क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा, इंग्ल्याण्डलाई हराउन जादू देखाउने खेलाडी यी हुन् ?

क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा, इंग्ल्याण्डलाई हराउन जादू देखाउने खेलाडी यी हुन् ?

मस्को, असार २८ । क्रोएसिया पूर्व विश्वकप विजेता इंग्ल्याण्डलाई हराउँदै पहिलो पटक रुसमा जारी विश्वकप फुटबलको फाइलनमा पुगेको छ । गएराती भएको खेलमा इग्ल्याण्डलाई २ १ ले हराउँदै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । क्रोएसियाको जितमा मारियो मान्जुकिचले अतिरिक्त समयमा निर्णायक गोल गरे।

१०९ औं मिनेटमा मान्जुकिचले गरेको गोलमा क्रोएसियाले एेतिहासिक सफलता हात पारेको हो। क्रोएसियाले आईतबार उपाधिका लागि पुर्व विजेता फ्रान्ससँग खेल्ने छ। सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएयता क्रोएसिया यसअघि सेमिफाइनलसम्म पुगेको थियो। क्रोएसिया अन्तिमपटक सन् १९९८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। इङ्ल्यान्डविरुद्ध सुरुवाती अग्रता लिन असफल क्रोएसियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो।


युभेन्ट्सका ३२ वर्षीय स्ट्राइकर मान्जुकिचले इभान पेरिसिचको पासमा गोल गरेका थिए। यसअघि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो। क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। २९ वर्षीय मिडफिल्डर पेरिसिचले लामो क्रसमा आएको बललाई सिक्स यार्ड सर्कलबाट गोलपोष्टको दिशा दिएका थिए।


खेलको सुरुवातमै इङ्ल्यान्डले अग्रता लिएको थियो। पाँचौं मिनेटमा कायरन ट्रिपियरले फ्रिकिक गोल गरे। डिबक्सबाहिरबाट उनले गरेको गोल साइड बार च्यापेर गोल भएको थियो। २७ वर्षीय डिफेन्डर ट्रिपियरको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो।


५२ वर्षपछि विश्वकपको फाइनलमा पुग्ने इङ्ल्यान्डको प्रयास सफल हुन सकेन। इङ्ल्यान्डले सन् १९६६ मा विश्व विजेता बनेयता यो प्रतियोगितामा फेरी फाइनल पुग्न सकेको छैन। इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनल पुगेको थियो। यसअघि मंगलबार राती भएको सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १-० गोलले हराएको थियो।

-एजेन्सी

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय