लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । अबैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका १५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७२ मिलिग्रामसहित इलाम माङ्सेबुङ गाउँपालिका ४ बस्ने २७ वर्षीय मन बहादुर राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, महोत्तरीको मनराशिस्वा गाउँपालिका ४ जाउकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित सोही गाउँपालिका बस्ने ६५ वर्षीया सरस्वती देवी मण्डललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको प्रहरीले मनराबाट जाउकतर्फ जाँदै गरेकी उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी तनहुँको आबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित नुवाकोट ककनी गाउँपालिका ६ घर बताउने २७ वर्षीय ईन्द्र लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १५१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सचिव योगेश भट्टराईले बताए। आज बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि भित्र्याउन प्रयास गर्ने निर्णय गरेको छ। त्यसबारे अहिलेसम्म कुनै छलफल नभएकाले त्यही बैठकमा हुनसक्ने उनले बताए।

राष्ट्रियसभामा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको मनोनयन

काठमाडौँ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुङ्गाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका मनोनयन गर्न प्रस्ताव गरेका हुन् ।  राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने मान्य सदस्यहरूको नाम मनोनयन गरिएको थियो । राष्ट्रिय सभाको बैठक जारी छ । 

सप्तकोसीमा डुंगाबाट गाँजा तस्करीः १६४ केजी गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १ सय ६४ किलो गाँजा बरामद गरेको छ । बुधबार बिहान १ः३५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तोकोशी नदीको किनारमाबाट गाँजा बरामद गरेको हो । ५/६ जना व्यक्तिहरुले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको सुरक्षा बेस क्याम्प चतराले जनाएको छ । रातको समय भएकोले डुंगा लिई ब्यक्तिहरु फरार भएको र उक्त गाँजा बरामद गरी थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४ गणबाट फाल्गुन १ गते देखि अहिलेसम्म १ एम्बुलेन्ससहित ५६४.४७५ किलो गाँजा बरामद भएको छ ।

मिटरब्याज पीडितले यसरी दिन सकिन्छ उजुरी

काठमाडौं । सहमति कार्यान्वयन र मिटरव्याज पीडितको गुनासो सुन्नका लागि सरकारले उजुरी र निबेदन संकलनको काम सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय, फोन तथा इमेलको माध्यमबाट पीडितले उजुरी र निबेदन दिन पाउने भएका हुन्।  सरकारले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ। अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर सिडियो कार्यालयसँगै गुनासो र उजुरी संकलनका लागि अन्य व्यवस्था गरिएको जानकारी दिएका हुन्। विज्ञप्ति अनुसार डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर, मोबाइल नम्बर तथा अन्य सम्पर्कका माध्यमहरु) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि भनिएको छ। साथै मिटरब्याज पीडितहरुका गुनासो सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जिवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति समेत तोकिएको छ। मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासो दर्ताका लागि सम्पर्क गर्न सकिने नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरिएको छ। उजुरी तथा गुनासो संकलनका लागि भाइबर र ह्वाट्सएपमा म्यासेज पठाउन ९८५१३६०६०३ नम्बर तोकिएको छ भने फोन नम्बर ०१–४२११२५७ र टोल फ्री नम्बर १११२ मा पनि सम्पर्क गर्न सकिने भनिएको छ। [email protected]  मा पनि इमेल पठाउन सकिने गृह मन्त्रालयले जानकारी दिएको छ।

अर्थतन्त्रलाई लयमा फर्काएको निवर्तमान अर्थमन्त्री महतको दावी

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्रलाई लयमा फर्काएको बताएका छन् ।  आफूले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा आर्थिक सूचकांकको अवस्था के थियो र अहिले के छ भन्ने तथ्यांक प्रस्तुत गर्दै उनले शिथिल अर्थतन्त्रलाई लयमा फर्काएको दाबी गरे । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा। महतले मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।  डा. महतले आर्थिक सुशासन र मितव्ययितालाई प्राथमिकतामा राखेर आफूले सजगताका साथ काम गरेको बताए । उनले भने, ‘आर्थिक सहायता जथाभावी बाँड्नुभएन । गर्नैपर्ने बाहेकका आर्थिक सहायता दिनु हुँदैन भन्ने मान्यता मैले राखेँ ।’ उनले सरकारले प्राप्त गरेका सबै उपलब्धी कांग्रेसकै कारण सम्भव भएको जिकिर पनि गरे ।  आफू परराष्ट्रमन्त्री भएको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआईआर) मा नेपालले हस्ताक्षर गरेको भएपनि प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको उनले बताए । 

बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु

काठमाडौं । कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ ।  यही फागुन २० गते जुनेली यातायातको प्रदेश ३ ०१ ००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।    उनले भने, “जुनेली यातायातको बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका उहाँको हिजो उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।” बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए । 

राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दैछ । बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठक शनिबार पनि बसेको थियो । तर नेताहरूबिच विवाद हुँदा बैठकमा निर्णायक छलफल हुन सकेको छैन ।  बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नवीन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ । बैठकका निष्कर्ष आज )सोमबार) नै सार्वजनिक गरिने राप्रपाले जानकारी दिएको छ ।

राष्ट्रियसभा बैठक जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठक संसद भवन नयाँ वानेश्वरमा जारी छ । बैठकमा मा ६ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लागेका सांसदले आफ्नो अनुभव राखिरहेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आउँदा दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै सांसदलाई समय उपलब्ध गराएका छन् । आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यले ६ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराएका हुन् । संवैधानिक व्यवस्थाअनुसार ६ वर्षे पदावधि पूरा गरी राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदा हुन लागेका छन्।  राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासहित सांसद अनिता देवकोटा, इन्दु कडरिया, कुमार दसौदी, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चपाईं, नरपति लुहार, प्रकाश पन्थ, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजंग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा. विमला राई पौड्याल, सिंगबहादुर विश्वकर्मा र हरिराम चौधरी पदावधि पुरा गरी बिदा हुन लागेका हुन् ।

संघीय संसद्का कानून तथा मानवअधिकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को एक समितिको बैठक बस्दै छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । सो बैठक बिहान ८ बजे बोलाइएको छ । आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला मन्त्रालय र निकायहरूसँग छलफल’ गरिने संसद् सचिवालयले जनाएको छ ।

अछाममा जीप दुर्घटना : एकजनाको मृत्यु, १४ जना घाइते

अछाम । अछाममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका–५, लुंग्रास्थित आमरुख नजिक आज बिहान जीप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । से१ज ४२९ नंको जीप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले  जानकारी दिए । घाइते १४ जनाको सोही अस्पतालमा  उपचारको भइरहेको प्रहरीले जनाएको छ । रासस

यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

काठमाडौं । बंगलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकगविक्रम नेम्बाङसहितले एन्फा कम्लेक्समा भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् । उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ते लक्ष्य राखेको छ । २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ ।

१० लाख डलरभन्दा बढी कर तिर्न नोबेल पुरस्कार विजेता युनुसलाई अदालतको आदेश

एजेन्सी । बङ्गलादेशको सर्वोच्च अदालतले नोबेल पुरस्कार विजेता तथा माइक्रोफाइनान्सका अगुवा मोहम्मद युनुसलाई तीन वटा परोपकारी ट्रस्टलाई दिएको ७० लाख अमेरिकी डलर दानमा १० लाख डलरभन्दा बढी कर तिर्न आदेश दिएको छ । हाल प्रधानमन्त्री शेख हसिनासँग टाढिएका भनिएका आफ्नो अग्रणी माइक्रो क्रेडिट बैंकबाट लाखौंलाई गरिबीबाट माथि उकास्ने श्रेय पाएका ८३ वर्षीय युनुसलाई सामाजिक कामका नाममा गरिबहरूको ‘रगत र पसिना चुस्दै’ आएको आरोप लगाइएको छ । उनलाई सन् २००६ मा आर्थिक विकासका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । युनुसले सन् २०११ देखि २०१४ को बीचमा प्रोफेसर मोहम्मद युनुस ट्रस्ट, युनुस फ्यामिली ट्रस्ट र युनुस सेन्टरलाई ७६ करोड ७० लाख टाका (७० लाख अमेरिकी डलर) दान गरेका थिए । अदालतले उनलाई १५ करोड टाका (१.४ करोड अमेरिकी डलर) को कूल कर बिल तिर्न आदेश दिएको छ, जसमध्ये ३० मिलियन टाका उनले करस्वरूप पहिले नै तिरिसकेका छन् । युनुसले सन् १९८० को दशकमा स्थापना गरेको ग्रामीण बैंकमार्फत दशौं लाख ग्रामीण महिलाहरूलाई लघुवित्त कर्जा प्रदान गरेर बङ्गलादेशको चरम गरिबी उन्मूलनमा मद्दत पुर्याएका थिए । गत वर्ष बङ्गलादेशको भ्रष्टाचार विरोधी निगरानी निकायले युनुसको अध्यक्षता गर्ने फर्महरूको विस्तृत अनुसन्धान गर्न आदेश दिएको थियो र हसिनाले उनीमाथि व्यक्तिगत रूपमा आलोचना गरेकी थिइन । गत मार्चमा संयुक्त राष्ट्रसङ्घका पूर्वप्रमुख बान की मुन र पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसहित ४० जना विश्व व्यक्तित्वले संयुक्त पत्र लेख्दै बङ्गलादेशलाई युनुसमाथिको ‘अनुचित’ आक्रमण र उत्पीडन रोक्न आग्रह गरेका थिए ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सहज, ट्रेजरी बिल्सको ब्याजदर ८ प्रतिशतमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सहज भएसंगै ट्रेजरी बिल्सको ब्याजदर ८ प्रतिशतमा झरेको छ । निक्षेप वृद्धि भए पनि ऋण प्रवाह नहुँदा बैंकहरूले अल्पकालीन सरकारी ऋणपत्रमा ब्याजदर घटाएर लगानी गरेका हुन् । नेपाल राष्ट्र बैंकले सोमवार ५ करोड बराबरको नयाँ तथा २५ अर्ब ८७ करोड ५० लाखको नवीकरण गरी ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल्सका लागि बोलकबोल गरेको थियो । त्यसमध्ये सबै ट्रेजरीको ब्याजदर ९ प्रतिशतभन्दा कममा झरेको छ । २८ दिन अवधिको ८ अर्बको ट्रेजरीको औसत ब्याजदर ७ दशमलव ३५ प्रतिशत कायम भएको छ । गत साता यसको ब्याजदर ७ दशमलव ५४ प्रतिशत थियो । यस्तै ९१ दिने ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरीमा ८ दशमलव ६८ प्रतिशत, १८२ दिनको १० अर्ब रुपैयाँको ट्रेजरीमा ८ दशमलव १ प्रतिशत र ३६४ दिन अवधिको ६ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरीमा ८ दशमलव ३३ प्रतिशत ब्याजदर कायम भएको छ । गत साता यसको ब्याजदर ९ प्रतिशतभन्दा माथि थियो । चालू आर्थिक वर्ष (आव) को शुरूमा ट्रेजरीको ब्याजदर १३ प्रतिशतसम्म पुगेको थियो। निक्षेप वृद्धि भएपछि बैंकमा तरलता सहज हुँदा ट्रेजरीको ब्याजदर घटेको हो । यो आर्थिक अभियान दैनिकमा आज प्रकासित समाचार हो ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं, चैत २२ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ४ बजे पार्टी पदाधिकारीसहित विभागीय प्रमखहरुको बैठक बस्न लागेको हो । वैठकमा पार्टीले सञ्चालन गरेको २ महिने अभियानको समीक्षा लगायत पार्टी गतिविधिका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश शाहले एभरेष्ट दैनिकलाई जानकारी दिए । साथै पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा पनि बैठकमा छलफल हुने छ ।

कोरोना महामारीमा विश्वका १० धनकुबेरका सम्पत्ति दोब्बर– अक्सफाम

कोभिड महामारी फैलिएका बेला विश्वका सर्वाधिक धनी मानिसहरू अझ बढी धनी भएको तर विपन्नतामा बाँचिरहेका मानिसहरू अझ गरिबीतिर धकेलिएको अक्सफाम नामक परोपकारी संस्थाले जनाएको छ। उक्त संस्थाको प्रतिवेदनअनुसार विपन्न मानिसको आयका न्यून भएका कारण विश्वमा दैनिक २१ हजार मानिसको मृत्यु भयो। तर सन् २०२० को मार्चयता विश्वका शीर्ष १० धनाढ्यहरूको कुल सम्पत्ति दुई गुनाभन्दा बढी भएको उसले जनाएको छ। डाभोसमा वर्ल्ड इकोनमिक फोरमको बैठक सुरु हुँदा अक्सफामले विश्वमा व्याप्त असमानताबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। डाभोस बैठकमा हजारौँको सङ्ख्यामा व्यापारिक तथा राजनीतिक नेताहरू, चर्चिव व्यक्ति, अभियानकर्मी, अर्थशास्त्री र पत्रकारहरू भेला हुने गर्छन्। उनीहरू स्विट्जरल्यान्डस्थित स्की रिसोर्टहरूमा भेला भएर छलफल, खानपानसहितका रमाइला भेला र चिनापर्ची गर्ने कार्युक्रममा सहभागी हुन्छन्। यद्यपि यस साताको लागि तय गरिएको उक्त बैठक यस वर्ष पनि ओमिक्रोन भेरिअन्ट देखा परेसँगै लगातार दोस्रो वर्ष अनलाइनमार्फत् हुँदैछ। डाभोसको सन्दर्भ यस साताका छलफलमा महामारीपछिको सम्भावित भावी बाटो, खोप असमानता र ऊर्जा सङ्क्रमणको विषय समेटिने जनाइएको छ। अक्सफाम जीबी (ग्रेट ब्रिटेन) का प्रमुख कार्यकारी धनञ्जयन श्रीस्कन्दराजाले अक्सफामले आर्थिक, व्यावसायिक र राजनीतिक क्षेत्रका प्रबुद्ध व्यक्तिको ध्यानाकृष्ट गर्न सकियोस् भनेर यो समयमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको बताएका छन्। “यो वर्ष जे भइरहेको छ त्यो मापन गर्न सकिनेभन्दा परको छ,” उनले भने। “महामारीका बेला दिनदिनैजसो एउटा नयाँ अर्बपति थपिएका छन् जबकि विश्वको ९९ प्रतिशत जनसङ्ख्या लकडाउनका कारण सकसमा छ, अन्तर्राष्ट्रिय व्यापार कम भइरहेको छ, अन्तर्राष्ट्रिय पर्यटकहरू कम छन् र त्यसको परिणामस्वरूप थप १६ करोड मानिसहरू गरिबीतर्फ धकेलिएका छन्।” “हाम्रो आर्थिक प्रणालीमा केही गहिरो समस्या छ,” उनले भने। अक्सफामको प्रतिवेदनमा थप के छ? अक्सफामले उद्धृत गरेको फोर्ब्सको तथ्याङ्कअनुसार विश्वका १० सर्वाधिक धनी व्यक्तिमा इलोन मस्क, जेफ बेजोस, बर्नाड आर्नोल्ट तथा परिवार, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जकरबर्ग, स्टीभ बाल्मर र वारन बफेट छन्। समग्रमा उनीहरूको सम्पत्ति ७०० अर्ब अमेरिकी डलरबाट १५ खर्ब डलर पुगेको छ। धेरै बालिकाहरू महामारीपछि विद्यालय नफर्कन सक्ने अक्सफमले जनाएको छ धेरै बालिकाहरू महामारीपछि विद्यालय नफर्कन सक्ने अक्सफमले जनाएको छ यद्यपि त्यसमा मस्कको सम्पत्ति १,००० प्रतिशतभन्दा धेरैले बढेको छ भने गेट्सको हकमा ३० प्रतिशतको मात्र वृद्धि छ। विश्व ब्याङ्कबाट पनि प्राप्त हुने तथ्याङ्कमा आधारित हुने अक्सफामको प्रतिवेदनले स्वास्थ्यस्याहार, भोकमरी, लैङ्गिक हिंसा र जलवायुका असरले प्रत्येक चार सेकन्डमा एक जनाको मृत्यु गराइरहेको जनाएको छ। उसले १६ करोडभन्दा धेरै मानिसहरू दैनिक ५.५० डलरभन्दा कममा काम गरिरहेको जनाउँदै कोभिड नभएको भए त्यसो हुँदैनथ्यो भनेको छ। विश्व ब्याङ्कले दैनिक ५.५० डलरको कमाइको आधारलाई उच्चमध्यम आय भएका देशको गरिबी मापन गर्न प्रयोग गर्छ -बिबिसीबाट साभार