युवा संघले जोडेको मित्रता, दुस्मनी हुँदै हत्या

युवा संघले जोडेको मित्रता, दुस्मनी हुँदै हत्या

काठमाडौं, फागुन २१ । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको झन्डै साढे दुई महिनापछि प्रहरीले अनुसन्धान सकेको छ । अहिलेसम्म सातजना पक्राउ परिसकेका छन् । तर, मुख्य योजनाकार र सुटरसहित पाँचजना अझै फरार छन् । तिवारीको ४ पुस दिउँसै गोली हानी हत्या गरिएको थियो ।

मनोज पुन हत्याको मुख्य योजनाकार भएको प्रहरीको भनाइ छ । हत्याको केही समयपछि नै मनोजले केही स्थानीयलाई फोन गरेर हत्याको जिम्मेवारी लिएको बताइएको छ । मनोजले प्रतिशोधका कारण दुर्गा तिवारीको हत्या गरेको रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकले बताए । तर, कुन कुराको प्रतिशोध भन्ने उनले खुलाएनन् ।

गत आइतबार प्रहरीले जारी गरेको विज्ञप्तिमा रुपन्देहीमा मनोजको आंतक अझै पनि कायम रहेको उल्लेख छ । तर, कस्तो आतंक भन्नेबारे प्रहरीले थप स्पष्ट पारेको छैन । ‘त्यसबारे पछि कुरा गराँैला,’ प्रहरी उपरीक्षक धानुकले भने । मनोजको सञ्जालबारे पनि प्रहरीले थप स्पष्ट पारेको छैन ।

अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेको भन्दै सहयोग गर्ने सबैमा जिल्ला प्रहरी कार्यालयले धन्यवादसमेत दिएको छ । तर, प्रहरीले अझै धेरै प्रश्नको उत्तर दिएको छैन ।

यसरी भएको थियो हत्या
गत ४ पुस दिउँसो साढे तीन बजे रुपन्देहीको देवदह–७ का ४० वर्षीय दुर्गाप्रसाद तिवारी लु.२५प ८४४१ नम्बरको मोटरसाइकलमा कोलिया मार्ग हँुदै देवदह नगरपालिका कार्यालयतर्फ गइरहेका थिए । उनका पछाडि खुसी न्यौपाने थिए । उनलाई रातो रंगको पल्सरमा रहेका दुईजनाले पछ्याइरहेका थिए ।

देवदह–८ कोलिया मार्ग सडकमा पुगेपछि अचानक गोली चल्यो । मोटरसाइकल चलाइरहेका तिवारीलाई गोली लागेको थियो । उनी भुइँमा ढले । तिवारी गम्भीर घाइते थिए । तर, न्यौपानेलाई भने गोली लागेको थिएन । तिवारीलाई उपचारका लागि तत्काल देवदह मेडिकल कलेज लगियो । तर, उनको उपचारकै क्रममा मृत्यु भयो ।

तत्कालै अनुसन्धान सुरु गरेको प्रहरीले तिलोत्तमा–१४ स्थित रोहणीपुलमा रातो रंगको बा.५१प ८०७३ नम्बरको मोटरसाइकल बरामद ग¥यो । सोही दिन देवदहस्थित विभिन्न व्यक्तिको मोबाइलमा फोन आयो । फोन गर्नेको नम्बर भने आउँदैनथ्यो । फोन गर्ने व्यक्तिले आफू मनोज पुन भएको र आफूले नै दुर्गा तिवारीको हत्या गरेको दाबी गरेका थिए ।

हुन्डीमार्फत अझै रकम असुल्दै मनोजको गिरोह
दुर्गा तिवारीको हत्यापछि घटनाको जिम्मा लिएका मनोज पुनले विभिन्न व्यक्तिबाट रकम असुल्दै आएको निष्कर्षमा प्रहरी पुगेको छ । तिवारीको हत्या हुनुअगावै रकम असुलीमा संलग्न मनोजको गिरोहले तिवारी हत्यापछि पनि सो काम नछाडेको बताइएको छ । हत्यापछि विभिन्न व्यक्तिलाई फोन गरी मोटो रकम माग गरेको र नदिए तिवारीकै हालत बनाउने धम्की दिएको प्रहरीको निष्कर्ष छ ।

आफ्ना संगठनका अधिकांश सदस्य पक्राउ परिसकेपछि मनोजले रकम असुलीको शैली परिवर्तन गरेको निष्कर्षमा प्रहरी पुगेको छ । उनले एक व्यापारीमार्फत अर्को व्यापारीसम्म रकम पु¥याउन लगाई व्यापारीकै हातबाट हुन्डीमार्फत असुली गर्ने तरिका अपनाएको प्रहरीले जनाएको छ ।

मनोजको समूहका अधिकांश सदस्य पक्राउ परिसके पनि त्रास कायम रहेको प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालयले केही दिनअघि गरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मनोजले प्रविधिको फाइदा उठाई धम्क्याउन सक्ने अवस्था विद्यमान रहेकोमा सोबाट त्रसित बनी रकम नदिन हुन अनुरोध गर्दछौँ ।’

दुर्गा–मनोज यसकारण दुस्मनी
एमालेमा डन र अपराधलाई संरक्षण गर्न हुन्न भन्ने पक्षमा युवा संघका सिद्धिचरण भट्टराई, नीलकण्ठ पौडेल र दुर्गा तिवारीलगायत थिए । उनीहरूकै सक्रियतामा ०६९ सालमा मनोज पुनलाई कारबाही गरी निष्कासन गरिएको थियो । त्यसपछि उनले दुर्गासँग दुस्मनी साँधेका थिए ।

डन बन्ने र पैसा कमाएर मन्त्री बन्नेसम्मको सपना बोकेका पुनले तिवारीलाई तगारो ठानेका थिए । दुस्मनीको अर्को कारण मनोज पुनका साथीहरूलाई नै प्रयोग गरी उनको तस्करी धन्दालाई युवाहरूको प्रतिरोधबाट नियन्त्रण गर्न दुर्गा तिवारी सक्रिय थिए । तिवारी ०७० सालपछि क्रमशः युवा संघ जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष बने । केबिआई इँटा उद्योग खोलेर सफल व्यवसायीसमेत बने ।

उनले युवालाई समेट्दै रचनात्मक काममा समेत अगाडि बढाएको कुरा मनोज पुनलाई चित्त बुझेको थिएन । यसैकारण देवदह क्षेत्रमा तिवारीको लोकप्रियता आपराधिक मनोवृत्तिमा रहनेलाई तगारो नै थियो । तिवारीको सफायापछि अरू उद्यमीलाई धम्क्याएर पैसा असुल्न सफल भइने र आफ्नो राज चलाउन पाइने उद्देश्यले हत्या गरिएको जानकारहरू बताउँछन् ।

सुटर पक्राउ परेपछि धेरै कुरा खुल्छ
रवीन्द्र धानुक, एसपी, रुपन्देही
मुख्य अभियुक्तचाहिँ पक्राउ परेका छैनन् । सहयोगीलाई मात्र प्रहरीले सार्वजनिक गरेको छ । के कारणले पक्राउ गर्न सक्नुभएन ?
म आएदेखि रुपन्देही प्रहरीले सबै घटनाको सफल अनुसन्धान गरेको छ । दुर्गा तिवारी हत्यामा संलग्न सबै अपराधीको पहिचान भइसकेको छ । पक्राउ परेकालाई मुद्दा चलाएका छौँ । फरार अभियुक्तको तीव्र खोजतलास जारी राखेका छाैं । प्रहरीले उनीहरूलाई जसरी पनि पक्राउ गर्छ । अपराधीहरू जुनै शक्तिको आडमा भए पनि हामी नियन्त्रणमा लिन्छाैं ।

प्रहरीले सुटर राजु मात्र भन्दै आएको छ । प्रहरीले किन राजुको विषयमा बोलेको छैन ?
प्रहरीले घटनाको सबै पाटोबाट अनुसन्धान गरेको छ । सुटरबारे पनि जानकारी छ । राजु भनेर प्रहरीले भनेको छ । राजुलाई पक्राउ गर्दा अन्य घटनाका विषय पनि जोडिएको हुन सक्ने भएकाले हामीले उसलाई बढी गम्भीरतासाथ लिएका छौँ । उसको खोजी कार्यलाई तीव्रता दिएका छौँ ।

सुटरको नाम सार्वजनिक नगर्दा प्रहरी अनुसन्धानमै आशंका उब्जिएको छ नि ?
हामीले हाम्रो निष्कर्ष भनिसकेका छौँ । यो नितान्त व्यक्तिगत रिसइबी हो । मनोज पुन कठोर प्रकृतिको डन हो । ‘यसलाई हामीले पैसा नदिए मारिहाल्छ’ भन्ने समाजमा भ्रम छर्नका लागि गराएको अपराध हो यो । यसबाट कोही पनि डराउनुपर्दैन । मनोज पुन अरूलाई प्रयोग गरेर अपराध गराउँदै आएको व्यक्ति हो । उनीहरूलाई प्रहरीले पक्राउ गर्ने र पक्राउ नपरेकाको पहिचान गर्ने काम भएको छ । उनीहरू छिटै पक्राउ पर्छन् ।

रुपन्देहीमा अन्य व्यवसायीमाथि पनि गोली प्रहार गर्ने, धम्क्याउने काम भइरहेका छन् नि ?
रुपन्देहीमा प्रदेश नं. ५ को आन्दोलन चलिरहँदा घटनालाई अन्त मोड्ने गरी गोली प्रहार र लुटपाटका घटना भए । ती घटनामा संलग्नलाई हामीले पहिचान गरी अधिकांशलाई पक्राउ पनि गरिसकेका छौँ । अहिले रुपन्देही शान्त छ । ढुक्कसँग आ–आफ्नो काम गर्नुहोस् ।

यी हुन् हत्याका योजनाकार, तर सबै फरार
१ देवदह–६ का २९ वर्षीय मनोज पुन हत्याको मुख्य योजनाकार रहेको प्रहरीको निष्कर्ष छ ।
२ सिद्धार्थ नगरपालिका–१३ का ४० वर्षीय विकास भन्ने सोमबहादुर आले पनि योजनाकार रहेको प्रहरीको भनाइ छ ।
३ बाराको गढीमाई–१ का ३० वर्षीय
श्याम गुरुङ पनि योजनाकार भएको प्रहरी भनाइ छ ।
४ हत्याका सुटर राजु भएको प्रहरीको भनाइ छ । तर, उनको थर र ठेगाना खुलाइएको छैन ।
५ देवदहका बाबु भन्ने तुलबहादुर सिँजालीले हातहतियार तथा गोली राख्ने र सुटरलाई दिने भूमिका निर्वाह गरेको प्रहरीको भनाइ छ ।

प्रहरी रिपोर्टमा सातजनाको भूमिका यस्तो थियो
१ देवदहका वसन्तबहादुर चापागार्इंले मनोज पुनको निर्देशनबमोजिम घटनाको दिन दिनभरि दुर्गा तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराएका थिए ।
२ तिलोत्तमा–१५ का बुद्धिसागर यादवले मनोजको निर्देशनमा सागर थापाले ल्याएको बा.५१प ८०७३ नम्बरको मोटरसाइकल केही महिनाअघिदेखि आफ्नो घरमा लुकाएर राखेका थिए । घटना भएको दिन आफ्नो भाइ राजेश यादवमार्फत सो मोटरसाइकल पठाइदिएका थिए ।
३ तिलोत्तमाका राजेश यादवले दाजु बुद्धिसागरले दिएको मोटरसाइकल रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएका थिए ।
४ तिलोत्तमाकै प्रयास भनिने खेमानन्द भट्टराईले मनोजको निर्देशनबमोजिम घटना भएको दिन बिहान सुटरलाई आफ्नो लु.२८प २११९ नम्बरको मोटरसाइकलमा राखी रोहणी पुलसम्म पु¥याएका थिए । हत्यापछि सुटर तथा सागर थापालाई सोही मोटरसाइकलमा रोहणी पुलबाट मणिग्रामसम्म पु¥याएका थिए । उनले सागर थापाको मोबाइल तथा सिम फालिदिएको र मणिग्रामबाट सुटरलाई पोखरातर्फ र
सागर थापालाई पाल्पा हुँदै गुल्मी रिडीतर्फ पठाएका थिए ।
५ देवदह–८ का सागर थापाले राजेश यादवबाट लिएको मोटरसाइकलमा सुटरलाई लिएर तिवारीको पिछा गरेका
थिए । गोली हान्दा उनले नै मोटरसाइकल चलाएका थिए ।
६ धकधईका अंगद् थारू हातहतियार संकलन, ओसारपोसार र फिरौती रकम उठाउनेमा संलग्न थिए ।
७ देवदहका ऋषीश्वर कुमाल पनि हातहतियार संकलन, ओसापोसार र फिरौती रकम उठाउनेमा संलग्न थिए ।

राजनीतिको आडमा अपराध
प्रचण्ड थैब हत्यापछि युवा संघ प्रवेश
मनोज पुन ०६७ सालमा तत्कालीन युवा संघ बुटवल अध्यक्ष प्रचण्ड थैबको हत्यापछि एमाले प्रवेश गरेका थिए । त्यो भन्दा अघि उनी वाइसिएलमा आबद्ध थिए । तर, हत्याविरुद्धको आन्दोलनले बुटवल तताएपछि उनी एमाले प्रवेश गरेका हुन् ।

उनी माओवादीबाट सालिकराम चापागाईंसहित एमाले प्रवेश गरेका थिए । एमालेका क्षेत्रीय कमिटी सदस्य टीकाराम चापागार्इं र त्यतिखेर भर्खर कांग्रेस छोडेर एमाले प्रवेश गरेका कृष्णराज पौडेलले उनलाई एमाले प्रवेश गराएका हुन् । कृष्णराज पौडेलका भाइ मदन पौडेल र मनोजको सम्बन्धले गर्दा उनी एमाले प्रवेश गरेका थिए । प्रवेशलगत्तै युवा संघ क्षेत्र नं १ को सम्मेलनबाट कृष्णराज पौडेल युवा संघको क्षेत्रीय अध्यक्ष हुँदा मनोज पुन कोषाध्यक्ष र सालिकराम चापागार्इं सदस्य भए । तर, चार वर्षदेखि उनी पार्टीको सम्पर्कमा नरहेको एमाले रुपन्देहीले जनाएको छ ।

युवा संघमा प्रवेशपछिका अपराध
युवा संघ प्रवेशसँगै उनीहरू काठतस्करी, गिट्टी–बालुवाको चोरी गर्ने ट्र्याक्टरबाट हप्ता उठाउने र जग्गा व्यापारीसँगको मिलेमतोमा विभिन्न व्यक्तिलाई धम्क्याई रकम असुलीमा लागे । पुनले माओवादी ब्यारेकबाट फर्केका केहीसँग मिलेर पनि लुटपाट र असुली गरेका थिए ।

पुनले ०६९ मा देवदह–३ सेमरानामा रमेश सुनारलाई खुकुरी प्रहार गरेका थिए । सो घटनामा युवा संघ नगरका तत्कालीन देवदह अध्यक्ष चन्द्रकान्त खरेलको मोटरसाइकलमा क्षति पुगेको थियो । यो घटनापछि प्रहरीलाई सूचना दिँदासमेत आलटाल भएपछि युवा संघ देवदहका कार्यकर्ताको नेतृत्वमै उनीहरूलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको थियो ।

त्यतिखेर मनोज पुनलाई लखेट्दा खेतमा फालिएको पेस्तोल अर्को दिन भेटिएको थियो । सो पेस्तोल प्रमाणका रूपमा प्रहरीलाई नबुझाएर एमालेले उनलाई जोगाएको थियो ।

त्यसको केही समयपछि नवलपरासी सुनवलका गोपी पुनमाथि दिउँसै खैरेनी चोकमा खुकुरी प्रहार भयो । यसमा पनि उनको संलग्नता रहेको प्रहरीको भनाइ छ । ०७१ सालमा बुद्ध सामुदायिक वनको काठचोरी गरी अवैध रूपमा बेच्न खोजेकोमा सेमरानामा उनी पक्राउ परे । ती काठ अहिले पनि सडकमै फालिएको अवस्थामा छन् ।

मनोजकै निर्देशनमा देवदह–७ का नारायण बस्नेतमाथि गोली प्रहार गरिएको आरोप पनि लागेको छ । गोली तिघ्रामा लागेकाले उनी बच्न सफल भएका थिए ।

राजनीतिक संरक्षण
माओवादीमा रहुन्जेल वाइसिएलबाट राजनीतिक संरक्षण पाएका मनोज पुन माओवादी कमजोर हुँदै जान थालेपछि एमालेमा प्रवेश गरे । प्रवेशपछि पनि यिनीहरू पटक–पटक प्रहरी नियन्त्रणमा नपुगेका होइनन् । तर, तत्कालीन एमाले नेता स्व. रामनाथ ढकालले स्थानीय नेताको सिफारिसमा छुटाउँदै आएका थिए ।

दुर्गा तिवारीको हत्या भएलगत्तै एमालेकै कतिपय व्यापारिक र ठेकेदारी पृष्ठभूमिका नेताले मोटो रकम मनोज पुनलाई पठाएको स्रोतहरू बताउँछन् । प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा फिरौती उठाउने मानिस पक्रिन थालेपछि व्यापारीलाई प्रयोग गरेर रकम उठाएको उल्लेख छ ।

यो खबर आजको नयाँ पत्रिकामा छ ।

बंगलादेशको अन्तरिम सरकार नेपालबाट बिजुली लैजान सकारात्मक

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले समेत नेपालबाट ४० मेगावाट बिजुली लैजान चासो देखाएको छ । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो ।  बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि साउन २२ मा राजीनामा दिँदै शेख हसिनाले देश छाडेकी थिइन् । हसिनाकै अगुवाइमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश लैजाने गरी ४० मेगावाट बिजुली खरिद प्रक्रिया अघि बढेको थियो । तर हसिनाले देश छाडेपछि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने थियो । अहिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेको कान्तिपुर दैनिकले लेखेको छ । यसअघि नै सबै कागजपत्र पूरा भइसके पनि तीन देशबीच सम्झौता गर्न मात्र बाँकी थियो ।  हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर ९१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार० आम्दानी हुने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर भारत–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

किन बढ्दै छ सरकारको स्थायित्वमाथि आशंका ?

काठमाडौं । राजनीतिक स्थायित्व, सुशासन, सेवा प्रवाह र संविधान संशोधनसहितको सातबुँदे सहमतिअनुसार गठन भएको संसद्का दुई ठूला दल नेपाली कांग्रेस–नेकपा (एमाले) सम्मिलित सरकारको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ। सरकार गठन भएको दुई महिना नपुग्दै राजनीतिक वृत्तमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयुका सम्बन्धमा विभिन्न टीकाटिप्पणीहरू हुन थालेको आजको नेपाल समाचारपत्रले लेखेको छ। सत्ता पक्षकै कतिपय सांसदहरूले वर्तमान सरकारको चाल हेर्दा लामो समय जाने संकेत नदेखिएको बताए । गत असार १७ गत मध्यरातमा एकाएक भएको कांग्रेस–एमाले सत्ता समीकरणसँगै आक्रामक बनेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बिचौलिया, तस्कर र भ्रष्टाचारीलाई बचाउन आफूलाई सरकारबाट हटाएको आरोप लगाउँदै आएको थियो । प्रतिपक्षको उक्त आरोपलाई सत्तापक्षका सांसदहरूले खण्डन गरे पनि पछिल्लो समयमा सरकारका गतिविधिप्रति मन्त्रीहरू नै सन्तुष्ट देखिएका छैनन्। एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भएकाले आ–आफ्नो राजनीतिक अभियानलाई सशक्त बनाएर जनतामाझ पुग्न कठिन भएको बताउन थालेका छन् । प्रतिपक्षी दलहरूले खेलिरहेको अवस्थामा सरकारकै मन्त्रीहरूले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले विवादित बनेका छन् । पछिल्लोपटक सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसको व्यापक आलोचना भएको छ । सो विषयमा आपत्ति जनाउँदै सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सदनबाटै सरकारको ध्यानाकर्षण गर्नुभयो । मन्त्रीहरूलाई जिब्रोमा ब्रेक लगाउन आग्रह गर्दै खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिनसमेत माग गर्नुभएको थियो । त्यस्तै, गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेको मन्त्रालय बेच्ने अभिव्यक्तिले अर्को तरंग उत्पन्न भएको छ । उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले गण्डकीमा मन्त्री पद पैसामा बिक्री गर्न शुरू भएको हो रु भन्दै सरकारसँग जवाफ माग्नुभएको छ । प्रदेश सांसद मनाङेले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएकोप्रति असन्तुष्टि जनाउँदै मन्त्रालय ३ करोडसम्ममा बिक्रीमा राखेको अभिव्यक्ति दिनुभएको थियो । यता, कांग्रेसका सहमहामन्त्रीसमेत रहेका संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि दुई प्रतिस्पर्धी दलबीचको गठबन्धनले पार्टी खुकुरीको धारमा हिँड्नुपरेको टिप्पणी गर्नुभएको थियो । उहाँले मन्त्री भएर काम गर्नै नसकेको भनेर पार्टीको केन्द्रीय समिति बैठकमा दिएको अभिव्यक्तिले समेत पार्टी र सरकारमा एकखालको तरंग छाएको थियो। केही समयअघि परराष्ट्रमन्त्री आरजू देउवा राणा भारत भ्रमणबाट फर्कनासाथ उहाँप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै अब महिला प्रधानमन्त्री बनाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभएको थियो– ‘म महिला प्रधानमन्त्री भएको देख्न चाहन्छु । मेरै पालामा महिला राष्ट्रपति, महिला सभामुख, महिला न्यायाधीश र महिला मुख्य सचिव बनाइसकिएको छ । अब महिला प्रधानमन्त्री बनाउने मेरो चाहना छ । त्यो चाँडै पूरा हुन्छ, तर केही महिना लाग्छ।’ उहाँको यस्तो अभिव्यक्तिलगत्तै आरजू राणालाई कतिपयले भाबी प्रधानमन्त्रीका रूपमा प्रचार नै गरेपछि राणाले आगामी सरकारको प्रधानमन्त्री आफू नभएर कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने लिखित धारणा सार्वजनिक गर्नुभएको थियो। सरकारले अपेक्षकृत रूपमा काम गर्न नसकेको टिप्पणीहरू भइरहेका बेला सरकारसम्बद्ध व्यक्तिहरूबाटै आएका यस्ता आलोचित र विवादित विषयले सरकारलाई थप कमजोर गर्दै लगेको विश्लेषकहरूले बताएका छन्। तर, सरकारका प्रमुख दलका शीर्ष नेताद्वय शेरबहादुर देउवा र केपी ओलीसमेत सरकारको आयुका विषयमा निश्चिन्त हुनुहुन्न । उहाँहरूले हतारमा अभिव्यक्ति दिँदै यो सरकार दुई दलबीच भएको सहमतिअनुसार जाने जिकिर गर्नुभएको छ। कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको दाबी गर्नुभयो । बुधबार सार्वजनिक कार्यक्रममा बोल्दै देउवाले भन्नुभएको छ– ‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ । कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो । यसमा चिन्ता लिनुपर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ।’ बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पोलिटब्युरो बैठकमा एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने पार्टी नेताहरूलाई आश्वस्त पार्नुभएको छ। सरकारलाई सय दिन पूरा नहुँदै घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न उहाँले नेताहरूलाई निर्देशन नै दिनुभएको छ। ‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ। यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ –उहाँले भन्नुभयो।

शीर्ष नेताको बैठक बस्दै, कार्यादेश टुंग्याउने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक आज बिहान बस्न लागिएको हो । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आज बस्ने तय गरिएको हो ।  

सुन तस्करीका लागि हङकङमा कार्यालय, यस्ता छन् कार्यालय खोल्ने नागरिक

काठमाडौं । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार हङकङका नेपाली र भारतीय व्यापारीहरूले कार्यालय खोलेर नेपालमा अनुकूल वातावरण तयार पारी सुन पठाउने गरेका छन्। ‘नेपाली र भारतीय व्यापारीहरूको हङकङमा संयुक्त कार्यालय रहेको छ, जहाँबाट सेटिङ मिलाएर मात्रै नेपालमा सुन पठाउने गर्छन्। कुनै बेला सेटिङ भत्कियो भने वा कमिसनमा कुरा मिलेन भने मात्रै सुन बरामद हुने गरेको छ,’ स्रोतले भन्यो। सुन तस्करीका लागि हङकङमा कार्यालय खोल्नेमा अधिकांश भारतीय नागरिक तथा भारतीय मूलका नेपाली व्यापारी छन्। यो नागरिक दैनिकमा आज प्रकासित समाचार हो ।

लोकप्रिय