सुन र चाँदीको मूल्यमा नयाँ कीर्तिमान, सुन प्रतितोला २ लाख १० हजार ४००
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भई नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी सङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिन (बिहीबार) को तुलनामा २,५०० रुपैयाँले बढेको हो, जुन बिहीबार २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। हालैका दिनहरूमा सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ।
चाँदीको मूल्यमा पनि वृद्धि
चाँदीको मूल्यमा पनि शुक्रबार नयाँ रेकर्ड कायम भएको छ। सङ्घका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर २,४९० रुपैयाँमा कारोबार भएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला २,४८० रुपैयाँ थियो। यो सानो वृद्धि भए पनि चाँदीले पनि नयाँ कीर्तिमान बनाएको छ।
मूल्यवृद्धिका कारण र प्रभाव
सुन र चाँदीको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभाव, माग र आपूर्तिको असन्तुलन, तथा आर्थिक अनिश्चिततासँग जोडिएको विश्लेषकहरूको भनाइ छ। सुनलाई सुरक्षित लगानीको रूपमा लिइने भएकाले विश्वव्यापी आर्थिक अस्थिरताले यसको माग बढाएको छ।
नेपालमा यो मूल्यवृद्धिले गहना खरिद, लगानी र बजारको समग्र गतिशीलतामा प्रभाव पार्ने देखिन्छ। उपभोक्ताहरूले बढ्दो मूल्यका कारण सुनचाँदी खरिदमा संयम अपनाउन सक्ने सम्भावना छ, जबकि व्यवसायीहरूले बजारको यो प्रवृत्तिलाई नजिकबाट नियालिरहेका छन्।
नेपाल सुनचाँदी व्यवसायी सङ्घले बजारको यो उतारचढावलाई नियमित अनुगमन गरिरहेको जनाएको छ।
आज सुनको मूल्य कति ?
काठमाडौं । नेपाली बजारमा आइतबार (वैशाख २०) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन एक तोला छापावाल सुन किन्न ग्राहकले दुई लाख ९५ हजार १०० रुपैयाँ खर्च गर्नुपर्नेछ । अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
पाथीभरामा दर्शनार्थीले चढाएका सुन प्रशोधन, ५० तोला प्राप्त
ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन गरिएको छ । २६ महिनाको अवधिमा चढाइएका सुन तथा चाँदी प्रशोधन गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलले सुन र चाँदी प्रशोधन गरिएको बताए । २६ महिनाको अवधिमा संकलित ६७ तोला सुन र ४३ किलोग्राम प्रशोधन गरिएको उनको भनाइ छ । ६७ तोला सुन प्रशोधन गर्दा ५० तोला प्राप्त भएको उनले बताए । प्रशोधनबाट प्राप्त सुनचाँदी लिलामीका लागि नयाँ कार्यविधि तयार गर्न लागिएको छ ।
सुनको घट्दा चाँदीको भाउ बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार (चैत १०) पनि सुनको मूल्य प्रतितोला १६ रुपैयाँले घटेको छ । आजका लागि तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ । सोमबार (चैत ९) प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ । अघिल्लो दिन चार हजार ४२५ रुपैयाँमा किनबेच भएको चाँदी यस दिन प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार हुनेछ ।
एक सातामै सुनको मूल्य ३४ हजारले घट्यो
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । एक साताको अवधिमा सुनको भाउ कुल ३४ हजार रुपैयाँले घटेको छ । गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड रहेको छ । यसैबीच, सोमबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

