पोखरामा ६ वटा सहकारी पीडितको संयुक्त प्रदर्शन
पोखरा । पोखरामा रहेका ६ वटा सहकारीका बचतकर्ताले वचत फिर्ता र आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् ।
पोखराका सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर सोमबार पोखरामा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् ।
प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सबैजसो दलका शीर्ष नेतालाई भेटेर समस्या सुनाउँदा पनि न्याय पाउन नसकेको भन्दै उनीहरुले एकीकृत आन्दोलन सुरु गरेका हुन् ।
सहकारी पीडितहरुले ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’, ‘सहकारी पीडितलाई अझै कति दिन तड्पाउँछस् सरकार ?’ ‘जीबी राई, देवकुमार नेपालीलाई पक्राउ गर’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ,’ ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’, जस्ता नारा लगाउँदै सडकमा निस्किएका छन् ।
६ वटा सहकारीबाट मात्र ३ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको भनाइ छ । ती सबै सहकारीका सञ्चालक र जिम्मेवार व्यक्तिहरु अधिकांश फरार भएको र उनीहरुलाई राजनीतिक दल र नेताहरुको संरक्षण रहेको पीडितहरुको गुनासो छ ।
कास्की सहकारी वचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख दलका शीर्ष नेतालाई आफूहरुको समस्या जानकारी गराउँदा पनि बेवास्ता गरेकाले सामूहिक रुपमा आन्दोलन सुरु गरेको बताए ।
गुल्मीमा आगलागीबाट लाखौँको क्षति,इस्मामा मात्रै जले १५ भन्दा बढि घर गोठ जले
तम्घास । आगलागीबाट गुल्मीमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।विभिन्न ठाउँमा आगलागी हुँदा लाखौं रुपयाँको धनमालको क्षति भएको छ । गुल्मीको इस्मा गाउँपालिका –२ सिदुङ्खा, मैनडाँडा क्षेत्र आसपासमा भिषण आगलागी भइरहेको छ । प्रहरीका अनुसार उक्त आगलागीबाट हालसम्म निम्न व्यक्तिहरुको घर गोठ चौपाय क्षेती भएको छ । १.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने बसुन्धार कुवरको घर बङ्गालो पुर्णरुपमा जली क्षेति भएको,निजको बङ्गालोमा रहेको ८ बोका ,५ बाख्रा ,२ भैसि जली मृत्यु २.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने चन्द्र बहादुर कुवरको घर, कुटानि पिसानि मिल, किराना पसल,बङ्गालो जली पुर्णरुपमा क्षेती भएको, ३.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने सुर्य बहादुर कुवरको घर बङ्गालो जली पुर्ण रुपमा क्षेती भएको, ४.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने गन बहादुर कुवरको घर ,२ बङ्गालो १ भैसि,१ पाडो , ४ बाख्रा जली मृत्यु भएको ५.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने ऋषि राम कुवरको घर जली पुर्ण रुपमा क्षेती भएको, ६.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने रमेश थापाको घर गोठ जली पुर्णरुपमा क्षेती भएको, ७.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने होम बहादुर मल्लको बङ्गालो जली पुर्ण रुपमा क्षेती भएको। ८.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने लिला बहादुर थापाको घर कटेरो जली पुर्णरुपमा क्षेती भएको , ९.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने टिका बहादुर रायामाझीको घर ,बङ्गालो ,१ बाख्रा जली मृत्यु भएको १०.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने गोल बहादुर थापाको किराना पसल ,२ बङ्गालो ११.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने धर्मराज थापाको घर, गोठ, कुटानि पिसानि मिल २ भैसि ,२ बाख्रा जली मृत्यु १२.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने ईन्द्र बहादुर थापाको किराना पसल ,३ गोठ जली क्षेती १३.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने राम बहादुर थापाको घर,गोठ जली पुर्णरुपमा क्षेती भएको १४.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने गिता थापाको १ गोठ, १ भैसि जली मृत्यु १५.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने सरिता मल्लको १ घर, १ बङ्गालो जली क्षेती प्रहरीका अनुसार थप विवरण आउन बाँकी रहेको छ ।
गण्डकी सरकारको वैधानिकताबारे मुद्दा : पूर्ण पेसी आज
पोखरा।गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुने भएको छ।गत चैत २८ गते न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण पेसीको मिति तोकिदिएका थिए। रिटबारे सुनुवाइ गर्दै न्यायाधीश शर्माले वैशाख ७ गतेभित्र लिखित रूपमा कारण पेस गर्न अन्तरिम आदेश दिएका थिए।मुख्यमन्त्री कार्यालयको तर्फबाट लिखित जवाफ पठाइसकिएको मुख्य न्यायाधिवक्ता कृष्ण अधिकारीले जानकारी दिएको छ। सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज अधिकारीलाई चैत २५ गते मुख्यमन्त्री नियुक्ति दिएका हुन्। निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट दिए। पूर्वमुख्यमन्त्री पाण्डेले सभामुखलाई सरकारको जोड घटाउमा सामेल गर्न नमिल्ने बताउँदै आएका छन् भने मुख्यमन्त्री अधिकारीले दलको सङ्ख्याका आधारमा सरकारमा दाबी गर्न पाइने बताएका छन्। नयाँ मन्त्रिपरिषद्ले संसद् बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेर आयोजित प्रदेशसभाको बैठक कांग्रेस र राप्रपाको बहिष्कारका कारण चल्न सकेन। प्रतिपक्षीले बहिष्कार गरेपछि बैठक प्रदेश प्रमुख कार्यालयबाट आएको पत्र पढेर सुनाइएको थियो । मुद्दाबारे आजबाट सुनुवाई हुने भएपछि कांग्रेस गण्डकी प्रदेशका सांसदहरु काठमाडौं आएका छन् ।
लुम्बिनी प्रदेशमा जसपाका मन्त्री अहिरद्धारा राजिनामा
दाङ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादीबाट बनेका मन्त्री कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले मन्त्री पदबाट राजीनामा दिएका छन् । माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन जनता समाजवादी पार्टीले समर्थन गरेको थियो। त्यसको बदलामा सो पार्टीबाट दुई जना मन्त्री बनाउने लिखित सहमती गरेपनि अन्तिममा आएर एउटा मात्रै मन्त्रालय भाग परेको भन्दै राजीनामा दिएका हुन्।उनको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराले स्वीकृत भने गरेका छनैन् । मन्त्री अहिरले मन्त्री पदबाट राजीनामा दिए पनि जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन् । मन्त्रालयको संख्या नै सिमित भएकोले सबैले चाहे जति मन्त्री बनाउन सम्भव नभएको मुख्यमन्त्री स्रोतले बतायो । जसपासँथ ३ सांसद छन् ।दुई मन्त्री माग गरेको छ । लुम्बिनी प्रदेशमा नयाँ राजनीतिक समिकरणको आधारमा पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा सरकार बनेको छ । अहिले बनेको मन्त्रीमण्डलमा एमालेका पाँच, माओवादीका मुख्यमन्त्री सहित दुई, नागरिक उन्मुक्ती पार्टीका एक, एकिकृत समाजवादीका एक, जसपाका एक र एक स्वतन्त्र सांसद खड्ग बस्नेत मन्त्री बनेका छन्।
गुल्मीमा आगलागी हुँदा २८ घरगोठ जले
गुल्मी । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ। इस्मा गाउँपालिका–१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ। स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर रायमाझीको घरगोठ एवं रामबहादुर थापाको घरगोठ जलेका हुन्। त्यसैगरी चन्द्रबहादुर कुँवरको घरसहित कुटानी–पिसानी मिल, किराना पसल र गोठ, गोपालबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र मिल तथा इन्द्रबहादुर थापाको किराना पसल र तीनवटा गोठ नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिए। शनिबार दिउँसोदेखि इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिएको थियो। त्यसबाट हस्तीचौरका १५ जनाको घरगोठ जल्नुका साथै दर्जनौँ पशुचौपायको मरेका प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ को हुल र कोटकोटेरीमा लागेको आगोले टोकली बस्नेतको गोठ, सूर्यबहादुर र गुञ्जबहादुरको गोठ जलेको प्रहरी प्रवक्ता पोख्रेलले बताए। इस्मा गाउँपालिका– १ मा लागेको आगोका कारण ट्रयाक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन्। उनीहरूको हातखुट्टा र अनुहार जलेको छ । घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्रयाक्टर जलेको छ। शुक्रबार नजिकैको वनबाट फैलिएको डढेलोले गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ। सबस्टेशनलाई पूर्ण रूपमा क्षति हुनबाट रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट रु दुई करोड बराबरको क्षति भएको छ। नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार कन्डक्टर, केवललगायत सामग्री जलेकाले रु दुई करोडको क्षति भएको अनुमान गरिएको छ। डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा राहतका काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
गोरखाको वीरेन्द्र ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले पुर्याएको क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेर तालको पानी बाहिर आएको जानकारी दिदै थप विवरण आइनसकेको बताए । उनका अनुसार ताल भएको क्षेत्रतिर प्रहरी टोली परिचालन भइसकेको छ । बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको छ । चुमनुब्री गाँउपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले प्रारम्भिक जानकारी अनुसार तालमा हिमपहिरो खसेको र त्यसपछि तालको पानी छचल्किएर बाहिर आएको खबर आफूहरुले पाएको जानकारी दिइन् ।
पुनः सञ्चालनमा आयो झुलाघाट नाका
बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा हो। यही वैशाख ७ गते उत्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको निर्वाचनलाई दृष्टिगत गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदासम्मका लागि झुलाघाट नाका बन्द थियो ।
बुवाको हत्या गरेको अभियोगमा पक्राउ
तनहुँ । आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ७६ वर्षीय बुवा राप बहादुर बिकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा तनहुँको म्याग्दे गाउँपालिका ६ बस्ने २६ वर्षीय दिपक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका ९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्मा जिम्मेवारी बाँडफाट गरेका छन्। उनले चैत २५ गते बिनाविभागीय मन्त्री बनाएका माओवादी केन्द्रमा हरिबहादुर चुमान अर्थ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिएका हुन्। शनिबार बिहान बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । शुक्रबारलाई डाकिएको संसद बैठक कांग्रेसले बहिष्कार गरेपछि मुख्यमन्त्री अधिकारीले यो निर्णय लिएका हुन् । सभामुख कृष्ण धिताललाई समेत जोडेर बहुमत पुर्याएका मुख्यमन्त्रीको नियुक्ति नै अवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । हाललाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनेको सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा सुनुवाइ गर्ने यही वैशाख १० गतेलाई पेसी तोकेको छ ।
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईँले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
काठमाडौं। माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् । सिंहदरबारमा शुक्रबार प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरवासीले भोग्नुपरेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् ।सो क्रममा माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले चार दिनदेखि माडीमा बिजुली नभएको र जनजीवन अस्तव्यस्त भएको जानकारी गराइन्।उनले भनिन्, “चार दिनदेखि जनताले बिजुली बाल्न पाएका छैनन्, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ।” लामो समयदेखि विकास निर्माणका कार्य पनि अगाडि बढ्न नसकेको उल्लेख गर्दै नगरप्रमुख महतोले भनिन्, “तपाईँ चितवन–३ को जनप्रतिनिधि हुँदा नयाँ उत्साह थियो । विकासका काम सुरु भएका थिए । अहिले लथालिङ्ग छ । तपाईँले चितवन छाडेपछि माडीको बिचल्ली भयो।” उनका अनुसार विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने काम अझै सम्पन्न हुन सकेका छैनन् । “जसका कारण सडक धुलाम्मे छ”, नगरप्रमुख महतोले भनिन्, “यसलाई तत्काल समाधान गरौँ ।” माडीवासीका गुनासा सुनेपछि प्रधानमन्त्री प्रचण्डले सरोकारवाला निकायका प्रमुखलाई समस्या समाधानमा गम्भीर भएर लाग्न निर्देशन दिए । उनले भने, “माडीको समस्या समाधानमा वन मन्त्रालय र विद्युत् प्राधिकरण गम्भीर हुनुपर्यो।” जनताको हितलाई सर्वोपरि राखेर काम गर्न निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “मुख्य कुरा जनताको हित हो । जनतालाई सास्ती दिएर निकुञ्ज संरक्षण हुँदैन । जनताको भावना सम्बोधन गरेर मात्र पर्यावरण संरक्षण सम्भव हुन्छ ।” प्रधानमन्त्री प्रचण्डले यस विषयमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) सँग पनि परामर्श गर्न वन तथा वातावरण मन्त्रालयलाई सुझाव दिए। उनले भने, “विकासका काममा सबैले आआफ्ना स्थानबाट सहजीकरण गरौँ ।” छलफलमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, वन तथा वातावरण राज्यमन्त्री दीपक कार्की, सांसद गङ्गा बेल्वासे, पूर्वसांसद कृष्णभक्त पोखरेल, माडी नगरपालिका प्रमुख महतो, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए। रासस
गण्डकीको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
पोखरा । गण्डकी प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । कांग्रेस र राप्रपाका सांसदले सभा बैठक बहिस्कार गरेका थिए । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो । कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले विना जानकारी अनुपस्थित भएको हो ।
अवैध लागूऔषध सहित स्याङ्जामा २ जना पक्राउ
स्याङ्जा । अवैध लागूऔषध सहित स्याङ्जामा २ जना पक्राउ परेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ११ सुम्रेखोलामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले संकास्पद अवस्थामा फेला पारी चेकजांच गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रबक्ता प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ का अनिल क्षेत्री र सोही ठाउँका २२ वर्षका शिव दर्जी रहेका छन् । उनीहरुको साथबाट नुर्फिन १४ एम्पुल ,फेनरागन १२ एम्पुल ,डाईजेपाम १३ एम्पुल गरी जम्मा ३९ एम्पुल बरामद भएको प्रहरीको भनाई छ । उनीहरुलाई आजै स्याङ्जा जिल्ला अदालतबाट दिन १० को म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रबक्ता रानाले जानकारी दिए ।
गण्डकीको प्रदेशसभा बैठक बस्दै, कांग्रेस र राप्रपाले बहिष्कार गर्ने तयारी
गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा आज दिउसो ३ बजेदेखि आरम्भ हुनेगरि बैठक आह्वान गरेका हुन् । गत चैत २५ मा मुख्यमन्त्रीमा एमालेका नेता खगराजअधिकारी नियुक्त भएका छन् । बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । उनको नियुक्तिको विषयमा कांग्रेसले हालेको मुद्दामा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनुवाई गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ। तर मुख्यमन्त्री अधिकारीले भने सर्वोच्चको सुनुवाई अघि नै विश्वासको मत लिने तयारीमा लागेपछि यसको कांग्रेसले विरोध गर्दै आएको छ । विश्वासको मत लिने गरि बैठक बोलाइएको भएपनि अहिलेसम्म मुख्यमन्त्री अधिकारीले आजको बैठकमा विश्वासको मत लिने बारे प्रदेश सभालाई जानकारी नदिएको बुझिएको छ। अर्को तर्फ नेपाली कांग्रेसले भने प्रदेश सभाको बैठक बोलाइएकोप्रति आपत्ति जनाउदै गैरसंवैधानिक भनेको छ। कांग्रेस र राप्रपाले आजको बैठक बहिष्कार गर्ने तयारी गरेको बताइएको छ ।
मधेस सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
वीरगन्ज । मधेस प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी हुन् । चौथो पटक विश्वासको मत लिएपछि थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथ खुवाएका छन्। माओवादीका युवराज भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन र संसदीय दलका नेता भरत साहलाई विना विभागीय मन्त्रीमा शपथ लिएका छन्। यसैगरी, एकीकृत समाजवादीका बेची लुंगेलीलाई पनि विना विभागीय मन्त्रीमा शपथ खुवाइएको छ। त्यस्तै गृह राज्यमन्त्रीमा नेकपा एमालेको तर्फबाट शारदा थापाले शपथ लिएकी छन्। नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुवेदीले शपथ खुवाएकी थिइन् भने गृह राज्यमन्त्री थापालाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ खुवाएका थिए ।
लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीले लिए शपथ
काठमाडौँ। लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मन्त्रीहरूलाई शपथ खुवाएका हुन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । २३ चैतमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो । जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजको विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीद्धारा दाबी पेश
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।

