सुप विश्वविद्यालयः विद्यार्थीसँगै प्राध्यापक पनि आन्दोलित

सुप विश्वविद्यालयः विद्यार्थीसँगै प्राध्यापक पनि आन्दोलित

महेन्द्रनगर, पुस ९ ।

कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राचार्यले प्रक्रिया मिचेर शिक्षक तथा कर्मचारी नियुक्त गरेको भन्दै विश्वविद्यालयका प्राध्यापकहरुले ‘पेन डाउन’ गरेका छन् ।

विश्वविद्यालयका प्रिन्सिपल डा.भुपेन्द्र विष्टले प्रक्रिया मिचेर आफूखुशी आफ्ना मान्छेलाई शिक्षक तथा कर्मचारीमा नियुक्त गरेको भन्दै उनिहरुले एक दिनका लागि आइतवार ‘पेन डाउन’ गरेका हुन् ।

प्रिन्सिपल विष्टले शिक्षक, कर्मचारीका लागि बिज्ञापन नै प्रकाशित नगरेर मनोमानी ढङ्गले २८ जना नियुक्त गरेकोले उक्त नियुक्ति तत्काल खारेजीको माग गर्दै दबाब दिन ‘पेन डाउन’ गरेको प्राध्यापक यज्ञराज पाठकले बताए ।

यहाँका विभिन्न विद्यार्थी संगठन पनि शिक्षक, कर्मचारीको बिषयलाई लिएर आन्दोलित छन् । विद्यार्थी संगगठनहरुको आन्दोलनलाई समर्थन गर्दै विश्वविद्यालयका प्राध्यापकहरुले पनि एक दिन ‘पेन डाउन’ गर्दै ऐक्यवद्धता जनाएका हुन् ।

आजदेखिका आन्दोलनका कार्यक्रम

सोमवारदेखि बिहिबारसम्म हातमा कालोपट्टि बाधेर पठनपाठनको कार्य गर्ने र सोमवार ३ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेकोे प्राध्यापक यज्ञराज पाठकले बताए । मंगलबार कुलपति र सहकुलपतिलाई विश्वविद्यालयको वस्तु स्थितिबारे अवगत गराउदै ज्ञापनपत्र पठाउने र संगसंंगै सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत ज्ञापनपत्र बुझाउने आइतवार जारि विज्ञप्तीमा उल्लेख गरिएको छ । बुधवार स्थानिय जनप्रतिनीधि, सरोकारवाला निकाय र नागरिक समाज सबैको उपस्थीतीमा खुल्ला बहस तथा अन्तरक्रिया कार्यक्रम गर्ने सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको प्राध्यापक संघ कार्यसमितीका संयोजक पाठकले बताए ।

आफूहरुको मागको सम्बोधन नभए विकृति र विसंगतिका विरुद्ध अझ सशक्त तरिकाले आन्दोलन अगाडि बढाउने प्राध्यापकहरुले चेतावनी दिएका छन् । विश्वविद्यालयमा जारी आन्दोलन कारण पढाई प्रभावित भएको छ ।

के हो विश्वविद्यालय विवाद ?

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शिक्षक, कर्मचारी नियुक्तिको बिषयलाई लिएर प्राचार्य पछिल्लो समय निकै आलोचनामा छन् । विश्वविद्यालयमा अर्थशास्त्र बिषयको इकोनोमिट्री पढाउने शिक्षकको अभाव भएपछि एक जना मात्र शिक्षक नियुक्त गर्ने अवस्था आएको थियो । तर प्रिन्सिपल बिष्टले एक जना शिक्षक नियुक्त गर्नुपर्ने अवस्थामा चार जना शिक्षक आफ्नो मनमर्जीले नियुक्त गरेपछि उनि निकै आलोचनामा आएका छन् ।

एक शिक्षक राखिनुपर्ने ठाँउमा ४ जना शिक्षक राखिएपछि विश्वविद्यालयको माहोल आन्दोलन तर्फ मोडिएको छ । कार्यादेश भन्दा बढी शिक्षक र विभिन्न विभागहरुमा आवश्यकता भन्दा बढि नै कर्मचारीहरु नियुक्त गर्दा राजनीतिक दलका विभिन्न विद्यार्थी संघ संगठनहरुले भित्रि रुपमा आफ्ना पनि केहि शिक्षक तथा कर्मचारीहरु राख्नु पर्ने माग राख्दै नाम दिएको स्रोतले बताएको छ ।

पहिलो चरणमा प्राचार्यले आफुखुसि आफ्ना नातागोता नियुक्त गरेपछि केहि विद्यार्थी संगठनका नेताहरुले प्रिन्सिपल समक्ष आफ्नो लिस्ट समेत पेश गरेको र आफ्ना संगठन र पार्टीबाट नियुक्त नगरे आन्दोलन भड्काउने चेतावनी समेत दिएको स्रोत बताउँछ ।

ईन्ट्रीग्रेटीकोरिले  अनसन जारी

विश्वविद्यालयमा प्रिन्सिपलले आफ्नो निजि स्वार्थमा आफन्तहरुलाई प्रकृया पुरानै पुरा नगरी भर्ना गरिएको भन्दै ईन्ट्रीग्रेटी फोरमले रिले अनसन दिएको छ । एक सातादेखि फोरमले विश्वविद्यालय परिसरमा रिले अनसन जारी राखेको हो । ईन्ट्रीग्रेटी फोरमका अध्यक्ष चन्द्रदेव बडूले विश्वविद्यालय ध्वस्त पारिएको भन्दै रिले अनसन थालिएको बताए ।

उता प्रिन्सिपल बिष्ट भने आफुले अन्य विश्वविद्यालयको जसरी नै कार्यादेश अनुसार कर्मचारी राखेको जिकिर गर्छन् । ‘गएका वर्षमा पनि क्याम्पसलाई आवश्यक परेका बेला आफै शिक्षक, कर्मचारी राख्न पाउने व्यवस्था थियो, त्यहि अनुसार मैलेँ पनि शिक्षक तथा कर्मचारी भर्ना गरेको हुँ’ उनले भने ।

आफुले आवश्यकताअनुसार योग्य र दक्ष शिक्षक, कर्मचारी राखेको उनले बताए । नियुक्त गरिएका शिक्षक, कर्मचारीहरुलाई दैनिक ज्यालादारीमा राखिएकोले बिज्ञापन निकाल्नु आवश्यक नरहेको प्रिन्सिपल बिष्टको भनाई छ । न्यूजअफनेपालबाट

नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।

अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।

यस वर्षको  एसइई चैत पहिलो सातादेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ ।  सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति

चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

लोकप्रिय