एनआरएनए आइसीसी महिला संयोजक पदमा संगीता मरहट्टाले उम्मेदवारी दिने

एनआरएनए आइसीसी महिला संयोजक पदमा संगीता मरहट्टाले उम्मेदवारी दिने

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको दशौ विश्व सम्मेलनमा युकेबाट संगीता मरहट्टाले महिला संयोजक पदका लागि उम्मेद्वारी दिने भएकी छिन् ।

सन्चारकर्मीका रुपमा समेत परिचित मरहट्टाले २०११(२०१३ कार्यकालको एन आर एन ए युके महिला संयोजक ,२०१३(२०१५ एन आर एन ए युके सचिब ,२०१५(२०१७ आई सि सि सदस्य ,२०१७(२०१९ एन आर एन ए युरोप महिला संयोजक साथै २०१९(२०२१एन आर एन ए को अभियान सगै मानार्थ परिषद सदस्य पदको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् ।

उनले नेपालमा रहदा समेत विभिन्न समाजिक सस्थाहरुमा रहेर महत्त्वपूर्ण भुमिका निभाएका थिईन।

एनआरएनएको संस्थागत विकासका साथै पछिल्लो पुस्तालाई नेपालप्रति समिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताउँदै उनले नेपाल समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रबर्द्धनका लागि नेपाल सरकारसँग समन्वयको प्रतिबद्धता रहेको बताइन ।

मुलुकबाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो हो भन्ने बनाउन आवश्यक रहेकोले यो अभियानलाई सार्थकता दिन सामुहिक नेतृत्व सहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै उनलेसबैको साथ र सहयोग अपिल रहेका छन् ।

केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

एजेन्सी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनले जुन १ सम्मको आन्तरिक जमानत प्राप्त गरेका हुन् । यसअघि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका थिए। न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले यस्तो आदेश दिएको हो। केजरीवाललाई जमानत दिने विषयमा ईडीले चर्को विरोध गरेको थियो।  केजरीवाल हाल तिहाड जेलमा रहेका छन् । उनलाई मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । सर्बोच्चको फैसला अनुसार उनले अब चुनावको प्रचार गर्न समेत पाउनेछन् । 

इरानको कब्जामा रहेका पाँच भारतीय नागरिक रिहा

एजेन्सी । इरानको कब्जामा रहेका पाँच भारतीय नागरिक रिहा भएका छन् । इरानले कब्जामा लिएको एमएससी एरीज जहाजमा रहेका पाँच भारतीय नागरिकलाई रिहा गरेको हो ।  भारतीय नागरिकलाई शुक्रबार साँझ इरानबाट भारत पठाउने तयारी छ । इरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएको छ । इरानको नौसेनाले १३ अप्रिलमा भारत आउँदै गरेको एमएससी एरीज मालबाहक जहाज कब्जा गरेको थियो । जहाजमा २५ जना चालक दलका सदस्य रहेका थिए । यसमा १७ भारतीय नागरिक  थिए । इजरायलसँग जारी तनावबिच इरानले यस्तो कदम चालेको हो । यो जहाजका मालिक इजरायली व्यापारी रहेका छन् । जहाजको चालक दलमा एक मात्र महिला क्याडेट एन टेसा जोसेफलाई भने जहाज नियन्त्रणमा लिएको केही दिनपछि नै रिहा गरिएको थियो ।

टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध

काठमाडौं । टर्कीले इजरायलसँगको व्यापार सम्बन्ध तोडेको घोषणा गरेको छ । बीबीसीका अनुसार टर्कीले इजरायलसग सात अर्ब डलरको व्यापार गर्दै आएकोमा अब यसको अन्त्य भएको घोषणा गरेको हो । व्यापार सम्बन्ध तोडेको टर्कीले इजरायलले गाजाको मानवीय सङ्कट अन्त्य गरेपछि मात्र सम्बन्ध स्थापित हुने जनाएको छ । इजरायली विदेशमन्त्री इजराइल कजले टर्कीको आलोचना गर्दै राष्ट्रपति रेसेस तेयिप इर्दोगानलाई तानशाह शासक भनेका छन् । टर्कीका जनता, व्यापारिक समुह तथा अन्तर्राष्ट्रिय व्यापार सम्झौता विरोधमा उर्दोगान गएको काजको आरोप छ । सन् १९४९ मा टर्कीले इजरायललाई देशको मान्यता दिँदा यो त्यस्तो मान्यता दिने प्रथम मुस्लिम बाहुल्य देश रहेको थियो । यसअघि सन् २०१० मा प्यालेस्टाइन पक्षधर अधिकारवादीहरुलाई इजरायली कमान्डोले हत्या गर्दा कूटनीतिक सम्बन्ध ६ वर्षसम्म अन्त्य भएको थियो ।

कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

एजेन्सी । पश्चिमी कम्बोडियाको गोदाममा भएको आगलागीमा कम्तीमा बिस जना सैनिकको मृत्यु भएको छ ।  शृङ्खलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरूको मृत्यु भएको त्यहाँका प्रधानमन्त्री हुन मानेटले बताए ।  काम्पोङ स्पेउ प्रान्तको चबर मोन सहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमाण्ड थियो । काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको बताए । हतियार डिपोमा भएको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन ।

लोकप्रिय