माओवादी केन्द्र लुम्बिनीको बैठकः मंसिर २९ सम्म सबै पालिकामा सम्मेलन

माओवादी केन्द्र लुम्बिनीको बैठकः मंसिर २९ सम्म सबै पालिकामा सम्मेलन

देउखुरी ।  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले मंसिर २९ गतेभित्र पालिका स्तरका अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको अध्यक्षता एवं केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल (बलदेव) को प्रमुख आतिथ्यतामा बिहीबार देउखुरीमा बसेको प्रदेश कार्यालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचन तालिका निर्माण गरेको हो । पार्टीको निर्वाचन तालिका अनुसार मंसिर ७ गतेसम्म संगठित सदस्य नवीकरण, लेवी र अभिलेखीकरण गरिसक्ने निर्णय गरेको छ।

त्यसैगरी मंसिर ८ देखि १५ गतेसम्म वडा अधिवेशन गरिसक्ने भएको छ । मंसिर १६ देखि २९ गतेसम्म गाउँ, नगर तथा उपमहानगर अधिवेशन गरिसक्ने निर्णय भएको प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर) ले जानकारी दिनुभयो ।

त्यसैगरी पार्टी सदस्यता व्यापकरुपमा वितरण गर्ने निर्णय भएको दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले जानकारी दिनुभयो । घरदैलो तथा जनभेटघाट कार्यक्रम गर्ने, छुटेका तथा पार्टी सम्पर्कमा नरहेकाहरुको खोजी गर्ने निर्णय भएको छ ।

बैठकमा जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गर्नुभएको थियो । स्थायी समिति सदस्यहरु कुलप्रसाद केसी, जोखबहादुर महरा, पुर्णा सुवेदी, महेश्वर गहतराजलगायतको विशेष उपस्थिति थियो । बैठकको सहजीकरण प्रदेश सचिव कृष्णा अधिकारीले गर्नुभएको थियो ।

सत्ता पक्षका राजनीतिक दलहरुको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक आज सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद अधिवेशन लगायतका विषयहरुमा छल फल हुने बताइएको छ । यही माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन शुरु हुँदैछ ।

अध्यक्ष प्रचण्ड गोरखामा

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउनुभएको छ ।  उहालेँ गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि र डण्डी डाँडाको नव ज्योति मा.वि को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ 

भीम रावलद्वारा मातृभूमि जागरण अभियानलाई पार्टी बनाउने प्रस्ताव

काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेका छन् । रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् । नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले पार्टी निर्माण गर्नेतर्फ लागेको उनले बताएका छन् । ‘अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रहरूको भूमिकाले नेपालमा पर्न सक्ने प्रभावलाई गम्भीर रूपमा बुझेर अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र व्यक्तित्व उज्यालो र सबल तुल्याउनु पर्ने छ । यसका लागि राजनीति, अर्थव्यवस्था, सामाजिक–सांस्कृतिक पक्ष लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा आवश्यक पुनरावलोकन, समीक्षा तथा व्यापक सुधार र परिवर्तनको खाँचो छ,’ रावलले भनेका छन्, ‘यिनै कुरालाई मनन गर्दै स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ ।’

रबि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले बुधबार यस्तो आदेश दिएको हो ।  काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो । उनलाई पाँच करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो ।  जिल्ला अदालत, कास्कीले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।  प्रहरीले उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा दायरको तयारी गरिरहेको छ । 

लोकप्रिय