१६ हजार मतले जनार्दन शर्मा अगाडि
रुकुम पश्चिम, मंसिर २२ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफ्रना प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपालजीजंग शाहसँगको मतान्तरलाई झनै फराकिलो बनाउदै लागेका छन् ।
रुकुमको ताजा अपडेट
प्रतिनिधिसभा
जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र –२८३८४
गोपाल जींजंग शाह, कांग्रेसका –१२१११
प्रदेश सभा (क)
रातो कामी, माओबादी केन्द्र – १४५७८
कृष्ण बहादुर रोकाय, कांग्रेस – ७२८५
प्रदेश सभा (ख)
गोपाल शर्मा, माओवादी केन्द्र – १२६१०
खड्कबहादुर डाँगी, कांग्रेस – ५५७७
दुर्घटनामा मृत्यु भएका परिवारलाई सहयोग
दमक, कात्तिक २० । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका झापाको शिवसतासी नगरपालिका–२ मंगलबारेका अनिल लिम्बूको परिवारलाई दक्षिण कोरियामा कार्यरत प्रवासीले आर्थिक सहयोग उपलब्ध गराएका छन् । कोरियामा बस्दै आएका नेपालीबाट संकलित रु ६७ हजारमा १३ हजार थप गरी रु ८० हजार रकम पीडित लिम्बूको बुबा टीकाराम लिम्बूलाई हस्तान्तरण गरिएको रिभर साइड फाउण्डेसनका अध्यक्ष सञ्जीव चापागाईंले जानकारी दिए । रोजगारीका लागि इपिएस प्रणालीबाट दक्षिण कोरिया जान लागेका २२ वर्षीय लिम्बूको एक साताअघि दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएको थियो । चापागार्इंका अनुसार आर्थिक अवस्था कमजोर भएका लिम्बूको परिवारलाई राहत पुर्याउन कोरियामा बस्दै आउनुभएका पासाङ शेर्पाको संयोजकत्वमा अभियान संकलन गरिएको थियो । यसअघि दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूको उपचारमा सहयोग जुटाउन स्थानीय बासिन्दाले अनिल लिम्बू बचाउ अभियान सञ्चालन गरी करिब रु सात लाख बढी रकम संकलन गरिएको अभियानका सचिव नेत्र मावोले जानकारी दिए । डुबेर शिशुको मृत्यु यसैगरी आफ्नै घर नजिकै रहेको पैनीमा खेल्ने क्रममा डुबेर झापाको मेचीनगरमा गएराति एक शिशुको मृत्यु भएको छ । मेची नगरपालिका वडा नं–७ सतिघट्टा बस्ने पदम निरौलाको १७ महिनाको छोरा प्रनिष निरौलाको आइतबार साँझ पैनीमा डुबेर मृत्यु भएको प्रहरी चौकी सतिघट्टाले जनाएको छ । डुबेर बेहोस अवस्थामा भेटिएका बालकको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
शाह बने सेञ्चुरी बैंकको सिइओ
काठमाडौं, कात्तिक १७ । सेञ्चुरी कमर्सियल बैंकले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । शाह यसअघि मेगा बैंकको सिइओ थिए । शाहकै पहलमा मेगा बैंक स्थापना भएको थियो थियो । सञ्चालक समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार शुक्रबारदेखि लागु हुने गरी शाहलाई सेञ्चुरी बैंकको सिइओमा नियुक्त गरिएको बताइएको छ । बैंकका सिइओ अनुजमणि तिमल्सिनाले राजिनामा गरेपछि सेञ्चुरी बैंकले शाहलाई नयाँ सिइओमा नियुक्त गरको हो । मेगा बैंकका दोश्रो कार्यकाल सकिन एक महिना अघि नै शाह सेञ्चुरी बैंकको सिइओ नियुक्त भएका हुन । बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धीको नयाँ ऐन अनुसार कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न पाउँदैन । नेपाल बैंकर एशोसिएसनका अध्यक्षसमेत रहेका शाहले स्टान्डर्ड चार्टड र नबिल बैंकमा पनि काम गरिसकेका छन ।
विप्लवले चुनावमा वाम गठबन्धनलाई सघाउने
खोटाङ , कात्तिक १६ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अखिल नेपाल शिक्षक संगठनले आगामी निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्ने बताएको छ । संगठनका जिल्ला अध्यक्ष अर्जुन दाहालले बुधबार सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आफूहरु पार्टीको झोले मात्र भएर बस्न नसक्ने भन्दै देशमा स्थायी शान्ति कायम गर्न आगामी निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिएको बताए । “हाम्रो मातृ पार्टीले निर्वाचनलाई बहिस्कार गरेको छ ।” उनले भने “अहिलेको अवस्थामा देशलाई निकास दिन निर्वाचन उत्तम विकल्प भएकाले हाम्रो संगठनले वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको हो ।” दिक्तेलस्थित सरस्वती माविको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कृष्ण गुरुङले नेपालमा स्थापित सबै प्रगतिशील विचारधाराका शिक्षक संगठनबीच एकता हुनुपर्नेमा जोड दिए । “अहिले सबै कम्युनिष्ट विचारधाराका संगठनबीच छलफल भइरहेको छ ।” उनले भने, “चुनावलगत्तै फरकफरक समूहमा विभाजित कम्युनिष्ट विचारधाराका संगठन एकीकरण गर्ने अभ्यासमा लागि परेका छौँ ।” नेकपा ९माओवादी केन्द्र० निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र विप्लव नेतृत्वको नेकपाको भ्रातृ संगठन अखिल नेपाल शिक्षक संगठनले संयुक्तरुपमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा सहभागी शिक्षकले आफ्नो हक र अधिकार स्थापित गर्न सबै संगठन एकजुट हुन आवश्यक रहेको बताएका छन् । देशमा पछिल्लो घटनाक्रमले वामपन्थी र प्रजातान्त्रिक गरी दुई धार देखिएकाले वामपन्थी विचारधारा शक्ति एक हुनुको विकल्प नरहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सल्लाहकार सदस्य जयप्रसाद आचार्यले बताए। “वामपन्थी शिक्षकको एकताले शिक्षा क्षेत्रमा समेत परिवर्तन गर्न सकिन्छ ।” उनले भने “शिक्षासँगै देश परिवर्तनका लागि सबै वामपन्थी शिक्षक एकजुट हुनुपर्छ ।”
नवलपरासीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
नवलपरासी, कात्तिक १६ । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पुर्व कावासोती नगरपालिकामा सवारीसाधन दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–८ बस्ने वर्ष २६ का बलराम अधिकारी रहेको इलाका प्रहरी कार्यालय, कावासोतीले जानकारी दिएको छ । कावासोति नगरपालिकाको फलफूल चोकदेखि एक किलोमिटर पूर्वतर्फको महेन्द्र राजमार्गमा गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ क २७२७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ३८ प ९३६० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कावासोतीले जनाएको छ ।
चुनाव नजिकिँदा पनि सुनसान थवाङ
काठमाडौं, कात्तिक १४ । पटकपटकका चुनावमा अनौठो निर्णय गरेको थवाङ हिजो आज सुनसान छ । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि यहाँ चुनावी माहोलले छोएको छैन । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बाहुल्यता रहेको थवाङमा चुनाव खारेजीको नारा भने सुनिन थालेको छ । सुनसान छ । कोही आएका पनि छैनन् । हुन त होला तर यसपालि फेरि रौनकको चुनाव हुने छाट छैन, थवाङका अजय घर्ती मगरले बताए । २०६४ मा ३ मत बाहेक सबै प्रचण्डलाई दिएको यहाँ २०७० सालको संविधान सभामा एकमत पनि खसेन । २०३६ सालमा सतप्रतिशत मत बहुदललाई खसालेका थवाङीहरुे २०१५ सालको निर्वाचनमा सबै मत थवाङकै उम्मेदवार बनेका खगुलाल गुरुङलाई दिएका थिए । २०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाण्मा २०५६ मा हेलिकप्टरमा पुगेका दुईजनाले मात्र मतदान गरेका थिए । २०५४ मा चुनावै भएन । अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो ।, नागरिक दैनिकमा खबर छ ।
दाङमा वाम गठबन्धनले सिटको टुंगो लगाए, महरा केन्द्र र पोखरेल प्रदेशमा
दाङ, कात्तिक १३ । लामो रस्साकस्सीपछि वाम गठबन्धनले दाङमा उम्मेदवारको टुंगो लगाएका छन । एमालेका शंकर पोखरेल र माओवादी केन्द्रका कृष्णबहादुर महरा दवै नेताले दाङ क्षेत्र नम्बर २ मा दावी गरेपछि वाम गठबन्धनको क्षेत्र वाँडफाँड कार्यदललाई सहमति जुटाउन कठिन भएको थियो । पछिल्लो सहमति अनुसार दाङ २ बाट महरा प्रतिनिधिसभाका लागि र पोखरेललाई प्रदेशसभाका लागि उम्मेदवार बन्ने छन । पोखरेल प्रदेशसभाका लागि दाङ– २ (क) बाट उम्मेदवार बन्ने छन । वाम गठबन्धनमा पोखरेललाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको साझा उम्मेदवार बनाउने सहमति भएको बातइएको छ । सार्थै दाङ २ (ख) मा एमालेकै अमर डाँगी उम्मेदवार बनेका छन्। त्यसैगरी, क्षेत्र नम्बर १ र ३ भने एमालेले पाएको छ । प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ क्षेत्र रहेको दाङमा एमालेले प्रतिनिधिसभाका २ सहित कुल ६ र माओवादीले प्रतिनिधिसभाको १ सहित कुल ३ क्षेत्र पाएका छन्। प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ बाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरी उम्मेदवार बनेका छन्। प्रदेशतर्फ १ (क) मा माओवादीका इन्द्रजित थारु र १ (ख) मा एमालेका रेवतिरमण शर्मा उम्मेदवार बन्ने भएका छन्। यस्तै क्षेत्र नम्बर ३ मा एमालेका हिराचन्द्र केसी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। ३ (क) मा माओवादीले उम्मेदवारी दिने पक्का भए पनि उम्मेदवारको टुंगो लागेको छैन। ३ (ख) मा भने एमालेका उत्तर ओली उम्मेदवार बन्ने छन ।
अदुवाको परिकारबाट मनग्य आम्दानी
इलाम, कात्तिक ११ । भनेजस्तो मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहेको छ । इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी गर्नुभएको हो । उहाँले अदुवा प्रशोधनबाटै आफ्नो परिवार मात्रै पालेको छैन नगरपालिकाभित्रै जग्गा किनेर सामान्य घर जोड्नुभएको छ भने छोरीलाई काठमाडौँ राखेर पढाउँदै अाएका छन् । विसं २०६८ देखि सामान्य तालीम लिएर अदुवा प्रशोधन थाल्नुभएकी निरौलाले अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्बत, सुठो र अचार बनाउने गर्ने गर्दछन् । अदुवाबाट विभिन्न परिकार बनाएर जीवन चलाउँदै प्रशोधन केन्द्रमै मात्रै मासिक पाँच क्विन्टल खपत हुने गरेको उनले बताए । “प्रशोधन केन्द्रमा पाँच क्विन्टल अदुवा खपत हुन्छ । यो सबै अदुवा अग्र्यानिक मात्रै ल्याउने गरेकी छु” उनले भने । निरौलाले वार्षिक रु ४५ लाख बराबरको अदुवाको परिवार बिक्री गरी रु १८ लाख नाफा कमाएको छ । “व्यावसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्” उनले भने “त्यही भएर साना किसानबाट मात्रै अदुवा किन्छु ।” विभिन्न समस्याले गर्दा शुरुवाती समयमा अनावश्यक झण्झट खेपेकी निरौलाले व्यवसाय बढेसँगै आम्दानी मात्र नभई प्रशंसा पनि बटुलेको छ । “जति बेला मैलै यो उद्यम शुरु गरे । त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइन् । राम्रो बजारीकरण पनि नभएको बेला भएकाले अन्य मानिसलाई पनि यसका बारेमा बुझाउन समस्या प¥यो ।” उहाँ थप्नुहुन्छ “अहिले पनि बजार मूल्य त राम्रो पाएको छैन । तर बनाइसकेका परिकार खेर चाहिँ फाल्नु पर्दैन ।” यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा ‘हारालुस’ हुने गरेको उहाँ बताउनुहुन्छ । “यहाँ त अहिले पनि अदुवाको सर्बतभन्दा मानिसले बुझ्दैनन् । तर बाह्रय पर्यटकका लागि भने यही सर्वत राम्रो छ ।” यस्ता परिकार इलाम बजार र फिक्कलबाटै बाह्य पर्यटकले खरिद गर्ने गरेका छन् । अकबरे, अमलाबाट पनि परिकार बनाउने गरेकी निरौलाको मुख्य उद्यम भने अदुवाकै परिकार हुने गरेका छन् । बजारीकरणमा समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
तनावका कारण दुर्घटना बढ्दै !
काठमाडौं, कात्तिक ११ । पहिला मदिरा सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारकमा परिवर्तन देखिएको छ । पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटनम बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ, न चालकलाई नै । मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किन पुग्छ । सडकमा उभिएका ट्राफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ । ‘बाटो, गाडी सबै ठिक हुन्छन्, त्यस्तो बेला सडक छेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन्,’ ललितपुर ट्राफिक परिसरका प्रहरी निरीक्षक सीताराम हाछेथुले भने । ‘देखिने खास कारण विनै दुर्घटना भएका हुन्छन्, सोध्दा एक्कासी अँध्यारो देखेँ भन्छन्,’ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले भने । ‘यसबारे मनस्थितिको अध्ययन भएको छैन, तर मानसिक तनाव या उच्च रक्तचापको कारणले दुर्घटना भएको देखिन्छ,’ उनले भने । -नागरिक दैनिकबाट
उपराष्ट्रपतिद्वारा जलपानको आयोजना
काठमाडौं, कात्तिक १ । उपराष्ट्रपति नन्दबहादुर पुनले शुभ दिपावली, छठ एवम् नेपाल सम्वतको अवसरमा जलपान समारोहको आयोजना गर्दै छन । बुधबार अपरान्ह ३ बजे उपराष्ट्रपति भवनको प्राङ्गणमा सुरु हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने उपराष्ट्रपतिको कार्यालयले जनाएकाे छ । प्रत्येक वर्षको दिपावली, छठ तथा नेपाल संवत्को अवसर पारेर उपराष्ट्रपतिले जलपान समारोहको आयोजना गर्ने प्रचलन छ ।
यस्ताे छ प्रदेश र प्रतिनिधि सभामा मतदान गर्ने सहि तरिका (भिडियाेसहित)
काठमाडौं, असोज ३१ । निर्वाचन अायाेगले अाउँदाे प्रदेश र प्रतिनिधि सभामा मतदान गर्ने सहि तरिकाबारेमतदाताहरुलार्इ मतदाता शिक्षा दिर्इरहेकाे छ । कसरी मत दिँदा मत बदर हुँदैन त ? भिडियाे मै हेराैँ ….. https://www.facebook.com/prakash.dahal.522/videos/1624272767630072/
रु.२५ बाट सुरु गरेको सहकारीको कारोवार अहिले ५० करोड
गुल्मी, असोज २९ । आज भन्दा २५ वर्षअघि २५ जनाले जनही रु.एक बाट सुरु गरेको गुल्मीको एक सहकारी संस्था अहिले वार्षिक झण्डै ५० करोडसम्मको कारोबार गर्न सक्ने भएको छ । रेसुङ्गा नगरपालिका वडा नं.१ स्थित लेकाली स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था जनही रु.एकबाट संकलन भई अहिले यस्तो करोडौंको अवस्थामा आइपुगेको हो । सो संस्थाको शनिवार सदरमुकाम तम्घासमा २५ औं वार्षिकोत्सव तथा ८ औं अधिवेशन गरिरहँदा सो संस्थाले यस आवमा ४७ करोड ७६ लाख २४ हजार ५ सय ८९ रुपैयाँको कारोबार गरेको छ । सो संस्थाका कोषाध्यक्ष गणेश श्रेष्ठले पेश गरेको कोषाध्यक्षको प्रतिवेदनमा गत आवमा उक्त कारोबार भएको उल्लेख गरिएको हो । उनको प्रतिवेदनअनुसार गत एकवर्षमा मात्र १९ सय ९२ जना सदस्यहरुको वचत ३ करोड ४५ लाख ७९ हजार ५ सय रुपैयाँ बचत भएको छ । त्यस्तै विभिन्न प्रकारका वचत शीर्षकमा रु. २४ करोड ६८ लाख ३ हजार ३ सय २३ रहेको छ । जगेडा कोषमा ७० लाख ७१ हजार ३ सय १७ सहित १ करोड ७८ लाख ८० हजार ६ सय ७२ रुपैयाँ रहेको छ । २०७३–०७४ मा व्याज आम्दानी र सञ्चालन आम्दानीबाट ३ करोड ४७ लाख १० हजार १ सय २७ रुपैयाँ रहेको उल्लेख छ । त्यस्तै सञ्चालन र व्याज खर्चमा ३ कारोड ७ लाख ५६ हजार ४ सय ८६ रुपैयाँ भएको छ । संस्थाले ४४ करोड ४१ लाख ७८ हजार ७ सय रुपैयाँ ऋण लगानी गरेको छ भने त्यसमध्ये ३७ करोड २० लाख १ हजार ३ सय २५ रुपैयाँ असुली गरेको छ । गत आवमा ३० करोड ८ लाख ३१ हजार ७ सय ५३ सम्पत्ति तथा दायित्व रकम उल्लेख छ । संस्थाका सचिव भुवन अर्यालका अनुसार संस्थामा सदस्यहरु वृहत बनाउने उद्देश्यका साथ गतवर्षसम्म ४ हजार ५ सय सदस्यता लिँदा तिर्नुपर्नेमा अब जम्मा एक हजार रुपैयाँ तिरेर सदस्यता लिन पाइने नियम बनाइएको छ । उनका अनुसार संस्थामा शेयर सदस्य १९९२ जना बाल वचतकर्ता ८ सय ७८ जनासहित कुल २८ सय ७९ जना सहभागी छन् । संस्थाले सहुलियत ब्याजदरमा निम्न आय भएका सदस्यहरुलाई विभिन्न व्यवसाय गर्न ऋण लगानी गर्दैछ । यसबाट कैयौं विपन्न र बेरोजगारहरुको जीवनस्तरमा सुधार आएको छ । वृद्धवृद्धा, बालबालिका, मृत्यु वा दुर्घटनामा परेका सदस्यहरुलाई कल्याणकारी कोषको व्यस्था गरेको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीले उक्त सहकारी अघिल्लो वर्षसमेत देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मानित भएको छ । देशकै उत्कृष्ट सहकारी संस्थाका रुपमा राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित उक्त सहकारी संस्था बैंकिङ सुविधा सम्पन्न कार्यालय व्यवस्थापन गरेर तम्घासको क्यामपस रोडमा रहेको छ । अध्यक्ष पन्थीले जिल्लाभरकै सहकारी संस्थालाई भविश्यमा यसैमा आवद्ध गर्ने उद्देश्य लिईएको बताए । २५ वर्षअघि एक–एक रुपैयाँ उठाएर २५ जनाको समुह बनाउने संस्थापक सचिव मुकुन्दहरी गौतमले उति वेला सहकारी भन्ने कुरा थाह नभएको बताए । ६८ वर्षिय संस्थापक अध्यक्ष रमेश थापाले उतिबेला तम्घास वजारका साहुहरुले गरीब किसानहलाई सय कटा ५ देखि १० सम्मको व्याज त्यसमाथि ठेकी काट्ने चलन त्यसबाट घरबास नै उठ्ने देखेपछि समुह खोलेर रकम वचत गर्न थालिएको बताए । कैंयांै ऋण लिएका मान्छे उठीवास लागेका थिए, कैयौंलाई खुल्ला बजारमा लछारपछार समेत गर्दथे, ब्याजमा लगाउने साहुहरुको ज्यादती सहन नसकेरै समुह बनाएर रकम संकलन गरियो र त्यसबाट संकलन भएको रकमले भैपरी आउने सदस्यहरुलाई ऋण प्रवाह गर्न थालिएको हो । उनले भने, ‘दुई वर्षसम्म मासिक एक रुपैयाँका दरले संकलन गरिए पनि पछि क्रमशः बृद्धि गर्दै लगिएको हो । हामीलाई सहकारी भन्ने त्यतिबेला थाहा थिएन उनले स्मरण गर्र्दै भने– ‘तर एकजना क्यानाडातिरका विदेश आएर यसो गरे समुदायलाई निकै फाईदा हुने सुझाव दिएका थिए । जिल्लाका सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले उक्त सहकारी संस्था जिल्लाको उत्कृष्ट र सबैभन्दा बढी कारोवार गर्ने संस्थाका रुपमा रहेको बताए । उनको प्रमुख आतित्यतामा सम्पन्न उद्घाटन सत्रमा अन्य विभिन्न सहकारी संस्थाका प्रमुख, प्रतिनिधीहरुको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा उत्कृष्ट व्यवसायी, लगानीकर्ता, वृद्धवृद्धा, परीक्षामा उत्कृष्ट हुने शेयर सदस्यका सन्तति र स्थानीय तहको निर्वाचनमा निर्वाचन हुने शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र चलिरहेको छ । बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्ने जनाईएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपालप्रसाद पाण्डेको स्वागत मन्तव्य र सचिव भुवनप्रसाद अर्यालयको सञ्चालन रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीले चुनाब बहिष्कार
काठमाडौं, असोज २८ । नेपाल कम्युनष्टि पार्टीले आगामी मंसिरमा हुने प्रतिनिधी र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने भएको छ । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागि नहुने भएको छ । पार्टी अध्यक्ष ऋषिराम कट्टेलले आइतबार एक विज्ञप्ति निकाल्दै निर्वाचन गराउने संविधानले नै बैधानिकता गुमाइसकेकाले त्यस्तो संविधान अनुसार हुने निर्वाचनमा सहभागि नहुने जनाएका हुन । कट्टेलले तीन दलीय सिण्डिकेटको रक्षा गर्न बनाइएको संविधान अन्तर्गत हुने निर्वाचनले किसान, मजदुर लगायत आम उत्पीडित वर्ग र समुदायको पहुँच र प्रतिनिधित्व गराउन नसक्ने जिकिर गरिएको छ । त्यस्तै निर्वाचन आयोगको निरिहता ,सत्तासिन दलहरुका गतिविधि ,स्थानीय तह देखिनै दलहरुलाई प्रतिवन्ध लगाउने, त्यतिले नपुगेर थ्रेसहोल्ड लगाउने, सत्ता शक्ति र पैसाको व्यापक प्रयोग जस्ता कुराहरुले यो निर्वाचन पनि धाँधलीयुक्त हुनेकुरा पनि स्वतः प्रष्ट भएको अध्यक्ष कट्टेलको दावी छ ।
सुन्दर सुदुर पश्चिम साच्चिकै रमणिय छ (भिडियोसहित)
असोज १९ । पर्यटकीय हिसाबले अत्यन्तै रमणिय स्थान कर्णालीको चिसा पानी पनि हो, एसियाकै दोश्रो ठुलो एक खम्बाले निर्माण पुलले पनि अझ सुन्दरता थपेको छ । विशेषगरी गर्मी मौसममा पर्यटक हरुको घुइचोनै हुने कुरा स्थानीयबासीहरु बताउँछन । बाह्य पर्यटकहरुलाई त्रिशुली, पोखरा, सौराहासँगसँगै सुदुरपश्चिमका रमणिय स्थानहरुसम्म लैजाने पहल गरियो भने सुदुर पश्चिमको सुन्दरता अन्तरास्ट्रिय स्तरसम्म पुग्ने कर्णाली वासी बताउँछन । अविरल फिल्मस्ले तयार पारेको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस-
अनशन शुरु गर्ने तयारीमा डा. केसी
काठमाडौं, असोज १९ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १२ औं पटक अनशन बसिसकेका त्रिविका प्राध्यापक डा गोविन्द केसी आजबाट फेरि आमरण अनशन शुरु गर्दै छन । यसअघि असोज ९ गते १२ औं पटक अनशन बसेका डा. केसीले दशैंको समय परेकाले ३ दिनमा नै स्थगित गरेका थिए। उक्त स्थगित अनसन बिहीबारदेखि पुन सुरु गर्न लागेका केसीका सहयोगी डा. अभिषेक सिहंले जानकारी दिए। बिहीबार साँझ ४.३० बजेदेखि पुनः सुरु गर्ने बताइएको छ । डा. केसीले केदारभक्त माथेमा कार्यदलको सुझाव समेटेर चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने मुख्य माग राखेका छन्। डा. केसीले आफ्नो मागबारे दशैंको नवमीको दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १७ बुँदे सुझाव समेत बुझाएका थिए।
जुवाको खालबाट १२ जना पक्राउ
धनकुटा, असोज १९ । धनकुटाको पाख्रिबास नगरपालिकाका दिलबहादुर गुरुङको घरमा जुवाको खालबाट रु तीन लाख ५० हजारसहित १२ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । बुधबार साँझ पाख्रिबास नगरपालिका–४ मा रहेका दिलबहादुरको घरमा जुवा खेली रहेका १२ जना, १६ थान कौडा, तीन बुक ताससहित तीन लाख ५० हजार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । मितेरी बैंक रहेको सो घरको तीन तलामाथि सुरक्षित स्थान भन्दै दैनिकजसो जुवा खेल्ने गरेको स्थानीयवासीको गुनासो बढिरहेको बेला प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडे पक्राउ गरेको छ । धनकुटा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा समेत जुवा–तास खेल्न नदिन कडा निगरानी बढाएको प्रहरीले जनाएको छ