कोरियन विद्यालयहरूमा फैलिएको डीपफेक पोर्न संकट

गत शनिबार, हिजिनाको फोनमा एकजना अपरिचित व्यक्तिबाट टेलिग्राम सन्देश आयो। "तिम्रा तस्वीरहरू र व्यक्तिगत जानकारी मसँग छन् कुरा गरौं।" सन्देश पाउनिबित्तिकै विश्वविद्यालयको विद्यार्थी रहेकी हिजिना जब च्याटरूममा प्रवेश गरिन्, उनले केही वर्ष अघि हुँदा खिचेको आफ्नो तस्बिर देखिन्। त्यसपछि, त्यही तस्बिरलाई प्रयोग गरेर बनाइएको अर्को तस्बिर प्राप्त गरिन्, जुन यौनजन्य, अश्लील र नक्कली थियो।
डरले आतंकित भएकी हिजिनाले केही जवाफ फर्काइनन्, तर तस्बिरहरू आउने क्रम भने रोकिएन। सबै तस्बिरहरूमा उनको मुहारलाई यौन क्रियामा संलग्न रहेको कुनै अर्कै व्यक्तिको शरीरमा जोडिएको थियो, डीपफेक प्रविधिको प्रयोग गरेर।
डीपफेक भनेको नयाँ विकसित प्रविधि हो, जसमा कृत्रिम बौद्धिकता प्रयोग गरेर वास्तविक व्यक्तिको अनुहारलाई नक्कली र यौनजन्य किसिमले अश्लील क्रियाकलाप गरिरहेको शरीरसँग जोडिन्छ।
"म निकै डराएकी थिएँ, आफूलाई एक्लो महसुस गरें," हिजिनले बीबीसीलाई बताइन्।
तर उनी एक्लै थिइनन्। दुई दिन अघिमात्रै दक्षिण कोरियाली पत्रकार को नारिनले आफ्नो करियरको सबैभन्दा ठूलो समाचार प्रकाशित गरेकी थिइन्। हालैमात्र प्रहरीले देशका दुई प्रमुख विश्वविद्यालयहरूमा डीपफेक पोर्न कांडहरूको अनुसन्धान गरिरहेको खबर आएको थियो, र पत्रकार को नारिनले यस विषयमा थप खोजी समाचार बनाउने उल्लेख गरेकी थिइन ।
उनले सामाजिक सञ्जालमा खोजी गर्न थालिन् । टेलिग्राम म्यासेजिङ एपमा दर्जनौं यस्ता च्याट समूहहरू फेला परे, जहाँ प्रयोगकर्ताहरू आफूले चिनेका महिलाहरूको तस्बिरहरू साझा गर्दै थिए । यतिमात्रै नभएर ती तस्वीरहरुलाई नक्कली पोर्नोग्राफिक तस्बिरहरूमा परिणत गर्न एआई सफ्टवेयर प्रयोग गरिरहेका थिए।
सुश्री कोले पत्ता लगाइन् कि यी समूहहरूले विश्वविद्यालयका विद्यार्थीहरूलाई मात्र लक्षित गरेका थिएनन्। कलेज र माध्यमिक विद्यालयहरूका लागि पनि च्याट रुमहरु थिए। यदि कसैले विशेष विद्यार्थीको तस्बिर प्रयोग गरेर धेरै सामग्री बनाइमा उसका लागि बेग्लै च्याट रुम दिने गरिन्थ्यो । ती रुमहरुलाई "साथीको साथी रुम" भनेर लेबल गरिएको थियो, जसमा प्रवेश गर्न कडा शर्तहरू हुन्थे।
सुश्री कोको ह्याङ्क्योरेह अखबारमा प्रकाशित रिपोर्टले दक्षिण कोरियामा ठूलो आक्रोश फैलाएको छ। सोमबार, प्रहरीले फ्रान्सका अधिकारीहरूको नेतृत्वलाई पछ्याउँदै, टेलिग्रामको अनुसन्धान गर्ने घोषणा गरेको छ। सरकारले यसमा संलग्नहरूलाई कडा सजाय दिने प्रतिवद्धता जनाएको छ।
डीपफेक पोर्न संकटले कोरियाली समाजमा ठूलो चर्चा र आक्रोश उत्पन्न गरेको छ, र यसले प्रविधिको दुरुपयोग र यौन दुर्व्यवहारको चुनौतीलाई झन् प्रष्ट पारेको छ।
बीबीसीले टेलिग्रामसँग लागि यस विषयमा सम्पर्क गरेपनि टेलिग्रामले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, यसअघि टेलिग्रामले बीबीसीलाई गैरकानूनी क्रियाकलापहरू, जस्तै बाल यौन दुरुपयोगको खोजीमा सक्रिय रहेको बताएको थियो। टेलिग्रामले अगस्ट महिनामा मात्रै ४५,००० समूहहरू विरुद्ध कारबाही गरेको दाबी गरेको छ।
सङ्गठित र व्यवस्थित प्रक्रिया
बीबीसीले यी च्याटरूमहरूमा रहेका विवरणहरू हेरेको छ। एउटा च्याटरुममा सदस्यहरूलाई कसैको चार वा सोभन्दा बढी तस्बिरहरू, साथै नाम, उमेर र उनीहरू बस्ने क्षेत्र पोस्ट गर्न भनिएको छ। "यो प्रक्रिया यतिविधि व्यवस्थित र सङ्गठित भएको देख्दा म चकित परें," पत्रकार कोले भनिन्। "मैले पत्ता लगाएको सबैभन्दा डरलाग्दो कुरा भनेको एक विद्यालयका किशोरहरूका लागि बनाइएको समूह थियो जसमा २ हजार भन्दा बढी सदस्यहरू थिए।"
पत्रकार कोको लेख प्रकाशित भएको केही दिनमै महिला अधिकार कार्यकर्ताहरूले पनि टेलिग्राममा खोजी गर्न थाले र विभिन्न सुराकहरू पछ्याउन थाले। हप्पतादिनमैं ५ सय भन्दा बढी विद्यालय र विश्वविद्यालयहरूलाई लक्षित गरेका रुमहरु फेला परे । यद्यपी यी रुमहरुबाट कतिजना प्रभावित भए र कति पीडित छन् भन्ने अझै पुष्टि हुन बाँकी छ । तर धेरैजसो पीडितहरू १६ वर्षभन्दा कम उमेरका छन् । दक्षिण कोरियामा सहमतिजन्य यौनसम्बन्धका लागि १६ वर्ष पुगेको हुनुपर्दछ। धेरैजसो संदिग्ध अपराधीहरू आफैँ किशोर रहेको विश्वास गरिएको छ।
हिजिनाले यो संकटको परिणामबारे थाहा पाउँदा आफ्नो चिन्ता झनै बढेको बताइन् । किनकि अब उनले आफ्नो डीपफेकहरू के कति मानिसहरूले हेरेका होलान् भनेर चिन्ता लाग्न थाल्यो। सुरुमा उनले आफैँलाई दोष दिइन्, "मैले नै आफ्नो तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गरेँ, के म बढी सतर्क हुनुपर्थ्यो? यस्ता कुरा बारम्बार दिमागमा घुमिरहेँ"
यतिखेर देशभरका धेरै महिला र किशोरीहरू डराएर आफ्ना तस्बिरहरू सामाजिक सञ्जालबाट हटाएका छन् । कतिपयले त आफ्ना खाताहरू नै बन्द गरेका छन्, किनकि उनीहरू शोषणमा पर्न सक्ने डर छ।
"हामीले केही गल्ती नगर्दा पनि आफ्नो व्यवहार र सामाजिक सञ्जालको प्रयोगलाई नियन्त्रण गर्नुपर्दा निराश र आक्रोशित भएका छौँ," हिजिनाको विश्वविद्यालयका एक विद्यार्थी आ-उनले भनिन्, जसका सहपाठीहरूलाई लक्षित गरेर भिडियो बनाइएका थिए।
यस संकटको केन्द्रमा टेलिग्राम म्यासेजिङ एप छ। सार्वजनिक वेबसाइटहरू भन्दा फरक, जसमा अधिकारीहरूले सजिलैसँग पहुँच गर्न सक्छन्, टेलिग्राम भने निजी इनक्रिप्टेड म्यासेजिङ एप हो। प्रयोगकर्ताहरू प्रायः अज्ञात हुन्छन्, कोठाहरूलाई "गोप्य" मोडमा सेट गर्न सकिन्छ, र तिनीहरूको सामग्री छिटै कुनै प्रमाणबिना मेटिन्छ। यसले आपराधिक क्रियाकलापहरू फस्टाउनका लागि उपयुक्त ठाउँ बनेको छ।
गत हप्ता, राजनीतिज्ञहरू र प्रहरीले यी अपराधहरूको अनुसन्धान गर्ने र अपराधीहरूलाई न्यायमा ल्याउने वाचा गर्दै बलियो प्रतिक्रिया दिए। सोमबार, सियोल राष्ट्रिय प्रहरी एजेन्सीले बालबालिकाको नक्कली पोर्नोग्राफिक तस्बिरहरू वितरण गर्न टेलिग्रामको भूमिकामा अनुसन्धान गर्ने योजना बनाएको घोषणा गरेको छ।
तर, महिला अधिकार कार्यकर्ताहरूले दक्षिण कोरियाली अधिकारीहरूलाई टेलिग्राममा यौन दुर्व्यवहारलाई लामो समयसम्म अनियन्त्रित राखेको आरोप लगाएका छन्, किनकि कोरियाले यस संकटको सामना पहिले नै गरेको थियो। २०१९ मा, टेलिग्राम प्रयोग गरेर महिलाहरू र बालबालिकाहरूलाई यौन हिसाबले अश्लील तस्बिरहरू बनाउन र बाँड्न बाध्य बनाउने सेक्स रिङको खुलासा भएको थियो।
त्यतिबेला प्रहरीले टेलिग्रामसँग उनीहरूको अनुसन्धानमा मद्दतको लागि अनुरोध गरेको थियो, तर एपले तिनीहरूको सातवटा अनुरोधहरूलाई बेवास्ता गर्यो। यद्यपि, मुख्य आरोपीलाई ४० वर्षभन्दा बढीको जेल सजाय दिइयो, प्लेटफर्म विरुद्ध कुनै कारबाही गरिएन, किनकि सेन्सरशिपको डर थियो।
"मुख्य अपराधीहरूलाई सजाय दिए, तर अन्यथा यो परिस्थितिलाई बेवास्ता गरियो, र मलाई लाग्छ कि यसले स्थितिलाई झन् बढाएको छ," सुश्री कोले भनिन्।
सन् २०१९ मा Nth Room सेक्स रिङलाई उजागर गर्ने विद्यार्थी पत्रकार पर्क जिह्युनले डिजिटल यौन अपराधका पीडितहरूको लागि राजनीतिक वकालत गर्दै आएकी छन्। डीपफेक स्क्यान्डल सार्वजनिक भएपछि, विद्यार्थीहरू र अभिभावकहरूले उनलाई दिनमा धेरैपटक फोन गरेर रुँदै सहयोग मागिरहेको उनले बताइन।
"उनीहरूले सामाजिक सञ्जालमा साझा गरिएको सूचीमा आफ्नो विद्यालय देखेका छन् र डराएका छन्।"
सुश्री पर्कले दक्षिण कोरियामा एपलाई नियमन वा प्रतिबन्ध गर्न सरकारसँग आह्वान गर्दै आएकी छन्। "यदि यी प्राविधिक कम्पनीहरूले कानूनी प्रवर्तन एजेन्सीसँग सहयोग गर्न सक्दैनन् भने, राज्यले आफ्ना नागरिकहरूलाई जोगाउन तिनीहरूलाई नियमन गर्नुपर्छ," उनले भनिन्।
यो संकट विस्फोट हुनुअघि नै, दक्षिण कोरियाको अनलाइन यौन दुर्व्यवहार पीडितहरूको पक्षमा काम गर्ने केन्द्र (ACOSAV) ले उमेर नपुगेका डीपफेक पोर्नोग्राफीका पीडितहरूको संख्यामा तीव्र वृद्धि देखिरहेको थियो। २०२३ मा, तिनीहरूले ८६ पीडितहरूलाई परामर्श दिएका थिए। यस वर्षको पहिलो आठ महिनामा त्यो संख्या २३८ भएको छ।
केन्द्रकी एक नेतृ, पर्क सोंघ्येले हप्तादेखि उनका कर्मचारीहरू फोनमा लगातार व्यस्त रहेका र चौबीसै घण्टा काम गरिरहेको बताइन। "यो हाम्रो लागि पूर्ण आपतकालीन स्थिति भएको छ, जस्तो युद्धको अवस्था" उनले भनिन्।
नयाँ डीपफेक प्रविधिसँगै पहिले भन्दा धेरै भिडियो सामग्रीहरू बनेको र अझै बढ्ने चिन्ता रहेको उनले बताइन्। पीडितहरूको परामर्श दिनुको साथै, केन्द्रले हानिकारक सामग्रीहरूको खोजी गर्छ र तिनीहरूलाई हटाउन अनलाइन प्लेटफर्महरूसँग काम गर्छ। पर्कले केही घटनामा टेलिग्रामले उनीहरूको अनुरोधमा सामग्री हटाएको बताइन "त्यसैले यो असम्भव छैन," उनले नोट गरिन्।
महिला अधिकार संगठनहरूले नयाँ एआई प्रविधिले पीडितहरूको शोषण गर्न सजिलो बनाएको बताउँछन् । तर उनीहरू यो घटना दक्षिण कोरियामा अनलाइन मार्फत महिलाविरोधीको नयाँ रूप भएको तर्क गर्छन। यसअघि महिलाहरूलाई अनलाइन मौखिक दुरुपयोगको सामना गर्नुपर्यो। त्यसपछि सार्वजनिक शौचालय र लुगा फेर्ने कोठाहरूमा गुप्त रूपमा फिल्म बनाइएको स्पाई क्याम महामारी आयो।
"यसको मूल कारण संरचनात्मक लैङ्गिक असमानता हो र समाधान लैङ्गिक समानता हो," ८४ महिला समूहहरूले हस्ताक्षर गरेको एक विज्ञप्तिमा भनिएको छ।
यसैबीच, सरकारले डीपफेक तस्बिरहरू सिर्जना गर्ने र साझेदारी गर्नेहरूलाई आपराधिक सजाय बढाउने र पोर्नोग्राफी हेर्नेहरूलाई पनि सजाय दिने बताएको छ।
अपराधीहरूलाई पर्याप्त सजाय नदिएको आलोचनापछि यो कदम चालिएको हो। अपराधीहरूको बहुमत किशोर वयका नागरिक छन् । जुन सामान्यतया युवा अदालतहरूमा सुनुवाइ हुन्छ, जहाँ उनीहरूले बढी सजाय पाउँछन्।
च्याटरूमहरू सार्वजनिक भएपछि, धेरै च्याटरूमहरू बन्द गरिएका छन्, तर नयाँहरू पक्कै पनि तिनीहरूको स्थानमा देखा पर्नेछन्। पत्रकारहरूले यो कथा कभर गरेका पत्रकारहरूलाई लक्षित गर्न एउटा अपमान कोठा पहिले नै सिर्जना गरिएको छ। सुश्री को, जसले यो समाचार तोडे, यो देखेर रातमा सुत्न नसकेको बताइन्। "म तस्बिर अपलोड गरिएको छ कि छैन भनेर हेर्न बारम्बार कोठा जाँचिरहन्छु," उनले भनिन्।
यस्तो चिन्ता लगभग हरेक किशोरी केटी र दक्षिण कोरियाका युवतीहरूमा फैलिएको छ। विश्वविद्यालयकी छात्रा आ-उनले भनेकी छिन् कि यसले उनका पुरुष साथीहरूप्रति उनलाई शङ्कालु बनाएको छ।
"म अब कि मानिसहरूले मेरा पछाडि, मलाई थाहा नदिईकन यी अपराधहरू गर्लान किन नगर्लान भनेर निश्चित हुन सक्दिनँ" उनले भनिन्। "म सामाजिक सञ्जालमा सबैसँगको अन्तरक्रियामा अति सतर्क भएकी छु, जुन राम्रो कुरा होइन।"
बिबिसीमा प्रकाशित जीन मेकेन्जी र लिह्युन केइको अनुवादित रिपोर्ट
जेलेनेस्कीलाई नबोलाई अमेरिका–रुस वार्ताको तयारी, बेलायतले यूक्रेनमा सेना पठाउने
लण्डन । यूकेको प्रधानमन्त्री सर कीर स्टार्मरले युक्रेनको सुरक्षा सुनिश्चित गर्न आवश्यक परे बेलायती सेना युक्रेनमा पठाउने तयारी रहेको बताएका छन्। सर कीरले भने, "यदि हामीले भविष्यमा पुटिनलाई थप आक्रमण गर्न रोक्न चाहन्छौं भने युक्रेनमा स्थायी शान्ति स्थापना गर्न आवश्यक छ।" सोमबार पेरिसमा युरोपेली नेताहरूको आपतकालीन शिखर सम्मेलनमा भाग लिनु अघि उनले डेली टेलिग्राफमा लेख्दै भने, "युक्रेनको सुरक्षाका लागि आवश्यक परे बेलायती सेना पठाउन हामी तयार छौं। म यो कुरा हल्का रूपमा भनेको होइन। म बेलायती सैनिकहरूलाई खतरामा राख्ने जिम्मेवारीको गहिरो अनुभूति गर्छु।" प्रधानमन्त्रीका अनुसार युक्रेनको सुरक्षा ग्यारेन्टी गर्नु भनेको सम्पूर्ण युरोप र यूकेको सुरक्षालाई ग्यारेन्टी गर्नु हो। उनले थपे, "रुस-युक्रेन युद्धको अन्त्य केवल अस्थायी विराम हुन सक्दैन, जसले पुटिनलाई पुन: आक्रमण गर्न अवसर दिनेछ।" युक्रेनको रूसी नियन्त्रित क्षेत्रमा युरोपका अन्य राष्ट्रहरूसँग मिलेर बेलायती सेना तैनाथ गरिने सम्भावना रहेको छ। सर कीरको यो भनाइ यूके सेनाका पूर्व प्रमुख लर्ड ड्यानाटको भनाइपछि आएको हो। लर्ड ड्यानाटले बीबीसीसँग भनेका थिए कि बेलायती सेना "यति कमजोर भइसकेको छ कि युक्रेनमा कुनै शान्ति सेनाको नेतृत्व गर्न सक्षम छैन।" यसअघि, सर कीरले युद्धविरामपछि बेलायती सेनाले युक्रेनको सुरक्षामा भूमिका खेल्न सक्ने संकेत मात्र दिएका थिए। यसबाहेक, यूके प्रधानमन्त्री यो महिनाको अन्त्यतिर वाशिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारीमा छन्। उनले भने, "युक्रेनमा स्थायी शान्तिका लागि अमेरिकी सुरक्षा ग्यारेन्टी आवश्यक छ, किनकि केवल अमेरिकाले मात्र पुटिनलाई पुनः आक्रमण गर्नबाट रोक्न सक्छ।" यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियो आगामी दिनहरूमा साउदी अरेबियामा रुसी अधिकारीहरूसँग वार्ता गर्न लागेका छन्। तर अमेरिकी विशेष दूत कीथ केलोगले भनेका छन् कि युरोपेली नेताहरूलाई केवल परामर्श मात्र दिइनेछ, वार्तामा उनीहरूलाई समावेश गरिने छैन। बीबीसीलाई दिएको जानकारी अनुसार, अमेरिकाले रुससँग वार्ता गरिरहेको भए पनि युक्रेनी सरकारलाई कुनै औपचारिक निमन्त्रणा दिइएको छैन। यसै सन्दर्भमा, राष्ट्रपति ट्रम्पले यसै हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो छलफल गरेको खुलासा गरेका छन्। उनले "यो हास्यास्पद युद्ध तुरुन्त रोक्न" वार्ता तुरुन्तै सुरु गरिने बताएका छन्। ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई आफ्नो योजनाबारे जानकारी गराएको बताएका छन्। आइतबार, ट्रम्पले जेलेन्स्की वार्तामा सहभागी हुने बताएका छन्। साथै, उनले युक्रेनका लागि युरोपेली राष्ट्रहरूले अमेरिकी हतियार खरिद गर्न सक्ने व्यवस्था गर्ने बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा, ट्रम्पले युद्ध अन्त्य गर्ने समयसीमाबारे सोध्दा भने, "हामी यसलाई समाधान गर्न काम गरिरहेका छौं" मात्र भनेका छन्। उनले युद्धको दोष अमेरिकाको अघिल्लो प्रशासनको युक्रेन नीति रहेको बताएका छन्। डेली टेलिग्राफमा लेख्दै सर कीरले भने, "शान्ति कुनै पनि हालतमा प्राप्त हुन सक्दैन। युक्रेन वार्ताको केन्द्रमा हुनुपर्छ, किनकि यदि त्यस्तो भएन भने, त्यसले पुटिनको तर्कलाई स्वीकार गरेको मानिनेछ कि युक्रेन कुनै वास्तविक राष्ट्र होइन।" उनले अफगानिस्तानमा अमेरिकी वार्ताको उदाहरण दिँदै भने, "हामी अफगानिस्तान जस्तै स्थिति चाहँदैनौं, जहाँ अमेरिकाले सिधै तालिबानसँग वार्ता गर्यो र अफगान सरकारलाई बाहिर राख्यो।" सर कीरले युक्रेनको नाटो सदस्यताको बाटो "अपरिवर्तनीय" रहेको बताएका छन्। साथै, युरोपेली राष्ट्रहरूले आफ्नो रक्षा खर्च बढाउनु पर्ने र नाटोमा ठूलो भूमिका खेल्नु पर्ने बताएका छन्। यूके हाल आफ्नो कुल गार्हस्थ्य उत्पादन (GDP) को २.३% रक्षा क्षेत्रमा खर्च गर्छ, जुन २.५% सम्म बढाउने प्रतिबद्धता गरेको छ। तर समयसीमा तोकिएको छैन। राष्ट्रपति ट्रम्पले नाटो सदस्य राष्ट्रहरूले ५% जीडीपी रक्षा क्षेत्रमा खर्च गर्नुपर्ने बताएका छन्, जबकि नाटो महासचिव मार्क रुट्टेले ३% भन्दा बढी खर्च गर्नुपर्ने सुझाव दिएका छन्। लर्ड ड्यानाटका अनुसार युक्रेनमा शान्ति कायम राख्न झण्डै १ लाख शान्ति सैनिक आवश्यक पर्नेछ। बेलायतले करिब ४० हजार सैनिक तैनाथ गर्नुपर्ने सम्भावना छ, जुन हालको स्थिति अनुसार असम्भव जस्तै देखिन्छ। यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले बोलाएको पेरिस बैठकमा सर कीर जर्मनी, इटाली, पोल्याण्ड, स्पेन, नेदरल्यान्ड्स र डेनमार्कका नेताहरूसँगै युरोपियन काउन्सिल र युरोपियन कमिसनका प्रमुखहरूसँग छलफल गर्नेछन्। कीभलाई युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी-रूसी वार्तामा निमन्त्रणा दिइएको छैन, वरिष्ठ युक्रेनी सरकारी स्रोतले बीबीसीलाई जनाएको छ। अमेरिकाका युक्रेनका विशेष दूत कीथ केलोगले साउदी अरेबियामा सोमबार हुने वार्तामा कीभ सहभागी हुने बताएका थिए, तर स्रोतका अनुसार युक्रेनी प्रतिनिधिमण्डल वार्तामा उपस्थित हुनेछैन। युरोपेली नेताहरूलाई पनि छलफलमा बोलाइएको छैन। त्यसको सट्टा, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले हतारमा आयोजना गरेको शिखर बैठकमा युरोपेली नेताहरू सोमबार पेरिसमा भेला हुँदैछन्। उनीहरूलाई वार्ताबाट बाहिर राखिएको आशंकाले युरोपमा चासो बढेको छ। यसअघि, अमेरिकी प्रशासनले युक्रेन युद्धबारे आफ्नो रणनीति परिवर्तन गर्ने सङ्केत दिएको थियो। यसैबीच, ह्वाइट हाउसका मध्यपूर्व विशेष दूत स्टिभ विट्कफले आइतबार साँझ साउदी अरेबिया प्रस्थान गरेको पुष्टि गरेका छन्। यो बैठक अमेरिकाका लागि रुससँग प्रत्यक्ष शान्ति वार्ताको पहिलो अवसर हुनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार खुलासा गरेका थिए कि विट्कफले यसअघि नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग "झण्डै तीन घण्टा लामो" वार्ता गरिसकेका छन्। विट्कफ, जो एक अर्बपति रियल स्टेट व्यवसायी तथा ट्रम्पका निकट मित्र हुन्, यसै साताको सुरुमा मास्कोमा थिए। उनी त्यहाँ लागुऔषध मुद्दामा कैद एक अमेरिकी शिक्षकको रिहाइ सुनिश्चित गर्न गएका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज पनि साउदी अरेबियामा रूसी वार्ताकारहरूसँग भेट्ने तयारीमा छन्। यो बैठक ट्रम्प र पुटिनबीच भएको पछिल्लो टेलिफोन संवादको केही दिनपछि हुन लागेको हो। बुधबारको टेलिफोन वार्तासँगै वाशिङ्टन-मस्को प्रत्यक्ष सम्पर्कमा आएको तीन वर्ष लामो ठप्पावस्था अन्त्य भएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बारम्बार युक्रेनलाई बाहिर राखेर गरिएको कुनै पनि शान्ति सम्झौतामा सहमत नहुने बताउँदै आएका छन्। आइतबार अमेरिकी टेलिभिजन नेटवर्क NBC सँग कुरा गर्दै उनले भने, "मैले कहिल्यै स्वीकार गर्ने छैन कि अमेरिका र रुसले युक्रेनबारे निर्णय गरून्, कहिल्यै होइन।" विट्कफले अमेरिकी अधिकारीहरू युक्रेनी अधिकारीहरूसँग छुट्टै संवाद गरिरहेको बताएका छन्। उनले युक्रेन "वार्ताको हिस्सा" रहेको भने पनि कीभ साउदी अरेबियामा उपस्थित हुने-नहुनेबारे स्पष्ट पारेनन्। फ्लोरिडाको पाल्म बीचमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, "म जेलेन्स्कीलाई वार्तामा संलग्न हुने अपेक्षा गर्छु", तर उनले त्यसबारे विस्तृत विवरण दिएनन्। साथै, ट्रम्पले युरोपेली राष्ट्रहरूले युक्रेनका लागि अमेरिकी हतियार खरिद गर्न पाउने बताएका छन्। बीबीसीले शान्ति वार्ता कहिले सफल हुन सक्छ भनेर सोध्दा ट्रम्पले भने, "हामी यसलाई सम्पन्न गर्न काम गरिरहेका छौं।" साथै, उनले युद्धको दोष अघिल्लो अमेरिकी प्रशासनको युक्रेन नीतिलाई दिए। यसैबीच, विदेशमन्त्री रुबियोले साउदी अरेबिया वार्तालाई खासै ठूलो महत्त्व नदिँदै भने, "एक बैठकले युद्ध अन्त्य गर्ने छैन।" उनले युक्रेन, रुस र अन्य तेस्रो पक्षहरूको औपचारिक वार्ता प्रक्रिया अझै स्थापित नभएको बताए। तर, उनले CBS न्यूजलाई भने, "आउँदा केही दिनमा थाहा हुनेछ कि पुटिन साँच्चै शान्ति चाहन्छन् वा होइनन्।" यही परिदृश्यमा, बेलायती प्रधानमन्त्री कीर स्टार्मर, नाटो महासचिव मार्क रुट्टे, जर्मनीका चान्सलर ओलाफ शोल्ज र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायेन पेरिसमा भेट्ने तयारीमा छन्। फ्रान्सका राष्ट्रपति म्याक्रोंले अपराह्न युक्रेन र युरोपेली सुरक्षाबारे अनौपचारिक बैठक राख्नेछन्। शिखर बैठकअघि, बेलायती प्रधानमन्त्री कीर स्टार्मरले भने, "युक्रेनको सुरक्षाका लागि आवश्यक परे बेलायती सेना तैनाथ गर्न हामी तयार छौं।" डेली टेलिग्राफमा लेख्दै उनले भने, "यदि हामीले पुटिनलाई भविष्यमा आक्रमण गर्नबाट रोक्न चाहन्छौं भने युक्रेनमा स्थायी शान्ति स्थापित गर्न आवश्यक छ।" यसअघि, अमेरिकी विशेष दूत केलोगले युरोपेली नेताहरूलाई साउदी अरेबिया वार्तामा नबोलाइएको कुरालाई बचाउ गर्दै भनेका थिए कि विगतका वार्ता धेरै पक्षहरू संलग्न भएकै कारण असफल भएका थिए। उनले भने, "यो कतिपयलाई असहज लाग्न सक्छ, तर म तपाईँहरूलाई साँच्चै वास्तविक कुरा बताइरहेको छु।" स्रोतः विविसी
हमासले तीन बन्धकहरू रिहा गर्ने, विपिन जोशीको अवस्थाबारे अझै अन्योल
गाजा युद्धविरामका लागि इजिप्ट र कतारको मध्यस्थतामा भएको वार्तापछि हमासले शनिबार तीन इजरायली बन्धकहरूलाई रिहा गर्ने जनाएको छ। इजरायल अधिकारीहरूले भने यदि तीन जीवित बन्धकहरूलाई तत्काल नछोडिए युद्ध पुनः सुरु हुने चेतावनी दिएका छन्। यसैबीच, अक्टोबर ७ को आक्रमणपछि गाजामा हराइरहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे कुनै आधिकारिक जानकारी बाहिर आएको छैन। इस्रायली अधिकारीहरूका अनुसार, हमासद्वारा अपहरण गरिएका विदेशी नागरिकहरूमध्ये केही अझै गाजामा बन्धक रहेका छन्, तर जोशीको स्थिति अज्ञात नै छ। नेपाल सरकार तथा विभिन्न निकायहरू विपिन जोशीको खोजी र उद्धार प्रयासमा लागिरहेका छन्। तर हालसम्म उनीबारे ठोस जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। जोशीका परिवारले सरकारलाई निरन्तर पहल गर्न आग्रह गर्दै छोरोको सकुशल उद्धारको आशा राखेका छन्। गाजा युद्धको विनाशबारे संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले यसलाई “ठूलो भूकम्प” जस्तै बताउँदै त्यहाँको मानवीय संकट रोक्न तत्काल उपाय अपनाउनुपर्ने बताएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म ४८,२३९ जनाको मृत्यु भइसकेको छ भने १,११,६७६ जना घाइते भएका छन्। सरकारको मिडिया अफिसले मृत्यु संख्या ६१,७०९ पुगेको अद्यावधिक जानकारी दिएको छ, जसमा भग्नावशेषमा पुरिएका हजारौं मानिस मृत घोषित गरिएका छन्। यसअघि अक्टोबर ७ मा हमासले इस्राएलमा आक्रमण गर्दा १,१३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढीलाई अपहरण गरिएको थियो। हमास र इस्राएलबीचको युद्धविराम वार्ता जारी रहे पनि क्षेत्रीय तनाव कायम नै छ।
यूक्रेनको सहभागिताविना हुने शान्ति सम्झौता अस्वीकार गर्ने जेलेनेस्कीको चेतावनी
यूक्रेन । अमेरिका र रसियाले प्रस्ताव गर्ने कुनै पनि शान्ति सम्झौतामा आफ्नो सहभागिता विना सहमति नदिने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले चेतावनी दिएका छन्। यो भनाइ डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न वार्ता सुरु गर्ने प्रतिबद्धता जनाएपछि आएको हो। "स्वतन्त्र राष्ट्रको रूपमा हामी यसलाई स्वीकार गर्न सक्दैनौं," जेलेन्स्कीले भने। अमेरिकी राष्ट्रपतिले पुटिनसँग फोनवार्ता गरेपछि युद्ध अन्त्य गर्ने "सकारात्मक सम्भावना" रहेको बताएका थिए। ट्रम्पले भने युक्रेनको नेटो सदस्यता "व्यवहारिक" होइन, र देशले पूर्व-आक्रमण सीमामा फर्किनु "असंभव" छ। अब उनले सुझाव दिएका छन् कि रसियाली प्रतिनिधिहरू शुक्रबार म्युनिखमा अमेरिकासँग भेट्नेछन्, जहाँ सुरक्षा सम्मेलन आयोजना हुँदैछ। "रसिया त्यहाँ हाम्रा मान्छेसँग हुनेछ," ट्रम्पले भने। "युक्रेन पनि आमन्त्रित छ। तर कुन देशबाट को आउनेछ भन्ने ठ्याक्कै निश्चित छैन, तर रसिया, युक्रेन र अमेरिकाबाट उच्चस्तरीय अधिकारीहरू उपस्थित हुनेछन्।" "म चाहन्छु कि रसिया पुनः वार्तामा फर्कियोस्। मलाई लाग्छ, उनीहरूलाई निकाल्नु गल्ती थियो। यो रसियालाई मन पराउने वा नपराउने विषय होइन," ट्रम्पले थपे। वार्षिक सम्मेलनमा सहभागी नभइरहेको रसियाले ट्रम्पको दाबीमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। जेलेन्स्कीका सल्लाहकार दिमित्रो लिटभिनले पत्रकारहरूलाई भने, "म्युनिखमा रसियासँग वार्ता हुने अपेक्षा गरिएको छैन।" जेलेन्स्की शुक्रबार जर्मनीको शहर म्युनिखमा ट्रम्पका उपराष्ट्रपति जेडी भान्ससँग भेट्नेछन्। बुधबार ट्रम्पसँग टेलिफोन वार्ता गरेपछि, युक्रेनी राष्ट्रपतिले भने, "हाम्रो सहभागिता बिना कुनै सम्झौता स्वीकार्य हुनेछैन।" "युरोपियनहरू पनि वार्तामा सामेल हुनुपर्छ," उनले भने, र ट्रम्पलाई आफ्नो प्राथमिकता "सुरक्षा ग्यारेन्टी" भएको जानकारी गराए। युक्रेनले अमेरिकी समर्थन बिना सुरक्षा सुनिश्चित गर्न नसक्ने उनले बताए। अन्यत्र, उनले भने कि युक्रेनको नेटो सदस्यता उसका साझेदारहरूका लागि "सबैभन्दा किफायती" विकल्प हुने थियो, तर विस्तृत विवरण दिएनन्। "मैले विश्व नेताहरूलाई पनि पुटिनको युद्ध अन्त्य गर्ने तयारीमा विश्वास नगर्न चेतावनी दिएँ," उनले थपे। ट्रम्पले २०२२ मा युक्रेनमाथि भएको पूर्णस्तरको आक्रमणपछि पहिलोपटक सार्वजनिक रूपमा ह्वाइट हाउसबाट पुटिनलाई फोन गरेका थिए। उनले पुटिनसँग साउदी अरेबियामा भेट्ने बताए, तर विस्तृत जानकारी दिएनन्। बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, "पुटिन युद्ध अन्त्य गर्न चाहन्छन्, र मलाई छिट्टै युद्धविराम हुने अपेक्षा छ।" जब उनलाई सोधियो कि शान्ति प्रक्रिया मा युक्रेन समान सदस्य हो कि होइन, उनले जवाफ दिए, "उनीहरूले शान्ति कायम गर्नुपर्छ।" उनका रक्षा सचिव पीट हेगसेथले बिहीबार नेटो शिखर सम्मेलनमा पत्रकार सम्मेलनमा भने कि शान्ति वार्ता "दुबै" पुटिन र जेलेन्स्कीसँग हुनेछ, र ट्रम्पलाई "उत्तम सम्झौता गर्नसक्ने नेता" को रूपमा चित्रित गरे। बुधबार, हेगसेथले युक्रेनले २०१४ अघिको सीमामा फर्कनु "अवास्तविक" रहेको बताएका थिए र नेटो सदस्यताको सम्भावनालाई कम आँकेका थिए। तर, बिहीबार उनले आफ्नो भनाइ परिवर्तन गर्दै भने, "सबै विकल्पहरू खुला छन्," र वार्ता राष्ट्रपतिद्वारा निर्देशित भइरहेको बताए। रक्षा सचिवले वार्ताका क्रममा युक्रेनलाई वित्तीय सहायता दिने सम्भावना रहेको र युरोपमा अमेरिकी सैनिक संख्याको विषय पनि छलफल हुन सक्ने संकेत गरे। २०१४ मा युक्रेनका प्र-रसियन राष्ट्रपति अपदस्थ भएपछि, मस्कोले कालो सागरको क्रिमिया क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो र पूर्वी युक्रेनमा प्र-रसियन विद्रोहीहरूको समर्थन गरेको थियो। करिब तीन वर्षअघि द्वन्द्व पूर्णयुद्धमा परिणत भएको थियो। रसियाले राजधानी किएभ कब्जा गर्ने प्रयास असफल भएपछि, उसले पूर्वी र दक्षिणी युक्रेनको झन्डै पाँचौँ भाग नियन्त्रणमा लिएको छ, र देशभर हवाई आक्रमण गरिरहेको छ। युक्रेनले तोप र ड्रोन आक्रमणसहित रसियाको पश्चिमी कुर्स्क क्षेत्रमा भौतिक प्रतिकार गरेको छ। स्रोतः विविसी
ट्रम्प–मोदी वार्ताः भारतले अमेरिकाबाट इन्धन आयात बढाउने सहमति
वासिङ्टनडिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्झौताअनुसार दिल्लीले अमेरिकाबाट थप तेल र ग्यास आयात गर्ने घोषणा गरेका छन्, जसले दुई देशबीचको व्यापार घाटा कम गर्नेछ। "उनीहरूले हाम्रो धेरै तेल र ग्यास किन्नेछन्। उनीहरूलाई यसको आवश्यक छ। र हामीसँग उपलब्ध छ," ट्रम्पले वाशिङ्टनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने। मोदीले भने, "भारतको ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न, हामी तेल र ग्यास व्यापारमा ध्यान केन्द्रित गर्नेछौं," साथै आणविक ऊर्जामा थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। उनको दुई दिने भ्रमणको समयमा ट्रम्पले अमेरिकाका व्यापार साझेदारहरूलाई परस्पर प्रतिशोधात्मक भन्सार लगाउने आदेश दिएका छन्—अमेरिकी निर्यातमा ती देशहरूले लगाएको जस्तै आयात कर लगाउन। ट्रम्प र मोदीबीच व्यापार विषयमा केही असहमति रहे पनि, उनीहरूबीच व्यक्तिगत राम्रो सम्बन्ध विकसित भएको छ। "हामीबीच राम्रो सम्बन्ध छ," ट्रम्पले बिहीबार वाशिङ्टनमा मोदीलाई स्वागत गर्दै भने। ट्रम्पले भारतलाई लाखौं डलरको सैन्य उपकरण बेच्ने घोषणा गरे, जसमा भविष्यमा एफ-३५ लडाकु विमानको आपूर्ति पनि समावेश हुनेछ। आप्रवासन छलफलको प्रमुख मुद्दा रह्यो, जहाँ ट्रम्पले भारतलाई हजारौं अवैध आप्रवासीहरू फिर्ता लिन अनुरोध गर्ने आशा गरिएको थियो। यसअघि, मोदीले ट्रम्पका सहयोगी एलन मस्कसँग अन्तरिक्ष, प्रविधि र नवीनताका विषयमा छलफल गरेको बताए। मोदीले भने, "म दृढ विश्वास गर्छु कि ट्रम्पको नेतृत्वमा हामी पहिलेको तुलनामा दोब्बर गतिमा काम गर्नेछौं।" द्विपक्षीय वार्तालाप हुनुअघि, ट्रम्पले आफ्ना सल्लाहकारहरूलाई अमेरिकी व्यापार साझेदारहरूमा नयाँ भन्सार कर गणना गर्न आदेश दिएका थिए, जसले अप्रिल १ देखि प्रभावमा आउन सक्ने चेतावनी दिए। ट्रम्पले पत्रकारहरूलाई भने, "हाम्रो साझेदारहरू शत्रुभन्दा पनि खराब छन्, जब भन्सार करको कुरा आउँछ।" "हामीलाई निकै अन्यायपूर्ण प्रणाली दिइएको थियो," रिपब्लिकन राष्ट्रपति ट्रम्पले मोदीलाई भेट्नुअघि भने। "सबैले अमेरिकालाई फाइदा उठाए।" ह्वाइट हाउसले भारत तथा अन्य देशहरूलाई चेतावनी दिँदै व्यापारसम्बन्धी विज्ञप्ति जारी गर्यो। सो दस्तावेजअनुसार, अमेरिकाले बहुसबैभन्दा बढी प्राथमिकता प्राप्त राष्ट्र (MFN) का लागि कृषि उत्पादनहरूमा औसत ५% भन्सार लगाएको छ। "तर भारतको औसत MFN भन्सार दर ३९% छ," ह्वाइट हाउस तथ्यपत्रमा उल्लेख गरिएको छ। "भारतले अमेरिकी मोटरसाइकलहरूमा १००% भन्सार लगाउँछ, जबकि हामीले भारतीय मोटरसाइकलहरूमा केवल २.४% भन्सार लगाउँछौं।" बिहीबार, ट्रम्पले आफ्ना भन्सार नीतिहरूको जोखिम स्वीकार गरे, किनकि अर्थशास्त्रीहरूले यस्तो आयात कर उपभोक्ता मूल्यहरू बढाउने चेतावनी दिएका थिए। "छोटो अवधिमा मूल्य केही बढ्न सक्छ, तर लामो अवधिमा घट्नेछ," उनले ओभल अफिसमा भने। तर उनले तर्क गरे कि यस नीतिले अमेरिकी उत्पादनमा वृद्धि गर्नेछ र देश रोजगारीले भरिनेछ। ट्रम्पले चीनबाट आयातमा अतिरिक्त १०% भन्सार लगाइसकेका छन्, जसको कारण फेन्टानिल उत्पादनलाई मानेको छ, जुन अमेरिकामा लागूऔषध ओभरडोज संकट निम्त्याएको छ। उनले क्यानडा र मेक्सिको—अमेरिकाका दुई ठूला व्यापार साझेदारहरू—माथि लगाउन सकिने भन्सारहरू पनि तयारी अवस्थामा राखेका छन्, जुन मार्चमा प्रभावमा पर्न सक्नेछ। सोमबार, उनले २०१८ मा लगाइएको इस्पात र एल्युमिनियम भन्सारका लागि दिइएका छुटहरू हटाए। ट्रम्पले मोदीसँगको वार्तापछि भारतसँग ऊर्जा सम्झौता घोषणा गरे।