सूचना आयोगद्धारा त्रिविलाई उत्तरपुस्तिकाको शुल्क पुनरावलोकन गर्न निर्देशन

काठमाडौं । विद्यार्थीले उत्तरपुस्तिका हेर्दा र प्रतिलिपि प्राप्त गर्दा लाग्ने शुल्क पुनरावलोकन गर्न राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको छ ।

त्रिविले विद्यार्थीसँग उत्तरपुस्तिकालगायतमा लिने शुल्क अव्यवहारिक, महँगो र अन्य शुल्कको दाँजोमा उच्च रहेको भन्दै आयोगमा नवलपरासीकी कल्पना भट्टराईले उजुरी गरेकी थिइन् । भट्टराईको उजुरीपछि शुल्क अव्यवहारिक भएको भन्दै पुनरावलोकन गर्न त्रिविले २०७१ असार २४ गते निर्देशन दिएको थियो ।

तर, निर्देशन कार्यान्वयन नहुँदै आयोगले लगत कट्टा गरेपछि त्रिविले शुल्क पुनरावलोकन गरेको थिएन । त्यसपछि आयोगले दोस्रोपटक यही २०७५ भदौ २२ गते शुल्क पुनरावलोकन गर्न पुनः निर्देशन दिएको हो । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ स्मरण गराउँदै १५ दिनभित्र शुल्क पुनरावलोकन गर्न त्रिविलाई भनेको छ ।

‘विश्वविद्यालयबाट विद्यार्थीहरूको उत्तरपुस्तिकाको प्रतिलिपि दिनेलगायतको कार्यमा रु ५००० दस्तुर लिनु विश्वविद्यालयको अन्य शुल्कको दाँजोमा निकै नै उच्च भएको देखिएकाले सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम यस आयोगले दस्तुर पुनरावलोकन गर्नू भन्ने आदेश जारी गर्नुपर्ने अवस्था देखिएको छ’, आयोगले पुनः निर्देशन जारी गर्नुको व्यहोरा खुलाउँदै लेखेको छ ।

सूचनाको हकसम्बन्धी ऐन ०६४ ले एकदेखि १० पेजसम्म निःशुल्क सूचना पाइने सुनिश्चित गरेको छ । १० पेजभन्दा बढी भएको अवस्थामा ११ औं पेजदेखि मात्रै प्रतिपेज ५ रुपैयाँको दरले शुल्क तिर्नुपर्छ । तर, त्रिविले कुनै विषयको उत्तरपुस्तिकाको प्रतिलिपि लिएवापत वार्षिक प्रणालीका विद्यार्थीबाट २५ सय र सेमेष्टर प्रणालीका विद्यार्थीबाट ५ हजार रुपैयाँ शुल्क असुल्ने गरेको छ ।

एउटा उत्तरपुस्तिकामा कुनै विद्यार्थीले १० देखि १५ पेजसम्म लेख्छ । सूचनाको हकसम्बन्धी ऐनको पालना गर्ने हो भने एक जना विद्यार्थीले एउटा उत्तरपुस्तिकाको प्रतिलिपि माग्दा बढीमा एक सय रुपैयाँ शुल्क तिरे पुग्नुपर्ने हो । तर, परीक्षा नियन्त्रण कार्यालय बल्खुले त्योभन्दा कयौं गुणा बढी अर्थात् ५ हजारसम्म शुल्क लिने गरेको छ ।

आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ स्मरण गराउँदै शुल्क पुनरावलोकनका लागि निर्देशन दिएपछि त्रिविलाई शुल्क घटाउन दबाव परेको छ ।

प्राप्तांकमा चित्त नबुझेमा नतिजा प्रकाशन भएको मितिले ३५ दिनभित्र त्रिभुवन विश्वविद्यालयका सेमेष्टर प्रणालीका विद्यार्थीले ५ सय र वार्षिक प्रणालीका विद्यार्थीले ३ सय रुपैयाँ शुल्क तिरेर पुनर्योगका लागि निवेदन दिनुपर्छ । त्यसपछि रि(चेकिङको लागि वार्षिक प्रणालीका विद्यार्थीले ३ हजार र सेमेष्टर प्रणालीका विद्यार्थीले ५ हजार शुल्क तिरेर निवेदन दिन सक्छन् ।

रि-चेकिङमा पनि चित्त नबुझेमा उत्तरपुस्तिकाको प्रतिलिपि माग्न पाइन्छ । प्रतिलिपि लिनका लागि प्रतिविषय सेमेष्टरको पाँच हजार र वार्षिक प्रणालीको २५ सय शुल्क तिर्नु पर्दछ । शुल्क तिरेर मात्रै पुग्दैन दुरुपयोग नगर्ने, अरुलाई उत्तरपुस्तिका नदेखाउने, कतै पनि उजुर-बाजुर नगर्ने लगायतका सर्त पनि विद्यार्थीहरुले पालना गर्नुपर्छ । अनलाइन खबरबाट

सरकारले ९ सय दरबन्दी थप्दै, शिक्षामा कति?

काठमाडौंः सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका आयोजना र कार्यक्रमका लागि स्थायी र अस्थायी गरी करिब ९ सय कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्रालयअन्तर्गत आयोजना तथा कार्यक्रमका लागि ८ सय ८३ वटा दरबन्दी सिर्जना गरेको छ । राजपत्रांकित स्थायी ८ सय ५३, राजपत्रांकित अस्थायी १५ र सेवा केन्द्रका लागि २५ अस्थायी दरबन्दी स्वीकृत गरिएको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भदौ २२ गतेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै बिहीबार दिएको जानकारीअनुसार राजपत्रांकित दरबन्दीमध्ये सबैभन्दा बढी जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत ३ सय ६० र कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत आयोजनाका लागि २ सय ७२ दरबन्दी स्वीकृत गरिएको छ । त्यस्तै, सत्य निरूपण तथा मेलमिलाप आयोजनाका लागि ५६, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनका लागि १९, शिक्षा मन्त्रालयअन्तर्गत परियोजनाका लागि ५८, संघीय मामिला मन्त्रालयअन्तर्गत ६५ दरबन्दी छन् । अस्थायीमा राष्ट्रिय युवा परिषद्का लागि १५ वटा राजपत्रांकित पदमा अस्थायी र एकल विन्दु सेवा केन्द्रका लागि २५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको हो । ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर यसबारे लोकसेवा आयोगलाई जानकारी छैन । शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले आफू भर्खरै सरुवा भएर आएकाले त्यसबारे थाहा नभएको बताए । उनले आयोजना र परियोजनाका लागि प्रत्येक वर्ष नयाँ दरबन्दी सिर्जना हुने भएकाले यो विषय नयाँ नभएको बताए । एजुकेशन पाटीबाट

रोकिएको प्रा.वि तहको नतिजा सार्वजनिक सुरु, आज तीन जिल्लाको नतिजा (सूचीसहित)

काठमाडौंः बिचमै रोकिएको खुल्लातर्फको प्राथमिक तहको नतिजा फेरि सार्वजनिक हुन थालेको छ । यसैबीच आज शिक्षक सेवा आयोगले ३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज धनकुटा, सुनसरी र मोरङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । धनकुटा जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भदौ १८ देखि २४ गतेसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरेको आयोगले त्यसपछि नतिजा सार्वजनिक गरेको थिएन । शिक्षक सेवा आयोगले भदौ १८ गतेदेखि प्रा.वि तहको नतिजा सार्वजनिक गर्न थालेको हो ।

एमए दोस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौंः  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको कार्यालय, बल्खुले मास्टर अफ आर्ट्स (एमए) दोस्रो वर्ष समाजशास्त्र र मानवशास्त्रको नतिजा सार्वजनिक गरेको छ । एमए दोस्रो वर्षको परीक्षा माघ २० गतेदेखि भएको थियो । नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस्

प्रा.वि तहको नतिजाको तीव्र प्रतिक्षामा परीक्षार्थी, बीचमै स्थगन गरेको भन्दै आयोगको आलोचना

काठमाडौंः शिक्षक सेवा आयोगले खुल्लातर्फको प्राथमिक तहको नजिता सार्वजनिक गर्न ढिलाई गरेकोप्रति परीक्षार्थीले आक्रोस पोखेका छन् । उनीहरुले आयोगको आलोचनासमेत गरेका छन् । शिक्षक सेवा आयोगले प्राथमिक तहको नजिता भदौ १८ गतेदेखि सार्वजनिक गर्न थालेको थियो । २४ गतेसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरेको आयोगले त्यसपछि नतिजा सार्वजनिक गरेको छैन । सुरुमा नतिजा सार्वजनिक गरेको आयोगले बीचमै आएर स्थगत गरेपछि परीक्षार्थीले आक्रोस पोखेका हुन् । उनीहरुले छिटो नतिजा सार्वजनिक गर्न पनि माग गरेका छन् । आयोगले ४७ जिल्लाको नतिजा सार्वजनिक गर्न बाँकी छ । प्राविधिक समस्या आएका कारण नतिजा सार्वजनिक कार्य बीचमै रोकिएको भन्दै छिट्टै नतिजा सावर्जनिक कार्य पुनः सुचारु गरिने शिक्षक सेवा आयोगले जनाएको छ । तर, आयोगको यो भनाइप्रति धेरैले विश्वास गरेका छन् । सुरुमा नतिजा सार्वजनिक गरेर बीचमा प्राविधिक समस्या आएको भन्नु तर्क संगत नभएको बिरेन्द्र शाहले बताए । फेसबुकमा चक्र गुरुङले लेखेका छन्, ‘नतिजा सार्वजनिक गर्दा २०५२ सालको जस्तो टिपेक्स त लाग्दै होला, फेरि किन ढिलाई गरिरहेको ? कि त सरकारको लिस्ट पुगेको छैन ?’ आयोगले नतिजा सार्वजनिक गर्ने कार्यबीचमै स्थगित गर्नुको प्रष्ट कारण नखुलाएको भन्दै शितल झाले आयोगप्रति असन्तुष्टि जनाएकी छिन् । आफू नतिजाको व्यग्र प्रतिक्षामा रहेको भन्दै रश्मी अधिकारीले छिटो नतिजा सार्वजनिक गर्न आयोगलाई आग्रह गरेकी छिन् । यो पनि पढ्नुस्ः  किन रोकियो प्रा.वि तहको नतिजा? यस्तो भन्छ आयोग

जनक शिक्षामा खुल्यो जागिरको अवसर, शाखा अधिकृतदेखि नर्ससम्म माग (सूचनासहित)

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । केन्द्रको केन्द्रीय कार्यालय भक्तपुरमा विभिन्न पदका लागि लिमिटेडमाले ३५ जना कर्मचारी माग गरेको हो । लिमिटेडले उप–प्रबन्धक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट १ जनाको माग गरेको छ । त्यस्तै शाखा अधिकृत ३ जना खुला प्रतिपर्धामा मागिएको छ। त्यस्तै प्राविधिक शाखा अधिकृतका लागि ११ जनाको माग गरिएको छ। वरिष्ठ सहायकमा १९ जनाको माग गरिएको छ। विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्–

किन रोकियो प्रा.वि तहको नतिजा? यस्तो भन्छ आयोग

काठमाडौंः शिक्षक सेवा आयोगले भदौ १८ गतेदेखि सार्वजनिक गर्न थालेको खुल्लातर्फको प्राथमिक तहको नतिजा रोकिएको छ । भदौ १८ देखि २४ गतेसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरेको आयोगले त्यसपछि नतिजा सार्वजनिक गरेको छैन । आयोगले २४ गतेपछि नतिजा सार्वजनिक गरेको छैन । अझैं ४७ जिल्लाको नतिजा सार्वजनिक गर्न बाँकी छ । प्राविधिक समस्या आएका कारण नतिजा सार्वजनिक कार्य रोकिएको शिक्षक सेवा आयोगले जनाएको छ । आयोगका सूचना अधिकारी दामोदर आचार्यले नतिजा सार्वजनिक कार्यमा देखिएको समस्या समाधान गर्ने कार्य चलिरहेको बताए । ‘नतिजा सार्वजनिक कार्य रोकिएको हो, केही प्राविधिक समस्या आएका कारण स्थगन गरेका हौं,’ उनले भने, ‘समस्या समाधान गरेर शुक्रबारसम्म नतिजा सार्वजनिक गछौं ।’

एसइईको सर्टिफिकेटमा हजारौँ विद्यार्थीको गलत विवरण

काठमाडौं । ०७५ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण हजारौँ विद्यार्थीको प्रमाणपत्र (सर्टिफिकेट) मा नाम, थर र जन्ममिति नै गल्ती भेटिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइबाट विद्यार्थीको विवरण इन्ट्री गर्दा भएको लापरबाहीका कारण अहिले विद्यार्थी पीडित बनेका छन् । एउटै जिल्लाका ७४ प्रतिशतसम्म विद्यार्थीको विवरण गल्ती भेटिएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको एसइईको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ‘एउटाको जम्ममिति, नाम अर्कैको छ, एउटाको सिम्बोल नम्बर भए नाम र जन्ममिति अर्कैको छ,’ परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘यस्ता धेरै समस्या छन् । दैनिक पाँच सयसम्म विद्यार्थी पनिका आउने गरेका छन् । धेरैले दुःख पाएका छन् । हिजोआज पनिकाका कर्मचारी तिनै विद्यार्थीका विवरण सच्याउनमा व्यस्त छन् ।’ विद्यार्थीको नाम, थर र जन्ममिति मात्रै बिग्रिएको छैन । एउटा विद्यालयमा अर्को विद्यालयका विद्यार्थीको नाम राख्नेसम्मको लापरबाही भएको छ । रूपन्देही, ओखलढुंगा र धनुषाका विद्यार्थीको विवरणमा धेरै त्रुटि देखिएको पनिकाले जनाएको छ । रुपन्देहीमा करिब तीन हजार विद्यार्थीको नाम, थर र जन्ममिति गल्ती रहेको नियन्त्रक खकुरेलले बताए । ओखलढुंगामा करिब २३ सय विद्यार्थी छन्, तीमध्ये करिब १७ सयको विवरण त्रुटि छ । त्यस्तै, धनुषालगायत जिल्लामा पनि गल्ती भएका छन् । गल्ती विवरण सच्याउन विद्यार्थीले एक हप्तासम्म पर्खिनुपरेको छ । पनिकामा कम्प्युटरमा विवरण सच्याउने जनशक्ति अभाव भएकाले पनि लामो समय कुर्नुपरेको छ । ‘स्कुलको सबैको बिग्रेको छ भने एक–एकजना विद्यार्थी नपठाउन भनेका छौँ । सबै विद्यार्थीको एकमुष्ट फारम ल्याउन र पनिकाबाट एकमुष्ट सच्याएर पठाउँछौँ भनेका छौँ,’ परीक्षा नियन्त्रक खकुरेलले भने, ‘जिल्लाबाट काठमाडौं आउँदा एउटा विद्यार्थीको हजारौँ खर्च हुने गरेको छ । हामीले सबैसम्म छिटो सच्याएर उपलब्ध गराएका छौँ ।’ पनिकाले एसइईको नतिजा सार्वजनिक भएको एक महिनामा विद्यार्थीलाई सर्टिफिकेट वितरण गरेको थियो । तर, सर्टिफिकेटमै व्यक्तिगत विवरण गलत भएपछि देश तथा विदेशमा अध्ययनका लागि तयार विद्यार्थीलाई तनाव भएको छ । उनीहरूले विवरण सच्याउन हजारौँ रुपैयाँ खर्चसमेत गर्नुपरेको छ । अनलाइनमार्फत फारम भरेका कारण पनि धेरै त्रुटि भएको नियन्त्रक खकुरेलले बताए । जिल्ला शिक्षा विकास तथा समन्वय केन्द्र एसइईको फारम भरेर केन्द्रमा पठाएका थिए । केन्द्रमा कर्मचारी नहुँदा विद्यालयबाट आएका फारम शिक्षकहरूमार्फत अनलाइन विवरण भराएको थियो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

हेर्नुस्, २८ जिल्लाको प्रा.वि तहको नतिजा (सूचीसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले मंगलबार दिउँसोसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । हेर्नुस् २८ जिल्लाको प्रा.वि तहको नतिजा– झापा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेख जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले सोमबार ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबार झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । झापा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

यी हुन्, सरकारले पुरस्कृत हुने १०१ उत्कृष्ट शिक्षक (सूचीसहित)

काठमाडौंः  देशभरबाट १०१ उत्कृष्ट शिक्षक पुरस्कृत हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । सामुदायिक विद्यालयका ७७, संस्थागत विद्यालय र नेपालस्काउट तर्फ ६, विश्वविद्यालयतर्फका ११ र प्राविधिक शिक्षालयका ७ गरी १०१ शिक्षकहरुलाई पुरस्कारका लागि छनोट गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कारका लागि खुलारुपमा आवेदन माग गरी उनीहरुबाट उत्कृष्ट शिक्षकहरुको छनोट गरेको हो । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा देहाय बमोजिमका शिक्षकरप्रशिक्षक तथा प्राध्यापकहरुलाई शिक्षा दिवस पदक, प्रमाणपत्र तथा प्रशंसापत्रद्वारा पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ । पुरस्कृत हुने शिक्षकको सूची हेर्न यहाँ क्लिक गर्नुस्

प्राथमिक तहको नतिजाको रोल नम्वर संशोधन (सूचनासहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले आइतबार सार्वजनिक गरेको प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको प्यूठान जिल्लाको नतिजामा सफल र बैकल्पिक उम्मेदवारहरुको रोल नम्बर अन्यथा हुन गएको जनाएको छ । आयोगले आज एक सूचना जारी गर्दै भनेको छ, ‘आयोगबाट भदौ २२ गते प्रकाशित प्यूठानको प्राथमिक तहको अन्तिम नतिजामा सफल र बैकल्पिक उम्मेदवारहरुको रोल नम्बर अन्यथा हुन गएकोले आयोगको अभिलेख अनुसार सच्याइएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ आयोगले सोमबार दिउँसोसम्म २४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार दिउँसोसम्म सुदूरपश्चिमका सबै जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् २४ जिल्लाको प्रा.वि तहको नतिजा– प्यूठान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेख जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा।वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

आइतबार ७ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले आइतबार ७ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज दैलेख, सुर्खेत , रुकुम, रोल्पा , प्यूठान, सल्यान र दाङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । प्यूठान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेख जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

के तपाई यो हल गर्न सक्नुहुन्छ ?

गणितमा केही यस्ता प्रश्न हुन्छन, जुन देख्दा सामान्य लाग्छन तर ती हल गर्दा पनि कतै न कतै गल्ती हुने गर्दछ । यहाँ एउटा यस्तै प्रश्न दिइएको छ । यो प्रश्न हेर्दा निकै सामान्य लाग्छ । ल, पहिला तपाई यो प्रश्न हल गर्नुस् त । यो प्रश्न जापानमा निकै भाइरल नै भएको टेलिग्राफले जनाएको छ । सन् १९८० को दशकमा गरिएको एउटा अध्ययनमा यो प्रश्नको सही उत्तर ६० प्रतिशतले मात्रै दिन सकेका थिए । जबकि यो अहिले भने यो प्रश्नको उत्तर ९० प्रतिशतले गलत गरेका छन् । के गल्ती हुन्छ त । कतै तपाईले पनि यो चित्रमा दिइएको जस्तो गल्ती त गर्नु भएन ? कति उत्तर आयो भन्नु त ? अब हेर्नुस यसमा पनि कतिपयले बोडोमास नियम लागु गर्ने गर्दछन् । यो भिडियो हेर्नुस् त

हेर्नुस्, १७ जिल्लाको प्रा.वि तहको नतिजा (नतिजासहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले आइतबार दिउँसोसम्म १७ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । हेर्नुस् १७ जिल्लाको प्रा.वि तहको नतिजा- मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा।वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताइन् । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन अध्यापन प्रणालीमा सुधार गरी गुणस्तरीय शिक्षा प्राप्तिका लागि सरकारको पहल र लगानी उपलब्धिमूलक हुनुपर्ने बताइन् । उनले भनिन्, “सामाजिक, आर्थिक रुपान्तरण, रोजगार र प्रविधि, सदाचार र सत्चरित्रयुक्त अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता हो, यसका लागि आवश्यक केही नियम परिमार्जनको क्रममा रहेकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गर्दछौँ ।” उनले विभिन्न विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीपलाई सरकारले लिएको समृद्ध नेपालको आकाङ्क्षा साकार पार्न उपयोगी हुने विश्वास व्यक्त गर्दै सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण हुने विश्वास व्यक्त गरिन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक शिक्षा रुपान्तरण सरकारको उच्च प्राथमिकतामा रहेको र दीक्षित प्रतिभाहरुलाई स्वदेशमै रही योगदान गर्ने वातावरण सिर्जना गरिरहेको बताउँदै यसै वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने जानकारी दिइन् । समारोहमा विभिन्न विद्या पदक वितरण भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।