डिस्कोर्स डबलीले काठमाडौंमा दुई दिने 'विचार उत्सव' आयोजना गर्ने
काठमाडौं । वैचारिक बहसको मञ्च डिस्कोर्स डबली सुरूवातको दश वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा दुई दिने विचार उत्सवको आयोजना हुने भएको छ । नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा हुने विचार उत्सवमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिए ।
दुई दिन सञ्चालन हुने विचार उत्सवमा २० वटा सत्रमा नेपाल र भारतका करिब ८० जना वक्ता सहभागी हुनेछन् । समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण, साहित्य, संगीत, कला, शहरी सौन्दर्य लगायतका दुई दर्जन विषयमा बहस हुनेछ । कार्यक्रममा राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशक लगायतले आ(आफ्नो विषयमा बहस गर्नेछन् ।
कार्यक्रममा लेखक तथा विश्लेषक सिके लालले ुबौद्धिकताको कसीमा नेपाली समाजु शीर्षकमा मूलप्रवचन दिने छन् । यस्तै, भारतको बद्लिँदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सह(प्राध्यापक तथा विश्लेषक डा।सरोज गिरीले बहस गर्नेछन् ।
उत्सवमा वैचारिक बहसबाहेक नाटक प्रदर्शनी हुने छ । यस्तै, चित्रकला प्रदर्शनी, कार्टुन प्रदर्शनी र सांगितिक उत्सव पनि आयोजना गरिने ढुंगेलले बताए ।
डिस्कोर्स डबली २०७१ सालमा रत्न राज्य क्याम्पस, ल क्याम्पस लगायतका कलेजमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा सुरूवात भएको थियो । यसपछि मासिक रूपमा बहस शृङ्खला यो मञ्चले सञ्चालन गर्दै आएको थियो । दश वर्षमा करिब १०० वटा बहसका कार्यक्रम आयोजना गरिसकिएको डबलीका संस्थापक नरेश रेग्मीले बताए । विश्वविद्यालयमा वैचारिकक अध्ययन र बहसलाई प्रोत्सिहत गर्न ुविचार उत्सवु क्याम्पस परिसरमै गर्न लागिएको संयोजक ढुंगेलले बताए ।
अध्यक्ष प्रचण्डलाई झापामा कोच संस्कृतिको भोजन
झापा । झापाको गौरिगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न यहाँ आउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केराको पातमा खाना खानुभएको छ । गौरिगञ्ज–१ मा तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले कोच संस्कृति अनुसार खाना खानुभएको हो । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चट्नी र पापडलाई कोलाको पातमा दिइएको हो । आफूले प्रचण्डलाई कोच संस्कृति अनुसारको खाना खुवाउन पाउँदा खुसी लागेको राजवंशीले बताउनुभयो । ‘उहाँले मलाई कोच जातीहरुको लागि लडिरहेको छु । कोच जातीको घरमा भात खान पाउँदा खुसी लागेको बताउनु भयो’– तिलक राजवंशीले भन्नुभयो– ‘मैले पनि तपाईलाई सौभाग्यले खाना खुवाउन पाएँ भने ।’ प्रचण्डको टोलीमा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य एवं स्वकीय सचिव गंगा दाहाल, माओवादी संसदीय दलका कोशी प्रदेश नेता इन्द्रबहादुर आङ्बो, माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो, केन्द्रीय सदस्यहरु धर्मशिला चापागाईं, जीवन आचार्य, झलकसिंह दर्लामीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
पहाडका केही भू-भागमा वर्षा र हिमपात, तराईमा हुस्सु
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदलीको सम्भावना रहेको छ भने पहाड र तराईका विभिन्न भू-भाग सामान्यतया मौसम सफा रहनेछ । आज राति कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हिउँ पर्नेछ भने पहाड र तराईमा सामान्यतया सफा रहनेछ । आगामी २४ घण्टामा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ ।
आज तमु ल्होसारः सार्वजनिक बिदा
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ। काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा भेला भएर यो पर्व मनाउँदैछन्। तमु ल्होसारको अवसरमा विभिन्न दलका नेताले देश विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना दिएका छन्।
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लगाउने पक्षमा बहुमत, माघ १२ मा निर्वाचन
काठमाठौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगनमा अन्ततः उमेरहद लागू हुने भएको छ। उमेरहद ३२ वर्षे लागू गर्ने कि नगर्ने भन्ने विषयमा देशभर भएको मतदानमा उमेरहदका पक्षमा बहुमत देखिएपछि यो विषयको छिनोफानो भएको हो। प्रमुख निर्वाचन आयुक्त मुक्ति नारायण श्रेष्ठका अनुसार खेलको कुल मतदाता २३९८ मध्ये १७ सय ७९ जनाले मतदान गरेका थिए । यसमा ९०० मत उमेरहदको पक्षमा र उमेरहद नलगाउने पक्षमा ८७९ मत खसेको थियो । २१ मतान्तरले उमेरहद लगाउने विषय पारित भएको छ । माओवादी पदाधिकारी बैठकले पनि उमेरहद लगाउने विषयमा समझदारी गर्दै यसको टुंगो भने विद्यार्थी संगठनले नै निर्वाचनबाट गराउने निर्णय गरेको थियो ।मत परिणाम आएपछि अध्यक्ष पञ्चा सिंहले भनिन्, ‘उम्मेरहद ३२ लागु हुने भएको छ। यो ऐतिहासिक जितका लागि हार्दिक बधाई छ। नेतृत्वको निर्वाचन माघ १२ गते सम्पन्न हुनेछ। कार्यतालिका निर्वाचन समितिले तत्काल सार्वजनिक गर्ने जानकारी गराउदछौ।’ मत परिणामसँगै निर्वाचन समितिले नयाँ निर्वाचनको मिति पनि तय गरेको छ । अध्यक्ष पञ्चा सिंहले दिएको जानकारी अनुसार आगामी माघ १२ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने छ ।संगठनमा ३२ वर्षे उमेरहद लागु भएपछि निवर्तमान समितिका अधिकांश बिदा हुने छन्।