सुनको मूल्य एक लाख एक सय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।
सुनको भाउ तोलामै १ लाख ६७ हजार ४ सय रुपैयाँ
काठमाडौं । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ १ हजार सय रुपैयाँले बढेको हो । यसअघि सुनको भाउले गत बुधबार रेकर्ड कायम राखेको थियो । त्यसदिन सुनको भाउ तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको थियो। बिहीबार र शुक्रबार भने सुनको भाउ १ लाख ६६ हजार रहेको थियो । त्यस्तै आइतबार चाँदीको मूल्य १ हजार ७ सय ८७ रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १२ रुपैयाँले बढेको हो ।
एकैदिन दुई हजार रूपैयाँ घट्यो सुनको भाउ, प्रतितोला कति ?
काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज भने प्रतितोला दुई हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २४ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
घट्यो सुनचाँदीको मुल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मुल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको जानकारी दिएको छ । बुधवार सुनको मुल्यमा हालसम्मकै उच्च रेकर्ड राख्दै तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै विहीबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्यमा बिहीबार घटेर १ हजार ८६० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्यमा फेरि किर्तिमान
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो । यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार २० रुपैयाँ बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको छ ।