यसरी सकिन्छ मोटोपनबाट बच्न

काठमाडौं, भदौ १८ । आजको विश्वमा माटोपन प्रमुख चुनौतीका रुपमा आएको छ । धेरै मानिस अस्वाभाविक मोटोपनले आजित भएका छन ।

यदि तपाई अनावश्यक मोटोपनबाट वा यो महारोगबाट बच्न चाहानु हुन्छ भने दैनिक रुपमा खानपान, व्यायाम र तनाब जस्ता कुरामा सतर्कता अपनाउनुस ।

यी कुरामा तपाई सधै सचेत रहनुस्ः

– स्लिम हुन चाहनेहरूले खानपानदेखि लिएर शारीरिक व्यायाममा समेत सजगता अपनाउनुपर्छ ।

–  शरीरमा क्यालोरीको मात्रा आवश्यकभन्दा बढी भए त्यसलाई घटाउन शारीरिक व्यायामलाई बढाउँदै लानुपर्छ, जसका कारण अनावश्यक क्यालोरी कटौती हुँदै जान्छ ।

–  छिटो र धेरै तौल घटाउने चक्करमा पर्नु हुँदैन । त्यसो गर्दा शरीरका अन्य अंग खराब हुन सक्छन् र पखाला चल्ने, रिंगटा लाग्ने, मुटुमा समस्या आदि देखा पर्न सक्छ ।

–  बिस्तारै र नियमपूर्वक थोरै–थोरै गर्दै तौल घटाउनुपर्छ । बिस्तारै मोटोपन घटाउँदा ढिलो तर दीर्घकालीन नतिजा हात लाग्छ ।

–  विज्ञहरूका अनुसार कम्तीमा पनि ६ देखि ९ महिना व्यायाम गर्नुपर्छ ।

–  असन्तुलित खानाले मधुमेह हुने सम्भावना हुन्छ । छिटो–छिटो तौल घटाउने योजनाले तौल घटाउनुभन्दा पनि अन्य स्वास्थ्य समस्या थपिन सक्छ ।

एकीकृत समाजवादीको महाधिवेशनमा ६५ पन्ने समाजवादी कार्यक्रम प्रस्तुत(दस्तावेज)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को ‘सम्मानित नेता’ झलनाथ खनालले यसअघिका कार्यक्रमहरूको रक्षा र विकास गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान नसकिने निष्कर्ष प्रस्तुत गरेका छन्। जारी पार्टीको दशौँ महाधिवेशनमा जेठको १ र २ गते बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको नेपाली विशेषताको समाजवादी कार्यक्रम पेस गर्दै त्यस्तो बताएका हुन्।  नयाँ आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्ने दस्तावेजमा उल्लेख छ। नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रमहरू त्यस बेलाको वस्तुगत परिस्थितिका उपज भएको दस्तावेजमा उल्लेख गरिएको छ। “हिजो हामीले जनवादी क्रान्तिको क्रममा अघि सारेका कार्यक्रमहरूका जुन अंशहरू लागु भइसकेका छैनन्, तिनीहरू अब समाजवादी कार्यक्रमका अभिन्न अंग बन्छन् र बनाउनुपर्छ । तर, कार्यक्रमिक रूपमा भने अब नयाँ धरातलबाट अघि बढ्नुपर्छ,” दस्तावेजमा उल्लेख छ छ।  यस्तो छ ६५ पृष्ठ लामो दस्तावेज

डुबेर दुई किशोरीको मृत्यु

काठमाडौं । डडेल्धुरामा नुहाउने क्रममा  डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको खोलामा डुबेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी दीपक पाठकले जानकारी दिए।  मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको पाठकको भनाइ छ। 

सल्यान कुपिण्डेमा एक दम्पती मृत फेला

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका एक दम्पती मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् । श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए। कार्कीका अनुसार श्रीमती कमलाको शव माथिल्लो तलामा घाटी काटिएको अवस्थामा फेला परेको र श्रीमान मनोत तल्लो तलामा झुण्डिएको अवस्थामा फेला परेका छन्।  प्रहरी प्रमुख कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

जेलमा रहेका टोपबहादुरको मुटुमा समस्या, अस्पताल भर्ना

काठमाडौं । पूर्वमन्त्री एंव नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई अस्पताल भर्ना गरिएको छ । रायमाझीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जेलबाट अस्पताल  लगिएको  हो। रायमाझीको मुटुमा समस्या देखिएपछि उपचारका लागि उनलाई मनमोहन अस्पताल भर्ना गरिएको छ। नक्कली भुटानी  शरणर्थी प्रकरणमा जेल परेका रायमाझीलाई उक्त अस्पतालमा ४७८ नम्बरको वेडमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको थियो। उनको स्वास्थ्य अवस्था स्थिर रहेको  छ ।रायमाझीको मुटुको चालको निगरानी गर्न मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । अर्घाखाँचीवाट संघीय संसद बनेका रायमाझीलाई असारदेखि केन्द्रीय कारागारको भद्रबन्दी जेलमा राखिएको छ।

प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच शुक्रबार सिंहदरबारमा भेट भएको नेताहरूको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा  सरकार सञ्चालन, समसामयीक राजनीति, शान्ति प्रक्रियाका बाँकी कामलगायत विषयमा छलफल भएको बताइएकाे छ। आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले मोर्चामा एमालेलाई ल्याउनेबारे छलफल गरेको थियो । भेटमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सो विषयमा पनि जानकारी गराएको सचिवालयले जानकारी दिएको छ ।

सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।  आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश गर्ने, माननीय उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ ।  त्यस्तै राष्ट्रिय सभाको दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।साथै कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन, अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ माथि छलफल र निर्णयार्थ प्रस्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल,  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा अर्थ मन्त्रीबाट जवाफ दिने कार्यसूची रहेको छ । 

गृहमन्त्री बनेपछि रबि लामिछानेप्रति कांग्रेसको प्रश्न

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछाने नियुक्त भएपछि सहकारीको अपचलनमा जोडिएका व्यक्ति गृहमन्त्री बनेको भन्दै विषयमा प्रश्न उठाएको छ । यद्यपि रास्वपाका नेताहरुकै नेताहरुले उनी गृहमन्त्री बन्नु अगाडि प्रधानमन्त्रीको अफर गरेको बताउँदै आएका छन् । आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीले गृमन्त्री बनाएकोप्रति प्रश्न उठाएको हो ।बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे । उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरे । सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गरे । तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यान दिने विश्वास व्यक्त गरे । त्यसैगरी अर्का सांसद सीता मिजारले ‘आरोपित नै कानुन कार्यान्वयनको नेतृत्वमा बस्दा कसरी न्याय निरूपण हुन्छ ?’ भनी प्रश्न गरिन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला प्रशासनमा उजुरी रहेको भन्दै उनले ‘त्यसको कार्यान्वयन गर्ने मुख्य नेतृत्वमा आरोपी बस्दा कसरी निष्पक्ष न्याय निरूपण हुन्छ ? भनी प्रश्न गरेकी हुन् । न्यायाधीशले समेत स्वार्थ बाझिने मुद्दामा फैसला गर्न नमिल्ने कानुनी प्रावधान रहेको उनले उल्लेख गरिन् । “बहालवाला गृहमन्त्री सहकारी ठगीमा संलग्न भएको भन्दै कास्की जिल्ला प्रशासनमा मुद्दा परेको छ । यसले आम रूपमा गृहमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठेको छ,” उनले बिहीबार प्रतिनिधिसभा बैठकमा भनिन्, “मुलुकमा कानुनी शासन स्थापना गर्ने मुख्य अभिभारा बोकेको गृह प्रशासनको बागडोर सम्हालेको नेतृत्वमाथि नै गम्भीर प्रश्न खडा हुँदा समेत बहालवाला रहिरहनुले प्राकृतिक न्यायको सिद्धान्तको पालना कसरी हुन्छ ? ” उनले ‘गृहमन्त्रीले कसरी नागरिकलाई न्याय दिने ?’ भनी थप प्रश्न गरिन् । “मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १७६ मा भनिएको छ– स्वार्थ बाझिने मुद्दामा न्यायाधीशले संलग्न हुन हुँदैन भनेको,” सांसद मिजारले भनिन्, “गृहमन्त्री पदमा बसिरहने, यसको जिम्मेवारी गृहमन्त्रीले लिने कि नलिने ?”

नेपाल रेडक्रसको महाधिवेशन वैशाखमा

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ। यही फागुन २७ देखि २९ सम्म बनेपामा सञ्चालित केन्द्रीय कार्यसमिति बैठकले मौजुदा विधानमा समसामयिक संशोधन गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। बैठकले संस्थागत र सेवामूलक गतिविधिलाई प्रभावकारी बनाउनका साथै रेडक्रसको रूपान्तरण गर्ने निर्णय गरेको अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले जानकारी दिए। रेडक्रसले सरकारसँगको समन्वयमा सेवामूलक तथा विकासका गतिविधिहरूमार्फत मानवीय कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ। लामो समयसम्म दर्ता नवीकरण हुन नसकेको रेडक्रसलाई नयाँ कार्यसमितिले नवीकरण गरी अद्यावधिक गरेको अध्यक्ष नेपालले जानकारी दिए। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को आर्थिक एवं प्राविविधक सहयोगमा डोटी र कर्णाली भूकम्प प्रतिकार्य लगायतमा सेवामूलक गतिविधिहरू रेडक्रसले निरन्तर सञ्चालन गरिरहेका उनको भनाइ छ। 

रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ  :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन्।   संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कुटनीतिक दबाब बढाइएको स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी गराए। “पछिल्लो समयमा क्षतिपूर्ति र विमा रकम नेपाली राजदुतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत् पीडित परिवारलाई उपलब्ध गराउन रूस सरकार सहमत भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अध्ययन छात्रवृति तथा पेशा व्यवसायमा संलग्नबाहेकका नागरिकले रूस यात्रा गर्नु परे ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ ।”

सफल भयो महेन्द्र प्रयास, सुनथरालीमा विमान अवतरण ।

लामो प्रतिक्षा पछि कालिकोटको सुनथराली विमान स्थल उद्घाटन भएको छ । कालिकोटको कोटवाडामा रहेको यो विमानस्थल उद्घाटन नभएरै अस्तित्ववाट हटाउने सम्भावना थियो । कर्णाली क्षेत्रमा सडक संजालको पहुँच नपुग्दै निर्माण कार्य थालिएको यो विमानस्थलले थुप्रै समस्या झेल्नु पर्यो । ०५८ सालमा यो विमानस्थल निर्माणमा खटिएका ३६ जना मजदुरको तत्कालीन शाही नेपाली सेनाले माओवादी भएको आरोप लगाई हत्या गरेको थियो । श्रमिकको सामुहिक हत्या भएपछि यसको काम स्थगित बन्न पुग्यो । २०६६ सालसम्म विमानस्थलको कुनै काम हुन सकेन । माओवादी शान्ति सम्झौता मार्फत खुला राजनीतिमा आएपछि यसको निर्माणमा चाँसो देखायो । युद्ध मनोविज्ञन सम्झाउने यो विमान स्थल ऐतिहासिक भएको भन्दै तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रि खड्क विश्वकर्माले काम अगाडी बढाउने प्रक्रिया गरेका थिए । तर काम हुन सकेन । २०७० मा कालिकोटबाट दोस्रो संविधानसभाका लागि निर्वाचित महेन्द्र बहादुर शाहीले यसको विशेष कार्ययोजना बनाई काम गरेको कालिकोट जिल्लाका माओवदी संयोजक लक्ष्मिप्रसाद चौंलागाईले बताए । २०७३ मा रन वे तयार भयो तर कालो पत्रे थिएन । त्यो बेलाका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रि जिवन वहादुर शाही सहितको टोली सवार तारा यएरले पहिलो पटक यो विमानस्थलमा परिक्षण उडान गरेको थियो । त्यसपछी ठप्प रहेको विमान स्थल महेन्द्र बहादुर शाही कर्णालीको पहिलो कार्यकालको मुख्यमन्त्री हुँदा निकै जोडका साथ विमानस्थल कालोपत्रे र व्यावस्थापकिय सुधारको लागि कदम चालेका थिए । संघीय सरकारलाई पटक पटक ध्यानाकर्षण गरेका थिए । उनको भनाई थियो विमानस्थल निर्माण भै सकेको छ, यसको सदुपयोग योजना बन्नु पर्छ र नियमित उडान हुनुपर्छ भन्ने उनको जोड रहेको स्थानिय बताउछन् । आज जहाजहरुले सफल रुपमा अवतरण र उडान गरेका छन् । हाम्मा माननीय महेन्द् बहादुर शाहीको प्रयास सफल भयो एक स्थानीयले खुसि व्यक्त गरे । विमानस्थल निर्माण र सफल परिक्षण भएको छ । अव यसको नियमित उडानलाई ध्यान दिन व्यावस्थापकिय र अन्य व्यापारिक पक्षमा जुट्नुपर्ने समय आएको कर्णाली प्रदेशको उपसभामुख यसोदा न्यौपानेले बताइन् । निर्माण सुरु भएको ३८ बर्षपछि सुनथराली विमान स्थल संचालनमा आए संगै माथिल्लो कर्णालीका पाँच वटै जिल्लामा विमान सेवा प्रयोगमा ल्याउन सकिने भएको छ । अव जुम्ला विमानस्थललाई विस्तार गरि फ्यूल र ह्याङ ्गर सुविधा सहितको नाइट स्टप सेवा विस्तार गरेमा कम बर्षा हुने माथिल्लो कर्णालीमा आन्तरिक हवाइ सेवा विस्तार मार्फत पर्यटकीय गतिविधिलाई व्यापकता ल्याउन सकिने पर्यटन व्यावसायिहरुको विश्वास रहेको पाइन्छ ।  यो विमान स्थललाई खुलालु हिल्सा सडकको  विपत्त व्यवस्थापन र माथिल्लो कर्णालीमा पर्यटन पर्वद्धन गर्न प्रयोगमा ल्याउन सकिने जुम्लाकी सांसद कान्तिका सेजुवालले बताइन् ।

यातायात व्यवस्था विभागका महानिर्देशकलाई मोसो

काठमाडौं, २९ माघ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि मोसो दलिएको छ । मोहन बैद्य निकट क्रान्तिकारी युवा संगठनले सवारीचालक अनुमति पत्र (लाइसेन्स) घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार मोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा रहेको रिजालको कार्यकक्षमा नै पुगेर मोसो दलेको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर मोसो दलेको बताए । पछिल्लो समय सवारीचालक अनुमति पत्र लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय सार्बजनिक भएपछि अख्तियारले समेत छानबिन गरिरहेको छ ।

हमासद्वारा तीन बन्धकको भिडियो सार्वजनिक

एजेन्सी । हमासले आफनो कब्जामा रहेका तीन बन्धकले रिहाइका लागि गरेको अपीलसहितको भिडियो सार्वजनिक गरेको छ । हमासको सशस्त्र शाखा अलकसाम बिग्रेडले गाजापट्टीमा तीन वृद्ध इजरायली पुरुष बन्धकहरुको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेटजर र ८५ वर्षीय अमिरम कुपर रहेका छन् । तीमध्ये पेरीले रिहाइका लागि अपिल गरेको देखाइएको छ । हमासले गत अक्टोबर ७ मा करिब २४० जना बन्धक बनाएकोमा १२० जना अझै हमासको नियन्त्रणमा छन । यसैबीच अमेरिकाले इजरायललाई गाजामाथि जारी राखेको युद्धमा नागरिकको क्षति न्यनिरकरणका लागि आग्रह गरेको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले गाजामा जारी इजरायली आक्रमणमा पछिल्लो समय आमनागरिकको क्षति हुन थालेको भन्दै सर्वसाधारणको क्षतिप्रति ध्यानाकर्षण गराउनु भएको हो । इजरायलले गाजाको जललिया शरणार्थी शिविरमा गरेको हवाइ हमलामा १ सय १० जनाको मृत्यु भएको छ ।

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

काठमाडौं । अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भैरहेको समेत प्रवक्ता रिजालले बताए । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

एमडीएमएस प्रणाली आजदेखि लागु हुँदै

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि लागु हुँदैछ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू भने सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्नुपर्नेछ । नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । नेपालभित्र खरिद गर्दा सो मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा दर्ता भए नभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ । लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो। सरकारले गत आर्थिक वर्षको बजेटमार्फत नै २०७८ साउनदेखि यो लागु गर्ने घोषणा गरेको थियो तर सबै उपकरण नआएको कारण देखाउँदै प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन। दोस्रो पटक २०७९ पुस १५ गतेदेखि एमडिएमस लागु गर्ने प्राधिकरणले औपचारिक घोषणा गरे पनि सार्वजनिक विरोधपछि त्यसलाई तत्कालका लागि स्थगित गरेको थियो। खास गरी व्यक्तिगत प्रयोजनका लागि ल्याइने मोबाइलको भन्सारसँग सम्बन्धित नीति व्यावहारिक नभएको भन्दै भएको विरोधका कारण त्यससँग असम्बन्धित एमडिएमएस प्रणाली पनि त्यति बेला स्थगित हुन पुगेको थियो।

विप्लवसहित चार कम्युनिस्ट पार्टी छलफलमा,जनयुद्ध दिवस सँगै मनाउने

काठमाडौं। संसद् बाहिर भएका चार कम्युनिस्ट पार्टीहरूले एकताबद्ध भएर जाने विषयमा छलफल गरेका छन् । शुक्रवार काठमाडौंमा भेट भई चार पार्टी मोर्चा बन्दी गरेर जाने विषयमा छलफल गरेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी र कर्णजीत बुढामगर नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीहरू माओवाद मान्नेहरू एक भएर जाने विषयमा छलफल गरेका हुन् । माओवादी पृष्ठभूमि भएका र माओवाद मान्नेहरू एक ठाउँमा उभिनुपर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । चार पार्टीका नेताहरु आगामी फागुन १ गते जनयुद्ध दिवस सँगै मनाउने विषयमा समेत सहमत भएका छन् ।