यस्ता छन् टिकटकमाथि रोक लगाउन सरकारले देखेका कारण

काठमाडौं । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउन गत कार्तिक २७ गते मन्त्रिपरिषद्बाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस चलिरहेको छ ।

अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको नियमन संभव नभई प्रयोगमा नै रोक लगाउनुपरेको सरकारले स्पष्ट गरेको छ ।

सामाजिक सद्भाव र नागरिकको सुरक्षाका लागि टिकटकमा रोक लगाइएको सरकारको भनाई छ । टिकटकले नागरिकको डाटा सुरक्षा गर्न नसकेको, नागरिकको गोपनीयताको हनन हुनु भनेको राष्ट्रिय सार्वभौमिकताकै लागि चुनौतीको विषय भएको पनि प्रयोगमै प्रतिबन्ध लगाउनुपरेको सरकारको भनाई छ ।

टिकटकको माध्यमबाट भएका केही सामाजिक सद्भाव तथा राष्ट्रिय सुरक्षा प्रतिकूल केही प्रतिनिधिमूलक घटनाः
–केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोग गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनु परेको ।
–नेपालगञ्जमामा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने सामग्रीसहितका भिडियो पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिन गई निषेधाज्ञासम्मको घटना हुन पुगेको ।
–पछिल्लो समय टिकटक भिडियोका नाममा अश्लि भिडियो सार्वजनिक तथा अनैतिक क्रियाकलापका लागि मोलमोलाई हुने गरेको । त्यसका साथै लाइभमा अश्लिल गतिबिधि, जुवातास खेलाउने, गैरकानुनी विज्ञापन प्रसारणलगायतका गतिबिधि बढिरहेको ।
–टिकटक लाइभ स्ट्रिमिङ गरी उपहार प्राप्त गर्न अनैतिक, अमर्यादित र असामाजिक गतिबिधि बढ्दै गएको ।
–विभिन्न स्थान र विभिन्न मितिमा टिकटक भिडियो बनाउने क्रममा लडेर मृत्यु भएको । साथै केहीको पासो लगाएर टिकटक भिडियो बनाउने क्रममा झुण्डिएर मृत्युसमेत भएको ।
–भाइरल हुने नाममा परीक्षार्थीले परीक्षा हलभित्रको भिडियोसमेत टिकटकबाट सार्वजनिक गरेको ।
–यी र यस्ता घटनाबाट अनैतिक र असामाजिक क्रियालापबाट बृद्धि हुँदै गएको ।
टिकटिकले सिर्जना गरेका अन्य चुनौतीः
–नागरिकको भौतिक सुरक्षाका लागि पनि टिकटक चुनौती बन्यो । साइबर अपराधका उजुरीमध्ये अधिकांश टिकटकसँग सम्बन्धित छन् ।
–टिकटकले प्रयोगकर्ताको रुचिअनुसारका अन्तहीन भिडियोहरू मोबाइलका स्क्रिनमा आउने गरी एलगोरिदम सेट गरेको हुनाले घण्टौंसम्म यसलाई चलाउने लतमा धेरै मानिस फस्दै गएको र जसबाट मानव स्वास्थ्यकमा प्रतिकूल असर पुग्न गई अनिद्रा, एन्जाइटी, डिप्रेसनजस्ता समस्या देखिन थालेकाले मानव स्वास्थ्य बिग्रन नदिन टिकटमा रोक लगाइएको हो ।
–बालबालिका तथा युवायुवतीलाई गलत दिशातिर डो¥याउँदै विषाक्त मनोविज्ञानको सिर्जना गरिरहेकाले भोलिका कर्णधार बालबालिकाको भविष्यलाई ध्यान दिएर टिकटक प्रयोगमा रोक लगाइएको हो ।
–धार्मिक असहिष्णुता, जातीय क्षेत्र एकता, भौगोलिक अखण्डता तथा राष्ट्रियता र राष्ट्रिय सुरक्षामा चुनौति सिर्जना गरेको ।
–टिकटक प्रयोगकर्तामध्ये करिब ४५ प्रतिशत १२ देखि २४ वर्ष उमेर समूहका अध्ययनबाट देखिन आएकाले उक्त उमेर समूहका मानिसहरु गलत प्रभावमा सजिलै पर्न सक्ने तथा भ्रामक छविमा रमाउने र महत्वाकांक्षी हुनेलगायत भाइरल हुने आकांक्षाले गलत दिशातिर मोडिने खतरा रहेको ।
–आपराधिक मानसिकताका व्यक्तिले टिकटक प्रयोगकर्ताको मनोविज्ञानको गलत फाइदा उठाई आपराधिक गतिबिधिमा संलग्ने गराउने गरेको ।
–हाम्रो संस्कार, संस्कृति, प्रथा, प्रचलन, मूल्य, मान्यता तथा सामाजिक सद्भावविरुद्ध नकारात्मक प्रभावलाई बढावा दिएको । जसले हाम्रो पूर्वीय सभ्यतामाथि नै चुनौती थप्दै लगेको ।
–टिकटक प्रयोगको लत बसेर महत्वपूर्ण समय यसको प्रयोगमा बिताउँदा उत्पादकत्व बृद्धिमा समेत असर पुग्ने गरेको ।
–टिकटकको प्रयोगबाट आत्महत्या, गाली बेइज्जत, दुर्घटना, पारिवारिक बिखण्डनजस्ता समाजलाई नकारात्मक असर पुग्ने घटना बढिरहेको ।

कानुनी आधारः
–सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका जारी भए पनि यससम्बन्धी ऐन निर्माणको चरणमा रहेकाले कानुन नआउँदासमम मन्त्रिपरिषद्को निर्णयले पनि कानुन सरहकै मान्यता पाउने भएकाले मन्त्रिरिषद्बाट निर्णय गरिएको ।
–नेपालको संविधानको धारा २८ गते गोपनीयताको हक सुनिश्चित गरेको, कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयताका कानुनबमोजिमबाहेक अनतिक्रम्य हुने उल्लेख गरेको छ ।
–व्यक्तिको गोपनीयतासम्बन्धी ऐन, २०७५ ले विद्युतीय प्रणालीहरुबाट भएको कुराकानीलाई पनि गोपनीयताको अधिकारभित्र राखेको । प्रत्येक व्यक्तिलाई विद्युतीय माध्यममा रहकेो निजको कुनै पनि वैयक्तित सूचना, लिखत, पत्राचार, तथ्यांक वा चरित्रसम्बन्धी कुराको गोपनीयता राख्न पाउने अधिकार हुने । कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिबिचमा विद्युतीय माध्यमबाट भएको कुनै संवाद वा कुराकानी सम्बन्धित व्यक्तिहरुले मञ्जुरी दिएको कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनिअंकन वा रेकर्ड गर्न वा गराउने नहुने स्पष्ट व्यवस्था रहेको ।

नेपालमा मात्र प्रतिवन्ध लगाइएको होइन
सदुपयोग ज्यादा र दुरुपयोग अपवाद हुने देशहरुमा सामाजिक सञ्जालको सुसञ्चालन हुँदा नागरिकहरु बलिया हुने र सरकार जवाफदेही हुने विश्वास गरिन्छ । कतिपय त्यस्ता देशहरुमा सामाजिक सञ्जाल प्लेटफर्महरु पनि स्वदेशी रहेछन् वा स्वदेशी एजेन्टको नियन्त्रणमा रहँदा रहेछन् । यी दुवै विषय हाम्रो देशको सन्दर्भमा भने मेल खाएको देखिदैन ।
विभिन्न देशमा आफ्नो देशको अनुकूलतामा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने गरिएको छ । स्वतन्त्रताको अगुवा देश अमेरिकाका ५० मध्ये ४० राज्यमा कुनै न कुनै किसिमको प्रतिवन्ध लागेको, छिमेकी देश भारतमा समेत प्रतिवन्धित, अझ चाखलाग्दो कुरा त के भने यसको शुरुवात भएको चीनमा समेत नियन्त्रित प्रयोग मात्र छ । अश्लिलता, मानव बेचविखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्य लगायतका कारण देखाउदै हालसम्म नेपालसहित २८ देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको ।

टिकटकमाथि प्रतिबन्ध लगाउने देशहरु :-
कीर्गिस्तान : बालबालिकाहरूमा कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै प्रतिबन्ध लगाएको हो।
बेलायत : सुरक्षाका कारण देखाउदै प्रतिबन्ध लगाएको हो।
अमेरिका : सुरक्षाका कारण देखाउदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागी प्रयोगमा प्रतिबन्ध।
न्यूजिल्यान्ड : साइबर सुरक्षाको जोखिम देखाउदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागी प्रयोगमा प्रतिबन्ध।
क्यानडा : गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीहरुका लागी प्रयोगमा प्रतिबन्ध।
ताइवान : राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध ।
बेल्जियम : गोपनियता, साइवर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउदै प्रतिबन्ध ।
डेनमार्क : साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध।
पाकिस्तान : जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध ।
अफगानिस्तान : युवाहरूमा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून विपरीत देखाउँदै प्रतिबन्ध।
भारत : गोपनियता, सुरक्षा जोखिम लगायत चिनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध।
सोमालिया : गलत अफवाह फैलाउने जोखिम देखाउदै सीमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिबन्ध।
अर्मेनिया : विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध।
अजरवैजान : नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध ।
बंगलादेश : पोर्नोग्राफी, जुवाखेल र सुरक्षाको जोखिम देखाउदै प्रतिबन्ध।
इन्डोनेसिया : धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउदै प्रतिबन्ध।
इरान: धार्मिक कारण देखाउदै प्रतिबन्ध।
जोर्डन: प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउदै अस्थाई रूपमा प्रतिबन्ध।
अष्ट्रिया : अष्ट्रियाको intelligence service को प्रतिवेदनमा सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध।
इस्टोनिया : राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध।
फ्रान्स : डेटा सुरक्षाको जोखिम देखाउदै प्रतिबन्ध।
आयरल्यान्ड : साइवर सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध।
लाटभिया : सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध।
माल्टा : साइवर सुरक्षा जोखिम देखाउदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिबन्ध।
नेदरल्यान्ड : Data protection जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिबन्ध।
नर्वे : राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनीतिक सल्लाहकारहरूले प्रयोगमा प्रतिबन्ध।
अष्ट्रेलिया : सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाइस र मोबाइलमा प्रयोगमा प्रतिबन्ध।
नेपाल :सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले प्रतिबन्ध।

राजेश हमालले गरे नारायणी सफाइ

भरतपुर । महानायक राजेश हमाल नारायणी सफाईमा लागेका छन् । हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैलाले नदिलाई कुरुप बनाउने भन्दै सचेतना स्वरुप सरसफाइ गरेका हुन् । हमाल सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्मनवलपरासी पूर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा स्थानीयसँगै जुटेका थिए । स्थानीय सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको हो । कार्यक्रममा हमालले स्थानीय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाईमा सक्रिय हुन आग्रह गरे । ‘आज हामीले एकदिन, केहीबेर सफाई गरेर सधैंका लागि यो सफल हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो’ हमालले थपे ‘यहाँ घुम्न आउने पर्यटकले पनि यी कुरा बुझ्नु जरुरी छ ।’ सरसफाइ कार्यक्रमपछि हमालले करिब एक घण्टा सवारी मार्फत त्यहाँको बिभिन्न स्थान समेत अवलोकन गरेका थिए ।

चर्चित गायिका म्याडोनाकी छोरीको ‘आर्ट बल’

हलिउडः चर्चित अमेरिकी गायिका म्याडोना विभिन्न कारणले हमेसा चर्चामा रहन्छिन् । यस पटक भने म्याडोना होइन उनकी जेठी छोरी लुरजस लियान चर्चामा छिन् । हालै लुरजसले मियामीमा चलिरहेको ‘आर्ट बल’ मा नांगो प्रस्तुति दिएकी छन् । उनको यो प्रस्तुतिका कारण उनी चर्चामा आएकी हुन् । डेली मिररको रिपोर्टअनुसार, २३ वर्षकी अर्ध क्यासबियन लुरजसले लगभग ३० अन्य कलाकारको साथमा यो प्रस्तुति दिएकी हुन् । प्रस्तुतिको समयमा लुरजसले एक टुक्रो कपडा मात्रै लगाएकी थिइन् । उनीबाहेक बाँकी सबै कलाकार लगभग नांगै थिए । यो प्रस्तुतिको क्रममा पाँच फिट ७ इन्च अग्ली लुरजसले ‘अन्डर आर्मस’ सफा गरेकी थिइनन् । उनी प्रस्तुतिको क्रममा डान्स गर्दै स्टेजबाट भीडसम्म आएकी थिइन् । लुरजसले आफ्नी आमाले जस्तै मिचिगन स्कुल अफ म्युजिक थिएटर तथा डान्स एकेडेमीबाट डिग्री गरेकी छन् ।

लेबर काम गर्न युएई आएका सुदिप यसरी एनआरएनए अभियान्ता बने

युएई। वैदेशिक रोजगारीका जाने मुलुकहरु मध्ये युएईलाई आकर्षक मुलुकको रुपमा लिईन्छ । सन् १९७७ मा नेपाल–दुबई बीच दौत्य सम्बन्ध स्थापना भएपछि नेपाली कामदार युएई जान थालेका हुन् । पछिल्लो तथ्याँक अनुसार रोजगारी, व्यवसाय र अध्ययन गरी करिब दुई लाख पचास हजार भन्दा बढी नेपालीहरु युएईमा रहेका छन् । शुरुमा रोजगारीका लागि गएकाहरु मध्ये त्यहाँको गर्मीमा बर्षौ देखि पसिना बगाउने कोही व्यवसायी बने । कोही रोजगारीमै सफल बने । कोही स्वदेशमै लगानी गर्ने उद्देश्य बोकेर फर्किए । कोही दुबई जानेक्रममा अझै पनि छन् । ती मध्ये आज आफ्नै मेहनत, इमानदारी र हिम्मतले मजदुरदेखि मालिक हुँदै समजसेवी बनेका सुदीप कार्कीले २०१९-२०२१ कार्यकालको एनआरएन आइसीसी युवा सँयोजक पदमा उम्मेद्बारी घोषणा गरेका छन् । उनको बिगत संघर्षपूर्ण छ भने बर्तमान र भविस्य लोभ लाग्दो छ । सफल जीबनका उदाहरण बनेका छन् । उनको संघर्षले जो कोहिले प्रेरणा लिन सकिन्छ । बीस बर्षको लक्का जवान सन् २००४ को फेब्रुअरीमा झण्डै सय नेपाली माझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा उभिएका थिए । उनको गन्तव्य दुबई रहेको थियो । सानै उमेरमा बाबु गुमाएका उनले आफुलाई आज आफ्नो परिवारको अविभावक मात्रै नभएर दुबईका नेपालीमाझ एक कुशल नेतृत्व, प्रगतिशील सोच र बिचारले पोख्त समाजसेवी, एनआरएनकर्मी र सफल व्यवसायी भनेर चिनाइसकेका छन । सानै उमेर देखि नै समाजसेवामा चासो राख्दै आफ्नो भुमिका निर्वाह गर्दै आएका कार्की एनआरएनए भित्र उदाहरणिय परिचित नाम हो । हाल युएई जहाँ लाखौं नेपालीहरुको रोजगारीको गन्तव्य बनेको छ त्यहाँ उनले आफ्नो कार्यकालमा अप्ठयारोमा परेका श्रमिक र दक्ष जनशक्तिका रुपमा गएका युवाहरुको पक्षमा गरेका सकारात्मक प्रयासहरुका कारण नै उनी लोकप्रिय बन्न सफल भएका हुन् । उनले भोगेका जिबन र उनको अहिलेको सफलताकै कारण उनि युएईका युवाहरुको प्रेणाको श्रोत बन्ने कुरामा कसैको दुईमत छैन । कम उमेरमै उनमा देखिएको नेत्तृत्व गर्न सक्ने क्षमता नै उनको उदाहरणिय परिचय बनेको छ । उनी एनसिसी युएईको अध्यक्ष बन्दा सबैभन्दा कम उमेरमा एनसिसी अध्यक्ष बन्न सफल भएका व्यक्ति हुन् । उनकै भिजनले गरेका राम्रा कामहरु अझै पनि एनआरएनए युएईले अनुसरण गरी बिभिन्न कार्यक्रम गर्दै आएको छ । तिनै सफल व्यक्तित्व र कुशल युवा नेतृत्व सुदीप कार्कीसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको कार्कीको सफलताको कथा: को हुन सुदिप कार्की? बाल्यकाल र वैदेशिक रोजगारीसम्म माध्यमिक शिक्षा सकेपछि सुदीप कार्कीले शंकरदेव क्याम्पसबाट स्नातक गरेका हुन् । नेपाली काँग्रेसको स्थानीय नेता समेत रहेका उनका बुवा यज्ञ बहादुर कार्कीको मृत्युपछि परिवारको जेठो छोरो भएकोले पनि घरपरिवार पाल्ने जिम्मेवारी उनको काँधमा आयो । उनी परिवार पाल्न र भाइलाई पढाउने उद्देश्य राखेर दुबई पुगेका थिए । आफ्ना भिनाजुको सहयोगमा उनी सन् २००४ फेबु्रअरी ४ गते दुबईको रसअल खेमाहमा रहेको रसअलखेमाह सेरामिक्सको सेनेटरी विभाग लोडरका रुपमा काम गर्न थाले । त्यहाँ पुगेर धेरै गाह्रो काम गर्नुपरेको बताउँदै उनी भन्छन्, ‘भट्टीबाट पाकेर आएका सेनेटरी सामान प्याकिङ गरेर लोड गर्नुपर्दा देशको याद आउँथ्यो । बाहिरको तपाक्रम ४० डिग्री हुँदा भट्टीभित्र ६० डिग्रीमा काम गर्नुपथ्र्याे’ । गर्मीमा पसिनाले निथ्रुक्क भिजेर दिनमा तीन पटक सम्म कपडा फेर्नुपरेको सम्झँदा उनी भावुक बने । गर्मीले धेरै साथी मूर्छा पर्थे । घर फर्कने मन हुन्थ्यो । तर पारिवारिक जिम्मेवारीले घर फर्कन दिन्थेन । त्यहाँमाथि सुपरभाइजरको गाली, सँगै काम गर्ने केही साथीको चम्चागिरीले स्वदेश फर्कौं र उतै दुःख गर्छु, बरू बस्दिनँ भन्ने लाग्थ्यो । पहिलो महिनाको तलब ६८१ युएई दिराम बुझेको स्मरण ताजै छ । उनी भन्छन्, ‘दुःख गर्ने उद्देश्य बोकेर आएको थिएँ । त्यसैले दुःखसँग कहिल्यै सम्झौता गरिन । बरू दुःखसँग संघर्ष गरिरहें । यस्तै संघर्ष र दु:खका दिनहरुमा उनि प्रगतिशील सोच र बिचारहरुमा लैस हुँदै गए । विभिन्न देश र बिदेशी साथीभाईहरुसँगको छलफल र प्रगतिशील पुस्तक र लेखहरुको अध्ययन गर्दै जाँदा उनि एक सफल युवा नेतृत्व हुँदै आफुलाई प्रगतिशील क्रान्तिकारी युवाको रुपमा पनि परिचीत बनाउन सफल भए । कार्कीको सफलताको सुरूवात अगाडि बढ्छु र बढ्न सक्छु भन्ने साहस थियो । १२ घन्टाको काम सकेर सबै साथीहरु कोठामा आराम गर्न जान्थे । उनी भने कम्पनीको कार्यालय वरिपरी घुम्दै कहिले यो कार्यालयमा काम गर्न पाउँछु भनेर सपना बुन्थे । लेबर भए एउटा कोठामा २० जना सम्म बस्नुपर्ने बाध्यता थियो । शौचालयमा घण्टौ लाइन बस्नुपर्ने समस्या रहे पनि कम्पनीका कोही म्यानेजर सामु कोही बोल्न सक्दैनथे । तर उनले कम्पनीकै इतिहासमा पहिलोपटक बिभिन्न रोकावटका बाबजुत पनि हिम्मत गरेर आफूहरुलाई बस्न असहज भएको गुनासो म्यानेजर सामु पोखे पछि कम्पनी व्यवस्थापनले उनीहरुलाई १०-१० जना गरेर एउटा कोठामा बस्ने व्यवस्था मिलाएको थियो । उक्त गुनासो राख्दाको घटना अझै पनि कार्की गर्बका साथ सुनाउँछन् । उनि भन्छन “तत्कालीन कम्पनी म्यानेजरलाई सबैले डाक्टर भन्ने गर्थे । म्यानेजर उर्फ डाक्टर सामुन्ने कसैले बोल्ने आँट गर्थेनन् । कम्पनी ब्यबस्थापन र क्याम बोसलाई भन्दा नसुन्ने । अनि एक दिन उनि कम्पनी म्यानेजर आउने बाटो कुरेर बसे । जब म्यानेजर उर्फ डाक्टर गाडीबाट ओर्लिए, कार्की दगुर्दै कार तर्फ अगाडी बढे । सेक्युरिटीले रोकावट गर्न खोज्दा धरी कार्की डाक्टरको सामु पुगिसकेका थिए । डाक्टरले कार्कीको गुनासो सुने पछि कम्पनी ब्यबस्थापन टिम र क्याम बोसलाई तत्काल समस्याको समाधान गर्न आदेश दिए । एउटा कोठामा १०/१० जना गरेर राख्न निर्देशन दिए । बस्न असहज भएको गुनासो पोखे पछि कम्पनीले कामदारहरुलाई बस्नको लागि नयाँ घरहरु निर्माण गरेको घटना सुनाउदै कार्की हर्षित भए । यस घटनाले कार्की भित्रको क्रान्तिकारी स्वभाब र परिबर्तनको बिगुल फुक्न सक्ने अस्वभाविक गुण बाहिर आएको थियो । अंग्रेजी भाषामा राम्रो दख्खल राख्ने उनी जब बासस्थानको गुनासो लिएर गए, त्यहीबेला उनको बोली, हाउभाउले कम्पनी म्यानेजरको मन जितेको थियो । आठ हजार कामदार रहेको उक्त कम्पनीमा गएपछि नै पैसाको महत्व र देश–विदेशका साथीभाइसँगको भलाकुसारीले उनलाई केही गर्नुपर्छ भन्ने हिम्मत भयो । उनी १५ महिनादेखि तातो भट्टीमा काम गरिरहेकै थिए । सोही बेलामा कम्पनीको कन्सट्रक्सन विभागमा एउटा अवसर आयो कार्यालय सहायकका रुपमा । कार्कीले अवसर पाए । कार्यालय सहायकको काम चिया बनाउने, पेपर मिलाउने, फोटोकपी गर्नु पर्थ्यो । तर उनी आफ्नो ड्युटी सकिसकेपछि कम्प्युटर खोलेर डाटा शीट र कार्यालयको अभिलेख राख्ने जस्ता काम सिक्थे । उनले बिस्तारै कामदारको रेकर्ड राख्न, हाजिरी बनाउन सक्ने भए । यस्तो प्रगती देखेर कम्पनीको सिनियर इन्जिनियरले उनलाई कम्पनीको सहायक एचआरमा बढुवा गरे । उनी नयाँ कार्यालममा सरूवा भए । ‘त्यो दिन खुसीको सीमा रहेन’, उनी भन्छन्, ‘मलाई लाग्यो अब मेरो सपना पूरा हुँदैछ’ । त्यसको दुई वर्षपछि उनी सोही कम्पनीको एचआर म्यानेजर बन्न सफल भए । एचआर म्यानेजरका रुपमा दुई वर्ष काम गरिसकेपछि उनी सो कम्पनी छाडेर अर्को एपोलोे इन्टरप्राइजेज कम्पनी दुबईको शाखा म्यानेजरका रुपमा कार्यरत छन् । कार्कीको व्यावसायिक यात्रा उनले एनआरएनएकर्मी साथीसँगको साझेदारीमा दुबईको रसअल खेमाहमा नेपाली रेष्टुरन्ट सञ्चालनमा ल्याएका छन् । रेस्टुरेन्टमा शुद्ध नेपाली परिकार मात्रै उपलब्ध रहेको जानकारी जनाए । आफ्नो नेपाली खानासँगै आफ्नो देशको मौलिकता र पहिचान पनि खानाले झल्काउने भन्दै उनि थप्छन, ‘हामी खाना मात्रै नबेचेर हामी हाम्रो नेपाली संस्कृति र मौलिक संस्कारको पनि प्रचार प्रसार गर्न चहान्छौ’ । भविष्यमा सफल उधमी बन्ने सपना बुनेका उनी रोजगारीमा सफल भएजस्तो व्यवसायमा पनि सफल हुन्छु भन्नेमा ढुक्क छन् । हिम्मत सफलताको पहिलो सूत्र भएको बताउने उनले विषम परिस्थितिमा समेत आत्तिन नहुने बताउँछन् । सफल बन्न कार्कीको सूत्र सफलतका लागि सपना देख्नुपर्छ । सकारात्मक सपना देख्ने मान्छेले हिम्मत गर्यो भने ऊ सफल अवश्य हुनेछ । इमानदार बन्नुस्, सफलता आफैं आउनेछ भन्दै उनी भन्छन्, ‘गलत तरिकाले प्राप्त सफलता क्षणिक हुन्छ । कडा मेहनत र उपलब्धिका लागि निरन्तर प्रयास गर्ने असफल हुदै हुदैनन्’ । ‘सत्य बोल्नुस्, आफ्नो काम प्रति ईमान्दार बन्नुस्, सफलता आँफै आउनेछ’, कार्कीले भने । एनआरएनए युएईमार्फत सामाजिक जीवनमा सुरू गरेका उनी गैरआवासीय नेपाली संघ युएईका भुतपूर्ब अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य हुन् । कार्की आईसीसी युवा सँयोजकको पहिलो र बलिया उमेदवार हुन् । भविष्यमा सफल व्यवसायी सँगसँगै युवाहरुको नेतृत्व गरी देश बिकास र समृद्धिको हिस्सा बन्ने उनको उद्देश्य रहेको छ । युएईमा रहेका हरेक नेपालीको सुख–दुःखको साथी बन्न सके स्वदेश फर्केपछि पनि देशका लागि केही गर्ने सोच रहेको कार्की बताउँछन् । ‘परिवारका लागि मैले धेरै गरेको छु । अब देश र समाजका लागि केही गर्न चाहन्छु’ कार्की भन्छन ।

यस्ती छन् सबैभन्दा लामा खुट्टाकी मोडल

यतिबेला रुसको एक म्यागजिन चर्चामा छ, मोडल सम्बन्धी रिपोर्टले । संसारभरीका लामा खुट्टा भएका मोडललाई म्यागजिनले प्राथमिकतासाथ प्रस्तुत गरेको छ । यसको केन्द्रमा छन, रुसकी सुपरमोडल अनासतासिया रेशेतोवा । २२ वर्षीया अनासतासियाका खुट्टा सबै भन्दा लामा मानिएका छन् । उनलाई स्कुलमा जिराफ भन्ने गरेका थिए । उनी आफ्नो इन्स्टग्राम एकाउन्टमा फोटो राख्छिन् । तर, इन्स्टग्रामका उनका फलोअर सुन्दरता भन्दा खुट्टाको तारिफ गर्ने गरेका छन् ।

अभिनेत्री रेखा थापा राप्रपामा प्रवेश

काठमाडौं, मंसिर २७ । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अौपचारिक रुपमा प्रवेश गरेकी छिन् । सोमबार बिहान काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि थापा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेकी हुन् । पार्टी अध्यक्ष थापाले रेखा र उनकी आमा सरस्वती थापालाई टीका लगाएर प्रवेश गराएका छन् । २०७० जेठ ४ गते अभिनेत्री थापा एमाले नेतृ उर्मिला अर्यालसहित तत्कालिन एमाओवादी (हाल माओवादी केन्द्र) मा प्रवेश गरेकी थिइन् । केही दिनअघि गायिका कोमल अोलीले पनि राप्रपा प्रवेश गरेकी थिइन् ।

रहेनन् ‘रादाराम’

मंसिर २४ । हास्य टेलिश्रृयल ‘तितोसत्य’मा ‘रादाराम’ नामले चर्चित हाँस्य कलाकार आरपी भट्टराईको गयराती निधन भएका छ । सानो पर्दाका लोकप्रिय अनि चर्चित कलाकार भट्टराईको विराटनगर स्थित फुपुको घर विहान मृत भेटिएका हुन् । बिहिबार फुपुको घरमा पुगेका उनी साँझ सँगै खाना खाएर सुतेका थिए । ४२ वर्षीय भट्टराई लामो समयदेखि सुरगरका विरामी थिए । उनले टेलिश्रृयल तथा केही ठूलो पर्दामा पनि अभिनय गरेका छन् । भट्टराईका श्रीमती र २ छोरा छन् ।

आलियाले स्वीकारिनः सिदार्थ सबैभन्दा उत्कृष्ट ‘किसर’

एजेन्सी । बलिउडकी क्युट अभिनेत्री आलिया भट्टले अभिनेता सिदार्थ मलहोत्रा राम्रो किसर भएको स्वीकार गरेकी छिन् । नेहा धुपियाको कार्यक्रम नो फिल्टर नेहामा आलियाले सिदार्थ एकदम राम्रो किसर भएको स्वीकार गरेकी हुन् । नेहाले सोधेको प्रश्न अर्जुन कपुर वा सिदार्थ मलहोत्रामा सबैभन्दा राम्रो किसर को हो भन्न नपाउँदै उनले सिदार्थलाई चुनेकी थिइन् । उनले भनिन्, –अर्जुनले निकै राम्रोसंग किस गर्छन तर सिदार्थ सबैभन्दा राम्रो किस गर्छन । उनले सिदार्थसँग २ वटा चलचित्रमा संगै काम गरेको र उनैसँग धेरैपटक किसको अभ्यास गरेको बताइन् । यसैले उनले दावीका साथ सिदार्थको नाम लिएकी थिइन् ।  

प्रिति जिन्टाको भाई नितिनले गरे आत्महत्या

एजेन्सी । बलिउड अभिनेत्री प्रिति जिन्टाको मामाको छोराले आत्महत्या गरेका छन् । नितिन चौहानले आफैलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ । भारतको सिमलामा बस्ने नितिन हिमुडाको उपाध्यक्ष यसवंत छाजटाका भान्जा हुन् । न्यु सिम्लाको सेक्टरमा नितिनले आफैलाई गोली मारेर हत्या गरेका थिए । घरको छेउमा पार्किङमा युवकले आफ्नो गाडीको पछाडीको सिटमा गोली हानेका थिए । मृतकको पहिचान ३६ वर्षीय नितिन चौहानको रुपमा भएको छ । नितिनले आत्महत्या गर्नुअगाडी सुसाइड नोट पनि लेखेका थिए । जसमा आफ्नो मृत्युको जिम्मेवार आफ्नी श्रीमती र उनको परिवार भएको लेखेका छन् । उनले नोटमा श्रीमती र उनका परिवारले सधैं मानसिक तनाव दिने र झुठो मुद्धा दर्ता गरेको लेखेका छन् । उनको श्रीमतीसंग ३ वर्षदेखि राम्रो सम्बन्ध छैन । उनीहरुको ५ वर्षको बच्चा छ जो आमासंगै बस्छन् । नितिनले आफ्नो छोरासंग पनि भेट्न नदिने गरेको र अदालतमा झुटो मुद्धा सहन नसकेर आत्महत्या गरेको स्पस्ट लेखेको प्रहरीले बताएको छ ।

‘बाहुबली–२’ समयभन्दा अघि आउने !

मंसिर १६ । बलिउडमा साउथ फिल्म निर्माता एसएस राजामौलीको ‘बाहुबली–२’ को प्रदर्शन निर्धारित समयभन्दा पहिला हुनसक्ने बताएका छन् । चलचित्र ‘बाहुबली’ को सफल प्रदर्शनपछि ‘बाहुबली–२ (कन्क्लुजन)’ को निर्माणमा जुटेको यो युनिट उक्त चलचि निर्माण पनि ग¥यो र हाल धमाधम डविङ कार्य भइरहेको छ । तर केही दिनअघि मात्रै डविङकै सिलसिलामा चलचित्रको केही भाग लिक पनि भएको थियो । यस फिल्मका प्रोड्युसरले फिल्म जति सक्दो चाँडो विभिन्न हलहरुमा रिलिज गर्ने चाहेको बताउँछन् । ताकी कोहीबाट फिल्म पुनः लिक नहोस भनेर । यो कुराको जानकारी स्वयं आफैं राजामौलीले संचारमाध्यमलाई दिएका हुन् । आगामी वर्षको २८ अप्रिलमा यो फिल्म देशभरिकै सिनेमाघरहरुमा रिलिज हुने भनिएता पनि सबै प्रोडक्सन चलिरहेको ग्राफिक्सको काममा निर्भर गर्ने हुनाले काम सकिनासाथ प्रदर्शनमा ल्याउने बताएका छन् ।