उदयपुर गोल्डकपको उधारो रकम

उदयपुर गोल्डकपको उधारो रकम

बिदुर कटुवाल

उदयपुर, चैत ६ । भव्य र सभ्य रुपमा सम्पन्न भएको चौथो उदयपुर गोल्डकपको रकममा उठ्न बाँकी रहेका कारण खातामा पाँच हजर एक सय ८१ मात्रै रहेको बताइएको छ । गोलपकमा २ लाख खुद नाफा भएपनि हालसम्म ती रकम उठ्न बाँकी भएका कारण खातामा नगद मौज्दात ५ हजार १ सय ८१ मात्र रहेको गोल्डकप मुल आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको आय–व्याय प्रतिवेदनमा आयोजकले बताएको छ ।

सार्वजानिक गरेको आय–व्ययमा गोल्डपकले खुद नाफा २ लाख ७३ हजार ५ सय ११ रुपैँया गरेपनि हाल गोल्डकपको खातामा ५ हजार १ सय ८१ रुपैयाँ मात्र रहेको मुल आयोजक समितिका संयोजक किरण राईले बताए । ‘उठ्नबाँकी ४ लाख ४० हजार ५ सय छ,’ पत्रकार सम्मेलनमा हाँस्दै भने, ‘पैसा उठेको छैन, हाल गोल्डको खातामा ५ हजार १ सय ८१ मात्र छ ।’

पत्रकार सम्मेलनमा राईले सार्वजानिक गरेको प्रतिवेदनमा खुद आम्दामी ३४ लाख ४४ हजार ५ सय गरेको छ । ‘गोल्डकपमा खर्च जम्मा ३१ लाख ७० हजार ९ सय ८९ भएको छ’ राईले पत्रकार सम्मेलनमा प्रष्ट्उँदै भने, त्यही खर्च अझै १ लाख ७२ हजार १ सय ७० तिर्न नै बाँकी छ । राईका अनुसार प्रायोजकहरुले अझै पनि गोल्डपकलाई दिन्छौ भनेको पैसा दिएका छैन्न ।

यस्तो खर्चको बिबरण

पत्रकार सम्मेलनमा सार्वजानिक गरिएको आय व्यय प्रतिवेदन अनुसार फिल्ड तयार तथा मर्मत गर्न ३ लाख ९८ हजार ७ सय ८६ रुपैँया, सम्मान तथा पुरस्कारको लागी ४ लखा २७ हजार ६ सय, मञ्च व्यवस्थापनमा २ लाख २ हजार ५ सय ३५ रुपैँया, सहभागी खेलाडी टिमलाई जम्मा एकमुष्ट ८ लाख ९० हजार खर्च भएको संयोजक राईले पत्रकार सम्मेलनमा बताए । पुरस्कार, अतिथि सत्कार तथा सम्मानमा मोटो रकम खर्च गरिएको बताइएको छ ।

यसैगरी राईका अनुसार प्रचार प्रसारको लागी १ लाख २९ हजार २ सय ५०, यातयातमा १ लाख २७ हजार ६ सय ९०, औषधी खर्चमा १५ हजार १ सय ९७, अतिथि सत्कारमा १ लाख ७२ हजार ८ सय २३, खाना बासमा गाईघाटमा रहेको होटल आशा, कन्चनजंघा होटल, होटल यलाखोममा जम्मा १ लाख ६८ हजार ६ सय ७, ज्याला भत्तामा १ लाख ४२ हजार ४ सय १५, मसलन्द शिर्षकमा खर्चमा ७० हजार ७ सय ५ रुपैँया खर्च भएको संयोजक राईले बताए । यसैगरी विधि शिर्षकमा समेत खर्च भएको छ ।

यसरी भयो आम्दानी

गोल्डकप आयोजना गर्नको लागी रमाईलो मेला समेत आयोजना गरिएको थियो । जसबाट ३ लाख आम्दामी भएको देखाइएको छ । रमाईलो मेलाबाट आम्दानी भएको रकम प्रष्ट छैन । ‘गोल्डकपमा धेरैले होटबाट बिल मिलाएर पैसा असुलेको हो ।’ मुल आयोजक समितिका सदस्य एकले भने मैले नाम खुलाउन मिल्दैन, ‘नभए कसरी हाल गोल्डकप समितिसँग ५ हजार मात्र रह¥यो त ?’ पत्रकार सम्मेलनपछि आयोजककै आय व्यय प्रति असन्तुष रहेको पाइएको छ ।

फेरि रमपम तयारी चाउचाउ मूख्य प्रयोजकले गोल्डकपमा ३ लाख ९४ हजार दिएको छ । त्रियुगा नगरपालिकाकाले ४ लाख, जिल्ला बिकास समितिले २ लाख ९५ हजार ५ सय, संसद भेषकुमार राउतको संसदीय कोषबाट ९८ हजार, राष्ट्रिय खेलकुद परिषदबाट २ लाख, गेट टिकट ४ लाख १६ हजार २ सय मूख्या रहेको सहयोग प्रप्त भएको मुल आयोजकका संयोजक राईले बताए । यसरीनै ५ हजारदेखि ३० हजार सहयोग गर्ने कन्ट्रकसनदेखि विभिन्न व्यक्तित्वहरु रहेका छन् ।

गएको माघ २७ गतेदेखि सञ्चालन भएको चौथो उदयपुर गोल्ड फागुन ५ गतेसम्म सञ्चालन भएको थियो । टिकटदेखि अन्य आयका विवरण प्रष्ट रुपमा राखिएको छैन । विभिन्न ८ क्लवले भाग लिएको गोल्डकपमा गोल्डकपको उपाधि रुपन्देही ११ ले हात पारेको थियो ।

मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि प्रभावित

काठमाडाैं । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि नराम्ररी प्रभावित भएका छन् । क्षेत्रीय अस्थिरता, सुरक्षाको चिन्ता र हवाई क्षेत्र बन्द हुँदा दर्जनौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरू स्थगित, रद्द वा अन्योलमा परेका छन् । विशेषगरी फुटबल क्षेत्रमा यसको प्रभाव उल्लेख्य देखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो क्यालेन्डरअन्तर्गत पश्चिम क्षेत्रका सबै खेलहरू तत्कालका लागि स्थगित गरेको छ । यसमा एएफसी च्याम्पियन्स लिग एलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग जस्ता प्रतियोगिता समावेश छन् । साउदी अरब, कतार, यूएई, इरान र कुवेतका क्लबहरू सहभागी हुने खेलहरू रोकिनुका साथै क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर जस्ता चर्चित टोलीहरू पनि प्रभावित भएका छन् । इरानको घरेलु ‘पर्सियन गल्फ प्रो लिग’ अनिश्चितकालका लागि निलम्बन गरिएको छ भने विदेशी खेलाडीहरू धमाधम देश छोडिरहेका छन् । दक्षिण कोरियाली डिफेन्डर ली की–जे तेहरानस्थित आफ्नै दूतावासमा शरण लिएर स्वदेश फर्कन सफल भएका छन् । युद्धको प्रभाव फुटबलमा मात्र सीमित छैन । कतारमा मार्च २७ मा हुने तय भएको स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतिक्षित ‘फाइनलिसिमा’ खेल पनि अन्योलमा परेको छ । कतार फुटबल एसोसिएसनले घरेलु खेलहरू स्थगित गरेपछि उक्त खेल हुने सम्भावना कमजोर बनेको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा हुने फुजैराह ओपन टेनिस प्रतियोगिता पनि सुरक्षाका कारण रद्द गरिएको छ । खेल तालिका अस्तव्यस्त बनेपछि विभिन्न खेल संघहरू अहिले प्रतियोगिता सञ्चालनभन्दा पनि खेलाडीहरूको सुरक्षा र उद्धारमा केन्द्रित भएका छन् ।

स्कटल्यान्डमाथि ऐतिहासिक जितपछि नेपाली टिमलाई प्रचण्डको बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप अन्तर्गत स्कटल्यान्डमाथि हासिल गरेको शानदार जितका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। दोस्रो चरणमा पुग्ने सपना अधुरै रहे पनि स्कटल्यान्डविरुद्धको प्रभावशाली जितले सम्पूर्ण नेपालीलाई गर्वान्वित बनाएको उहाँको भनाइ छ। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। “नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। दोस्रो चरणको सपना अधुरै रहे पनि, स्कटल्यान्डमाथि हासिल यो शानदार जितले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन सफल रहनुहोस्। सिंगो नेपाल तपाईंहरूको साथमा छ।” उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको आत्मविश्वास र संघर्षशील भावनाले विश्वसामु नेपालको पहिचान थप मजबुत बनाएको उल्लेख गर्नुभयो। स्कटल्यान्डमाथिको जितसँगै नेपाली टोलीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यस जितले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटप्रति थप आशा र विश्वास जगाएको छ।

टी–२० विश्वकप: दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा १२ वर्षपछि नेपालको जित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि जित निकाल्दै स्कटल्यान्डलाई सात विकेटले हराएको छ। भारतको वान्खेंडे रंगशालामा भएको खेलमा १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा चार चौका र तीन छक्कासहित अविजित ५० रन बनाए। यो विश्वकपमा नेपालबाट सबैभन्दा छिटो बनेको अर्धशतक हो। उनी विश्वकप इतिहासमा दुई अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटरसमेत बने। यसअघि कुशल भुर्तेल (४३) र आसिफ सेख (३३) ले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। गुल्सन झाले अविजित २४ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा १७०/७ बनायो। माइकल जोन्सले ७१ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। जितसँगै नेपालले दुई अंकसहित प्रतियोगिता टुंग्यायो। नेपाल र स्कटल्यान्ड दुवै समूह चरणबाट बाहिरिएका छन्।

नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा हुने

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए । दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्ड लगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।

लोकप्रिय