असन बजारमा भाइटिकाको लागि बिक्रीमा राखिएको मसला

असन बजारमा भाइटिकाको लागि बिक्रीमा राखिएको मसला

नेपालीको महान चाड तिहारको लागि असन बजारमा विभिन्न थरिका भाइ मसालाहरु बेच्न राखिसकेका छन् । गतवर्षको तुलनामा यो वर्ष भाई मसालाको मूल्य निकै महँगो रहेको उपभोक्ताले जनाएको छ ।

तस्वीरः रासस

माओवादी केन्द्रीय समिति बैठक, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ।बैठक भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आजदेखि सुरु भएको हो। बैठकमा ४ सय ९ केन्द्रीय सदस्यसहित ८ सय जनाभन्दा बढीको उपस्थिति रहने माओवादी केन्द्रले जनाएको छ। केन्द्रीय समिति बैठक आज र भोलि दुई दिनसम्म माओवादीको तयारी छ । बैठकले जागर अभियानको समिक्षा गर्नुका साथै विधान अधिवेशनमा पेश गरिने मस्यौदा विधानलाई केन्द्रीय समितिबाट अनुमोदन गराउने तयारी माओवादीको छ । माओवादीको हाल केन्द्रीय समितिमा ४ सय ९ जना सदस्य छन् भने वैकल्पिक सदस्यको संख्या १ सय ९० छ। बैठकमा प्रदेशका पदाधिकारीलाई समेत सहभागी गराउने निर्णय भएको छ। सबै प्रदेशका कूल पदाधिकारी ९४ छन्। माओवादी केन्द्रले १० प्रदेशको अभ्यास गरिरहेको छ। यसैगरी माओवादी केन्द्रको केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखा परीक्षण समिति र केन्द्रीय निर्वाचन समिति गरी तीनवटा आयोग छन्। यी आयोगमा ७५ सदस्य छन्। सबैलाई समेट्दा झण्डै ८ सय जना बैठकमा सहभागी हुने अनुमान छ। बैठकमा विधान सम्मेलनका लागि विधानबारे केन्द्रीय सदस्यहरुले सुझाव राख्ने छन्। यसअघि गत साउन १७ देखि २१ गतेसम्म काठमाडौँकै प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसेको थियो। प्रचण्ड अध्यक्ष निर्वाचित भएपछि पार्टीको पाँचौँ केन्द्रीय समिति बैठक राखिएको हो।

प्रधानमन्त्रीको निर्देशन-‘प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंगाउनुस्’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा सरोकारवाला पक्षहरुको छलफल गराएर प्रधानमन्त्रीले उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित रहेका थिए । प्रहरी समायोजनबारे बुधबार बिहान बालुवाटारमा सरोकारवाला पक्षहसँग प्रधानमन्त्रीको छलफल बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिए । बैठकमा प्रधानमन्त्रीले भने, ‘‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ। यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंगाउनुस्। प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंगाउन निर्देशन दिएका छन् ।

‘ओलीले धोका दिए’ : गम्भीर मुद्रामा विप्लव र महन्थ ठाकुर

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता सम्पन्न भएको छ । पछिल्ला दिनहरुमा सबै राजनीतिक दलका नेताहरुलाई भेटिरहेका विप्लवले आज ठाकुलाई भेटेका हुन । उनीहरुबीच भेटवार्ता भएको तस्वीर हेर्दा दुबै नेता गम्भीर मुद्रामा देखिएका छन् । केहीले सामाजिक सञ्जालमा लेखेका छन– ओलीले दुबैलाई ठगेको कुरा चल्दाको गम्भीरता । ओली सरकारले विप्लवसँग ३ बुँदे सहमति गरेको थियो । तर सहमति कार्यान्वयन नभएको भन्दै विप्लवले अहिले सत्तारुढ गठन्धनका नेतासँग छलफल अघि बढाएका छन् । यसैगरी ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई समेत बिभिन्न आश्वासन दिएर आफ्नो पक्षमा पार्न सफल भएको थियो । ठाकुर पक्ष ओलीलाई समर्थन गर्न पुगेपछि जसपा विभाजनको चरणमा पुगेको छ । आज विप्लवलले नेता खड्गबहादुर विश्वकर्मालाई सँगै लिए ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए ।  

स्वाब परीक्षण गराउँदै पूर्वसभामुख महरा

संघीय संसद् भवन नयाँ बानेश्वरमा पूर्वसभामुख कृष्णबहादुर महराले शुुक्रबार कोरोना भाइरस (कोभिड–१९) कोे स्वाब परीक्षण गराउँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

लोकप्रिय