सरकारले गर्यो राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान
काठमाण्डौं ।सरकारले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । बंगलदेशको ढाकामा २०८७ पौष ६ देखि १६ गते सम्म संचालन भएको बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता महिला भलिबल टोलीका खेलाडी हरुलाई प्रधानमन्त्री देउवाले जनहि ५ लाख प्रदान गरेका हुन् ।
स्वर्ण पदक विजेता सम्मानित खेलाडीमा कप्तान अरुणा शाही,मनिषा कुमारी चौधरी,कामना बिष्ट,लक्ष्मी चन्द,उषा भण्डारी,प्रतिभा माली,सलिना श्रेष्ठ,सरस्वती चौधरी,सुनिता खड्का,सफिया पुन,कृपा अधिकारी, र शान्ति कुमारी थारु हुन् । स्टार खेलाडी सरस्वती भने घुडाको शल्याक्रिया भएको कारण उपस्थिति भएकी थिइन । उनको सम्मान पत्र पुरुष भलिबलका पूर्व कप्तान भरत शाहाले लिएका थिए ।
त्यस्तै,मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादबले समान ३ लाख प्राप्त गरेका छन् भने टिम मेनेजर ज्योती केसीले २ लाख प्राप्त गरेकी थिईन् । सोहि अवसरमा विश्व व्याडमिन्टन महासंघको पुरुष जुनियर एकलतर्फ विश्व वरियताको शिर्ष स्थानमा पुग्न सफल खेलाडी प्रिन्स दाहाल र फुटबलका विदेशी प्रशिक्षक प्रशिक्षक अब्दुलाह अल्मोतारीलाई पनि सम्मान गरिएको थियो । अल्मोतारीले भने फुटबल टिम सम्मानीत हुदा विदेशमा भएका करण उपस्थिति नभए पश्चात शुक्रबार सम्मान गरिएको हो ।
खेलाडी तथा प्रशिक्षक सम्मान पश्चात प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र फिजाउने एउटन महत्त्वपूर्ण र प्रभावकारी माध्यम भएको बताए । उनले भने खेलकुद क्षेत्रको समग्र विकास तथा खेलाडीहरूको क्षमता विकासको लागि सरकारले विशेष जोड दिँदै आएको छ । सरकारले खेलकुद मार्फत राष्ट्रको शान र इज्जत उँचो बनाउने खेलाडीहरूलाई प्रोत्साहित गर्न र उनीहरूको मनोबल उच्च राख्न विभिन्न सम्मान कार्यक्रमको आयोजना तथा नगद पुरस्कार वितरण पनि गर्दै आइरहेको छ । यसै सन्दर्भमा बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय महिलाभलिबल प्रतियोगितामा विजयी भई पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई नगद पुरस्कार सहित सम्मान–पत्र दिने नेपाल सरकार, मन्त्रिपरिषद्बाट निर्णय भएको थियो ।
प्रधानमन्त्रीले भने “आज सम्मानित र पुरस्कृत हुने सबै खेलाडी,प्रशिक्षकर अफिसियलहरू धन्यवादका पात्र हुनुहुन्छ । तपाईंहरूप्रति हामी सबै गौरवान्वित छौँ । भलिबल खेलको माध्यमबाट नेपालको शिर उँचो बनाउन जुन मेहनत गर्नुभयो त्यो अति नै प्रशंसनीय छ । भविष्यमा पनि नेपाली खेलाडीहरूले भलिबल लगायतका खेलकुदका विभिन्न विधामा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने प्रतिस्पर्धामा सहभागी भई राम्रो नतिजा हासिल गरी नेपाल र नेपालीको शिर उँचो बनाउने कार्यमा निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”
उनले विश्व ब्याडमिन्टन महासंघको पुरुष जुनियर एकल खेलाडीतर्फ विश्व वरियताको शीर्ष स्थानमा पर्न सफल भई राष्ट्रको गरिमा उच्च राखेकोमा योगदानको कदर गर्दै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पनि बधाई तथा शुभकामना दिन दिए।
प्रधानमन्त्रीले फुटबलको क्षेत्रमा नेपाली खेलाडीहरूलाई निरन्तर कुशल प्रशिक्षण दिएको भन्दै प्रशिक्षक अब्दुलाह अल्मोतारीको प्रसंसा गरेका थिए । उनले भने “आगामी दिनहरूमा फुटबल प्रतियोगितामा पनि नेपाली खेलाडीहरूले सफलता प्राप्त गर्न प्रयासरत रहनुहुनेछ भन्ने अपेक्षा लिएको छु । आम नेपाली खेलाडी तथा खेलकर्मीहरूले आगामी दिनमा अझै उच्च मनोबलका साथ काम गर्दै मुलुकको प्रतिष्ठा र यश अभिवृद्धि गर्दै जान योगदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । यहाँहरूलाई नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगका लागि सरकार सदैव सकारात्मक रहेको व्यहोरा जानकारी गराउन चाहन्छु।”
सरकारले मुलुकमा खेलकुद क्षेत्रको विकासका लागि देशभर खेलकुद पूर्वाधारहरूको निर्माण र स्तरोन्नतिका लागि विशेष कार्यहरू गर्दै आइरहेको बताए ।
प्रधानमन्त्रीले भने “खेलाडीहरूको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन समेत सरकारले पहल गर्ने विश्वास दिलाउन चाहन्छु । खेलकुद क्षेत्रको विकास सँगैसँगै यस क्षेत्रमाअनुशासन र सुशासन कायम गर्नआवश्यक छ । खेलकूद क्षेत्रलाई सबै किसिमका विकृति र विसङ्गतिबाट मुक्त राख्दै स्वच्छ प्रतिस्पर्धालाई अघि बढाउन हामी सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न जरुरी छ । यसमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बद्ध खेलसंघहरू तथा सम्पूर्ण खेलकर्मीहरू बीच समन्वयात्मक प्रयास हुनु आवश्यक देख्दछु । निजी क्षेत्रका संघ संस्थाहरूले मुलुकको खेलकुद क्षेत्रको विस्तार र प्रवर्द्धनका लागि गरेको सहयोगको हार्दिक सह्राहना गर्दै आगामी दिनमा खेलकुदका क्षेत्रमा थप लगानी बढाउन समेत अपिल गर्न चाहन्छु । अन्त्यमा, नेपाली खेलाडीहरूलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरी देशको गौरव बढाउँदै जाने सफलता प्राप्त होस् भन्ने कामना गर्दछु । ”
प्रधानमन्त्री देउवाले नेपाल भलिबल संघलाई पनि सम्मान गरेका छन् ।
सोही अवसरमा नेपाल भलिबल संघको तर्फबाट अध्यक्ष मनोरन्जन रमण शर्माले प्रधान मन्त्री देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजङ् गहतराज(अथक) र सचिव डा. दामोदर रेग्मीलाई मायाको चिनो प्रदान गरेका थिए । समापनका अवसरमा युवा तथा खेलकुद मन्त्री महेश्वरजङ् गहतराज (अथक)ले भलिबल नेपालको राष्ट्रिय खेल भए पनि कभर्डहल नभएकाले त्रिपुरेश्वर हात भित्रै अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माणका लागि पहल कदमी गरिने बताए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला “ज्वाला” ,नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के,महासचिव जितन्द्र वहादुर चन्द,कोषध्यक्ष सुनकेशरी माली लगायतको उपस्थिति रहेको थियो ।
मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि प्रभावित
काठमाडाैं । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि नराम्ररी प्रभावित भएका छन् । क्षेत्रीय अस्थिरता, सुरक्षाको चिन्ता र हवाई क्षेत्र बन्द हुँदा दर्जनौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरू स्थगित, रद्द वा अन्योलमा परेका छन् । विशेषगरी फुटबल क्षेत्रमा यसको प्रभाव उल्लेख्य देखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो क्यालेन्डरअन्तर्गत पश्चिम क्षेत्रका सबै खेलहरू तत्कालका लागि स्थगित गरेको छ । यसमा एएफसी च्याम्पियन्स लिग एलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग जस्ता प्रतियोगिता समावेश छन् । साउदी अरब, कतार, यूएई, इरान र कुवेतका क्लबहरू सहभागी हुने खेलहरू रोकिनुका साथै क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर जस्ता चर्चित टोलीहरू पनि प्रभावित भएका छन् । इरानको घरेलु ‘पर्सियन गल्फ प्रो लिग’ अनिश्चितकालका लागि निलम्बन गरिएको छ भने विदेशी खेलाडीहरू धमाधम देश छोडिरहेका छन् । दक्षिण कोरियाली डिफेन्डर ली की–जे तेहरानस्थित आफ्नै दूतावासमा शरण लिएर स्वदेश फर्कन सफल भएका छन् । युद्धको प्रभाव फुटबलमा मात्र सीमित छैन । कतारमा मार्च २७ मा हुने तय भएको स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतिक्षित ‘फाइनलिसिमा’ खेल पनि अन्योलमा परेको छ । कतार फुटबल एसोसिएसनले घरेलु खेलहरू स्थगित गरेपछि उक्त खेल हुने सम्भावना कमजोर बनेको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा हुने फुजैराह ओपन टेनिस प्रतियोगिता पनि सुरक्षाका कारण रद्द गरिएको छ । खेल तालिका अस्तव्यस्त बनेपछि विभिन्न खेल संघहरू अहिले प्रतियोगिता सञ्चालनभन्दा पनि खेलाडीहरूको सुरक्षा र उद्धारमा केन्द्रित भएका छन् ।
स्कटल्यान्डमाथि ऐतिहासिक जितपछि नेपाली टिमलाई प्रचण्डको बधाई
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप अन्तर्गत स्कटल्यान्डमाथि हासिल गरेको शानदार जितका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। दोस्रो चरणमा पुग्ने सपना अधुरै रहे पनि स्कटल्यान्डविरुद्धको प्रभावशाली जितले सम्पूर्ण नेपालीलाई गर्वान्वित बनाएको उहाँको भनाइ छ। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। “नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। दोस्रो चरणको सपना अधुरै रहे पनि, स्कटल्यान्डमाथि हासिल यो शानदार जितले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन सफल रहनुहोस्। सिंगो नेपाल तपाईंहरूको साथमा छ।” उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको आत्मविश्वास र संघर्षशील भावनाले विश्वसामु नेपालको पहिचान थप मजबुत बनाएको उल्लेख गर्नुभयो। स्कटल्यान्डमाथिको जितसँगै नेपाली टोलीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यस जितले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटप्रति थप आशा र विश्वास जगाएको छ।
टी–२० विश्वकप: दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा १२ वर्षपछि नेपालको जित
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि जित निकाल्दै स्कटल्यान्डलाई सात विकेटले हराएको छ। भारतको वान्खेंडे रंगशालामा भएको खेलमा १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा चार चौका र तीन छक्कासहित अविजित ५० रन बनाए। यो विश्वकपमा नेपालबाट सबैभन्दा छिटो बनेको अर्धशतक हो। उनी विश्वकप इतिहासमा दुई अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटरसमेत बने। यसअघि कुशल भुर्तेल (४३) र आसिफ सेख (३३) ले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। गुल्सन झाले अविजित २४ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा १७०/७ बनायो। माइकल जोन्सले ७१ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। जितसँगै नेपालले दुई अंकसहित प्रतियोगिता टुंग्यायो। नेपाल र स्कटल्यान्ड दुवै समूह चरणबाट बाहिरिएका छन्।
नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा हुने
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए । दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्ड लगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।

