टोक्यो ओलम्पिकको पहिलो स्वर्ण चीनलाई, पहिलो खेलमैं नेपालका २ खेलाडी बाहिरिए

टोक्यो ओलम्पिकको पहिलो स्वर्ण चीनलाई, पहिलो खेलमैं नेपालका २ खेलाडी बाहिरिए

टोक्यो ओलिम्पिक्सको पहिलो स्वर्ण पदक चिनियाँ एअर राइफल शुटर याङ चीयानले जितेकी छन्।

उनले १० मिटर एअर राइफल शुटिङ प्रतिस्पर्धामा स्वर्ण पदक पाएकी हुन्।

उद्घाटन समारोहकै दिन फेन्सिङ, जुडो र भारोत्तोलन सहित १० अरू खेल प्रतिस्पर्धा भएका थिए।

आयोजकहरूले यो खेल प्रतिस्पर्धाले जापानी सर्वसाधारणमा उत्साह जगाउने र महामारीका बेला आयोजना खेल प्रतिस्पर्धा आयोजना गर्न लागिएका कारण उत्पन्न तनाव हटाउने आशा राखेका छन्।

कल्पनाको राष्ट्रिय कीर्तिमान, सोनिया पराजित
उद्‌घाटनको दोस्रो दिन नेपाली खेलाडीहरू कल्पना परियार र सोनिया भट्टले खेल्ने मौका पाएका थिए।

टोक्यो ओलिम्पिक २०२० को खेलमा शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पराजित भएका छन्।

तर शुटिङकी कल्पना परियारले नयाँ राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरेकी छिन्।

महिला १० मिटर एयर राइफल इभेन्ट्समा प्रतिस्पर्धा गरेकी उनले प्रारम्भिक चरणमा ६सय १६.८ स्कोर गर्दै आफैले बनाएको कीर्तिमान तोडेकी हुन्।

उनले यसअघि नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ६ सय १४.५ स्कोर गर्दै कीर्तिमान रचेकी थिइन्।

टोक्योको ओशाका शुटिङ रेञ्जमा भएको प्रतिस्पर्धामा उनी समग्रमा ४६ औँ स्थान रहँदै प्रतियोगिताबाट बाहिरिइन्।

कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१, पाँचौँमा १०३.४ र अन्तिम सिरिजमा १००.७ स्कोर जोडेकी थिइन्।

प्रारम्भिक चरणमा शीर्ष आठ स्थानमा रहेका खेलाडीले मात्र अन्तिम चरणमा प्रवेश गरेका छन्।

एक मिनेट १६ सेकेन्ड
महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट रसियाकी इरिना डोल्गोभासँग पराजित भएकी हुन्।

इरिनासँग सोनिया १ मिनेट १६ सेकेन्डसम्म मात्र टिक्न सकिन्।

इरिनाले इप्पन जोड्दै सोनियालाई पराजित गरिन्।

प्रतियोगिताको नियम अनुसार अब यदि इरिना फाइनलमा पुगिन् भने सोनियाले रेपचेज अर्थात् उत्कृष्ट खेलाडीसँग हारेमा कांस्य पदकका लागि खेल्न पाउने मौकामा फेरि खेल्न पाउनेछिन्।

कल्पना र सोनिया दुवै वाइल्ड कार्ड पाएर ओलिम्पिकमा सहभागी भएका हुन्।

ओलिम्पिकमा अब नेपालबाट दुई पौडी खेलाडी र एथलेटिक्सको एउटा खेल खेल्न बाँकी छ।

एथलेटिक्स टोली आज शनिवारमात्र जापान प्रस्थान गरेको छ।

मास्क नलगाउने खेलाडीलाई सजाय
ओलिम्पिक गेम्सका कार्यकारी निर्देशक क्रिस्टोफ डुबीले कोभिड विरोधी उपायहरू बेवास्ता गरेमा खेलाडीहरूलाई सजाय दिइने बताए।

उद्‌घाटन समारोहमा किर्गिस्तान, ताजिकिस्तानका खेलाडीहरू र पाकिस्तानका झण्डा समातेका दुई खेलाडीले मास्क लगाएका थिएनन्।

डुबीले बिहानको आईओसी ब्रिफिङमा भने, “हामीले मास्क लगाउन किन महत्त्वपूर्ण छ भन्ने बुझाउन निरन्तर सन्देश दिइरहनुपर्नेछ।

“त्यस्तो सन्देश दिने काम हिजो पनि गरियो र भोलिका दिनमा पनि गरिरहने छौँ। यदि त्यस्तो व्यवहार गरियो भने त्यो सह्य हुने छैन र हामी कारबाही गर्ने छौँ। त्यस्तो स्थितिमा पुग्न नपरोस् भनेर हामीले सन्देश दोहोर्‍याउने काम गरिरहनेछौँ।”
-बिबिसीबाट

मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि प्रभावित

काठमाडाैं । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि नराम्ररी प्रभावित भएका छन् । क्षेत्रीय अस्थिरता, सुरक्षाको चिन्ता र हवाई क्षेत्र बन्द हुँदा दर्जनौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरू स्थगित, रद्द वा अन्योलमा परेका छन् । विशेषगरी फुटबल क्षेत्रमा यसको प्रभाव उल्लेख्य देखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो क्यालेन्डरअन्तर्गत पश्चिम क्षेत्रका सबै खेलहरू तत्कालका लागि स्थगित गरेको छ । यसमा एएफसी च्याम्पियन्स लिग एलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग जस्ता प्रतियोगिता समावेश छन् । साउदी अरब, कतार, यूएई, इरान र कुवेतका क्लबहरू सहभागी हुने खेलहरू रोकिनुका साथै क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर जस्ता चर्चित टोलीहरू पनि प्रभावित भएका छन् । इरानको घरेलु ‘पर्सियन गल्फ प्रो लिग’ अनिश्चितकालका लागि निलम्बन गरिएको छ भने विदेशी खेलाडीहरू धमाधम देश छोडिरहेका छन् । दक्षिण कोरियाली डिफेन्डर ली की–जे तेहरानस्थित आफ्नै दूतावासमा शरण लिएर स्वदेश फर्कन सफल भएका छन् । युद्धको प्रभाव फुटबलमा मात्र सीमित छैन । कतारमा मार्च २७ मा हुने तय भएको स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतिक्षित ‘फाइनलिसिमा’ खेल पनि अन्योलमा परेको छ । कतार फुटबल एसोसिएसनले घरेलु खेलहरू स्थगित गरेपछि उक्त खेल हुने सम्भावना कमजोर बनेको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा हुने फुजैराह ओपन टेनिस प्रतियोगिता पनि सुरक्षाका कारण रद्द गरिएको छ । खेल तालिका अस्तव्यस्त बनेपछि विभिन्न खेल संघहरू अहिले प्रतियोगिता सञ्चालनभन्दा पनि खेलाडीहरूको सुरक्षा र उद्धारमा केन्द्रित भएका छन् ।

स्कटल्यान्डमाथि ऐतिहासिक जितपछि नेपाली टिमलाई प्रचण्डको बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप अन्तर्गत स्कटल्यान्डमाथि हासिल गरेको शानदार जितका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। दोस्रो चरणमा पुग्ने सपना अधुरै रहे पनि स्कटल्यान्डविरुद्धको प्रभावशाली जितले सम्पूर्ण नेपालीलाई गर्वान्वित बनाएको उहाँको भनाइ छ। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। “नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। दोस्रो चरणको सपना अधुरै रहे पनि, स्कटल्यान्डमाथि हासिल यो शानदार जितले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन सफल रहनुहोस्। सिंगो नेपाल तपाईंहरूको साथमा छ।” उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको आत्मविश्वास र संघर्षशील भावनाले विश्वसामु नेपालको पहिचान थप मजबुत बनाएको उल्लेख गर्नुभयो। स्कटल्यान्डमाथिको जितसँगै नेपाली टोलीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यस जितले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटप्रति थप आशा र विश्वास जगाएको छ।

टी–२० विश्वकप: दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा १२ वर्षपछि नेपालको जित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि जित निकाल्दै स्कटल्यान्डलाई सात विकेटले हराएको छ। भारतको वान्खेंडे रंगशालामा भएको खेलमा १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा चार चौका र तीन छक्कासहित अविजित ५० रन बनाए। यो विश्वकपमा नेपालबाट सबैभन्दा छिटो बनेको अर्धशतक हो। उनी विश्वकप इतिहासमा दुई अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटरसमेत बने। यसअघि कुशल भुर्तेल (४३) र आसिफ सेख (३३) ले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। गुल्सन झाले अविजित २४ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा १७०/७ बनायो। माइकल जोन्सले ७१ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। जितसँगै नेपालले दुई अंकसहित प्रतियोगिता टुंग्यायो। नेपाल र स्कटल्यान्ड दुवै समूह चरणबाट बाहिरिएका छन्।

नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा हुने

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए । दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्ड लगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।

लोकप्रिय