सन्दर्भ :आज विश्व शिक्षक दिवस
काठमाडौ, असोज १९ । आज विश्व शिक्षक दिवस, नेपालमा पनि मनाईंदैछ ।
संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संघ युनेस्कोको आह्वानमा हरेकवर्ष अक्टोवर ५ मा यो दिवस मनाइन्छ । नेपालका शिक्षकहरुले आफ्नाे हकअधिकारको पक्षमा आवाज उठाउँदै यो दिवस मनाउने गर्छन् ।
स्थायी बाहेकका अरु धेरै शिक्षकले अझै पनि न्यूनतम तलब पाउन नसकेको शिक्षक संघ, संगठनको भनाई छ ।
सार्क शिक्षक महासंघका उपाध्यक्ष बाबुराम अधिकारीका अनुसार देशभर झण्डै साढे तीन लाख शिक्षक कार्यरत छन् । तीमध्ये एकलाख ४७ हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् ।
एउटा महान शिक्षकको आफ्ना विधार्थीहरुको जिवनमा सकारात्मक प्रभाव र गरेको सही दिशानिर्देश मापन गर्न सकिन्न, उनीहरुले प्रज्जवलन गरेका उत्सुक्ता कतै गणीतका साध्य वनेर रहन्छन् भने कतै विज्ञानका सिद्धान्तहरु भने कतै कला र साहित्यकारुपमा विधार्थीको विचार अनि जिवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट वनाइरहेको हुन्छ । हरेक वर्षको अक्टोवर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन शुरु गरिएको हो ।
विधालयमा पहिलो घन्टीमै हाजीरकापी लिएर रोलनंवरका आधारमा हाजीर लिने शिक्षकहरुको आवाजपछी आफ्नो रोलनंवर पश्चात यस सर मिस या म्याडम हामीसबैले भनेकै छौँ । कोही एकजना साथी या रोलनंवर गयल भएमा शिक्षकहरुले कारण खोतलेर, के भयो ? किन आएन ? भन्ने चिन्ता र आत्मियता विधार्थी प्रति देखाउनेगर्दछन र समस्यामा परेका विधार्थीहरुप्रति सदाशयताकासाथ चासो ब्यक्त गर्दछन । स्कूले जिवनका अनि विधार्थीपलका फोटाहरु छन भने नियालेर हेर्नुहोस, ति शिक्षकका अनुहारहरु र तिन्को तपाइको भविष्य प्रतिको चिन्ता संझना गर्नुहोस, संभव भएसम्म उनिहरुलाई भेटेर आफूले उनिहरुले सिकाएको शिक्षाको आधारमा गरेको प्रगतीका कथाहरु सुनाउनुहोस, उनिहरु तपाईको प्रगतीकालागी मुक्तकन्ठले खुशी भइदिन्छन । ती कापीका पानाहरु, जस्मा तपाइले गरेका गल्तीहरु उनिहरुको कलमको मसीले सच्याइएका छन्, ति परीक्षाका पानाहरु जस्मा तपाइले लेखेका उक्तरका आधारमा तपाइलाई अकं दिइएको छ । हेडसर देखि नेपाली, गणीत, विज्ञान, सामाजिक शिक्षा, जनसंख्या लगायत सम्पूर्ण विषयका विषयगत ज्ञानहरु शिक्षकहरुको सहजिकरण र निर्देशन विना कहाँ संभव थियो र ?
आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरिय शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई स्थानिय एवं अन्तर्राष्ट्रिय जगतका विभिन्न क्षेत्रमा योगदान पूर्याउन मद्धत गर्ने शिक्षकहरुको सझंना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन र उक्त वालवालिकालाई जिवन जिउने सीप र ज्ञान भने शिक्षकलेनै दिन्छन । आजको दिन हामीसबैले जिवनमा केही कदम पछाडी गएर ती शिक्षकहरुलाई संझनागर्न जरुरी छ जस्ले हामीलाई कालोपाटीमा चक र डस्टरसँग पौठेजोरी खेल्दै वर्णमाला सिकाए, क वाट कछुवा देखि ज्ञ वाट ज्ञानीसम्म सिकाए, ए फर एप्पल वाट जेड फर जेब्रासम्म सिकाए । त्यस्पश्चात हामीले विधालय अनि विश्वविधालयमा अन्यधेरै शिक्षक र शिक्षिकाहरु सँग शिक्षा लिएका छौँ, आज ति शिक्षक अनि शिक्षिकाहरुलाई संझना गर्न जरुरी छ ।
कोही शिक्षक शिक्षिकाहरुले गृहकार्य नगरेको भएर हामीलाई लठ्ठीले पिट्नुभएको पनी हुनसक्छ, कक्षाकोठामा अनावश्यक वोलेको या झगडा गरेकोमा हामीलाई सजाय दिएको पनि हुनसक्छ, क्लास बंक गरेर कक्षाकोठामा गयल भएकोमा हामीले वहाँहरुवाट सजाय पाएको पनि हुनसक्छ तर त्यतीवेलाका सजाय अहिले आएर सुमधुर अनि मिठो याद भइसकेको छ, वहाँहरुले जे गर्नुभयो सबै हाम्रा लागीनै गर्नुभएको हो ।
कहिले नाटक गरेर त कहिले चित्र वनाएर हामीलाई पढाउनुभयो र आज हामी जे छौँ त्यस्मा वहाहरुको अतुलनीय देन छ । वर्णमालानै उक्काउन नजान्ने एउटा वालक विधालय छिर्छ र विस्तारै वर्णमाला उक्काउदै, वाह्रखरि सिक्दै विस्तारै उ कुनै विश्वविधालयवाट एउटा शिक्षित वयस्क नागरीक भएर निस्कन्छ, शिक्षकहरु विना यो मानव रुपान्तरण संभव छैन । राष्ट्रको भावीपुस्ताहरुको वैचारीक शिल्पको शिल्पकार नितान्तरुपमा शिक्षकहरुनै हुन, आफ्नो ज्ञान, सिपको माध्यमले तठस्त र स्वतन्त्ररुपमा आफ्ना विधार्थीहरुलाई ज्ञान दिने दायित्व वोकेका शिक्षकहरुलेनै हामीलाई समाजको पहिलो प्रतिविम्ब र परिवेशसँग साक्षात्कार गराएका हुन । शिक्षकहरुवाट हामीले धेरै कुराहरु पाएका छौ, हामीलाई चाहिएको वेलामा वहाँहरुले हाम्रो आत्मविश्वाशलाई वृद्धी गरिदिनुभएको छ, समस्या परेको वेलामा अतिरिक्त सहयोग पाएका छौ, अनुशासन को अभ्यासहरु अनि चाहिएको वेलामा एउटा सहयोगी उपस्थिती तिनै शिक्षकरुकै रहेको हुन्छ ।
फलामलाई तताएर अनि त्यस्लाई तातो छदैँ अर्को फलामले हानेर शिल्पकारले फलामलाई आकार दिन्छ, किसानले पनि सँधै वालीनालीलाई एकैप्रकृतीले लगाउने, रोप्ने, गोड्ने गर्छ तर शिक्षकले एउटै पाठ र अभ्यास सिकाउन फरक फरक विधार्थीलाई फरक फरक तरिकाले सिकाउन पर्दछ, हामीसबैको कुनैपनि कुरा बुझ्ने आआफ्नै तरिका छ र शिक्षकले त्यहीअनुसार हामीलाई सिकाएका हुन । हामीमध्य कतिपय विधार्थी हौँ या शिक्षकनै हौँ, एउटा असल विधार्थी र असल शिक्षक हुने प्रेरणा हामीवाट नहटोस, रहिरहोस । -हाम्राे पात्राेबाट
नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।
यस वर्षको एसइई चैत पहिलो सातादेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ । सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

