कम्युनिस्टहरू अतीतमुखी होइन, आशावादी र भविष्यमुखी हुनुपर्छ : प्रधानमन्त्री

कम्युनिस्टहरू अतीतमुखी होइन, आशावादी र भविष्यमुखी हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आशा एवं अपेक्षाहरू पूरा गर्नका लागि सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले देशको अगाडि देखापरेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । 
 
प्रधानमन्त्री भने, “आन्दोलनका नेताहरूले अझ ठूलो परिवर्तनका निम्ति एवं नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरि एकपटक सङ्कल्प लिन जरुरी छ, एकताबद्ध एवं केन्द्रित हुन जरुरी छ ।”

सबै लोकतन्त्रवादी एवं देशभक्त शाक्तिहरू राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको रक्षा एवं राष्ट्रिय आत्मसम्मानका निम्ति सबै एक ठाउँमा उभिन जरूरी रहेको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी परिमार्जन गर्नका लागि केन्द्रित हुन आह्वान गरे । 

देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले निराशा र अतिवादी प्रवृत्तिलाई परास्त गर्दै क्रान्तिकारी आशावादीका साथ सही विचार र राजनीतिक कार्यदिशा विकास गरेर कम्युनिष्ट एकता, राष्ट्रिय एकता एवं राष्ट्रको समुन्नतिको निम्ति स्पष्ट कार्यक्रम लिएर अगाडि बढ्न नेकपा(एकीकृत समाजवादी)लाई सुझाव दिए ।

“देशमा केही भएको छैन, केही छैन, केही हुँदैन, पार्टीहरू सबै खतम छन्, नेताहरू सबै खतम छन् भन्ने भाष्य बनाउन खोजिएको छ, त्यो भाष्य मेरो विचारमा प्रतिक्रियावादी भाष्य हो, त्यो प्रतिगमनकारी भाष्य हो”, प्रधानमन्त्री प्रचण्डले भने,  “भ्रष्ट्राचार अभियानलाई निस्तेज पार्ने किसिमका प्रचारवाजी गरिएका छन्, यो गलत छ, त्यसकारण राम्रा कामलाई राम्रो भन्न सक्नुपर्‍यो, नराम्रालाई नराम्रो भनेर आलोचना गर्नुपर्‍यो ।”

हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले परिस्थितिअनुरूप विश्लेषण गरेर अगाडि बढ्न आग्रह गरे । 

अध्यक्ष प्रचण्डले भने, “एकता, सङ्घर्ष र रूपान्तरणसहित नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढेको छ, यसमा हामी भुक्तभोगी नै छौँ । हामी द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छौँ । कम्युनिष्टहरू अतितमुखी होइन, भाविष्यमुखी भएर सोच्छौँ । हामी निराशावादी होइन, आशावादी भएर सोच्छौँ । क्रान्तिकारीता सहितको आशावादीता कम्युनिष्टहरूको विशेषता हो ।”

नेकपा(एस) र नेकपा(माओवादी केन्द्र) एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशका सबै देशभक्त र क्रान्तिकारीहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षालाई सम्बोधन गर्नका लागि पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । 

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक २०८१ असार १९ गते बुधबार बिहान ९ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन्। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ। बैठकमा नेकपा एमालेसँग गरिएको सहमतिको विषयमा छलफल हुने बताइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ। बैठक केही समयपछि सुरु हुने बताइएको छ।  सिंहदरबारमा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। नयाँ सत्ता समीकरण बन्ने भएसँगै सो बारेमा पनि छलफल हुने बताइएको छ।  राष्ट्रिय सहमतिको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै उक्त  सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने निर्णय पनि बैठकले गर्ने बताइएको छ।

अग्रजहरुको अनुभव नयाँ पिँढीलाई आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरुको अनुभव र क्षमता नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको बताएका छन्। पूर्वसांसद मञ्च नेपालको २४औँं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकाले नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको धारणा राखेका हुन। संसद्को प्रभावकारिता बढाउन अग्रजहरुको अनुभव नयाँ पिँढीलाई प्रदान गर्नुपर्नेमा उनले जोड दिए।  ‘लामो संसदीय अनुभव र क्षमतावान् व्यक्तित्व रहेको पूर्वसांसद मञ्चले दिने सुझाव संसद्, सरकार र राष्ट्रका लागि महत्वपूर्ण हुने कुरामा दुई मत छैन’,अध्यक्ष दाहालले भने, ‘मञ्चले सङ्घीय संसद्लाई सल्लाह सुझाव र आवश्यक परामर्श दिँदै आएको छ, यसले संसद्को प्रभावकारितामा महत्वपूर्ण सहयोग पुगेको महसुस गरेको छु।’ संविधान निर्माणको बेलामा मञ्चले खेलेको भूमिकाबारे चर्चा गर्दै उनले आगामी दिनमा मुलुकमा राजनीतिक जटिलता आएमा सकारात्मक परिणामका लागि अनुभवी तथा पुराना सांसदहरुको सक्रियता र सुझाव आवश्यक हुने बताए। नेपाली जनताको त्याग, तपस्या र बलिदानका कारण मुलुकले नयाँ संविधान पाएको चर्चा गर्दै अध्यक्ष दाहालले अहिलेको संविधानलाई केन्द्रमा राखेर सबै एकजुट भई अगाडि बढ्नुपर्ने धारणा राखे। दलीय आग्रहबाट माथि उठेर राष्ट्रसामु देखा परेका समस्या समाधानमा साझा धारणा बनाउने पूर्वसांसद मञ्चको कार्यशैलीबारे प्रशंसा गर्दै उनले समयानुकूल संस्थाको विश्वसनीयतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिए। नेपालको छ दशक लामो संसदीय इतिहासमा राजनीतिक फेरबदल र उतारचढाव धेरै भएको उल्लेख गर्दै राष्ट्रियसभा अध्यक्ष दाहालले संसदीय इतिहासमा पूर्वसांसद मञ्च संसद्को परामर्शदातृ संस्थाका रुपमा रहेको बताए।अहिले पनि सङ्घीय संसद्का दुवै सदनले नियमावलीमा परामर्श सेवा दिने संस्थाका रुपमा मञ्चलाई लिएको उनको भनाइ छ। कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटसहित राष्ट्रियसभा र प्रतिनिधिसभाका पूर्वसदस्यहरुको सहभागिता थियो। 

ओलीसँगको भेटबारे देउवाले भने -'सरकार परिर्वतनबारे छलफल भएको होइन्'

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन्।  देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा ओलीसँगको भेट सौहार्दपूर्ण भएको जानकारी गराएका थिए । देउवालाई उदृत गर्दै एक नेताले भने, ‘शीर्ष नेताहरूबीच छलफल हुँदा सरकार परिवर्तनको विषयमा चर्चा हुनु स्वाभाविक हो । तर, उहाँले चिया खान बोलाउनुभयो । हामी गयौं । अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ भन्नुभयो।’ उनले सरकार परिवर्तनको बिषयमा छलफल नभएको बैठकमा बताए ।

लोकप्रिय