चर्चित सुपरस्टार शशी कपुरको ७९ वर्षमा निधन

चर्चित सुपरस्टार शशी कपुरको ७९ वर्षमा निधन

मंसिर २० । दिग्गज बलिउड क्षेत्रका चर्चित अभिनेता शशी कपुर लामो समयसम्म बिरामी परिरहेका कारण सोमबार साँझ निधन भएको छ ।

शशी कपुरका अन्तिम संस्कार मुम्बईमा सांता क्रुज पुलिस स्टेशनको नजिक रहेको क्रुज हिन्दू क्रिमेटोरियममा गरेका थिए । पछिल्लो समयमा सुपरस्टार शशी कपुर लामो समयसम्म बिरामी भइरहेको थियो ।

उनले मुम्बईको कोकिलाबेन हस्पिटलमा अन्तिम सास लियो । ७९ वर्षीय शशी आफ्नो करियरमा १६० चलचित्र (१४८ हिन्दी र १२ अंग्रेजी) मा काम गरेका थिए ।

६०–७० दशकमा उनले जब–जब फूल खिले, कन्यादान, शर्मीली, आ गले लग जा, रोटी कपड़ा र मकान, चोर मचाए शोर, दीवार कभी–कभी र फकीरा जस्तो सुपरहिट चलचित्र दिए । शशि कपूरलाई तीन पटक नेशनल अवार्ड पाइसकेको छ ।

१९७९ मा शशीद्वारा निर्मित चलचित्र जुनुनको बेस्ट फिचर चलचित्र अवार्ड पाएका थिए । १९८६ मा चलचित्र नयाँदिल्ली टाइम्सको लागि चर्चित अभिनेताका नेशनल पाए । १९९४ मा चलचित्र ‘मुहाफिज’ को लागि स्पेशल ज्यूरी अवार्ड पनि पाएका थिए ।

चर्चित सुपरस्टार शशीले ४ वर्षदेखि आफ्नो बुवाद्वारा निर्माण तथा निर्देशिन नाटकमा काम गर्न सुरु गरेका थिए । उनको अन्तिम संस्कारमा करिश्मा कपुर, करिना कपुर खान, सैफ अली खान, अमिताभ वच्चन, ऐश्वर्या राय र अभिषेक वच्चन शशी कपुरको घरमा पुगेका छन् । अन्तिम संस्कारमा सहभागी हुने र बलिउड क्षेत्रकै सबै कलाकारहरु श्रद्धाञ्जली दिन पुगे ।

– सुपरस्टार अमिताभ वच्चन निकै भावुक भएका छन् । उनले शशी कपुरको परिवारका व्यक्तिहरुलाई अँगालो मार्दै सान्त्वना दिएका थिए ।

– बलिउड सुपरस्टार शाहरुख खान क्रिमनेटोरियम पुगेका छन् ।

– शशी कपुरको अन्तिम विदाई दिएपछि सलिम खान क्रिमनेटोरियमसँग गएका थिए । एक मिनेटसम्म मौन राखेका थिए ।

– सुप्रिया पाठक, सीमा पेहवा, शक्ति कपूर र सुरेश ओबराय पनि क्रिमनेटोरियममा पुगे ।

– अनु कपूर र अयान मुखर्जी पनि क्रिमनेटोरियम पुगिसकेका थिए ।

– शशी कपूरको पार्थिव शरीरको तिरंगामा बेरेर गएको थियो । पुलिस ब्याण्डले उनको लागि धुन बजाए ।

– सलमान खानको पिता सलीम खान क्रिमनेटोरियम पुगे ।

– बलिउड स्टार सैफ अली खान र रणबीर कपूर र्एउटै छाताको मुनि क्रिमनेटोरियम पुगे ।

– रणधीर कपूर पनि अन्तिम संस्कारको लागि क्रिमनेटोरियम पुगेका छन् । उनी धेरै भावुक भएका थिए ।

– राज कपूरका नाति आधार जैन शशि कपूरको अन्तिम यात्रामा पुगेका पुगेका छन् ।

– तेज बारिशको बीच शशि कपूरको पार्थिव शरीर अस्‍पतालबाट घर पुगेका थिए । शशीको छोरा करण कपुर र छोरी सञ्जना अमेरिकाबाट मुम्बई आईपुगेका छन् । अन्तिम संस्कामा सहभागी हुन र श्रद्धाञ्जली दिन बलिउड जगतबाट सबै हस्तीहरु पुगेका छन् ।

– शशी कपूरको अन्तिम संस्कार मुम्बईमा शान्ता क्रूज पुलिस स्टेशनस्थित क्रूज हिंदू क्रिमेटोरियममा गरेका थिए ।

– बलिउड कलाकार ऋषि कपुर जुहुस्थित आफ्नो स्वर्गीय चाचा शशी कपुरको घर पुगेका छन् । ऋषि दिल्लीमा चलचित्रमा राजमा चावलको सुटिङ्ग गरिरहेका थिए ।

– बलिउड कलाकार रणवीर कपुर र नसिरद्दिन शाह पनि जुहुस्थित शशी कपुरको घरमा पुगे ।

– बलिउड स्टार सञ्जय दत्त यहाँ सबैभन्दा पहिले नै आइपुगेका थिए । शशी कपूरको निधनले उनी साहैं दुःखी भएका छन् ।

सुपरस्टार अभिनेता शशी कपुरको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन जुनियर कलाकारदेखि सिनियर कलाकारसम्म सबै अाइपुगेका छन् । 

अभिनेत्री ज्याकलिनको ७ करोड २७ लाख जफत

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको ७ करोड २७ लाख भारु जफत भएको छ । मनी लन्ड्रिङ केसमा छानबिनको क्रममा रहेकी उनको प्रवर्तन निर्देशनालय (इडी) ले उक्त रकम जफत गरेको हो । २०० करोड भारुको सम्पत्ति शुद्धीकरणको मामिलामा इडीले अभिनेत्री ज्याकलिनविरुद्ध ठूलो कारवाही सुरु गरेको हो । यसअघि ५ डिसेम्बर सन् २०२१ मा देशबाहिर जाने प्रयास गरिरहेकी नायिकालाई मुम्बईको विमानस्थलमा रोकिएको थियो । उनीविरुद्ध इडीले देश छोडेर जान नपाउने गरि नोटिस जारी गरेको छ । इडीले अभिनेत्रीविरुद्ध थुप्रै प्रमाण जुटाएको छ । इडीले अभिनेत्री ज्याकलिन र २५० करोड ठगीमा संलग्न रहेका सुकेश चन्द्रशेखरबीच सम्बन्ध रहेको बताएको छ । सुकेशले ज्याकलिनलाई महङ्गो सुन र हिराको उपहार दिएको र ५२ लाखको एउटा घोडा र ९–९ लाखका चार पर्सियन बिरालो समेत उपहारमा दिएका थिए । ज्याकलिनसँग इडीले तीनपटक सोधपुछ पनि गरिसकेको छ । इडीको अनुसार चन्द्रशेखरले नायिकामाथि करिब १० करोड भारतीय रुपैयाँ खर्च गरेका थिए । दिल्लीबाट मुम्बई र यहाँबाट चेन्नई जाने चार्टर्ड विमानको व्यवस्था पनि सुकेशले गराएका थिए । ज्याकलिन पाँच तारे होटलमा बसेको खर्च पनि सुकेशले नै व्यवहोरेका थिए । सुकेश चन्द्र शेखरले यस अघि नै ज्याकलिनसँग आफ्नो सम्बन्ध रहेको भन्दै एउटा फोटो समेत सार्वजनिक गराएका थिए । तर, ज्याकलिन ले भने आफूहरू सम्बन्धमा नभएको भन्दै अस्वीकार गर्दै आइरहेकी थिइन्

अक्षय कुमारले जारि गरे ‘Bachchhan Pandey’को खतरनाक पोष्टर

मुम्बई । बलिउड नायक अक्षय कुमारले आगामी चलचित्र ‘बच्चन पाण्डे’को पोष्टर जारि गरेका छन् । चलचित्रको पर्खाईमा बसेका शुभचिन्तकहरुका लागि अक्षय कुमारले चलचित्रको पहिलो पोष्टर सार्वजनिक गरेका हुन । चलचित्र तयार भइसकेको छ । यसको ट्रेलर चाँडै नै रिलिज गरिने बताइन्छ । पोष्टर सार्वजनिक गर्दै अक्षय कुमारले यसको ट्रेलर १८ फेब्रुअरी २०२२ मा रिलिज हुने बताएका छन् । यो पोष्टरमा भने एक लाइन लेखिएको छ– मलाई भाई हैन, गडफादर भन्छन् । अक्षय कुमारले लेखेका छनः एउटा यस्तो क्यारेक्टर जसमा कुनै रङ्गहरुको पसल भन्दा बढी ङ्ग छ । बच्चन पाण्डे तपाईलाई डराउन, हँसाउन, रुवाउन, सबै कुराका लागि तयार छ । कृपया उसलाई आफ्नो प्रेम दिनुहोला । बच्चन पाण्डेमा अक्षयसँगै कृति सैनन, ज्याकलिन फर्नान्डिस, अरसद वारसी, पंकज त्रिपाठी, प्रतिक बब्बर र अभिमन्यु सिंहलगायतले अभिनय गरेका छन् । फरहद सामजीको निर्देशनमा बनेको चलचित्र १८ मार्चका दिन सिनेमाघरमा उपलब्ध हुने छ ।

पोर्न रेकेट प्रकरणमा शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश

एजेन्सी । पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् । अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारवाही नगर्नुहोला’, आदेशमा भनिएको छ । शर्लीनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आरोपीहरुलाई पहिला नै सुरक्षा दिइसकेको बताए । मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ । अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।

प्रत्येक एपिसोडमा कति पैसा पाउँछन् त ‘कपिल शर्मा शो’का कलाकार ?

कलाकार कपिल शर्माको कार्यक्रम मन नपराउने को होला ? भारतमा मात्रै नभएर विश्वभरी नै हिन्दी भाषा बुझ्नेहरुका लागि उनको कार्यक्रम लोकप्रिय रहेको छ । बेलाबखत कार्यक्रमको स्वरुप र स्टुडियोमा परिवर्तन गर्दै आएका कपिल शर्माको शोमा कलाकारहरु पनि फेरिने गर्दछन् । उनको कार्यक्रममा केही नियमित कलाकार रहेका हुन्छन् । यी कलाकारहरुको भूमिका पनि फरक फरक रहेको छ । कति पाउँछन् त यी कलाकारहरुले ? तपाईले कल्पना गर्नसक्नुहुन्छ ? कपिल आफैल कति पाउँछन् भन्ने अनुमान लगाउनु त ? कमेडि किङका रुपमा स्थान बनाउन सफल कपिलले अहिलेसम्म यो एक एपिसोडका लागि ३० देखि ३५ लाखसम्म पाउने गर्दछन् । तर केही श्रोतहरुले भने उनले अब प्रसारण हरेक कार्यक्रमका लागि ५० लाख पाउने बताएका छन् । यसबाट आयकर भने कपिल स्वयम्ले तिर्नुपर्दछ । कपिलको शोमा दर्शकहरुसँगै ठूलो कुसीमा नवोजित सिद्दु बस्ने गर्दथे । अहिले यो स्थानमा अर्चना पूरण सिंह रहेकी छिन् । अर्चनालाई एक एपिसोडका लागि १० लाख पाइन्छ । केटा भएर पनि केटीको भूमिकामा देखिने अभिषेक कृष्णालाई हरेक एपिसोडका लागि १० लाख दिने गरिन्छ । किकू शारदाको फि ५ लाख रहेको छ । उनी शोमा सबैभन्दा बढी सिर्जनशील मानिन्छन् । उनले बच्चा यादव, बम्परलगायत कैयन चरित्रमा भूमिका निर्वाह गरेका छन् । भारती सिहंले भने प्रत्येक एपिसोडका लागि १० देखि १२ लाख रुपैयाँ लिने गर्दछिन् । उनी तिलती यादव र कम्मो बुआको भूमिकामा देखिएकी छिन् । शोमा चिया बेचेर सबैलाई हँसाउने चन्दन प्रभाकरको चरित्रमा रहेका चन्दुले हरेक एपिसोडका लागि ७ लाख पाउने गर्दछन् । कपिल शर्माले सबैभन्दा बढी मजाक उडाउने सुमोन चक्रवर्तीलाई एउटा एपिसोडका लागि ७ लाख पाइन्छ ।

लोकप्रिय