शाह बने सेञ्चुरी बैंकको सिइओ
काठमाडौं, कात्तिक १७ । सेञ्चुरी कमर्सियल बैंकले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ ।
शाह यसअघि मेगा बैंकको सिइओ थिए । शाहकै पहलमा मेगा बैंक स्थापना भएको थियो थियो ।
सञ्चालक समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार शुक्रबारदेखि लागु हुने गरी शाहलाई सेञ्चुरी बैंकको सिइओमा नियुक्त गरिएको बताइएको छ ।
बैंकका सिइओ अनुजमणि तिमल्सिनाले राजिनामा गरेपछि सेञ्चुरी बैंकले शाहलाई नयाँ सिइओमा नियुक्त गरको हो । मेगा बैंकका दोश्रो कार्यकाल सकिन एक महिना अघि नै शाह सेञ्चुरी बैंकको सिइओ नियुक्त भएका हुन ।
बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धीको नयाँ ऐन अनुसार कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न पाउँदैन । नेपाल बैंकर एशोसिएसनका अध्यक्षसमेत रहेका शाहले स्टान्डर्ड चार्टड र नबिल बैंकमा पनि काम गरिसकेका छन ।
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं, असोज १९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पछिल्लो समयमा बिकसीत राजनीतिक घटनाक्रम र निर्वाचन तयारीबारे गहन छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे बस्ने बैठकमा मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा अन्य दलसँगको तालमेलका बिषयमा छलफल हुन लागेको हो । राष्ट्रवादी, लोकतान्त्रिक, प्रगतिशील गठबन्धन निर्माण गरेर आगामी निर्वाचनमा होमिने निर्णय गरेको कांंग्रेसले यीनै विषयमा थप छलफल गर्न लागेको बताएको छ । बैठकमा वाम धु्रविकरणपछि विकसित पछिल्लो राजनीतिक परिवर्तन र चुनावका लागि रणनीति तय गर्नै कांग्रेसले जनाएको छ । साथै चुनावअघि पार्टीको आन्तरिक व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि बैठकमा छलफल हुदैछ । हिजोको बैठकमा नेतृत्व समन्वयकारी नहुँदा पाखा पारिएका समूहलाई पनि साथ लिएर अघि बढ्नुपर्नेमा अधिकांश केन्द्रिय सदस्यहरुले जोड दिएका छन् । सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी एमाले र नयाँ शक्ति नेपालसँग मिलेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णय गरेको भोलिपल्टै कांंग्रेस लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने निर्णयमा पुगेको हो । बैठकमा कम्युनिष्ट गठबन्धन देशको हितमा नहुने भन्दै केन्द्रीय सदस्यहरुले शान्ति र संविधानकालागि नयाँ गठबन्धनको आबश्यकता औल्याएका थिए ।
प्रचण्डको उदघोष: एकता एतिहासिक क्षण, निरन्तरतामा क्रमभङ्गता
काठमाडौं, असोज १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले तीन दलबीच भएको सहमतिलाई निरन्तरतामा क्रम भङ्गता र नेपाली इतिहासमा एतिहासिकको क्षण भएको बताएका छन । बृहत वाम एकता तथा आगामी चुनाबमा एमालेसहितको चुनाबी तालमेल र पार्टी एकताबारे जानकारी दिन मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यो अभियान कसैप्रति लक्षीत नभएको पनि प्रष्ट पारेका छन । अहिलेको गठबन्धन चुनावका लागि भएको र बिचार मिल्ने राजनीतिक शक्तिहरुबीच एकीकरणका लागि भएको पनि उनले बताए । उनले भने, ‘म प्रष्ट पार्न चाहान्छु यो सहमति कांग्रेसविरुद्ध लक्षित छैन । जनता र राष्ट्रको पक्षमा छ ।’ देशको सग्रह राजनीतिक र आर्थिक विकासका लागि एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने उद्देश्यका साथ एमाले र नयाँशक्ति पार्टीबीच चुनाबी तालमेल हुँदै पार्टी एकता प्रकिया अभियान शुरु गरिएको बताए । यो अभियान नेपाल, नेपाली जनता र अहिलेको राष्ट्रिय आवश्यकता भएकाले अगाडि बढाएको बताए । माओवादीे जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको सम्मान गर्दै देशलाई सम्बृद्ध र समुन्न बनाउन वाम एकता आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताए ।
प्राविधिक शिक्षाका लागि ज्ञान महायज्ञ
दाङ, असोज १७ । यहाँको एक क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्न श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको छ । स्थानीय गढवा बहुमुखी क्याम्पसको स्तरवृद्धिसँगै प्राविधिक शिक्षा सञ्चालनार्थ सोमबारदेखि सो महायज्ञका साथै शैक्षिक महोत्सव–२०७४ शुरु गरिएको हो । नेपाल संस्कृत विश्वविद्यालयका कूलपति प्रा डा कूलप्रसाद कोइरालाले महायज्ञ शुभारम्भ गर्दै श्रीमद् भागवत आख्यान, कविता र गणितको एकत्रित रुप भएको उल्लेख गरे । उक्त महायज्ञबाट करिव रु पाँच करोड संकलन हुने र त्यसबाट प्राविधिक शिक्षा सञ्चालन गर्न सहज हुने आयोजक समितिले जनाएको छ । महायज्ञमा पं दिनबन्धु पोखे्रलले कथा बाचन र १०१ राष्ट्रनिर्माण फाउण्डेशन नेपालका अध्यक्ष धुव्रशरण बस्यालले सहवाचन गरेको छ ।
आदित्य झाले गरे विमानस्थलमा बबाल, कट्टू उतारिदिने धम्की
असोज १६ । बलिउड क्षेत्रका चर्चित गायक उदितनारायण झाका छोरा आदित्यले विमानस्थलका कर्मचारीसँग अभद्र व्यवहार गरेपछि उनी विवादमा आएका छन् । गायक एवं अभिनेता आदित्यनारायणले भारत, रायपुर विमानस्थलमा सस्तो विमान सेवा प्रदायक कम्पनी इँडिगोका एक कर्मचारीलाई तथानाम गाली गरेको भिडियो नै सार्वजनिक भएको छ । आदित्यनारायण औंलाले अश्लील इशारा गर्दै चिच्याइ चिच्याइ कर्मचारीलाई गाली गरेका थिए । ‘तेरो कट्टु उतारिन भने म पनि आदित्यनारायण हैन’, उनले कर्मचारीलाई भनेका थिए । आदित्यनारायण हिजो सोमबार दिउँसो इंडिगोको रायपुर–मुम्बइ उडानमा थिए । विमानमा कुनै एक यात्रीले १५ किलोसम्म सामान निशुल्क लैजान पाउनेमा आदित्यनारायणले निर्धारीत सिमाभन्दा ४० किलो बढी सामान लैजाँदै थिए । त्यसबापत उनले कूल १३ हजार भारु तिर्नुपर्ने भयो । तर, आदित्यनारायणले सो रकम बुझाउन अस्वीकार गरेपछि इंडिगोका कर्मचारीसँग उनको भनाभन भएको छ । आदित्यनारायण औंलाले अश्लील इशारा गर्दै चिच्याइ चिच्याइ कर्मचारीलाई गाली गरेका थिए । ‘आदित्य नारायणले पैसा तिर्न मानेनन् र महिला कर्मचारीसँग असभ्य भाषा प्रयोग गरे’, इंडिगो एयरलाइन्सका कर्पोरेट कम्युनिकेशन्सका निर्देशक अजय जसराले मिडियालाई बताए । दुव्र्यवहार जारी राखेमा यात्राको अनुमति नदिने चेतावनी दिइएको थियो । आदित्यनारायणले अन्तमा कर्मचारीसँग माफी मागे । अनिमात्र उनलाई उडानका लागि बोर्डिङ पास दिइयो । एजेन्सी
भावुक हूँदै बुद्द लामाले भने- ५५ सय तलबमा दोहोरीमा गाऊँथे, यो सफलता कल्पनामैं थिएन
आश्विन ११, २०७४-नेपाल आइडल बनेपछि आफ्नो जीवन कायापलट भएको बुद्ध लामाले बताएका छन् । मंगलबार पहिलोपटक पत्रकार सम्मेलनमा उपस्थित भएका उनी केही छिन् भावुक पनि बने । ‘दोहोरी साँझमा गाउँथेँ,’ उनले भने, ‘५५ सय रुपैयाँ तलब थियो । यति नै होला मेरो जिन्दगी, संगीतमा मैले गर्ने भनेको यति नै होला भन्ठान्थेँ । त्यहाँभन्दा माथि पुग्छु भनेर सोचेको थिइनँ ।’ घरको आर्थिक अवस्था कमजोर भएकाले जे आइपर्यो त्यही काम गरेको उनले बताए । ‘नेपाल आइडल लाइभ इन यूके’ को जानकारी दिन आयोजित कार्यक्रममा बुद्धसहित पहिलो र दोस्रो रनरअप क्रमश: निशान भट्टराई र प्रताप दासले पनि आइडलको प्रशंसा गरे । उनीहरूले ६ महिना क्लोज क्याम्पमा रहँदा धेरै कुरा सिकेको बताए । ‘टुँडिखेलको क्राउड देखेर छक्क परेको थिएँ,’ निशानले भने । प्रतापले भने टाइटल नजिते पनि जितेसरह नै महसुस भइरहेको प्रतिक्रिया दिए । जित्न जरुरी छैन भन्ने कुरा कतार गएपछि झनै आभास भएको उनको भनाइ थियो । यी तीन भाइसँगै होटल र्याडिसनमा आयोजित कार्यक्रममा उपस्थित प्रमिला राईले बैंकको जागिर र सांगीतिक गतिविध सँगसँगै अघि बढाइरहेको बताइन् । समसारा युकेले गर्न लागेको ‘…यूके लाइभ’ का लागि बुद्ध, निशान, प्रताप र प्रमिला नोभेम्बर १ मा त्यसतर्फ लाग्दै छन् । उनीहरूले बेलायतका चार सहरमा प्रस्तुति दिने समसाराका राजाराम गिरीले अवगत गराए । ‘ती कार्यक्रमबाट उठेको केही रकम तराईका बाढीपीडितलाई प्रदान गर्नेछौं,’ गिरीले भने ।
सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको विजेता घोषित
सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको दोस्रो साता को बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा प्रेम बहादुर आले मगर्, ललिता राई, लोक राज शर्मा, राम प्रीत केवत्, शोभा थापा मगर्, अनुजा भट्टराई, समझना ढकाल, सुनिता महर्जन छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा चिरा कुमारी शर्मा छनोट भएकी छिन् । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलार्र्ई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो । सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दूबै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।
दोलखामा रित्तियो नयाँ शक्ति, ५२ नेता माओवादी केन्द्रमा प्रवेश (नामावली सहित)
दोलखा, असोज ४ । नयाँ शक्ति नेपालका ५२ नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । याे सँगै दोलखामा नयाँ शक्ति रित्तिएकाे छ । माओवादी आन्दोलनको रक्षा गरेर मात्रै नेपालमा जनवादी क्रान्तीकाे अभिष्ट पुरा गर्न सकिने बताउँदै नयाँ शक्ती दोलखाका नेताहरु माओवादीमा समाहित भएका हुन् । उनीहरुका अनुसार अब माओवादी केन्द्रमा सबैतिरबाट आउने नेता कार्यकर्ताको संख्या बढ्ने छ । माओवादी केन्द्रबाट बिभाजीत भएर बनेको नयाँ शक्तीबाट पछिल्लो समय माओवादी केन्द्रमा फर्कनेहरुको संख्या ह्वात्तै बढेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । नयाँ शक्तीका निकै प्रभावशाली नेताको रुपमा परिचित देबेन्द्र पौडेल सहितको हजारौंको संख्यामा टिम माओवादी केन्द्रमा फर्किएपछि नयाँ शक्तीमा माओवादीकेन्द्रमा पार्टी समाहित हुनेहरुको संख्या बढेको बताईन्छ ।
रोल्पाभरी जनपरिषद गठन,थवाङमा पुनः जनसत्ता !
काठमाडौं, असोज ४ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले रोल्पाको थवाङमा जनसत्ता पुनः लागू गरेको छ । राज्यसत्ता दलाल र पूँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागू गरेको हो । गाउँ परिषद नाम दिइएको जनसत्ताको संयोजक किताब घर्तीलाई तोकिएको छ । त्यसमा १७ जना सदस्य छन् । अहिले सत्ताबाट न्याय सम्बन्धी सेवा बढी भइरहेको नेकपा माओवादी रोल्पाका सेक्रेटरी दलबहादुर खत्रीले जानकारी दिए । रोल्पा जिल्लाभरी नै जनपरिषद गठन गरिएको छ । तत्कालिन गाविसमध्ये थवाङ माओवादीको विशेष ठाउँ भएकाले यहाँ पुनः जनसत्ता लागू गरिएको बताइएको छ । थवाङमा हुने सबैखालका काममा जनसत्ताका प्रमुखसँग सहकार्य गर्नुपर्ने नेकपा माओवादीले जनाएको छ । –नागरिक दैनिकबाट
काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, तीनजना घाईते
धनुषा, असोज १ । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । स्थानीय तह निर्वाचनको मौन अवधिकै बेला एक–अर्काविरुद्ध निगरानी राख्ने क्रममा विवाद हुँदा उनीहरुबीच झडप भएको हो । झडपमा एमालेका तीन जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये नगराईन नगरपालिका–८ का ईन्द्रदेव पासवानको अवस्था गम्भीर रहेको र उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
राजपा कार्यकताले कांग्रेसका उम्मेदवार कुटे
काठमाडौं, असोज १ । राजपा कार्यकर्ताले कौडेना गाउँपालिका १ को वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका मनोज साहलाई आक्रमण गरी घाईते बनाएका छन् । साहमाथि बिहीबार राति आक्रमण भएको हो । घरदैलो कार्यक्रम सकेर फर्कदैँ गर्दा रजपा कार्यकर्ताले साहमाथि लक्ष्मीपुरमा आक्रमण गरेका थिए । आक्रमणमा घाईते भएका साहको जिल्ला अस्पताल मंगलवामा उपचार भईरहेको छ । उनको अनुहार र निधारमा चाटे लागेको आफन्तले जनाएका छन् ।
इङ्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा, वाट्फोर्टमाथि गोलको बर्षा
काठमाडौं, असोज १ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शुक्रबार राती भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । म्यानचेस्टर सिटीले वाट्फोर्टलाई ६–० गोलले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै गाब्रियल जिसस, निकोलस ओटामेन्डी र रहिम स्ट्रर्लिङले एक–एक गोल गरे । जितपछि पाँच खेलबाट १३ अंकसहित सिटी शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड १० अंकसहित दोस्रो स्थानमा छ । राति भएका अन्य खेलमा साउथ ह्याम्पटनले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ भने न्यूक्यासल युनाइटेडले स्टोक सिटीलाई २–१ ले हराएको छ । त्यसैगरी टोटनह्याम हट्सपर र स्वान्सी सिटी, वेस्टब्रोम र वेस्टह्याम युनाइटेडले गोलरहीत बराबरीमा खेलेका छन् । त्यस्तै लिभरपुल र बर्नले तथा हडल्सफिल्ड र लेस्टर सिटीले पनि समान १–१ को बराबरी खेलेका छन् । इङ्लिस प्रिमियर लिगअन्तर्गत आज राती हुने खेलमा चेल्सी र आर्सनल तथा म्यानचेस्टर युनाइटेड र एभर्टन भिड्ने छन् ।
बंगलादेशले १० दिनमा चार लाख शरणार्थी शिविर बनाउने
भदौ ३१ । बंगलादेशले छिमेकी म्यानमारबाट पलायन भएर आएका चार लाखसम्म रोहिंग्या मुसलमान शरणार्थीलाई राख्न शिविर बनाउने घोषणा गरेको छ । कब्स बजार नजिक करीब ८ किलोमिटर क्षेत्रफलमा १० दिनभित्र बंगलादेशी सेना र सहायता संस्थाहरुले १४ हजार शिविर बनाउने भएका हुन् । प्रत्येक शिविरमा ६÷६ जना बस्ने व्यवस्था मिलाइने र ८ हजार ५ सय ओटा अस्थायी शौचालय पनि बनाइने बंगलादेश सरकारले बताएको छ । म्यानमार सरकारको अत्याचारका कारण गत अगष्ट २५ यतामात्र करीब ४ लाख रोहिंग्या मुसलमान पलायन भएर बंगलादेश पुगेका संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ । राष्ट्रसंघले रोहिंग्याविरुद्धको म्यानमार सरकारको कारवाहीले जातीय सफायालाई बढावा दिएको जनाएको छ । अधिकारवादीहरुले म्यानमारको सेनाले रखाइन प्रान्तमा रोहिंग्याको गाउँ नै जलाएको आरोप लगाएका छन् । तर, म्यानमारको सेनाले सर्वसाधारणमाथि नभई लडाकुविरुद्ध कारवाही लक्षित रहेको दावी गरेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले रोहिंग्या शरणार्थीलाई लैजान म्यानमारलाई आग्रह गरिसकेकी छन् ।
मलेसियाको विद्यालयमा आगलागी हुँदा २५ को मृत्यु
भदौ २९ । मलेशियाको राजधानी क्वालालाम्पुरस्थित एक धार्मिक विद्यालयमा आगलागी हुँदा २५ जनाको ज्यान गएको छ । तहफिज दारुल कुरान इत्तिफाकियाको उक्त भवनमा बच्चाहरु सुतिरहेको समयमा आगलागी भएकाले ठूलो हताहती भएको प्रहरीले जनाएको छ । घटनामा २३ बालबालिका र २ जना वार्डेनसहित २५ को ज्यान गएको प्रहरीले जनाएको छ । उक्त आगलागी २० वर्ष यता यो सबैभन्दा डरलाग्दो आगलागीको घटना भएको अधिकारीहरुले जनाएका छन् । इस्लामिक तहफिज विद्यालयहरु आवासीय हुन्छन् जहाँ विद्यार्थीहरुले कुरानको अध्ययन गर्दछन्। मलेशियामा सन् २०१५ यता मात्र दुई सय वटा यस्ता आगलागीको घटना भएको जनाइएको छ ।
प्रदेश नम्बर–१ स्तरीय खुला ब्याडमिन्टन सुरु
तेह्रथुम, भदौ २९ । तेह्रथुमको म्याङलुङमा प्रदेश नम्बर–१ स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । ‘पर्यटन प्रवद्र्धनका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगितामा तेह्रथुमसहित धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी र मोरङका ३२ टिम सहभागी छन् । प्रतियोगितामा विजयी हुनेले ४० हजार रुपैयाँ, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
देशी, विदेशी शक्तिको षडयन्त्रले पार्टी विभाजन भयो– अध्यक्ष थापा
पोखरा, भदौ २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेको पार्टीको पश्चिमाञ्चल विकास क्षेत्रीयस्तरको स्थानीय तहका अध्यक्षको सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष थापाले आफ्नो पार्टी विभाजन देशी विदेशी शक्तिको डिजाइनअनुसार नै भएको आरोप लगाउनुभयो । मनोनित गरिएका केही सांसदले समेत पार्टी फुटाउने काम गरेको बताउँदै उनले पार्टी विभाजनबाट कत्ति पनि चिन्तित भएर विचलित नहुनसमेत पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचनमा अपेक्षित सफलता पाउन नसक्नुमा पार्टीका एजेण्डा जनस्तरसम्म पु¥याउन नसक्नु, पार्टी संगठन कमजोर र निर्वाचनका लागि तयारी गर्न नसक्नु मुख्य कारण रहको उनको भनाई थियो । कार्यक्रममा सहमहामन्त्री हेमजंग गुरुङ, केन्द्रीय सदस्यहरू तोरणबहादुर गुरुङ, भिमसेन गुरुङ, कुलबहादुर गुरुङलगायतका वक्ताहरूले पार्टीको गतिविधिका बारेमा मन्तव्य व्यक्त गरेका थिए । दुई दिनसम्म चल्ने सम्मेलनमा यस क्षेत्रका १६ वटै जिल्लाका जिल्ला, क्षेत्र, नगर र गाउँस्तरका अध्यक्षहरूको सहभागिता रहेको छ । रासस