नारायणगढ–मुग्लिन सडक खण्ड छ घन्टा रोकिने

नारायणगढ–मुग्लिन सडक खण्ड छ घन्टा रोकिने

चितवन, चैत ८ । वर्षात्को समयअघि नै नारायणगढ–मुग्लिन सडक खण्डको भित्तो काट्ने काम सम्पन्न गर्न दैनिक सवारी आवागमन छ घन्टा रोकिने भएको छ ।

हाल बिहान १०ः३० बजेदेखि अपराह्न ३ बजेसम्म सवारी रोकेर काम हुँदै आएकामा प्रभावकारी ढङ्गबाट काम हुन नसकेपछि चैत १५ गतेदेखि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सवारी रोकेर काम अगाडि बढाउन लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार सडक आवागमन छ घन्टा रोकेर काम थालेपछि चार घन्टा काम गर्न पाइने छ ।

स्थानीय प्रशासनसँग समन्वय गरेर वर्षात् अगाडि नै भित्तो काट्ने लगायत महत्वपूर्ण संरचनाका काम सम्पन्न गर्न आवागमन समय थप रोकेर काम गर्न लागिएको खनालले बताउनुभयो । सो सडक हुँदै दैनिक सात हजारको हाराहारीमा सवारी आवागमन गर्छन् ।

प्रजिअ नारायणप्रसाद भट्टले वर्षात्का समयमा थप समस्या नआओस् भन्नाका लागि जेठ १५ गतेभित्र मुख्य संरचनाका काम सम्पन्न गर्न दैनिक छ घन्टा आवागमन रोकेर काम गर्न भनिएको बताउनुभयो । उहाँका अनुसार वर्षात्अघि काम नभ्याएमा निकै ठूलो समस्या आउने बताउँदै उहाँले ठेकेदार कम्पनीले उपकरण र जनशक्ति थप गरी कामलाई तीव्रता दिने छ।

पहिलो सम्झौतानुसार आउँदो वैशाखको दोस्रो साताभित्र तीन वटै खण्डको काम सम्पन्न गर्नुपर्ने हुन्छ । सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएकामा हालसम्म ४१ प्रतिशत मात्रै काम भएको छ । भूकम्प, नाकाबन्दीलगायत कारण देखाउँदै निर्माण कम्पनीले थप समय माग गरेपछि निर्माण सम्पन्न गर्नुपर्ने समय दुई पटक गरेर आठ महिनासम्म बढाइएको छ।

सो सडकको आँपटारीदेखि दासढुङ्गासम्म भारतीय ‘बिएलए’ तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय ‘उड हिल’ तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको ‘सुप्रिम’ र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । उनीहरुले पहिलो खण्डमा ३५ प्रतिशत, दोस्रो खण्डमा ५० प्रतिशत र तेस्रो खण्डमा ३७ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन् ।

पहिलो खण्डमा भित्तो काट्ने काम छैन भने दोस्रो र तेस्रो खण्डमा भित्तो काट्नुपर्ने जटिल काम छ । इ खनालका अनुसार दोस्रो खण्डको घुमाउनेमा एक सय मि र १६ किलोमा चार सय मि भित्तो काट्नुपर्ने हुन्छ भने तेस्रो खण्डको जलवीरेमा दुई सय मि र चेपाङ डाँडोमा पाँच सय मि भित्तो काट्नुपर्ने हुन्छ ।

पचपन्न मिसम्म अग्लो चट्टानी पहाड काट्नुपर्ने हुन्छ । सो क्षेत्रमा सडकको चौडाइ पाँच दशमलव पाँच मि मात्रै छ । भित्तो काटेर नौ मि फराकिलो बनाउनुपर्ने हुन्छ ।

कामलाई तीव्रता दिन उपकरण र जनशक्ति थप गरिएको छ । एक्साभेटर मात्रै २४ वटा प्रयोग भएको खनालले जानकारी दिनुभयो । पहिलो खण्डमा आउँदो हप्तादेखि र दोस्रो खण्डमा चैतको अन्तिम सातादेखि कालोपत्रे सुरु हुने छ ।

सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मि फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मि फराकिलो सडक निर्माण गरिँदैछ । विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियाली राजमार्गअन्तर्गतको एएच४टु खण्डमा नारायणगढ– मुग्लिन सडकखण्ड पर्छ ।

नेपालको कोदारी हुँदै चीन तथा काठमाडौँ, नागढुङ्गा, नौबिसे, मुग्लिन,नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुज्जफरपुर हुँदै जाने सो सडक एसियाली राजमार्गको एक खण्ड हो ।

नयाँसडक क्षेत्रका सडकमा आजदेखि पार्किङ निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि नयाँसडक क्षेत्रमा सवारी साधन पार्किङ्मा रोक लगाउने भएको छ । महानगरले नयाँसडक क्षेत्रका कालोपत्रे सडकहरुमा पार्किङ निषेध गर्न लागेको हो । धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महावौद्ध, वीरअस्पताल तथा आसपासका कालोपत्रे सडकमा पार्किङ् निषेध लागू हुनेछ । त्यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ । उक्त स्थानमा तीन सय वटा चारपांग्रे र सात सय वटा २ पांग्रे सवारी साधन पार्किङ गर्न सकिने दाबी गरिएको छ । नयाँसडक क्षेत्रलाई पार्किङ् निषेध गरेर विशेष सरसफाइ अभियान थाल्ने महानगर प्रहरीले जनाएको छ ।

मुग्लिन–पोखरा १९.५ किलोमिटर सडक कालोपत्रे

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्रे भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्रे सकिएको हो । सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्रे सकिएको जानकारी दिए । त्यसमध्ये ७।२ किमी खण्डमा दुईतर्फी नै कालोपत्रे सकिएको छ । उनले भने, “सबैगरी १९.५ किलोमिटर कालोपत्रे भएको छ । कालोपत्रेमध्ये ७।२ किमीमा दुईतर्फी कालोपत्रे सकिएको छ । हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रेको काम भइरहेको छ ।” त्यसपछि बरादीदेखि आँबुखैरेनी गाउँपालिका चोकसम्म दुईतर्फी सडक कालोपत्रेको काम हुने पाण्डेले बताए । उनका अनुसार पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रेको काम अगाडि बढेपछि यात्रामा सहजता आएको स्थानीय बताउँछन् । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण हुन लागेको इञ्जिनियर पाण्डेले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि आवश्यक काम भइरहेको छ । रासस

पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणले गति लियो

चितवन । निर्माणधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ । भरतपुरको मूख्य प्रवेशद्धार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीब्र रुपमा काम अगाडि बढेको छ । २० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताइन् । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको उनले बताइन् । सडकको गोन्द्राङदेखि चौबिसकोठीसम्मको फाईनल कालोपत्रे गर्ने काम एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ । यस्तै पुलचोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भईसकेको छ । महानगरपालिका कार्यालयदेखि लायन्सचोकसम्म खानेपानीको लाईन, दुई वटा कल्र्भट र ओरालो भूभाग भएकाले काम गर्नलाई कठिनाई भएको थियो । भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ गतेदेखि औपचारिक उद्घाटन गर्ने कार्य तालिका तय गरिएको भएपनि मूख्य सडक, मुग्लिन नारायणगढ सडक, नारायणगढ पुलचोक सडक तीब्र निर्माणको काममा रहेकाले भ्रमण वर्षलाई आगामी फागुन १८ गते गर्ने गरी समय तोकिएको छ । निर्माण कम्पनीका अनुसार यो सडक फागुनको पहिलो हप्तासम्म एक तहको कालोपत्रे गरी सक्ने सहमति गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार गोन्द्राङदेखि चौबिसकोठीसम्म फाईनल कालोपत्रे र सकेसम्म रङ रोगनको काम गर्ने अघि बढेको छ । निर्माण कम्पनीलाई रोकिएको भुक्तानी दिन अर्थ मन्त्रालयमा फाईल पठाईएको उनले जानकारी दिइन्। फागुनको पहिलो सातासम्म पुलचोकदेखि वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्रे हुनेमा विश्वस्त रहेको प्रमुख पौडेको भनाई छ । पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङगनाका अनुसार सडको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ । वीरेन्द्र क्याम्पसदेखि लायन्सचोकसम्म नाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिइन् । यस्तै, लायन्स चोकदेखि रोटरी भवनसम्म सब ग्रेड गर्ने कार्य सुरु भईरहेको छ भने फागनुको दोस्रो सातासम्म (डिबिएम फस्ट लेयर)पहिलो चरणको कालोपत्रे भईसक्ने म्यानेर ढुङ्गानाले बताए। २०७७ साल माघदेखि सुरु भएको ६.०८ किलोमिटर सडकको मंसिर महिनामै सकिएको छ । निर्माण कम्पनीले म्याद थप गर्ने प्रकृयामा छ ।

रेलमार्गको रेखाङ्कन गर्दा मानववस्ती प्रभावित नहोस् : माओवादी केन्द्र चितवन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वी-पश्चिम (मेची-महाकाली) द्रुत रेलमार्ग रेखाङ्कन गर्दा मानववस्ती विकासको मोडेल र कम धन सम्पत्ती क्षति हुने गरी तयार गर्न आग्रह गरेको छ । माओवादी केन्द्र चितवनका संयोजका रामचन्द्र अधिकारीले एक विज्ञप्ति जारी गर्दै विभिन्न संचार माध्यम, सरोकारवाला निकाय र पिडित संघर्ष समितिबाट प्राप्त जानकारी र सुचना अनुसार चितवन जिल्लाका राप्ती, खैरहनी, र.न.पा.र भरतपुरका विभिन्न वडामा मानवबस्तीलाई प्रभावित हुने गरी सबै एरिया रेखाङ्कन गरीएको भन्ने विषय प्रति नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति चितवनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्ति मार्फत उनले लमार्गको सिमा र प्रभावित क्षेत्रफल र रेखाङक्नको विषयमा स्थानिय सरकार, सरोकावाला निकाय, राजनीतिक दल, प्रभावित जनतासँग कुनै पनि संवाद, छलफल, अन्र्तक्रिया र सहमति बिना गरिएको कुराले यो निर्णय आफैमा अवैज्ञानिक, अव्यवस्थित र विकास निमार्णको मोडेलमा नै प्रश्न चिन्ह उठ्ने गरी भएको समेत बताएका छन् । साथै उनले रेलमार्ग रेखाङ्कनको वैकल्पिक, वैज्ञानिक, व्यवस्थीत र जनहित हुने बनाउने कुरामा प्रतिबद्ध रहेको समेत बताएका छन् । यस्तो छ विज्ञप्ति

लोकप्रिय