विश्वविजेता बनेसँगै विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को उपाधि जितेर विश्वविजेता बने लगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन् ।

खेलपछिको पत्रकार सम्मेलनमा उनले भने ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ । यो भारतका लागि मेरो अन्तिम टी–२० विश्वकप खेल थियो।’


फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले उपाधि जित्दा कोहली प्लेयर अफ दी म्याच घोषित भए । उनले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक ७६ रन बनाएका थिए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

भारतका लागि १ सय २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका कोहलीले ४ हजार १ सय ८८ रन जोडेका छन्।

अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो ५७ रनको लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन मात्र जोड्यो। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २–२ विकेट लिए। अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्। अफगानिस्तान पहिले न्युजिल्यान्ड, अस्ट्रेलिया र त्यसपछि बंगलादेशलाई हराउँदै सेमिफाइनल पुगेको थियो।   

अस्ट्रेलियालाई पराजित गर्दै भारत सेमिफाइनलमा

काठमाडौं । सुपर–८ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध २४ रनको जित निकाल्दै भारतले आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलको यात्रा तय गरेको छ। सोमबार ग्रोस इजलेमा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८१ रनमात्र बनाउन बनायो । अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले ७६ रन बनाए पनि टिमको हारलाई उनले रोक्न सकेनन्। कप्तान मिचेल मार्सले ३७ रन थपे । ग्लेन म्याक्सवेलले २०, टिम डेविडले १५ र प्याट कुमिन्सले ११ रन जोडे । भारतका अर्शदीप सिंहले तीन विकेट लिए । कुलदीप यादवले दुई विकेट लिँदा जसप्रित बुमराह र अक्षर पटेलले समान एक विकेट लिए।त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०५ रनको योगफल तयार गरेको थियो । भारतका ओपनर तथा कप्तान रोहितले ९२ रनको आक्रामक इनिङ खेले । उनले ४१ बलमा सात चौका र आठ छक्का प्रहार गरे । १९ बलमै अर्धशतक बनाएका रोहित जारी विश्वकपमा सबैभन्दा छिटो ५० रन बनाउने ब्याटरसमेत बने । उनीपछि रहेका अमेरिकाका आरोन जेम्सले २२ बलमा अर्धशतक बनाएका थिए ।  रोहितले ६–१ को स्थितिबाट ऋषव पन्तसँग ८७ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । पन्तले १५ रन थपे । सूर्यकुमार यादवले ३१, सिवम दुवेले २८ र हार्दिक पन्ड्याले २६ रन थपे । भारतका ओपनर विराट कोहली भने शून्य रनमा आउट भएका थिए।अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कुस स्टोइनिसले समान दुई विकेट लिए । जस हेजलवुडको नाममा एक विकेट रह्यो । जितसँगै सुपर–८ को समूह–१ बाट भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो। भारतले अब फाइनल प्रवेशका लागि समूह–२ को उपविजेता इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यता, तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार बेहोरेको अस्ट्रेलियाको भने सेमिफाइनल पुग्ने गणितीय सम्भावनामात्र बाँकी छ । मंगलबार हुने अफगानिस्तान र बंगलादेशबीचको खेलले अस्ट्रेलियाको आगामी यात्रा निर्धारण गर्नेछ।

युरोकप २०२४ : जर्मनीसँग स्वीट्जरल्याण्ड पराजित

काठमाडौं । जर्मनीमा जारी १७औं संस्करणको युरोकप फुटबलमा आयोजक जर्मनी र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । आज बिहान फ्र्याङ्कफर्टमा सम्पन्न समूह ‘ए’ को खेलमा जर्मनी र स्वीट्जरल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । स्वीट्जरल्याण्डका डान एनडोयो र जर्मनीका निकोलस फुलक्रुगले एक–एक गोल गरेका थिए । खेलको २८औँ मिनेटमा एनडोयोले गोल गर्दै स्वट्जरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जर्मनीका फुलक्रुगले गोल गर्दै टोलीलाई हारबाट जोगाउन सफल भए । यो बराबरीसँगै ३ खेलबाट जर्मनी ७ अंकका साथ समूहको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगिसकेको छ भने स्वीट्जरल्याण्ड ५ अंकसहित दोस्रो स्थानमा छ ।

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध  सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन्। साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताएका हुन् । “युवा तथा खेलकूदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “खेलाडीहरूको वृत्ति विकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु ।” नेपालको भूबनोट र संस्कृतिका दृष्टिले पनि भलिबल अत्यन्तै सम्भावनायुक्त खेल विधा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा  विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गरे। उनले उक्त ऐतिहासिक घोषणाले नेपालको भलिबल क्षेत्रका खेलाडीहरूलाई राम्रो उत्प्रेरणा मिलेको विश्वास व्यक्त गरे । आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गर्ने लक्ष्य लिइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिने बताए।  कमरेड साहना प्रधान नेपाली वामपन्थी आन्दोलनको एक जना शिखर व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सामन्ती पञ्चायती व्यवस्थाविरूद्ध कठोर सङ्घर्ष हुँदै २०४६ सालको जनआन्दोलनसम्म आउँदा संयुक्त वाममोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।उनले भने, “वैचारिक र सांगठानिक भूमिकाको इतिहासमा प्रधान सधै प्रेरणादायी हुनुहुन्छ, रहनुहुन्छ ।” राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आफूले हेर्ने गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण प्रतियोगिताअघि प्रतिस्पर्धी खेलाडी साथीहरूलाई भेटेर हौसला प्रदान गर्ने र विजयी खेलाडीहरूलाई पुरस्कृत गर्दै आएको बताए। 

विश्वकप : अष्ट्रेलियामाथि अफगानिस्तानको जित

काठमाडौं  । आइसिसी टी-२० विश्वकपको सुपर ८ मा अष्ट्रेलियामाथि जीत हासिल गर्दै अफगानिस्तानले सेमिफाइनल सम्भावनालाई कायमै राखेको छ। जारी  विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो। विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरेको पहिलो पटक हो। अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो। अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए। त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए।अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिएका थिए। त्यस्तै, मोहमद नावी र राशिद खानले एक एक विकेट लिए। त्यस अघि  अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक विकेट लिएको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको थियो। वेष्ट इन्डिजको किङ्सटावनमा टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४८ रन बनायो। अफगानिस्तानको इनिङ्समा ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जाद्रनले १५ दशमलव ५ ओभरसम्म एक सय १८ रनको साझेदारी गरेका थिए। त्यसपछि क्रिजमा आएका खेलाडीले ठूला सट खेल्ने प्रयास गर्दा ठूलो स्कोर बन्न सकेन। गुर्बाजले ४९ बलमा समान चार चौका र छक्कासहित ६० रन बनाएका हुन्। जाद्रनले ४८ बलमा ६ चौकासहित ५१ रन बनाए। करिम जानतले १३ रनको योगदान गरे।अस्ट्रेलियाका अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक लिए। उनले २०औं ओभरको सुरुआती दुई ओभरमा दुई विकेट लिएका थिए। त्यसअघि १७ दशमलव ६ ओभरमा अर्को विकेट लिएका हुन्। योसँगै अफगानिस्तान र अष्ट्रेलियाको समान २–२ अंक भएको छ। यो समूहबाट भारत सेमिफाइनलमा प्रवेश गरेको छ। अष्ट्रेलियाले भोलि भारतसँग खेल्नेछ भने। अफगानिस्तानले मंगलबार बंगलादेशसँग खेल्नेछ। 

ग्लोबल टी-२० क्यानडामा छानिए सन्दीप, दीपेन्द्र र रोहित

काठमाडौं । टी२० विश्वकप क्रिमेटमा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली खेलाडीलाई विश्वको गनिएका लिगहरुमा अफर आउन थालेको छ। नेपालका पूर्वकप्तान तथा बलर सन्दीप लामिछानेले लगभग विश्वका सवै चर्चित लिग खेलिसकेका छन् भने दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेलको पनि अफर आउन थालेको छ ।  ऐरी गल्फ लिगमा निरन्तर खेल्ने पक्का भएको छ । कप्तान पौडेलले पनि यसपाली क्यानडाको ग्लोबल टी२० खेल्न लागेका हुन् ।   नेपालका कप्तान रोहितले टोरन्टो नेश्नल्सबाट खेल्ने भएका हुन् । शुक्रबार भएको ड्राफ्टको ११ औं राउन्डमा टोरन्टोले १२ हजार ५०० डलरमा रोहितलाई अनुबन्ध गरेको हो। रोहितको पहिलो विदेशी फ्रेन्चाइज अनुबन्ध हो।   भ्यानकुभर नाइटमा भने नेपालका २ जना खेलाडी अनुबन्ध भएका छन् । सन्दीप नेपालबाट सर्वाधिक फ्रेन्चाइज खेल्ने खेलाडी हुन् । सन्दीप पछि दोस्रो फ्रेन्चाज क्रिकेट खेलेका ऐरी पनि एउटै टिममा छन् ।  सन्दीपलाई भ्यानकुभरले ३० हजार डलरमा अनुबन्ध गरेको हो । उनलाई आठौं चरणको ड्राफ्टबाट टिमले पिक गरेको थियो । यसैगरी नवौं चरणको ड्राफ्टमा ऐरीलाई १७ हजार ५ सय डलमा अनुबन्ध गरेको छ ।  ग्लोबल टी २० क्यानडा जुलाई २५ तारिखदेखि सुरुहुने छ ।  

दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हरायो

एजेन्सी । आईसीसी टी-२० विश्वकपको ‘सुपर एट’मा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हराएको छ। दक्षिण अफ्रिकाको यो निरन्तर छैटौँ जित हो ।  गएराति टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रन बनाउँदा ७ रनको पराजय भोगेको हो।  प्रतियोगितामा शनिबार दुई खेल हुँदैछ। पहिलो खेलमा अहिले अमेरिका र वेस्ट इण्डिज प्रतिस्पर्धा गरिरहेका छन्। बेलुकी सवा ८ बजे भारत र बंगलादेश भिड्नेछन्। 

खेल क्षेत्रको विकास राष्ट्र विकासको आधार : अध्यक्ष दाहाल

काभ्रे। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले खेलकुद क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार भएको बताएका छन् । शुक्रबार छैटौं इण्डो–नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप प्रतियोगिताको उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्न सकिने बताए । अध्यक्ष दाहालले भने, ‘‘अहिलेको अवस्थामा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कूटनीति, अर्थतन्त्र एवम् सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको छ । राज्यले खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, आवश्यक नीतिहरू निर्माण गर्न, संस्थागत एवम् संरचनागत विकास र खेलाडीहरूको वृत्तिविकासका साथै क्षमता अभिवृद्धि गर्न जरुरी छ । राष्ट्रिय सभाको अध्यक्ष हुनुको नाताले मैले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आवश्यक ऐन कानुन निर्माण र भएका कानुनहरुको कार्यान्वयनका लागि उपयुक्त पहल र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’’ यसैगरी, खेलकुदका विविध विधामध्ये सोतोकान कराँते पनि एक महत्त्वपूर्ण विधा भएको उनले बताए। 

फिल्डिङ र ब्याटिङमा कमजोरी भयो, आगामी दिनमा सुधार्छौं : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन् ।  बिहीबार आईसीसी ट्वान्टी–२० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उनको भनाइ थियो।  उनले अमेरिका र वेस्ट इन्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए।राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको उनको भनाइ छ। फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए। रोहितले भने, पहिलो गेममा पनि आत्मविश्वास थियो । तर, मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन । सम्पूर्ण खेलको कुरा गर्दा बलरले राम्रो गर्नुभयो । सबैको लागि ठाउँ खाली छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ । हामीले वेस्ट १५ खेलाडी लिएर गएका थियौँ । ब्याट्सम्यानलाई च्यालेन्ज थियो । ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ । ब्याटिङमा पनि सुधार गर्न जरुरी छ । उनले नेपालले उत्कृष्ट १५ खेलाडी लिएर विश्वकपमा गएको बताए । 

घर फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकपको खेलेर नेपाली स्वदेश(घर) फर्किएको छ। समूह चरणबाटै आफ्नो यात्रा टुंग्याएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो।  दुई समूह मध्ये पहिलो समूह आज बिहान बिहान १ बजे नेपाल अवतरण गरेको हो भने अर्को समूह आज बिहान १० बजे अवतरण हुने तालिका छ। जारी विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशसँग सानो अन्तरले पराजित हुँदा नेपालले टेस्ट टोलीलाई पराजित गर्ने अवसर गुमाएको थियो। अमेरिका लेग अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल, नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंककाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।  त्यस पछि वेस्ट इन्डिज गएको नेपाल दक्षिण अफ्रिकासँग १ रन र बंगलादेश सँग २१ रनले पराजित भएको थियो। दुबै खेलको अधिकांश समय विपक्षीलाई दवाबमा राखे पनि फिनिसिङ गर्न नसक्दा नेपाल पराजित भएको थियो। यस विश्वकपबाट विशेष अनुभव बटुलेको नेपाली टोली अब आईसीसी लिग–२ अन्तर्गतका सिरिजमा केन्द्रित हुने छ।लिग–२ मा नेपालको अर्को सिरिज सेप्टेम्बर हुँदैछ। 

नेपाली कप्तान रोहितसँग नोकझोक गर्ने बंगाली बलरलाई आइसीसीको कारवाही

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलसँग विवाद गर्ने बंगाली बलर कारवाहीमा परेका छन् ।टी-२० विश्वकप अन्तरगत नेपाल र बंगलादेश विरूद्धको म्याचमा गलत व्यवहार गरेको विषयलाई लिएर बंगलादेशी एक बलर दण्डित भएका हुन् । खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेपछि आइसीसीले कारवाही गरेको हो। नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग नोकझोक गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएकोसमेत पाइएपछि कारवाही भोगेका हुन् । तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ । आइसीसीको खेलाडी आचारसंहिताको धारा २.१२ अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन मनाही छ ।

नेपालको नतिजाविहीन विश्वकप : बंगलादेशसँग २१ रनले पराजित

काठमाडौँ । आइसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।  १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे ।  आजको खेलमा पराजितसँगै नेपाल ट्वान्टी–२० विश्वकपमा जितविहीन बन्यो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । समूह ‘डी’मा तीन खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । 

नेपाललाई बंगलादेशले दियो १०७ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको लक्ष्य दिएको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालले बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमै अलआउट बनाएपछि १०७ रनको लक्ष्य पाएको हो । बंगलादेशका साकिब अल हसने सर्वाधिक १७ रन बनाए । नेपाली टिमका कप्तान रोहितकुमार पौडेलबाट एलबीडब्लूको धरापमा पर्नुअघि साकिबले २२ बलमा दुई चौका प्रहार गरे । महमदुल्लाह र रिसाद हुसैनले समान १३ रन थप्दा लिटोन दास र तक्षिन अहमेदले १२ र १० रन जोडे । यसबाहेक, बंगलादेशका अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन । बंगलादेशविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालबाट कुल ६ बलर प्रयोग भएका थिए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानले समान दुई विकेट लिए । रोहित र सन्दीपले पहिलो पटक ट्वान्टी–२० विश्वकपमा विकेट लिएका हुन् । बंगलादेशका जाकेर अली र तान्जिम हसन साकिबलाई बोल्ड गरेका सन्दीप यो खेलसँगै नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने पहिलो बलरसमेत बने । सन्दीपले ५४औँ खेलमा यो कोशेढुंगा पार गरेका हुन् ।  सन्दीप अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा दोस्रो सबैभन्दा छिटो १०० विकेट लिने बलरसमेत बने । उनीभन्दा अघि अफगानिस्तानका राशिद खानल ५३ खेलमा १०० विकेट लिएका थिए । विश्वकपमा नेपाल र बंगलादेश दोस्रो पटक प्रतिस्पर्धामा आएका हुन् । यसअघि नेपालले बंगलादेशविरुद्ध पहिलोपटक सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । बंगलादेशमै भएको खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो ।  जारी प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । समूह ‘डी’मा तीन खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । तीन खेलबाट चार अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ ।  प्रतियोगिताबाट नेपाल बाहिरिसक्दा बंगलादेश भने जित निकाल्दै सुपर–८ मा प्रवेश गर्ने लक्ष्यमा हुनेमा । प्रतियोगिताको आगामी यात्रा निश्चित गर्न बंगलादेशमाथि जितको दबाब छ ।

आईसीसीले भन्यो-'नेपाली क्रिकेट गर्व गर्न लायक'

काठमाडौं । टी२० विश्वकपका दौरान नेपालले गरेको प्रदर्शनबारे विश्वभरबाट सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन्। खेलका दौरान कमेन्टरहरुले नेपाली खेलाडी मात्र होइन दर्शकको समेत प्रशंसा गरिरहेका छन् ।  क्रिकेटको नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले समेत आईसीसी टी२० विश्वकपअन्तर्गत आज (शनिबार)दक्षिण अफ्रिकाविरुद्ध नेपालले गरेको प्रदर्शनको खुलेर प्रशंसा गरेको छ।  वेस्ट इन्डिजमा आज बिहान भएको प्रतिस्पर्धामा नेपाली क्रिकेट टोली केवल १ रनले दक्षिण अफ्रिकासँग हार्दा सुपर ८ मा पुग्ने अवसरबाट वञ्चित हुन पुग्यो।खेल सकिएलगत्तै नेपाली टोलीका कप्तान रोहित पौडेलले आज नेपालले गरेको प्रदर्शन गर्व गर्न लायक र आगामी दिनलाई यो अनुभव काम लाग्ने प्रतिक्रिया दिएका थिए।  बीबीसी अंग्रेजीले पनि नेपाली खेलको प्रशंसासहितको समाचार लेखेको छ। नेपाली बलरले दक्षिण अफ्रिकाका ब्याटरलाई दबाबदमा राखेको र नेपाली ब्याटरले राम्रो गर्दागर्दै अन्तिममा खेल गुमाएको लेखेको छ ।  यसैबीच आईसीसीले समेत नेपालले आज देखाएको प्रदर्शन गर्व गर्न लायक भनी प्रशंसा गरेको हो।  आईसीसीले सामाजिक सञ्जालमा नेपाल क्रिकेट संघ (क्यान)लाई मेन्सन गर्दै लेखेको छ, ‘गर्व गर्न लायक प्रदर्शन, आफ्नो शिर ठाडो पार।’ भारतीय मिडियाले नेपालको खेललाई बहादुरीपूर्णको संज्ञा दिदै खेल अनुभवको भने कमि रहेको बताएका छन्। अन्तिम बलमा गुल्शन झा अल्मिल्लिएका कारण खेल सुपर ओभरमा जान नसकेको र नेपालले टेष्ट खेलेको देश दक्षिण अफ्रिका विरुद्ध सानदार प्रदर्शन गरेको उनीहरुले टिप्पणी गरेका छन्।दक्षिण अफ्रिकाका कप्तान एइडेन माकरमले पनि खेलका दौरान नेपालले ठूदो दबाब दिएको र आजको जितको श्रेय समेत नेपाललाई नै जाने उनले बताए। 

टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग एक रनले स्तब्ध नेपाल, बाहिरियो नेपाल

सेन्ट भिन्सेन्ट। आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि नेपालले जित नजिक पुगेर पनि नतिजा सुम्पिएको हो । यस हारसँगै समूह ‘डी’ मा रहेको नेपाल विश्वकपबाट बाहिरिएको छ।  सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा शनिबार बिहान भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई कडा चुनौती दियाे । तर अन्तिममा नेपाली ब्याट्सम्यानले लय गुमाए।  जसले गर्दा नेपालले बलियो टेस्ट टोलीमाथि पहिलो पटक ऐतिहासिक जित निकाल्ने मौका गुमायो । सुपर आठमा पुग्न नेपाललाई दक्षिण अफ्रिका पन्छाउनु पर्ने बाध्यता थियो । नेपालले अब समूहको अन्तिम खेल सोमबार बङ्गलादेशसँग खेल्नेछ । जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १४ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाP। उgले ४९ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाP। अनिल शाहले २७ रन बनाP। उgले २४ बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । ओपनर कुशल भुर्तेलले १३ रन जो8]।  यस्तै दीपेन्द्रसिंह ऐरीले ६ रनमा आउट eP। कुशल मल्ल एक रन र कप्तान रोहित पौडेल शुन्य रनमा पेभेलियन फर्किP। सोमपाल कामीले अविजित आठ र गुलशन झाले ६ रन बनाP।  बलिङमा दक्षिण अफ्रिकाका तवरेज साम्सीले चार विकेट लिP। एनरिच नोट्जे र ऐरिन मार्करामले एक एक विकेट लिP। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो ।  दक्षिण अफ्रिकाका लागि ओपनर रेजा हेन्ड्रिकले सर्वाधिक ४३ रन बनाP। यस्तै त्रिस्टन स्टुबासले अविजित २७, कप्तान ऐडेन मार्करामले १५ र क्वीटन डि ककले १० रन बनाP।  बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । दीपेन्द सिंह ऐरीले तीन विकेट झा/]। यस नतिजासँगै समूह ‘डी’ मा दक्षिण अफिका अपराजित रह्यो । यसअघि नै सुपर आठमा पुगेको दक्षिण अफ्रिकाले चार खेलबाट आठ अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको बङ्गलादशेको तीन खेलबाट चार अङ्क छ । दुई अङ्क बनाएको नेदरल्यान्ड्स तस्रोे स्थानमा छ । नेपालको तीन खेलबाट एक अङ्क छ । एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । सन २०१४ को विजेता श्रीलङ्का पनि विश्वकपबाट बाहिरि सकेको छ ।  नेपाल अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपाल र श्रीलङ्काविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालले अब बङ्गलादेशसँग प्रतिष्ठाका लागि खेल्नेछ ।