेट्रिओ मध्य-दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद हुनु भएको थियो । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिनु भएको थियो । बेलायतको उपनिवेशबाट मुक्त भएपछिका ६१ वर्षमा धेरै महिला सदस्यहरुले राजनीतिक पद प्राप्त गरे पनि डिमेट्रिओले प्राप्त गरेको यो पद सबैभन्दा माथिल्लो हो । साइप्रसको राजनीतिमा महिलाको सहभागिता पुरुषको दाँजोमा निकै कम हुने गरेको छ । अहिले साइप्रसको १५ सदस्यीय मन्त्रीमण्डलमा तीन जना मात्र मन्त्री छन् । राष्ट्रपति अनास्तासियाडेसले अब हुने मन्त्रिपरिषद पुनर्गठनमा महिलाको सहभागिता वृद्धि गर्ने घोषणा पनि गर्नु भएको छ ।

नेकपामा निर्णायक परिवर्तनको संकेत, बल प्रचण्डको कोर्टमा आउने आँकलन

एभरेष्ट टिप्पणी । पार्टी एकतापछि सुस्त गतिमा अघि बढेको नेकपा एकतामा अचानक ब्रेक थ्रु भयो । यो ब्रेक थ्रु केही अप्रत्याशित निर्णयसँगै भएको थियो । यी निर्णयहरु एकाएक सार्वजनिक भएका थिए । सचिवालयको बैठकले पार्टीका शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँडका क्रममा इश्वर पोखरेललाई स्कूल विभाग प्रमुख र नारायणकाजी श्रेष्ठलाई प्रचार प्रसार प्रमुखका जिम्मेवारी दिने निर्णय गरेको थियो । सँगै बामदेव गौतम नेकपाको उपाध्यक्ष बनेका थिए । त्यो अघि चलेका बहसहरुको सन्दर्भमा यी निर्णय अप्रत्याशित र दूरगामी महत्वका थिए । यो विषयमा अनेकन टिका टिप्पणी भए । कतिपयले यसलाई प्रचण्ड कमजोर भएको अर्थमा बुझे, कतिपयले बामदेवले कित्ता परिवर्तन गरेको सन्दर्भमा बुझे । मान्छेपिच्छे धारणा फरक देखिए । तर यथार्थमा यो नेकपाभित्र लामो समयदेखि गुटवादले सिर्जना गरेको अकण्र्मण्यताको जालो भत्काउने कोशिस थियो । यसको दीर्घकालिन महत्व थियो । यदि त्यो सचिवालयको बैठकले त्यस्तो निर्णय नभएको भए अहिलेसम्म पनि एकता त्यहि बिन्दुमा हुन्थ्यो । त्यसपछि एकतामा ब्रेक थ्रु भयो । एकपछि अर्को एकताका प्रक्रिया टुंगिन थाले । अब केन्द्रीय तहमा करिब करिब एकता टुंगिएको छ । र, यो सँगै नेकपाको तेश्रो, चौथौ गियरलाई पहिलो गियरमा लैजाने चुनौती सिर्जना भएको छ । स्वभाविकरुपमा नेकपाका दुई चालकमध्ये संगठनको यो गियर चलाउने जिम्मेवारी प्रचण्डको काँधमा आइपरेको छ । कारण, ओलीका अगाडि सरकारको जाममा परेको गियर अगाडि बढाउनै पर्ने निर्णायक अवस्था देखा परेको छ । प्रधानमन्त्री ओलीका अगाडि अहिलेको मुख्य चुनौती भनेको सरकारको अलोकप्रियतामा ब्रेक थ्रु गर्नु रहेको छ । सरकारले दीर्घकालिन महत्वका कैयन कामहरु गरेपनि मन्त्रीहरुको कार्यशैली र विपक्षीहरुको बारम्बारको निशानाका कारण सरकारले सोचेजस्तो जनअपेक्षा अनुरुपको प्रदर्शन गर्न सकेको छैन । कतिपय राम्रा कामहरु पनि आलोच्य बनेका छन् । आलोचनाका अधिकांश विषयहरु सामान्यरुपमा मन्त्री, मन्त्रीको सचिवालय, आम जनतासँग जोडिने विषयहरुमा अल्झिएका छन् । त्यसैले ओलीका अगाडि सरकारको ग्राफ माथि उकास्ने चुनौती मुख्य छ । त्यसैले उनले अब पार्टीको ग्राफ र सरकारको ग्राफ दुबैमा हस्तक्षेप गर्ने अवस्था छैन । बस्तुगत परिस्थितिले उनले अब कि पार्टी, कि सरकारको विकल्प चुन्नैपर्ने अवस्था सिर्जना भएको छ । र, यसको सोझो अर्थ भनेको पार्टीलाई फेरी लोकप्रियताको चुचुरोमा पुर्याउने, सरकारलाई सच्च्याएर अघि बढाउने जिम्मेवारी प्रचण्डको काँधमा आइपुगेको छ । अर्थात्, अब बल प्रचण्डको कोर्टमा आएको छ । एउटा पुरानो प्रसंगको चर्चा गरौं, नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको निर्णय भइसकेपछि प्रचण्डले देशैभरीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा आफूलाई यथास्थितिमा बस्न नरुचाउने नेताको रुपमा प्रस्तुत गरे । उनले माक्र्सको एउटा कविता उदृत गरे । “मलाई आवेग र गतिको जीवन मन पर्छ..” भन्ने आशयको उक्त कवितामार्फत प्रचण्डले यथास्थितिमा बस्न नचाहने बरु समाजलाई एक कदम अघि धक्का दिन जोखिम मोल्न चाहेको बताएका थिए । प्रचण्डको यो जोखिमको कतिपय पक्षबाट आलोचना भएपनि अहिले उनी त्यही जोखिम पुष्टि गर्ने मुख्य अभिभारामा आउने देखिएको छ । यदि उनले हिजो आफैले प्रतिक्रियावादी र संशोधनवादी भनिएको एमालेसँगको एकतालाई अग्रगमनको पक्षमा उभ्याउने यो जोखिम पुष्टि गर्न नसके उनीमात्रै होइन, इतिहासमा नै ठूलो प्रश्नचिन्ह उठ्ने कुरामा उनी सचेत भएको अनुमान गर्न सकिन्छ । अहिले नेकपाभित्रको एकता करिब करिब टुंगिएको छ । यो एकता नटुंगिदा स्थानीय र केन्द्रीय सरकारलाई नियन्त्रण गर्ने, सुपरिवेक्षण गर्ने सल्लाह दिने र एउटा दिशामा डोर्याउने कडीको कमी देखिन्थ्यो । अब भने यो अवस्था फेरिने र जनतासँग पार्टीको सम्बन्धमा देखिएका कतिपय कमजोरी अन्त्य हुने प्रक्रिया आरम्भ हुने छ । प्रचण्डले बारम्बार अग्रगमनको कुरा गरिरहेका छन् । समाजवादी क्रान्तिको आधार तयार गर्ने कुरा गरिरहेका छन् । उनको विचार र स्पिरिट सरकार या सरकारका मन्त्रीहरुले बुझेको देखिन्न । भूमि ऐन र कतिपय मन्त्रीका काम कारवाही यसको उदाहरण हुन । यद्यपी प्रधानमन्त्री ओलीमा भने केही उदाहरणीय र केही निर्णायक काम गर्ने हुटहुटी र चाहना भएको देखिन्छ । रेल या ग्यासको जति माखौल उडाइएपनि यो केही गर्ने एउटा सपना अवश्य नै हो । त्यसलाई उनको टीमले बुझ्न नसक्नु उनको नेतृत्वको कमजोरी हो । कतिपय मन्त्री पूर्णरुपमा असफल हुँदा पनि बाह्य दबाबलगायतका कारणले गर्दा चुपचाप टालो हाल्ने रणनीति अपनाउनु उनको बाध्यता हो । तर अब स्थिति फेरिएको छ । अब प्रधानमन्त्रीले टालो हालेर मन्त्रीपरिषद चलाउने र प्रचण्डले सम्झौतामाथि सम्झौता गरेर बस्ने अवस्था देखिन्न । माथि नै भनियो– प्रधानमन्त्रीका अगाडि सरकारको गेयर परिवर्तन गर्नैपर्ने बाध्यता छ । यता प्रचण्डका अगाडि एकता प्रगतिशील छ र अग्रगामी रणनीति अन्तर्गत हो भन्ने पुष्टि गर्नैपर्ने चुनौती छ । यो दुबै चुनौतीले नेकपाभित्र एउटा निर्णायक र गुणात्मक नयाँ समीकरण सिर्जना गर्न बस्तुगत दबाब सिर्जना गरको छ । यो बस्तुगत दबाबले दुईवटा कुराको माग गरेको छ । पहिलो, सरकारले घोषणापत्र अनुरुप समाजवादको आधार तयार पार्ने गरी संरचनात्मक ढाँचा तयार गरी निर्ममतापूर्वक त्यो दिशामा अघि बढ्ने । बाधक बन्ने या त्यो स्पिरिट पक्रिने नसक्ने मन्त्रीहरुको विदाई गर्ने र सरकारलाई साँच्चिकै जनअपेक्षा अनुरुप अघि बढाउने । यो जिम्मेवारी अध्यक्ष ओलीले अघि बढाउने । अर्को, पार्टीभित्र देखिएका गुट, व्यक्तिवादी चरित्र, गैर कम्युनिष्ट चिन्तन र जनताभन्दा पद र आर्थिक पक्षलाई महत्व दिने प्रवृत्तिविरुद्ध लड्ने जुझारु कार्यकर्ता पंक्ति तयार गर्ने चुनौती । पार्टीलाई साँच्चिकै परिवर्तनको हिमायती कम्युनिष्ट पार्टी बनाएर समाजवादी नेपाल निर्माणका लागि सरकारलाई सोही अनुरुप जिम्मेवार बनाउन पाइला पाइलामा सहयोग गर्ने पार्टी बनाउने कठिन कार्य । यसका लागि अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको कमाण्ड सुम्पिनैपर्ने दबाब । अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था हेर्दा, नेकपाभित्रको समीकरण हेर्दा र कतिपय अन्य पक्षलाई आँकलन गर्दा अहिले यी दुबै दबाबले नेकपाका आगामी बैठकहरुले यी विषयमा विशेष निर्णय गर्न सक्ने देखिन्छ । पार्टीभित्र माओवादी केन्द्रको तुलनामा पूर्व एमालेका गुटहरु अहिले पार्टी र सरकारको प्रभावकारिताका मुख्य बाधक बनेको कुरा कसैबाट लुकेको छैन । यो भत्काउन, सबै पक्षलाई मिलाएर लैजान र पार्टीलाई रणनैतिक लक्ष्यका लागि अघि बढाउने काम प्रचण्डबाहेक अरुबाट सम्भव देखिन्न । प्रचण्डले मात्रै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र केपी ओलीबीच मध्यस्थताको कुशल भूमिका निर्वाह गर्न सक्छन् । अहिले पनि उनले यो भूमिका खेलिरहेका छन् । एउटा पक्षलाई बोकेर अर्कोसँग जुध्न उनीलाई सजिलो हुनसक्थ्यो होला, तर यसले पार्टीलाई जडतामा मात्रै अल्झ्याएर राख्ने परिस्थिति बुझेर उनले कतिपय आलोचना सहेर पनि रणनीतिक कदमहरु चालिरहेको बुझ्न सकिन्छ । तत्कालका लागि यी कदम कुनै अमुक समूहका लागि अपाच्य भएपनि यसले दीर्घकालमा भने गुटहरु भत्काउने र साझा उद्देश्यका लागि पार्टीलाई समर्पित गर्ने स्तरसम्म विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेमा दुईमत छैन । अबका केही हप्ताहरु नेकपाका लागि निर्णायक हुने छन् । यसपछि नेकपाले जनतासँग जोडिने र पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने समय शुरु हुने छ । यी सबै पक्षमा प्रचण्ड अब निर्णायक बन्ने अवस्था देखिन्छ । बल उनको कोर्टमा आउने र उनी नयाँ भूमिकामा पुरानै स्पिरिटका साथ अघि बढने आँकलन गर्न सकिन्छ । प्रचण्डले भनेजस्तै, बिग्रे पनि भत्के पनि नेपाली समाजको रुपान्तरण, अग्रगामी रुपान्तरण नेकपाबाटै सम्भव छ । जति आलोचना गरेपनि यसको विकल्प अन्य शक्ति बन्न सकेका छैनन् । त्यसैले नेकपालाई त्यो स्तरमा पुर्याउन सरकारका तर्फबाट ओली र पार्टीका तर्फबाट प्रचण्ड नै अबको निर्णायक नेतृत्व हुनेमा दुईमत हुन सक्दैन ।

बेहुली बनिन् बेली डान्सर बिनु शाक्य (फोटोफिचर)

काठमाडौं, पुस २४ । पछिल्लो समयकी लोकप्रिय बेली डान्सर बिनु शाक्य बेहुली बनेकी छिन् । विशेषगरी स्टेजमा आफ्नो बेली डान्सबाट दर्शकको मन जितेकी बिनु भिडियोका लागी मोडल कमल सिंहको बेहुली बनेकी हुन् । उनलाई बेहुली बनाउने काम निर्देशक सोनम पाख्रिनले गरेका हुन् । राजेन्द्र डंगोलको स्वर रहेको ‘कान्छी हे कान्छी’ बोलको डान्सिङ गीतमा कमलले बिनुलाई बेहुली बनाएर भित्राएका हुन्। कृष्णभक्त महर्जनको शब्द, संगीत रहेको गीत हरिशरण सायामीले एरेन्ज गरेका छन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको उक्त भिडियो उत्सव दाहालले खिचेका हुन् । ललितपुरको फर्पिङमा सोमबार भएको सुटिङमा केही कोरस डान्सरसँगै बेली डान्सर बिनुले गुनियो चोली लगाएरै पनि नृत्य गरेकी छिन् । आफूलाई बेली डान्सरको रुपमा चिन्दै आएका दर्शकका लागी यो भिडियो फरक हुने उनी बताउँछिन् । ‘कतिपय दर्शकले मैले बेली डान्समात्र गर्छु भन्ने बुझ्नुहुन्छ उनीहरुका लागि यो भिडियो फरक हुनेछ, यसमा कुर्ता सुरुवाल र गुनियो चोली पनि लगाएकी छु’ बिनुले भनिन् । यस्तै म्युजिक भिडियोमा पहिलो पटक बिवाहको दृश्य दिएकी बिनु भन्छिन् ‘अहिले सम्मको म्युजीक भिडियोहरुमा बिहे गरेकी थिइन्, म्युजिक भिडियोका लागी पनि यो मेरो पहिलो म्युजीक भिडियो हो, नयाँ अनुभव गरेँ ।’ यस्तै मोडल कमलले पनि बिवाहको दृश्यमा नयाँ अनुभव भएको बताए । साथै उनले डान्सर बिनुको तारिफ पनि गरे । ‘बेली डान्सर भनेर चिनिराखेको बेलीभन्दा फरक गीतमा पनि राम्रो नृत्य गर्नुहुदो रहेछ’ कमलले भने । भिडियोका निर्देशक सोनमले गीतको शब्द अनुसार कमल र बिनुको बिहे गराइदिएको बताए । भिडियो यसै साताभित्र बजारमा आउने निर्देशक सोनमले जानकारी दिए ।