अमेरिकी अर्थतन्त्र डुब्दै, ३० लाख बढी बेरोजगार, भयानक मन्दी आउने चेतावनी
विनीत खरे/बिबिसीः कोरोना संकटका कारण अमेरिकामा लाखौं बेरोजगार भएका छन् । भाइरसका कारण ज्यान गुमाएपछि गत हप्ता मात्रै ३० लाख भन्दा बढीले आफूलाई बेरोजगारको रुपमा दर्ता गराएका छन् ।
अमेरिकाको श्रम विभागका तथ्यांकमा यति ठूलो संख्यामा मानिसहरुले आफूलाई बेरोजगार भत्ता र अन्य लाभका लागि यति धेरै संख्यामा पंजिकृत गराएका थिएनन ।
यसअघि सन् १९८२ मा ठूलो संख्यामा बेरोजगारको संख्या बढेको थियो । तर त्यतिबेला ६ लाख ९५ हजार जनाले मात्रै बेरोजगारका रुपमा आफूलाई पंजिकृत गराएका थिए ।
त्यसो त बुधबार राती अमेरिकी संसदको माथिल्लो सदन सिनेटले दुई ट्रिलियन डलर दिने प्रस्ताव स्वीकृत गरेको छ । अमेरिकी इतिहासमा यो सबैभन्दा ठूलो राहत प्याकेज हो ।
अमेरिकामा कोरोना संकटका कारण रेष्टुरेन्ट, बार, सिनेमा, होटल र जिम बन्द गरिएका छन् । कार कम्पनीहरुले उत्पादन रोकका छन् र हवाई सेवा सीमित गरिएको छ ।
अवस्था बिग्रिंदै
यसै वर्ष फेब्रुअरी ४ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनमा भनेका थिए, “जागिरको संख्यामा बृद्धि भइरहेको छ, गरिबी कम भइरहेको छ र अपराध दर घटदै गइरहेको छ । मानिसहरुमा आत्मविश्वास जागेको छ र देश समृद्धितर्फ अघि बढिरहेको छ ।”
अमेरिकाको २१.४४ ट्रिलियनको अर्थव्यवस्थालाई लिएर निकै उत्साहित देखिन्थे । यदि यसलाई चीनको १४.४ ट्रिलियनको जिडिपी, भारतको २.८ ट्रिलियनको जिडिपी र पाकिस्तानको ३२० अबर जिडिपीको सन्दर्भममा हेर्यौं भने निश्चिरुपमा यो उत्साह बढाउने देखिन्छ ।
तर त्यतिबेला चीनमा भाइरसबाट मर्नेको संख्या ५ सय सम्म पुगिसकेको थियो र हजारौं मानिस संक्रमणको चपेटामा आएका थिए । अमेरिकामा भने यो संकट त्यो बेलासम्म गम्भीरस्तरमा पुगेको थिएन ।
अमेरिकी शेयर बजार नयाँ उचाईमा पुगेको पनि धेरै भएको थिएन । बेरोजगारी दर ३.६ प्रतिशतसँगै ५० वर्षकै न्यूनतमस्तरमा थियो ।
अमेरिकाले चीनसँग आफ्नो तर्फबाट दुई सय डलरको व्यापार गरेको थियो र बौद्धिक सम्पदा कानुनलाई झन बलियो बनाएको थियो ।
तर यसको डेढ महिनापछि जुन अवस्थ देखिएको छ त्यो बिल्कुलै अलग छ । अमेरिकामा ११०० भन्दा बढीको मृत्यु भएको छ र करिब ८३ हजार बढी संक्रमणको पुष्टि भएको छ । यो संख्या लगातार बढिरहेको छ ।
अर्थव्यवस्था पर्ने असर निकै भयानक
व्यापार, स्कूल, खेलकुदका आयोजना सबै बन्द छन् । आर्थिक गतिविधिमा लगाम लागेको छ । स्टक मार्केटको अवस्था खराब छ । रित्तो सडक, मल, उडान र रेल सबै ठप्प छन् ।
“अर्थव्यवस्था धराशायी भयो या अर्थव्यवस्था फोहोरको रछ्यानमा मिल्कियो” जस्ता कुरा भइरहेका छन् ।
लगानीकर्ता रे डेलियोले सिएनबिसीसँगको एउटा अन्तर्वार्तामा भनेका छन, “जे भइरहेको छ, त्यो हाम्रो जीवनमा कहिल्यै पनि भएन । यो संकटको समय हो ।”
रे डेलियोको आँकलन अनुसार कोरोना भाइरसको कारण अमेरिकालाई करिब चार ट्रिलियन डलरको नोक्सानी हुने आशंका छ र धेरै मानिस बर्बाद हुनेवाला छन् ।
जब वेभसाइट बिल्डरको २०१७ को सर्भे अनुसार ७८ प्रतिशत अमेरिकी कामदार आफ्नो आवश्यकताका लागि हरेक महिना पाइने पेचेकमा निर्भर रहन्छन् । चारजनामा एकजना हरेक महिना कुनै पनि किसिमको बचत गर्दैनन् ।
यो सर्भे अनुसार, हरेक चारजनामा तीनजना कामदार कर्जामा डुबेका छन् र आधा भन्दा बढी दैनिक ज्यालादारी मजदूर आफ्नो आवश्यकता पुरा गर्न एकभन्दा बढी काम गर्दछन् ।
तर यदि हामी केही ठूला बैंक र संस्थानको कुरा मान्ने हो भने आउने दिनमा अर्थव्यवस्थामा पर्ने सम्भावित असर निकै भयानक छ ।
डुब्दै छ अर्थव्यवस्था
गोल्डमेन सेक्सका अर्थशास्त्रीहरुले मन्दीको अनुमान लगाएका छन् । पहिलो त्रैमासिको जिडिपीमा ६ प्रतिशतको ह्राससँगै दोश्रो त्रैमासिकमा २४ प्रतिशको ह्रास हुने अनुमान छ ।
यी तथ्य अचम्भित पार्ने किसिमका छन् ।
बैंकिङ सेक्टरको एउटा ठूलो कम्पनी जेपी मोर्गनले आफ्नो एउटा विश्लेषणमा भनेका छन्, “पहिलो त्रैमासिकमा चार प्रतिशतपछि दोश्रो त्रैमासिकमा अमेरिकी अर्थव्यवस्थामा १४ प्रतिशतको ह््रास हुने अनुमान छ । तेश्रो त्रैमासिकमा पुग्दा भने ८ र चौथोमा ४ प्रतिशतको भर्पाइ गर्न सफलता पाइने छ । ”
जेपी मोर्गनका मुख्य अर्थशास्त्री माइकल फेरोलीको आँकलन अनुसार, आउने हप्तामा नौकरी जाने मानिसको शुरुआती संख्या ४ लाख नाघ्ने देखिन्छ ।
बैंक अफ अमेरिकाका अर्थशास्त्री मिलेल मेयरले लेखेका छन, “हामी आधिकारिकरुपमा यो हाम्रो अर्थव्यवस्था मन्दीको युगमा गएको घोषणा गर्दछौं र हामी बाँकी संसारसँग त्यही लाइनमा उभिएका छौं । हामी गहिरो संकटमा गइसकेका छौं ।”
उनले अगाडि लेखेका छन, “नौकरी रहनेछैन, मानिससँग पैसा हुने छैन र निराशाको स्थिति देखा पर्नेछ ।”
बैंक अफ अमेरिकाको अनुमान अनुसार दोश्रो त्रैमासिकमा १२ प्रतिशतको ह्राससँगै अर्थव्यवस्था डुब्ने भएको छ । वर्षमा जिडिपीमा ०.८ प्रतिशत ह््रास हुनेवाला छ ।
यद्यपी अर्थशास्त्रीहरु यो मुश्किल समयपछि अर्थव्यवस्था सम्हालिने आशा पनि गर्दैछन् । तर हरेक चोटी बदलिंदै गइरहेको अवस्थाबीच यसमा केही कुरा पनि निश्चितरुपमा भन्न सकिन्न । कसैलाई पनि यो समय कति लामो जाने हो थाहा छैन ।
स्विट्जरल्याण्डका निवेशक कम्पनी यूबिएसका अनुसार दोश्रो त्रैमासिकमा अमेरिकी अर्थव्यवस्थामा ठूलो नोक्सानी देखिने छ । पहिलो आध वर्ष गहिरो मन्दी छाउने छ ।
स्पष्ट छ, अर्थव्यवस्थामा आउने ह्रासको सोझो असर नौकरीमा पर्ने छ । बैंक अफ अमेरिकाको अनुमान अनुसार बेरोजगारी दर दोब्बर हुने छ र हरेक महिना दस लाखले जागिर गुमाउनेछन् । यसरी हेर्दा दोश्रो त्रैमासिकसम्म ३५ लाख जागिर जाने देखिन्छ । यसैगरी एनालिसिस कम्पनी अक्सफोर्ड इकोनोम्किसले यत्राहरु रद्द हुने कारणले मात्रै ४६ लाख जनाको जागिर गुम्नेछ ।
रिपोर्ट अनुसार, यात्राहरुमा हुने ३५५ अरब डलरको खर्च यो वर्ष यात्रा रद्द भएको कारण हुने छैन । परिणामस्वरुप अमेरिकी अर्थव्यवस्थामा यसबाट ८०९ डलरको घाटा हुने छ । यो नोक्सानी ९÷११ को घटनापछि यही क्षेत्रमा भएको नोक्सानीको ६ गुणा बढी हो ।
रिपोटमा अगाडि भनिएको छ, यात्राहरुमा हुने नोक्सानीको आधारमा मात्रै पनि अमेरिका मन्दीको युगमा जाने कुरा हामी भन्न सक्छौं ।
लेबर यूनियन युनाइट हेयरले तीन लाख सदस्यमा ८० देखि ९० प्रतिशत सदस्य कोरोनाका कारण लगाइएको प्रतिबन्धका कारण अनिश्चित समयका लागि बेकार भएका छन् ।
अमेरिकी इतिहासको सबैभन्दा ठूलो राहत प्याकेज
एयरलाइन्स उद्योगसँग जोडिएको ट्रेड संगठन एयरलाइन्स फोर अमेरिका ले दुबै पार्टीलाई लेखेको पत्रमा संसदमा वित्तिय प्याकेज तयार गर्न माग गरेको छ । जसबाट साढे सात लाख नौकरी जोगाउन सकियोस
तर जुन कुरा स्पष्ट देखिएको छ त्यो के छ भने यो वर्तमान संकटमा सबैभन्दा बढी प्रभावित हुने चाहिँ गरिब, कम आम्दानी भएका र घरबारविहिन नै रहनेछन् । यो त्यो समुदाय हो, जसको न कुनै बीमा छ, न कुनै प्रकारको विदा हुन्छ । राम्रो चिकित्सा सेवा पनि यिनीहरुको पहुँचबाट टाढा छ ।
२०१८ को एउटा आँकलन अनुसार करिब पौने तीन करोड मानिससँग अमेरिकामा कुनै स्वास्थ्य बीमा छैन । यो सिंगो जनसंख्याको ८ प्रतिशत हो ।
यो परिस्थितिमा नस्ल, लिंग र आप्रवासका आधारमा असुरक्षाको भावना झनै बढने गर्दछ । ह्यूमन राइट वाचको रिपोर्टमा उल्लेख छ, “अमेरिकामा गरिबी रेखामुनि रहेका चार करोड साठी ला मानिससँग आम्दानी नहुने स्थितिमा गुजारा चलाउन सक्ने बचत छैन । यसका साथै खानपीनका कुरा जम्मा गर्न पनि आर्थिक दबाब पर्ने भएको छ ।
बिबिसीमा प्रकाशित सामग्री अनुवाद गरिएको ।
चीनद्वारा दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय
काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ । सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेई फेङ्हे र सन् २०२३ मा केही महिना मात्र उक्त पद सम्हालेका उनका उत्तराधिकारी ली शाङ्फुलाई बिहीबार घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । लीमाथि घुस दिएको अभियोग पनि प्रमाणित भएको बताइएको छ । दुवैलाई दुई वर्षको ‘रिप्रिभ’ अर्थात् निलम्बनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । साथै, उनीहरूलाई ‘प्यारोल’को सुविधा नदिइने अदालतले जनाएको छ । चीनमा यस्तो सजाय प्रायः दुई वर्षपछि स्वतः आजीवन कारावासमा परिणत हुने प्रचलन रहेको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार, दुवैको राजनीतिक अधिकार आजीवनका लागि खोसिएको छ भने उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट मानिएका ली शाङ्फु मन्त्री नियुक्त भएकै वर्ष अर्थात् सन् २०२३ मा अन्य धेरै उच्च सैन्य अधिकारीहरूसँगै सार्वजनिक जीवनबाट अचानक गायब भएका थिए । सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि सुरु गरिएको भ्रष्टाचारविरुद्धको शुद्धीकरण अभियानअन्तर्गत हालसम्म लाखौँ अधिकारीहरू कारबाहीमा परिसकेको बताइएको छ । विभिन्न रिपोर्टअनुसार केही उच्च पदस्थ अधिकारीहरूको हिरासतकै क्रममा मृत्यु समेत भएको छ ।
इरानी कार्गो जहाज अमेरिकाले कब्जा गरेपछि चीनको विराेध
काठमाडौं । अमेरिकी सेनाले इरानी झण्डावाला कार्गो जहाजलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गरे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको बताएका छन् । सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सुचारु गर्न आवश्यक वातावरण बनाउनुपर्ने चीनले बताएको छ । साथै सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ । “अहिले शान्तिको अवसर खुलेको छ, त्यसैले युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गरिनुपर्छ,” प्रवक्ता गुओले भने । अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले उक्त इरानी कार्गो जहाजमाथि गोलीबारी गरी नियन्त्रणमा लिएको बताएको थियो ।
अण्डमान सागरमा डुंगा दुर्घटना : २५० रोहिङ्ग्या र बंगलादेशी बेपत्ता
एजेन्सी । बंगलादेशबाट मलेशिया जाँदै गरेको एक डुंगा हिन्द महासागरको पूर्वी भागमा पर्ने अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा परेका उनीहरू रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन् । बीबीसीका अनुसार माछा मार्ने प्रयोजनले प्रयोग गरिने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिस सवार भएका कारण डुंगा डुबेको जनाइएको छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार अप्रिल ९ मा आफ्नो एक जहाजले दुर्घटनामा परेका ९ जनाको उद्दार गरेको थियो । डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन । रोहिङ्ग्या म्यानमारको मुसलमान अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक अभियानपछि ठूलो सङ्ख्यामा रोहिङ्ग्या बंगलादेशमा शरण लिएका थिए । बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्यालाई नागरिकता दिइँदैन । बंगलादेशमा कठिन अवस्था भएका कारण धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेशिया पुग्ने गरेका छन् । बंगलादेश कोस्ट गार्डले उद्दार गरेका मध्येका एक ४० वर्षीय रफिकुल इस्लामले उद्दार हुनुअघि आफू ३६ घण्टासम्म समुद्रमा तैरिनुपरेको बताएका छन् । मलेशियामा काम पाइने आशामा आफू यो जोखिमपूर्ण यात्रामा निस्किएको उनको भनाइ छ ।
ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्य गर्नका लागि यसै हप्ता वार्ता पुनः सुरु हुने सङ्केत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन् । गत शनिबार इस्लामावादमा भएको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो । ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनभित्र केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यसतर्फ बढी छ ।” उनको यो अभिव्यक्ति यस्तो बेला आएको हो जब अमेरिकी सेनाले होर्मुज जलसन्धिमा नाकाबन्दी लागू गरेको पहिलो २४ घण्टाभित्र त्यहाँबाट कुनै पनि जहाज नगएको दाबी गरेको छ । यस गतिरोधले दुई हप्ते युद्धविराम सम्झौता सकिन लाग्दा थप प्रश्न उठाएको छ । इरानतर्फबाट ट्रम्पको भनाइमा अझै कुनै प्रतिक्रिया आएको छैन । तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘धेरै सम्भावना’ रहेको बताएका छन् । तेल बजारमा राहत खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि अमेरिका र इरानका टोलीहरू यसै सप्ताहान्तमा पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि कुनै मिति तय भइसकेको छैन । यो जानकारी रोयटर्स समाचार एजेन्सीले दिएको हो । दुवै पक्षबीच वार्ताको सम्भावना बढेपछि तेल बजारलाई केही राहत मिलेको छ । मङ्गलबार तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा तल झरेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हवाई आक्रमणपछि इरानले विश्वका लागि अत्यन्त महत्त्वपूर्ण तेल तथा ग्यास परिवहन मार्ग होर्मुज जलसन्धिलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । अहिले एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा बाहिरिने जुनसुकै देशका जहाजहरूमाथि नाकाबन्दी लागू गरिरहेका छन् । यसले इरानको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । के नाकाबन्दी प्रभावकारी छ ? यो कदमको मुख्य उद्देश्य इरानमाथि दबाब बढाउनु हो । इरानको आम्दानीका दुई मुख्य स्रोत— तेलबाट हुने आम्दानी र होर्मुज जलसन्धिबाट उठाइने टोल— लाई निशाना बनाइएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा ६ वटा व्यापारिक जहाजले अमेरिकी निर्देशन पालना गर्दै इरानी बन्दरगाहतर्फ फर्किएको दाबी गरेको छ । तर बीबीसी भेरिफाईको जहाज ट्र्याकिङ डेटाको विश्लेषणअनुसार नाकाबन्दी भए पनि इरानसँग सम्बन्धित कम्तीमा चारवटा मालवाहक जहाज होर्मुज जलसन्धि पार गरेका छन् । तीमध्ये दुईवटा जहाज पहिले नै इरानी बन्दरगाहमा थिए । गत शनिबार र आइतबार इस्लामावादमा भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेन । अमेरिकाको भनाइअनुसार इरानले उसका सर्तहरू स्वीकार गरेन । इरानको आणविक महत्त्वाकांक्षा नै मुख्य अवरोध बनेको थियो । एक अमेरिकी अधिकारीले बीबीसीको साझेदार सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा निलम्बन गर्न आग्रह गरेको छ । तर इरानले भने ५ वर्षसम्म मात्र रोक्ने प्रस्ताव गरेको छ । आर्थिक मन्दीको खतरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस युद्धले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीसँग भनेका छन्, “विश्वभर लामो समयसम्म शान्ति र सुरक्षा कायम राख्ने सर्तमा थोरै आर्थिक पीडा स्वीकार्य छ ।” मङ्गलबार चीनले भने यस नाकाबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै तनाव अझ बढाउने चेतावनी दिएको छ । चीनको भनाइ छ— पहिलेदेखि नै कमजोर रहेको युद्धविराम सम्झौता होर्मुजको नाकाबन्दीले थप कमजोर हुनेछ । यसैबीच, इजरायल र लेबनानले मङ्गलबार वासिङ्टनमा भएको वार्तापछि सिधा वार्ता सुरु गर्न सहमति जनाएका छन् । इरान समर्थित हिज्बुल्लाहलाई निशाना बनाएर इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि यो पहल भएको हो । यो बैठक सन् १९९३ पछि दुवै देशबीच भएको पहिलो सिधा वार्ता थियो । लेबनानी राजदूतले यसलाई ‘सकारात्मक’ भनेका छन् भने इजरायली राजदूतले यसले ‘शान्तिको नयाँ युग’ को बाटो खोल्न सक्ने बताएका छन् । एक अमेरिकी अधिकारीले जोड दिँदै भनेका छन्— इस्लामावादमा भएको अमेरिका–इरान वार्ता र वासिङ्टनमा भएको इजरायल–लेबनान वार्ताबीच कुनै सम्बन्ध छैन ।

