इन्डोनेसियामा बेपत्ता विमानको ‘ब्ल्याक बक्स’ भएको स्थान पत्ता लाग्यो

इन्डोनेसियामा बेपत्ता विमानको ‘ब्ल्याक बक्स’ भएको स्थान पत्ता लाग्यो

जकार्ता । इन्डोनेसियाली अधिकारीहरूले समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लागेको बताएका छन् । यसअघि जलसेनाले उक्त विमान हराएको ठानिएको स्थान पत्ता लगाएको जनाएको थियो ।

श्रीविजय एयरजेटको बोइङ ७३७ विमान शनिबार दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६२ जना थिए । कालिमान्तान प्रान्तस्थित पोन्तियानकका लागि उडेको विमान चार मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित करिब एक दर्जन पानीजहाज परिचालन गरिएको थियो ।

विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन् । उद्धारकर्ता र स्थानीय माझीहरूले श्रीविजय एयरको भनिएको भग्नावशेष सम्हालेर राखेका जनाइएको छ । अधिकारीहरूका अनुसार आइतबार बिहानैबाट खोजी र उद्धारका प्रयास भइरहेका छन् ।

विमानको भग्नावशेषजस्ता देखिने सामग्रीहरू समुद्रमा फेला परेका जनाइएको छ । ‘हामीले दुई ठाउँमा संकेत प्राप्त गरेका छौं । त्यो ब्ल्याक बक्स हुन सक्छ,’ खोजी तथा उद्धार निकाय प्रमुखले भनेका छन् ।

अनुसन्धानकर्ताहरूले एउटा पाङ्ग्रा र विमानको मध्यभागका केही टुक्राहरूको भेटिएको जनाउँदै त्यसको विश्लेषण गरिरहेको बीबीसीले उल्लेख गरेको छ । ‘त्यस्तै उक्त क्षेत्रमा भेटिएका विभिन्न सामग्री राखिएका दुइटा झोला खोज तथा अनुसन्धान निकायले जकार्ता प्रहरीलाई दिएको प्रवक्ता युस्री युनुसले बताए ।

‘एउटा झोलामा यात्रुहरूका सामान र अर्कोमा शरीरका केही अंग छन्,’ उनले भने । श्रीविजया एयरको विमान जकार्ता विमानस्थलबाट शनिबार दिउँसो उडेको ४ मिनेटमै सम्पर्कविहीन भएको थियो । राष्ट्रिय खोजी तथा उद्धार निकायका एक वरिष्ठ अधिकारीका अनुसार विमानले कुनै आपत् परेको सूचित गरेको थियो । प्रत्यक्षदर्शीहरूले सामुद्रिक क्षेत्रमा एक विस्फोट देखिएको र त्यसको केही आवाजसमेत आएको बताएका थिए ।

विमान हराएको क्षेत्रनजिकै बस्ने स्थानीयले केही सामग्री फेला पारेको र त्यो विमानको भएको हुन सक्ने जनाए ।

केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

एजेन्सी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनले जुन १ सम्मको आन्तरिक जमानत प्राप्त गरेका हुन् । यसअघि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका थिए। न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले यस्तो आदेश दिएको हो। केजरीवाललाई जमानत दिने विषयमा ईडीले चर्को विरोध गरेको थियो।  केजरीवाल हाल तिहाड जेलमा रहेका छन् । उनलाई मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । सर्बोच्चको फैसला अनुसार उनले अब चुनावको प्रचार गर्न समेत पाउनेछन् । 

इरानको कब्जामा रहेका पाँच भारतीय नागरिक रिहा

एजेन्सी । इरानको कब्जामा रहेका पाँच भारतीय नागरिक रिहा भएका छन् । इरानले कब्जामा लिएको एमएससी एरीज जहाजमा रहेका पाँच भारतीय नागरिकलाई रिहा गरेको हो ।  भारतीय नागरिकलाई शुक्रबार साँझ इरानबाट भारत पठाउने तयारी छ । इरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएको छ । इरानको नौसेनाले १३ अप्रिलमा भारत आउँदै गरेको एमएससी एरीज मालबाहक जहाज कब्जा गरेको थियो । जहाजमा २५ जना चालक दलका सदस्य रहेका थिए । यसमा १७ भारतीय नागरिक  थिए । इजरायलसँग जारी तनावबिच इरानले यस्तो कदम चालेको हो । यो जहाजका मालिक इजरायली व्यापारी रहेका छन् । जहाजको चालक दलमा एक मात्र महिला क्याडेट एन टेसा जोसेफलाई भने जहाज नियन्त्रणमा लिएको केही दिनपछि नै रिहा गरिएको थियो ।

टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध

काठमाडौं । टर्कीले इजरायलसँगको व्यापार सम्बन्ध तोडेको घोषणा गरेको छ । बीबीसीका अनुसार टर्कीले इजरायलसग सात अर्ब डलरको व्यापार गर्दै आएकोमा अब यसको अन्त्य भएको घोषणा गरेको हो । व्यापार सम्बन्ध तोडेको टर्कीले इजरायलले गाजाको मानवीय सङ्कट अन्त्य गरेपछि मात्र सम्बन्ध स्थापित हुने जनाएको छ । इजरायली विदेशमन्त्री इजराइल कजले टर्कीको आलोचना गर्दै राष्ट्रपति रेसेस तेयिप इर्दोगानलाई तानशाह शासक भनेका छन् । टर्कीका जनता, व्यापारिक समुह तथा अन्तर्राष्ट्रिय व्यापार सम्झौता विरोधमा उर्दोगान गएको काजको आरोप छ । सन् १९४९ मा टर्कीले इजरायललाई देशको मान्यता दिँदा यो त्यस्तो मान्यता दिने प्रथम मुस्लिम बाहुल्य देश रहेको थियो । यसअघि सन् २०१० मा प्यालेस्टाइन पक्षधर अधिकारवादीहरुलाई इजरायली कमान्डोले हत्या गर्दा कूटनीतिक सम्बन्ध ६ वर्षसम्म अन्त्य भएको थियो ।

कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

एजेन्सी । पश्चिमी कम्बोडियाको गोदाममा भएको आगलागीमा कम्तीमा बिस जना सैनिकको मृत्यु भएको छ ।  शृङ्खलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरूको मृत्यु भएको त्यहाँका प्रधानमन्त्री हुन मानेटले बताए ।  काम्पोङ स्पेउ प्रान्तको चबर मोन सहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमाण्ड थियो । काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको बताए । हतियार डिपोमा भएको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन ।

लोकप्रिय