पश्चिमबाट सक्रिय हुँदै वर्षा प्रणाली, आज र भोलि देशभर पानी र हिमपातको सम्भावना

पश्चिमबाट सक्रिय हुँदै वर्षा प्रणाली, आज र भोलि देशभर पानी र हिमपातको सम्भावना

काठमाडौँ । हिउँदका झन्डै दुई महिना सुक्खा बितेपछि वर्षा र हिमपात गराउने प्रणाली फेरि सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (मंगलबार) पश्चिम नेपालबाट सुरु हुने वर्षा प्रणाली भोलि (बुधबार) देशभर फैलिने सम्भावना छ ।

गत शुक्रबार र शनिबार पश्चिम नेपालमा वर्षासँगै मध्यम हिमपात भए पनि यसपटक भने सबै प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय बन्दै पूर्वतर्फ सर्ने क्रममा रहेको छ ।

उनले भने, “पश्चिमी न्यूनचापीय प्रणालीसँगै अरब सागरबाट समेत सहयोग भइरहेको छ । त्यसैले दुई दिन देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना देखिएको हो ।”

विभागको तथ्यांकअनुसार १६ मंसिरदेखि १२ माघसम्म देशभर औसत ३.५ मिलिमिटर मात्र वर्षा मापन भएको छ, जुन हिउँदको औसत वर्षाको करिब ५.८ प्रतिशत मात्र हो । हिउँदमा सामान्यतया औसत ६०.१ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि यस वर्ष हालसम्म निकै कम वर्षा भएको विभागले जनाएको छ ।

यद्यपि, १६ फागुनसम्म हिउँद अवधि बाँकी रहेकाले आगामी दिनमा वर्षाको मात्रा थपिन सक्ने आकलन गरिएको छ । यस वर्षको पहिलो उल्लेखनीय हिमपात माघ महिनामा देखिन थालेको हो । हिउँद सुरु हुनुअघि कात्तिकमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भए पनि त्यसपछि लामो समयसम्म हिमपात हुन सकेको थिएन ।

आज र भोलिको मौसम पूर्वानुमान

विभागका अनुसार मंगलबार दिउँसोदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा तथा ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ । मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने अनुमान छ ।

त्यसैगरी, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा तराईका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने देखिएको छ ।

मौसमविद् अधिकारीका अनुसार न्यूनचापीय प्रणाली मंगलबार रातिदेखि पूर्वतर्फ सर्ने भएकाले बुधबार धेरै ठाउँमा वर्षा र हिमपात हुनेछ । “बुधबार मधेश र कोशी प्रदेशमा भने हल्का वर्षा मात्र हुने देखिन्छ,” उनले बताए ।

बुधबार देशभर बादल लाग्ने र सबै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा अन्य क्षेत्रमा हल्का वर्षा हुने पूर्वानुमान छ ।

विभागका अनुसार बिहीबारदेखि भने मौसम क्रमशः सुधार हुँदै जानेछ ।

आजकाे माैसम: मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार, देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोसी प्रदेशको तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना छ । 

देशका केही स्थानमा आज वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात सम्भाजना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको पूर्वानुमान छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको विभागले बताएको छ । 

आजकाे माैसम: मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । देशका केही भूभागमा वर्षाको सम्भावना छ । आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । बाँकी तराई भूभागका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादलको पूर्वानुमान छ ।  कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।  मधेस प्रदेशलगायत बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । 

आजकाे माैसम: कहाँ–कहाँ पर्छ हाेला पानी ?

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात हुनेछ ।  बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले राति कोसी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली  भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।  विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको बताएको छ ।

लोकप्रिय