जलेर घाइते बाबु–छोरीको उपचारका क्रममा मृत्यु

सुर्खेत । कालीकोटमा आगोमा जलेर घाइते भएका बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ ।

खाँडाचक्र नगरपालिका ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारकै क्रममा मृत्यु भएको हो ।

चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परेर बाबुछोरी घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत लगिएको थियो ।

तर उपचारकै क्रममा सोमबार दिउँसो छोरीको र बुधबार बेलुका बुवाको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका अफिस सेक्रेटरी दिपक गिरीले जानकारी दिए ।

पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बस बागलुङमा दुर्घटना : आठको मृत्यु, २४ घाइते

काठमाडौं। बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो । अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ  ।  प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते छन् । दुर्घटना स्थलमा घुमाउरो बाटो भएको कारण चालकको समेत मृत्यु भएको छ । बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले गाडीमा ३२ जना यात्रु रहेको जानकारी दिए ।थप विवरण आउँन बाँकि छ ।

म्याग्दीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, नेपानेमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा सवारीधनी एवं चालक अन्दाजी ३७ वर्षीय गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए । सडकदेखि करिब २०० मिटर तल खोचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जीपबाट दुईजनाको शव फेला परेको उनले बताए । “हिजो (आइतबार) राति पोखरेबगरबाट छुटेको जीप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भीरमा अड्किएको अवस्थामा फेला परेको हो,” उनले भने । प्रहरी नायब उपरीक्षक मदन कुँवरले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव संकलन, पहिचान र अनुसन्धान थालेको बताए । 

सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालय प्रमुखको मृत्यु

काठमाडौं। गएराति भैरहवामा कारले मोटरसाइकललाई ठक्कर दिँदा भएको सडक दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको मृत्यु भएको छ। भैरहवाबाट लुम्बिनी आउँदै गरेको बा २१ च ७५५३ नंम्बरको कारले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल अगाडि सडकमा ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  भैरहवा लुम्बिनी सडक खण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको कार विमानस्थल गेट अगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। दुई मोटरसाइकल ठोक्किदा पाँचखपन–९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। आज दिउँसो १२ बजे पाँचखपनको भित्रि सडकखण्डअन्तर्गत याङ्सिजुङबाट वानातर्फ आउँदै गरेको बा ४० प १७९ नम्बरको मोटरसाइकल र को ३७ प १८४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको र विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए। त्यसैगरी दुर्घटनामा परेर पाँचखपनका २७ वर्षीय कमानसिं विश्वकर्मा गम्भीर घाइते भएको उनले बताए। घाइते कमानसिंको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ठक्कर दिएको अभियोगमा बा ४० प १७९ नम्बरको मोटरसाइकलका चालक धनकुटा नगरपालिका–१० का २३ वर्षीय पदम भण्डारीलाई नियन्त्रणमा लिएको छ।  

उदयपुर दुर्घटना अपडेटः मृतकको संख्या ८ पुग्यो (मृतक र घाइतेको नामावली सहित)

उदयपुर । उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर गाडी दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको हो । ९ जना घाईते भएको प्रहरीले बताएको छ । सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको गाडी आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो । दुर्घटनामा गाडीमा सवार ७ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा परी ६ जना पुरुष र ३ जना महिला गरी ९ जना घाइते भएका छन् । घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । ज्यान गुमाउनेहरू मनबहादुर बस्नेत (चालक) : हतुवागढी-२, भोजपुर चन्द्रप्रकाश राई  : हतुवागढी-२, भोजपुर दिशान राई  : हतुवागढी-२, भोजपुर पदमबहादुर थापा  : बराहक्षेत्र-३ सुनसरी किसन राई  : हतुवागढी-५, भोजपुर पर्वतमाया राई : हतुवागढी-५, भोजपुर रामकुमारी राई : हतुवागढी-२, भोजपुर  कमला अधिकारी : इटहरी उपमहानगर, सुनसरी घाइतेहरू विशेष पराजुली सावित्रा राई मिनु राई शान्ति राई सविना परियार गायत्री कटुवाल (रमा) सुशील परियार कलसुङ राई निकिता कटुवाल

उदयपुरमा बोलेरो दुर्घटनाः ६ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते पनि भएका छन्। धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार बिहान उदयपुरको मैनामैनीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बोलेरोमा १४ जना सवार रहेका थिए। ति मध्ये ६ जनाको मृत्यु भएको खबर आएको र उद्वारको काम भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा एम्बुलेन्ससहित प्रहरी पुगेको छ। दुर्घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ। 

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीहरुको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक ५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन्। नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरे। मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनको भनाई छ। हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए। मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ। शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर स्थानीय प्रहरीले अनुसन्धान थालेको समाचारमा जनाइएको छ।

छुट्टाछुट्टै घटनामा ६ जना मृत फेला

काठमाडौं। देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै घटनामा ६ जना मृत भेटिएका छन् । प्रहरीले धादिङ, बाजुरा, चितवन, काठमाडौं, खोटाङ र रुकुम पश्चिममा भएको घटनामा छ जनाको मृत्यु भएको हो । धादिङको ज्वालामुखी गाउँपालिका–४ बडडाडा बस्ने ३० वर्षीय रामशरण भुजेल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका–४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।  चितवनको भरतपुर महानगरपालिका ३ बेलचोक डेरा गरी बस्ने नवलपरासी हुप्सेकोट गाउँपालिका(२ गुहेरी घर भएका २५ वर्षीय चुन बहादुर मस्र्याङ्गी मगर आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।  काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती विपुल स्कुल चोकस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।  खोटाङ, साकेला गाउँपालिका(२ रतन्छा बस्ने २९ वर्षीय जामुन दर्जी सोही गाउँपालिका ४ स्थित मखुवा खोलामा सोमबार  मृत अवस्थामा फेला परेका छन् ।  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० बरानेटी बस्ने ६२ वर्षीय तेज बहादुर पुन सोही ठाउँस्थित जङ्गलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रक्सीले मातेका चालकले पुलबाट कार खसाले

दाङ । रक्सीले बढि मातेका एक चालकले दाङको घोराहीमा आफूले चलाइरहेको कार पुलबाट तल खसालेका छन् । घोराही–लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेको थियो । दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका १५ बस्ने ४२ वर्षीय उज्ज्वल केसी घाइते भएका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले कार अनियन्त्रित भएर पुलबाट खसेको बताए । उनका अनुसार चालक केसीको निधार र छातीमा चोट लागेको छ । घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ। कारमा केसी एक्लै रहेको प्रहरीले जनाएको छ।

भागेका थुनुवालाई समाउन खोज्दा जवानको मृत्यु

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ। ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए। चौधरी कैलालीका वासिन्दा हुन्। जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर पक्राउ परेका थिए। उनीमाथि मुद्दा शाखामा सोधपुछ चलिरहेको थियो। त्यही बेला कुँवर हतकडीसहित प्रहरी कार्यालयबाट भागेका थिए।  भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए। त्यसक्रममा उनी भिरमा पुगेका थिए भने टाउकोमा चोट लागेको थियो।  लडेको केहीबेरमा जवान चौधरीको मृत्यु भएको थियो। शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ। भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ।

साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाए

सर्लाही । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि दाहालका अनुसार नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसमा स्थानीयले आगो लगाएका हुन्। कविलासी नगरपालिका १० सलेमपुरमा सोमबार बिहान साढे १० बजेतिर उक्त बसले स्थानीय ५० वर्षीय जुगल महतोलाई ठक्कर दिएपछि स्थानीयले आगो लगाएको उनले बताए । ‘प्रहरीले समयमै आगो निभाएकाले बस पूर्णरुपमा जल्न पाएको छैन,’ एसपी दाहालले भने, ‘ठक्कर दिने बसलाई ट्याक्टरको सहायताबाट सडकबाट हटाइएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका महतोको हाल मलंगवामा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको एसपी दाहालले बताए । बसका चालक भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। सलेमपुरमा रहेको सशस्त्रको वेस क्याम्प नजिकै घटना भएको हो । 

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुर। भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुल नजिक भएको दुर्घटनामा मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरे रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२(०३२ प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२ः४३ बजे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो । मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका(४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीमा गाडी दुर्घटनाः १२ घाइते, २ गम्भीर

दुधौली। सिन्धुलीको दुधौली– १, हप्ते डाँडामा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका इन्स्पेक्टर केशवकुमार कटवालले प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खसेको बताए । त्यसक्रममा बोलेरोमा सवारमध्ये १२ जना घाइते भएकोमा दुई जना गम्भीर रहेको उनले बताए । घाइते हुनेहरुमा महोत्तरीका पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, रामएकचाल सिंह, विवाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव छन् । उनीहरुको वर्दिवासमा रहेको जनसेवा अस्पतालमा उपचार भइरहेको छ । घाइते धिरज सिंह, सोभा सिंह, मञ्जु सिंह, अन्जु सिंह र राम अवतार महतोको भने आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको छ । घाइतेमध्ये धिरज सिंह र सोभा सिंहको अवस्था गम्भीर रहेको इन्स्पेक्टर कटुवालले बताए । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

धादिङ बस दुर्घटना :  सातमध्ये २ मृतकको सनाखत, नदीमा अझै केही बेपत्ता भएको आशंका

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने सातजनामध्ये अहिलेसम्म दुई जनाको मात्रै सनाखत भएको छ।  दुर्घटनामा मृत्यु भएका सातमध्ये दुई जनाको मात्रै सनाखत भएको छ ।बाँकि ५ जनाको सनाखत हुन सकेको छैन । सनाखत हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका २ की ३२ वर्षीया रुबी श्रेष्ठ र काठमाडौँको चन्द्रागिरि नगरपालिका १० का ५५ वर्षीय देखा कटुवार रहेका रहेका छन् । अझै त्रिशूली नदीमा केही मानिस बेपत्ता भएको आशंकामा खोजी कार्य पनि जारी छ ।   

त्रिशूली दुर्घटनामा घाइते भएका ३९ यात्रु, कस्को अवस्था कस्तो ? (विवरणसहित)

काठमाडौं ।धादिङको गजुरी गाउँपालिका ५ घाटबेँसीस्थित त्रिशूली नदीमा बुधबार बिहान बस खस्दा घाइते भएकाहरूको सनाखत भएको छ। तर मृत्यु भएका ७ जनाको भने पहिचान हुन बाँकी छ।  दुर्घटनामा घाइते ३९ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो। कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै  गरेको लु २ ख २१२१ नम्बरको बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान करिब ४ बजे त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  यस्तो छ घाइतेको विवरण  भारत उत्तर प्रदेश सिदार्थ नगर करोन्दा मयिनाथ मा बस्ने वर्ष ३० को टिकुरी चौधरी (टाउकोमा चोट, अवस्था मध्यम), क्यानडा बस्ने विदेशी नागरिक महिला (अवस्था मध्यम), काभ्रे पाँचखाल नगरपालिका बस्ने ३४ वर्षका सुरेश सुनार (खुट्टामा चोट,अवस्था सामान्य), सोही स्थानका २१ वर्षीय रविप्रसाद राजपुत (अवस्था मध्यम), रुपन्देहीकी ५६ वर्षीया शान्ति पौडेल (टाउको र हातमा चोट, अवस्था मध्यम) को काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी।  यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका ६ बस्ने वर्ष ३५ को सैयाद आमद अलि (मुख हातमा चोट अवस्था सामान्य), पोल्यान्डका ४१ वर्षीय टावेल (टाउकोमा चोट,अवस्था मध्यम), काठमाडौँ गोकर्णेश्वर नगरपालिका ८ बस्ने वर्ष ५४ को जनक बन्जारा (ढाँड काँधमा चोट, अवस्था मध्यम),  रुपन्देही मधुवनी गाउँपालिका १ बस्ने वर्ष २५ को महमद आशिफ (अवस्था मध्यम), काठमाडौँ चन्द्रागिरि नगरपालिका १० बस्ने वर्ष ५१ को ध्रुव महर्जन (टाउको खुट्टा र ढाडमा चोट, अवस्था सामान्य)। यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका १२ बस्ने वर्ष १८ का रामनिवास लोद (टाउकोमा चोट, अवस्था सामान्य(, सोही स्थानका वर्ष २२ का केदारनाथ लोद (टाउकोमा चोट, अवस्था मध्यम), वर्ष २२ का अशोक यादव (मुखमा चोट, अवस्था सामान्य) र भारत सिद्धार्थ नगर बस्ने वर्ष २७ को राकेश लोद (हातखुट्टामा चोट, अवस्था मध्यम) को पनि काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी।  यस्तै रुपन्देही गैडहवा ५ बस्ने वर्ष २८ को दिलीपकुमार चमार (बाँया हात दाहिने खुट्टामा चोट, अवस्था सामान्य),  सोही स्थानका ५७ वर्षीय बाबुराम हजैम (बाँया हात दाहिने खुट्मा चोट, अवस्था सामान्य), काभ्रे नमोबुद्ध ८ बस्ने वर्ष २० को उत्तम तामाङ, रुपन्देहीका ६ वर्षीय विवश राज श्रेष्ठ (टाउकोमा चोट, अवस्था मध्यमण, उनका बुवा वीरेन्द्रराज श्रेष्ठ (टाउकोमा चोट, अवस्था मध्यम) को धादिङको गजुरी अस्पताल प्रालिमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।  सोही अस्पतालमा उपचारत घाइतेहरूमा स्याङजा गल्याङ नगरपालिका २ घर भई हाल काठमाडौँ उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा कार्यरत प्रहरी जवान वर्ष २६ का शिशिर न्यौपाने, सोही स्थानकी २८ वर्षीया कुसुम ढुङ्गाना, स्याङजा वालिङ नगरपालिका ९ बस्ने वर्ष ४७ को भविश्वर गैरे, प्युठान जिम्रुक ६ बस्ने वर्ष २१ को सञ्जय भुसाल, सिन्धुपाल्चोक तातोपानी गाउँपालिका ९ बस्ने वर्ष २६ का सोनाम डोल्मा शेर्पा छन्। यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका बस्ने १८ वर्षका बलिराम लोद, सोही स्थानका ७ वर्षीय मुक्तिनारायण नाँउ, ४० वर्षीय रमेश नेपाली, वर्ष ५ की काव्य नेपाली, रुपन्देही काराहीमाई गाउँपालिकाकी ३५ वर्षीया निर्मला नाँउ, रुपन्देही संस्कृति नगरपालिका ४ का ३१ वर्षीय अबदुल्ला मुसलमान, भारत उत्तर प्रदेश बगनाउ पत्थरावा बस्ने ३८ का अक्लेशकुमार बानियाँ, काभ्रे नमोबुद्ध ८ बस्ने वर्ष २९ का विराज लामा, सिन्धुपाल्चोक तातोपानी ९ बस्ने वर्ष ४७ का गगन लावाङ सेन्दुक शेर्पा, रुपन्देही गैडहवा ५ बस्ने वर्ष १८ रमेश चमार पनि घाइते छन्। यस्तै दुर्घटनामा सामान्य घाइते भएकाहरू प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारत रहेको प्रहरीले जनाएको छ। जसमा रुपन्देहीको सिमारी २ बस्ने वर्ष ४० का ओमप्रकाश यादव, नवलपरासी सुनवल नगरपालिका ४ का वर्ष २३ को राजु नेपाली, रुपन्देही संस्कृति नगरपालिका ६ का वर्ष ३० का अबिबुल्ला मुरुल, बुटवलका २३ वर्षका दया बानियाँ र पाल्पा रम्बादेवीका १८ वर्षीय नविन अर्याल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।