सत्ता गठबन्धनले प्रदेश १ का तीन जिल्लामा टुंग्याए भागबण्डा

सत्ता गठबन्धनले प्रदेश १ का तीन जिल्लामा टुंग्याए भागबण्डा

विराटनगर । सत्तारुढ गठबन्धनले प्रदेश १ का तीन जिल्लामा भागबण्डा टुंग्याएको छ । ताप्लेजुङ, खोटाङ र भोजपुरमा गठबन्धन दलहरुबीच भागबण्डा टुंगिएको हो । यसबाहेक धनकुटा, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा केही प्राविधिक विषयमात्रै मिल्न बाँकी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन् ।

ताप्लेजुङमा ७ वटा पालिकाको प्रमुख÷अध्यक्ष नेपाली काँग्रेसले पाउने भएको छ भने माओवादी केन्द्रले २ वटा पालिकाको अध्यक्ष पाउने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीले भने उपाध्यक्षमा चित्त बुझाउने भएको छ ।

ताप्लेजुङको भागबण्डा

१. मैवाखोला गाउँपालिका– अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष, नेपाली काँग्रेस

२. आठराई त्रिवेणी गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र

३. मिक्वाखोला गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र

४. मेरिङ्देन गाउँपालिका – अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा ९एकीकृत समाजवादी०

५. फक्ताङ्लुङ गाउँपालिका– अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस

६. फुङ्लिङ नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उपप्रमुख माओवादी केन्द्र

७. पाथिभरा याङ्वरक गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र

८. सिदिङ्वा गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र

९. सिरिजंघा गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र

१०. जिल्ला समन्वय समिति– प्रमुख, माओवादी केन्द्र, उपप्रमुख नेकपा (एकीकृत समाजवादी)

यसैगरी भोजपुरमा पनि गठबन्धन दलहरुबीच भागबण्डा टुंगिएको छ । भोजपुरमा दुईवटा पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने पनि सहमति भएको छ । बाँकीमा काँग्रेसले ५ पालिका, माओवादी केन्द्रले २ र नेकपा एसले २ वटा उपाध्यक्ष तथा जनता समाजवादी पार्टीले जिल्ला समन्वय समितिको प्रमुख पाउने सहमति भएको छ ।

पालिकाको विवरणः

१. रामप्रसाद राई गाउँपालिका– अध्यक्ष, नेकपा माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस

२. पौवादुङमा गाउँपालिका– अध्यक्ष, नेकपा माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस

३. हतुवागढी गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष, नेकपा माओवादी केन्द्र

४. भोजपुर नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उप–प्रमुख नेकपा एकीकृत समाजवादी

५. षडानन्द नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उपप्रमुख नेकपा माओवादी केन्द्र

६. टेम्केमैयुङ गाउँपालिका – अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा एकीकृत समाजवादी

७. साल्पा सिलिछो गाउँपालिका– अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा माओवादी केन्द्र

८. जिल्ला समन्वय समितिको प्रमुख– जनता समाजवादी पार्टी, नेपाल, उपप्रमुख नेकपा माओवादी केन्द्र

९. आम्चौक र अरुण गाउँपालिकामा गठबन्धन दलहरूकाबीच मात्रै स्वस्थ प्रतिस्पर्धा गर्ने । गठबन्धन दलहरूबाहिर गठबन्धन गरे पार्टीले सख्त कार्बाहीको विषय बनाउने ।

यसैबीच खोटाङ जिल्लामा पनि गठबन्धन दलहरुबीच सहमति भएको छ । सहमति अनुसार ३ वटामा काँग्रेस, ३ वटामा माओवादी तथा चार दलबीच सहमति हुन नसकेका ४ वटा पालिकामा काँग्रेस बाहेकका तीन दलको गठबन्धन बनेको छ ।

प्राप्त विवरण अनुसार खोटाङकमो दिग्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा काँग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र, बराहपोखरी गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपप्रमुखमा नेकपा एस, रावाबेंसी गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, ऐंसेलुखर्क गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस, खोटेहाङ गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस, जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार हुने सहमति भएको छ ।

यस्तै काँग्रेसबाहेक माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीबीच खोटाङका चार पालिकामा छुट्टै सहमति भएको छ । त्यहाँ काँग्रेस, एमाले र अन्य गठबन्धन दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

जसअनुसार हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र, केपिलासगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एस र उपाध्यक्षमा जनता समाजवादी, सकेला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा जसपा, दिप्रुङ चुईचुम्माको दुवै अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले नै पाएको छ ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय