कहिले र कहाँ हुनेछ आइपीएल २०२० को फाइनल? मिति सार्वजनिक
काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) २०२० सुरु हुने मिति घोषणा गरिएको छ ।
आज मुम्बईमा बीसीसीआईका अध्यक्ष सौरव गांगुलीको अध्यक्षतामा बसेको बैठकले आसन्न संस्करणको आइपीएल सुरु हुने मिति घोषणा गरेको हो ।
२०२० को आइपीएल संस्करण मार्च २९ देखि सुरु हुनेछ भने फाइनल २४ मेमा मुम्बईमा सम्पन्न हुनेछ ।
राति सुरु हुने खेलको समय परिवर्तन हुने अनुमान गरिए पनि पूरानै समयमा म्याच हुने भएका छन् ।
आसन्न आइपीएलमा पनि ८ बजेदेखि नै रातिको म्याच सुरु हुनेछ ।
यी ५ क्रिकेटर, जो आइपीएलमा उत्कृष्ट गर्दै विश्वकप खेल्ने मौका पाउन सक्छन्!
आइपीएल धेरै खेलाडीका लागि अन्तर्राष्ट्रिय म्याचमा ढोका खोल्ने माध्यम पनि बनेको छ । विश्व क्रिकेटकै लोकप्रिय लिग भएकाले यसमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सबैकाे नजरमा बस्छन् । र, उनीहरुले थुप्रै अवसर पनि पाउँछन् । यसैबीच आज आइपीएलमै शानदार प्रदर्शन गरेर यही वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि टीममा पर्नसक्ने क्रिकेटरको बारेमा चर्चा गर्दैछौं ।
पछिल्लो समय थुप्रै युवा क्रिकेटर चम्किँरहेका छन् । र, युवा खेलाडी उत्कृष्ट प्रदर्शन पनि गर्दै आइरहेका छन् । यदि आसन्न आइपीएलमा उनीहरुले शानदार प्रदर्शन गरे विश्वकपमा पनि मौका पाउन सक्छन् । आज यो सूचीमा रहेका प्रमुख ५ क्रिकेटरको बारेमा चर्चा गर्दैछौंः
क्रिस लिनः आइपीएल २०२० को अक्सनमा लिनलाई मुम्बई इन्डियन्सले २ करोड भारुमा टीममा अनुबन्ध गरेको थियो । गत सिजनमा कोलकाता नाइट राइडर्सबाट खेलेका लिनले हालसम्म आइपीएलमा १४०.६ को स्ट्राइक रेटका साथ १२ सय ८० रन बनाएका छन् । यसक्रममा उनले धेरै म्याचमा विस्फोटक ब्याटिङ गरेका थिए । २९ वर्षीय लिन यो वर्ष मुम्बई टीमबाट चौका–छक्काको वर्षा गर्ने सम्भावना छ । मुम्बईको घरेलु मैदान वानखडेको पिच उनका लागि उपयुक्त हुनसक्छ ।
अष्ट्रेलिया टीमसँग अहिले डेविड वार्नर र आरोन फिन्च ओपनरका रुपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर, लिन ‘ब्याकअप’ ओपनर ब्याट्सम्यानका रुपमा आसन्न टी–२० विश्वकपका लागि टीममा समावेश हुन सक्छन् । यदि विश्वपका लागि टी–२० मा स्थान बनाउने हो भने लिनले आइपीएलमा शानदार प्रदर्शन गर्न आवश्यक छ ।
४. श्रेयस गोपालः श्रेयसले आइपीएलमा ३१ म्याच खेलेका छन् । जसमा उनले ३८ विकेट आफ्नो नाममा लेखाइसकेका छन् । २६ वर्षीय श्रेयसले गत सिजनमा राजस्थान रोयल्सका लागि सर्बाधिक २० विकेट लिएका थिए । भारतीय टीम चयनकर्ताका लागि स्पिनररुपमा उनी एक विकल्प हुन सक्छन् । साथै श्रेयस अन्तिम ओभरमा शानदार ब्याटिङ पनि गर्न सक्षम छन् । यदि उनले आइपीएल २०२० मा उत्कृष्ट प्रदर्शन गर्नसके विश्वकपको टीममा मौका पनि पाउन सक्छन् ।
३. टम ब्यान्टनः ब्यान्टन विकेटकिपर–ब्याट्म्यासन हुन् । उनले इंग्ल्याण्डको घरेलु टी–२० प्रतियोगितामा १३ खेलमा ५ सय ४९ रन बनाएका छन् । ब्यान्टनले उक्त प्रतियोगितामा शानदार ब्याटिङ गर्दै एक शतक र ४ अर्धतक बनाएका थिए । उनी पहिलोपटक २०२० मा आइपीएल खेल्दै छन् । ब्यान्टनलाई कोलकाता नाइट राइडर्स (केकेआर)ले ‘अक्सन’बाट एक करोड भारुमा टीममा अनुबन्ध गरेको थियो । पछिल्लो समय शानदार ब्याटिङ गरिरहेका उनले आइपीएलमा पनि त्यही लय दोहोर्याएमा ब्यान्टन विश्वकपका लागि इंग्ल्याण्डको टीममा पर्ने पक्का जस्तै छ ।
२. क्रिस ग्रीनः यी अष्ट्रेलियन स्पिनर बलिङसँगै ब्याटिङ पनि गर्न सक्षम छन् । अन्तर्राष्ट्रिय म्याचमा डेब्यू गर्ने मौका नपाए पनि ग्रीनले विभिन्न लिगमा भने अवसर पाउँदै आएका छन् । र, उनले शानदार प्रदर्शन पनि गरिरहेका छन् । ग्रीनलाई योपटक कोलकाता नाइट राइडर्स (केकेआर)ले २० लाख भारुमा टीममा अनुबन्ध गरेको छ । अष्ट्रेलियाको टी–२० मा एडम जम्पाको दोस्रो विकल्प छैन । यसक्रममा यदि क्रिस ग्रीनले आइपीएलमा शानदार प्रदर्शन गरे उनले विश्वकपका लागि अष्ट्रेलियाको टीममा मौका पाउने सम्भावना बलियो देखिन्छ ।
१. शुभमन गिलः युवा ब्याट्सम्यान शुभमन भारतीय घरेलु प्रतियोगितामा लगातार शानदार प्रदर्शन गरिरहेका छन् । उनले गत सिजनको आइपीएलमा उत्कृष्ट ब्याटिङ गरेका थिए । टी–२० विश्वकपका लागि भारतीय टीममा शिखर धवन, रोहित शर्मा, केएल राहूल जस्ता ओपनर छन् । शिखर लगातारको चोटका कारण पछिल्लो समय टीम बाहिर बढी बस्ने गरेका छन् । यदि विश्वकप समयमा शिखर वा अरु ओपनर घाइते भएमा गिलले टीममा मौका पाउने सम्भावना देखिन्छ । साथै आसन्न आइपीएलमा उत्कृष्ट ब्याटिङ गरे भने पनि गिलले भारतीय टीममा अवसर पाउन सक्छन् ।
मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि प्रभावित
काठमाडाैं । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि नराम्ररी प्रभावित भएका छन् । क्षेत्रीय अस्थिरता, सुरक्षाको चिन्ता र हवाई क्षेत्र बन्द हुँदा दर्जनौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरू स्थगित, रद्द वा अन्योलमा परेका छन् । विशेषगरी फुटबल क्षेत्रमा यसको प्रभाव उल्लेख्य देखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो क्यालेन्डरअन्तर्गत पश्चिम क्षेत्रका सबै खेलहरू तत्कालका लागि स्थगित गरेको छ । यसमा एएफसी च्याम्पियन्स लिग एलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग जस्ता प्रतियोगिता समावेश छन् । साउदी अरब, कतार, यूएई, इरान र कुवेतका क्लबहरू सहभागी हुने खेलहरू रोकिनुका साथै क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर जस्ता चर्चित टोलीहरू पनि प्रभावित भएका छन् । इरानको घरेलु ‘पर्सियन गल्फ प्रो लिग’ अनिश्चितकालका लागि निलम्बन गरिएको छ भने विदेशी खेलाडीहरू धमाधम देश छोडिरहेका छन् । दक्षिण कोरियाली डिफेन्डर ली की–जे तेहरानस्थित आफ्नै दूतावासमा शरण लिएर स्वदेश फर्कन सफल भएका छन् । युद्धको प्रभाव फुटबलमा मात्र सीमित छैन । कतारमा मार्च २७ मा हुने तय भएको स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतिक्षित ‘फाइनलिसिमा’ खेल पनि अन्योलमा परेको छ । कतार फुटबल एसोसिएसनले घरेलु खेलहरू स्थगित गरेपछि उक्त खेल हुने सम्भावना कमजोर बनेको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा हुने फुजैराह ओपन टेनिस प्रतियोगिता पनि सुरक्षाका कारण रद्द गरिएको छ । खेल तालिका अस्तव्यस्त बनेपछि विभिन्न खेल संघहरू अहिले प्रतियोगिता सञ्चालनभन्दा पनि खेलाडीहरूको सुरक्षा र उद्धारमा केन्द्रित भएका छन् ।
स्कटल्यान्डमाथि ऐतिहासिक जितपछि नेपाली टिमलाई प्रचण्डको बधाई
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप अन्तर्गत स्कटल्यान्डमाथि हासिल गरेको शानदार जितका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। दोस्रो चरणमा पुग्ने सपना अधुरै रहे पनि स्कटल्यान्डविरुद्धको प्रभावशाली जितले सम्पूर्ण नेपालीलाई गर्वान्वित बनाएको उहाँको भनाइ छ। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। “नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। दोस्रो चरणको सपना अधुरै रहे पनि, स्कटल्यान्डमाथि हासिल यो शानदार जितले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन सफल रहनुहोस्। सिंगो नेपाल तपाईंहरूको साथमा छ।” उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको आत्मविश्वास र संघर्षशील भावनाले विश्वसामु नेपालको पहिचान थप मजबुत बनाएको उल्लेख गर्नुभयो। स्कटल्यान्डमाथिको जितसँगै नेपाली टोलीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यस जितले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटप्रति थप आशा र विश्वास जगाएको छ।
टी–२० विश्वकप: दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा १२ वर्षपछि नेपालको जित
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि जित निकाल्दै स्कटल्यान्डलाई सात विकेटले हराएको छ। भारतको वान्खेंडे रंगशालामा भएको खेलमा १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा चार चौका र तीन छक्कासहित अविजित ५० रन बनाए। यो विश्वकपमा नेपालबाट सबैभन्दा छिटो बनेको अर्धशतक हो। उनी विश्वकप इतिहासमा दुई अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटरसमेत बने। यसअघि कुशल भुर्तेल (४३) र आसिफ सेख (३३) ले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। गुल्सन झाले अविजित २४ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा १७०/७ बनायो। माइकल जोन्सले ७१ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। जितसँगै नेपालले दुई अंकसहित प्रतियोगिता टुंग्यायो। नेपाल र स्कटल्यान्ड दुवै समूह चरणबाट बाहिरिएका छन्।
नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा हुने
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए । दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्ड लगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।

