प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्विप

काठमाडौँ । प्रधानमन्त्रीलाई विश्वासको मत नदिन राष्ट्रिय स्वतन्त्र पार्टीले ह्विप जारी गरेको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको हो । 

नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले प्रतिनिधिसभामा आज विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको सो प्रस्तावको विपक्षमा मतदान गर्न रास्वपाले आफ्ना सांसदहरुलाई निर्देशन दिएको हो । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको जानकारी दिएका हुन् । 

वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका ३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका ११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका ५  घर भई काठमाडौं महानगरपालिका १६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।    पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।   

काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत एग्रो पुलिङ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना कृषि विज्ञ माग गरेको छ।  आज एक सूचना जारी गर्दै महानगरले इच्छुक विज्ञलाई सात दिनभित्र महानगरपालिकाको श्रम बैङ्कमा आबद्ध भई कृषि तथा पशुपन्छी विभागमा जानकारी गराउनुहुन आग्रह गरिएको छ।  कृषि विज्ञको सेवा सुविधा सरकारले तोकिए बमोजिम हुने कृषि तथा पशुपन्छी विभागद्वारा जारी सूचनामा उल्लेख छ। 

इलाम र बझाङबाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले आज -सोमबार_देखि इलाम र बझाङ बाहेकका जिल्लामा प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता सुरु गरेको छ । आयोगलको २०८० फागुन १३ गते बसेको बैठकले आजदेखि प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता अद्यावधिक कार्य सुरु गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले तोकिए बमोजिम प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटोसहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम सङ्कलन गर्दै आएको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाणसहित प्रि–रजिष्ट्रेशन प्रणालीमार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता नामावली सङ्कलनको कार्य साविकमा झैँ प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने आयोगले जनाएको छ । कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा रहेको त्रुटि सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा संलग्न प्रमाणको आधारमा निर्वाचन अधिकारीले प्राप्त निवेदनमाथि आवश्यक निर्णय गर्नेछ । तर कुनै मतदाताले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनका लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा निर्वाचन अधिकारीले छानबिन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गर्नेछ । कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाई सरी गएका कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम हटाउने सम्बन्धमा जिल्ला निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी हटाइएका मतदाताको विवरण मतदाता नामावली ऐन, २०७३ को दफा १८ को उपदफा -३_ बमोजिम अद्यावधिक गर्ने प्रयोजनको लागि प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्थासमेत मिलाउनेछ ।

पर्यटकीय राजधानीको विकासमा सरकारले प्राथमिकतापूर्वक सहयोग गर्छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए। “पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।” उनले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आयोजित घोषणासभा समारोहमा प्रधानमन्त्री प्रचण्डको मन्तव्य प्राकृतिक, सांस्कृतिक र साहसिक वैभवताको सङ्गमका रूपमा आफनो विशिष्ट पहिचान दिन सफल मुलुककै प्रमुख पर्यटकीय नगरी पोखरालाई मुलुककै पर्यटकीय राजधानी घोषणा गर्न आयोजित यस घोषणासभामा सहभागी हुन पाउँदा मलाई गर्व र खुसीको अनुभूति भएको छ । सर्वप्रथम गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत आसपासका अन्य स्थानीय तहहरू, उद्यमी व्यवसायी र सम्बद्व संघ÷संस्थाहरूको संयुक्त पहलमा गरिएको यस महत्वपूर्ण कार्यको सम्मान एवं प्रशंसा गर्दछु।  यस अभियानले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु । यस अवसरमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत सम्बन्धित सबै स्थानीय तह, संघरसंस्था र यहाँ उपस्थित आदरणीय जनसमुदायलाई हार्दिक अभिवादन, बधाइ तथा शुभकामना व्यक्त गर्दछु।  पोखरा नेपालका मुख्य शहरहरूमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त शहर पनि हो । यहाँका नदीहरू, सुन्दर हिमश्रृङ्खलाहरू, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद, छाँगा, छहरा र गल्छीहरूले पोखराको सुन्दरतामा अनुपमता मात्र थपेका छैनन्, यहाँको आर्थिक विकास, आत्मनिर्भरता, सांस्कृतिक वैभव, राष्ट्रिय संस्कृति एवं ऐतिहासिक पहिचान र जनसम्बन्धमा समेत गुरूत्वपूर्ण योगदान पु¥याएका छन् । राजनीतिक, सांस्कृतिक एवं प्रशासनिक क्षेत्रमा नेतृत्व प्रदान गर्दै आएको गण्डकी प्रदेश नेपालको राजनीति, सभ्यता र प्रशासनिक विकासक्रमका दृष्टिले जति गौरवशाली छ, त्यति नै सम्भावनायुक्त समेत छ।  सेती नदी, फेवाताल, पाताले छाँगो ९डेभिड फल०, महेन्द्रगुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, विन्ध्यवासिनी मन्दिर, धर्मशीला वुद्घ विहार, विश्वशान्ति स्तुपा, हरिहर गुफा, नारायणस्थान मन्दिर, सदाशिव मन्दिर, ढुंगेसाँघु, लक्ष्मीनारायण मन्दिर, तालवाराही मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती, सराङकोट, वेगनास ताल, रूपा ताल, खाष्टे ताल, दिपाङ ताल, गुदे ताल, न्यूरेनी ताल, मैदी ताल, क्षेत्रीय संग्रहालय, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, गोर्खा स्मृति संग्रहालय, अन्नपूर्ण संग्रहालय, माछापुच्छ्रे लगायतका मनमोहक हिम श्रृङ्खलाहरू, इन्द्र गुफा, खारपानी तातोपानी, कृष्ती ९मट्टीखान०, पुम्दीभुम्दी, स्याक्लुङकोट, घान्द्रुक, धम्पुस तथा लान्द्रुक, सिकलेस, भदौरे देउराली, पञ्चासे क्षेत्र, मादी नदी, विभिन्न गुम्बाहरू लगायत सयौँ प्राकृतिक, धार्मिक एवं सांस्कृतिक गन्तव्यहरू पोखरा र यस क्षेत्र आसपास रहेका छन् । नेपाली समाजको भाषिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक विविधतालाई एकै ठाउँमा संकेन्द्रित गर्ने यस क्षेत्रका पर्यटकीय गन्तव्यहरू हाम्रा मूल्यवान् निधि हुन् । यिनीहरूको संरक्षण, प्रवर्धन, व्यवस्थित प्रचारप्रसारका माध्यमबाट पर्यटन प्रवर्धनमा गुणात्मक सफलता हासिल गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।  पर्यटकीय राजधानी घोषणा गर्ने विश्वमा प्रचलित तथा स्थापित मान्यता, सिद्वान्त तथा अभ्यासलाई समेत मध्यनजर गरी गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने यस निर्णयले विश्व पर्यटन बजारमा पोखराको व्राण्डिङ गर्न, पर्यटन बजारको पहुँच विस्तार गर्न, लगानीकर्ताहरूलाई अनुकूल वातावरण सिर्जना गर्न र यस क्षेत्रका जनताको जीवनस्तरमा गुणात्मक प्रभाव पार्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरेको छु।  पर्यटकीय राजधानी घोषणापश्चात राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत, कानूनी र प्रक्रियागत सुधार, रणनीतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिबृद्वि, जवाफदेहिता तथा क्षमता विकासलाई योजनावद्व रूपमा अघि बढाउन गण्डकी प्रदेश सरकार पोखरा महानगरपालिका लगायत अन्य स्थानीय तह र निजी क्षेत्रबीच समन्वय भई प्रभावकारी रूपमा कार्यान्वयन हुँदै जाने विश्वास लिएको छु। पर्यटकीय राजधानी घोषणापश्चात प्रदेश सरकार, महानगरपालिका, निजी क्षेत्र र नागरिक समाजले निर्वाह गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारीबारे यहाँहरू जानकार नै हुनुहुन्छ। २१ औँ शताब्दीको आधुनिक युगमा भौतिक र मानवीय विकासलाई सँगसँगै अगाडि बढाउनुपर्दछ। तर, यसबारे बुझाइमा वैज्ञानिकता कायम हुन नसक्दा कतिपय सरकारहरूले भौतिक विकासलाई मात्रै विकासका रूपमा परिभाषित गर्ने, मानवीय विकासको पक्ष अवमूल्यन गर्ने, विकासका नाममा सीमान्तकृत वर्ग र समुदायको अभिभावकत्व ग्रहण नगर्नेजस्ता समस्या देखिएका छन्। तसर्थ, आम नागरिकको चाहना र भावना मुखरित हुने गरी विकासको वैज्ञानिक अवधारणा लागू गर्न यहाँहरूले अग्रसरता लिने विश्वास व्यक्त गर्दछु।  तालैतालको शहरको रूपमा परिचित पोखरा र आसपासमा रहेका प्रकृतिप्रदत्त अनुपम सम्पदा, जैविक विविधता र सांस्कृतिक धरोहरहरूको संरक्षण, सम्बर्धन,  दिगो विकास र प्रवर्धनमा सबैको ध्यान जाने नै छ । यसका निम्ति सङ्घीय सरकारले निर्वाह गर्नुपर्ने अभिभावकीय भूमिकाका निम्ति आवश्यक पहल लिने प्रतिवद्धता व्यक्त गर्दै स्थानीयस्तरमा कुशल व्यवस्थापनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरूमा प्रदेश र स्थानीय सरकारको गम्भीर ध्यान जाने विश्वास व्यक्त गर्दछु। पर्यटकीय राजधानी पोखराको विकासका लागि नेपाल सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने विश्वास दिलाउँछु। पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न नेपाल सरकारले उच्च प्राथमिकता दिनेछ । साथै पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ। पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट लगानी आकर्षित गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने नै छ। आगामी महिना आयोजना गरिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्वपूर्ण सहयोग पु¥याउनेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यवसायिक उडानको लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिवद्वता व्यक्त गर्दछु। प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ। गण्डकी प्रदेशको विकासमा दुरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिनेछ। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, मनास्लु संरक्षण क्षेत्र परियोजनाको प्रचलित कानुनमा संशोधन गरी स्थानीय नागरिकको स्वामित्व कायम हुनुपर्ने प्रदेशबासीको मागबारे म जानकार छु । यो समस्या सम्बोधन गर्न मैले पहल गर्दै आएको स्मरण गराउँदै यसलाई छिट्टै निष्कर्षमा पु¥याउने विश्वास दिलाउन चाहन्छु । फेवाताल संरक्षणका बारेमा प्रदेश सरकार, महानगर लगायत स्थानीय सरकार र जनताले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै सम्मानित सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरि निष्कर्षमा पु¥याउन पहल गरिनेछ । पोखराको पर्यटन प्रवर्धनमा पर्यटकहरूका लागि सङ्घीय सरकारले सहुलियतपूर्ण नीति अबलम्वन गर्नुपर्ने यहाँहरूको चासोलाई समेत मैले गम्भीरतापूर्वक लिएको छु। यसै घोषणा सभामार्फत सम्पूर्ण नेपालीहरूमा अपील गर्दछु– पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ । आन्तरिक पर्यटन प्रवर्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ । लक्ष्यअनुसार पर्यटक भित्राउन हामीले खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारिताका साथ पूरा गरौँ । यसका निम्ति सम्पूर्ण पोखरेली जनसमुदायमा विशेष अपील गर्दछु ।   अन्त्यमा, पर्यटकीय राजधानी घोषणासभामा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी आफ्ना विचारहरू राख्ने अवसरका निम्ति हार्दिक धन्यवादसहित पर्यटकीय राजधानीको निर्दिष्ट लक्ष्य प्राप्तिको दिशामा पूर्ण सफलताको कामना गर्दछु र विदा हुन्छु । धन्यवाद ।  

केपी ओलीको कांग्रेसलाई प्रश्न - शान्ति प्रक्रिया टुङ्ग्याउन कसले नदिएको हो ?

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देश कुनै धर्म र जाती विशेषको नभएर सबैको साझा भएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले देशमा साम्प्रदायिकताको आगो झोसेर र प्रतिगमनको बराठको सिंह घोचेर देश अघि बढ्न नसक्ने बताएका हुन् । साथै उनले त्यसक्रममा संसद्को ध्यानाकर्षण हुनुपर्ने बताए ।  ‘देशको परिस्थिति सुखद छैन । राजनीतिमा विभिन्न नाम, पहिचान, जात र धर्मका नाममा विद्वेष फैलाउने काम भइरहेका छन् । यो देश जाती र धर्म विशेषको होइन, त्यस्तो बनाउन सकिँदैन । यो देश सबैको साझा हो’, ओलीले भने, ‘हामी डेमोक्रेसीमा यति कुरा पनि बुझ्दैनौ ?’  उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अघि बढ्नुपर्ने भन्दै समाजमा अराजकता मौलाएको बताए । ‘कानुनको राजमा यदि राज्य तलमाथि भएको छ भने संसद्ले नियन्त्रण गर्नुपर्छ’, ओलीले रोजेर ल्याएको प्रणालीमा राजनीतिक परिवर्तन हुँदा आत्तिन नहुने बताए । तर उनले प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने भन्दै कांग्रेसलाई सत्ता जाँदैमा रुवावासी नगर्न आग्रह गरे । उनले शान्ति प्रक्रिया टुङ्ग्याउन कसले नदिएको भन्दै कांग्रेसलाई प्रश्न गरे । ‘कसले शान्ति प्रक्रियालाई टुङ्ग्याउन दिएन ?’ उनले आफूले पटक पटक शान्तिप्रक्रिया टुङ्ग्याउन आग्रह गर्दै आएको र एमालेले त्यसमा यसअघि कुनै व्यवधान नगरेको बताए ।

सञ्चारसहित दुई सचिवको सरुवा

काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ । हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रामकृष्ण सुवेदीको सरुवा गरेको हो । राउतलाई आयोग र सुवेदीलाई सञ्चार मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको हो । सचिव राउत चैत १४ गते मधेस प्रदेशको प्रमुख सचिवबाट सञ्चार मन्त्रालयमा सरुवा भई आएका थिए । नेपाल टेलिकमको नयाँ बिलिङ ठेक्का, आइएसपीलगायत विषय चरम उत्कर्षमा पुगिरहेका बेला सचिव राउतको सरुवा भएको हो । अनेकथरी इन्ट्रेष्ट ग्रुपहरूको चलखेल रहँदै आएको मन्त्रालयमा लय लय नमिलाएका कारण १० महिनामै सरुवा हुनु परेको मन्त्रालय स्रोत बताउँछ । सञ्चारबाहेक अन्य केही मन्त्रालयका सचिवहरूको सरुवा हुने चर्चा रहे पनि आजलाई भने दुई सचिवको मात्रै निर्णय भएको ती मन्त्रीले बताएका छन् । यद्यपि मिलाउने क्रम जारी रहेकोले अन्य सचिवको पनि सरुवाबारे छलफल भइरहेको छ ।

हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य

काठमाडौं । करण केसीको घातक बलिङमा यूएई सम्मिलित त्रिकोणात्मक टी २० आई सिरिजमा हङकङले नेपालसामु ९५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित १९.३ ओभरमा ९४ रनमा अलआउट भयो। नेपालका करण केसी एक्लैले चार विकेट लिए। किफायती बलिङ गरेका करणले आफ्नो स्पेलमा मात्र १५ रन दिए। करण केसीले ओभरको पहिलो बलमा नै ओपनर तथा कप्तान निजाकात खानलाई बोल्ड आउट गरे। अर्का ओपनर अशुं रथलाई ७ रन बनाउँदा करणले आशिफ शेखको हातबाट क्याच आउट गराए। इजाज खानलाई ७ रनमा क्याच आउट गराएका करणले हरोन हर्सदलाई बोल्ड आउट गरे। अभिनास बोहोरा र सोमपाल कामीले समान दुईरदुई विकेट आफ्नो नाममा गरे। कुशल मल्ल, मौसम ढकालले समान एक एक विकेट लिए। हङकङका लागि याशिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए। ३६ बलको सामना गरेका उनले २ चौका र १ छक्का हाने। जिसान अलीले १७ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानमा उल्लेखित स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताएका छन्। काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षणका क्रममा उनले स्वास्थ्यका क्षेत्रमा सरकारले अघि सारेका अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताएका हुन्। ‘संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक छ,’ मन्त्री बस्नेतले भने, ‘कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने उल्लेख गरिएको छ।’ मन्त्री बस्नेतलाई अस्पतालका सञ्चालक समितिका महासचिव हीरामणि शर्माले अस्पतालबाट प्रदान गरिने सेवाका बारेमा जानकारी गराएका थिए। निरीक्षणका क्रममा मन्त्री बस्नेतले बिरामीसँग अस्पतालका सेवाको अवस्था बारेमा छलफल गरेका थिए।

सरकारलाई अप्ठेरोमा पार्ने एमालेको चाहना पूरा हुन सकेन

काठमाडौं । सत्तारुढ दलका केही सांसद नै आर्थिक वर्ष २०८०/ ०८१ को बजेटको विरोधमा उत्रिएपछि प्रमुख प्रतिपक्षी एमाले संसदबाट बजेट पारित हुँदैन कि भन्ने आशामा थियो। बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै गडबडी उत्पन्न हुने बुझाइमा रहेको एमालेले बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० मत विभाजन प्रक्रियाबाट पारित गर्नुपर्ने माग राख्यो। उसकै मागअनुसार मत विभाजन प्रक्रिया अपनाइयो। बहुमतले विनियोजन विधेयक–२०८० पारित भयो। बजेट पास हुन नदिएर सरकारलाई अप्ठेरोमा पार्ने एमालेको चाहना पूरा हुन सकेन। विनियोजन विधेयक पारितका लागि राखिएको प्रस्तावको पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत पर्यो। मत दिन्न भन्नेमा कुनै पनि सांसद उभिएनन्। त्यसबेला प्रतिनिधिसभामा २ सय ५५ सांसद उपस्थित थिए। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगै प्रस्तावको विपक्षमा उभियो। यो नागरिक दैनिकमा आज प्रकासित समाचार हो ।

सडक दुर्घटनामा परि युएईमा नेपाली नर्सको मृत्यु

यूएई । बैदेशिक रोजगारीको शिलशिलामा यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा कार्यरत एक नेपाली नर्सको सडक दुर्घट्नामा परी मृत्‍यु भएको छ । बिगत तीन बर्ष देखि यूएईमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्‍यु भएको हो । नेपाल पोखरा घर भएकी गुरुंग अलतामयुज कम्पनीमा नर्सको काम गर्थिन् । दुबइबाट फर्कने क्रममा गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा गुरुङको घटनास्थलमै मृत्‍यु भएको हो । गुरुङको शब स्थानीय साकार अस्पतालमा राखिएको छ ।       दुर्घट्नामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर घाईते भएका थिए । दुबैजनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

विक्रम पाण्डेका पूर्वप्रतिद्धवन्दी दानबहादुर तामाङसहित दुई दर्जन बढी नेता माओवादीमा प्रवेश

पर्साढाप(चितवन), मंसिर १२ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य एवं समामुपातिक उम्मेदवार दानबहादुर तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन । मंगलबार पश्चिम चितवनको पर्साढापमा आयोजित बाम गठबन्धनको चुनावी सभामा उनलाई माओवादी अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन । दोस्रो संविधानसभाको चुनावमा उनी चितवन क्षेत्र नंं ५ बाट उम्मेदवार बनेका थिए । अहिले क्षेत्र नं ३ का प्रतिनिधीसभा सदस्य उम्मेदवार वन मन्त्री विक्रम पाण्डेसगँ २ हजार ३ सय ५२ मतले उनी पराजित भएका थिए । पाण्डेले १० हजार ७ सय ५८ मत ल्याएका थिए । भएको थियो भने तामाङले ८ हजार ४ सय ६ मत ल्याएका थिए । तामाङ ०७० सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । केही समय अघि एमाले परित्याग गरेका तमाङ नयाँ शक्ति पार्टी नेपालको चितवनबाट समानुपातिक उम्मेदवार हुनु । दोस्रो संविधानसभाको चुनावमा उनी चितवन क्षेत्र नंं ५ बाट उम्मेदवार बनेका थिए । अहिले क्षेत्र नं ३ का प्रतिनिधीसभा सदस्य उम्मेदवार वन मन्त्री विक्रम पाण्डेसगँ २ हजार ३ सय ५२ मतले उनी पराजित भएका थिए । पाण्डेले १० हजार ७ सय ५८ मत ल्याएका थिए । भएको थियो भने तामाङले ८ हजार ४ सय ६ मत ल्याएका थिए । भरतपुर २७ पर्साढाप बजारमा भएको चुनावीसभामा पाटी प्रवेश गरेका तामाङले बाबुराम भट्टराईबाट देशको विकास र समृद्धि नहुने दाबी गरे । उनले अब देश विकास पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट मात्र सम्भव रहेको बताए । त्यसतै उनले २/४ सिट ल्याउने पार्टीबाट देश विकासको आशा गर्न नसकिने बताए । अब देशमा वृहत कम्युनिष्ट पार्टीले मात्र देशको विकास गर्ने ठोकुवा गरे । सम्रग चितवन र देशको विकासका लागि नयाँ शक्ति परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेको उनको भनाई छ । तामाङले वनमन्त्री एवं उम्मेदवार पाण्डेलाई मैदान खाली गरेर प्रचण्डलाई सघाउन आग्रह गरे । चितवनको विकासकै लागि आफू प्रचण्ड विजय अभियानमा सरिक भएको उनको भनाई छ । सम्रग चितवन र देशको विकासका लागि नयाँ शक्ति परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेको उनको भनाई छ । तामाङले वनमन्त्री एवं उम्मेदवार पाण्डेलाई मैदान खाली गरेर प्रचण्डलाई सघाउन आग्रह गरे । चितवनको विकासकै लागि आफू प्रचण्ड विजय अभियानमा सरिक भएको उनको भनाई छ । यसै बिच सो कार्यक्रममा राप्रपा प्रजातान्त्रिक र नेपाली कांग्रेसका २२ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । चुनावी सभा लगतै सोही क्षेत्रको मेघौली, तेलौली, बनकट्टा, रातापुर, गौचरन र सलौली लगाएतका स्थानमा घर दैलो गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड, प्रदेशसभाका उम्मेदवार कृष्ण भुर्तेलले संयुक्त रुपमा घर दैलो गरेका थिए ।

क्यान्सर पीडित तामाङलार्इ कतारबाट आर्थिक सहयोग

कतार, साउन १७। ‘सेवा नै धर्म हो, जहाँ मन हुन्छ त्यहाँ आत्मियता उत्पन्न हुन्छ र त्यसैबाट कसैले जिवन दान पाउछ’ त्यस्तै एक नमुना काम गरेको छ काभ्रेपलान्चोक सेवा समाज कतारले । काभ्रेको तिमाल गाउँपालिका वार्ड–१ निवासी ३८ वर्षीय बुद्दिलाल तामाङ केही समयदेखी ब्लड क्यान्सरका कारण उपचारार्थ तिनकुनेस्थित एक अस्पतालमा भर्ना भइ उपचाररत छन । बिरामीको पारिवारिक अवस्था नाजुक भएको र उनलाई उपचारमा अति समस्या भएको भन्ने मिडियामा आएपछि काभ्रे पलान्चोक सेवा समाज कतारको पहलमा आर्थिक सहयोग अभियान सन्चालन गरिएको थियो । उक्त अभियानबाट संकलित रकम संस्थाका सल्लाहकार श्री भरत बडाल र सस्थाका सस्थापक सदस्य सुर्य भण्डारीले अस्पतालमा गएर बुद्दिलाल तामाङ बचाऊ अभियान का संयोजक इन्द्रबहादुर तामाङ र सह–संयोजक ज्ञानबहादुर तमाङ्ग को रोहवर मा पीडित बुद्दिलाल तामाङलार्इ  ६२,४६५ रुपैयाँ हस्तान्तरण गरेको आर्थिक संकल अभियानका अभियन्ता तथा समाजका बरिस्ट उपाअधक्ष्य नारायण बिष्टले जानकारी दिए । बिष्टले पीडितलाइ आर्थिक रुपमा सहयोग गरि उनको उपचारमा टेवा पुर्‍याउनु हुने सम्पुर्ण सहयोगी मनहरु प्रति कृतज्ञतत प्रकट गर्दै काभ्रे पलान्चोक सेवा समाज कतारको तर्फ बाट हार्दिक आभार ब्यक्त गरे ।

एमाले छोडी ढकाल प्रचण्डतिर

काठमाडौं, बैशाख १४ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले अाज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको विपक्षी ९ दलीय गठबन्धन छोडेर उनी प्रधानमन्त्री प्रचण्डलार्इ भेट्न वालुवाटार पुृगेका हुन् । बिहीबार एमाले संसदीय दलको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपक्षी गठबन्धनको बैठक छोडेर अध्यक्ष ढकाल सत्तारुढ गठबन्धनतिर जोडिएका छन् । परिवार दलले अहिले संसदमा दर्ता रहेको संशोधन प्रस्तावलाई पारित गराउने भित्री तयारी गरिरहेकाे बुझिएकाे छ । यहीसम्बन्धी छलफलका लागि अहिले ढकाल दाैडधुपमा लागिपरेका छन् ।

हर्न बजाउन निषेध गरेपछि काठमाडौँ क्षेत्र शान्तमय बनेको छ

काठमाडौं, वैशाख ११ । नेपाल सरकारले वैशाख १ गतेदेखि नै काठमाडौंँ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । हर्न निषेधित क्षेत्र भएको एक हप्ता भएको छ । यसरी जथाभावी हर्न बजाउन निषेध गरिसकेपछि अहिले काठमाडौं उपत्यकामा धेरै शान्त भएको छैन कि दैनिकजसो हुने सवारी दुर्घटनाको संख्यामा पनि धेरै कमी भएको छ । तर, सरकारले सडकमा सर्वसाधारणहरु आफूखुशी गरी हिँड्ने कार्यलाई भने निरुत्साहित गर्न सकेको छैन । जेब्रा क्रसिङको प्रयोग नगरी जथाभावी बाटो काट्ने र आकाशे पुलको प्रयोग नगर्ने स्वभाव देखेर ट्राफिक प्रहरी पनि हैरान भएको देखिन्छ ।