स्यामसुङले ल्यायो नयाँ अफर, शून्य ब्याजदर किस्तामा जेड फोल्ड ३ किन्न पाइने

स्यामसुङले ल्यायो नयाँ अफर, शून्य ब्याजदर किस्तामा जेड फोल्ड ३ किन्न पाइने

विश्व स्मार्टफोन बजारमा अग्रपंक्तिमा रहेको सामसङ नेपालमा पनि रूचाइएको ब्रान्ड हो। सामसङ नेपालले बारफोनदेखि फ्ल्यागसिप फोनका साथै एयरबड्स, स्मार्टवाच पनि ल्याएको छ।

कम्पनीले वर्षमा दुई पटक फ्ल्यागसिप फोन सार्वजनिक गर्दै आएको छ–एस र फोल्ड सिरिज।

सामसङले फोल्डएबल प्रविधिको स्मार्टफोन ल्याएको तीन वर्ष भइसक्यो। फोल्ड, जेड फोल्ड–२ र अहिले भर्खरै जेड फोल्ड–३ ल्याएको छ। यो सँगै फ्लिप–३ फाइफ–जी पनि सार्वजनिक गरेको छ।

यो फ्ल्यागसिप फोन फोल्ड र फ्लिप भर्जनमा उपलब्ध छ। फोनको विशेषता, फोनबाट गरिएको अपेक्षा, सामसङको नेपाली बजार हिस्सा, चुनौती, आगामी योजना लगायत सन्दर्भमा सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितसँग सेतोपाटीका सुनिता सिटौलाले गरेको कुराकानीको सम्पादित अंशः

goodknightsanima box ad 2
सामसङले पछिल्लो पटक (जेड फोल्ड–३ र फ्लिप–३ फाइभ–जी) दुई स्मार्टफोन एकैपटक सार्वजनिक गरेको छ। एकैसाथ सार्वजनिक गर्नुको कारण के हो?

दुवै फोल्डएबल प्रविधिका स्मार्टफोन भए पनि यसका लक्षित ग्राहक फरक छन्। एउटै फोन सबैलाई सुहाउँदो नहुन सक्छ। त्यसैले अलग-अलग ग्राहकलाई फरक फिचरका फोन दिन एउटै प्रविधिको फोन एकैपटक ल्याएका हौं।

यो कस्ता ग्राहक लक्षित छ?

यो फ्ल्यागसिप फोन नयाँ प्रविधिका सामान चलाउन चाहनेका लागि उपयुक्त हुन्छ। यो सबै वर्गका ग्राहकलाई सुहाउँदो छ। यी सिरिजका छुट्टै पारखीहरू छन्। विशेषगरी उनीहरूलाई नै लक्षित गरिएको छ।

फोनका विशेषता के के हुन्?

फोल्डएबल फिचर आफैंमा नयाँ फिचर हो। यसमा डिस्प्ले नै फोल्ड गर्न मिल्छ। यो ट्याब्लेट आकारमा छ। यसमा नोट फंसन (पेनबाट लेख्न मिल्ने) पनि समावेश छ।

यसमा गोरिल्ला ग्लास प्रयोग गरिएकाले टुटफुट हुने सम्भावना पनि कम हुन्छ। ठूलो डिस्प्ले भएकाले कार्यालयका काम गर्न पनि सकिन्छ। यसमा मल्टिटास्किङ सुविधा छ। जसले गर्दा प्रयोगकर्ताले एकपटक तीनवटासम्म एप चलाउन सक्छन्।

फोल्ड फोन दुइटा संस्करणमा किन्न सकिन्छ भने फ्लिप एउटा संस्करणमा उपलब्ध छ। आइपिएक्स रेटिङमा ८ पाएकाले यी दुवै फोन पानी प्रतिरोधी छन्।


जेड फोल्ड–३

– बाहिरी र भित्री दुइटा स्क्रिन।

– कभर स्क्रिनः ६.२ इन्च एचडी प्लस डाइनामिक एमोलेड २–एक्स इन्फिनिटी–ओ डिस्प्ले।

– भित्रपट्टि ७.६ इन्चको क्युएक्सजिए प्लस डाइनामिक एमोलेड २–एक्स इन्फिनिटी फ्लेक्स डिस्प्ले।

– दुवै डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट छ। यसले गर्दा फोनमा स्मुथ स्क्रोलिङ अुनभव पाउन सकिन्छ।

– कर्निङ गोरिल्ला ग्लास।

– क्यामराः १० मेगापिक्सलको सेल्फी, ४ मेगापिक्सलको अन्डर–डिस्प्ले र १२ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा, १२ मेगापिक्सलको वाइड–एंगल र १२ मेगापिक्सलको टेलिफोटो रियर क्यामरा गरेर पाँच क्यामराको सुविधा।

– रियर (पछाडिको) क्यामराबाट पनि सेल्फी खिच्न सकिने।

– ४४०० एमएएचको डुअल ब्याट्री।

– २५ वाटको फास्ट चार्जिङ, १० वाटको फास्ट वायरलेस चार्जिङ र ४.५ वाटको रिभर्स वायरलेस चार्जिङ सुविधा।

– अक्टा–कोर क्वालकम स्न्यापड्रैगन ८८८ प्रोसेसर।

– रङः फ्यान्टम ब्ल्याक (कालो), हरियो र सिल्भर।

– १२ जिबी र्‍याम र २५६ जिबी रोम भएको फोनको मूल्य २ लाख १९ हजार ९ सय ९९ रूपैयाँ।

– १२ जिबी र्‍याम र ५१२ जिबी रोम भएको फोनको मूल्य २ लाख २९ हजार ९ सय ९९ रूपैयाँ।

फ्लिप–३ फाइभजी

– मेन स्क्रिन र कभर स्क्रिन गरी दुइटा स्क्रिन।

– मेन स्क्रिनमा ६.७ इन्च डाइनामिक एमोलेड इन्फिनिटी फ्लेक्स डिस्प्ले र कभर स्क्रिनमा १.९ इन्च सुपरएमोलेड डिस्प्ले।

– दुवै स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट।

– क्यामराः १२ मेगापिक्सलको अल्ट्रा–वाइड र १२ मेगापिक्सलको वाइड गरी दुइटा रियर क्यामरा। १० मेगापिक्सलको सेल्फी क्यामरा।

– फ्लेक्स–मोडबाट प्रयोगकर्ताले हातबिनै सेल्फी खिच्न सक्ने।

– ५ एनएम ६४ बिट अक्टाकोर प्रोसेसर।

– ३३०० एमएएच ब्याट्री पावर।

– १५ वाटको फास्ट चार्जिङ, ४.५ वाटको रिभर्स वायरलेस चार्जिङ सुविधा।

– ८ जिबी र्‍याम र २५६ जिबी स्टोरेजमा उपलब्ध।

– रङः हरियो, ल्याभेन्डर र कालो।

– मूल्य १ लाख २४ हजार ९ सय ९९ रूपैयाँ।

यसको विशेष प्रयोग के हो?

मोबाइलको प्रयोग धेरै काममा हुन्छ। फोटोग्राफी, गेम खेल्न, फिल्म हेर्नदेखि लिएर पछिल्लो समय कार्यालयका काम गर्न समेत फोन प्रयोग हुने गरेका छन्। फोल्डएबल फोन विशेषगरी जसलाई आफ्नो कामको उत्पादकत्व बढाउनु छ, उनीहरूका लागि हो। पावरप्वाइन्टमा काम गर्न, एसपेनबाट लेख्न, एक्सेल खोल्न मिल्छ। यो फोनमा इमेल लेख्न पनि सजिलो छ।

फ्लिप युवा वर्गका लागि बढी प्रयोग हुन्छ। सामाजिक सञ्जाल बढी चलाउन, जूम मिटिङ गर्न सहज हुन्छ। फोन फ्लेक्स मोडमा राखेपछि ट्राइपड चाहिँदैन। भिडिओ कन्फ्रेन्स गर्न सजिलो हुन्छ।

सुरूआती ग्राहकका लागि केही सुविधा छ?

हामीले जहिले पनि पहिला किन्ने ग्राहकलाई सुविधा दिएका हुन्छौं। यो फोनमा पनि सेप्टेम्बर ५ देखि २० सम्म प्रि-बुकिङ गर्ने ग्राहकले उपहार पाउँछन्। फोल्ड किन्ने ग्राहकले साढे २५ हजार मूल्य पर्ने एयर बड्स–प्रो पाउन सक्छन्। कसैलाई एयरबड्स चाहिँदैन भने हामीले भर्खरै सार्वजनिक गरेको स्मार्टवाचको किन्दा आधा छुट पाउन सक्छन्। स्मार्टवाचको मूल्य ५० हजारभन्दा बढी छ, एयरबड्स लिन्न भन्ने ग्राहकले २५ हजारमा पाउँछन्।

त्यस्तै फ्लिप किन्ने ग्राहकलाई एयर बड्स–२ उपहार दिएका छौं। उनीहरूले पनि स्मार्टवाच लिन चाहन्छन् भने ३० हजारमा पाउँछन्।

ग्राहक प्रि-अर्डर गर्न नजिकैको सामसुङ शोरूममा जाँदा हुन्छ। नभए हामीले एउटा लिंक राखेका छौं। त्यहाँ क्लिक गरेपछि अफरबारे जानकारी पाइन्छ। त्यहीँबाट पाँच हजार अनलाइन पेमेन्ट गरेपछि आफैं बुक गर्न सक्छन्।

त्यस्तै हामीले सबै ग्राहकका लागि एक्सचेन्ज सुविधा दिएका छौं। ग्राहकले आफ्नो पुरानो फोन दिएर यी नयाँ फोन लिन सक्छन्। हामीले केही मोडल छुट्याएका छौं, ती मोडलमा मूल्यांकन गरिएको भाउमा ६ हजार थप गरिदिने व्यवस्था गरेका छौं।

यो फोन अरूभन्दा के विशेष र फरक छ?

हामी आफ्नै इनोभेसनमा फोन निर्माण गर्छौं। त्यसैले अन्य फोनको तुनलनामा निकै फरक छ। हामी अरू फोनलाई हेरेर डिजाइन गर्दैनौं। यसको क्यामरा, स्क्रिन र प्रोसेसर अरूभन्दा राम्रो छ। यो सफल उत्पादन हो।

नेपाली ग्राहकलाई यसको उपयोगिता कत्तिको हुन्छ?

फोन सबै व्यक्तिका लागि अभिन्न अंग भइसकेको छ। इमेल हेर्न, मनोरञ्जनका लागि गेम खेल्न, फिल्म हेर्न, कार्यालयका काम गर्न सकिन्छ। सबै वर्गका लागि यो फोनमा सबै प्याकेज छ।

यो फोन किस्ताबन्दीमा कसरी किन्न पाइन्छ? कति महँगो छ?

महँगो फोन सबैले एकैपटक नगदमा किन्न सक्दैनन्। त्यसैलाई मध्यनजर गरेर हामीले बैंकसँग सम्झौता गरेका छौं। पहिले हामीसँग ५/६ वटा बैंक मात्र थिए, अहिले ११ वटासँग सम्झौता गरेका छौं। ती बैंकको आ–आफ्नै स्किम छ। ग्राहकले किस्ताबन्दी सुविधा डेढ वर्षसम्म पाउँछन्, त्यसको कुनै ब्याज तिर्नुपर्दैन।

किस्तामा फोन किन्न ग्राहक आकर्षक देखिँदैनन् नि किन होला?

हाम्रोमा फोन किस्तामा लिने चलन बसिसकेको छैन। किस्तामा आकर्षित गर्न अहिले हामीले शून्य ब्याजदर दिएका छौं। कोही ग्राहक यो फोन किन्न चाहन्छन् तर इएमआइका कारणले लिन सकिरहेका छैनन् भने अब ब्याज तिर्नुपर्दैन।

ग्राहकले बजारमा जुन मूल्यमा फोन पाउँछन्, त्यही मूल्यमा किस्तामा पाइन्छ। बैंकिङ प्रक्रिया लामो हुने भएर ग्राहकले किस्तामा नलिएका हुन् कि भनेर योपटक हामीले दुइटा फाइनान्ससँग पनि सम्झौता गरेका छौं। छिटो छरितो रूपमा त्यहाँबाट पनि फोन लिन सकिन्छ। त्यसमा पनि कुनै ब्याज तिर्नुपर्दैन।

यी फोनबाट कम्पनीको बजार अपेक्षा के छ?

पक्कै पनि कम्पनीले आफ्नो उत्पादनबाट राम्रो अपेक्षा राखेको हुन्छ। यसबाट त हामीले सोचेभन्दा पनि राम्रो पाएका छौं। प्रि-बुकिङ गर्ने ग्राहक नै अत्यधिक छन्। हामीले यति धेरै सोचेका थिएनौं। हामीले प्रि-अर्डर जति योजना बनाएका थियौं, त्यो सकिएर हामीले बीचमा सिस्टम नै बन्द गर्नुपर्‍यो। पछि हामीले पुनः खोल्यौं। यी फोनमा धेरै ग्राहकको चासो पाएको देखेका छौं।

सामसङका ग्राहकले कम्पनीबाट पाउने सुविधा के हुन्?

हामीले एक वर्षभित्र टुटफुट भए बीमा व्यवस्था गरेका छौं। त्योबाहेक हामीले सामानमा एक वर्षको वारेन्टी दिएका छौं। बिक्रीपछिको सेवा हेर्ने हो भने वारेन्टीबाहेक सुलभ मूल्यमा सर्भिसिङ दिइरहेका छौं। हाम्रो काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर १९ वटा सर्भिस सेन्टर छन्। ग्राहक आफूलाई पायक पर्ने ठाउँमा जान सक्छन्।

सामसङको बजार हिस्सा कति छ?

नेपालमा कुन फोन बिक्री भयो भनेर अध्ययन गर्ने कुनै निकाय छैन। तर हाम्रो आफ्नै अध्ययनले अन्यको तुलनामा हामी निकै अगाडि छौं भन्ने देखाएको छ।

यो हिस्सा बढाउने आगामी लक्ष्य के हुन्?

सबभन्दा ठूलो कुरा इनोभेसन नै हो। अनुसन्धानमा खर्च गर्ने कम्पनीमध्ये सामसङ पनि एक हो। हामी नयाँ नयाँ प्रविधियुक्त सामान ल्याइरहेका छौं। सामसङले जति पनि उपकरण सार्वजनिक गर्ने योजना बनाएको छ, ती सबै नेपाली बजारमा पनि ल्याउने योजना छ।

हामी बाहिर पाइने मूल्य र यहाँ पाइने मूल्यमा धेरै अन्तर नहोस् भन्नेमा केन्द्रित छौं। त्यसैले ग्राहकले विदेशबाट फोन मगाइरहनु पर्ने आवश्यक छैन। सामसङका फोन बाहिर पाइने मूल्यमा यहीँ पाइन्छ। बिक्री पछिको सेवामा पनि हामी केन्द्रित छौं।

पहिला अवैध रूपमा फोन भित्रिने गरेकाले हाम्रा ग्राहक छरिएका थिए। अब दूरसञ्चार प्राधिकरणले यसरी भित्रिएका फोन नचल्ने भनेको छ। त्यसले पनि ग्राहक बढ्छन् भन्ने अपेक्षा छ।

भदाै अन्तिमदेखि सहुलियत पसल सञ्चालन हुने

काठमाडौं । सरकारले आउँदो भदौ ३० देखि चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित देशभर सहुलियत पसल खोल्ने तयारी भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था कम्पनीले दसैँ, तिहार र छठलाई लक्षित गर्दै १११ स्थानमा पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासहित ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । खाद्य कम्पनीका अनुसार चामल, दाल, गेडागुडीलगायत वस्तुमा प्रतिकेजी दुई रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइनेछ । विभागीय प्रमुख भीमबहादुर थापाका अनुसार छुट दर, पसल संख्या र स्थानसम्बन्धी प्रस्ताव उद्योग मन्त्रालयमा पेश भइसकेको र स्वीकृत पनि भएको छ । प्रदेशवार खाद्य कम्पनीका सहुलियत पसल: कोशीमा ११, मधेशमा ३, बागमतीमा ५, गण्डकीमा ७ र लुम्बिनीमा १५ स्थानमा सञ्चालन हुनेछन् । साल्ट ट्रेडिङले उपत्यकामा ११ बिक्री केन्द्र र तीन मोबाइल भ्यानसहित १४ स्थानमा पसल सञ्चालन गर्नेछ । उपत्यकाबाहिरका २२ जिल्लामा पनि माग अनुसार पसल खोलिनेछ । कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीका अनुसार चिनी प्रतिकेजी पाँच रुपैयाँ, नुन दुई रुपैयाँ, खानेतेल, चामल, चिउरा र पिठोमा सात रुपैयाँ छुट दिइनेछ । उपत्यकामा कालीमाटी, सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जावलाखेल र स्वयम्भूका बिक्री केन्द्रमार्फत सहुलियत मूल्यमा सामान उपलब्ध गराइनेछ ।

नेप्से परिसूचकमा  सुधार

काठमाडौँ । सेयर बजारमा सामान्य सुधार आएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २.३५ अङ्कले बढेर २८३६.३५ विन्दुमा पुगेर बन्द भएको हो ।  परिसूचकमा सामान्य वृद्धि भए पनि आज कारोबार भने निराशाजनक देखिएको छ । आज बजारमा कुल ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको कुल कारोबार भयो । आज कारोबारमा आएका कम्पनीहरूमध्ये ११२ वटाको मूल्य बढेको छ भने १३८ वटाको मूल्य घटेको छ । बजारको पुँजीकरण बढ्ने कम्पनी भन्दा घट्ने कम्पनीको सङ्ख्या धेरै भए पनि परिसूचक भने हरियो भएर बन्द भएको छ हो । आज सबैभन्दा धेरै कमाउनेमा विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावर कम्पनी रहेका छन् । यी कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अघिल्ला दुई दिन घटेको ट्रेड टावर आज सर्किट लेभलमा बढेको छ ।  सबैभन्दा धेरै गुमाउने थ्रिस्टार हाइड्रोपावरको मूल्य ३.७८ प्रतिशतले घटेको देखिएको छ । कारोबार रकमको आधारमा आज ङादी ग्रुप पावर र हिमालयन रिइन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रह्यो । यी कम्पनीको क्रमशः २९ करोड ४५ लाख र एचआरएलको २८ करोड २ लाखको कारोबार भयो । आज बजारमा आठ वटा समूहका सूचक घट्दा पाँच वटा मात्रै बढेका छन् ।

भारतसहित ९२ देशलाई भन्सार शुल्क बढाएका ट्रम्पले चीनलाई किन बढाएनन् ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्, तर चीनलाई भने यो शुल्कबाट छुट दिइएको छ। यी शुल्कहरू अर्को हप्तादेखि  लागु हुनेछन्। सूचीमा भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ। तर, चीनका लागि मई २०२५ को कार्यकारी आदेश नम्बर १४२९८ लागु छ, जसमा कुनै परिवर्तन गरिएको छैन। यसले चीनमाथि नयाँ भन्सार शुल्क नलाग्ने संकेत गर्छ। ट्रम्पले २ अप्रिलमा विश्वभरका देशहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, तर ७ दिनपछि त्यसलाई ९० दिनका लागि स्थगित गरे। पछि ३१ जुलाईसम्मको समय दिइयो। ट्रम्प प्रशासनले ९० दिनभित्र ९० सम्झौता गर्ने लक्ष्य राखे पनि हालसम्म केवल ७ देशसँग मात्र सम्झौता भएको छ। चीनलाई शुल्क नलगाउनुको कारण स्पष्ट छैन, तर विश्लेषकहरूका अनुसार यो रणनीतिक व्यापार सम्झौता वा अन्य भूराजनीतिक कारणले हुन सक्छ। चीनसँगको व्यापार सम्बन्धलाई सन्तुलनमा राख्न ट्रम्पले यो निर्णय लिएको अनुमान गरिएको छ। आदेश लागु हुनुअघि अमेरिका तर्फ आइरहेको सामानमा अघिल्लो नियमअनुसार नै कर लाग्नेछ, जसको अन्तिम म्याद ५ अक्टोबर २०२५ तोकिएको छ। ह्वाइट हाउसका अनुसार लाओस, म्यानमार, सिरिया जस्ता देशहरूमा ४० प्रतिशत वा सोभन्दा बढी भन्सार शुल्क लगाइनेछ। कुनै सामान अन्य देशमार्फत कर बचाउन अमेरिका पठाइएमा ४० प्रतिशत शुल्क लाग्नेछ। युरोपेली संघका सामानमा सीधै १५ प्रतिशत भन्सार शुल्क लगाइएको छैन। पहिले १० प्रतिशत शुल्क लाग्ने वस्तुमा ५ प्रतिशत थपिनेछ, तर १५ प्रतिशत वा सोभन्दा बढी शुल्क लाग्ने वस्तुमा थप शुल्क लाग्ने छैन। भारतमा २५ प्रतिशत भन्सार शुल्क ७ अगस्टबाट लागु हुनेछ। यसअघि भारतमाथि १० प्रतिशत आधारभूत शुल्क थियो। अमेरिकाले रूसबाट हतियार र तेल किनेको कारण भारतमाथि थप जरिवाना लगाउने बताएको छ। भारतको वाणिज्य मन्त्रालयले राष्ट्रिय हित संरक्षणका लागि आवश्यक कदम चाल्ने जनाएको छ। यो शुल्कले स्टिल, एलुमिनियम, अटोमोबाइल, वस्त्र, इलेक्ट्रोनिक्स, र गहना उद्योगलाई असर पार्न सक्छ। ब्रिटेनसँग ८ मे मा भएको सम्झौताअनुसार सामान्य वस्तुमा १० प्रतिशत र स्टिल–एलुमिनियममा २५ प्रतिशत भन्सार शुल्क लाग्नेछ। ब्रिटेनले अमेरिकी जैतुन तेल, वाइन, र खेल सामग्रीमा शुल्क घटाउने वाचा गरेको छ। जापानसँग २२ जुलाईमा भएको सम्झौताले जापानी वस्तुमा १५ प्रतिशत शुल्क लाग्नेछ, जुन पहिले २५ प्रतिशत थियो। जापानले ५५० अर्ब डलरको लगानी र अमेरिकी गाडी–चामलका लागि बजार खोल्ने प्रतिबद्धता जनाएको छ। युरोपेली संघसँग २७ जुलाईमा प्रारम्भिक व्यापार सम्झौता भएको छ। ईयूका धेरैजसो वस्तुमा १५ प्रतिशत आधारभूत शुल्क लाग्नेछ, जसमा कार, औषधी, र इलेक्ट्रोनिक्स सामेल छन्। ईयूले ७५० अर्ब डलरको ऊर्जा किन्ने र ६०० अर्ब डलरको लगानी गर्ने वाचा गरेको छ। दक्षिण कोरियाली सामानमा भन्सार शुल्क २५ प्रतिशतबाट १५ प्रतिशतमा झारिएको छ। दक्षिण कोरियाले १०० अर्ब डलरको ऊर्जा किन्ने र ३५० अर्ब डलरको लगानी गर्ने जनाएको छ। इन्डोनेसिया, फिलिपिन्स, र भियतनाममा क्रमशः १९, १९, र २० प्रतिशत भन्सार शुल्क लगाइएको छ। चीनलाई भन्सार शुल्कबाट छुट दिनुले ट्रम्पको व्यापार नीतिमा रणनीतिक प्राथमिकता झल्काउँछ, तर यसले अन्य देशहरूमा असन्तुष्टि निम्त्याउन सक्छ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

लोकप्रिय