‘जित्दा म जर्मन भएँ, हार्दा आप्रवासी’, आर्सेनल मिडफिल्डर ओजिजद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

‘जित्दा म जर्मन भएँ, हार्दा आप्रवासी’, आर्सेनल मिडफिल्डर ओजिजद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

बर्लिन, आर्सेनल मिडफिल्डर मेसट ओजिजले जर्मनी टिममा खेल्दा ‘रंगभेद र अपमान’को आरोप लगाउँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
मेसट ओजिज टर्कीस मूलका जर्मन खेलाडी हुन ।

मेसटले सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिखेर आफ्नो प्रशंसा भएको तर अहिले भने जाती र नश्लको कुरा उठाएको भन्दै उनले दुखेसो व्यक्त गरेका छन् ।

२९ वर्षीय मेसटले गत मई महिना लण्डनमा टर्किस राष्ट्रपति रिकेप ताय्यीपसँग तस्वीर खिचाएपछि उनको आलोचना भएको थियो ।

विश्वकपमा जर्मनीको निराशाजनक प्रदर्शनपछि घृणा व्यक्त गरिएका इमेल र धम्की पाएको मेसटले जनाएका छन् ।

“हामीले जित्दा म जर्मन भएँ तर हार्दा भने म आप्रवासी ठानिए” उनको भनाई उद्दृत गर्दै विविसीले जनाएको छ ।

जर्मन फुटबल टीमका प्रमुखले भने अहिलेसम्म ओजिजको दावीमाथि कुनै प्रतिक्रिया दिएका छैनन् ।

यद्यपी जर्मन चान्सलर एन्जेला मार्कलले भने उनको निर्णयको सम्मान गरेको उनका प्रवक्ताले सोमबार जनाएका छन् ।

ओजिज सन् २०१४ देखि जर्मनका तर्फबाट विश्वकप खेल्दै आएका छन् ।

उनका प्रशंशकहरुले उनलाई सन् २०११ देखि राष्ट्रिय टीमका लागि भोट गर्दै आएका थिए ।

विश्वकपमा भने जर्मनी रुससँग हारसँगै बाहिरिएको थियो ।

ओजिजले अब जर्मन राष्ट्रिय टीमको टीशर्ट समेत नलगाउने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा लामो दुखेसो पोखेका ओजिजले जर्मनीहरुका लागि मेरो कुनै महत्व नभएको बताएका छन् ।

जर्मनीमा आप्रवासीहरुमाथि हुने व्यवहारले विवाद निम्त्याउँदै आएको छ । ओजिजको नियती भोग्ने थुप्रै अन्य आप्रवासी रहेका छन् । जर्मनीलाई कर तिर्दा र उनीहरुको फाइदा हुँदा सम्म राष्ट्रियताको प्रश्न नउठने तर उनीहरुलाई फाइदा नहुँदा भने त्यही कुराले आलोचना गरिने विषयले अहिले चर्चा पाएको छ ।

ओजिजले अब के गर्छन् भन्ने कुरा स्पष्ट छैन ।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय