प्रचण्ड सचिवालयले भन्यो-'गणेश राईलगायत करार कर्मचारी पुनः नियुक्ति गरिदै थियो'
काठमाडौं । खोटाङ काउलेका गणेश राईलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हटाएको तर हालका प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको भनि आएका समाचारहरु सत्य नभएको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
अध्यक्षका स्वकीय सचिव रमेश मल्लले आइतबार (आज) प्रशासनमा सुशासन सुरु गर्ने भनि प्रधानमन्त्री कार्यालयको संगठन तथा व्यवस्थापन सर्भे गरिएको त्यसमा करारका कर्मचारी व्यवस्थापन गरिने गरी ध्यान पुर्याइएको बताएका छन् ।
राईसहित ९ जना कम्प्युटर अपरेटरलाई कन्सल्टेन्सी सर्भिसमार्फत् ३ महिना व्यवस्थापन गर्ने र दीर्घकालीन रूपमा छोटो संगठन तथा व्यवस्थापन सर्भे गरेर दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने निर्णय अघिल्लो सरकारले नै गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र संघीय मामला मन्त्रालयका मन्त्री र सचिवसहितको बैठकले उक्त निर्णय गरेको मल्लले बताए ।
मल्लले मिडियामा आएका समाचारको खण्डन गर्दै भनेका छन्
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाटै कर्मचारी प्रशासनमा सुशासन सुरु गर्ने त्यसको लागि प्रधानमन्त्री कार्यालय आराम गर्ने थलो नबनाई सेन्टर फर एक्सिलेन्स बनाउने उद्देश्यसहित प्रधानमन्त्री कार्यालयको संगठन तथा व्यवस्थापन सर्भे (O&M Survey) गरियो।
नेपाल सरकारको सचिवको नेतृत्वमा बनेको समितिले पेश गरेको प्रतिवेदन क्याबिनेटबाट पास भयो। त्यतिबेला करारका कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्ने छलफल भई उनीहरुलाई अस्थायी दरबन्दीमा राखी काम लगाउने र स्थायी दरबन्दीको जनशक्ति अन्यत्र ब्यवस्थापन गर्नेगरि निकास दिन सकिने तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल र प्रशासन हेर्ने सचिव गणेशप्रसाद पाण्डेले बताउनुभएको थियो।
प्रधानमन्त्री कार्यालयबाट मुख्यसचिव र प्रशासन सचिवको बहिर्गमनपछि कर्मचारीको नयाँ नेतृत्वले यसको व्यवस्थापनमा जटिलता आउने बताउनुभयो। यो विषयले सबैभन्दा बढी तत्कालीन सम्माननीय प्रधानमन्त्री तथा अध्यक्ष कमरेड प्रचण्डलाई छोयो। मैले प्रधानमन्त्री कार्यालयको बैठक बोलाउन सुझाव दिए।
यसको दीर्घकालीन हल खोज्न प्रम कार्यालय, अर्थ मन्त्रालय र संघीय मामला मन्त्रालयका मन्त्री र सचिवसहितको बैठक बालुवाटारमा बस्यो। हालका मुख्यसचिव लिलादेवी गडतौला, प्रम कार्यालयका सचिव कृष्णहरि पुष्कर, अर्थ सचिव र संघीय मामला तथा सामान्य प्रशासन सचिव उक्त बैठकमा सहभागी हुनुहुन्छ।
त्यस बैठकमा हाललाई उहाँहरु गणेश राईसहित ९ जना कम्प्युटर अपरेटरलाई कन्सल्टेन्सी सर्भिसमार्फत ३ महिना व्यवस्थापन गर्ने र दीर्घकालीन रूपमा छोटो O&M गरेर दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने सहमति भएको हो। यदि यो कुरा कसैले गलत भन्छ भने मसँग छलफलको रेकर्ड सुरक्षित छ। आक्समिकतामा हामी सरकारबाट बाहिरियौ, यसको व्यवस्थापन गर्ने दायित्व सरकारको हो। यसमा नौटंकी गर्नुको कुनै अर्थ छैन।
अहिले "प्रचण्डले हटाएका गणेश राई ओलीले राखे", " रमेश मल्लले हटाको थियो गणेशलाई" जस्ता मित्थ्या आरोपमार्फत भावनात्मक सद्भाव बटुल्ने र हामीमाथि हिलो छ्याप्ने कोशिस गरिएको छ। सरकारका प्रधानमन्त्रीबाटै उक्त विषयलाई विषयान्तर गर्ने, ओहोदाको ख्याल नगरी भ्रामक पोष्ट गर्ने गरेको देख्दा अचम्म लागेको छ। तसर्थ, भ्रामक प्रचारबाट मुक्त भई सत्य सूचना सम्प्रेषण गर्न सबैमा आग्रह गर्दछु।
-रमेश मल्ल
अध्यक्ष कमरेड प्रचण्डका स्वकीय सचीव
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।
कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)
काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा उल्लेख गरिएको छ । विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ । के छ त प्रतिवद्वतापत्रमा ?