प्रथम राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

प्रथम राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

नुवाकोट, फागुन २१ । दुप्चेश्वर गाउँपालिकाको आयोजनामा प्रथम राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

वडा नं ३ स्थित कौकेश्वरी माध्यमिक विद्यालय राउतबेँसीको खेलमैदानमा आगामी चैत १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः रु एक लाख, रु ५० हजार, रु ३० हजार र रु १० हजार नगद पुरस्कार दिइने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर र उत्कृष्ट बलर, उदीयमान खेलाडी र अनुशासित समूहलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

विश्व भलिबल महासंघ र नेपाल भलिबल संघको नियममा खेलाइने प्रतियोगितामा सहभागीलाई खाना र बासको समेत व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

सागः भारतीय भलिबल टोली आइपुग्यो, आज नेपालसँग भिड्ने

काठमाडौंः १३ औ दक्षिण एसियाली खेलकुल (साग) मा भाग लिन भारतीय भलिबल टोली नेपाल आइपुगेको छ । प्रतियोगितामा सहभागी हुने या नहुने भन्ने अन्योलता चिर्दै भारतीय महिला तथा पुरूष भलिबल टोली बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । भारतीय महिला भलिबल टोलीले आजै नेपालसँग प्रतिस्पर्धा गर्दैछ । भलिबलतर्फ आज ३ खेल हुँदैछन् । जसअन्तर्गत पुरूषमा दुई खेल र महिलामा एक खेल हुनेछ । बंगलादेशलाई हराउँदै बुधबार विजयी सुरुवात गरेको महिला भलिबल टोलीले आज साँझ ५ बजे भारत खेल्ने तय भएको छ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । नेपालले उद्घाटन खेलमा बंगलादेशलाई ३–० ले सहजै पराजित गरेको थियो । तीन टोली सहभागी समूह ‘ए’बाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । अर्को समूहमा पाकिस्तान नआएपछि माल्दिभ्स र श्रीलंका मात्र छ र दुवै टोली सेमिफाइनल पुग्ने पक्का भइसकेको छ । यी दुई टोलीबीच आजै बेलुका ७ बजे खेल हुनेछ ।  

प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताः फाइनलमा पुलिससँग आर्मी पराजित

काठमाडौंः प्रथम प्रकाश दाहाल स्मृति खुल्ला भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रगतिशील युवा नेपाल गोर्खा काठमाडौंद्वारा आयोजित सर्बाधिक राशिको प्रथम प्रकाश दाहाल स्मृति खुल्ला भलिबल फाइनल खेलमा नेपाल पुलिस क्लबले जितेको हो । शनिबार भएको खेलको समापनको प्रमुख अथिती चुडामणि खड्काले गरेका थिए । आर्मी र पुलीसबीचको भलिबल प्रतियोगिता निक्कै नै रोमाञ्चक भएको थियो । खेलमा पुलिसले लगातार तीन सेट जितेर आफ्नो जीत सुनिश्चित बनाएको थियो ।

आर्जेन्टिनाविरुद्ध फ्रान्सको पहिलो गोल

काठमाडौं, असार १६। रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल २०१८ अन्तर्गत शनिबारदेखि नकआउट चरणका खेल शुरु भएका छन् । पहिलो खेलमा अहिले पूर्व विश्वविजेता अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन् । नकआउट चरणमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध पहिलो गोल गरेको छ । खेलको १३ औं मिनेटमा अर्जेन्टिनाका खेलाडीले गरेको फोउलमा पाएको पेनाल्टीमा फ्रान्सका ग्रीजम्यानले गोल गरेका हुन ।

ब्राजिल २–० ले विजयी

रसियामा जारी २१ औं संस्कारणको विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ का ब्राजिल र कोष्टारिकाबीचको खेलमा विश्वकपको प्रमुख दाबेदार ब्राजिल २–० ले विजयी भएको छ । दोस्रो हाफ अक्रामक रुपमा प्रस्तुत भएको ब्राजिलका लागि खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दौ टोलीलाई २–० को अग्रता दिलाए । त्यअघि खेलको ९० मिनेटमा फिलिपोले गोल गर्दै टीमलाई अग्रता दिलाएका हुन । विश्वकपको दावेदार मानिएको ब्राजिलले गोलको प्रयास गरे पनि त्यो प्रयाप्त भएन । रसियाको सेन्टपिटर्सवर्ग रंगशालामा सुरु भएको खेलमा बलियो टिम ब्राजिल जित हात पार्दै नकआउट चरणको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । यता, कोष्टारिका पनि ब्राजिललाई रोक्दै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । यसअघि समूह चरणको पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरी खेलेको थियो । यता, कोष्टारिका भने सर्बियासँग १—० गोलले पराजित भएको थियो ।

लोकप्रिय