अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा.शर्मा

काठमाडौं । प्रतिनिधि सभा सांसद एवम् माओवादी केन्द स्वास्थ्य विभागकी ईन्चार्ज अन्जना बिशंखेले अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ विचारसहितको संगठन भएको दाबी गरेकी छन् ।

रिपोर्टर्स क्लब नेपालमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बिशंखेले यस्तो दाबी गरेकी हुन ।

उनले भनिन्,‘जनताको जनजिवीका र औषधी उपलब्ध गराउनको लागि होस्, स्वास्थ्य बिमाको लागि होस्, यस संगठनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ, नयाँ कार्यसमिति चलयन भएको छ, अबका दिनमा समृद्ध मुलुकको जनपक्षीय स्वास्थ्य नीति निर्माण गर्नमा समेत सहयोग गर्नेछ ।’

त्यस्तै कार्यक्रममा महासंघका नव–निर्वाचित अध्यक्ष कृष्णसागर शर्मा पौडेलले संविधानमा स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारका रुपमा समावेश गरेको भएपनि कार्यान्वयमा गतिशिलता नभएको टिप्पणी गरेका छन् ।

उनले भने,‘स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारको रुपमा समावेश गरिएपनि सबै नागरिकले उचित किसिमको स्वास्थ्य सेवा पाउन सकेका छैनन्, निःशुल्क औषधि वितरण, स्वास्थ्य बिमा सबै जनतासामु पुर्याउनको लागि विगतमा हामीले संगठनको तर्फबाट महत्वपूर्ण भूमिका खेलेका थियौ, अब उक्त अधिकारलाई कार्यान्वयन गर्नको लागि महासंघले काम गर्नेछ ।’

अध्यक्ष शर्माले अघि थपे,‘जनस्वास्थ्यका सबै क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा तथा अधिकारलाई संरक्षण गर्दै उनीहरुको व्यवसायीक सिप क्षमता तथा दक्षतालाई अध्ययन अनुसन्धान सहित थप समृद्ध बनाउँदै जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने, स्वास्थ्य क्षेत्रमा देखिए विकृति, विसंगतीको अन्त्य गर्न र ठेक्काप्रथाको अन्त्य गर्न, वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा कर्मचारीको हकहित विरोधी नियमावली संशोधन सहित पद पूर्तिमा देखिएको व्यापक अनियमिता बिरुद्ध हाम्रो महासंघ लागि पर्नेछ र तत्काल यस्ता विकृतिको अन्त्य नगरिए आवश्यकता अनुसार कडा आन्दोलनमा उत्रिने जानकारी गराउँद छु।’ कार्यक्रममा महासंघका महासचिव दलबहादुर जिसीले प्रेश विज्ञप्ती वाचन गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको विशिष्ट आतिथ्यमा चैत २४ गते राजधानीमा सम्पन्न राष्ट्रिय एकता भेलाले डा.कृष्ण सागर शर्मा पौडेलको अध्यक्षतामा ४५ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

अाजदेखि अक्सफाममा डिजिटल पत्रकारिता तालिम सुरु

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा आजदेखि कास्कीको धितालस्थित अक्सफाममा डिजिटल पत्रकारिता तालीम शुरु भएको छ । प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी तीनदिने तालीम आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । तालीमको शुभारम्भ कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले विश्वव्यापी रुपमा प्रविधिले फड्को मारिसकेको अवस्थामा सञ्चारकर्मीले पनि आफूलाई समयानुकूुल दक्ष बनाउन आवश्यक भएको बताउनुभयो । पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारिता क्षेत्रलाई समयसापेक्ष अघि बढाउन यस किसिमका तालीमले सघाउने धारणा राख्नुभयो । कार्यक्रममा राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्मा, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोला, तालीम संयोजक त्रिभुवन पौडेल, तालीम सहाजकर्ता उज्ज्वल आचार्य, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेल, महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सिनालगायतले तालीमका उपलब्धिलाई सहभागीले व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो । विशेषगरी अनलाइन सञ्चारमाध्यममा क्रियाशील १५ पत्रकार तालीममा सहभागी छन् । रासस

रुप्से झरनाबाट विद्युत उत्पादन गर्ने प्रस्ताव, सौन्दर्य मासिने खतरा

म्याग्दी, चैत २५ । अपार प्राकृतिक सौन्दर्ययुक्त म्याग्दीको रुप्से झरनालाई असर गर्नेगरी जलविद्युत् कम्पनीले झरनाबाटै विद्युत् उत्पादन गर्ने चलखेल गरेका छन् । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित विश्वकै चर्चित रुप्से झरनालाई जोखिममा पारेर विद्युत् उत्पादन गर्ने प्रस्ताव पेश भएको छ । मुक्तिनाथ हाइड्रो पावर कम्पनी लिमिटेडले ४ मेगावाटको जलविद्युत आयोजना सञ्चालन तयारी गरेको हो । कम्पनीको प्रस्तावप्रति स्थानीयसमेत विभाजित भएका छन् । कम्पनीले स्थानीयको सहभागितालाई प्रमुख प्राथमिकता दिने र झरनालाई पनि कुनै असर नगर्ने जनाएको वडा अध्यक्ष नरसिंह बहादुर पुर्जाले बताए । निर्माण कम्पनीसँगको मिलेमतोमा स्थानीय केही व्यक्तिले जलविद्युत् आयोजना निर्माणमा सहमति जनाए पनि झरना आसपासका बस्तीअन्तर्गत पर्ने काभ्रेका बासिन्दाले झरनालाई संकटमा पार्नेगरी आयोजना बन्न नदिने भन्दै विरोध जनाएका छन् । वडा सदस्य हस्तबहादुर पुनको नेतृत्वमा श्याम पुन, तुलप्रसाद गौचन, नविन जिसीलगायतले राष्ट्रिय सम्पदाको रुपमा रहेको झरनालाई कुनै कम्पनीमार्फत नाफा कमाउने माध्यमको रुपमा प्रयोग गर्ने नदिने भन्दै छलफल बहिष्कार गरेका थिए । धौलागिरी हिमालको फेदबाट बग्ने झरना आसपासमा विद्युत् उत्पादनको प्रयास गरिएमा पानीको मुहान भासिने सम्भावना रहेको स्थानीयको भनाइ छ ।

मैले प्रधानमन्त्री हुँदा पनि टेवुल टेनिस खेल्न छाडिन् : अध्यक्ष प्रचण्ड

काठमाडौं, चैत २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्रको भुमिका महत्वपूर्ण भएको बताउनुभएको छ । अन्तराष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा ललितपुर टेबल टेनिस एशोसिएशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेलकूदको विकासले राष्ट्रको पहिचान स्थापित हुने बताउनुभयो । ‘एउटा सभ्य र अनुशासित समाज निर्माण गर्न, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई एकतावद्ध गर्नका निम्ति पनि खेल क्षेत्र असाध्यै महत्वपूर्ण र संवेदनशील क्षेत्र हो’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यको लागि, राष्ट्रको लागि, समृद्धिको लागि र सभ्य समाजको लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्दछु ।’ अध्यक्ष प्रचण्डले आफू हाइस्कूलमा पढ्दा फुटबल, हाइस्कुल सकेपछि भलिबल र बिएस्सी पढ्दा टेबुल टेनिस खेल्न थालेको अहिले पनि टेबुल टेनिस खेल्ने गरेको बताउनुभयो । ‘मैले रामपुरमा बिएस्सी पढ्दै गर्दा टेबुल टेनिस सिकेको हो । र, शान्ति सम्झौतापछि मैले नियमित टेबुल टेनिस खेल्न थालेको पनि १०/१२ वर्ष हुन लाग्यो,’ उहाँले भन्नुभयो ‘मैले प्रधानमन्त्री हुँदा पनि टेवुल टेनिस खेल्न छाडिनँ । बरु, बालुवाटारमा टेबुल टेनिस खेल्ने एउटा घरै बनाएको छु ।’ आफू प्रधानमन्त्री हुँदा अन्तराष्ट्रिय खेलाडी तारिफ खानसँग टेनिस खेलेको फोटो विश्वभरि फैलिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘मैले टेबुल टेनिस खेलेको कुरा विश्वभरि प्रचार भएछ । मैले टेबुल टेनिस खेल्दा एशोसिएशनले पिस अवार्ड प्राप्त गरेको सुन्दा विशेष हर्ष र गर्व महशुस भएको छ ।’ उहाँले सबै खेलाडीलाई बधाई र धन्यवाद दिनुभयो ।

बलिउड अभिनेता सालमान खान जेल चलान

काठमाडौं, चैत्र २२ । अभिनेता सलमान खानलाई कालो हरिण मुद्दामा जोधपुर अदालतले पाँच५ वर्षको सजाय सुनाएको छ। खानका कानून व्यवसायीले जेल सजाय दुई वर्षमा सिमित गर्न गरेको अपीललाई अस्वीकार गरेपछि अन्ततः उनीलाई पाँच वर्ष सजाय हुने भएको हो । सलमानलाई जेल सजायसँगै १० हजार भारतीय रुपैयाँ पनि जरिवाना तोकिएको छ। फैसलापछि सलमानलाई जोधपुरको केन्द्रीय जेल चलान गरिएको छ। २० वर्ष आडिको मुद्दामा अदालतले सलमानलाई पाँच वर्ष सजाय सुनाएको हो। सोही मुद्दामा अभियोग खेप्दै आएका सैफ अलि खान, यानी तब्बु, नीलम र सोनालीलाई भने अदालतले सफाइ दिइएको छ। सन् १९९८ मा जोधपुरमा आफ्नो फिल्म ‘हम साथ–साथ है’को सुटिङको क्रममा सलमानले कालो हरिण सिकार गरेको आरोप लागेको थियो।

संसद्को पहिलो अधिवेशन अन्त्य

काठमाडौं, चैत २० । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

गार्इको मासु खान समेत नछोड्ने यी मानव हुन् कि दानव ? (हेर्नुहोेस् भिडियो)

गाई नेपालको राष्ट्रिय जनवार हो, अनि हिन्दुधर्ममा माता भनेर पुजा गरिन्छ। एउटा अबोध प्राणी गाईलाई मार्ने कि बचाउने भन्ने बहस चल्दै गर्दा ती प्राणीको मनले मानवलाई कति सराप्दो हो । उनीहरुले मनमनै जगतका सर्वश्रेष्ठ भनिएका मानव नामक राक्षसहरु हामी जनावरमाथि राजनीति गर्दैछन भन्दै खिल्ली उडाइरहेको होला । जनावर र मानिसको भाषा मिल्दैन । त्यसैले हामीले बोलेको उनीहरुले र उनीहरुले बोलेको हामीले बुझ्न सक्दैनौ । तर, महसुस दुवैले गर्न सक्छ, एकले अर्काको महसुस गर्न सक्दा सक्दै पनि हामी यति धेरै निर्दयी किन बन्छौं ? हामीले मन गुरुङ्गले लेखेको लेखलाई भिडियोमा समावेश गरेका छौं । एकपटक यो तलको भिडियो हेर्नुहोला–      

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन आज बिहानैदेखि देशभरका राममन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ । बत्तीसपुतलीस्थित श्रीराम मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामलगायत देशभरका राममन्दिरमा भक्तजनको भीड लागेको हो । त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन मध्याह्न अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीको ज्येष्ठ पुत्रका रुपमा श्रीरामचन्द्रको जन्म भएको थियो । धर्मशास्त्रअनुसार भगवान विष्णुले जब पृथ्वीमा पाप बढदै जान्छ तब धर्मको रक्षाका लागि अबतार लिन्छु भनेकाले धर्मकै रक्षाका लागि भगवान् विष्णुको सातौँ अवतारका रुपमा श्रीरामचन्द्रको जन्म भएको विश्वास गरिन्छ । बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको छ । बेलुकीसम्म पाँच लाखभन्दा बढीले मन्दिरमा दर्शन गर्न सक्ने अनुमानमा पूजा व्यवस्थापन गरिएको श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संरक्षण समितिका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो । विसं १९२८ मा श्री ३ जंगबहादुर राणाका जेठान कमाण्डिङ कर्णेल सनकसिंह टण्डनले यो मन्दिर निर्माण गर्नुभएको हो । त्यसबेला भारतको लखनउमा भएको सैनिक विद्रोह नियन्त्रणका लागि श्री ३ जंगबहादुरको नेतृत्वमा कमाण्डिङ कर्णेल टण्डनसहितको समूहलाई सफलता मिल्यो । भारतमा अंग्रेज सरकार थियो । अंग्रेजले नेपाल सरकारलाई विद्रोह नियन्त्रणका लागि सघाएकामा नेपाललाई ठूलो धनराशि उपहारस्वरुप दियो । श्री ५ सुरेन्द्र वीरविक्रम शाहले कमाण्डिङ कर्णेल टण्डनलाई पनि केही रकम दिएकाले त्यो रकमले श्रीरामचन्द्र मन्दिर बत्तीस पुतलीका नाममा ३७४ रोपनी आठ आना एक पैसा जग्गा गुठीका लागि व्यवस्था गरिएकामा त्यसमध्ये कमाण्डिङ कर्णेल टण्डन आफैले ८१ रोपनी जग्गा निजी सम्पत्तिबाट गुठी राखेको संस्कृतिविद्समेत रहनुभएका डा टण्डनले बताउनुभयो । मन्दिर स्थापना हुनुअघि पुरानो बानेश्वरको उचाइमा रहेको यो स्थानमा गाई चराइन्थ्यो । गाई चराउने गोठाला भने अग्लो स्थानमा बस्थे । त्यहाँ बसेपछि ती गोठालाले गौचरनमा आएका मानिसलाई आइपरेको अन्यायबारे परामर्श दिन थाले । गोठाला त्यो ठाउँमा बसेर न्यायाधीश झैँ न्याय दिन थालेपछि त्यहाँ सबैको ध्यान आकृष्ट भयो । खनेर हेर्दा ढिस्को मुनी तीन घ्याम्पा असर्फी फेला पर्यो । असर्फीले श्रीरामचन्द्र, सीता, लक्ष्मण, भरत, शत्रुघ्नको शालिग्राम शिलाको मूर्तिसहित सत्तल निर्माण गरियो । बाँकी असर्फीले अर्घाखाँचीको बल्कोटमा सत्तल निर्माण गरियो । कमाण्डिङ कर्णेल टण्डनले अर्घाखाँची र गुल्मीमा परशुरामेश्वर र इन्द्रेश्वर मन्दिरसहितं सत्तल निर्माण गरी १३ हजार रोपनी गुठी जग्गा राखेर पश्चिम नेपालकै दर्शनीयस्थल बनाउनुभयो । विसं २०४८ अघि भने यो मन्दिर जीर्ण थियो । स्थानीयवासीले जीर्णोद्धार एवं संरक्षण समिति गठन गरी मन्दिर क्षेत्रलाई आकर्षकस्थलका रुपमा विकास गरेको स्थानीयवासी सन्तोष नेपालले जानकारी दिनुभयो । कमाण्डिङ कर्णेल टण्डनले लखनउमा देखेको आधारमा निर्माण गरिएको राजकीय गुम्बज शैलीको मन्दिर नेपालकै पहिलो हो । यो शैलीको मन्दिर अहिलेसम्म अर्को नबनेको संस्कृतिविद् टण्डनको भनाइ छ । यो ठाउँको नाम बत्तीसपुतली रहनुमा पनि एउटा किंवदन्ती छ । किंवदन्तीअनुसार राजा विक्रमादित्यको दरबारमा न्यायका पक्षमा काम हुञ्जेल बत्तीस वटा पुतली बस्थे । विक्रमादित्यको दरबारमा जब अन्याय पक्षधरको बोलवाला हुन छाडेकाले ती बत्तीसपुतली उडेर आई पुरानोबानेश्वरको थुम्कोमा बसेकैले गोठालाले न्यायका पक्षमा वकालत गर्न थालेको स्थानीयवासीको विश्वास छ । श्रीरामचन्द्र मन्दिर नेपालमै विद्युतीय प्रणालीबाट पूजा गराउने पहिलो मन्दिर बनेको छ । मन्दिरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले २०७४ कात्तिक ११ गते इ–पूजा शुभारम्भ गर्नुभएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त यो मन्दिर स्थानीयवासीको सक्रियतामा दाताको सहयोग जुटाएर एक वर्षमै पुनःनिर्माण गरियो । भूकम्पले भत्किएको सम्पदा सरकारी सहयोग नलिई निर्माण हुनेमा श्रीरामचन्द्र मन्दिर नै पहिलो भएको समितिले जनाएको छ । मन्दिर छिर्नेबित्तिकै शरीरमा एकप्रकारको ऊर्जा प्राप्त हुने विश्वासमा भारतीय साधु सन्तसमेत पछिल्लो समयमा यहाँ आउन थालेकाले यस मन्दिरको आकर्षण बढ्ेको स्थानीय शिव पोखरेलले बताउनुभयो । रासस

चलचित्र ‘Blind Rocks’ को गीतको भिडियो हेर्नुहोस्

समाजमा दृष्टिविहीन भनेर हेला नगरौं, सबैको साथ पाउन सके दृष्टिविहीन पनि अरुसरह जस्तै अगाडि बढ्न सक्छ भन्ने कुरालार्इ प्रमाणित गर्न सफल भएकी छिन्  दृष्टिविहीन सुष्मा केसी । उनकै कथामा अाधारित निर्देशन गरेका नयाँ नेपाली चलचित्र Blind Rocks काे यो गीतको भिडियो हेर्नुहोस्-

एकीकृत पार्टीको अध्यक्षमा माधव नेपाललाई अगाडि सार्ने अाेलीकाे अाश्वाशन

काठमाडौं, चैत २ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनमा उम्मेदवारको भागवण्डा, पार्टीबाट समानुपातिक उम्मेदवाको सिफारिस पार्टी एकीकरणमा पार्टी एकता संयोजक समितिको सदस्यमा रहेर भूमिका निर्वाह गरेका महासचिव इश्वर पोखरेल अर्थमन्त्रीमा आकांक्षा देखाएका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ-तर पार्टीभित्र गुट चलाउँदै आएका वरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी अध्यक्ष केपी ओलीबीच भएको सहमतिअनुसार महासचिव पोखरेललाई रक्षामन्त्री बनाइएको बताइएको छ । नेपाल र उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने पक्षमा उभिएका थिए । लगत्तै ओली र नेपालबीच पार्टी एकीकरण भएपछि बन्ने एकीकृत पार्टीको भावी अध्यक्षमा माधव नेपाललाई अगाडि सार्ने समहतिपछि खनाल राष्ट्रपतिको रिङबाट आउट भएका थिए । ओली रनेपालबीच भएको समहतिअनुसार ओलीपछिको दोस्रो नेताको रुपमा नेपाललाई अगाडि सारिने भएको छ । पार्टीमा जिम्मेवारी ओलीपछि रहेका महासचिव पोखरेललाई रक्षामन्त्री बनाएपछि नेपाल सक्रिय भएको बताइएको छ । भावी अध्यक्षको रुपमा ओलीले नेपाललाई अगाडि सार्ने समहतिअनुसार नेपालले नवौ महाधिवेशनदेखि सञ्चालन गर्दै आएको गुट ओली पक्षसँग मिलेको छ ।

कर्मचारीको माग गर्दै सिंहदरबारमा जनप्रतिनिधि

काठमाडौँ, फागुन २९ । गाउँगाउँमा सिंहदरबार पुगेको भनिए पनि दुर्गम जिल्ला मुगुका जनप्रतिनिधिले कर्मचारीको माग गर्दै सिंहदरबार धाउन थालेका छन् । जिल्ला सदरमुकामसमेत रहेको छायाँनाथ रारा नगरपालिकामा कर्मचारी नभएको भन्दै निर्वाचित प्रतिनिधिसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहितको समूह आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर आवश्यक कर्मचारी उपलब्ध गराईदिन माग गरेका हुन् । सांसद गोपाल बमको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले जिल्लाका स्थानीय तहमा छिटो कर्मचारी पठाउन मन्त्रालयमा अनुरोध गरेको छ । जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकामा कार्यकारी अधिकृत र वडा कार्यालयमा सचिवसमेत नहुँदा कार्य सम्पादनमा असर पुगेको भन्दै सांसद बमले मन्त्रालयका अधिकारीलाई छिटो कर्मचारी व्यवस्था गर्न माग गर्नुभयो । छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले १४ वडा रहेको नगरपालिकामा दुई जना मात्र सचिव रहेको बताउनुभयो । “नगरपालिकामा कार्यकारी अधिकृत पनि छैनन्, विद्यालय निरीक्षकका भरमा काम चलाउनुपरेको छ, संघबाट कर्मचारी पनि पठाइएन, हामीलाई कर्मचारी राख्ने अधिकार पनि छैन, जनताको काम कसरी गर्ने रु”– मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङसँग प्रश्न गर्दै उहाँले भन्नुभयो । दुई सचिवले १४ वडाको काम गर्नुपर्दा कार्य सम्पादनमा असहजता भोग्नुपरेको नगर प्रमुख शाहीले सुनाउनुभयो । लामो समयपछि जनप्रतिनिधि निर्वाचित भएकाले स्थानीयस्तरमा जनचाहनाअनुरुप काम गर्न कर्मचारी अभावका कारण समस्या भएको प्रतिनिधिमण्डलको भनाइ थियो । कर्मचारी समायोजनको प्रक्रिया चलिरहेको जानकारी गराउँदै सहसचिव तामाङले समायोजनपछि अपुग कर्मचारी स्थानीय तहको मागअनुसार प्रदेश लोकसेवाले विज्ञापन गरी नियुक्तिका लागि सिफारिश गर्ने बताउनुभयो । नगरपालिकाको वडा नं १३ का अध्यक्ष चक्रबहादुर साउद एक जना कर्मचारीका भरमा आफूले वडा कार्यालय सञ्चालन गरिरहेको गुनासो गर्नुभयो । “एकै जना कर्मचारीले कुचो लगाउनेदेखि टिप्पणी उठाउनेसम्मका काम गर्नुपर्ने बाध्यता छ, तीन दिनसम्म हिँडेर जनता सेवा लिन आउँछन्, एक दिन छोडेर हिँडे जनताको काम रोकिन्छ, कर्मचारी नहुँदा कार्यालय चलाउन समस्या भएको छ”– उहाँले भन्नुभयो । नगरपालिकाकी उपप्रमुख शान्ता रोकाया जनप्रतिनिधि निर्वाचित भए पनि कर्मचारी अभावका कारण काम गर्न नसकिएको बताउनुहुन्छ । मन्त्रालयका अधिकारीसमक्ष उहाँले उपप्रमुखको कामका विषयमा प्रष्ट पारिदिन पनि माग गर्नुभयो । मुलुक संघीय प्रणालीमा गएपछि कर्मचारीको व्यवस्था भए सेवा प्रवाहमा सहज हुने भन्दै प्रतिनिधिमण्डलले अधिकारीलाई अनुरोध गरेको छ । मुगुमा छायाँनाथ रारा नगरपालिका, मुगुम कर्मारोग, सोरु र खत्याड गाउँपालिका गरी चार वटा स्थानीय तह छन् । मन्त्रालयको १३ बुँदे निर्देशन  यसैबीच मन्त्रालयले अनुगमनका क्रममा स्थानीय तहको काम कारबाही, सेवा प्रवाह, चुस्त, छरितो र प्रभावकारी हुन नसकेको देखिएकाले १३ बुँदे निर्देशन जारी गरेको छ । ७७ वटै जिल्ला समन्वय समितिका समन्वय अधिकारी र ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र जारी गरिएको हो । परिपत्रमा जिल्लाका समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष वा प्रमुखसँग बिदा वा काज स्वीकृत नगराइ कार्यक्षेत्र नछोड्ने, स्थानीय तहमा काम गर्न विषयगत कार्यालयबाट खटिएका वडा कार्यालयमा कार्यरत एवं सेवा केन्द्रमा कार्यरत कर्मचारीको काज बिदा स्वीकृत, कार्य सम्पादन मूल्यांकनलगायतका प्रशासनिक नियन्त्रण प्रमुख प्रशासकीय अधिकृतले गर्ने गरी निर्देशन दिइएको छ । मन्त्रालयले सातवटै प्रदेशमा कर्मचारी नपुगेको सम्बन्धमा समन्वय गर्न मन्त्रालयका सात जना सहसचिवलाई जिम्मेवारी दिएको छ । जसअनुसार प्रदेश नं १ मा आनन्दराज ढकाल, प्रदेश नं २ मा डा हरि पौडेल, प्रदेश नं ३ मा सुरेश अधिकारी, प्रदेश नं ४ मा रामकृष्ण सापकोटा, प्रदेश नं ५ मा पुरुषोत्तम नेपाल, प्रदेश नं ६ मा वेदबहादुर कार्की र प्रदेश नं ७ मा रुद्रसिंह तामाङ तोकिनुभएको छ ।

त्रिपुरा माविका विद्यार्थी ज्यानै जोखिममा पारेर पढ्न बाध्य

डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुरा माध्यमिक विद्यालयका विद्यार्थी ज्यान जोखिममा पारेर पढ्न बाध्य भएका छन् । लगातार दुई वर्ष अघिदेखि जीर्ण भवनमा पढ्नुपर्ने बाध्यता भएकाले उनीहरुको ज्यान जोखिममा परेको हो । तीव्र हावाहुरीका कारण पटक–पटक उडाउँदै आएको जस्तापातालाई कामचलाउ रुपमा ढुंगाले थिचेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । “विद्यालयको तीनकोठे भवन एकदमै जीर्ण छ, तीन वर्षदेखि जीर्ण भवनमा नै प्रावि र निमाविका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ,” प्रधानाध्यापक रमानन्द उपाध्यायले भन्नुभयो, “कति बेला जस्तालाई थिचेको ढुंगा खसेर शिक्षक, विद्यार्थीको ज्यान जाने हो टुंगो छैन्” उहाँले थप्नुभयो । जीर्ण भवन मर्मतका लागि जिशिकालगायतका थुप्रै संघ संस्थालाई अनुरोध ग¥यौँ तर पनि कसैले नसुनेको उहाँले गुनासो गर्नुभयो । कक्षा १ देखि १० कक्षा सञ्चालन गरिएको उक्त विद्यालयमा जम्मा दशवटा कोठा रहेका छन् । त्यसमध्ये कक्षा १, २, ३ र ६ सञ्चालन गर्दै आएको भवन एकदमै जीर्ण छ । भवन जीर्ण भएपछि हावा लाग्दा, पानी पर्दा साह्रै समस्या हुने गरेको लामो समयदेखि अध्यापन गराउँदै आएका शिक्षकले बताए । “जीर्ण भवनमा पठनपाठन गराउँदा विद्यार्थी पनि डराइडराइ अध्ययन अध्यापन गर्नुपर्ने बाध्यता छ” शिक्षक लोकश खत्रीले चिन्ता व्यक्त गर्नुभयो । “पटक–पटक हावाले छानो पल्टाउँछ, शिक्षक विद्यार्थी मिलेर त्यही छानो ओल्टाइपल्टाइ कोठा ढाकेर पठनपाठन गर्न बाध्य छाँै, त्यसलाई छोडेर अन्य ठाउँमा कक्षा शुरु गराँैँ भने कोठाको अभाव छ” शिक्षक खत्रीले भन्नुभयो । उक्त जीर्ण भवन मर्मतको लागि विभिन्न संघसंस्थामा पहल गरे पनि कसैले पनि नसुनेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । जिल्लाभित्र रहेका जीर्ण विद्यालय मर्मतका वर्षेनी लाखौँ रुपैयाँ आउँछ तर हाम्रो विद्यालयलाई कसैले नहेरेको अभिभावक संघका अध्यक्ष पुरीप्रसाद हमालले बताउनुभयो । यस विद्यालय जिल्लामै पुरानो विद्यालयको रुपमा चिनिँदै आएको छ । रासस

अनेरास्ववियू अध्यक्ष नविना लामा विद्यार्थी राजनीति छाड्दै, अनेरास्ववियू पुनर्गठन गरिने

काठमाडौं । अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ । लामा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उहाँ अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)सँग नेकपा (एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थाल्नुभएको अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले बताउनुभयो । ‘अध्यक्ष लामाको कार्यकाल सकिएको छ र प्रतिनिधिसभाको सदस्यमा समेत निर्वाचित हुनुभएको छ,’ उपाध्यक्ष बर्तौलाले भन्नुभयो, ‘केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत उहाँले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्न कुरा बताउनुभएको थियो ।’ अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)बीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न थाल्नुभएको हो । विसं २०७२ माघ २८ गते अनेरास्ववियूको २२ औं राष्ट्रिय महाधिवेशन भएको थियो । २ वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ । लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा रहनुभएको छ । रासस

जावलाखेलमा डाक्टर र प्रत्यारोपण गरेका बिरामीबीच फुटबल खेल हुने !

काठमाडौं । राजधानीमा अंग प्रत्यारोपण गरेका नागरिकलाई हौसला प्रदान गर्न खेलकुद कार्यक्रम आयोजना भएको छ । बुधबारदेखि राजधानीको बालाजुस्थित ‘बालाजु डो–प्रतिष्ठानमा शुरु भएको ‘नवौँ नेपाल राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगीतामा’ अधिकांश प्रत्यारोपण गरेका व्यक्तिहरु सहभागी छन् । बिहीबार प्रतिष्ठानको हलमा ‘ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक ध्रुवविक्रम मल्लका अनुसार बिहीबार लगनखेलस्थित नेपाली सेनाको खेलकुद मैदानमा अन्य विधाको खेल प्रतियोगिता हुने छ । ‘यो प्रतियोगिता जनचेतना अभियानअन्तर्गत गरेका हौं । एकपटक अंग प्रत्यारोपण गरपछि पनि सरल मान्छेले जस्तै सक्रिय हुनसक्छन् भन्ने हौसला प्रदान गर्न हामीले यो प्रतियोगिता आयोजना गरेका हौँ,’ उनले भने, ‘मृगौलालगायत अंग प्रत्यारोपाण गर्नु सामान्य हो र यो गरेपछि खेलकुदलगायत गतिविधिमा सक्रिय हुन सक्छौँ भन्ने अभियान हामीले थालेका छौँ ।’ मल्लका अनुसार अन्य काममा समेत अंग प्रत्यारोपण गरेका व्यक्तिहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा अधिकांश मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले भाग लिएका छन् । यो प्रतियोगिता पोखरा धरान, बुटवललगायत ठूला शहरमा समेत भइसकेको छ । बुधबार शुरु भएको ‘ब्याटमिन्टन’ प्रतियोगितामा ४० वर्ष माथिका पुरुष र ४० वर्षमुनिका महिलाबीच छुट्टाछुट्टै प्रतिष्पर्धा भइरहेको छ । बिहीबार फेरि लगनखेल सैनिक मैदानमा सय मिटरदेखि ४ सय मिटरसम्मको दौड प्रतियोगिता र फूटबल खेल हुने छ । फूटबल खेलमा भने डाक्टरको समुह र प्रत्यारोपण गरेका विरामीबीच खेल हुने छ । मल्लका अनुसार बिहीबार नै विजयी खेलाडीलाई पुरस्कार वितरण गरिने छ । ‘प्रत्यारोपण गरेका अधिकांश व्यक्ति कुनै कुनै काममा हुन्छन् । तर, उनीहरुलाई भेट गराउने र खेलकुदमा सक्रिय बनाउने यो माध्यम हो,’ उनले भने, ‘मैले मृगौला ट्रान्सप्लान गरेको १९ वर्ष भयो । मेरो क्रियाकलाप देखेर उहाँहरु सबै खुशी हुनुहुन्छ । हामीलाई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी अधिकृत डा.पुकारचन्द्र श्रेष्ठ र गायिका आनिछोइङ डोल्माले हौसला प्रदान गर्नुभयो ।’ प्रतियोगिताका लागि आरोग्य प्रतिष्ठान र मानव अंग प्रत्यारोपण केन्द्रले प्रायोजन गरेको हो ।

माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

बझाङ, फागुन १९ । बझाङको खप्तड छान्ना गाउँपालिका ३ मा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तडछान्ना गाउँपालिका–३ की ३० वर्षीया रतनादेवी पाध्या र वडा नम्बर २ की २८ वर्षीया सरितादेवी जोशी रहेका छन् । घर लिप्ने माटो लिन गएकाहरुलाई माटोको ढिस्कोले पुरेको हो । घटनामा सरस्वती पाध्या र किरणी पाध्या घाइते भएका छन् । सरस्वतीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल चैयनपुरमा भर्ना गरिएको छ ।

नेप्से परिसूचक ४०.९९ अंकले घट्यो

काठमाडौं । गतसाताको कारोबारमा नेप्से परिसूचक ४० दशमलव ९९ अंक घटेको छ । सो साता कारोबार रकम २७ दशमलव ८६ प्रतिशत बढेको थियो भने शेयर बजारबाट लगानीकर्ताहरुको रू. ४७ अर्ब ९६ करोड सम्पत्ति घटेको थियो । अघिल्लो साताको अन्तिम दिन १ हजार ३ सय ८६ दशमलव ९८ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन घटेर १ हजार ३ सय ४५ दशमलव ९९ विन्दुमा पुगेको हो । तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक २८ दशमलव ७४ अंकले घटेको हो । साताको परिसूचक हेर्दा आगामी दिनमा बजार बढेमा पहिलो प्रतिरोधात्मक विन्दु १ हजार ३ सय ७६ रहेको छ भने दोश्रो विन्दु १ हजार ४ सय ५ रहेको छ । त्यस्तै, बजार घटेमा पहिलो टेवा विन्दु १ हजार ३ सय ३० र दोश्रो टेवा १ हजार ३ सय १४ मा पाउने देखिन्छ । साताको मैनबत्ती चित्र हेर्दा अन्तिम दिनको छोटो पुच्छर भएको कालो मारुबोजु आकृती बनाएको छ । सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ३१ दशमलव ९८ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । बीमा समूहको परिसूचक २ सय ७६ दशमलव ३४ अंक घटेको छ । त्यस्तै, जलविद्युत समूहको परिसूचक ५९ दशमलव २२ अंक, होटलको ५४ दशमलव ५४ अंक, लघुवित्तको ५१ दशमलव ७१ अंक र उत्पादन तथा प्रशोधनको ४७ दशमलव ४९ अंक घटेको छ । साथै, विकास बैङ्कको ३० दशमलव ३३ अंक, बैङ्किङको १८ दशलमव २७ अंक, वित्त कम्पनीको १२ दशमलव ५१ अंक, व्यापारको ८ दशमलव ५३ अंक र ‘अन्य’ समूहको ७ दशमलव २२ अंक घटेको हो । सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन ५ दशमलव २० अंकले घटेर २ सय ८५ दशमलव ३८ अंक पुगेको छ । त्यसैगरी, फ्लोट इण्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन २ दशमलव शून्य ५ अंकले घटेर ९६ दशमलव ८९ अंकमा पुगेको हो । गत साता १८ हजार ७५ कारोबारबाट १ सय ७४ कम्पनीहरुको ४५ लाख २६ हजार ५ सय ५० कित्ता शेयरहरु खरीद विक्री भए । जसबाट रू. १ अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा १५ दशमलव शून्य ४ प्रतिशत बढी हो । अघिल्लो साता १ सय ७६ कम्पनीहरुको १८ हजार ६ सय ४ कारोबारबाट ४२ लाख ४८ हजार ७ सय ३० कित्ता शेयरहरु खरीद विक्री भएका थिए । जसबाट रू। १ अर्ब ७० करोड ७० लाख ६८ हजार बराबरको कारोबार भएको थियो । सो साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर अग्रस्थानमा रहेको छ । यस कम्पनीले गत साता रू। २२ करोड ६२ लाख २० हजार बराबरको शेयर कारोबार गरेको थियो । कारोबार सङ्ख्याको आधारमा यस बीमा कम्पनीको १ हजार ८ सय २६ ओटा कारोबार भएको थियो । त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहको छ । कारोबार सङ्ख्याको आधारमा यस कम्पनीले ८ लाख १२ हजार कित्ता शेयर किनबेच गरेको थियो । गत साताको समूहगत परिसूचकः