सरकारी घ्यूउ महँगो, चिनी सस्तो

सरकारी घ्यूउ महँगो, चिनी सस्तो

काठमाडौं । सरकारले चाडवाडलाई लक्ष्य गरी सञ्चालनमा ल्याएको सहुलियत पसलमै केही खाद्य वस्तु महँगोमा बिक्री भइरहेको छ । बजार भाउभन्दा सस्तोमा बिक्री गर्ने दाबी गरे पनि घिउ, सानो केराउ, मुग छाँटा, दाल, बेसारलगायतका वस्तु बजारभाउभन्दा महँगोमा बिक्री गरेको पाइएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबारदेखि ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । उक्त पसलमा डीडीसीले घिउमा प्रतिलिटर ५० रुपैयाँ छुट दिएर ८५० रुपैयाँ तोकिएको छ ।

आधा लिटरको प्याकेटलाई ४२५ रुपैयाँ तोकिएको छ । उक्त मूल्य बजार भाउसरह नै रहेको जानकारहरू बताउँछन् । बिगमार्टले झन डीडीसीकै घिउ आधा लिटरमा १७ रुपैयाँ सस्तोमा बिक्री गर्दै आएको छ । बिगमार्टले ग्राहक लोभ्याउन अफर राखेर डीडीसीबाटै खरिद गरेर सस्तो मूल्यमा बिक्री गरेको हो । ‘मार्केटिङ बजेटबाट खर्च गर्ने गरी सस्तोमा बिक्री गरेका छौं,’ बिगमार्टका फाइनान्स प्रमुख विवेक देवले भने, ‘अन्य वस्तुको हकमा पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग छलफल गरेर अगाडि बढ्छौं ।’

बिगमार्टबाहेक सहुलियत पसल र खुद्रा बजारमा पाइने घिउको मूल्यमा कुनै अन्तर छैन । डीडीसीले सहुलियत पसलमा ५० रुपैयाँ छुट दिएको दाबी गरे पनि बजारमा आधा लिटरको डीडीसी घिउ ४२५ रुपैयाँमै किन्न पाइन्छ । ‘आधा लिटरलाई ४२५ रुपैयाँमा बिक्री गर्दा पनि मुनाफा राम्रै हुन्छ । बजारमा आधा लिटरको ४२५ रुपैयाँमै बिक्री भएको छ,’ एक खुद्रा व्यवसायीले भने । भाटभटेनी सुपर मार्केटले पनि उक्त घिउ आधा लिटरलाई ४२५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

भाटभटेनीका कार्यकारी अधिकृत पानु पौडेलका अनुसार बल्कमा खरिद गर्दा डीडीसीले एमआरपी मूल्यमै ७र८ प्रतिशत छुट दिन्छ । जसले गर्दा केही सस्तो परेको उनले बताए । यता डीडीसीले भने दूधको मूल्य बढे पनि उपभोक्तलाई मार नपार्न मूल्य नबढाएको दाबी गर्छन् । कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाका अनुसार स्टक क्लियरेन्सको अवस्थामा भाटभटेनी, बिगमार्ट, सेलवयजलगायत डिलरले धेरै खरिद गर्दा अहिले सस्तोमा बिक्री गरेको बताए ।

‘गत वर्ष अत्यधिक दूध र घिउ मौज्दात हुँदा स्टक क्लियर गर्नुपर्ने बाध्यता थियो । स्टक बिक्री नहुँदा किसानलाई पैसा दिन समस्या थियो । ठूला डिपार्टमेन्ट र वितरकहरूले धेरै उठाए । धेरै खरिद गर्दा करिब ५ प्रतिशत छुट थियो,’ प्रमुख झाले भने, ‘व्यवसायीहरूले मौज्दात राखेर अहिले सस्तोमा दिएका हुन् ।’ सहुलियत दिनकै लागि मूल्यवृद्धि नगरेको दाबी गरे । ‘दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्ने बित्तिकै दुग्धजन्य सम्पूर्ण वस्तुको मूल्य स्वाभाविक रूपमा बढ्छ ।

चाडबाडलाई नै मध्यनजर गर्दै मूल्य समायोजन गरेका छैनौं,’ उनले भने । घिउबाहेक अन्य वस्तुहरूमा पनि सहुलियत पसलभन्दा बाहिर नै सस्तो छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार बजारमा प्रतिकेजी सानो केराउको मूल्य १२० रुपैयाँ पर्छ । सुपथ पसलमा छुट दिएर १३० रुपैयाँ तोकेको छ । मुग छाँटा दाल बजारमा १६५ रुपैयाँमा पाइन्छ ।

सुपथ पसलमा छुट दिएर १७० रुपैयाँ निर्धारण गरिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार शुद्ध बेसारको मूल्य १५० रुपैयाँ पर्छ । सहुलियत पसलमा १७५ रुपैयाँ तोकिएको छ । शुद्ध धनियाँ बजारमा १२५ रुपैयाँमा पाइने संघले जनाएको छ । तर, सहुलियत पसलमा १३५ रुपैयाँ तोकिएको छ । शुद्ध जिरा २१० रुपैयाँ परे पनि सहुलियत पसलमा १३५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसरी सहुलियत पसलको नाममा सरकारबाटै उपभोक्ता ठगी हुनु गलत भएको उपभोक्ताकर्मीहरू बताउँछन् । ‘सहुलियत पसल भन्ने बित्तिकै आम सर्वसाधारको पहुँचमा हुनुपर्छ । बजारभाउभन्दा केही मात्रामा सस्तो हुनुपर्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘तर, विडम्बना सरकारबाटै उपभोक्ता ठगिए ।’ सहुलियत पसलमा चिनी भने सस्तो छ ।

सरकारले सहुलियत पसलबाट प्रतिकिलो ७४ रुपैयाँमा चिनी उपलब्ध गराएको छ । निजी व्यवसायीहरूले भने प्रतिकिलो ७५ देखि ८२ रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । कान्तिपुर दैनिकबाट

भदाै अन्तिमदेखि सहुलियत पसल सञ्चालन हुने

काठमाडौं । सरकारले आउँदो भदौ ३० देखि चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित देशभर सहुलियत पसल खोल्ने तयारी भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था कम्पनीले दसैँ, तिहार र छठलाई लक्षित गर्दै १११ स्थानमा पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासहित ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । खाद्य कम्पनीका अनुसार चामल, दाल, गेडागुडीलगायत वस्तुमा प्रतिकेजी दुई रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइनेछ । विभागीय प्रमुख भीमबहादुर थापाका अनुसार छुट दर, पसल संख्या र स्थानसम्बन्धी प्रस्ताव उद्योग मन्त्रालयमा पेश भइसकेको र स्वीकृत पनि भएको छ । प्रदेशवार खाद्य कम्पनीका सहुलियत पसल: कोशीमा ११, मधेशमा ३, बागमतीमा ५, गण्डकीमा ७ र लुम्बिनीमा १५ स्थानमा सञ्चालन हुनेछन् । साल्ट ट्रेडिङले उपत्यकामा ११ बिक्री केन्द्र र तीन मोबाइल भ्यानसहित १४ स्थानमा पसल सञ्चालन गर्नेछ । उपत्यकाबाहिरका २२ जिल्लामा पनि माग अनुसार पसल खोलिनेछ । कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीका अनुसार चिनी प्रतिकेजी पाँच रुपैयाँ, नुन दुई रुपैयाँ, खानेतेल, चामल, चिउरा र पिठोमा सात रुपैयाँ छुट दिइनेछ । उपत्यकामा कालीमाटी, सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जावलाखेल र स्वयम्भूका बिक्री केन्द्रमार्फत सहुलियत मूल्यमा सामान उपलब्ध गराइनेछ ।

नेप्से परिसूचकमा  सुधार

काठमाडौँ । सेयर बजारमा सामान्य सुधार आएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २.३५ अङ्कले बढेर २८३६.३५ विन्दुमा पुगेर बन्द भएको हो ।  परिसूचकमा सामान्य वृद्धि भए पनि आज कारोबार भने निराशाजनक देखिएको छ । आज बजारमा कुल ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको कुल कारोबार भयो । आज कारोबारमा आएका कम्पनीहरूमध्ये ११२ वटाको मूल्य बढेको छ भने १३८ वटाको मूल्य घटेको छ । बजारको पुँजीकरण बढ्ने कम्पनी भन्दा घट्ने कम्पनीको सङ्ख्या धेरै भए पनि परिसूचक भने हरियो भएर बन्द भएको छ हो । आज सबैभन्दा धेरै कमाउनेमा विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावर कम्पनी रहेका छन् । यी कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अघिल्ला दुई दिन घटेको ट्रेड टावर आज सर्किट लेभलमा बढेको छ ।  सबैभन्दा धेरै गुमाउने थ्रिस्टार हाइड्रोपावरको मूल्य ३.७८ प्रतिशतले घटेको देखिएको छ । कारोबार रकमको आधारमा आज ङादी ग्रुप पावर र हिमालयन रिइन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रह्यो । यी कम्पनीको क्रमशः २९ करोड ४५ लाख र एचआरएलको २८ करोड २ लाखको कारोबार भयो । आज बजारमा आठ वटा समूहका सूचक घट्दा पाँच वटा मात्रै बढेका छन् ।

भारतसहित ९२ देशलाई भन्सार शुल्क बढाएका ट्रम्पले चीनलाई किन बढाएनन् ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्, तर चीनलाई भने यो शुल्कबाट छुट दिइएको छ। यी शुल्कहरू अर्को हप्तादेखि  लागु हुनेछन्। सूचीमा भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ। तर, चीनका लागि मई २०२५ को कार्यकारी आदेश नम्बर १४२९८ लागु छ, जसमा कुनै परिवर्तन गरिएको छैन। यसले चीनमाथि नयाँ भन्सार शुल्क नलाग्ने संकेत गर्छ। ट्रम्पले २ अप्रिलमा विश्वभरका देशहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, तर ७ दिनपछि त्यसलाई ९० दिनका लागि स्थगित गरे। पछि ३१ जुलाईसम्मको समय दिइयो। ट्रम्प प्रशासनले ९० दिनभित्र ९० सम्झौता गर्ने लक्ष्य राखे पनि हालसम्म केवल ७ देशसँग मात्र सम्झौता भएको छ। चीनलाई शुल्क नलगाउनुको कारण स्पष्ट छैन, तर विश्लेषकहरूका अनुसार यो रणनीतिक व्यापार सम्झौता वा अन्य भूराजनीतिक कारणले हुन सक्छ। चीनसँगको व्यापार सम्बन्धलाई सन्तुलनमा राख्न ट्रम्पले यो निर्णय लिएको अनुमान गरिएको छ। आदेश लागु हुनुअघि अमेरिका तर्फ आइरहेको सामानमा अघिल्लो नियमअनुसार नै कर लाग्नेछ, जसको अन्तिम म्याद ५ अक्टोबर २०२५ तोकिएको छ। ह्वाइट हाउसका अनुसार लाओस, म्यानमार, सिरिया जस्ता देशहरूमा ४० प्रतिशत वा सोभन्दा बढी भन्सार शुल्क लगाइनेछ। कुनै सामान अन्य देशमार्फत कर बचाउन अमेरिका पठाइएमा ४० प्रतिशत शुल्क लाग्नेछ। युरोपेली संघका सामानमा सीधै १५ प्रतिशत भन्सार शुल्क लगाइएको छैन। पहिले १० प्रतिशत शुल्क लाग्ने वस्तुमा ५ प्रतिशत थपिनेछ, तर १५ प्रतिशत वा सोभन्दा बढी शुल्क लाग्ने वस्तुमा थप शुल्क लाग्ने छैन। भारतमा २५ प्रतिशत भन्सार शुल्क ७ अगस्टबाट लागु हुनेछ। यसअघि भारतमाथि १० प्रतिशत आधारभूत शुल्क थियो। अमेरिकाले रूसबाट हतियार र तेल किनेको कारण भारतमाथि थप जरिवाना लगाउने बताएको छ। भारतको वाणिज्य मन्त्रालयले राष्ट्रिय हित संरक्षणका लागि आवश्यक कदम चाल्ने जनाएको छ। यो शुल्कले स्टिल, एलुमिनियम, अटोमोबाइल, वस्त्र, इलेक्ट्रोनिक्स, र गहना उद्योगलाई असर पार्न सक्छ। ब्रिटेनसँग ८ मे मा भएको सम्झौताअनुसार सामान्य वस्तुमा १० प्रतिशत र स्टिल–एलुमिनियममा २५ प्रतिशत भन्सार शुल्क लाग्नेछ। ब्रिटेनले अमेरिकी जैतुन तेल, वाइन, र खेल सामग्रीमा शुल्क घटाउने वाचा गरेको छ। जापानसँग २२ जुलाईमा भएको सम्झौताले जापानी वस्तुमा १५ प्रतिशत शुल्क लाग्नेछ, जुन पहिले २५ प्रतिशत थियो। जापानले ५५० अर्ब डलरको लगानी र अमेरिकी गाडी–चामलका लागि बजार खोल्ने प्रतिबद्धता जनाएको छ। युरोपेली संघसँग २७ जुलाईमा प्रारम्भिक व्यापार सम्झौता भएको छ। ईयूका धेरैजसो वस्तुमा १५ प्रतिशत आधारभूत शुल्क लाग्नेछ, जसमा कार, औषधी, र इलेक्ट्रोनिक्स सामेल छन्। ईयूले ७५० अर्ब डलरको ऊर्जा किन्ने र ६०० अर्ब डलरको लगानी गर्ने वाचा गरेको छ। दक्षिण कोरियाली सामानमा भन्सार शुल्क २५ प्रतिशतबाट १५ प्रतिशतमा झारिएको छ। दक्षिण कोरियाले १०० अर्ब डलरको ऊर्जा किन्ने र ३५० अर्ब डलरको लगानी गर्ने जनाएको छ। इन्डोनेसिया, फिलिपिन्स, र भियतनाममा क्रमशः १९, १९, र २० प्रतिशत भन्सार शुल्क लगाइएको छ। चीनलाई भन्सार शुल्कबाट छुट दिनुले ट्रम्पको व्यापार नीतिमा रणनीतिक प्राथमिकता झल्काउँछ, तर यसले अन्य देशहरूमा असन्तुष्टि निम्त्याउन सक्छ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

लोकप्रिय