आठौँ राष्ट्रिय खेलकुदः कर्णालीविरुद्ध एपिएफको २३ गोल
कपिलवस्तु, बैशाख ०५ । आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत कपिलवस्तुको बुद्धरंगशालामा जारी महिला राष्ट्रिय फुटवलमा एपिएफले दोस्रो खेलमा पनि फराकिलो अन्तर्गतको जित हासिल गरेको छ। बिहीबार अपरान्ह भएको खेलमा प्रतियोगिताकै सशक्त मानिएको सशस्त्र प्रहरी बलको एफिएफले कर्णाली प्रदेशको पोष्टमा २३ गोलको वर्षा नै गरेको हो।
एपिएफलाई जिताउन २ जना खेलाडीले डबल ह्याट्रिक गरेका छन्। त्यसमध्ये दर्शकको आकर्षण बनेकी जर्सी नम्बर ९ की खेलाडी सावित्रा भण्डारी (साम्बा) ले ७ गोल गरिन् भने जर्सी नम्बर १० की अनु लामाले ६ गोल गरिन्। खेल सुरु भएको तेस्रो मिनेटमा जर्सी नम्बर १६ की मञ्जु डोङबाट खाता खोलेको एपिएफले अन्तिमसम्म आइपुग्दा थप २३ गोल गर्न पुग्यो।
त्यसपछि खेलको सातौँ, आठौँ र नवौँ मिनेटमा अनिता बस्नेत, सावित्रा भण्डारी र रेनुका नगरकोटीले क्रमशः एकरएक गोल गरे। एकपटक पनि विपक्षीको पोष्टमा सशक्त प्रहार गर्न नपाएको कर्णालीको पोष्टमा एफिएफको गोल गर्ने क्रम रोकिएन। त्यसपछि फेरि पन्ध्रौँ र अठारौँ मिनेटमा पुनः भण्डारी, जर्सी नम्बर ७ की रेनुका नगरकोटीले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए। खेलमा ६ गोल गरेर म्यान अफ दि म्याच बनेकी जर्सी नम्बर १० की अनु लामाले २३ औँ मिनेटमा गोल गरी आफ्नो गोलको खाता खोलिन्।
यस्तै अनिता केसीले ४१ औँ र ४२ औँ मिनेटमा २ गोल गरिन्। यतिखेर सम्म ७ गोल भइसकेको थियो। त्यसपछि पहिलो हाफको लागि बचेको १८ औँ मिनेटसम्म एपिएफले थप ६ गोल गरी गोल संख्या १३ पुग्यो। त्यसपछिको ४५ मिनेटमा थप १० गोल गरी स्पष्ट २३ शुन्यको जित निकाल्दै एफिएफले आफूलाई उपाधि दाबेदारको प्रमुख टोलीको रुपमा सावित गरेको छ। दोस्रे हाफ सुरु भएको ३ मिनेटमै एफिएफले २ गोल गर्यो। एपिएफकी अनु लामाले एक्लै पाँच गोल गर्न सफल भइन्। उनले ५१ औँ, ५७ औँ, ६२ औँ, ६७ औँ र ७४ औँ मिनेटमा गोल गरी डवल ह्याट्रिक पूरा गरेकी हुन्। यस्तै ४६ औँ मिनेटमा सावित्रा भण्डारी गोल गरिन भने ४८ औं मिनेटमा मञ्जु डोङले दोस्रो गोल गरिन्। लगातार कर्णालीको पोष्टमा गोलको वर्षा भइरहेको अवस्थामा सावित्रा भण्डारी फेरि चम्किन्। उनले पुनः ८० औँ ८२ औँ मिनेटमा गोल गरी डवल ह्याट्रिक पूरा गरिन्। खेल मैदानमा जर्सी नम्बर र ९ की भण्डारी, १० कि लामा, ११ की बस्नेत र १४ की केसीले सबै दर्शकलाई आकर्षित गरेका थिए।
यस्तै बिहीबार विहान भएको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को फराकिलो अन्तरको जित हासिल गरेको थियो। प्रतियोगिताअन्तर्गत शुक्रबार प्रदेश नम्बर १ काबिरुद्ध त्रिभुवन आर्मी क्लबबीच बिहान खेल हुनेछ भने अपरान्ह गण्डकी प्रदेशबिरुद्ध सशस्त्र प्रहरीको एपिएफबीच खेल हुने छ।
मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि प्रभावित
काठमाडाैं । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि नराम्ररी प्रभावित भएका छन् । क्षेत्रीय अस्थिरता, सुरक्षाको चिन्ता र हवाई क्षेत्र बन्द हुँदा दर्जनौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरू स्थगित, रद्द वा अन्योलमा परेका छन् । विशेषगरी फुटबल क्षेत्रमा यसको प्रभाव उल्लेख्य देखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो क्यालेन्डरअन्तर्गत पश्चिम क्षेत्रका सबै खेलहरू तत्कालका लागि स्थगित गरेको छ । यसमा एएफसी च्याम्पियन्स लिग एलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग जस्ता प्रतियोगिता समावेश छन् । साउदी अरब, कतार, यूएई, इरान र कुवेतका क्लबहरू सहभागी हुने खेलहरू रोकिनुका साथै क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर जस्ता चर्चित टोलीहरू पनि प्रभावित भएका छन् । इरानको घरेलु ‘पर्सियन गल्फ प्रो लिग’ अनिश्चितकालका लागि निलम्बन गरिएको छ भने विदेशी खेलाडीहरू धमाधम देश छोडिरहेका छन् । दक्षिण कोरियाली डिफेन्डर ली की–जे तेहरानस्थित आफ्नै दूतावासमा शरण लिएर स्वदेश फर्कन सफल भएका छन् । युद्धको प्रभाव फुटबलमा मात्र सीमित छैन । कतारमा मार्च २७ मा हुने तय भएको स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतिक्षित ‘फाइनलिसिमा’ खेल पनि अन्योलमा परेको छ । कतार फुटबल एसोसिएसनले घरेलु खेलहरू स्थगित गरेपछि उक्त खेल हुने सम्भावना कमजोर बनेको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा हुने फुजैराह ओपन टेनिस प्रतियोगिता पनि सुरक्षाका कारण रद्द गरिएको छ । खेल तालिका अस्तव्यस्त बनेपछि विभिन्न खेल संघहरू अहिले प्रतियोगिता सञ्चालनभन्दा पनि खेलाडीहरूको सुरक्षा र उद्धारमा केन्द्रित भएका छन् ।
स्कटल्यान्डमाथि ऐतिहासिक जितपछि नेपाली टिमलाई प्रचण्डको बधाई
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप अन्तर्गत स्कटल्यान्डमाथि हासिल गरेको शानदार जितका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। दोस्रो चरणमा पुग्ने सपना अधुरै रहे पनि स्कटल्यान्डविरुद्धको प्रभावशाली जितले सम्पूर्ण नेपालीलाई गर्वान्वित बनाएको उहाँको भनाइ छ। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। “नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। दोस्रो चरणको सपना अधुरै रहे पनि, स्कटल्यान्डमाथि हासिल यो शानदार जितले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन सफल रहनुहोस्। सिंगो नेपाल तपाईंहरूको साथमा छ।” उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको आत्मविश्वास र संघर्षशील भावनाले विश्वसामु नेपालको पहिचान थप मजबुत बनाएको उल्लेख गर्नुभयो। स्कटल्यान्डमाथिको जितसँगै नेपाली टोलीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यस जितले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटप्रति थप आशा र विश्वास जगाएको छ।
टी–२० विश्वकप: दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा १२ वर्षपछि नेपालको जित
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि जित निकाल्दै स्कटल्यान्डलाई सात विकेटले हराएको छ। भारतको वान्खेंडे रंगशालामा भएको खेलमा १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा चार चौका र तीन छक्कासहित अविजित ५० रन बनाए। यो विश्वकपमा नेपालबाट सबैभन्दा छिटो बनेको अर्धशतक हो। उनी विश्वकप इतिहासमा दुई अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटरसमेत बने। यसअघि कुशल भुर्तेल (४३) र आसिफ सेख (३३) ले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। गुल्सन झाले अविजित २४ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा १७०/७ बनायो। माइकल जोन्सले ७१ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। जितसँगै नेपालले दुई अंकसहित प्रतियोगिता टुंग्यायो। नेपाल र स्कटल्यान्ड दुवै समूह चरणबाट बाहिरिएका छन्।
नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा हुने
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए । दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्ड लगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।

