आइपीएलः के–के हुन् सन्दीपको दिल्लीले उपाधि जित्ने ४ आधार?

आइपीएलः के–के हुन् सन्दीपको दिल्लीले उपाधि जित्ने ४ आधार?

काठमाडौं, फागुन २३ । इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी मार्च २३ देखि भारतका विभिन्न सहरमा सुरु हुँदैछ । ८ फ्रेन्चाइच टोली रहेको प्रतियोगितामा होम अवे मैदानमा गरि हरेक टिम एक अर्कासँग २ पटक भिड्नेछन् । डवल राउण्ड रोविनपछि शिर्ष चार टोली प्ले अफमा पुग्ने छन् ।

दिल्ली क्यापिटल्स आईपीएलको सबैभन्दा असफल फ्रेन्चाइज टोलीमा गनिन्छ । सन् २००८ देखि सुरु भएको आईपीएलको ११ औं संस्करण सम्म आइपुग्दा दिल्लीले फाइनल यात्रा तय गर्न सकेको छैन । त्यसैकारण पनि दिल्लीले १२ औं संस्करण अघि आफ्नो नाम, लोगो र जर्सी परिवर्तन गरेको छ । स्वंय दिल्ली पनि यसअघिको प्रर्दशन सम्झन चाहादैन ।

यसअघि जीएमआरसँग शत प्रतिशत स्वामित्वमा रहेको दिल्लीको टोलीमा यस सिजन जीएसडब्लू समुहले आधा स्वामित्व लिएको छ । दिल्लीले सम्भवत हाल सम्मकै उत्कृष्ट र सन्तुलित टोली निर्माण गरेको छ । त्यसैले पनि यस पटक दिल्लीलाई उपाधिको दावेदार रुपमा हेरिएको छ । नाम, लोगो र जर्सी परिवर्तन गरेको क्पापिटल्स भाग्यको बलमा पनि उपाधि जित्नेमा आशावादी छ । दिल्लीले मुम्बई इन्डियन्सँग २४ मार्चमा पहिलो खेल खेल्दै दिल्लीले प्रतियोगितामा पाईला अघि बढाउने छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको हुँदा पनि नेपाली दर्शकले अन्य फ्रेन्चाइज टोलीको तुलनामा दिल्लीलाई विशेष महत्वका साथ हेरेका छन् । अहिलेसम्म फाइनलमा पुग्न नसकेको दिल्लीले १२ औं संस्करणको आईपीएलको उपाधिनै जित्न सक्ने प्रबल सम्भावना छ । दिल्लीले उपाधि जित्न सक्ने यी ४ बलिया आधार पनि छन् ।

१. रबाडा र बोल्टको गति

टि–२० मा पावर प्ले र डेथ ओभरमा बन्ने रन र गुम्ने विकेटले खेलमा निकै प्रभाव पार्ने गर्दछ । पावर प्ले अर्थात पहिलो ६ ओभर भित्र कुनै टिमको सुरुवाती विकेट गुम्छ भने पक्कै त्यो टिम सस्तैमा समेटिने उच्च सम्भावना रहन्छ । अन्तिम ओभरतिर रन कम बन्नेसँगै विकेट गुम्दा तुलानात्नक रुपमा फरक पर्ने गर्दछ । प्रायजसो सुरुवाती र अन्तिमका ओभर तीव्र गतिकै बलरबाट गरिन्छ । यद्यपी पछिल्लो समय स्पिनरहरुले पनि सुरुवातका ओभर फ्याँक्ने गरेको प्रयोग विश्व क्रिकेटमा देख्न थालिएको छ ।

दिल्लीमा तीव्र गतिका बलरका रुपमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र दक्षिण अफ्रिकाका कागिसो रवाडा छन् । यी दुवै खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । जसको फाइदा दिल्लीलाई पुग्नेछ । गत वर्ष बोल्टले १४ खेलमा १८ विकेट लिँदा रवाडाले चोटका कारण प्रतियोगिता नै गुमाए । यस सिजन दुवै बलरले उत्कृष्ट प्रर्दशन गर्दै दिल्लीको उपाधि जित्ने सपना सहज बनाउन सक्छन् ।

२. ओपनिङ जोडी

कुनै पनि टोलीलाई विशाल योगफल तयार पार्न र पुरा गर्न ओपनर जोडीको राम्रो सुरुवात आवश्यक पर्दछ । राम्रो सुरुवात विना विशाल योगफल बनाउन र पूरा गर्न कठिन छ । विश्व क्रिकेटमा बनेका उच्च स्कोरमा सामान्यतया ओपनर जोडीको साझेदारी पनि उत्कृष्ट रहन्छ । दिल्लीमा ओपनरको रुपमा शिखर धवन र पृथ्वी शा रहेका छन् । सनराईजर्स हैदरावाद छाडेर धवन दिल्लीमा आएसँगै दिल्लीको ब्याटिङ झनै बलियो हुनुको साथै ओपनिङ जोडी उत्कृष्ट बन्नेको छ । न्यूजिल्यान्डका ओपनर कोलिन मुनरो पनि दिल्लीमै छन् ।

पछिल्लो समय भारतबाट शिखर र न्यूजिल्यान्डबाट मुनरोले लगातार ओपनिङ गर्दै उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । शिखर धनव टी–२० क्रिकेटमा सन् २०१८ मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । धवनले सन् २०१८ मा १८ अन्तर्राष्ट्रिय टी–२० खेलमा ६ अर्ध शतक सहित कुल ६८९ रन बनाएक थिए । गत वर्ष हैदरावादबाट धवनले ओपनिङ गर्दै १६ खेलमा ४९७ रन जोडेका थिए । विश्व टी–२० वरियतामा दोस्रो स्थानमा रहेका मुनरोले सन् २०१८ मा न्यूजिल्यान्डबाट १२ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ शतक,४ अर्धशतक सहित १७८.५७ को स्ट्राईक रेटमा कुल ५०० रन बनाएका थिए ।

त्यस्तै भारतलाई यू–१९ विश्वकप जिताएका युवा ओपनर पृथ्वी शा पनि दिल्लीमै छन् । शाले टेस्ट डेब्युमै शतक प्रहार गर्दै सनसनी मच्चाएका थिए । शाको खेल्ने शैलीलाई धेरै विज्ञले भारतीय पूर्वकप्तान सचिन तेन्दुल्करसँग मिल्दो रहेको बताउँछन् । गत वर्ष दिल्लीबाटै डेब्यू गर्दै शाले ९ खेल खेल्दै २४५ रन जोडेका थिए । यी तीन खेलाडी मध्य दुईले ओपनिङ गर्ने छन् । जसले गर्दापनि दिल्लीको ओपनिङ बलियो बन्ने देखिन्छ । ओपनरको उत्कृष्ट प्रर्दशनमा दिल्लीको उपाधि जित्ने सपना साकार हुन सक्छ ।

३. बलियो स्पिन अट्याक

दिल्लीको अर्को बलियो हतियार हो स्तरीय स्पिनर । भारतीय मैदानपनि स्पिनर बलरलाई बढि उपयोगी मानिन्छ । पछिल्लो एक वर्षमा निरन्तर रुपमा विश्वका फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्लीका प्रमुख खेलाडी हुन्। अनुभवी स्पिनर अमित मिश्रा र सन्दीपको जोडीले तहल्का पिट्ने अनुमान गरिएको छ ।

गत वर्ष दिल्लीबाट अन्तिम ३ खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिँदै सनसनी मच्चाएका थिए । मिश्राले १० खेलमा १२ विकेट लिएका थिए । यी दुवै लेग स्पिनरले आफ्नो गुगलीमा विपक्षी ब्याट्सम्यानलाई सहजै फसाउन सक्छन् । जसको फाइदा दिल्लीलाई पुग्ने छ । दिल्लीले अक्षर पटेललाई पनि अक्सनमा ५ करोड खर्चेर किनेको थियो ।

भारतीय राष्ट्रिय टोलीबाट खेली सकेका पटेल स्पिन अलराउन्डर हुन् । पटेल आईपीएलमा पनि अनुभवी खेलाडी हुन् । पार्ट टाइमको रुपमा राहुल टेवाटिया पनि राम्रो स्पिनरमा गनिन्छन् । सन्दीप र मिश्रा प्रमुख तथा पटेल र टेवाटिया विकल्पका रुपमा दिल्ली अझ बलियो बनेको छ । जसको कारण उपाधि जित्न सहज हुन सक्छ ।

४. सुदृढ मध्यक्रम

टिमको जित वा हार मध्यक्रमको ब्याटिङ प्रर्दशनमा बढि भर पर्ने गर्दछ । युवा खेलाडी कप्तान श्रेयस अय्यर र ऋषभ पन्तले दिल्लीको मध्यक्रम सम्हाल्ने छन् । यी दुई खेलाडीको प्रर्दशन नै दिल्लीले उपाधि जित्ने वा कुन स्थानमा पुग्ने भन्ने बढि निर्भर रहनेछ । यी दुवै खेलाडीले भारतीय टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरि सकेका छन् । दुबै ठूला ठूला शट खेल्न माहिर छन् ।

ऋषभ पन्त
पन्तले गत वर्ष दिल्लीबाटै १४ खेलमा १ सय ७० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्दै कुल ६८४ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा थिए । त्यस्तै श्रेयरले १४ खेलमा ४११ रन जोडे । पन्तले पछिल्लो समय भारतीय टिमबाट टेस्ट, वान डे र टी–२० तीनैमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । यी दुईबाहेक मध्यक्रममा कोलिन इन्ग्राम, अलराउण्डर किमो पाउल, हनुमा विहारी, अक्षर पटेल, राहुल टेवाटिया, हर्षल पटेल जस्ता खेलाडी छन् । जसले गर्दा पनि मध्यक्रम मजबुत देखिन्छ । यो सामग्री हाम्रो खेलकुद डट.कमबाट साभार गरिएको हो ।

दिल्लीको पूर्ण टोली : श्रेयर अय्यर (कप्तान), ऋषभ पन्त, अमित मिश्रा, सन्दीप लामिछाने, शिखर धवन, पृथ्वी शा, आवेश खान, हर्षल पर्टेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, कागिसो रबाडा, ट्रेन्ट बोल्ट, हनुमा विहारी, अक्षर पटेल, इशान्त शर्मा, अन्कुश वेन्स, नाथसिंह, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, किमो पल र जलज सक्सेना

ट्वान्टी–२० शृंखला : अमेरिकाविरुद्ध नेपालको ‘क्लिन स्विप’

काठमाडौं । अमेरिकाविरुद्धको ट्वान्टी–२० शृंखलामा नेपालले ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको शृंखलाअन्तर्गत सोमबार भएको अन्तिम खेलमा घरेलु टिमलाई आठ विकेटले हराउँदै नेपालले शृंखलामा ३–० को जीत हासिल गरेको हो। आज भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा ओपनर आसिफ सेखले ५० रन बनाए । उनले ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कुशल मल्लले ३० बलमा चार चौका र एक छक्कासहित ४४ रन थपे । कुशल भुर्तेलले ४० रन जोड्दा अर्का ओपनर अनिल साहले १३ रन बनाए । अमेरिकाका जुनोय ड्राइसडेल र जसदीप सिंहले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो । अमेरिकाका ओपनर साइतेजा मुक्कमल्लले ६८ रन बनाएका थिए । मिलिन्ड कुमारले ४३ रन थप्दा आरोन जोनसले १३ र हर्मीत सिंहले १० रन बनाए ।  नेपालका सोमपाल कामीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिए । यस्तै, रिजन ढकाल र ललित राजवंशीले समान एक विकेट लिए । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिमलाई १७ रन र दोस्रो खेलमा सुपरओभरमा हराएको थियो ।

अमेरिकालाई सुपर ओभरमा जितेर नेपाल सिरिजमा नाम लेखाउन सफल

नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो । हारको संघारमा रहेर नेपाल यो खेलमा विजयी रहेको हो । अब सोमबार हुने अन्तिम खेल औपचारिक हुनेछ । डलासमा भएको खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिके । त्यसपछि सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाए । यसअघि जितका लागि १ सय ७१ रन पछ्याएको अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो र यस्तोमा खेल टाई भएको थियो । जसदीप सिंह अन्तिम बलमा रनटआउट भएपछि अमेरिका विजयी रन बटुल्न असफल रह्यो । अमेरिकालाई आन्द्रेस गुसले सर्वाधिक ६२ रन बनाए । उनले ४३ बलमा तीन चौका र चार छकका प्रहार गरे । अमेरिकालाई अन्तिम ओभरमा जित्नलाई सात रन चाहिएको थियो । अझ अन्तिम बलमा दुई रन चाहिने स्थिति बनेको थियो, तर त्यसलाई हात पार्न सकेन । अमेरिकाका लागि ओपनर साइतेजा मुखमलले ४१ बलमा ४७ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे । नेपाली बलरमध्ये करण केसीले तीन र सोमपाल कामीले दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए । त्यसमा सात चौका र छ छक्का सामेल थियो । नेपालको सुरुवात भने राम्रो रहेन र ११ रनको स्थितिमै ओपनर आसिफ सेखले विकेट गुमाए । उनले एक रन मात्र बनाए । अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गरे र त्यसमा दुई चौका र एक छक्का सामेल थियो । त्यसपछि गुल्सन झाले १२ बलमा १९ रन बनाए । उनको ब्याटबाट दुई चौका र एक छक्का निस्केको थियो । कप्तान रोहित पौडेलले भने १४ बलमा १८ रनको योगदान गरे । उनले दुई चौका प्रहार गरे । दीपेन्द्रसिंहले दुई रन मात्रै बनाए । अर्का नटआउट ब्याटर करण केसीले ६ रन बनाए । अमेरिकी बलरमध्ये नोसथुस केनजिगे र जसदीप सिंहले दुई/दुई विकेट लिए । नेपाल पहिलो ट्वान्टी-२० १७ रनले विजयी रहेको थियो ।

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो ।  भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् ।  जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

लोकप्रिय