शेरेले I LOVE YOU लेखेर पठाएपछि…..

शेरेले I LOVE YOU लेखेर पठाएपछि…..

शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन । १ दिन उसले म्यासेजमा I love You लेखेर पठाउने निर्णय गरेछ ।

उसले राती ‘ I LOVE YOU’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ ।

केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ ।
रात भरि केटीकै सपना देखेछ ।

बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिरबाट फर्केपछि म्यासेज पढेको त यस्तो लेखेको रैछ-
+9771414 Your
Message Not delivered.
Account balance: 0.17 Rupees.
Please recharge in time.
Thank you

बामदेवको मुद्दाको सुनुवाई स्थगित, अब दशैँपछि मात्रै हुने

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई बुधबार पनि स्थगित भएको छ । असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो । उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो । न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले बुधबार रिटको सुनुवाई स्थगित भएको छ । अब उक्त मुद्दाको निरुपण दशैँपछि मात्रै हुने भएको छ । गत प्रतिनिधिसभा सदस्य निर्वाचन हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको तथा गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दिएका थिए । उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर ४ असोजमा रिट दायर गरेका थिए । गत असोज ७ गते सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशका कारण गौतमले राष्ट्रिय सभामा उपस्थित हुनेबाहेक अरु कुनै जिम्मेवारी पाउने छैनन् । अर्को सुनुवाइबाट अन्तरिम आदेशबारे टुंगो नलाग्दासम्म त्यो यथावत् रहनेछ । पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई नियुक्त गरेकी थिइन् । राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

चुटकीलाः तेरो बुढी भेट्न जाँदैछे

कमलः ओई तँ हिजो किन त्यति दुखि भा को ? भुवनः के भन्नु यार, बुढीले सारी किन्न १५ हजार माग्यो । भएको पैसा रित्तियो कमलः अनि आज किन यति खुसी त ? भुवनः हाँस्दै, मेरो बुढी त्यही सारी लगाएर आज तेरो बुढी भेट्न गा’छ त्यही भएर ।   डिभोर्स गर्न वकिलकोमा गएर फर्केपछि… बिहानै श्रीमतीको चर्को आवाजले श्रीमानको निन्द्रा खुल्यो श्रीमतीः कति सुत्न सकेको हो के ? यसो बिहान उठेर काम धाम गर्नु छैन ? श्रीमान केही नबोलि बाथरुम गयो । अनि मुख धोएर कपडा लगाउन थाल्यो । यो देखेर श्रीमती अचम्ममा परिन् । श्रीमतीः काँ जान लागेको हो ? नाश्ता बनाउन छोडेर श्रीमानः अब अत्ति भो के तिम्रो किचकिच, म वकिलकोमा जाँदैछु । तिमीसँग डिभोर्स गर्न । यति भनेर ऊ केही नबोली सोझै घरबाट निस्कियो । तर एकैछिनपछि ऊ फेरी फर्केर आयो । लुगा पनि नफुकालि भान्सामा गएर नास्ता बनाउन थाल्यो । यो देखेर श्रीमती चकित भइन ? किन के भए छ त ? किनभने ऊ वकिलमो जाँदा वकिल भान्सामा भाँडा माझ्दै थियो ।

शिक्षक-विद्यार्थीबीचको रमाइलो सवाल-जवाफ

शिक्षकः म जे सोध्छु जवाफ पटाफट दिनु विद्यार्थीः हुन्छ सर शिक्षकःनेपालको राजधानी कहाँ हो ? विद्यार्थीःफटाफट जवाफ सुनेर शिक्षक तनावमा……!

पाव भाजीका ठेला लगाउँ छु ! (चुट्किला)

रामः सर आजदेखि म छिटो घर जान्छु मालिकः किन ? रामः सर एउटा कामले घर चलाउन मुस्किल भयो, अब राती रिक्सा चलाउँछु । मालिकः भोग लागेमा मसँग आउनु, म पनि राती पाव भाजीको ठेला लगाउँछु रामः जिल्ल…..!

लोकप्रिय