नेपाल र दक्षिण अफ्रिकाबीचको टी–२० विश्वकप हेर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा जारी नेपाल र दक्षिण अफ्रिकाबीचको खेल हेरिहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास वालुवाटारमा नेपालको जर्सी लगाएर क्रिकेट हेरिरहेको तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेका हुन् ।
जारी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो।
टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे।
कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए ।
यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।
सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने
काठमाडौं । सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने भएका छन्। अमेरिकाले भिसा नदिएपछि अमेरिकामा भएको खेल खेल्न नपाएका सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्न पाउने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् । सन्दीप खेल्ने भएपछि प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको विज्ञप्ति मार्फत् सचिव खड्काले जानकारी गराएका छन् । ‘जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रथान भइृ नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो’, सचिव खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सन्दीप मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेको तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी खड्काले गराएका छन् ।
नेपाल युएईसँग पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स युएईले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो। युएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । युएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एकरएक गोल गरे । अल्मुशरखले खेलको १२औँ र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औँ र अब्बासले ७५औँ मिनेट गोल गरेपछि यूएईले शानदार जित हासिल गरेको हो । जितसँगै पाँच जितका साथ युएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँच वटै खेलमा पराजिति नेपाल भने अङ्कबिहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।
टी२० विश्वकप : नेपालविरुद्ध नेदरल्यान्ड्स ६ विकेटले विजयी
काठमाडौं । टी२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध नेदरल्याण्ड्स ६ विकेटले विजयी भएको छ । फिल्डिङमा लगातार कमजोरी गर्दा र महत्वपूर्ण क्याच छोड्दा नेपालले पहिलो खेलको जीत पनि नेदरल्याण्ड्सको पोल्टामा हालिदिएको हो । टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । १०७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले अविजित सर्वाधिक ५४ रन जोडे । विक्रमजीत सिंहले २२, साइब्राण्ड ई। ले १४ र बास डी लीडीले अविजित ११ रन बनाए । त्यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले पाँच चौकासहित ३७ बलमा ३५ रन जोडे । करन केसीले २ छक्कासहित १२ बलमा १७ रन जोड्दा गुल्शन झाले १५ बलमा १ छक्कासहित १४ रन जोडे । अनिल साहले ११ रन जोड्दा बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले १र१ विकेट लिए । १३औं ओभरको पहिलो बलमा सोमपाल कामीले नेदरल्याण्ड्सका ननस्ट्राइक ब्याट्सम्यान साइब्राण्ड ई।लाई रनआउट गरेका थिए ।
नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ रनमै अलआउट
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा खराव ब्याटिङबाट गुज्रिएको नेपालले नेदरल्यान्ड्सविरुद्ध १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो ।
टस हारेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । अमेरिका ड्यालसमा हुने खेलका लागि भएको टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
१० वर्षपछि विश्वकपमा नेपाल : नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपालले आफ्नो पहिलो खेल आज (मंगलबार) नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । नेपालले उक्त संस्करणमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेको थियो । अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्।नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्दीसमेत हो । यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाले प्रतिस्पर्धा गर्दै छन् । दुवै टिम पहिलो पटक आईसीसीबाट मान्यताप्राप्त क्रिकेटमा आमने–सामने हुन लागेका हुन् । यो खेल बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ। आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।
विश्वकप उद्घाटन खेल : क्यानडाविरुद्ध अमेरिकाको शानदार जित
काठमाडौं । आइसीसी टी२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो। अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाए। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए। त्यस्तै श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाएका थिए। जितपछि समुह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ। अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ।
आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल प्रतियोगिता आजदेखि
काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा आजदेखि आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल प्रतियोगिता सुरु हुँदैछ। संघको तालिका अनुसार पहिलो दिन आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेल हुनेछन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा हुनेछ । आज बिहान ९ बजे पुरुषतर्फको पहिलो खेल टिपटप हेल्प नेपाल र बूढानिलकण्ठ भलिबलबीच हुनेछ । यस्तै, आज दिउँसो ३ बजे महिलातर्फको पहिलो खेल हुनेछ । जसमा एपीएफ र चन्द्रागिरी नगरपालिकाको टीलीबीच प्रतिस्पर्धा हुनेछ । लिगमा पुरुष तर्फ टिपटप हेल्प नेपाल, एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानिलकण्ठ भलिबल क्लब गरी ८ टोली छन् । यस्तै, महिलातर्फ पुलिस, एपिएफ, न्यु डायमण्ड, आर्मी, एभरेष्ट भलिबल क्लब बुटवल र कर्णालीले गरी ६ टोली छन् । लिगमा पुरुष तथा महिला दुवै तर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
अमेरिकासँगको अभ्यास खेल रद्ध : नेपालले अब सिधै विश्वकप खेल्ने
काठमाडौं । आईसीसी टी-२० विश्वकप अगाडिको नेपाल र अमेरिकाबीचको औपचारिक अभ्यास खेल वर्षाले रद्ध भएको छ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा पानी परेपछि निर्धारित समयमा खेल सुरु हुन सकेको थिए। बिहीबार राति ९ः१५ बजे सुरु हुने भनिएको खेल लामो समयसम्म वर्षा नरोकिएपछि टस भइसकेपछि अवरुद्ध भएको हो। अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको थियो। नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो। नेपालले अब जेठ २२ गते नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै सिधै विश्वकप खेल्नेछ।विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलङ्का, तेस्रो खेल असार १ गते दक्षिण अफ्रिका र चौथो खेल असार ३ गते बङ्गलादेशसँग खेल्दैछ। २० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो। नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो।
सन्दीपलाई भिसा दिन फेरि अस्वीकार
काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ।टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो। नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए।सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो।
त्रिवि क्रिकेट मैदानमा ६० करोडको संरचना बन्ने
काठमाडौं। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले त्रिवि मैदानको अहिलेको अवस्था र तत्काल स्तरोन्नति गर्नुपर्ने विषयमा विस्तृत रूपमा जानकारी गराए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा करिब ६० करोड रुपैयाँको संरचना बन्ने भएको छ ।बिहीबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मैदानको अवलोकन गर्दै मैदान परिसरमा ६० करोडको संरचना बन्ने जानकारी दिएका हुन् । मन्त्री श्रेष्ठले विशेषगरी दर्शकको सुरक्षा प्रमुख रहेकाले यसलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए। गेट, शौचालय र खानेपानीजस्ता सुविधालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । उनले मैदान स्तरोन्नतिका लागि क्यान प्राविधिक पक्षमा जानकार भएकाले सम्पूर्ण योजना बनाएर राष्ट्रिय खेलकुद परिषदमा पठाउन पनि क्यानलाई निर्देशन दिए। त्रिवि क्रिकेट मैदानको अनुगमन टोलीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ पनि थिए ।
विश्वकप तयारी : नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अमेरिकाको खेल साँझ ९ : १५ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा हुनेछ। पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। अमेरिका र नेपालबिच भएका पछिल्ला ५ खेलमा नेपालले चार खेल गुमाएको छ। विश्वकप आयोजकसमेत रहेको अमेरिकासँगको खाजको खेललाई महत्त्वका साथ हेरिएको छ।
प्रधानमन्त्री कप एनभीए लिगको तालिका सार्वजनिक
काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने पीएम कप एनभीए महिला–पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ। नेपाल भलिबल संघले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको हो । जेठ १९ गतेदेखि सुरु हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र बूढानिलकण्ठ भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । यस्तै, महिलातर्फ सोही दिन सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यु डायमन्ड भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता जेठ २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता छ । सिंगल राउन्ड रोविन पद्दतिमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै, तेस्रो र चौथो हुने टिम तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
मेयर कप फुटबल : दुर्गा शेषकान्त मावि क्वाटरफाइनलमा
भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलमा आजबाट नकआउट चरणको खेल सुरु भएको छ । प्रतियोगिताको प्रि क्वाटरफाइनलमा दुर्गा शेषकान्त माविले जित हात पारेको छ। उसको जितमा असिम परियारले खेलको ३० औं मिनेटमा गोल गरे। महेन्द्र गहतराजले खेलको ३७ बादल घलानले ४० औं मिनेटमा गोल गरे। बादल म्यान अफ दि म्याच भए। प्रतियोगितामा सोमबार पनि एक खेल हुनेछ। सोमबार ग्रामोदय इङलिस स्कुल र जनज्योति मावि भिड्नेछन््। खेल कृष्णपुर मैदानमा दिउँसो ४स्३० बजे हुने खेल संयोजक तथा सह आयोजक चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलले जानकारी दिए।
विश्वकप वार्मअप : आज नेपाल र क्यानडा खेल्दै
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अघिका वार्मअप खेल आजदेखि सुरु हुँदै छन् । आज नेपालले वार्मअप खेलमा क्यानडाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा सुरु हुनेछ।नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । सन् २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो। आइसीसीको टी–२० वरियतामा नेपाल १७औँ स्थानमा छ भने क्यानडा २३औँ स्थानमा रहेको छ।नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ।

